१५ चैत, काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा सवारी चेकजाँचमा कडाइ गरेको छ ।
होलीमा अवाञ्छित गतिविधि नहुन दिन र कोरोनाबाट सतर्कता अपनाउन ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्याम अधिकारीले जानकारी दिए ।
उनले अनलाइनखबरसँग भने, ‘ होलीमा अवाञ्छित गतिविधि नहोस र कोरोनाको सतर्कताका लागि पनि सवारी चेकजाँचमा कडाइ गरेका हौँ ।’
काठमाडौँ उपत्यकामा ८ हजारभन्दा बढी प्रहरी परिचालन गरेको उनले बताए ।
source https://www.onlinekhabar.com/2021/03/941244
0 comments:
Post a Comment