Thursday 30 April 2020

पर्यटन क्षेत्र उकास्न तत्काल २० अर्बको प्याकेज जरुरी

१९ वैशाख, काठमाडौं । आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई कोरोनाले नराम्ररी असर पारेपछि त्यसको पुनः उत्थानका उपायको खोजी सुरु भएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) ले कोरोनाले संसारभर नै पर्यटन क्षेत्रलाई समस्यामा पारेको सन्दर्भमा नेपालमा भने के कस्तो प्रयास गर्न सकिन्छ भन्ने बारेमा नेपाल पर्यटन बोर्ड, होटल एसोसियसन अफ नेपाल (हान) र ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)सँग छलफल गरेको हो ।

श्रव्य दृश्य माध्यमबाट भएको छलफलमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको पर्यटन क्षेत्रलाई माथि उकास्नका लागि तत्कालै २० अर्ब बराबरको राहत प्याकेज जरुरी रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीले बताए ।

पर्यटन क्षेत्रको ठूलो लगानी र त्यससँग आश्रित हजारौको रोजगारी समेत संकटमा परेको भन्दै उकास्नका लागि सरकार, निजी क्षेत्रको साझा प्रयत्न आवश्यक रहेको उनको भनाइ छ ।

प्रमुख कार्यकारी अधिकृत रेग्मीले पर्यटन क्षेत्रमा लगानी गरेका व्यवसायीका लागि एक वर्षसम्म ब्याजदर र किस्ता तिर्न नपर्ने र तीन वर्षसम्म किस्ता तिर्ने अवधि लम्ब्याउनुपर्नेमा जोड दिए ।

सरकारले एकमुष्ठ प्याकेज ल्याउनुपर्ने बताउँदै आगामी आर्थिक वर्षको बजेटबाट त्यससम्बन्धी विषयमा आवश्यक सम्बोधन हुने उनले विश्वास व्यक्त गरे ।

बोर्ड लकडाउन खुले लगत्तै झण्डै एक हजार ८०० कामदारलाई रोजगारी दिने तयारीमा लागेको उनको भनाइ छ । एक संयुक्त राष्ट्रसङ्घीय निकायले कूल एक हजार र बोर्ड आफैले हिमाल सरसफाइ एवं नदी संरक्षणलगायतका काममा ८०० जनालाई रोजगारी दिन सकिने उल्लेख गरे ।

प्रमुख कार्यकारी अधिकृत रेग्मीले कोरोनाको प्रभाव कम गर्न आन्तरिक पर्यटनको अभिवृद्धिका लागि समेत योजना बनाउनुपर्ने धारणा राखे । उनले भने, ‘आन्तरिक पर्यटन प्रवद्र्धनका लागि सरकारले कर्मचारीलाई तलबी बिदा दिने कार्यक्रम ल्याउनुपर्छ, त्यसका अलावा नेपालबाट विदेश जाने पर्यटकलाई समेत अब आन्तरिक पर्यटनमा आकर्षित गर्नुपर्छ ।’

कोरोनाका कारण पर्यटन क्षेत्रसँग जोडिएका झण्डै २० लाख मानिस प्रभावित भएको उनले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ ।कूल पाँच लाख मानिस प्रत्यक्ष रुपमा पर्यटन क्षेत्रमा जोडिएका थिए भने अप्रत्यक्ष रुपमा १५ लाख बढी मानिस जोडिएको तथ्याङ्क पेस गर्दै उनले अर्थतन्त्रमा ठूलो योगदान गर्ने क्षेत्रमा परेको प्रभाव कम गर्न सबैको सार्थक प्रयत्न हुनुपर्नेमा जोड दिए ।

हानका अध्यक्ष सिर्जना राणाले कोरोनाका कारण होटल क्षेत्रमा समेत ठूलो प्रभाव परेको जानकारी दिँदै बैंक तथा वित्तीय संस्थाले ब्याजमा सहुलियत दिनुपर्ने बताए । विपद्का कारण ठूलो सङ्ख्यामा रोजगारीको कटौती भएको र त्यसले समग्र अर्थतन्त्रमा समेत प्रभाव पारेकाले स्पष्ट राहत प्याकेजको जरुरी रहेको उनको भनाइ छ ।

टानका अध्यक्ष खुम सुवेदीले कोरोनाका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव कम गर्न स्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्नुपर्ने धारणा राखे । नाफिजले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभावका बारेमा निरन्तर छलफल चलाउँदै आएको छ ।

यसअघि नाफिजले शेयर बजार, बीमा क्षेत्रमा कोरोनाले पारेको असरका विषयमा छलफल गरेको थियो ।



source https://www.onlinekhabar.com/2020/05/859910

धनगढीकी कोरोना संक्रमितको छैटौँ रिपोर्ट पनि पोजेटिभ, स्वास्थ्य सामान्य

१९ वैशाख कैलाली । धनगढीकी कोरोना संक्रमित महिलाको छैठौं रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ । ३४ वर्षीया महिलाको ६ पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।

संक्रमित महिला २८ दिनदेखि सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन् ।

उनलाई २२ चैत्रमा कोरोना संक्रमणको पुष्टि भएको थियो । दुबईबाट आएका आफन्तबाट उनीमा कोरोना सरेको हो ।

उनका आफन्त भने निको भएर घर फर्किसकेका छन् । महिलामा कोरोना सरेपछि सरकारले नेपालमा कोरोना दोस्रो चरणमा प्रबेश गरेको घोषणा गरेको थियो ।

संक्रमित महिलाको ६ पटकसम्म रिर्पाेट पोजेटिभ आए पनि स्वास्थ्य सामान्य रहेको उपचारमा खटिएका बरिष्ठ फिजिसियन डा.डाक्टर शेरबहादुर कमरले बताए ।

सुदूरपश्चिम प्रदेशमा ५ जना कोरोना संक्रमित फेला परेका थिए । उनीहरु मध्ये ४ जना निको भएर घर फर्किसकेका छन् ।



source https://www.onlinekhabar.com/2020/05/859917

हिमपातमा बेपत्ता भएका मजदुरको १४ दिनपछि सकुशल उद्धार

१९ वैशाख काठमाडौं । हिउँमा हराइरहेका मजदुरको १४ दिनपछि सकुशल उद्धार गरिएको छ । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ का सुरज लामालाई १४ दिनपछि सकुसल उद्धार गरिएको हो ।

उनी गत वैशाख ६ गते रसुवाको रसुवागढी हाइड्रोपावरबाट पैदलै घर जानको लागि निस्किएका थिए । घरमा वैशाख २० गतेसम्म श्रीमतीलाई सुत्केरी हुने समय तोकेकोले उनी कम्पनीबाट बिदा नलिई निस्किएका हुन् ।

उनी निस्किएको भोलिपल्टदेखि नै सो क्षेत्रमा हिमपात सुरु भयो । उनी एकाएक सम्पर्कविहीन भए । घर जाने बेलामा उनले बाटोमा खानको लागि भनेर केही सातु र सुत्नको लागि भनेर एउटा म्याट बोकेर हिँडेका थिए । तर, एकाएक हिउँ परेपछि उनी हिँड्ने बाटो पुरियो र उनी सम्पर्कविहीन भए ।

 

वैशाख १६ गते उद्धार गरिएका लामालाई अहिले हेलिकप्टरबाट उद्धार गरी काठमाडौंमा रहेको सिभिल अस्पतालको आकस्मिक कक्षमा उपचार गरिँदैछ । उनको उद्धारको लागि हेलिकप्टर लिएर गएका नेकपा केन्द्रीय सदस्य माधव सापकोटाले उनको स्वास्थ्य अहिले खतरामुक्त रहेको जानकारी दिए ।

लामा रसुवागढी हाइड्रोपावरमा मजदुरीको काम गर्दै आएका थिए । रसुवाको गोसाइँकुण्ड नजिकै तारेभिरमा आइपुगेपछि उनी हिउँमा फसेका लामाको खोजी गरिदिन बलेफी गाउँपालिका–४ का वडाध्यक्ष कालीप्रसाद लामाले आग्रह गरेका थिए । उनको आग्रहसँगै सो क्षेत्रमा खटिएका नेपाली सेना, प्रहरी लगायतका निकायमा समेत खबर गरिएको थियो ।

उनलाई वैशाख १६ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको सूर्यकुण्ड फेदीभन्ने ठाउँमा स्थानीयले भेटेपछि प्रहरीलाई खबर गरेका थिए । त्यतिबेला बेहोसी अवस्थामा रहेका उनी अहिले सामान्य हिसाबले बोल्न सक्ने अवस्थामा रहेको सापकोटा बताउँछन् ।

सामान्य बोल्न सक्ने भएपछि लामाले गोठमा आइपुग्दासम्म आफूले बोकेर ल्याएको सातु खाएर बाँचेको प्रतिक्रिंया दिएका थिए । हिउँमा फसेपछि आफूले बोकेको म्याटलाई दुई टुक्रा पारेर शरीरमुनि ओछ्याउने र माथि ओड्ने गरेर पुनर्जीवन पाएको सुनाएका छन् ।

 



source https://www.onlinekhabar.com/2020/05/859912

कपिलवस्तुमा वडाध्यक्षलाई लक्षित गरी गोली प्रहार, एक पक्राउ

१९ वैशाख, काठमाडौं । कपिलवस्तुको यशोधरा गाउँपालिका-८ का वडाध्यक्ष सहाबुद्दिन मुसलमानमाथि लक्षित गरेर गोली प्रहार भएको छ ।

शुक्रबार बिहान अज्ञात व्यक्तिले उनलाई लक्षित गरेर गोली चलाएका हुन् । अध्यक्ष सहाबुद्दिन  सकुशल छन् ।

जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी उपरीक्षक (एसपी) दिपशमशेर जबराले अनलाइनखबरलाई बताए अनुसार घटनामा संलग्न भएको आशंकामा एक जना स्थानीय पक्राउ परेका छन् ।

घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/05/859908

१० लाखभन्दा बढी कोरोना संक्रमित निको भए

१९ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएका १० लाखभन्दा धेरै मानिस निको भएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसका १० लाख १४ हजार सात सय ६१ संक्रमित निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा एक लाख ५३ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । त्यस्तै जर्मनीमा एक लाख २३ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् ।

स्पेनमा पनि एक लाख १२ हजारभन्दा धेरै संक्रमित निको भइसकेका छन् । चीनमा अहिलेसम्म ७८ हजारभन्दा धेरै बिरामी निको भइसकेका छन् भने इटाली र इरानमा ७५ हजारभन्दा धेरै कोभिड-१९का बिरामी निको भइसकेका छन् ।

विश्वभर कोरोना भाइरसका समग्र संक्रमितको संख्या पनि ३२ लाख ५७ हजार नाघिसकेको छ भने दुई लाख ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

चीनको वुहानमा निस्किएको कोरोना भाइरसको कारण अमेरिका सबैभन्दा बढी प्रभावित बनेको छ । अमेरिकामा १० लाख ६९ हजारभन्दा धेरै संक्रमित भइसकेका छन् भने ६३ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।

स्पेनमा संक्रमितको संख्या दुई लाख १३ हजारभन्दा धेरै पुगिसकेको छ भने २४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ ।



source https://www.onlinekhabar.com/2020/05/859906

नागढुंगामा सुरु भयो ‘डिस्इन्फेक्सन टनेल'(फोटो फिचर)

१९ वैशाख, काठमाडौं । काठमाडौंको मुख्य नाका नागढुंगामा निर्माण भएको आधुनिक ‘डिस्इन्फेक्सन टनेल’ शुक्रबार उद्घाटन गरिएको छ ।

उद्घाटन भएसँगै शुक्रबारदेखि ‘डिस्इन्फेक्सन टनेल’बाट सवारीसाधनलाई प्रवेश गराइएको छ । यो टनेलले गाडीहरुलाई निःसंक्रमण गर्ने र कोरोना भाइरस रोकथाममा सहयोग पुग्ने विश्वास लिइएको छ ।

टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किइन्छ, जसले कोरोना भाइरस पनि नष्ट हुने विश्वास लिइएको छ ।

काठमाडौंमा बिजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गरेको हो ।

टनेलको सञ्चालन नागढुंगाकै प्रहरीले गर्ने छ ।



source https://www.onlinekhabar.com/2020/05/859896

कलेजोमा बोसो जम्नु कति हनिकारक ?

कलेजोले भोजनमा भएको पोषक तत्व जस्तै भिटामिन, मिनरल्स, एन्टिअक्सिडेन्ट आदिलाई अलग–अलग गर्छ । अनि शरीरको आवश्यक्ता अनुसार शरीरको भिन्न–भिन्नै ठाउँमा पु¥याउँछ ।

यसले केही पोषकतत्व भण्डारण पनि छ । जब शरीरलाई तुरुन्त उर्जाको आवश्यक्ता हुन्छ, त्यसबेला यसको काम आउँछ । यदि कलेजोमा कुनै समस्या आयो भने भोजनबाट लिएको पोषक तत्व शरीरको सबै अंगले ठिकसँग प्राप्त गर्न सक्दैन ।

फ्याटी लिभर यस्तै एक समस्या हो, जसले कलेजोलाई कमजोर बनाउँछ । त्यती मात्र होइन, यो क्यान्सरको कारण समेत बन्न सक्छ ।

जबकी खानपान र जीवनशैलीमा थोरै सचेत हुने हो भने, फ्याटी लिभरबाट बच्न सकिन्छ ।

फ्याटी लिभर भएमा कलेजोमा बोसो जम्ने गर्छ । कलेजोमा ५ देखि दश प्रतिशत भन्दा अधिक बोसो जमेमा फ्याटी लिभर हुन्छ ।  जीवनशैलीमा सुधार गरेर फ्याटी लिभरको समस्यालाई कम गर्न सकिन्छ । यसको कुनै संकेत हुँदैन । यद्यपी, समयमै उपचार नगरे यसले स्वास्थ्यमा दीर्घकालीन तथा गम्भीर समस्या निम्त्याउँछ ।

चिकित्सकहरुका अनुसार फ्याटी लिभर दुई किसिमको हुन्छ । एक अल्कोहोलिक फ्याटी लिभर जसमा अल्कोहलको अत्याधिक सेवनले लिवर ( कलेजो) सुन्निन थाल्छ र त्यसमा फ्याट (बोसो) जम्न थाल्छ ।

दोश्रो नन अल्कोहोलिक फ्याटी लिभर हो । जसमा अन्यको कारणले गर्दा लिभरमा फ्याट जम्मा हुने गर्छ । दुवै अवस्थामा फ्याटी लिभर जटिल मानिन्छ, जसले गर्दा यसबारे जान्न जो कसैका लागि आवश्यक छ ।

लक्षण

नन अल्कोहोलिक फ्याटी लिभरको सामान्यतया कुनै लक्षण हुँदैन । तर फ्याटी लिभर भएमा स्वास्थ्यमा यस्ता परिवर्तन देखिन्छ ।

–थकान

–पेटको दायाँ भागको माथिल्लो भागमा असहय पीडा हुने

–तौल कम हुनु

कसरी बच्ने त ?

–जीवनशैली सुधार्ने

–नियमित व्यायाम तथा योग गर्ने

–उचित समयमा चिकित्सकसित परामर्श गर्ने र उपचार सुरु गर्ने

नन अल्कोहोलिक फ्याटी लिभरको कारण

बद्लिदो जीवनशैली, गलत खानपान तथा व्यायामको कमीका कारण  मानिसहरुमा मोटोपना, मधुमेह, उच्च कोलेस्ट्रोल लगायत विभिन्न समस्या हुने गरेको छ । यस्ता समस्या भएमा फ्याटी लिभर हुने गर्छ ।

अल्कोहल नलिने मानिसलाई पनि यो तीन समस्या भएमा फ्याटी लिभर हुने गर्छ । समयमै यसको उपचार नगरे लिभर सिरोसिस (कलेजो कडा हुने समस्या) भई लिभर विग्रन सक्छ ।



source https://www.onlinekhabar.com/2020/05/859897

भारतमा कोरोनाबाट एकैदिन ७३ को मृत्यु, संक्रमितको संख्या ३५ हजार नाघ्यो

१९ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक हजार १४७ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७३ जनाको मृत्यु भएको हो ।

कोरोना भाइरसबाट संक्रमितको संख्या पनि ३५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका एक हजार नौ ९९३ नयाँ संक्रमित फेला परेका छन् । यससँगै समग्र संक्रमितको संख्या ३५ हजार ४३ पुगेको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसको कारण करिब १० हजार पाँच सय संक्रमित भइसकेका छन् भने ४५९ पुगेको छ । त्यस्तै गुजरातमा चार हजार ३०० भन्दा बढी संक्रमित फेला परिसकेका छन् भने २१४ जनाको मृत्यु भइसकेको छ ।

मध्य प्रदेशमा पनि दुई हजार ६०० भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिँदा १३७ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार २०३ जनामा संक्रमण देखिँदा ३९ जनाको मृत्यु भइसकेको छ । पश्चिम बंगालमा पनि सात सय ९५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भइसकेको छ ।

बिहारमा अहिलेसम्म ४१८ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने दुईजनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा आठ हजार ८८९ संक्रमित निको भएर घर फर्किसकेका छन् ।



source https://www.onlinekhabar.com/2020/05/859895

मजदुर र गरीबका सपना चपाइरहेको यो समय

ढकढक । ढोका ढकढकायो । हृया बेला न कुबेला को होला । कोल्टें फेरें । नसुनें झैं गरें ।

ढोका खोल् न म हो के, अनौठो आवाज सुनियो ।

यो आवाज त मैले अहिलेसम्म सुनेकै थिइनँ । को हो ? भित्रबाट चिच्याएँ ।

‘म तिमीहरुले नै निम्ता गरेर आएको पाहुना हुँ, तिमीहरुलाई लैजान आको’ ऊ खित्का छाड्यो ।

कहाँ लैजाने ? म झस्किएँ ।

‘एकछिन बातचित मार्छु । घरमा आएको पाहुनालाई भित्र डाक्दैनौं।’ उ थोरै विनम्र भयो ।

यो बेला अरुको घर आउनु राम्रो होइन । म जान्नँ, तिमी पनि भित्र नआउ । कोरोनासँग डर लाग्छ । खासमा मर्नदेखि डराउँछ मान्छे । हर कोही डराउँछ । म पनि डराएँ ।
सरकारले पनि घरमा नबोलाउनु, नजानु भनेको छ । उसलाई थमथम्याउने कोसिस गरें ।

सरकार पनि छ र तिम्रो देशमा ?, ऊ खित्का छोडेर हाँस्यो ।

छ नि मेरो देश छ । सरकार छ । र त म छु । सरकारप्रति गर्व गरें ।

खै सरकार ? जनताको आँगनमा आइपुग्यो ? कि चुल्होमा बल्यो सरकार ? सरकारको वरिपरि हुनेले देख्नु स्वभाविकै हो । ल ढोका खोल सँगै हाँसौं । सरकारको स्वभाव तिमीमा पनि रहेछ । हँसाउँदा रहेछौं, उसले ब्यंग्य हान्यो ।

जस्तोसुकै दु:खमा पनि हाँस्न जानेका छौं । सरकार र नेताले रुन दिँदैनन् । हँसाइरहन्छन् नि भनेर घरक्क दैलो खोलें ।

रातो लतपतिएको अनुहार । दाँत पनि रातै । हातमा छन् ग्लब्स् तर रातै । निधार हुने ठाउँमा नाक । तालुका केही तलमाथि दुई आँखा छन् । लामो कपाल बाटेर कम्मरमा बाँधेको छ । तल फाटेको पाइन्ट र चप्पल लगाएर माथि टिलिक्कको कोट लगाएको । लाल तर यति कुरुप रुप मैले कहिल्यै देखेको थिइनँ ।

आबुई को हौ तिमी । कस्तो डरलाग्दो रुप ?, सोधें ।

लेउ हात मिलाम्, उसले कुराकानी अगाडि बढायो । मेरो नाम संकट हो । भयानक मान्थें आफैंलाई । तर, यहाँ सामान्य मानियो । संकटको ठीक ठाउँमा आँखा हुँदैन । तर, आखाँ हुनेहरुले नै मलाई देखेनन्र । निम्ता त गरिहाल्यौ म तिम्रो सिकार गर्न चाहान्छु ।

उसलै फेरि थप्यो, ‘म भरसक मान्छेको जीवनलाई निल्न चाहन्छु । शरीरका अंगहरु छानिछानि पालैपालै चपाएर निल्न । मन परेको अंग खाँदै जान्छु । नत्र थला पार्छु । के म कुर्चिमा आराम गर्न सक्छु ।’

हृवाइ नट प्लिज बस न । म डरले कापें । फेरि पनि हाँसें र ठट्टा मिसाइदिएँ, मेरो कुन अंग खान्छौ त खायौ भने ।

म प्राय मान्छेको सुरुमा हात खान्छु । त्यसपछि मुटु, गिदी…. ।

‘मेरो हातले अझै धेरै काम गर्नु छ । म मजदुर हुँ । धेरैका लागि काम लाग्ने हात हुन्, यी । उसकासामु अनुनय गरें ।

‘दुख र संकटमा सबैभन्दा पहिले काटिने भनेकै मजदुरको हात हो,’ तितो बोल्यो । ‘तै पनि दु:खमा नउठ्ने हात के काम ? मान्छे छान्न नसक्ने नि हात हुन्छ ? भुइँमान्छेका साथी नबन्ने यो हात के काम ? संकट नछेक्ने हात के काम ? संकटमा मुठी उठान नसक्ने हात नमस्कार गर्न मात्रै ? यी हातहरुले काम गरिदिएको भए, म आउनै पर्ने थिएन । गिदी निचोरेर खान्छु । खासमा तिमीहरुको टोउकोमा गिदी छ तर गिदीमा हुनुपर्ने चिज छैन । खुट्टा छ, राम्ररी टेक्दैन । पैताला छ, बाटोमा हिँड्दैन । मुख छ, सम्हाल्न सक्दैनौं । आँखा छ, देख्दैनौं । मुटु छ, न भाव छ न मौकामा हिम्मत देखाउँछौ ।’ मेरो मासु खान उसले कन्भिस गर्दै छ ।

‘दुखलाई निम्ता दिनेहरुलाई भन । हामी मजदुरलाई भनेर के फाइदा ? म एउटाको ज्यानले तिमीलाई के हुन्छ ? तिमीलाई सधैं निम्ता दिनेहरुलाई भन,’ उम्काउने कोसिस गरें ।

‘मजदुरका हात काटिएपछि त्यो देशको ज्यान त्यसै सुक्छ,’ उसले अरु डर देखायो । उसले सरकार चलाइरहेकाहरुसँग भेटवार्ता गरेर आएको बतायो । उनीहरुले नै निम्ता गरेका हुन्, खासमा । उनीहरुलाई बिगार्ने तिमीहरु नै हौ । त्यहाँ पठाउने तिमीहरु नै हौं । नराम्रोलाई नराम्रो भनेर पाठ सिकाउँदैनौं । तिमीहरुको पार्टी हुँदैन, गुट हुन्छ । व्यक्तिअनुसारका फरक फरक नेता हुन्छ । सरकार हुन्छ, खबरदारी गर्ने तागत हुँदैन । ढाकछोप गर्छौ । भ्रष्टाचार गर्छन्, बोल्दैनौं । काण्ड मञ्चाउँछन्, देख्दैनौ । जनताको रगत पसिनासँग खेल्छन्, चुप बस्छौ । स्वार्थमा नबोल्ने मुख भजन गाउनमात्रै हो ?

ऊ अझै रोकिँदैन ।

नराम्रोलाई नराम्रो भन्न नसकेर पार्टी र सरकारको इजार समाएर बस्ने जनतालाई भन । हामीलाई फेरि उनीहरुले नै यहाँ पठाउँछन्, भन्छन् शासकहरु । तिमीहरुको दिमाग छैन । दिमाग छ, दिमागमा विवेकको बिर्को लागेको छ । उसले अनुहार रातो पार्‍यो, मेरो डरले कालो निलो ।

जोडले हान्यो र मेरो कञ्चटबाट एउटा मासुको चौटो फुत्त उछिट्टीयो । मुस्कुरायो र चपायो, किचिकिचि ।

झसंग ब्युँझिएँ । कञ्चट छामे, ठिकै छ । निधार छामें, पसिनाले लछप्पै छ । सुरुमा यो संकटले खान्छु भनेको हात जस्ताको तस्तै छ ।

समाचार हेरें । यो माहामारीमा सरकार जोडघटाउमै छ । मजदुरको चुलो बलेको छैन । गरिब भोकको चित्कार सुसुल्दै छ । शासक बेमौसमी बाँसुरी बजाइरहेको छ ।

कुर्चिको खेलमा खेलरिहेकै छन् । जनता संकटले थिलोथिलो छन् । हो, मजदुर गरिबको ज्यान खान देशमा संकट आइरहेकै रहेछ ।

खासमा अघि चपाइरहेको कुरा र आवाज थियो नि ? खासमा त्यो त हाम्रो सपना रहेछ, जो चपाइरहेछ यो समयले । चपाएको त मजदुर र गरिबहरुको भरोसा रहेछ । चपाएको त जनताप्रतिको संवेदना र विवेक रहेछ, शासकले ।



source https://www.onlinekhabar.com/2020/05/859893

धेरै खेलाडी मैदान फर्कन डराइरहेका छन् : अगुएरो

१८ वैशाख काठमाडौं । म्यानचेष्टर सिटीका स्ट्राइकर सर्जियो अगुएरोले कोरोना भाइरस महामारीपछि धेरै खेलाडी मैदान फर्कन डराइरहेको बताएका छन् ।

कोरोना भाइरसकै कारण मार्च दोस्रो साता देखि प्रिमियर लिग स्थगित भएको छ । आगामी जुन ८ मा लिग फेरि सुरु गर्ने तयारी भइरहेको छ । जसका लागि खेलाडीहरु मे १८ सम्म पूर्ण रुपमा ट्रेनिङमा फर्कुनुपर्ने हुन्छ ।

शीर्ष डिभिजनका क्लबहरु लिग फेरि सुरु गर्नेबारे शुक्रबार छलफल गर्दैछन् ।

तर सिटीका अर्जेन्टाइन स्ट्राइकर अगुएरो भने खेलाडीहरुमा डर रहेको बताउँछन् । ‘धेरै जसो खेलाडीहरु डराइरहेका छन् किनकी उनीहरुको बच्चा र परिवार छ ।’ ३१ वर्षीय अगुएरोले भने ।

अर्जेन्टाइज टिभी स्टेसन एल चिरिङगुइटोसँग कुरा गर्दै अगुएरोले आफू पनि डराएको बताएका छन् । ‘म डराएको छु । तर म मेरो प्रेमिकासँग यहाँ छु । र अरु मानिसँग सम्पर्कमा छैन । म घरमै लक्ड भएर बसेको छु । मलाई संक्रमित गर्न सक्ने एक मात्र व्यक्त मेरो प्रेमिका नै हो,’ अगुएरोले भने, ‘उनीहरूले भनिरहेका छन् कि त्यहाँ त्यस्तो व्यक्तिहरू छन् जोसँग यसको कुनै लक्षण छैन तर पनि तपाईंलाई संक्रमित गर्दछ । यही कारणले गर्दा म यहाँ घरमा छु । हुन सक्छ मलाई रोग लागेको छ र मलाई पनि थाहा छैन ।’

कोरोना भाइरसका कारण प्रिमियर लिग मार्च १३ देखि स्थगित गरिएको छ तर सबै क्लबहरू यस सिजनको बाँकी ९२ खेल खेल्न प्रतिबद्ध छन् । सबै खेलहरू ‘क्लोज डोर’ मा आयोजना हुने आशा छ र लिगका खेलहरु टिभीमा फ्रि मा उपलब्ध हुने कुरा भइरहेको छ ।

यस्तै अगुरोले अब फेरि खेलमा फर्कँदा उनका टोलीका साथीहरू एकदम नर्भस हुने र थप सतर्क हुने बताए । ‘जब एक व्यक्ति बिरामी छ हामी सोच्दछौं, ओहो यहाँ के भइरहेको छ ? ’ उनले थपे,  ‘मलाई आशा छ कि भ्याक्सिन छिट्टै भेट्टाइनेछ ताकि यो सबै समाप्त हुन्छ ।’

यदि सामाजिक दुरीका नियमहरू जारी हुनुभन्दा अघि प्रशिक्षण पुनः सुरु गरिएमा खेलाडीहरूलाई हप्तामा दुई पटक कोरोना भाइरसको लागि जाँच गरिने हरेक दिन लक्षणहरूको लागि जाँच गरिने बीबीसीले जनाएको छ ।

सबै परीक्षणहरू स्वास्थ्यकर्मीहरूले नेशनल हेल्थ सर्भिस (एनएचएस) को परीक्षण सुविधामा सञ्चालन गरिन्छ, जहाँ प्रत्येक क्लबको पहुँच हुनेछ । प्रशिक्षण मैदान सामाजिक दुरी र उच्चस्तरीय सरसफाइ अनुकुल बनाइनेछ ।

 



source https://www.onlinekhabar.com/2020/05/859891

श्रमिक केन्द्रित कार्यक्रम ल्याउन सरकारलाई उपराष्ट्रपतिको ध्यानाकर्षण

१९ वैशाख, काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ले श्रमिक वर्गलाई केन्द्रमा राखेर आगामी नीति, कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार श्रमिक दिवसको शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति पुनले कोरोनाका कारण श्रमिकको दैनिकी  कठिन बनेकोले उचित ध्यानदिनु पर्ने बताएका हुन् ।

श्रमिक मजदुरहरुको हकहितका लागि भएका संवैधानिक व्यवस्थाको कार्यान्वयनलाई यतिबेला अझै प्रभावकारी बनाउनु पर्ने उनको भनाइ छ ।

उपराष्ट्रपति पुनले कोरोनाले अन्तर्राष्ट्रिय श्रम बजारमा रहेका नेपालीले पनि रोजगारी गुमाउन सक्ने भएकोले त्यसबाट उत्पन्न हुने बेरोजगारी र देशको अर्थतन्त्रमा पर्ने प्रभावबारे ध्यान दिइ तयारी गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।



source https://www.onlinekhabar.com/2020/05/859889

प्रधानमन्त्रीको धम्की : सञ्चार माध्यमले देशलाई अस्थिरतातर्फ धकेले

१९ वैशाख, काठमाडौं । सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेका बेला नेपालका केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले देशलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले आरोप लगाएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा जारी गरेको भिडियो सन्देशमा प्रधानमन्त्री ओलीले कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन भन्दै धम्कीपूर्ण भाषासमेत प्रयोग गरेका छन् ।

‘आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ,’ मे दिवसको अवसरमा जारी शसभकामना सन्देशमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ । अर्कातिर यही अफ्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताका त्यस्ता प्रयासहरु गरिनु दुःख कुरा हो ।’

मे दिवससम्बन्धी सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आफ्ना स-साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।’

‘सरकार र नेकपा कार्यकर्तालाई सैह्य नहुने’ धम्कीपूर्ण भाषा देशको कार्यकारी प्रमुखबाट प्रयोग भएको छ

पछिल्लो समयमा देश कोरोना महामारीविरुद्ध लडिरहेका बेला सरकारले स-साना स्वार्थका लागि राजनीतिक पार्टी फुटाउने अध्यादेश ल्याएपछि मुलुकमा राजनीतिक अस्थिरता सुरु भएको हो । कोरोना महामारीका बेला त्यस्तो बेमौसमी अध्यादेश सञ्चारमाध्यम वा सामाजिक सञ्जालले ल्याएको नभई प्रधानमन्त्री आफैंले ल्याएका हुन्, जसलाई सरकारले तत्कालै फिर्ता लियो ।

अध्यादेश फिर्ता लिइसकेपछि पनि कोरोना महामारीविरुद्ध केन्द्रित हुनुपर्नेमा सरकार र सत्तारुढ नेकपाका नेताहरु अहिले पनि देशलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने खेलमा लागिरहेका छन् ।जनतालाई लकडाउनलाई पालना गरेर बसिरहेका बेला सांसद सुरेन्द्र यादवलाई बेमौसममा रातारात काठमाडौं ओसार-पसार गर्ने काम प्रधानमन्त्रीकै निर्देशनमा नेकपा सांसहरुबाटै भएको हो ।

जनताले बहुमत दिएर सरकारमा पठाएका प्रधानमन्त्री स्वयं चुनाव हारेका व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पार्टीमा ल्याउँदैछन् । आम नेपाली जनता लकडाउन र आर्थिक संकटले इन्तु न चिन्तु बनेका बेला नेकपा सरकार आन्तरिक किचलोमा लागेर तामासा देखाउँदै बसिरहेको छ ।

तर, श्रमिक दिवसको बिहानीमा प्रधानमन्त्रीले दिएको सन्देशमा चाहिँ सञ्चारमाध्यम र सामाजिक सञ्जालले देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको लाञ्छना लगाउँदैछन् । अझ त्यो भन्दा अगाडि बढेर ‘सरकार र नेकपा कार्यकर्तालाई सैह्य नहुने’ धम्कीपूर्ण भाषा देशको कार्यकारी प्रमुखबाट प्रयोग भएको छ ।

प्रधानमन्त्रीबाटै यस्तो धम्कीको भाषा प्रयोग हुनु आश्चर्यजनक मात्र छैन, सञ्चारमाध्यम र अभिव्यक्तिको स्वतन्त्रतामाथि नै यसले प्रश्नचिन्ह खडा गरिदिएको छ ।

आखिर, ‘सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेका बेला’ नेपालमा राजनीतिक अस्थिरता कसले निम्त्याउँदैछ ? सरकार र सत्तारुढ नेकपाका नेताहरुले कि सञ्चार माध्यमले ? प्रधानमन्त्रीको सम्वोधनपछि यो बहसको विषय बन्न पुगेको छ ।

यो पनि पढ्नुहोस अप्ठ्यारो परिस्थितिमा अस्थिरताको प्रयास भयो : प्रधानमन्त्री ओली



source https://www.onlinekhabar.com/2020/05/859887

ट्रम्पको दाबी- चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण छ

१९ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको प्रमाण आफूसँग रहेको बताएका छन् । पत्रकार सम्मेलनमा उनले आफूले त्यो कुरा प्रत्यक्ष देखेको दाबीसमेत गरे ।

ट्रम्पले चीनको वुहानस्थित इन्सटिच्युट अफ भायरोलोजीमा भएको असावधानीका कारण कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको दाबी गर्दै आएका छन् ।

बिहीबार रातिको प्रेसमिटमा एक पत्रकारले ट्रम्पलाई पूरा विश्वासको साथ तपाईंले चीनको ल्याबबाट कोरोना भाइरस फैलिएको भनिरहनु भएको छ, तपाईंसँग त्यसको प्रमाण छ भनेर सोधेका थिए । त्यसको जवाफमा ट्रम्पले भने, ‘छ मसँग । मैले देखेको छु ।’

उनले चीनले कोरोना भाइरस फैलाउने काम जानीजानी गर्‍यो कि गल्तीका कारण भयो भन्नेबारे भने स्पष्ट नभएको बताए । यसको जवाफ पाउन बाँकी रहेको ट्रम्पले बताए ।

ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चीनको पक्षपोषण गरेको आरोप लगाए । उनले यसमा डब्ल्यूएचओलाई लाज लाग्नुपर्ने टिप्पणी गरे । उनले भने, ‘डब्ल्यूएचओले चीनको पब्लिक रिलेसन जसरी काम गरेको छ ।’

सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण सुरु भएको थियो । अहिले यस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

विश्वभर ३२ लाख भन्दा बढी संक्रमित र २ लाख ३१ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।



source https://www.onlinekhabar.com/2020/05/859886

रुसी प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना संक्रमण

१९ वैशाख, काठमाडौं । रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस पोजेटिभ आएपछि उनलाई अस्पतालमा राखिएको छ ।

रुसी सञ्चारमाध्यमका अनुसार उनले भिडियो कलमार्फत राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी गराएका छन् ।

पुटिनले उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । पुटिनले मिसुस्टिनलाई भएको संक्रमण जो कोहीलाई पनि हुन सक्ने बताए । गत जनवरीमा मिसुस्टिनलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइएको थियो ।

उनले कोरोना भाइरसको महामारी नियन्त्रणको लागि निकै सक्रियतापूर्वक काम गर्दै आएका थिएन । राष्ट्रपति पुटिनले पनि उनले महामारी नियन्त्रणको लागि गरेको कामको तारिफ गरेका छन् ।

अहिलेसम्म जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म रुसमा एक लाख ६ हजारभन्दा धेरै मानिसमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ । साथै एक हजार ७३ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ । स्रोत : बीबीसी



source https://www.onlinekhabar.com/2020/05/859884

अप्ठ्यारो परिस्थितिमा अस्थिरताको प्रयास भयो : प्रधानमन्त्री ओली

१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीविरुद्ध लडिरहेको अप्ठ्यारो परिस्थितिमा अस्थिरताका प्रयास भएको बताएका छन् । उनले यस्ता प्रयासलाई सफल हुन नदिने पनि बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भिडियो सन्देश सार्वजनिक गर्दै ओलीले अस्थीरताको प्रयास अस्वीकार्य भएको बताएका छन् ।

फेरि पनि सञ्चार माध्यमहरुप्रति निशाना साँध्दै ओलीले भनेका छन्, ‘आज नेपालका केही सञ्चार माध्यमहरु र सामाजिक सञ्जालहरुमा पनि स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासहरुको समाचार सम्प्रेषण र चर्चा भइरहेको देखिन्छ । एकातिर सम्पूर्ण नेपाली जनता र सिंगै विश्व कोरोना महामारीका विरुद्ध लडिरहेको अवस्था छ, अर्कातिर यही अप्ठ्यारो परिस्थितिलाई मौका छोपेर अस्थिरताका त्यस्ता प्रयासहरु गरिनु दुःखद् कुरा हो ।’

उनले भनेका छन्, ‘आफ्ना ससाना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार, नेकपाका कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार्य हुँदैन । त्यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पनि पार्न चाहन्छु ।’

नेपालको राजनीतिक आन्दोलनले ट्रेड युनियन आन्दोलनलाई वैचारिक नेतृत्व गरिरहेको तर नेपाली ट्रेड युनियन आन्दोलनले राजनीतिक आन्दोलनलाई धेरै कुरा सिकाएको भन्दै प्रधानमन्त्रीले अराजक नभइ अनुशासित हुनुपर्ने बताएका छन् ।

यो पनि पढ्नुहोस प्रधानमन्त्री ओली भन्छन्– सरकारले श्रमिकलाई भोकै राख्दैन

‘आजको अप्ठ्यारो घडीमा मिलेर अघि बढ्नु पर्छ, युनियनजस्तै । हामीले आफ्ना आकांक्षाको आकाशतिर माथिमाथि मात्र होइन, जनता भएतिर तल पनि हेर्नुपर्छ, युनियनले भने जस्तै,’ ओलीले भनेका छन्, ‘कमीकमजोरी भए सच्याउनु पर्छ । तर, अराजक होइन- अनुशासित हुनुपर्छ । समयको ख्याल गर्नुपर्छ । आफैंलाई घात गर्ने होइन- इमान्दार बन्नुपर्छ, युनियनले भनेजस्तै ।’

प्रधानमन्त्री ओलीले लकडाउनका कारण श्रमिकको जीवन कष्टकर भएकोमा आफू दुःखी रहेको भन्दै सरकारले कसैलाईर् पनि भोकै नराख्ने बताएका छन् ।

‘घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन । रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ । तपाईहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।



source https://www.onlinekhabar.com/2020/05/859878

अर्थतन्त्रलाई चलायमान बनाउन राष्ट्र बैंकको सहुलियत पर्याप्त छ ?

१९ वैशाख, काठमाडौं । उद्योग-व्यवसायहरु यतिबेला समस्यामा छन् । स्वास्थ्य क्षेत्र बाहेकका अधिकांश व्यवसायहरु पूर्णरुपमा बन्द भएका बेला नेपाल राष्ट्र बैंकले दोस्रो प्याकेज मंगलबार घोषणा गरेको छ ।

पहिलो प्याकेजमा चैतमा तिर्नु पर्ने कर्जा असारमा तिरे हर्जना नलाग्ने र चैतमै तिरे ब्याजको १० प्रतिशत छुट दिने घोषणा गरेको राष्ट्र बैंकले मंगलबार २ प्रतिशत ब्याज छुटको योजना ल्यायो । मंगलबारै परिपत्र जारी गर्दै राष्ट्र बैंकले वैशाख, जेठ र असारसम्मको ब्याजदरमा २ प्रतिशत छुट दिन निर्देशन दिएको छ ।

देशलाई लकडाउन गरेको एक महिना नाघिसकेको छ भने अझै कति लम्बिने हो ठेगान छैन । यस्तो बेलामा ल्याएको थोरै छुट पनि राष्ट्र बैंकले केही सीमित क्षेत्रलाई मात्रै दिने बताएको छ ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउनले सधैंको आम्दानी नै ‘लक’ भएको अवस्थामा राष्ट्र बैंकले भेदभावपूर्ण तरिकाले ल्याएको सहुलियत प्याकेजले न्याय नभएको उद्योगी व्यवसायीहरुले नै बताएका छन् ।

‘राष्ट्र बैंकले खुला दिलले सहुलियत ल्याएन’

कूल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशत राहत प्याकेज चाहिन्छ भनेर आवाज उठाइरहेको निजी क्षेत्रलाई २ प्रतिशत ब्याज छुटले पुग्ला त ?

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले राष्ट्र बैंकको सहुलियतले निजी क्षेत्र उत्साहित हुने अवस्था नभएको प्रतिक्रिया दिए । उनले जुन किसिमले आउनु पर्ने हो त्यसरी सहुलियत नआएको उनले बताए ।

अध्यक्ष श्रेष्ठले संसारका धेरै केन्द्रीय बैंकहरुले स्पेशल सहुलियत प्याकेजहरु ल्याए पनि राष्ट्र बैंकले त्यसबाट सिक्न नसकेको बताए । उनले राष्ट्र बैंकले खुला दिलले सहुलियत घोषणा गर्न नसकेको बताए ।

‘लकडाउनपछि राष्ट्र बैंकले २ पटक सहुलियत प्याकेज भनेर घोषणा गर्यो, तर दुवैले निजी क्षेत्र उत्साहित हुन सक्ने देखिएन,’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘राष्ट्र बैंकले अर्थतन्त्र बचाउनका लागि जुन खुला दिलले प्याकेज ल्याउनुपर्ने थियो त्यो ल्याएन ।’

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले राष्ट्र बैंकले ल्याएको सहुलियतले धेरै खुसी हुन नसकिने प्रतिक्रिया दिएका छन् ।

राष्ट्र बैंकले २ प्रतिशत ब्याज छुट हुने भने पनि त्यो सबैले पाउन नसक्ने भएकाले यसलाई सहुलियतको रुपमा लिन नसकिएको उनको भनाइ छ ।

राष्ट्र बैंकले कोरोना प्रभावित ऋणीहरूका लागि २ प्रतिशत ब्याज छुट दिन बैंकहरूलाई निर्देशन दिएको छ । तर, यसरी छुट दिँदा आधार दर (बेस रेट)भन्दा कम ब्याजदर बनाउन बैंक बाध्य नहुने भनिएकाले यो २ प्रतिशत पनि पाउन मुस्किल रहेको उपाध्यक्ष श्रेष्ठले बताए ।

उद्योगीहरुको अर्को संगठन नेपाल उद्योग परिसंघले भने राष्ट्र बैंकको दोस्रो घोषणालाई सकारात्मक नै लिएको बताएको छ । यद्यपि, यो पर्याप्त भने नभएको सीएनआईको भनाइ छ ।

सीएनआईका बैंकिङ समितिका सभापति अनलराज भट्टराईले यो सकारात्मक नै भए पनि अर्को चरणको सहुलियत आउँदा थप केही ध्यान दिनु पर्ने बताए । लकडाउन खुलेपछि कर्जाको माग बढ्ने भन्दै उनले त्यसका लागि तरलता व्यवस्थापन हुनुपर्ने बताए ।

के छ सहुलियतमा ?

खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेसन, साबुन तथा केमिकल उद्योगले यो सुविधा पाउने छैनन् । यसैगरी, मेडिकल पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगले समेत सहुलियत नपाउने राष्ट्र बैंकले बताएको छ

कोरोना प्रभावित क्षेत्रका ऋणीलाई ब्याजदरमा दुई प्रतिशत छुट दिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । वाणिज्य बैंक, विकास बैंक फाइनान्स कम्पनीहरूका लागि मंगलबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले कोरोना प्रभावित क्षेत्रहरूका लागि ब्याजमा २ प्रतिशत छुट दिन निर्देशन दिएको हो ।

चैत मसान्तसम्मको कायम ब्याजदरमा चौथो त्रैमास अर्थात् वैशाख, जेठ र असारको ब्याजमा छुट दिन राष्ट्र बैंकले भनेको हो ।

राष्ट्र बैंकको ६५ औं वाषिर्कोत्सवका अवसरमा लिखित मन्तव्य सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले चौथो त्रैमासको ब्याजमा सहुलियत दिने घोषणा गरेका थिए । सोही घोषणाअनुसार राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गरेको हो ।

तर, यो सहुलियत सबै ऋणीहरूले भने पाउने छैनन् । राष्ट्र बैंकका अनुसार यो सहुलियत पाउन कोरोनाबाट प्रभावित भएकै हुनुपर्नेछ ।

खाद्य उद्योग, ट्रेडिङ, एलपी ग्यास, इन्टरनेट, टेलिभिजन, टेलिकम्युनिकेसन, साबुन तथा केमिकल उद्योगले यो सुविधा पाउने छैनन् । यसैगरी, मेडिकल पसल, सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनी, सुर्तीजन्य पदार्थ र मदिरा उद्योगले समेत सहुलियत नपाउने राष्ट्र बैंकले बताएको छ ।

होटल, रेस्टुरेन्ट, ट्रेकिङलगायतका पर्यटन क्षेत्र, हवाई उड्डयन तथा सार्वजनिक यातायात क्षेत्र र निर्यात उद्योगहरुले यो सुविधा पाउने राष्ट्र बैंकले बताएको छ ।

कोरोना प्रभावित क्षेत्रहरूका लागि कर्जा लगानी गरेका लघुवित्त वित्तीय संस्थाहरुले भने तीन प्रतिशत ब्याज छुट दिनुपर्ने भएको छ । राष्ट्र बैंकले लघुवित्तलाई ३ प्रतिशत ब्याज छुट दिन निर्देशन दिएको हो ।

होलसेल कर्जा लगानी गर्ने लघुवित्तहरूको हकमा भने २ प्रतिशतमात्रै छुट दिन राष्ट्र बैंकले भनेको छ । बैंक तथा वित्तीय संस्थाहरूले वैशाख र जेठमा असुल गर्नुपर्ने मासिक तथा त्रैमासिक किस्ताहरूको भुक्तानी असार मसान्तसम्म हुने व्यवस्था मिलाउनु पर्नेसमेत राष्ट्र बैंकले बताएको छ ।

यस अवधिमा तिर्नु पर्ने कर्जा असार मसान्तमा तिर्दा थप शुल्क वा हर्जाना नलिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

अर्थविद् अधिकारी भन्छन्- यो पर्याप्त छैन

सामान्य अवस्थामा ल्याउनु पर्ने खालको निर्णय भएको बताए । उनले कोभिड-१९ पछिको अवस्थालाई यसले संवोधन नगर्ने उनले बताए । यसलाई क्षेत्रगत हिसाबले छुट्टै सम्वोधन हुनु पर्ने बताए ।

बैंकले लिने सेवा शुल्कका कारण पनि समस्इामा परेको भन्दै यतातर्फ पनि राष्ट्र बैंकले ध्यान दिनु पर्ने बताए ।

‘अहिले ल्याएको २ प्रतिशतले कोडिभ प्रभावितहरुका लागि खासै सहुलियत हुँदैन’ अर्थविद् डा‌. चन्द्रमणि अधिकारी भन्छन्, ‘तत्कालका लागि ठिकै छ तर अर्थतन्त्रलाई बचाउनका विषेश प्याकेज त आउनै पर्छ नि ।’

सबै क्षेत्रहरु यसबेला समस्यामा रहेको भन्दै उनले कुन क्षेत्रमा कति असर परेको छ भनेर अध्ययन गरी आवश्यक नीति लिनु पर्ने बताए ।



source https://www.onlinekhabar.com/2020/05/859883

लकडाउन अवधिको तलब दिलाइदिन टुकोनको आग्रह

१९ वैशाख, काठमाडौं । ट्रेड युनियन महासंघ नेपाल (टुकोन)ले श्रमिकका समस्या समाधान गरिदिन सरकारसँग आग्रह गरेको छ ।

श्रमिक दिवसको दिन शुक्रबार विज्ञप्ति जारी गर्दै टुकोनले कोरोनाको बहानामा धेरै उद्योग, प्रतिष्ठानहरु, होटल, रेष्टुरेन्ट, यातायातलगायतका क्षेत्रका श्रमिकहरुलाई रोजगारीबाट निकालिएको भन्दै टुकोनले लकडाउन अवधिको पारिश्रमिक दिलाइदिन आग्रह गरेको हो ।

यो समस्याको दीर्घकालीन समाधानका लागि सरकार, व्यवसायी र महासंघ सम्मिलित त्रिपक्षीय बैठक अविलम्ब आयोजना गर्न टुकोनले माग गरेको छ ।

टुकोनले श्रमिकहरुको नि:शुल्क स्वास्थ्य जाँच गर्नुपर्ने, श्रमिकहरुलाई तत्कालका लागि स्थानीय तहमै रोजगारीको प्रबन्ध मिलाउनु पर्ने, दैनिक काम खाने श्रमिकलाई खाद्यान्न उपलब्ध गराउनु पर्ने माग गरेको छ ।

साथै लकडाउनलाई खुकुलो बनाएर महामारीको अवधिभर अत्यावश्यक क्षेत्रमा काम गर्ने श्रमिकलाई उद्योग, प्रतिष्ठानभित्रै क्वारेन्टाइनमा राखी सुरक्षित काम गर्ने वातावरण बनाइ अतिरिक्ता भत्ताको व्यवस्था गर्न माग गरेको छ ।



source https://www.onlinekhabar.com/2020/05/859873

प्रधानमन्त्री ओली भन्छन्– सरकारले श्रमिकलाई भोकै राख्दैन

१९ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका कारण श्रमिकको जीवन कष्टकर भएकोमा आफू दुःखी रहेको बताएका छन् । उनले श्रमिकले भोग्नु परेको पीडाप्रति आफू संवेदनशील रहेको भन्दै भोकै नराख्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘उद्योग–व्यवसाय बन्द हुँदा आम्दानी घटेका स्वदेशमा कार्यरत सबै प्रकृतिका श्रमिकहरुका कष्टकर जीवनप्रति म अत्यन्तै दुःखी छु ।’

उनले भने, ‘घरमुलीले अनिकालमा पनि परिवारलाई भोकै राख्दैन । रुखोसुखो भरणपोषणको जोगावट गर्छ र व्यवहार चलाउँछ । तपाईहरुको यस प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारले पनि उपलब्ध स्रोत र साधनले भ्याएसम्म सुविधाको जोगावट गर्छ ।’

अहिले कोरोना भाइरसको महामारीका कारण न कार्यरत मुलुकमा रम्न सकिने, न त स्वदेश फर्किन सकिने चेपुवामा श्रमिकहरू रहेको भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यसबाट सिर्जना भएको पीडाप्रति म जानकार तथा संवेदनशील छु ।’

म आह्वान गर्दछु, सम्पूर्ण घाइतेहरु प्रशासनको संपर्कमा आउनुहोस् । अब आफ्नो शरीरमा गोली र छर्रा बोकेर नबस्नुहोस्, उपचारको प्रबन्ध सरकारले गर्छ

विश्वभरिका कोरोना प्रभावित २१० मुलुकमा जस्तै हाम्रो देश नेपालको पनि उत्पादन प्रणालीको कडी टुटेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘हाम्रा सिर्जनशील हातहरु यतिखेर लकडाउनमा छन् । हाम्रो श्रमको प्रतिक्षामा रहेका उत्पादनका साधनहरु पनि लकडाउनमा छन् ।’

उनले  अहिलेको लकडाउन विश्वव्यापी र बाध्यकारी भएको बताएका छन् । कोरोना भाइरसका कारणले यसलाई स्वीकार्नु पर्ने बाध्यता रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई उनीहरुले हासिल गरेको दक्षता अनुरुपको स्वरोजगारी सिर्जना गर्न सरल कर्जा र प्रविधि हस्तान्तरणको प्रबन्ध गर्ने र स्वदेशमा रहेका वा विदेशमा रोजगारीमा जान नपाएकाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा जोड्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता जनाएका छन् । ‘विभिन्न मन्त्रालय, निकाय र सार्वजनिक संस्थाहरु मार्फत सिर्जना भएका कामका अवसरहरु नेपालीलाई नै सुनिश्चित गर्ने व्यवस्था मिलाइने छ,’ ओलीले भनेका छन् ।

श्रमिकहरुको अभावलाई सम्बोधन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् र श्रम तथा सीप तालीमसम्बन्धी सबै निकायका कार्यक्रमहरुलाई एकीकृत रुपमा परिचालन गर्ने बताउँदै प्रधानमन्त्री ओलीले आवश्यक परेमा सबै पालिका तहमा छोटो अवधिका घुम्ती तालीम शिविरसमेत सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।

कृषिको आधुनिकीकरण र व्यवासायीकरण मार्फत उत्पादन र रोजगारी बृद्धि गर्ने भन्दै उनले जमिन नहुने श्रमिकहरुका लागि भूमि बैंकलाई कार्यान्वयनमा ल्याई त्यसैको माध्यमद्वारा भूमिको व्यवस्था गर्ने आश्वासन दिएका छन् ।

विगतका जनआन्दोलन र द्वन्द्वकालका युवा तथा अरू घाइतेहरुको उपचारको प्रवन्ध सरकारले गर्ने बताएका छन् । उनले भनेका छन्,  ‘अझै पनि उपचारबिहीन अवस्थामा रहिरहेका छन् । तिनको उपचारका लागि सरकारले पटकपटक गरेका आह्वान र प्रयासहरुको सन्देश उचित रुपमा संप्रेषण हुन सकेन । म आह्वान गर्दछु, सम्पूर्ण घाइतेहरु प्रशासनको संपर्कमा आउनुहोस् । अब आफ्नो शरीरमा गोली र छर्रा बोकेर नबस्नुहोस्, उपचारको प्रबन्ध सरकारले गर्छ ।’

यसले निर्माण, रोजगारी र उत्पादनमा पारेको प्रतिकूल प्रभावको अवस्थाले श्रमजीवी वर्गको बुझाइजस्तै श्रम र उत्पादनको सम्बन्ध एवं त्यसको महत्वलाई सबै वर्गले गम्भीरताका साथ बुझ्ने नयाँ परिस्थिति पनि निर्माण भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । श्रम आधारभूत कुरा हो र जीवन प्रमुख कुरा हो भन्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘श्रम बिनाको पूँजी र प्रविधि पनि अर्थहीन हुन्छ भन्ने आजको यथार्थले स्पष्ट पारेको छ ।’

उनले यस अप्ठ्यारो समयमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा ऐक्यबद्धता जाहेर गरेका छन् ।



source https://www.onlinekhabar.com/2020/05/859871

श्रमजीविलाई सरकारले विशेष राहत प्याकेज ल्याओस् : प्रचण्ड

१९ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले लकडाउनका कारण समस्यामा परेका निम्न वर्गीय श्रमजीवि जनताका लागि विशेष राहत प्याकेज ल्याउन आफ्नै पार्टी नेतृत्वको सरकारको ध्यानाकर्षण गराएका छन् ।

अन्तर्राष्ट्यि श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले भनेका छन्, ‘आज विश्वव्यापी महामारीका रुपमा देखा परेको कोभिड–१९ नामक घातक भाइरसको सामना गर्न सिङ्गो विश्व नै संघर्षरत छ । यतिबेला संसारभरका श्रमजीवि मजदूरहरुको रोजगारी गुमिरहेको छ । दैनिक ज्याला गरेर जीविकोपार्जन गर्नुपर्ने राजधानी लगायतका विभिन्न सहरमा रहेका निम्न वर्गीय श्रमजीवी जनताको खाद्यान्न लगायतको व्यवस्थापनमा आवश्यक राहत र विशेष सहयोगको प्याकेज निर्माण गर्न म सरकारको विशेष ध्यानाकर्षण गराउँदछु ।’

अध्यक्ष प्रचण्डले देशका विभिन्न भागहरुबाट आ–आफ्नो घर फर्किने क्रममा अलपत्र परेका मजदूर र अन्य जन–समुदायलाई सुरक्षितरुपमा गन्तव्यमा पुर्याउनु पर्ने कर्तव्य पनि स्मरण गराएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न पनि अपिल गर्दै प्रचण्डले स्वदेश तथा विदेशमा रहेका श्रमजीवि जनसमुदायमा सु–स्वास्थ र प्रगतिको अपेक्षा सहित शुभकामना व्यक्त गरेका छन् ।



source https://www.onlinekhabar.com/2020/05/859870

कांग्रेस र मजदुर एकअर्काका अनन्य सहयोगी : देउवा

१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र मजदुर एकअर्काका सहयोगी भएको बताएका छन् । उनले लकडाउनका कारण समस्यामा परेका मजदुरहरुलाई अविलम्ब राहत व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै देउवाले भनेका छन्, ‘वि.संं. २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर जननायक बी.पी. कोइराला लगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो । नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो । त्यसैले नेपाली कांग्रेस र मजदूरहरु सधैं एक अर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ ।’

कोरोना भाइरस संक्रमणको जोखिमका कारण नेपाल लकडाउनको अवस्थामा रहेकाले सम्पूर्ण नागरिकको जीवन सहज हुन नसकेको छैन भन्दै देउवाले यो बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको बताएका छन् ।

श्रमिकको यो कष्टकर जीवनका सम्बन्धमा नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको भन्दै देउवाले उनीहरुलाई अविलम्व राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका छन् ।

उनले अन्तर्राष्ट्रिय श्रमिक दिवसको यस अवसरमा सम्पूर्ण श्रमिक दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना दिएका छन् ।



source https://www.onlinekhabar.com/2020/05/859868

Wednesday 29 April 2020

रामेछापमा बाहिरी जिल्लाबाट तरकारी आयातमा प्रतिबन्ध

१८ वैशाख, रामेछाप । विश्वभरि फैलिएको कोरोनाको संक्रमण रोकथामका लागि रामेछापमा बाहिरी जिल्लाबाट तरकारी आयातमा प्रतिबन्ध लगाइएको छ । जिल्ला विपत व्यवस्थापन समितिको बैठकले जिल्ला बाहिरबाट तरकारी आयात गर्नसमेत प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको बैठकले जिल्लामा सञ्चालनमा रहेका ठूला आयोजनाबाहेक अन्य आयोजनाहरु तत्काल सञ्चालनमा नल्याउने, जिल्ला बाहिरबाट मानिसहरुको प्रवेशलाई पूर्णरुपमा रोक लगाउनेसमेत निर्णय भएको छ ।

बैठकमा प्रतिनिधि सभाका सांसद श्यामकुमार श्रेष्ठले भारतसँग सिमाना जोडिएका जिल्लाका मानिसहरु तथा अन्य सामग्रीसमेत जिल्ला प्रवेशमा बन्देज गर्नुपर्ने बताए ।

बागमती प्रदेशका सांसद शान्तिप्रसाद पौडेलले नेपालमा कोरोना संक्रमण फैलियो भने धान्नै नसकिने भन्दै लकडाउनलाई कडाइका साथ कार्यान्वयन गर्नु पर्ने बताए ।

जिल्लाका सबै पालिकाका प्रमुख तथा अध्यक्षहरु सहभागी रहेको बैठकमा पालिका प्रमुख तथा अध्यक्षहरुले स्थानीय प्रशासनले अझ समन्वयकारी भूमिका खेल्नु पर्ने सुझाव दिएका थिए ।



source https://www.onlinekhabar.com/2020/04/859574

सिमेन्ट उद्योगीको दावी : २२ अर्ब बढीको कारोबार गुम्यो

१७ वैशाख, काठमाडौं । लकडाउनका कारण अहिले निर्माणको काम लगभग ठप्प छ । जसका कारण छड सिमेन्ट जस्तापाता लगायतका निर्माण सामग्रीको उत्पादन, विक्री वितरण ठप्प छ । सिमेन्ट उत्पादक संघले पाँच हप्तामा २२ अर्ब भन्दा धेरै कारोबार क्षति ब्याहोर्नुपरेको जनाएको छ ।

देशभरका सिमेन्ट उद्योगबाट हुनै दैनिक ब्यापार हुने सिमेन्टको आकाडाको आधारमा प्रारम्भिक कारोबार क्षति आकलन गरिएको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुबराज थापाले बताए । ‘लकडाउन पछिको हरेक दिनमा उद्योगीले दैनिक सरदर ६० करोडका दरले कारोबार गुमाएको छ,’ अध्यक्ष थापाले भने ।

नेपालभर लकडान अवधिसम्म ६१ वटा सिमेन्ट उद्योग सञ्चालनमा थिए । जसबाट दैनिक १६ मिलियन टन दैनिक सिमेन्ट उत्पादन हुने गरेको संघले जनाएको छ । कोरोना असर बढ्दै गए उद्योगहरुको संकट थप भयवह हुँदै जाने संघका अध्यक्ष थापा बताउँछन् ।

लकडाउनका करण मुलुकभरका सबै सिमेन्ट उद्योगमा अहिले ताला लागेको छ । उद्योगहरु बन्द भएसँगै उद्योगमा प्रत्यक्ष आश्रित १६ हजार भन्दा बढी र तीनका सहायक आश्रति समेत गरेर एक लाख भन्दा बढी मानिसले रोजी रोटी गुमाउने अवस्था आएको संघले जनाएको छ ।

खानी सञ्चालन गर्न देऊ
सिमेन्ट उद्योगीहरुले सुरक्षाको उपाय अपनाउँदै चुनढुंगा खानी सञ्चालन गर्न अनुमति दिन सरकारलाई आग्रह गरेका छन् । जेठ पहिलो हप्तासम्म उद्योगले खानी सञ्चालन गर्न सकेनन् भने सिमेन्ट उद्योग आगामी मसिंरसम्म बन्द हुनसक्ने नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस मोरले बताए ।

कच्चा पदार्थको तयारी अवस्थामा राख्नका लागि खानी चलाउने अनिवार्य भएको सिमेन्ट उद्योग संघका अध्यक्ष थापाको भनाइ छ ।

‘कच्चा पदार्थ उद्योगमा ल्याउन सक्यौँ भने सरकारले खोल भनेको भोली पल्टनै उद्योग चल्न सक्छ नत्र सबै एउटै जहाजमा डुब्न सक्छौँ,’ थापाले भने ।

बर्षायममा खानी चल्न नसक्ने भएकाले तत्काल खानीबाट चुनढुंगा झिकेर उद्योगमा सञ्चयको वातावरण बनाउन उद्योग र गृह मन्त्रालयलाई आग्रह गरिएको उनले बताए ।

राहात प्याकेज माग
कोरोना कहर थप लम्बीदैं गए सिमेन्ट उद्योग उठ्नै नसक्ने गरी सिथिल बन्ने नेपाल उद्योग परिसंघका अध्यक्ष तथा सतिस मोर बताउँछन् ।  ‘राज्य वा उद्योगी कसैले नसोचेको परिस्थीति अपरझट आयो, सबै जना मारमा परेका छौं, अब सबै मिलेर समाधान खोजौं,’ उनले भने ।

बैंकबाट ठूलो ऋण लगानीमा चलेका उद्योगहरुलाई अहिले नै ऋणको ब्याज भार गरौं बन्न थालेको संघका अध्यक्ष थापा बताउँछन् ।  ‘सिमेन्ट उद्योग मात्रै नभएर सबै क्षेत्रमा राज्यले हृदय फुकाएर राहत घोषणा नगरे हामी कोल्याप्सको अवस्थामा जान्छौँ,’ थापाले भने ।

लकडाउनको चौतर्फी असरका बाबजुत कम महत्वका पूर्वाधारको बजेट रकमान्तर गरेर भए पनि राहत प्याकेज नल्याए उद्योग क्षेत्रले इतिहासकै गम्भीर धक्का खेप्नु पर्ने उद्योगीहरुको भनाइ छ ।



source https://www.onlinekhabar.com/2020/04/859572

नुहाउन गएका युवक कर्णाली नदीमा बेपत्ता

१८ वैशाख, सिमकोट (हुम्ला) । कर्णाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । जुम्लाको कैलाश गाउँपालिका-१० मकावनपुर घर भइ हाल हुम्लाको नाम्खा गाउँपालिका-१ को च्याछराभिर विस्फोटन गर्ने काम गर्दै आएका २१ वर्षीय टसी बल बेपत्ता भएका हुन् ।

काम गरेर कर्णाली नदीमा नुहाउन गएका बल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

बेपत्ता बलको खोजीकार्य चलिरहेको र अहिले कर्णाली नदी नजिक रहेका प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको छ ।

 



source https://www.onlinekhabar.com/2020/04/859567

भारतमा कोराना संक्रमितको संख्या ३३ हजार नाघ्यो

१८ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म भारतमा ३३ हजार ५० जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । साथै यो भाइरसबाट मृत्यु हुनेको संख्या पनि एक हजार ७४ पुगेको छ ।

मन्त्रालयको तथ्यांक अनुसार भारतमा पछिल्लो २४ घण्टामा ६७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ भने एक हजार सात सयभन्दा बढी नयाँ संक्रमित थपिएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको महाराष्ट्रमा अहिलेसम्म करिब १० हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४३२ जना मानिसको मृत्यु भइसकेको छ ।

त्यस्तै गुजरातमा चार हजार ८२ जना मानिसमा यो भाइरसको संक्रमण देखिँदा १९७ जनाको मृत्यु भएको छ । मध्य प्रदेशमा पनि दुई हजार ५०० भन्दा बढीमा यसको संक्रमण देखिँदा एक सय २९ जनाको मृत्यु भइसकेको छ ।

भारतको उत्तर प्रदेशमा अहिलेसम्म दुई हजार १३४ जनामा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ भने ३९ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा पनि ७५८ जनामा भाइरसको संक्रमण देखिँदा २२ जनाको मृत्यु भएको छ । बिहारमा ३९२ जनामा भाइरसको संक्रमण देखिएको छ भने दुईजनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा आठ हजार ३२५ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

 



source https://www.onlinekhabar.com/2020/04/859554

महाकालीपारि अलपत्र नेपालीको उद्धार सुरु

१८ वैशाख, कैलाली । महाकालीपारि अलपत्र परेका नेपाली नागरिकको उद्धार सुरु भएको छ ।

बैतडी, दार्चुला र पिथौरागढका जिल्ला अधिकारीबीच उच्चस्तरीय सहमतिपछि बिहीबार बिहानबाट उद्धार सुरु गरिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए । ‘हिजो छलफल गरेका थियौँ । केन्द्रमा पनि समन्वय गरेर आजबाट उद्धार सुरु गरिएको हो,’ उनले भने ।

भारतका बिभिन्न क्षेत्रबाट मजदुरी गरी आएका नेपालीहरु एक महिना बढी समयदेखि सीमा क्षेत्रमा अलपत्र परेका थिए । क्वारेन्टाइन अवधि सकिए पनि उनीहरुको उद्धारमा ढिलाइ भएको भन्दै बुधबार दिउँसो बसेको सरोकारवालाको बैठकले बिहीबार बिहानबाट उद्धार गर्ने निर्णय गरेको थियो ।

उद्धार गरेकालाई १४ दिन क्वारेन्टाइनमा राखिने

उद्धार गरेर स्वदेश फर्काउन लागिएका भारतीय क्वाेन्टाइनमा बसेका नेपालीहरु हुन् । क्वारेन्टाइनमा नबसेकाहरुलाई पनि यसैपटक स्वदेश फर्काउन लागिएको छ ।

भारतीय भूमिबाट स्वेदेश फर्किने उनीहरु  सबैलाई १४ दिन क्वारेन्टाइनमा राखिने छ । त्यसपछि आरडीटी गरिने बताइएको छ।

छिटो उद्धार गर्न माग गर्दै जनप्रतिनिधिहरुले जिल्ला प्रशासन कार्यालयमा दबाव दिँदै आएका थिए ।

महाकालीपारि करिब २ हजार नेपाली उद्धारको पर्खाइमा छन् । दार्चुलापारि  मात्रै एक हजारभन्दा बढी नेपाली छन् । त्यतिकै संख्यामा बैतडीपारि पनि छन् । कञ्चनपुरको सीमापारि पनि दुई सय ५१ जना नेपाली अलपत्र परेका छन् । यताकैलालीको त्रिनगर सीमापारि पनि १२० जना नेपालीअलपत्र परेका छन् ।

क्वारेन्टाइन अवधी सकिएलगत्तै उनीहरुको उद्धारको पहल भएको थियो । तर, संघीय सरकारबाट निर्देशन नआउँदा उद्धारमा ढिलाइ भएको हो ।

केहि दिन पहिलेदेखि बैतडी र बझाङका स्थानीय तहका जनप्रतिनिधिहरु नै आफ्ना नागरिकहरुको उद्धार गर्न भन्दै प्रमुख जिल्ला अधिकारीलाई भेटेरै दबाब दिइरहेका थिए ।

स्थानीय तहले आवश्यक व्यवस्था गर्ने बताएपछि उनीहरुको उद्धार गरिएको हो ।

यो पनि पढ्नुस्–

‘प्रवासीको भोट र नोट काम लाग्ने, आफू जोगिन छोरालाई पारि राख्ने ?’

धार्चुलामा अलपत्र नेपालीलाई उतै रोक्ने निर्णय, ३ जना महाकालीमा पौडिँदै आए

‘खेतीको बेला भयो, सरकारले कहिले बोलाउँछ ?’



source https://www.onlinekhabar.com/2020/04/859551

सुरक्षाकर्मीको आँखा छलेर भारतबाट नेपाल प्रवेश

१८ वैशाख, काठमाडौं । भारतसँग सीमा जोडिएको एक हजार ६ सय ९० किलोमिटर क्षेत्रमा सशस्त्र प्रहरीले एक हजार दुई सय १३ वटा अस्थायी पोष्ट स्थापना गरेको छ । यसअघि नेपाल-भारत सीमामा १ सय २० वटा बोर्डर आउट पोष्ट थिए ।

कोभिड-१९ को महामारी अघि ७ देखि १० किलोमिटरको फरकमा सशस्त्र प्रहरीको उपस्थिति रहे पनि अहिले एकदेखि ३ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको अस्थायी पोष्ट राखिएको सशस्त्र प्रहरीका नायब महानिरीक्षक (डीआईजी) प्रवीणकुमार श्रेष्ठ बताउँछन् ।

तर, बैतडी, दार्चुला जस्ता पहाडी क्षेत्रमा महाकाली नदी पार गरेर नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन । तराईका सीमावर्ती क्षेत्रमा पनि चोर बाटो प्रयोग गरेर सर्वसाधारणले नेपाल प्रवेश गर्न छाडेका छैनन् । प्रवक्ता श्रेष्ठ भने भारतबाट नेपाल आउने कार्यलाई पूर्णतः निषेध गरिएको दाबी गर्छन् ।

दार्चुलाबाट १६ जना नेपाल छिरे

भारतमा अड्किएका १६ जना नेपाली मजदुरले मंगलबार राति महाकाली नदीमा हाम फाले । सुखद् पक्ष, महाकालीको भेलमा पौडिएका सबै जना सकुशल आफ्नो मुलुकमा आउन सफल भए ।

नेपाल प्रवेश गरे पनि उनीहरुलाई स्थानीय प्रशासनले खोजी गरिरहेको छ । दार्चुलाका प्रहरी प्रमुख एसपी दिपेन्द्र शाहीले अनलाइनखबरसँग भने, ‘स्थानीय प्रशासनसँग समन्वय गरेर क्वारेन्टाइनमा राख्ने तयारी गरिरहेका छौं ।’

यसअघि पनि भारतबाट नेपाल छिर्न खोज्ने व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिँदै आएको शाहीले जनाए । तर, संख्याबारे उल्लेख गरेनन् । सशस्त्र प्रहरी बलका एक उच्च अधिकृतका अनुसार सरदर दैनिक ५ जना नागरिकले जोखिमपूर्ण ढंगले नदी पार गरेर नेपाल प्रवेश गरिरहेका छन् ।

‘भेलमा पनि नांगै तरेर नेपाल आउनेलाई धकेलेर उतै पठाउने कुरा पनि भएन’, उनी भन्छन्, ‘नेपाल छिरे पनि निरन्तर निगरानीमा राख्ने गरेका छौं ।’

प्रदेश ५ को रुपन्देहीका सशस्त्र प्रहरी प्रमुख एसपी तेजप्रसाद पोखरेल भारतबाट दैनिक १५ देखि २० जना व्यक्ति सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोज्ने गरेको बताउँछन्

नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख उत्तमराज सुवेदी पनि ज्यानकै जोखिम मोलेर नदीमा फाल हानेर भारतबाट मानिसहरु आउन सक्ने जोखिम देखिएको बताउँछन् ।

‘नदी पार गरे पनि निश्चित पोइन्टमा एम्बुसिङ गरेर उनीहरुलाई क्वारेन्टाइनमा राख्ने गरी व्यवस्था मिलाउन खोजिरहेका छौं’, प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुवेदीले अनलाइनखबरसँग भने, ‘नेपालतिर आउनेको संख्या धेरै नभए पनि हामी सचेत छौं ।’

यो समस्या बैतडी र दार्चुलाका सीमा क्षेत्रमा देखिएका छन् । एक महिनादेखि भारतमा अलपत्र नेपाली नागरिक यसरी नेपाल प्रवेश गर्ने कोशिश गरिरहेका हुन् ।

कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी कोही व्यक्ति लुकेर आएको पाइए, भारततिरै फर्काइने गरिएको बताउँछन् । तर, भजनी नगरपालिका-५ का वडाध्यक्ष केशव बुढाले केही दिन अघिसम्म भारतबाट सर्वसाधारण आउने गरेको बताए ।

सुदुरपश्चिम प्रदेशकै कैलाली र कञ्चनपुरको सीमा नाकाबाट पनि नेपालीसँगै भारतीय नागरिक नेपाल प्रवेश गर्ने गरेको पाइएको छ । यद्यपि, सुरक्षाकर्मीको सक्रियतापछि नेपाल प्रवेश गर्न खोज्नेको संख्यामा कमी आएको स्थानीय प्रशासनको दाबी छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ का अध्यक्ष तुलसी अर्याल पनि भारतबाट आएका ५ जनालाई उतै फर्काइएको स्मरण गर्छन् ।

प्रदेश ५ को रुपन्देहीका सशस्त्र प्रहरी प्रमुख एसपी तेजप्रसाद पोखरेल भारतबाट दैनिक १५ देखि २० जना व्यक्ति सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोज्ने गरेको बताउँछन् । यद्यपि, उनीहरुलाई सम्झाएर भारतीय प्रहरीको जिम्मा लगाउने गरिएको उनको दाबी छ ।

रुपन्देहीमा सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी । तस्वीरः टोपराज शर्मा/अनलाइनखबर

तराईमा चोर बाटोबाट छिर्छन् मजदुर

प्रदेश नं. २ को सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार ११ चैतमा लकडाउनको घोषणा भएदेखि प्रदेशका विभिन्न सीमा क्षेत्रबाट एक हजार ६ सय २० जना सर्वसाधारण नेपाल प्रवेश गरेका छन् ।

जसअनुसार सप्तरीमा १५०, सिरहामा १७९, धनुषामा १०१, महोत्तरीमा १५९, सर्लाहीमा ३३८, रौतहटमा  २५७, बारामा ९३ र पर्सामा ३४३ जना भित्रिएको तथ्यांक मन्त्रालयसँग छ । प्रदेश २ को आठ वटै जिल्लामा गरेर ४५२ किलोमिटर क्षेत्रमा भारतसँग सीमा जोडिएको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी दुई/चार दिनको फरकमा एकाध व्यक्तिहरु नेपाल प्रवेश गर्ने गरेको बताउँछन् । ‘अहिले त स्थानीय नै सचेत भइसक्नु भएको छ, कोही गाउँमा नयाँ मान्छे देख्ने वित्तिकै प्रहरी, प्रशासनलाई खबर आइसक्छ’, उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि हामी सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिन्छौं ।’

हालसम्म नेपाल प्रवेश गर्नेको संख्या ‘म्यानेजएवल’ नै भएको उनले जनाए । यद्यपि, ती व्यक्तिलाई पनि कसरी पूर्ण रुपमा रोक्न सकिन्छ भनेर छलफल भइरहेको जिसीले अनलाइनखबरलाई बताए ।

हाल जिल्लाको विभिन्न क्षेत्रमा रहेको क्वारेन्टाइनमा १०५ जना रहेको जिसीले बताए ।

भारतसँग ५१ किलोमिटर सीमा जोडिएको सर्लाहीमा रातको समयमा ‘चोर बाटो’को प्रयोग गरेर नेपाल प्रवेशको प्रयास हुने गरेको जिल्लाका एक सुरक्षा अधिकृतले अनलाइनखबरलाई बताए । उनले भने, ‘गलत नियतले होइन कि भारतमा लामो समय अड्किएपछि आफ्नै गाउँ फर्किन चाहनेहरु नै यसरी आउन खोज्ने हुन् ।’

यो पनि पढ्नुहोस रुपन्देहीको सीमा क्षेत्रमा एक हजार सशस्त्र प्रहरी परिचालन

प्रदेशका सुरक्षा अधिकृतहरु विगतमा भारतको सशस्त्र सीमा बल (एसएसबी) ले नै सर्वसाधारणलाई नेपालतिर पठाइदिने गरेको दाबी गर्छन् । दुई साताअघि सर्लाहीको सीमा नाकाबाट ४० बढी सर्वसाधारण नेपाल प्रवेश गरेको स्रोत बताउँछ ।

यही प्रकरणलाई लिएर सर्लाहीका सशस्त्र प्रहरी प्रमुख विनोदराज श्रेष्ठ जिम्मेवारीबाट हटाइएका छन् । सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोक स्रोतका अनुसार ‘कमाण्ड कन्ट्रोल’मा प्रश्न उठेपछि उनलाई हटाएर गंगाराम श्रेष्ठलाई नयाँ प्रमुखको रुपमा पठाइएको छ ।

सशस्त्र प्रहरीका एक उच्च अधिकृतले अनलाइनखबरसँग भने, ‘अहिलेको अफ्ठ्यारो पस्थितिमा सुरक्षामा कुनै सम्झौता गर्ने अवस्था छैन । त्यसैले जिल्लाको नेतृत्व फेरिएको हो ।’

सप्तरीका सशस्त्र प्रहरी प्रमुख (एसपी) उद्धव न्यौपाने रातको समयमा मौका छोपेर भारतबाट विभिन्न व्यक्ति आउन सक्ने सम्भावना रहेको बताउँछन् । यद्यपि, रातको गस्तीलाई पनि बढाइएको उनले जनाए ।

‘राती खटिने टोलीलाई टर्च लाइटको पनि व्यवस्था गरेका छौं’, उनले अनलाइनखबरसँग भने, ‘मोटरसाइकल र गाडीबाट पनि नियमित गस्ती भइरहेको छ ।’

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला कतिपय अवस्थामा व्यवहारिक समस्याका कारण पनि भारततिरबाट सर्वसाधारण नेपाल प्रवेश गर्ने गरेको बताए ।

‘खुला सीमा छ, कोही खेतमा गहुँ काटेको जस्तै गर्दागर्दै नेपाल प्रवेश गर्दा रहेछन्’, उनले अनलाइनखबरसँग सुनाए, ‘नेपाली क्षेत्रमा प्रवेश गरिसके फेरि फर्काउने कुरा पनि भएन । त्यसरी छिटपुट रुपमा प्रवेश गर्नेलाई हामीले क्वारेन्टाइनमा राख्ने गरेका छौं ।’

उनका अनुसार २४ चैतमा जनकनन्दनी गाउँपालिका-२ का वडाध्यक्ष पनि भारतबाट नेपाल प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएका थिए । नेपाल र सीमापारि पनि घर भएका वडाध्यक्ष भोगेन्द्र पाठक भारतको मधुवनीबाट फर्किएपछि स्थानीयले उनलाई क्वारेन्टाइनमा राख्न माग गरेका थिए ।

त्यसपछि प्रहरीले उनलाई जनकनन्दनी गाउँपालिका-४ मा रहेको विद्यालयको क्वारेन्टाइनमा भर्ना गरेको थियो । हाल जिल्लाको क्वारेन्टाइनमा १०१ जना रहेको निरौलाले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘हामीले छिटपुट रुपमा आउनलाई पनि अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने गरेका छौं । एक जना क्यान्सरका रोगी पनि उपचारपछि फर्किनु भएकाले क्वारेन्टाइनमा हुनुहुन्छ ।’ निरौलाका अनुसार भारतबाट आउने व्यक्तिको अनिवार्य कोभिड-१९ को पीसीआर परीक्षण पनि हुने गरेको छ ।

कतिपय अवस्थामा स्थानीय नागरिकले नै नयाँ व्यक्ति देखेर खबर गर्ने गरे पनि नाता सम्बन्ध देखिएका अवस्थामा खबर नआउने गरेको निरौलाले सुनाए । ‘वारिपारि नाता, कुटुम्ब छन् त्यसैले व्यवहारिक रुपमा केही कठिनाइ छन्’, उनले भने, ‘यद्यपि, हामी समस्याको सामधान गर्ने प्रयत्नमै छौं ।’

सीमामा निगरानीका लागि भने सय मिटरको दूरीमा ७७० जना सशस्त्र प्रहरीका सुरक्षाकर्मी खटिएका छन् । केही स्थानमा नेपाल प्रहरीका अधिकारीहरु पनि खटिएका छन् ।

प्रदेश नं २ का प्रहरी प्रमुख धिरजप्रताप सिंह भारतबाट आएका ५ जना जमातीमा संक्रमण देखिएपछि सीमामा कडाइ गरिएको बताउँछन् । ‘अहिले एसएसबीले पनि हामीलाई सहयोग गरिरहेको छ, पारिका सर्वसाधारण उतै रोकिएका छन्’, डीआईजी सिंहले अनलाइनखबरसँग भने, ‘नेपालमा रोकिएका भारतीय मजदुरलाई पनि भारत छिर्न दिएका छैनौं ।’

पाल टाँगेर टहरोमा बसेका छौं, वर्षातमा कठिन हुन्छ : एसपी सुवेदी

पर्सामा १०७ र बारामा ६० किलोमिटर भारतसँग जोडिएको खुला सीमा छ । दुवै जिल्लामा एकले अर्कोलाई देख्ने गरिको दुरीमा सुरक्षाकर्मी परिचालन गरेको सशस्त्र प्रहरीको दाबी छ ।

नेपालबाट भारत जान खोज्नेलाई नेपालतिरै रोकिँदै आएको र भारतबाट नेपाल छिर्न खोज्नेलाई पनि एसएसबीले पारि नै रोक्ने गरेको सशस्त्र प्रहरीका अधिकृतहरु बताउँछन् ।

पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले भने, ‘हामीले आई टु आई कन्ट्याक्ट रहने गरी सुरक्षाकर्मी परिचालन गरेका छौं ।’ पर्सामा ९ वटा बोर्डर आउट पोष्ट रहेकोमा लकडाउनपछि ५२ वटा फरवार्ड पोष्ट स्थापना गरिएको छ भने ६ सय भन्दा बढी सशस्त्र प्रहरीका जवान सीमामा खटिएका छन् ।

सशस्त्र प्रहरी बल पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवरले कोभिड-१९ को जोखिमलाई मध्यनजर गरेर सीमामा उच्च सतर्कता अपनाइएको जानकारी दिए ।

उनले भने, ‘एसएसबीसँग पनि समन्वय गरेर सीमामा सर्वसाधारणको आवागमन पूर्ण रुपमा रोकेका छौं । दशगजामा मुभमेन्ट देखियो भने तुरुन्तै एक्सनमा आइहाल्छौं ।’

बारामा सीमा क्षेत्रमा हुन सक्ने गतिविधिलाई रोक्न सीमा क्षेत्रका २० वटा वडामा वडा अध्यक्षको नेतृत्वमा वडा स्तरीय निगरानी समिति समेत गठन भएका छन् । त्यसबाहेक ७ वटा बोर्डर आउटपोष्टको मातहतमा १७ वटा फरवार्ड आउटपोष्ट थपिएको छ । ९१ स्थानमा ड्युटी पोष्ट स्थापना गरिएको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित सीमा क्षेत्रमा लकडाउनपछि सशस्त्र प्रहरीको संख्या दोब्बर गरिएको बताउँछन् ।

उनका अनुसार नेपाल छिर्न खोज्ने २६ जनालाई भारततर्फ नै फर्काइएको छ । भारतमा १३ जना नेपाली र बारामा ९१ जना भारतीय नागरिक क्वारेन्टाइनमा राखिएका छन् ।

बाराका सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदी मौसम प्रतिकुल हुँदा समस्या आउन सक्ने बताउँछन् । उनले भने, ‘अहिले पाल टाँगेर, टिनको टहरा बनाएर हामी खटिइरहेका छौं, वर्षातको समयमा यसरी कठिन हुन्छ ।’

– सुरेश विडारी

बिहारतिरबाट नेपाल आउन खोज्ने कम

प्रदेश १ मा दक्षिणी सीमा भारतको बिहारसँग जोडिएको छ ।

‘हालसम्मको तथ्यांक हेर्दा बिहारबाट नेपाल आउने संख्या अत्यन्त न्यून छ’, प्रदेश प्रहरी प्रमुख ईश्वरबाबु कार्की भन्छन्, ‘त्यसैले दक्षिणी क्षेत्रबाट छिर्न खोज्ने व्यक्ति नगन्य छन् ।’

भारतसँग सीमा जोडिएको मोरङ र सुनसरीमा एक हजार ५०० प्रहरी परिचालन गरिएको छ । रातको समयमा भारतबाट मजदुर प्रवेश गर्न सक्ने भएकाले अस्थायी चेक पोष्टमा २४ घण्टे ड्युटी कायम गरिएको सशस्त्र प्रहरीले जनाएको छ

प्रहरी नायब महानिरीक्षक (डीआईजी) कार्की झापाको केही भाग पश्चिम बंगालसँग जोडिए पनि मेची नदीका कारण त्यताबाट पनि सर्वसाधारण प्रवेश गर्न खोज्ने क्रम नदेखिएको बताउँछन् । ‘पश्चिममा जस्तो यहाँ नदीमा हाम फालिहाल्ने स्थिति पनि छैन’, उनले भने ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राणा पनि ५ सय मिटरको फरकमा अस्थायी सुरक्षा पोष्ट खडा गरेर भारतबाट आउने नागरिकलाई प्रवेश निषेध गरिएको बताउँछन् । ‘अहिले स्थानीय पनि आफैं सीमामा स्वयम्सेवकका रुपमा खटिनु भएको छ’, राणाले अनलाइनखबरसँग भने, ‘यसले झनै सजिलो भएको छ ।’

भारतसँग सीमा जोडिएको मोरङ र सुनसरीमा एक हजार ५०० प्रहरी परिचालन गरिएको छ । रातको समयमा भारतबाट मजदुर प्रवेश गर्न सक्ने भएकाले अस्थायी चेक पोष्टमा २४ घण्टे ड्युटी कायम गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलका अनुसार भारतसँगको करिब ६२ किलोमिटर सीमा क्षेत्रमा सशस्त्रका स्थानीय र अस्थायी गरी ७९ बोर्डर आउट पोष्ट (बीओपी) छन् ।

जसमा २३१ सुरक्षाकर्मी सीमा निगरानीमा खटिएका छन् । लकडाउन सुरु भएदेखि हालसम्म भारतबाट नेपाल प्रवेश गर्न खोज्ने १७ जनालाई क्वारेन्टाइनमा राखिएको पौडेलले जनाए । जिल्लामा रहेका ७४ वटा मस्जिदमा पनि निगरानी बढाइएको उनले बताए ।

त्यस्तै, ६३ किलोमिटर सीमा भारतसँग जोडिएको मोरङमा ८ सय जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले दशगजा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी १०७ स्थानमा अस्थायी चेक पोष्ट खडा गरिएको बताए । उनले अनलाइनखबरसँग भने, ‘सीमामा सुरक्षाकर्मीले २४ घन्टै निरन्तर गस्ती गरेर मानिसहरुको आवतजावतलाई पूर्णतः निषेध गर्नुभएको छ ।’

मोरङका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) नेत्रबहादुर कार्की पनि सशस्त्र प्रहरीको सम्पूर्ण जनशक्तिलाई दशगजा क्षेत्रमा केन्द्रीत गरिएको बताउँछन् । उनले भने, ‘गाडी, मोटरसाइकल, साइकल र पैदल समेत गरेर हामी दैनिक गस्तीमा खटिइरहेका छौं ।’

नेपाल प्रहरीका एसपी विश्व अधिकारी पनि सीमा क्षेत्रमा प्रहरी निरीक्षकको कमाण्डमा तीन सय बढी प्रहरी अधिकृत खटाइएको बताउँछन् । लकडाउनपछि भारतबाट नेपाल प्रवेश गरेका १६ जना मोरङको सीमाबाट नियन्त्रणमा परेका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।

हालसम्म प्रदेश १ का ३१ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ भने प्रदेशभरि दुई हजार एक सय ९७ जना क्वारेन्टाइनमा छन् ।

हल्चोकबाट देशभरको निगरानी

सशस्त्र प्रहरी बलको हल्चोकमा रहेको कार्य तथा सीमा सुरक्षा विभागले देशभरको सीमा सुरक्षा स्थितिबारे निरीक्षण गरिरहेको छ । एपीएफले कतिपय सीमा क्षेत्रमा क्लोज सर्किट (सीसी) क्यामरा पनि राखेको छ । जसको निरीक्षण हल्चोकबाट पनि भइरहेको हो ।

यसका अलावा हरेक प्रदेशका कमाण्डरसँग नियमित रुपमा सुरक्षा स्थितिबारे बि्रफिङ लिने काम भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ । उनीहरुले आफ्नो क्षेत्रको स्थितिबारे नियमित रुपमा प्रतिवेदन पनि बुझाइरहेको स्रोतले बतायो ।

सशस्त्र प्रहरीको उद्देश्य भारतबाट आउने व्यक्तिको पूर्णतः निषेध गर्नु नै भएको बताउँदै एक अधिकृतले अनलाइनखबरसँग भने, ‘तर, अझै करिब दुई हजार नेपाली मजदुर सीमा क्षेत्रमा अड्किएको पाइएको छ, उनीहरु हाम्रा लागि जोखिम बन्न सक्छन् ।’

(विराटनगरबाट ध्रुव भट्टराई, धनुषाबाट श्रवण देव, पर्साबाट सुरेश बिडारी, बुटवलबाट टोपराज शर्मा र कैलालीबाट भानुभक्त आचार्यको सहयोगमा)



source https://www.onlinekhabar.com/2020/04/859548

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन

१८ वैशाख, काठमाडौं । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

बुधबारमात्रै बलिउडले एक चर्चित अभिनेता इरफान खानलाई गुमाएको थियो ।

ऋषि कपुर दिग्गज अभिनेता राज कपुरको छोरा हुन् । उनले आफ्नो फिल्मी करियर सन् १९७३ मा बबी फिल्मबाट सुरु गरेका थिए ।

उनले श्री ४२० र मेरा नाम जोकरमा बाल कलाकारको भूमिका पनि निर्वाह गरेका थिए । उनले अन्तिम फिल्म ‘द बडी’मा काम गरेका थिए ।

प्रायः सामाजिक सन्जालमा सक्रिय हुने उनले नायिका दीपिका पादुकोणसँग हलिउडको हिन्दी रिमेक फिल्म ‘द इन्टर्न’मा काम गर्ने बताएका थिए ।

 



source https://www.onlinekhabar.com/2020/04/859547

काभ्रेबाट भक्तपुर भित्रिने सबैको ज्वरोमापन



source https://www.onlinekhabar.com/2020/04/859545

मलाई फेरि राष्ट्रपति बन्न नदिन चीनले जे पनि गर्न सक्छ – ट्रम्प

१८ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले आफूलाई राष्ट्रपति बन्नबाट रोक्न जे पनि गर्न सक्ने बताएका छन् । रोयटर्सलाई दिएको अन्तर्वार्तामा ट्रम्पले  चीनले आफूलाई दोस्रोपटक अमेरिकाको राष्ट्रपति बनेको हेर्न नचाहेको बताए । उनले अहिले चीनले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि चालेको प्रयास यसको एक प्रमाण रहेको बताए ।

ट्रम्पले कोरोना भाइरसको विश्वव्यापी महामारीको लागि लगातार चीनलाई आरोप लगाउँदै आएका छन् । अमेरिकामा अहिलेसम्म यो महामारीको कारण ६० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । त्यसका साथै अर्थतन्त्रमा पनि ठूलो गिरावट आएको छ भने बेरोजगारी पनि ऐतिहासिक रुपमा बढेको छ ।

ट्रम्पमाथि कोरोना भाइरसको महामारीलाई गम्भीररुपमा नलिएको आरोप लागेको छ । समयमा नै आवश्यक कदम नचालेकाले अहिले अमेरिकामा यो भाइरसको महामारी फैलिएको विशेषज्ञहरुले बताउँदै आएका छन् । तर, ट्रम्पले भने विश्वले छिटै यसलाई गम्भीरताको रुपमा लिन चीन सक्रिय बन्नुपर्ने बताएका छन् ।

अमेरिकाले यो विषयलाई लिएर चीनमाथि अतिरिक्त कर लगाउँछ त ? भन्ने पश्नमा ट्रम्पले भने, ‘म धेरै काम गर्न सक्छु ।’

पछिल्लो समय अमेरिका र चीनको बीचमा महामारीको विषयलाई लिएर द्वन्द्व बढेको छ । यसअघि ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस बताउँदै आएका थिए भने चीनले यो विषयलाई लिएर आपत्ति जनाएको थियो ।

आगामी नाभेम्बरमा अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुँदैछ । यो निर्वाचनमा ट्रम्पका प्रतिस्पर्धीको रुपमा डेमोक्रेटिक पार्टीका जोन बाइडन रहनेछन् । स्रोत : बीबीसी



source https://www.onlinekhabar.com/2020/04/859544

के हो न्युरेएन्डोक्राइन ट्युमर, जो सँग लड्दै थिए इरफान खान ?

अभिनेता इरफान खान लामो समय दुर्लभ किसिमको रोगसँग लडे । आखिरमा उनले रोगलाई जित्न सकेनन् । कस्तो रोग हो त्यो, जसको अगाडि चिकित्सा विज्ञानको पनि कुनै जोर चल्दैन ?

इरफान खानलाई लागेको रोग थियो, न्युरोएन्डोक्राइन ट्युमर ।

दुई बर्षअघि उनलाई यो रोग लागेको थियो । रोगको पहिचान र उपचार उनले लन्डनमा गरे । उपचारपछि पूर्णत ठीक नभएपनि उनी सामान्य लयमा फर्कने जोड गरिरहेका थिए । त्यसबीचमा एउटा फिल्ममा समेत अभिनय गर्न भ्याए ।

के हो न्युरोएन्डोक्राइन ट्युमर ?

न्यूरोएन्डोक्राइन ट्युमुमर त्यस अवस्थालाई भनिन्छ, जुन अवस्थामा शरीरमा हर्मोन पैदा गर्ने न्युरोएन्डोक्राइन सेल्स सामान्य भन्दा बढी हर्मोन उत्पादन गर्न थाल्छ । एक हिसाबले यो शरीरमा अधिक हर्मोन बनाउने रोग पनि हो । त्यसैले यस ट्युमरलाई कारसिनौयड्स पनि भनिन्छ ।

अहिलेसम्म जतिलाई यो रोग लागेको छ, उनीहरुको पेनक्रियाजमा यो ट्युमर पलाएको देखिन्छ । तर, पेनक्रियाज शरीरको एक्लो ठाउँ होइन, जहाँ यो ट्युमर पलाउन सक्छ । यो ट्युमर शरीरको अन्य भगमा पनि फैलन सक्छ । जस्तो कि, फोक्सो, थाइराइड वा एड्रिनल ग्ल्यान्ड ।

सुरुवाती चरणमा यसको कुनै लक्षण देखिदैन । अन्तिम चरणमा पुगेपछि मात्र उक्त रोगबारे पहिचान गर्न सकिन्छ ।

ट्युमर तीन प्रकारको हुन्छ

गेस्ट्रोइन्टेस्टाइल न्यूरोएन्डोक्राइन ट्युमर

यो गेस्ट्रोइन्टेस्टाइनल टै््रक्टकको कुनैपनि भागमा हुनसक्छ, जसमा ठूलो आन्द्रा र एपेन्डिक्स पनि सामेल छ ।

लंग न्यूरोजएन्डोक्राइन ट्युमर –यो फोक्सामो हुने ट्युमर हो, जसले खोकेको बेला रगत आउने वा सास लिन समस्या हुन्छ ।

पेन्क्रियाटिक न्यूरोजएन्डोक्राइन ट्युमर –यो पेनक्रियाजमा हुने ट्युमर हो । हर्मोनसँग जोडिएको कारण यस ट्युमरले ब्लड शुगरलाई एकदमै प्रभावित बनाउँछ ।

अब अर्को प्रश्न, यो ट्युमर कसरी हुन्छ ?

यसको कुनै निश्चित कारण छैन । अहिलेसम्मको स्थिती हेर्दा यो वंशानुगत रुपमा सर्दै आएको पाइन्छ । आमाबुवामा यस्तो समस्या भएमा बच्चामा पनि त्यो सर्ने संभावना हुन्छ ।

यसको अर्को कारण भनेको धुमपान र ढल्कदो उमेर पनि हो । साथसाथै कमजोर प्रतिरक्षातन्त्र पनि ।

यसका साथै अल्ट्राभायोलेट किरणले पनि न्यूरोएन्डोक्राइन ट्युमर हुने खतरा बढाउँछ ।

कसरी थाहा हुन्छ ?

कसरी थाहा हुन्छ कि हामीलाई यस किसिमको समस्या छ भनेर ? यसको सामान्य लक्षण भनेको उच्च रक्तचाप, थकान वा कमजोरी हो । पेटमा समस्या भइरहनु पनि हो ।

यस रोगको कारण शरीरमा ग्लुकोजको मात्र एकदमै तिब्र बढ्ने वा घट्ने गर्छ ।

के हुनसक्छ उपचार ?

उपचारको कुरा ट्युमर शरीरको कुन भागमा छ भन्ने कुुराले निर्धारण गर्छ । साथै त्यो कुन चरणमा पुगिसकेको छ ।

उपचारको केही तरिका छन् । जस्तो कि, शल्यक्रियाबाट ट्युमर निकाल्ने । कहिले काहीँ दुई पटक पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ । ड्रग थेरापी पनि दिइन्छ । यसमा किमोथेरापी, टारगेटेड थेरापी र औषधि दिइन्छ ।

साथै रेडिएसन र लिभर डायरेक्टेड थेरापी पनि दिइन्छ । यो रोगबारे विश्व यति जानकार हुने थिएनन्, यदि स्टिभ जब्सलाई यो रोग नलागेको भए । अमेरिकी बहुराष्ट्रिय कम्पनीका मास्टर माइन्ड मनिने स्टिभको मृत्युको कारण पेनक्रियाटिक न्युरोजएन्डोक्राइन ट्युमर थियो ।



source https://www.onlinekhabar.com/2020/04/859542

लकडाउन उल्लंघनको आरोपमा बिहानै १५ सय जना कारबाहीमा

१८ वैशाख, काठमाडौं । सरकारले कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि कार्यान्वय गरेको लकडाउन उल्लंघनको आरोपमा बिहीबार एक हजार ५०८ जना कारबाहीमा परेका छन् ।

बिहान ८ बजेसम्मको अवधिमा अनावश्यक रुपमा सडकमा निस्किएका व्यक्तिलाई उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुरबाट कारबाही गरिएको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका प्रहरी निरीक्षक नहकुल गौतमका अनुसार यो अवधिमा एक हजार ९२ जना पुरुष र ४ सय १६ जना महिला पक्राउ परेका छन् । उनीहरुलाई बिहान तीन घन्टासम्म सकडमै उभ्याइएको छ ।

साथै, उपत्यकाको विभिन्न क्षेत्रबाट १ सय १० वटा सवारीसाधन नियन्त्रणमा परेको उनले जनाए ।

यसअघि लकडाउनको उल्लंघन बढेको भन्दै गृह मन्त्रालयले कार्यान्वयनमा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।



source https://www.onlinekhabar.com/2020/04/859541

रेडियो नेपालका बोर्ड सदस्य पाठक पक्राउ, साइबर अपराधको आरोप

१८ वैशाख, काठमाडौं । रेडियो नेपालका बोर्ड सदस्य समेत रहेका पत्रकार दीपक पाठक पक्राउ परेका छन् ।

प्रहरीको साइबर ब्युरोले विद्युतीय अपराध गरेको आरोपमा झापा घर भएका पाठकलाई पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरज शाहीले पाठकलाई पक्राउ गरिएको पुष्टि गरे । यद्यपि, उनको कसूरबारे आफूलाई जानकारी आइनसकेको अनलाइनखबरलाई बताए ।

साइबर ब्युरो स्रोतले भने नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई सामाजिक सञ्जालबाट गाली गलौज गरेको आरोपमा पाठकलाई पक्राउ गरिएको जनायो ।



source https://www.onlinekhabar.com/2020/04/859538

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो

१८ वैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अमेरिकामा अहिलेसम्म ६० हजार नौ सय ६७ मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै संक्रमितको संख्या पनि १० लाख ३८ हजार पुगेको छ ।

चीनको वुहानबाट निस्किएको कोरोना भाइरसको कारण अमेरिकाको न्युयोर्क राज्य सबैभन्दा बढी प्रभावित बनेको छ । न्युयोर्कमा अहिलेसम्म करिब तीन लाख मानिस संक्रमित भइसकेका छन् भने २३ हजार चार सय ७७ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै न्यु जर्सीमा एक लाख १६ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् भने ६ हजार सात सय ७१ जनाको मृत्यु भइसकेको छ । मासाचुएट्समा पनि संक्रमितको संख्या ६० हजार नाघेको छ भने तीन हजार चार सय पाँच जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म अमेरिकामा एक लाख २० हजार सात सय २० जना निको भएर घर फर्किएका छन् ।

यो पनि पढ्नुहोस कोरोनाका कारण अमेरिकाको अर्थतन्त्रमा ठूलो गिरावट

source https://www.onlinekhabar.com/2020/04/859529

महाकालीपारिबाट उद्धार गर्न ढिलाइ, सीडीओलाई फकाउँदै जनप्रतिनिधि

१८ वैशाख कैलाली । बझाङको बुंगल नगरपालिका मेयर धनबहादुर बिष्ट बिगत पाँच दिनदेखि दार्चुलामा छन् । उनीसँगै हुन्छन् बैतडीको पुर्चौडी नगरपालिकाका तीन जना वडाध्यक्ष र डिलासैनी गाउँपालिकाका अध्यक्ष । उनीहरु चारै जना प्रत्येक दिन जिल्ला प्रशासन कार्यालय धाउँछन् । प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई भेट्ने र सीमापारि अलपत्र परेका नेपाली नागरिकलाई ल्याउन आग्रह गर्ने उनीहरुको दैनिकी भएको छ ।

बिगत एक महिनादेखि दार्चुलापारि भारतको धार्चुलामा हजार बढी नेपाली अलपत्र परेका छन् । उनीहरुको उद्धारका लागि सिडिओमार्फत संघीय सरकारलाई फकाउने प्रयासमा छन् जनप्रतिनिधिहरु । ‘हामी प्रत्येक दिन सिडिओ कार्यालय गएर महाकालीपारिका नेपालीलाई ल्याउन पहल गर्न आग्रह गर्छौं,’ मेयर विष्टले अनलाइनखबरसँग भने, ‘सीडीओ साबले पनि पहल भइरहेको छ भन्नुहुन्छ ।’

उनले बुंगल नगरपालिकाका मात्रै ४ सयको हाराहारीमा त्यहाँ अलपत्र परेको बताए । ‘हाम्रा नागरिकलाई निकै समस्या परेको छ । भएको पैसा पनि रित्तियो भनेर फोन गर्छन्,’ उनले भने, ‘उनीहरुलाई हाम्रै ठाउँको क्वारेन्टाइनमा राख्छौं भनेर सीडीओलाई आग्रह गरिरहेका छौं ।’

मेयर विष्टसँगै सीडीओ कार्यालय पुग्ने बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष अक्कल बहादुर रानाले आफूहरुको मागप्रति प्रमुख जिल्ला अधिकारी सकारात्मक भएको बताए ।

यो पनि पढ्नुहोस महाकालीपारि २ हजार बढी नेपाली, उद्धारको आदेश कुर्दै प्रशासन

‘हामीले निरन्तर प्रमुख जिल्ला अधिकारीलाई भेटेर उद्धार गर्न आग्रह गरिरहेका छौं,’ उनले भने, ‘उहाँले एक-दुई दिनमै उद्धार गरिन्छ भन्नुभएको छ ।’

डिलासैनी गाउँपालिका भित्रका १६० जना भन्दा बढी नागरिक त्यहाँ अलपत्र परेको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले बताए । संघीय सरकारले उद्धारमा चासो नदिएपछि प्रवक्तालाई दार्चुला पठाएको उनले जानकारी दिए । ‘हाम्रा नागरिकहरु भोकभोकै छन् । संघीय सरकारले चासो नदिएपछि दबाव दिन उहाँलाई पठाइएको हो,’ उनले भने ।

पछिल्लो एक महिनादेखि दार्चुलापारि हजारभन्दा बढी नेपाली छन् । त्यतिकै संख्यामा बैतडीपारि पनि छन् । कञ्चनपुरको सीमापारि पनि दुई सय ५१ जना नेपाली अलपत्र छन् । कैलालीको त्रिनगर सीमापारि पनि १२० जना नेपाली अलपत्र छन् ।

उद्धारमा ढिलाइ हुँदा उनीहरुको घर परिवारमा निकै समस्या भएपछि प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्न पुगेको बैतडी पुर्चाैडी नगरपालिका ४ का अध्यक्ष शैलेन्द्र धानुकले बताए । ‘केन्द्र सरकारले चासो नदिएपछि हामीले पनि चासो नदिने भन्ने हुँदैन त्यसैले हामी यहाँ आएका हौं,’ उनले भने, ‘अलपत्र परेका परिवारमा समस्या बढिरहेको छ ।’

पुर्चाैडी नगरपालिका कार्यपालिका बैठकले उद्धारमा पहल गर्न प्रशासनलाई आग्रह गर्ने निर्णयसमेत गरेको उनले बताए । अध्यक्ष धानुकले तत्काल उद्धार नभए सशक्त रूपमा अघि बढ्ने चेतावनी दिए ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले भने उनीहरुलाई फर्काउने पहल भइरहेको बताए । ‘हामीले माथि कुरा गरिरहेका छौं,’ उनले भने, ‘गृह मन्त्रालयबाट निर्देशन आएलगत्तै उनीहरुको उद्धार हुन्छ ।’

यो पनि पढ्नुस्–

‘प्रवासीको भोट र नोट काम लाग्ने, आफू जोगिन छोरालाई पारि राख्ने ?’

धार्चुलामा अलपत्र नेपालीलाई उतै रोक्ने निर्णय, ३ जना महाकालीमा पौडिँदै आए

‘खेतीको बेला भयो, सरकारले कहिले बोलाउँछ ?’



source https://www.onlinekhabar.com/2020/04/859535

भन्सारमा थन्किए ४ हजार कन्टेनर, व्यापारी मर्कामा

१८ वैशाख, वीरगञ्ज । नेपाल-भारत दुवैतर्फ लकडाउन भए पनि अत्यावश्यक सामान कलकत्तालगायतका बन्दरगाहबाट वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाहसम्म नियमित आइरहेका छन् ।

रेलमार्गबाट दैनिक ३ देखि ४ र्‍याक सामान नेपाल भित्रिरहे पनि ती सामान मालबाहक गाडीमा लोड नहुँदा स्थान अभाव मात्रै भएको छैन, कुरेर बसिरहनु पर्दा व्यापारीहरु मर्कामा पनि परेका छन् ।

अहिले सुख्खा बन्दरगाह (ड्राइपोर्ट)मा ४ हजारको हाराहारीमा कन्टेनर थन्किएका छन् । पछिल्ला दिनमा ड्राइपोर्टमा गाडीमा लोड गराउन निकै समस्या भइरहेको गुनासो व्यापारीहरुले गरेका छन् । भन्सार एजेन्टका अनुसार ड्राइपोर्टका सञ्चालक संस्था हिमालयन टर्मिनलले रेलबाट आएका सामान अनलोडलाई मात्र प्राथमिकतामा राखेको छ ।

सिर्सिया सुख्खा बन्दरगाह भन्सार कार्यालयमा जाँचपास सजिलै हुने गरे पनि ड्राइपोर्टमा गाडी लोड गर्न एक दिन बढी समय लाग्ने गरेको व्यापारीहरु बताउँछन् ।

भन्सार एजेन्ट अनिल पटेल टर्मिनलले रेल अनलोडिङलाई मात्रै प्राथमिकतामा राखेको बताउँछन् । ‘पहिला ट्रेनको काम हुन्छ, ट्रेनको काम नभएपछि मात्रै ट्रक लोड हुन्छ,’ पटेलले भने, ‘त्यहि पनि पछिल्लो दुई दिन त लोड नै हुन सकेन । ट्रक चालक बिस्कुट र पानी खाएर पालो कुरेर बस्न बाध्य छन् ।’

गाडी लोड नहुँदा सुख्खा बन्दरगाह बाहिर गाडीको लामो लाइन लागेको छ । गाडी गएको दिन लोड नभएर भोलिपल्ट मात्रै लोड भइरहेको अर्का एजेन्ट विजय कुमार टिबडेवालले बताए । ‘कोरोना भाइरसको महामारीको बेला पेन डाउन गर्न पनि मिलेन,’ उनले भने, ‘हिमालयन टर्मिनलको बदमासीको कारण सास्ती भोगिरहेका छौं ।’

गाडी लोड गर्न ढिलाइ हुँदा गाडी भाडा बढी लाग्ने, समयमा कन्टेनर खाली गराउन नसक्दा ‘डिटेन्सन र ड्यामरेज’ तिर्नुपर्ने र उद्योग पनि राम्रोसँग चल्न नपाउने अवस्था छ । सुख्खा बन्दरगाहमा हिमालयन टर्मिनलले गाडी लोड नगर्ने मात्रै नभएर अन्य काममा समेत दुःख दिइरहेको एजेन्टको गुनासो छ ।

‘काठमाडौंको माल कन्टेनरमा जान सक्दैन, ट्रकमा लोड गर्न मजदुर छैन भन्छन्, मजदुरको व्यवस्था गर्छु भन्दा बाहिरका मजदुर भित्र आउन मिल्दैन रे,’ अग्रवालले भने, ‘हिमालयन टर्मिनलले बन्दरगाहमा मनपरी गरिरहेको छ । सक्नेजति दुःख दिइरहेको छ ।’

वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपाल पनि सुख्खा बन्दरगाहमा सामान लोड गर्न समस्या देखिएको गुनासो आएको बताउँछन् । ‘ड्राइपोर्टमा लोड गर्ने स्टेकरको समस्या पहिलेदेखिकै हो । पुरानो मेसिन प्रयोग गर्दा छिटो-छिटो विग्रने गरेको छ,’ उनले भने, ‘हिमालयन टर्मिनलले समस्याको दिगो समाधानमा बेवास्ता गरेको अनुभव हामीले गरेका छौं ।’ समस्या समाधानका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराइसकेको उनी बताउँछन् ।

कन्टेनर निकाल्न बढी समय लाग्छ : टर्मिनल

सुख्खा बन्दरगाहमा ६/७ सयको हाराहारीमा एक दुई महिना पहिले आएका पुराना कन्टेनर पनि रोकिएका छन् । नयाँ कन्टेनर आउँदा ठाउँ अभावका कारण पहिले राखिएका कन्टेनरलाई ब्लक गरिदिन्छ । त्यसमाथि पुराना मेसिन भएका कारण समय समयमा बिगि्ररहन्छ ।

पुरानो कन्टेनर डेलिभरी गर्न मेसिन र जनशक्ति दुवै बढी खर्च भइरहेको हिमालयन टर्मिनलले जानकारी दिएको छ । चार वटा लोड गर्ने मेसिन रहेकामा अहिले तीन वटा सञ्चालनमा छन् । दुई दिनअघि दुईवटा मात्रै मेशिन सञ्चालनमा थियो ।

‘चार घण्टामा गर्न सकिने काममा ६ घण्टा लागेको हो तर आएका ग्राहकलाई सेवा दिएका छौं । मेशिनमा पनि समय समयमा खराबी आएकाले लोडिङमा केही ढिलाइ भइरहेको छ,’ टर्मिनलका एक अधिकारीले भने ।

हिमालयन टर्मिनलका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरी ड्राइ पोर्टमा कन्टेनर बढी जम्मा भएकाले सामान्य अवस्थाभन्दा बढी समय लाग्नु स्वाभाविक भएको बताउँछन् । ‘३५ दिनको लकडाउनमा ९३ र्‍याक समान आइसकेको छ । समान आउनु खुशीको कुरा भए पनि माल भण्डारणमा विपरीत अवस्था देखिएको छ । १४८६ ट्युज क्षमता हो तर चार हजार कन्टेनर थुपि्रसकेको छ,’ उनले भने, ‘एक कन्टेनर समान निकाल्न ७/८ वटा कन्टेनर हटाउनुपर्छ । त्यसले गर्दा मेसिन पटक-पटक बिग्रिरहेको छ ।’

चौधरीका अनुसार मेसिन मर्मतका लागि नेपालमा पार्टपुर्जा नपाउने हुँदा भारतका कलकत्ता, मुम्बई, दिल्ली लगायतका स्थानबाट मगाउनुपर्छ । लकडाउनले गर्दा त्यहाँ पनि पसल बन्द छ । समान ल्याउन निकै समस्या छ ।

ब्रेक बल्क, आइरन स्टिल २० र्‍याक आएको लेबरबाटै खाली गराएको चौधरीले बताए । सबै सरोकारवालाले ड्राइपोर्ट सञ्चालनका लागि हातेमालो गर्नुपर्ने तर्क उनी गर्छन् । उनले भने, ‘पुराना कन्टेनर पार्टीको हिसाबले नै राखिदिएका छौं । उनीहरुले ती कन्टेनर उठाइदिए केही हदसम्म सहज हुने थियो ।’

राजश्व संकलनमा गिरावट

हिमालयन टर्मिनलले मालबाहक गाडी लोड नगरिदिँदा त्यसको असर राजश्वमा पनि देखिएको छ । रेलमार्गबाट नियमित समान आइरहेको भए पनि गाडी लोड गर्न ढिलाइ हुँदा भन्सार जाँचपासमा भने गिरावट आएको छ ।

सिर्सिया भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले लकडाउनपछि भन्सार जाँचपासमा कमी आएको जानकारी दिए । ‘लकडाउन अघि १२ करोडको हाराहारीमा राजश्व संकलन हुन्थ्यो, लकडाउन शुरु भएपछि केही दिन कारोबार नै भएन,’ श्रेष्ठले भने, ‘पछिल्ला दिनमा कम भन्सार लाग्ने औद्योगिक कच्चा पदार्थको मात्रै जाँच पास भइरहेको छ । ३ करोडको हाराहारीमा राजश्व संकलन भइरहेको छ । ‘

फलामजन्य कच्चा पदार्थ प्रयोग गर्ने उद्योगहरु नचलेको, सिपिङ लाइन, इन्टरमोडल लगायतका निकायले छुट सुविधा दिएको कारण पनि जाँचपास कम भएको हुन सक्ने उनी बताउँछन् ।

फोटो सौजन्य : प्रणय साह



source https://www.onlinekhabar.com/2020/04/859530

होङ्सी सिमेन्ट कारखानामा मजदुरको मृत्यु

१८ वैशाख, नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका सर्दीमा रहेको होङ्सी सिमेन्ट कारखानामा एकजना मजदुरको मृत्यु भएको छ ।

काम गर्ने क्रममा कारखाना रहेको घरको दोस्रो तलाबाट खसेर विनयी त्रिवेणी गाउँपालिका-४ का २५ वर्षीय मदनदास श्रेष्ठको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका श्रेष्ठको उपचारको लागि भरतपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/04/859526

रुपन्देहीको सीमा क्षेत्रमा एक हजार सशस्त्र प्रहरी परिचालन

१८ वैशाख, बुटवल । रुपन्देही प्रशासनले कोरोना संक्रमण भित्रिन नदिन भारतीय सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च बनाएको छ । बेलहिया भन्सार नाकाबाट खाद्यान्नका मालबाहक सवारी साधनबाहेक भारतसँग सीमा जोडिएको रुपन्देहीको दक्षिणी भेगबाट कसैलाई पनि प्रवेश गर्न नदिएको प्रशासनको दावी छ ।

बेलहियादेखि कपिलवस्तुको सीमा क्षेत्रसम्मको ६० किलोमिटर दूरीमा ८९ वटा अस्थायी चेकपोष्टमा एक हजार सशस्त्र प्रहरी परिचालन गरिएको छ । एउटा पोष्टबाट अर्को पोष्टसम्म मानिस आउजाउ गरेको देख्न सकिने गरी पोष्ट खडा गरी चौबीसै घण्टा ड्युटी गर्ने गरी प्रहरी तैनाथ गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले बताए । ‘सामान्य अवस्थामा चार सय ५० जनाले सीमा क्षेत्रमा ड्युटी गर्थे,’ पोखरेलले भने, ‘लकडाउनपछि अन्य जिल्लाबाट समेत जनशक्ति ल्याएर एक हजार जना खटाएका छौं ।’

एउटा पोष्टमा ५ जनादेखि ८ जनाले दैनिक १२ देखि १६ घण्टा ड्युटी गरेर भारततर्फबाट कसैलाई प्रवेश गर्न नदिएको प्रहरी उपरीक्षक पोखरेलले बताए । दैनिक १५ जनादेखि २० जनासम्म सीमा क्षेत्रबाट नेपाल आउन खोज्ने व्यक्तिलाई सम्झाएर भारतीय प्रहरीको जिम्मा लगाउने गरिएको पोखरेल बताउँछन् । ‘विभिन्न नाकाबाट दैनिक १५ देखि २० जना नेपाली र भारतीय नागरिक नेपाल आउन खोज्नुहुन्छ तर हामीले आउन नदिई फर्काइरहेका छौं,’ प्रहरी उपरीक्षक पोखरेलले भने ।

लकडाउनका कारण रोकिएका एकसय ५४ जना भारतीयलाई २४ दिन नेपालको क्वारेन्टाइनमा राखेपछि भारत पठाइएको र दुई सय १३ जना नेपालीलाई पनि सीमापारिबाट नेपाल ल्याइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । रुपन्देहीमा अझै ४८ जना भारतीय नागरिक बुटवल, तिलोत्तमा, देवदह, सैनामैना र मायादेवी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले बताए । उनीहरु नेपालका विभिन्न विकास आयोजनामा काम गर्दै आएका हुन् ।

मालबाहक ट्रकबाट जोखिम छ : नागरिक अगुवा

प्रशासनले खुला सीमाबाट कसैलाई प्रवेश गर्न नदिएको बताए पनि बेलहिया भन्सार नाकाबाट खाद्यान्न र तरकारी आयात गर्ने ट्रक चालक र सहचालकका कारण कोरोना संक्रमणको जोखिम कायमै रहेको बेलहियाका नागरिक अगुवा रामबहादुर बस्नेत बताउँछन् ।

बेलहियाबाट दैनिक करिब डेढ सय मालबाहक ट्रक नेपाल प्रवेश गरिरहेकाले खाद्यान्न, तरकारी तथा चालक र सहचालकका माध्यमबाट संक्रमण भित्रिन सक्ने त्रास रहेको बस्नेत औंल्याउँछन् । ट्रक चालक र सहचालकलाई नाकामा ज्वरो जाँच गरेर र भैरहवा भन्सार  कार्यालयमा भारतबाट आउने ट्रकलाई सेनिटाइजेसन गरिए पनि भरपर्दो र ढुक्क हुने अवस्था नरहेको भन्सार एजेन्ट संघका केन्द्रीय अध्यक्ष एवं बेलहिया निवासी डा. शान्तकुमार शर्माले बताए । ‘अहिलेको मुख्य समस्या भारतबाट भित्रिने खाद्यान्न, तरकारी र भारतीय चालक सहचालक नै हुन्,’ डा. शर्माले भने, ‘हामीले प्रेस विज्ञप्ति नै जारी गरेर केही समयका लागि मालबाहक ट्रक पनि रोकौं भनेका हौं, तर सरकारले सुनेको छैन ।’

भारतीय गाउँ कोल्हुईमा चैतको तेस्रो हप्ताको शुरुमै ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै रुपन्देहीबासीमा भारतीय नागरिकबाट संक्रमण सर्ने हो कि भन्ने त्रास थियो । लकडाउन शुरु भएको शुरुवाती दिनमा छिटफुटरुपमा भारतीय तरकारी व्यापारीहरु मर्चवार लगायत खुल्ला नाकाबाट नेपालतर्फ आउने गरेको गुनासो आएको थियो ।



source https://www.onlinekhabar.com/2020/04/859527

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More