Tuesday 28 April 2020

पूजा र मबीच साथी–साथीको प्रेम छ: आकाश श्रेष्ठ

चलचित्र ‘रामकहानी’मा काम गरेपछि नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको मित्रता गहिरो बन्यो । अहिले चलचित्र बनाउने निर्माताले पनि यी दुईको जोडीलाई खुबै खोज्ने गर्छन् ।

त्यसैले पनि होला, चलचित्रमा एकसाथ काम गरेको २ वर्षमै यी दुईले ५ वटा चलचित्रमा एकसाथ काम गरिसकेका छन् ।

एकसाथ काम गरिरहँदा पूजा र आकाशबीच प्रेम सम्बन्ध रहेको चर्चा पनि नचलेको होइन । तर, नायक आकाश श्रेष्ठ भने पूजासँग आफ्नो प्रेम सम्बन्ध नरहेको बताउँछन् ।

आकाशले पुजालाई जन्मदिनको शुभकामना दिँदै भने–‘हामीलाई दर्शकहरुले निकै मन पराउनुभएको छ । त्यसैले पनि नाम जोडिएको हुनसक्छ । हामी एक अर्कालाई काममा साथ दिन्छौँ । तर, प्रेम सम्बन्ध नै छ भन्ने होइन । हामीमा साथी साथीमा हुने प्रेम छ ।’

आकाशले पूजासँग मात्र काम गर्नुपर्छ भन्ने नभएको बताए । तर, दर्शकले आफूहरुको जोडीलाई निकै मन पराएका कारण पनि निर्माताले चलचित्रमा एकसाथ लिएको आकाशको भनाई छ ।

आकाशले पूजालाई जन्मदिनमा सधै नै सफलता मिलोस् भने शुभकामना दिएका छ्न् । आकाश लकडाउनको समय आफ्नो घर दाङमा छन् ।



source https://www.onlinekhabar.com/2020/04/859273

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More