वर्षायाम सुरु भएसँगै गाउँघरमा जंगलबाट च्याउ खोजेर ल्याउने र खाने चलन छ । जंगलमा त्यस्ता थुप्रै किसिमका च्याउ पाइन्छन्, जो खानयोग्य र स्वादिलो हुन्छ । पुरानो रुखको ठूटो, पत्कर वा खुला चौरमा च्याउ उम्रन्छ । धेरैजसो त बावुबाजेका पालादेखि नै पहिचान गरी खाँदै आएका जंगली च्याउ खोज्ने एवं खाने गर्छन् । तर, कतिपयले भने खान योग्य च्याउ पहिचान गर्न सक्दैनन् । जथाभावी च्याउ खाँदा ज्यानै जाने जोखिम हुन्छ ।
कुन च्याउ खाने र कुन नखाने भनेर छुट्याउन सक्ने सामान्य ज्ञान भएमा पनि विषालु च्याउ खानबाट बचिन्छ । यद्यपी असावधानवस् हामी विषाक्त च्याउ खान पुग्छौं ।
कसरी चिन्ने खान योग्य र अयोग्य च्याउ ?
जंगलमा पाइनेमध्ये कुन च्याउ खान हुने र कुन नहुने ? यसमा खासै द्विविधा छैन । सामान्य हिसाबले पनि खान नहुने र हुने च्याउ पहिचान गर्न सकिन्छ ।
च्याउ अनेक प्रजातिका हुन्छन् । यसमध्येबाट पनि च्याउको प्रकृति, रंग, स्वाद र गुण हेरेर चार भागमा विभाजन गरिएको छ ।
१. खान हुने
२. तीतो
३. विषालु
४. काम नलाग्ने
हेर्दा आकर्षक लाग्ने, रंगीन च्याउ विषालु हुन्छ । हलक्क र रहरलाग्दो देखिन्छ । खान नहुने च्याउ पहिचान गर्ने सामान्य विधी भनेको, यी च्याउमा हत्तपत्ती किरा लाग्दैन । निचोर्दा सेतो दुध निस्कन्छ ।
खान योग्य च्याउ
गाउँघरतिर वर्षेनी जंगली च्याउ खाने गरिन्छ । आफुले विगतदेखि नै खाइरहेको च्याउ पहिचान गरेर खानु उपयुक्त हुन्छ । नचिनेको वा त्यसअघि नखाइएको च्याउ सेवन गर्नु हुँदैन ।
बुढापाकालाई त जंगली च्याउबारे धेरै ज्ञान पनि हुन्छ । उनीहरुले पहिचान गरेको र खाँदै आएको च्याउ खान सकिन्छ । यद्यपी यस किसिमको च्याउ पनि कुनैबेला विषालु बन्न सक्छ ।
कृतिम च्याउ कति खान योग्य ?
अहिले बजारमा केही थरीका च्याउ पाइन्छ, जुन कृतिम ढंगले उत्पादन गरिएको हो । यस्तो च्याउ खान वर्षायाम कुरिरहनुपर्दैन, जुनसुकै सिजनमा पनि पाइन्छ ।
तर, कृतिम ढंगले उत्पादन गर्ने यी च्याउ कति खान योग्य हुन्छ ? यसबारे भने विचार गर्नुपर्छ । किनभने कृतिम ढंगले उत्पादन गर्ने च्याउलाई उमार्न, बढाउन, किरा लाग्न नदिन र भण्डारण गर्न विभिन्न औषधी एवं रसायनको प्रयोग गरिएको हुनसक्छ । खानेकुरामा प्रयोग गरिने यस्ता हानिकारक तत्वले हाम्रो शरीरलाई सोझै असर पु¥याउने भय रहन्छ ।
च्याउमा के पाइन्छ ?
च्याउ खानै नहुने कुरा चाहि होइन । यो स्वादिलो र पोषक तत्वले भरिपूर्ण हुन्छ । च्याउामा प्रोटिन, भिटामिन, मिनरल्स, क्याल्सियम आदि तत्व पाइन्छ । च्याउमा बोसो नगन्य मात्रामा पाइन्छ, यसमा स्टार्च हुँदैन । त्यसैले यो खानयोग्य उत्पादनमै पर्छ ।
च्याउ के हो ?
यो एक प्रकारको वनस्पती हो, फूल नपूmल्ने प्रजातिको । यो फन्जाई वर्गमा पर्छ । च्याउ एक प्रकारको ढुसी हो ।
संसारमा तीन हजार ८ सय बढी प्रजातिको च्याउ पत्ता लागेका छन् । त्यसमध्ये एक हजार विषालु र दुई हजार खानयोग्य मानिन्छ । जबकी २ सय प्रजातिको च्याउ औषधीय गुणले भरिपूर्ण मानिन्छ ।
source https://www.onlinekhabar.com/2020/04/858655
0 comments:
Post a Comment