१७ वैशाख, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाका-७ का वडाध्यक्षको निधन भएको छ ।
मंगलबार योजना अनुगमन गर्न गएका वडाध्यक्ष युवराज उप्रेति एक्कासी ढलेका थिए । उनको मंगलबार साँझै हृदयघातबाट निधन भएको बताइएको छ ।
नगरपालिकाको वडानम्बर ८ पोखरियास्थित शहरी विकास बोर्डको योजना अनुगमन गर्न वडाध्यक्ष उप्रेती मेयर र उपमेयरसँगै गएका थिए ।
उपमेयर ताराकुमारी बस्नेतका अनुसार उनी एक्कासी लडेर बेहोस भएको र उपचारका लागि लैजाने क्रममा निधन भएको हो ।
source https://www.onlinekhabar.com/2020/04/859219
0 comments:
Post a Comment