Sunday 31 January 2021

चीन भन्छ- चिनियाँ एपमाथिको प्रतिबन्ध विश्व व्यापार संगठनको उल्लंघन

काठमाडौं । विभिन्न चिनियाँ एपहरु माथि स्थायी प्रतिबन्ध लगाउने भारतको कदम विश्व व्यापार संगठनका सिद्धान्त तथा बजार अर्थतन्त्रका मान्यताको उल्लंघन रहेको चीनले बताएको छ ।

नयाँदिल्लीस्थित चिनियाँ राजदूतावासका प्रवक्ताले बुधबार एक विज्ञप्ती जारी गर्दै भारतीय कदमको आलोचना गरेका छन् ।

भारतले गत जुन महिनामा ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । गत सेप्टेम्बरमा थप १ सय १८ वटा चिनियाँ एप भारतले ब्लक गरेको थियो ।

जुन महिनामा प्रतिबन्ध लगाएका चिनियाँ एपहरुमाथिको प्रतिबन्धलाई स्थायी रुपमा लागू गर्ने निर्णय भारतले हालै गरेको छ ।

सञ्चार माध्यमको प्रश्नमा एक विज्ञप्ती जारी गर्दै चिनियाँ राजदूतावासका प्रवक्ता जी रोंगले भनेका छन्, ‘यी कदमहरु विश्व व्यापार संगठनको अविभेदी सिद्धान्त तथा बजार अर्थतन्त्रको स्वच्छ प्रतिस्पर्धाका सिद्धान्त विपरीत रहेका छन् । यस्ता कदमले चिनियाँ कम्पनीहरुको वैध अधिकार तथा हितमा गम्भीर आघात पुराउँदछ । चीन सरकारले यो कदमको दृढ रुपमा विरोध गर्दछ ।’

प्रवक्ता जी तथा चीन सरकारले चिनियाँ कम्पनीहरुलाई अन्तराष्ट्रिय स्तरमा व्यवसाय सञ्चालन गर्दा अन्तर्राष्ट्रिय कानून तथा स्थानीय नीति नियमहरुको पालना गर्न आग्रह गर्दै आएको छ ।

चिनियाँ एपहरुका गतिविधि भारतको सार्वभौमसत्ता र अखण्डताको विरुद्धमा रहेको ठहर गर्दै भारत सरकारले प्रतिबन्ध लगाएको हो ।

यद्यपि भारतीय सैनिकहरुको ज्यान जाने गरी लद्दाखमा भएको चिनिया र भारतीय सैनिकबीचको झडपपछि भारतले चिनियाँ एपमाथि प्रतिबन्धको घोषणा गरेको थियो ।

–एजेन्सी



source https://www.onlinekhabar.com/2021/02/928062

महिला लघुवित्तको आईपीओ २८ गतेदेखि निष्काशन हुने

१९ माघ, काठमाडौं । महिला लघुवित्त वित्तिय संस्था लिमिटेडले माघ २८ गतेदेखि सर्बसाधारणको लागि साधारण सेयर (आईपीओ) बिक्रि खुला गर्ने भएको छ । संस्थाले सोमबार आह्वान पत्र जारी गर्दै २८ गतेदेखि आईपीओ जारी गर्ने जानकारी दिएको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको ४ लाख कित्ता सेयर विक्री गर्न लागेको हो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म छिटोमा फागुन २ गते र ढिलोमा फागुन १२ गतेसम्म आवेदन दिन सकिनेछ ।

संस्थाको जारी पुँजी १० लाखको ४० प्रतिशत हुन आउने ४ करोड रकम बराबरको जारी गर्न लागिएको ४ लाख कित्ता सेयर मध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीहरु तथा सर्वसाधरणलाई छुट्याइएको सेयर मध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरि बाँकी रहने ३ लाख ७५ हजार कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गर्न लागेको जनाइएको छ ।



source https://www.onlinekhabar.com/2021/02/928060

यी हुन् १४ सन्तानकी आमा, एकसाथ जन्मिएका थिए ८ बच्चा

काठमाडौं । आमा बन्नु हरेक महिलाका लागि सुखानुभूतिको विषय हो । तथापि अहिलेको जमानामा अधिकांश दम्पतिहरुले बढीमा २ सन्तानसम्म मात्र जन्माउन चाहन्छन् ।

आम महिलाहरुभन्दा नादिया सुलेमान चाहिँ निकै फरक छिन् । किनकी उनले १४ बच्चा जन्माएकी छन् । उनका ती १४ बच्चामध्ये आठ बच्चा त एकसाथ जन्माएकी हुन् । उनले विश्वमै एकै पटकमा सबैभन्दा धेरै बच्चा जन्माउने महिलाको रुपमा गिनिज बुकमा नाम लेखाएकी छिन् ।

अक्टोममको नामले चिनिने सुलेमानले सन् २००९ मा एकै गर्भबाट ८ बच्चा जन्माएसँगै संसारभर चर्चित भइन् । उनले एकसाथ ८ बच्चा जन्माउनु अगाडि ६ वटा बच्चा पहिले नै जन्माइसकेकी थिइन् । उनी थप एक बच्चा जन्माउन चाहन्थिन् तर एकसाथ ८ वटा बच्चा जन्मिएपछि उनका कूल १४ वटा बच्चा भए । टेष्टट्युब प्रविधिबाट गर्भाधान गरेका कारण उनका एकसाथ ८ बच्चा जन्मिएका थिए ।

एकै गर्भमा धेरै बच्चा जन्माउने कीर्तिमान कायम गरेर सेलिब्रेटी बनेसँगै उनी विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा छाइन् । तर धेरै बच्चा भएका कारण उनको जिविका निकै कठीन भयो ।

घर धान्न मुस्किल भएपछि उनले अश्लील फिल्ममा काम गर्न सुरु गरिन् । तर त्यस्तो कामबाट जीवन चलेपनि बच्चाहरुले राम्रो संस्कार सिक्न नसक्ने महसुस भएपछि उनले एडल्ट फिल्मको काम छाडिन् ।

त्यसपछि उनी क्यालिफोर्नियाको अरेन्ज काउन्टीमा रहेको आफ्नो घर फर्किइन् अनि त्यहाँ दुःखमा परेका महिलाहरुलाई परामर्श दिने जागिर पाइन् । अहिले उनले आफ्ना १४ वटै बच्चालाई राम्रोसँग हुर्काउन सकेकी छन् ।

नादियाका एकसाथ जन्मिएका ८ बच्चाले हालै १२ औँ बर्थडे मनाएका छन् । त्यस अवसरमा उनले आफ्ना ती बच्चाको तस्वीर सामाजिक सन्जालमा शेयर गरेकी छन् । विभिन्न जनावहरुको स्वरुपको पहिरनमा सजिएका उनका छोराछोरीहरुका त्यो तस्वीर निकै चर्चित बनेको छ । उनीहरुको नाम नोआ, मालिया, इसाइया, नारिया, जेरेमिया, जोना, जोसिया र मकाई हो । अहिले सुलेमान ४५ वर्षकी भएकी छन् ।

–एजेन्सी



source https://www.onlinekhabar.com/2021/02/928059

यस्तो स्कूल, जहाँ विद्यार्थीलाई डेटिङ कला सिकाइन्छ

काठमाडौं । आम रुपमा विद्यार्थीहरुले विद्यालयमा औपचारिक शिक्षा तथा सीपमूलक शिक्षा समेत प्राप्त गर्दछन् । तर चीनमा एउटा यस्तो स्कुल छ जहाँ विद्यार्थीहरुलाई प्रेम सम्बन्ध कसरी कायम गर्ने तथा कसरी प्रभावकारी डेटिङ जाने भन्ने विषयमा सिकाइन्छ ।

चीनको उक्त डेटिङ स्कुलमा विद्यार्थीहरुलाई प्रभावकारी डेटिङको शिक्षा तथा सुविधा प्राप्त हुन्छ ।

चीनमा विगतको एक सन्तान नीतिका कारण त्यहाँको लैंगिक अनुपात निकै खल्बलिएको छ । केटाहरुका लागि बिहे गर्न केटी पाउनसमेत हम्मेहम्मे पर्दछ ।

अर्थात् डेटिङका लागि कुनै युवती पट्याउनका लागि चिनियाँ युवाहरुले निकै कसरत गर्नु पर्दछ । त्यसैले चीनमा डेटिङ स्कुल मात्र होइन डेटिङ सम्बन्धी ट्युसनको व्यापार समेत निकै चम्किएको छ ।

एक रिपोर्ट अनुसार बेइजिङमा लभ इनर्जी नामबाट उक्त डेटिङ स्कुल खुलेको छ । त्यहाँ डेटिङलाई एक नृत्यकलाकै रुपमा लिएर सिकाइन्छ ।

उक्त स्कूलमा विद्यार्थीहरुले अनलाइनबाट समेत डेटिङ कोर्स पढ्न पाउँछन् । त्यसका लागि मासिक करीब ३० डलर बराबरको रकम खर्च गर्नु पर्दछ ।

तर विद्यालयमै गएर डेटिङ शिक्षा पढ्नका लागि ४५ सय डलर सम्मको शुल्क तिर्नु पर्दछ । उक्त स्कुलमा २३ देखि ३३ वर्ष सम्मका विद्यार्थीहरुले मात्र भर्ना हुन पाउँदछन् ।

-एजेन्सी



source https://www.onlinekhabar.com/2021/02/928055

सिम्लेमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

१९ माघ, काठमाडौं । धादिङको सिम्लेमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

सोमबार बिहान चितवनबाट रड बोकेर काठमाडौंतर्फ आइरहेको लु २ ख २७० नम्बरको ट्रकले सिमेन्ट बोकेको ना ६ ख ६४६५ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा रड बोकेको ट्रकमा सवार दुई जनाको ज्यान गएको छ भने एक जनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । उनीहरुको सनाखत नभइसकेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ ।

रड बोकेको ट्रकको अघिल्लो भाग पूर्ण रूपमा क्षति भएको छ भने अर्काे ट्रकमा सामान्य क्षति पुगेको छ ।



source https://www.onlinekhabar.com/2021/02/928052

राजनीतिक सरगर्मीसँगै बढ्यो मदिराको खपत

१९ माघ, काठमाडौं । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा मदिराको खपत बढेको छ । राजनीतिक अस्थिरतासँगै बढेको बढेको सरगर्मीले काठमाडौं केन्दि्रत भेटघाट तथा छलफलसहित गतिविधि बढेकाले रक्सीको माग उच्च भएको मदिरा व्यवसायी संघ काठमाडौंले जनाएको छ ।

पछिल्लो चार साताको बजार अवस्था मूल्याङ्कन गर्दा मासिक झण्डै तीन लाख लिटर भन्दा बढीले मदिरा खपत बढ्ने देखिएको संघका अध्यक्ष गोविन्द बरालले बताए ।

‘मान्छेको चहल पहल बढेको छ, स्थानीय रुपमा उत्पादित मदिरा र हि्वस्कीको खपत ह्वात्तै बढेको देखिन्छ,’ बरालले भने ।

चिसोका कारण रम, भोड्काको खपत उच्च छ भने बियर कम मात्रामा बिक्री भएको उनको भनाइ छ । बजारमा घरेलु मदिरा र बाह्य मुलुकबाट आयात भएका हि्वस्कीको खपत उच्च छ ।

काठमाडौं उपत्यकामा यस अघि मासिक २७ लाख ५० हजार लिटर भन्दामाथि मदिरा बिक्री हुने गरेकोमा अहिले ३० लाख ५० लिटर हाराहारी पुगेको संघले जनाएको छ ।

कोरोनाअघि मासिक उपत्यकामा साढे ३५ लाख लिटर मदिरा खपत हुने गरेको थियो । मदिरा आयात, उत्पादक तथा बिक्रेताको विवरण र सरकारलाई तिरेको राजस्वको आधारमा उक्त तथ्याङ्क निकालिएको संघले जनाएको छ ।

काठमाडौंमा महँगो रक्सीको माग उच्च देखिँदा नेपालीको खर्च गर्ने हैसियत बढेको जस्तो देखिएको पनि अध्यक्ष बरालले बताए ।

ठूला सहरमा विस्तारै चहल पहल

देशभरका मदिरा व्यवसायीहरुको छाता संगठन नेपाल मदिरा व्यवसायी महासंघका अनुसार देशभरका ठूला सहरमा अहिले मानवीय चहलपहल बढ्दै जाँदा व्यवसाय पुरानै अवस्थातिर जाँदैछ ।

लकडाउनका कारण सुस्त बनेको खपतमा केही तीब्रता देखिए पनि मोफसलमा उत्साह भने नदेखिएको मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले बताए ।

‘क्षेत्रीय शहरहरुमा पनि मानिसहरुको चहल पहल बढेको छ, भेटघाट र अतिथि संस्कार बढ्पछि मदिरा त आई नै हाल्छ,’ अध्यक्ष सोनामले भने ।

देशभरमा मदिराको पछिल्लो खपतबारे महासंघले तथ्याङ्क संकल गरिरहेको पनि उनले बताए । पोखरामा पनि मदिरा खपतले गति लिएको महासंघका महासचिव तारानाथ ढुंगानाले बताए ।

लकडाउन अघिको जस्तो नभए पनि आन्तरिक पर्यटक र मानिसको जमघट बाक्लीदा होटल रेष्टुराँ खुलेको र मदिरा खपत बढ्न थालेको उनले बताए । ‘काठमाडौं जस्तै त नहोला  तर केही चहलपहल बढेको छ’ ढुंगानाले भने ।

बिकेन स्वदेशी मदिरा

देखाउनकै लागि विदेशी मदिराको प्रयोग बढ्दा स्वदेशी उत्पादनका मदिराले भने बजार नपाएको महासंघले जनाएको छ । मदिरा पारखीले लोकल अथवा विदेशी रक्सी नै बढी रोज्दा नेपाली बियर र वाईनको खपत आरोलो लागेको महासंघका अध्यक्ष शेर्पा बताउँछन् ।

‘मानिसहरुले महँगा विदेशी हि्वस्की बढी मात्रामा रुचाएका छन् त्यसबाहेक लोकलमै ध्यान गएको देखिन्छ’ उनले भने । जाडोका कारण बियर कम मात्रामा प्रयोग हुनु र स्वदेशी वाईनमा सरकारले अन्तशुल्क थप गर्दा पारखीहरु विदेशी रक्सीमा लागेको संघका काठमाडौं अध्यक्ष गोविन्द बरालको भनाइ छ ।

‘सरकारले अन्तशुल्क लगाउनुपूर्व नेपाली वाइन सस्तो थियो, तर अहिले महँगो भएको छ, पैास बढी हाल्ने भए विदेशी नै खाउँ भन्ने भयो जस्तो लाग्छ,’ बरालले भने ।

भन्सार विभागकाअनुसार नेपालमा वार्षिक एक अर्ब ५० करोड रुपैयाँ बराबरको मदिरा आयात हुन्छ ।



source https://www.onlinekhabar.com/2021/02/928051

कक्षा १२ को नतिजा सार्वजनिक

१९ माघ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।

बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ ।

कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।



source https://www.onlinekhabar.com/2021/02/928050

झापामा घर जल्दा एक जनाको मृत्यु

१९ माघ, झापा । झापाको कचनकबल गाउँपालिका–१ घेराबारीस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

गएराति पौने १ बजे भएको आगलागीमा परी अन्दाजी ६० वर्षीय गोबर्द्धन राजवंशीको मृत्यु भएको इलाका प्रहरी कार्यालय घेराबारीले जनाएको छ । घरका अन्य सदस्य भने भागेर बाच्न सफल भएका छन् ।

भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयवासी र घेराबारी प्रहरी टोलीको सहयोगमा करिब २ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट राजवंशीका ३ वटा घर पूर्ण रुपमा जल्नुका साथै पशु चौपायासमेत जलेर मरेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिको एकिन विवरण र आगलागीको कारण नखुलेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2021/02/928048

नेकपा (प्रचण्ड–माधव समूह)को केन्द्रीय समिति बैठक सर्‍यो

१९ माघ, काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)को केन्द्रीय समितिको बैठक सरेको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको केन्द्रीय कार्यालय पेरिसडाँडाका सचिव श्रीराम ढकालले जानकारी दिए ।

बैठकमा समसामयिक विषयमा छलफल हुने नेताहरु बताउँछन् ।  प्रचण्ड–माधव समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ । संसद विघटनको विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ गते काठमाडौंमा फेरि विरोधसभा गर्ने तयारी गरेको छ ।

यसअघि पुस ७–९ मा बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठक बसेको थियो । त्यसलगत्तै बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो ।



source https://www.onlinekhabar.com/2021/02/928047

संसद विघटन : कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दै

१९ माघ, काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दै छ ।

तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत आज कांग्रेसका सबै भ्रातृ संगठनहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।

राजधानी काठमाडौंमा दिउँसो १ बजे शान्तिवाटिकामा प्रदर्शन हुने छ । मध्याह्न १२ बजे त्रिचन्द्र क्याम्पसबाट जुलुस निकालेर शान्तिवाटीकामा विरोधसभामा परिणत हुने कांग्रेस काठमाडौंले जनाएको छ ।

यही माघ १३ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । आन्दोलनका कार्यक्रमअनुसार २४ गते शुभेच्छुक संगठनले प्रदर्शन गर्नेछन् । यसैगरी फागुन ३ गते जिल्ला कार्यसमितिले ७७ जिल्लामा प्रदर्शन र सभाहरु गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

यो पनि पढ्नुहोस देउवाको इच्छा विपरीत आन्दोलनमा तानियो कांग्रेस

source https://www.onlinekhabar.com/2021/02/928046

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

१९ माघ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्दै छ । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले आज नतिजा सार्वजनिक गर्ने जानकारी दिए ।

त्यसका लागि अहिले परीक्षा बोर्डको बैठक बसिरहेको छ ।

कोरोना भाइरस संक्रमणका कारण गत वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।

बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित हुने छ ।



source https://www.onlinekhabar.com/2021/02/928045

‘म्यानमारको सैनिक कू निन्दनीय’

१८ माघ, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले म्यानमारमा प्रजातन्त्रवादी नेतृ आङ साङ सूकीसहित अन्य राजनीतिक नेताहरुलाई नियन्त्रणमा लिएको घटना निन्दनीय भएको बताएका छन् ।

स्कुल अफ डेमोक्रेसी काठमाडौंको एक कार्यक्रममा बोल्दै नेता महरले भने, ‘लोकतान्त्रिक पद्धति र संविधानवादको संरक्षणका लागि नेपाली कांग्रेसलगायत आम जनतासमेत संघर्षरत रहेकै बेला म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सूकीसँगै थुप्रै राजनीतिक नेताहरु गिरफ्तार गरिएको घटना निन्दनीय र खेदजनक छ ।’

विश्वको प्रजातान्त्रिक प्रणाली अतिवादको बाछिटामार्फत तहस नहस पार्न भईरहेका सबै खाले घटना र परिघटनाको विरोधमा भएकोसमेत नेता महरले जनाएका छन् । उनले भनेका छन्, ‘लोकतान्त्रिक पद्धतिको संरक्षणका लागि हाम्रो संघर्ष अविचलित र अथकित रहने छ ।’

सोमबार बिहान निर्वाचन परिणाम सार्वजनिक भएपछि पहिलो संसद् बैठकअघि म्यानमारको सेनाले सूकीसहितका नेताहरुलाई नियन्त्रणमा लिएको छ भने एक वर्षका लागि सत्ता कब्जाको घोषणा गरेको छ ।



source https://www.onlinekhabar.com/2021/02/928044

म्यानमारमा सैनिक ‘कू’, एक वर्ष संकटकाल घोषणा

१९ माघ, काठमाडौं । म्यानमारमा सैनिक ‘कू’ भएको छ । त्यहाँको सेनाले सत्ता हातमा लिँदै एक वर्ष संकटकाल लगाएको घोषणा गरेको छ ।

राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ सान सुकी र सुकीको पार्टी  नेशनल लिग फर डेमोक्रेसीका बरिष्ठ नेताहरुलाई हिरासतमा लिँदै सेनाले सत्ता कब्जा गरेको हो ।

सैनिक टेलिभिजनमा प्रसारित एक सन्देशमा भनिएको छ– म्यानमारको सत्ता अब सेनाका कमाण्डर इन चिफ वरिष्ठ जनरल मिन आङ हलिङ्गले हातमा लिएका छन् ।

यो पनि पढ्नुहोस म्यानमारकी नेतृ सुकी सेनाद्वारा गिरफ्तार

केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाबीच म्यानमारमा सैनिक कू भएको हो । सेनाले सोमबार तय भएको संसद बैठक पनि खारेज गरेको छ ।

बीबीसीका अनुसार म्यानमारको राजधानीसहितका मुख्य–मुख्य शहरमा सैनिकको तैनाथी बढाइएको छ । राजधानीमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।

गत नोभेम्बर महिनामा भएको निर्वाचनमा सुकीको पार्टी भारी मतसहित विजयी भएको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएको छ ।



source https://www.onlinekhabar.com/2021/02/928042

सुआरेजको दुई गोल, एट्लेटिकोलाई १० अंकको अग्रता

१९ माघ, काठमाडौं । लुइस सुआरेजको दुई गोल मद्दतमा लिग लिडर एट्लेटिको मड्रिडले स्पानिस ला लिगामा काडिजलाई ४-२ ले पराजित गरेको छ ।

काडिजको मैदानमा भएको खेलमा सउल निगेज र कोकेले एक-एक गोल थपे ।

काडिजका लागि दुवै गोल अल्भारो नेग्रेडोले गरे पनि टिमको हार टार्न सकेनन् ।

खेलको २८ औं मिनेटमा सुआरेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा नेग्रेडोले काडिजका लागि बराबरी गोल फर्काए ।

तर ४४ औं मिनेटमा सउल निगुएजले गोल गर्दै एट्लेटिकोलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए ।

५० औं मिनेटमा सुआरेजले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोलाई ३-१ को अग्रता दिलाए । उनले पेनाल्टीमा गोल गरे ।

७१ औं मिनेटमा नेग्रेडोले व्यक्तिगत दोस्रो गोल गर्दै गोलअन्तरमा ३-२ मा झारेका थिए ।

तर ८८ औं मिनेटमा कोकेले गोल गरेपछि एट्लेटिकोले ४-२ को सहज जित हात पारेको हो ।

जितपछि एट्लेटिकोले १९ खेलबाट ५० अंक जोडेको छ । जुन बार्सिलोना र रियल मड्रिडभन्दा १० अंकले बढी हो ।

एट्लेटिकोले अझै एक खेल कम खेलेको छ । २० खेलबाट समान ४० अंक जोडेको बार्सिलोना र रियल मड्रिड क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । काडिज २४ अंकसहित १३ औं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/02/928040

संसद विघटन : सरकार पक्षको बहस आजबाट

१९ माघ, काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटमा आजबाट सरकारी पक्षको बहस सुरु हुँदै छ । रिट निवेदक पक्षको बहस आइतबार सकिएपछि सरकार पक्षको बहस सुरु हुन लागेको हो ।

संसद विघटनसम्बन्धी दर्ता भएका १३ वटा रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राष्ट्रपति कार्यालय र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र राष्ट्रपतिको कार्यालयका तर्फबाट महान्यायाधिवक्ता कार्यालयले बहस गर्नेछ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षाका लागि बहस गर्न निजी कानुन व्यवसायीले पनि नाम लेखाएका छन् । सभामुखको तर्फबाट पनि निजी कानुन व्यवसायीले बहस गर्नेछन् ।

यो पनि पढ्नुहोस संसद विघटनको बचाउ गर्न प्रधानमन्त्रीले छाने राजावादी वकिलहरु

गत पुस ५ गते सरकारले संसद विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए । रिटहरुमा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास गठन गरेका थिए ।

संसद विघटन संवैधानिक वा असंवैधानिक भन्ने विषयमा केन्द्रित भएर माघ ४ गतेदेखि बहस सुरु भएको थियो । रिट निवेदकका तर्फबाट झण्डै ७० जनाले बहस गरेका थिए ।

यो पनि पढ्नुहोस संसद विघटनमा बहस : रिटमा निवेदकहरुले उठाएका ५ मुख्य प्रश्न यो पनि पढ्नुहोस न्यायाधीश कार्कीले इजलास छोड्नुअघि सर्वोच्चमा सवाल–जवाफ

source https://www.onlinekhabar.com/2021/02/928038

मेसीको ६५०औं गोल, बार्सिलोना दोस्रो स्थानमा उक्लियो

१९ माघ,  काठमाडौं । एथ्लेटिक विल्वाओलाई पराजित गर्दै बार्सिलोना स्पानिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ । कप्तान लिओनल मेसी र एन्टोनी ग्रीजमनको गोल मद्दतमा बार्सिलोनाले विल्वाओलाई २-१ ले पराजित गरेको हो ।

जितपछि बार्सिलोनाले रियल मड्रिडलाई पछि पारेको छ ।

खेलको २० औं मिनेटमा मेसीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । बार्सिलोनाको लागि मेसीको यो ६५०औं गोल समेत हो ।

४९ औं मिनेटमा बार्सिलोनाका जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो । त्यसपछि ७४ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।

जितपछि २० खेलबाट ४० अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भए पनि बार्सिलोनाले रियललाई गोल अन्तरमा पछि पारेको हो ।

विल्वाओ २४ अंकसहित ११ औं स्थानमा रहेको छ ।



source https://www.onlinekhabar.com/2021/02/928036

सालाहको दुई गोलमा लिभरपुलको जित, तेस्रो स्थानमा उक्लियो

१९ माघ, काठमाडौं । मोहम्मद सालाहको दुई गोल मद्दतमा साविक विजता लिभरपुलले प्रिमियर लिगमा वेष्टह्यामलाई ३-१ ले पराजित गरेको छ । सहज जितपछि लिभरपुल अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ ।

वेस्ट ह्यामको मैदानमा लिभरपुललाई जित दिलाउन सालाहले दुई गोल गर्दा जर्जिनियो विज्नाल्डमले एक गोल गरे । वेस्ट ह्यामका क्रेग डसनले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७औं मिनेटमा सालाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।

६८ औं मिनेटमा सालाहले व्यक्तिगत दोस्रो गोल गर्ददा लिभरपुलले २-० को अग्रता बनायो । ८४ औं मिनेटमा विज्नाल्डमले गोल गर्दै लिभरपुललाई ३-० को अग्रता दिलाए । ८७ औं मिनेटमा वेस्ट ह्यामका डसनले सान्त्वना गोल फर्काए ।

जितछि २१ खेलबाट ४० अंक जोडेको लिभरपुल लेस्टर सिटीलाई पछि पार्दै  तेस्रो स्थानमा उक्लिएको छ । वेस्ट ह्याम ३५ अंकसहित पाँचौं स्थानमा यथावत छ ।

लिड्स युनाइटेडसँग पराजित भएपछि लेस्टर सिटीले दोस्रो स्थानमा उक्लने मौका गुमाएको थियो । २१ खलबाट ३९अंक रहेको लेस्टर चौथो स्थानमा छ ।

यस्तै दुई लण्डन क्लब चेल्सी र टोटनहमले पनि जित हात पारेका छन् । टोटनहमले ब्राइटनलाई १-० ले र चेल्सीले बर्नलीलाई २-० ले पराजित गरे ।

टोटनहमको २० खेलबाट ३३ अंक छ भने २१ खेल खेलेको चेल्सीको ३३ अंक छ । गोलअनतरमा अघि रहँदै टोटनहम छैटौं स्थानमा छ भने चेल्सी सातौं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/02/928031

देशकै ठूलो ढल्केबर सबस्टेशनको उदघाटन आज

१९ माघ, काठमाडौं । देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उदघाटन आज हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्याह्न सबस्टेशनको उदघाटन गर्न लागेका हुन् । त्यसका लागि उनी नेपाली सेनाको हेलिकप्टरमार्फत् आज धनुषा जाँदैछन् ।

धनुषामा करिब डेढ घण्टा बिताएर उनी सिरहाको कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ । ‘मौसम अनुकूल भए प्रधानमन्त्रीज्यू सवा ११ बजेसम्म ढल्केबर आइसक्ने भन्ने छ,’ धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले अनलाइनखबरसँग भने, ‘यहाँ करिब डेढ घण्टा बिताउने भन्ने पूर्वनिर्धारित तालिका छ ।’ उदघाटन समारोहपछि प्रधानमन्त्री ओली सिरहा हुँदै काठमाडौं फर्किने कार्यक्रम छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार हाल ढल्केबरमा १६० एमभीएका दुई र ३१५ एमभीएको एक गरी ६३५ एमभीएका ट्रान्सफर्मर जडान भएका छन् । यस्तै कूल ४००÷२२० केभी क्षमताको सबस्टेशनमा ३१५ एमभीए क्षमताका तीन वटा गरी ९४५ एमभीए क्षमताको पावर ट्रान्सफर्मर छन्, जसले करिब ९०० मेगावाट विद्युतलाई प्रसारण गर्न सक्दछन् ।

ढल्केबर सबस्टेशन बनेसँगै नेपाल–भारतबीच करिब एक हजार मेगावाट विद्युत् आयात–निर्यातका लागि पूर्वाधार तयार भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरण प्रसारण निर्देशनालयका अनुसार ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत भारतीय पक्षसँग भएको सम्झौताअनुसार थप बिजुलीसमेत आयात गर्न सकिन्छ । मुलुकभित्र खपत हुन नसकेको विद्युत् भारत निर्यात गर्न पनि सकिने छ । दुई मुलुकबीच इनर्जी बैकिङ गर्नसमेत बाटो खुल्ने प्राधिकरणले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/02/928025

नेकपा (प्रचण्ड–माधव समूह)को केन्द्रीय समिति बैठक बस्दै

१९ माघ, काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)को केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने स्थायी कमिटी सदस्य पम्फा भुसालले जानकारी दिइन् ।

प्रचण्ड–माधव समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ । संसद विघटनको विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

बुटवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ गते काठमाडौंमा फेरि विरोधसभा गर्ने तयारी गरेको छ ।

यसअघि पुस ७–९ मा बसेको प्रचण्ड–माधव समूहको केन्द्रीय समिति बैठक बसेको थियो । त्यसलगत्तै बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो ।



source https://www.onlinekhabar.com/2021/02/928029

म्यानमारकी नेतृ सुकी सेनाद्वारा गिरफ्तार

१९ माघ, काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई सेनाले हिरासतमा लिएको छ । यो जानकारी सुकीको पार्टी नेशनल लिग फर डेमोक्रेसीका प्रवक्ताले वक्तव्य जारी गर्दै जानकारी दिएका हुन् ।

केही दिनयता जारी सरकार र सेनाबीचको तनाव र सत्ता पलटको आशंकाका बीच सुकीलाई सेनाले हिरासतमा लिएको बीबीसीले जनाएको छ ।

गत नोभेम्बर महिनामा भएको निर्वाचनमा सुकीको पार्टी पार्टी भारी मतसहित विजयी भएको थियो । तर सेनाले चुनावी प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै आएको छ । सेनाले सोमबार तय भएको संसद बैठक पनि स्थगित गर्न आह्वान गरेको छ ।

बीबीसीका अनुसार म्यानमारको राजधानीसहितका मुख्य मुख्य शहरमा सैनिकको तैनाथी बढाइएको छ । राजधानीमा टेलिफोन र इन्टरनेट सेवासमेत बन्द गरिएको छ ।

सुकीले विश्व प्रतिष्ठित नोबेल शान्ति पुरस्कार पनि पाएकी छन् । उनी २०७५ साल मंसिर १३ गते काठमाडौं आएकी थिइन् ।



source https://www.onlinekhabar.com/2021/02/928026

वाग्मती प्रदेशसभाको बैठक स्थगित

१९ माघ, हेटौंडा । आज बस्ने तय भएको वाग्मती प्रदेशसभाको बैठक स्थगित भएको छ । बैठक आज दिउँसो २ बजेका लागि तय भएको थियो ।

प्रदेशसभा सचिवालयले भने विशेष कारण देखाउँदै बैठक स्थगित गरेको छ । बैठक अब आगामी फागुन २ गते बस्ने प्रदेशसभा सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

यसअघि माघ ९ गते बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित भएको थियो ।

आगामी बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने बताइएको छ ।

वाग्मती प्रदेशसभामा नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी ११० सदस्य छन् ।



source https://www.onlinekhabar.com/2021/02/928024

कहिले लागू हुन्छ आर्यघाटमा दाउरा निःशुल्क गर्ने वन मन्त्रीको घोषणा ?

१९ माघ, काठमाडौं । बुधबार आफ्नो आगामी कार्ययोजना सार्वजनिक गर्दै वन तथा वातावरण मन्त्री प्रेम आलेले पशुपति आर्यघाटमा शव जलाउन आवश्यक पर्ने दाउरा निःशुल्क उपलब्ध गराउने योजना सुनाए । आर्थिक अभावका कारण शव जलाउन नपाउने अवस्थाको अन्त्य गर्न दाउरा निःशुल्क गर्ने योजना बनाएको उनले सुनाए ।

तर उनको घोषणा लागू भएको छैन । पशुपति क्षेत्र विकास कोषका अधिकारीहरुका अनुसार मन्त्रीको योजनाबारे आधिकारिक जानकारी आएको छैन ।

तर पशुपति आर्यघाटमा शव जलाउन दाउरा शीर्षकमा शुल्क तिर्नु पर्दैन । साबिकको टिम्बर कर्पाेरेसन अफ नेपालले अन्तिम संस्कारको लागि प्रयोग हुने दाउराको लागि सहुलियत दिँदै आएको छ ।

वन तथा वातावरण मन्त्री प्रेम आले

पशुपति आर्यघाटमा प्रयोग गरिने दाउरा चुरे क्षेत्रमा काठ काट्दा प्रयोग गरिएका दाउराहरु हुन् । एउटा शव जलाउन मृतकको उचाइ र आकारको आधारमा ३०० देखि ४०० किलोसम्म पर्ने दाउरा खपत हुने गर्छ । र, ढुवानी खर्चका रुपमा दाउराको मूल्य प्रतिकिलो १० रुपैयाँ लिने गरिएको कोषको सार्वजनिक सेवा महाशाखा प्रमुख राजुकुमार रेग्मीले जानकारी दिए ।

झण्डै १५ रुपैयाँको हाराहारीमा पर्ने काठको ढुवानी शुल्क पनि घाटा खाएर वन निगमले काठ उपलब्ध गराउँदै आएको उनी बताउँछन् ।

त्यसो भए वनमन्त्री आलेको घोषणा कहिले लागू हुन्छ त ? मन्त्रीका विज्ञ सल्लाहकार यम बहादुर बमका अनुसार पशुपति आर्यघाटमा लाग्ने दाउरालाई निःशुल्क बनाउन मन्त्रालयले प्रक्रिया सुरु भइसकेको छ । अर्थमन्त्रालयबाट समेत स्वीकृति लिएर सबै प्रक्रिया अघि बढाउँदा यो योजना कार्यान्वयनमा आउन साढे २ महिनादेखि ३ महिनासम्म लाग्न सक्ने बम बताउँछन् ।

उनका अनुसार वन निगममार्फत हरेक वर्ष ३० लाख किलो काठ अन्तिम संस्कारमा खपत हुने गरेको छ । पशुपतिको आर्यघाटमा दाउरा निःशुल्क गर्दा यो संख्या ३० लाखबाट बढेर ५० लाख पुग्ने अनुमान वन तथा वातावरण मन्त्रालयले गरेको छ ।

नेपालमा गोरखा भूकम्पको बेलामा पनि सरकारले शव जलाउने काठदाउरा निःशुल्क दिने निर्णय गरेको थियो ।



source https://www.onlinekhabar.com/2021/02/928023

आज माघ १९ : व्यवस्था फेरियो, अवस्था फेरिएन

१९ माघ, काठमाडौं । आज माघ १९ गते । तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ सालमा आजकै दिन शासनसत्ता हातमा लिएका थिए ।

उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद विघटन गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेको र राजकीय तथा शासकीय सत्ता अब आफ्नो हातमा रहेको घोषणा गरेका थिए । यो शाही ‘कू’लाई नेपालको राजनीतिको कालो दिनको रुपमा स्मरण गरिन्छ ।

ज्ञानेन्द्र शाहले मुलुकमा जारी हिंसात्मक द्वन्द्वलाई देखाएर जनताका मौलिक अधिकार निलम्बन गरिदिएका थिए । साथै प्रमुख राजनीतिक दलका नेताहरुलाई पक्राउ गरी उनले नजरबन्दमा राखेका थिए ।

तत्कालीन राजा ज्ञानेन्द्र र रानी कोमल

ज्ञानेन्द्र शाहको यो कदमबाट बहुदलीय प्रजातन्त्रका मान्यताहरु पूर्णरुपमा समाप्त भएपछि तत्कालीन विद्रोही माओवादीसहित प्रमुख सात राजनीतिक दलहरुबीच १२ बुँदे सहमति भएअनुसार दोस्रो जनआन्दोलनको थालनी भएको थियो ।

त्यसपछि २०६२ चैत २४ गते सुरु भएर २०६३ वैशाख ११ सम्म चलेको १९ दिने जनआन्दोलनले संसद पुनःस्थापना गरेको थियो । यही बीचमा माओवादी शान्ति प्रक्रियामा आएको थियो । जनआन्दोलनको जगमा पुनःस्थापित संसदले मुलुकबाट राजतन्त्र समाप्त गरी गणतन्त्र घोषणा गरेको थियो ।

त्यसपछि राजा ज्ञानेन्द्र नारायणहिटी दरबार छाड्न बाध्य भएका थिए । टेलिभिजन सम्बोधनमार्फत् उनले ‘जनताको नासो जनतालाई नै फिर्ता गरिदिएको’ घोषणा गरेका थिए ।

राजसंस्था फालेर लोकतान्त्रिक गणतन्त्र बहाली भएको १६ वर्ष पुगिसक्दा पनि जनचाहनाअनुसारको विकास र समृद्धि हुन नसक्दा आम नेपालीमा नैराश्य छाएको छ । वर्तमान राजनीतिक दलहरूप्रति जनताको विश्वास घट्दै गएको यो परिस्थितिमा राजसंस्थाको माग गर्नेहरु सलबलाउँदै गएका छन् ।



source https://www.onlinekhabar.com/2021/02/928021

Saturday 30 January 2021

भारतमा भोलीदेखि शत प्रतिशत अकुपेन्सीमा हल संचालन गर्न पाइने

भारतको केन्द्रिय सरकारले भोलीदेखि हलहरुलाई पूर्ण अकुपेन्सीका साथ संचालनका लागि अनुमती दिएको छ । केही दिन अगाडि मात्र गृह मन्त्रालयले ५० प्रतिशत अकुपेन्सीमा चलचत्रि भवन संचालन गर्न दिने निर्णय परिवर्तन हुने बताएको थियो ।

शनिबार बेलुकी सूचना तथा प्रशारण मन्त्रालयले भारतका सम्पूर्ण हलहरुलाई पूर्ण क्षमताका साथ संचालन गर्न दिने निर्णय गरेको छ । भोली फ्रेवुअरी १ बाट भारतका सबै हलहरुले शत प्रतिशत दर्शक राख्न पाउनेछन् ।

तर, यसका लागि भने सरकारले तोकेको मापदण्ड प्रदर्शकले पालना गर्नुपर्नेछ । केन्द्रिय सरकारले पूर्ण क्षमतामा हल संचालनको अनुमती दिएपछि राज्य र केन्द्र शासित प्रदेशहरुले भने कोभिडको अवस्था हेरेर निर्णय लिन सक्नेछन् ।

हलमा पुग्ने दर्शकले सामाजिक दुरी पालना गर्नुपर्ने, अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, थर्मल स्क्रिनिङ अनिवार्य रुपमा गर्नुपर्ने प्रावधान भने यथावत नै छ ।

सरकारले शत प्रतिशत अकुपेन्सीमा हल संचालन गर्न दिने निर्णय गरेसँगै चलचित्र निर्माता र प्रदर्शकका लागि ठूलो राहत मिलेको छ । पूर्ण क्षमता हल संचालनमा नआएका कारण बलिउडका महंगो बजेटमा बनेका चलचित्रले रिलिज मिति तय गर्न सकेका थिएनन् ।

केही साता अगाडि मात्र साउथको चलचित्र ‘मास्टर’ केही हलमा शत प्रतिशत अकुपेन्सीका साथ प्रदर्शनमा आएको थियो । बलिउडमा ‘सूर्यवंशी, ८३, राधे’ जस्ता बीग ब्यानरका चलचित्र रिलिजको क्रममा छन् ।



source https://www.onlinekhabar.com/2021/01/927834

प्रचण्ड र माधव नेपाल माइतीघरको धर्नामा सहभागी

१८ माघ, काठमाडौं । संसद विघटनको विरोधमा माइतीघरमा जारी धर्नामा नेकपा अध्यक्ष प्रचण्ड र माधव नेपाल पनि सहभागी भएका छन् ।

धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् ।

संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–माधव समूहले यही माघ १४ गतेदेखि माइतीघरमा धर्ना दिँदै आएको छ । धर्नामा प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभा र संविधानसभाका सदस्यहरु सहभागी छन् ।

तस्वीर : चन्द्र आले/अनलाइनखबर



source https://www.onlinekhabar.com/2021/01/927827

संसद विघटन : ‘यो त हिन्दी फिलिम जस्तो भयो’

१८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा आइतबारको बहस सुरु भएको छ ।

अधिवक्ता गोपाल पाण्डेले घरभित्रको झगडा घर भित्रै मिलाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोशमा संसद विघटन गरेर जनतालाई दुःख दिएको टिप्पणी गरे ।

‘घर भित्रको झगडा, घरभित्रै मिलाउनुपर्थ्यो । यो हिन्दी फिलिम जस्तो भयो,’ पाण्डेले भने, ‘प्रधानमन्त्रीले संसदप्रति आक्रोश पोख्ने, जनतालाई दुःख दिने काम गर्नुभयो ।’ उनले संसद विघटन गलत भएको तर्क गरे ।

संसद विघटनविरुद्ध परेका एक दर्जन बढी रिटहरुमा यही माघ ४ गतेदेखि संवैधानिक इजलासमा बहस हुँदै आएको छ ।



source https://www.onlinekhabar.com/2021/01/927821

माघ २४ मा ‘स्टार क्रिकेट २०२१’ आयोजना हुने

धुर्मुस सुन्तली फाउन्डेशनले चितवनमा निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला’मा माघ २४ गते ‘स्टार क्रिकेट २०२१’को आयोजना हुने भएको छ ।

शनिबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उपस्थित कलाकारहरुले क्रिकेट समेत खेलेका थिए । गृष्मा ब्रोडकास्टिङको आयोजनामा हुने कार्यक्रमबाट उठेको सम्पूर्ण रकम रंगाशाला निर्माणमा प्रदान गरिनेछ ।

नेपाली चलचित्र, सांगीतिक क्षेत्र र खेलकुद क्षेत्रका ४० भन्दा बढी सेलिब्रिटीहरुले २४ गते क्रिकेट खेल्नेछन् । यो प्रतियोगीतामा २ टिम तयार पारिएको छ । दुई समुहलाई सिताराम कट्टेल र कुञ्जना घिमिरेले नेतृत्व गर्नेछन् ।

एक दिवसिय मैत्रीपूर्ण प्रतियोगीतामा दयाहाङ राई, प्रमोद खरेल, सन्दिप क्षेत्री, दीपक बिष्ट, श्रृङ्खला खतिवडा, बेनिशा हमाल, संगीना बैद्य, प्रशान्त ताम्राकार, पारस खड्का, रवि ओड, ज्ञानेन्द्र मल्ल, विनोद भण्डारी लगायतले क्रिकेट खेल्नेछन् ।

पत्रकार सम्मेलनमा उपस्थित कलाकार तथा खेलाडीहरुले रोचक खेल हेर्न सबैलाई आग्रह गरेका छन् ।



source https://www.onlinekhabar.com/2021/01/927825

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : घुमिफिरी रुम्जाटार !

१८ माघ, काठमाडौं । ‘पहिला लगानीको टुंग्गो लाग्नुपर्‍यो, अर्कोकुरा सर्वोच्च अदालतबाट यो विषयमा फैसला हुनुपर्‍यो,’ निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा रुख कटान आदेशबारे बुधबार पत्रकारको जिज्ञासामा वन तथा वातावरण मन्त्री प्रेम आलेको यो भनाईले विमानस्थलको शून्य प्रगतितर्फ संकेत गर्छ ।

मन्त्री आलेले तत्काल रुख कटान आदेश नदिने अडान राखेको यो एउटा यस्तो आयोजना हो, जसको पूर्वसम्भाव्यता अध्ययन २०५१ सालमा सम्पन्न भई स्थान तय भएको हो । नेपालको आर्थिक समृद्धिका लागि ‘गेमचेन्जर’ भनिएको निजगढ विमानस्थललाई हरेक सरकार र मन्त्रीले चुनावी भाषण मात्र बनाउँदा २६ वर्षपछि पनि २०५१ साल कै अवस्था छ ।

वाषिर्क ६ करोड यात्रुलाई सेवा दिने संसारकै ठूलोमध्येमा पर्नसक्ने यो प्रस्तावित विमानस्थलबारे राष्ट्रिय योजना आयोगको राष्ट्रिय गौरवका आयोजनासम्बन्धी प्रतिवेदनले भन्छ- भौतिक प्रगति शून्य ।

निजगढ विमानस्थलबारे चर्चा गर्दा नछुट्ने परिभाषा हो यो । तर, लगानी र निर्माणको मोडालिटी तय गर्न नसक्दा आयोजना २६ वर्षदेखि केवल चर्चामा सिमित छ ।

एकातर्फ वातावरण पक्षधरले गर्ने अवरोध र अर्कोतर्फ निर्णय गर्न नसक्ने सरकारको लाचारीपनका कारण आयोजना अलपत्र परेको स्वयम् नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

‘नेपाली पर्यटन र अर्थतन्त्रमा बहुआयामिक महत्व बोकेकै कारण हामीले धेरैपटक आयोजना अगाडी बढाउन मन्त्रालयमार्फत दवाव दिइरह्यौं,’ प्राधिकरणका एक पूर्वमहानिर्देशक भन्छन्, ‘खै केको डर हो, सरकारले आयोजना अगाडि बढाउनुभन्दा झुलाइराख्नुमा हित देख्यो ।’

अघिल्लो वर्ष मन्त्रालय सम्हाल्दा निजगढ विमानस्थल आयोजनाबारे पर्यटनमन्त्री योगेश भट्टराईले देखाएको उत्साह र केही महिनाभित्रैको आलस्यलाई समेत उनले स्मरण गरे ।

प्राधिकरणका निवर्तमान महानिर्देशक संजिव गौतम नेपाल सरकारले आयोजना सुरु गर्ने आँटै लिन नसक्दा लगानीकर्ता आउँन डराइरहेको बताउँछन् ।

‘विदेशी लगानीकर्ताले निर्माण पूर्वको तयारी र लगानीपछिको मुनाफा हेर्छ,’ उनी भन्छन्, ‘निर्माण पूर्वको तयारी वातावरण नै गतिलो नदेखिदा लगानी आउन मुस्किल पर्छ ।’

प्राधिकरणले फेरि भन्यो : आफै बनाऔं

नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ विमानस्थल नेपाल सरकार आफैले बनाउनुपर्ने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गरेको छ । जुरिच एयरपोर्ट इन्टरनेशन एजीले एक वर्ष अगाडीको लगानी सम्मेलनमा निजगढ विमानस्थलमा लगानी प्रस्ताव राखेको थियो ।

तर, कोरोना भाइरसको बहना बनाउँदै उक्त कम्पनीले निजगढबाट हात झिकेपछि सरकारले स्रोत व्यवस्थापन र निर्माणको मोडालिटीका सन्दर्भमा कुनै निर्णय लिन सकेको छैन ।

यसै सन्दर्भमा प्राधिकरणले निजगढ विमानस्थलको पहिलो चरणको काम सरकार आफैले गर्न सक्ने भन्दै मन्त्रालयमा प्रस्ताव पठाएको छ । प्राधिकरणका निर्देशक प्रदीप अधिकारी वाषिर्क २० अर्ब रुपैयाँ बजेट छुट्याएर ६ वर्षमा पहिलो चरणको काम सक्ने प्रक्षेपणसहितको प्रस्ताव गरेको बताउँछन् ।

प्राधिकरणले यसअघि २०७४/०७५ मा पनि यस्तो प्रस्ताव गरेको थियो । पहिलो चरणमा लाग्ने १२० अर्ब लगानी सरकारको आन्तरिक स्रोतबाटै जुटाउन सकिने प्राधिकरणको हिसाब थियो । सरकारले यो प्रस्तावलाई गम्भीर रुपले लिएन ।

प्राधिकरणको प्रस्ताव पर्यटन मन्त्रालयमार्फत अर्थमा जान्छ । अर्थ मन्त्रालयले स्वीकृति दिए निजगढ विमानस्थल सरकारकै स्रोतमा बनाउने निर्णयका लागि मन्त्रीपरिषद् जानेछ ।

२०५१ सालदेखि चर्चामा सिमित

बारा जिल्लाको निजगढमा विशाल विमानस्थल निर्माण गर्ने तय सन् १९९५ (२०५१ साल) मै भएपनि आजको दिनसम्म आइपुग्दा निर्माण त परको कुरा, पूर्वतयारीको प्रारम्भिक प्रक्रियामै अल्झो भइरहेको छ ।

त्योबेला नेपिको/आइराड कम्पनीले विराटनगर, भरतपुर, निजगढ, नेपालगन्ज, धनगढी, सर्खेत, भैरहवा लगायत स्थानको अध्ययन गरेर निजगढलाई त्रिभुवन विमानस्थलको उत्कृष्ट विकल्प मानेको थियो ।

निजगढमा विमानस्थल बनाउन रुखहरु काट्नपर्छ । लगानी नजुटेको र निर्माण मोडालिटी समेत तय नभई रुख कटानको तयारी गरेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । वातावरणीय प्रभाव मूल्यांकनमा प्रश्न उठाउँदै परेको अर्को रिट पनि अदालतमा छ ।

प्राधिकरणका निवर्तमान महानिर्देशक गौतम सरकारले निर्माण मोडालिटी, स्रोतको जोहो र वस्ती स्थानान्तरणको विकल्प दिनासाथ यो आयोजना आलोचकहरुबाट उठ्ने गरेको धेरै प्रश्नबाट मुक्त हुने बताउँछन् । उनका अनुसार आयोजनास्थलको धेरैजसो जग्गा सरकारी छ, वन पनि पातलो र धेरैजसो कुकाठका पोथ्रा भएका छन् ।

अहिलेसम्म भएका काम

२०५१ सालमै भएको निजगढ विमानस्थलको पूर्वसम्भाब्यता अध्ययनले भौगोलिक अवस्थिति, धरातलीय वनावट, हवाई क्षेत्र, धावनमार्गमा उडान-अवतरण गर्ने एअर रुटको अवस्था, मूख्य शहरसँगको दूरी, सडकको पहुँच, जमिनको उपलब्धता, जग्गा अधिग्रहणमा लाग्ने खर्च, जनघनत्व, जंगल क्षेत्रको घनत्व, नदी नियन्त्रण, निर्माण सामग्रीको उपलब्धता, पुनर्बास गर्नुपर्ने जनसंख्या लगायतका विषय समेटेको थियो । सोही अध्ययन प्रतिवेदनका आधारमा तत्कालिन सरकारले यसलाई स्वीकृत गरेको थियो ।

त्यसको १३ वर्षपछि २०६४ साल फागुन ११ मा मन्त्रिपरिषद्ले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल ‘बुट मोडल’मा निर्माण गर्ने निर्णय गर्दै निजी क्षेत्रबाट विस्तृत सम्भाब्यता अध्ययन गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अख्तियारी दिएको थियो ।

मन्त्रालयले २०६६ फागुन २३ मा कोरियाली कम्पनी ल्याण्डमार्क वल्र्डवाइड -एलएमडब्लू)लाई त्यो जिम्मा दियो । एलएमडब्लूले २०६८ साउन १७ गते प्रतिवेदन बुझायो । निजगढ विमानस्थल आयोजनामा हालसम्म भएको त्यो ठूलो प्रगति थियो ।

सरकारले चार किल्ला तोकेर आयोजनास्थलको क्षेत्र निर्धारणको काम २०७१ सालमा मात्र टुंग्याएको हो । त्यसअनुसार, निजगढ विमानस्थल ११ हजार ८७५ बिघामा फैलन्छ । क्षेत्र निर्धारण भएपछि सरकारले विमानस्थलभित्र पर्ने निजी र सरकारी गरी ११० बिघा जमिन र एकहजार ६३१ घरटहरा अधिग्रहण गर्ने निर्णय २०७३ बैशाखमा गर्‍यो । अहिलेसम्म ६५ बिघा निजी जग्गाको मुआब्जा वितरण भइसकेको छ । सरकारी जग्गामा बसेका करिव १४ सय परिवार व्यवस्थापनको मोडालिटी भने बनिसकेको छैन ।

बजेट राख्ने, खर्च गर्न नसक्ने

यो आयोजनाले राष्ट्रिय गौरवको मान्यता पाएपछि पहिलो पटक आर्थिक वर्ष २०७१/०७२ मा ५० करोड बजेट पायो । जग्गा अधिग्रहणका लागि छुट्याइएको त्यो रकम खर्च हुन सकेन । अर्को आव ०७२/७३ मा विनियोजन भएको ५० करोड बजेट पनि खर्च हुन नसकेर पि|mज भयो । आव ०७३/७४ मा भने १ अर्ब बजेट विनियोजन भयो । बजेट खर्च हुन थालेको पनि त्यही आवबाट हो ।

राष्ट्रिय योजना आयोगको प्रतिवेदनअनुसार, आव ०७६/७७ मा निजगढ विमानस्थलको गुरुयोजना, डिजाइन, परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकन, पुनर्वास योजना, बारबेर, सडक र अन्य आवश्यक पूर्वाधार समेतका लागि १३० करोड बजेट विनियोजन भएको थियो । त्यसमध्ये ८ करोड खर्च भयो ।

त्यसपछिका हरेक आर्थिक वर्षमा नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो स्रोतबाट केही रकम छुट्याउँदै आएको छ । चालु आव ०७७/७८ मा प्राधिकरणले ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।

निजगढ विमानस्थल आयोजनाका नाममा अहिलेसम्म छुट्याइएको बजेटमध्ये ८० करोड १५ लाख मात्र खर्च भएको छ । आयोजनाका अनुसार यो रकम जग्गाको मुआब्जा र पूर्वाधार निर्माणको काममा खर्च भएको हो । वातावरणीय प्रभाव अध्ययनमा समेत केही रकम खर्च भएको छ ।

निजगढ विमानस्थल क्षेत्रमा रुख गणनाको काम जारी छ । त्यसपछि रुख कटानको काम भए साइट क्लियरेन्स सुरु हुनेछ । नागरिक उड्डयन प्राधिकरणले त्यो काम नेपाली सेनालाई जिम्मा दिइसकेको छ । रुख कटान भने सजिलै हुन नदिने संकेत वन तथा वातावरण मन्त्री प्रेम आलेले बुधबारको पत्रकार सम्मेलनमा दिएका हुन् ।



source https://www.onlinekhabar.com/2021/01/927824

कसरी रहने ‘फिट एन्ड फाइन’

स्वस्थ, तन्दुरुस्त कसरी रहने ? यसको कुनै त्यस्तो सूत्र छैन, जो तपाईं÷हाम्रो जीवनमा पूर्णत लागु गर्न सकियोस् । यद्यपि सामान्य दिनचर्यालाई बदलेर वा खानपान र आनीबानी परिवर्तन गरेर हामीले निरोगी जीवन बाँच्न सक्छौं । अर्थात अनुशासित जीवनशैली अपनाएर जवान, तन्दुरुस्त र स्वस्थ रहन सकिन्छ । यसका लागि अनियन्त्रित खानपान त्याग्नेदेखि सन्तुलित दिनचर्या अपनाउनेसम्मको कुरामा हामी सर्तक हुनैपर्छ । ठूलै कुरा परिवर्तन गर्नु पर्दैन । केवल हामीले आफ्नो खराब आनीबानी त्यागे हुन्छ ।

धुम्रपान नगनुहोस्

धुम्रपानले तपाईंको शरीरमा उमेरको असर छिटै देखिन लाग्छ । धुम्रपानले तपाईंको शरीरमा धेरै नराम्रो असर गर्छ र यहि लक्षण तपाईंको अनुहारमा पनि देखिन थाल्छ । तपाईंको छाला चुरोटबाट निस्कने धुँवाको सम्पर्कमा आउँछ भने त्यसले धेरै नोक्सान गर्छ ।

यो प्राकृतिक रुपले स्वस्थ अनुहारलाई नोक्सान पुर्याएर त्यसको उपल्लो पत्रलाई नष्ट गरिदिन्छ । यसले अनुहारलाई जवान बनाइ राख्ने एलस्टिन प्रोटिन पनि सकिन्छ ।

धुम्रपान गर्नाले तपाईंको छालामा चाँयाको असर छिटो देखिन थाल्छ । चुरोटमा पाइने निकोटिनले रक्त कोषहरुलाई खुम्च्याइदिन्छ । यसले शरीरमा अक्सिजन र अन्य पोषण सहि मात्रामा पुग्न पाउँदैन ।

यदि तपाईं एक स्वस्थ र जवान छाला चाहनुहुन्छ भने सबैभन्दा पहिले तपाईंले धुम्रपान छोड्नुपर्छ ।

व्यायाम गर्नुहोस् जवान रहनुहोस्

नियमित व्यायाम गर्नु तपाईंको शरीरको शक्ति र कार्यक्षमतालाई बढाउँछ । यसले तपाईंको छाला पनि धेरै कसिलो हुन्छ । नियमित व्यायाम नगर्ने र असन्तुलित जीवनशैली अपनाउनाले तपाईंको शरीरको कार्यप्रणाली ढिलो हुन्छ । यसको असर उमेर धेरै देखिने रुपमा अगाडि आउन थाल्छ ।

व्यायामले तपाईंको शरीरमा रक्त सञ्चार सुचारु रुपले हुन्छ र शरीरको हरेक अंगलाई पर्याप्त मात्रामा रगत मिल्छ । हाम्रो उमेर बढ्दै जाँदा कैयौं पटक हाम्रो खुट्टा र हातलाई पुरै पोषण मिल्दैन ।

व्यायामको क्रममा शरीरबाट पर्याप्त पसिना निस्कन्छ । यो पसिनाको माध्यमले तपाईंको शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ । यसले शरीरको प्राकृतिक मोइस्चराइजर सिबम आयल पनि बाहिर निस्कन्छ ।

भरपुर निदाउनुहोस्

यदि तपाईं भरपुर निदाउनुहुन्छ भन उमेरको असरलाई टाढा राख्न धेरै मद्धत मिल्छ ।  तपाईं राम्रो दिनमा कम्तीमा ६–८ घन्टा निदाउनुहुन्छ भने तपाईंको समग्र स्वास्थ्य पनि राम्रो रहन्छ । कोसिस गर्नुहोस् कि तपाईंको सुत्ने र उठ्ने समय एकजस्तै होस् ।

ध्यान र योग

योग र ध्यानको माध्यमले पनि तपाईंले उमेरको असरलाई टाढा राख्न सक्नुहुन्छ । योग र ध्यानले तपाईंलाई केवल मानसिक रुपले मात्रै शान्त राख्दैन बरु तपाईलाई शारीरिक रुपले पनि मजबुत बनाउँछ । यसले तपाईंलाई तनावमुक्त हुन मद्धत गर्छ ।

यसले शरीरमा रक्त सञ्चार सहि हुन्छ । यसको साथै मुटुको रोग, मोटोपना र छालाको पोल्ने समस्याबाट पनि राहत मिल्छ । त्यस्तै यसले हाम्रो रोग प्रतिरोधी क्षमता मजबुत हुन्छ र तपाईं रोगबाट टाढा रहनु हुन्छ ।



source https://www.onlinekhabar.com/2021/01/927819

‘बिहे पास’मा दया र प्रकृतिको जोडी

चलचित्र ‘होस्टेल’मा काम गरेर चर्चा कमाएकी नायिका प्रकृति श्रेष्ठ बिहेपछि अभिनयबाट टाढा भएकी थिइन् । बिहे गरेर अष्ट्रेलियामा रहँदै आएकी प्रकृतिको चलचित्र र म्यूजिक भिडियोमा राम्रो क्रेज थियो । तर, उनी अभिनयबाट टाढा हुँदै अष्ट्रेलियामा नै घरजम गरेर बसिरहेकी छिन् ।

उनै, प्रकृति अब चलचित्र ‘बिहे पास’बाट अभिनयमा फर्किने तयारीमा छिन् । सामाजिक कथावस्तुमा निर्माण हुन लागेको यो चलचित्रलाई प्रवेश पौडेलले निर्देशन गर्दैछन् । चलचित्रमा नायक दयाहाङ राई र नायिका प्रकृति श्रेष्ठ अनुवन्धित भएको निर्माणपक्षले बताएको छ ।

प्रवेशले यसअघि चलचित्र ‘अमेरिका बोइज’ निर्देशन गरेका थिए । रोहित कट्टेलको प्रस्तुतिमा तयार हुने यो चलचित्रमा रत्न श्रेष्ठ कार्यकारी निर्माताको रुपमा छन् भने ग्याल्जेन लामा यसका सह–निर्माता हुन् ।

आरआर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन चैत्रबाट सुरु हुनेछ । आकाश बराल, सजन काफ्ले र मुरे केरको लेखन रहेको यो चलचित्रका लागि अन्य कलाकार र प्राविधिकको छनोट कार्य जारी रहेको निर्माणपक्षले बताएको छ । सामाजिक बिषयमा हाँस्यरस मिसाएर निर्माण हुन लागेको चलचित्रको छायांकन तराइका विभिन्न स्थानमा गरिनेछ ।



source https://www.onlinekhabar.com/2021/01/927820

‘श्री ५ को सरकार’ उच्चारण गरेकोमा मन्त्री थापाले मागे माफी

१८ माघ, काठमाडौं । खानेपानी मन्त्री मणि थापाले सार्वजनिक कार्यक्रममा ‘श्री ५ को सरकार’ भनेकोमा माफी मागेका छन् ।

शनिबार सुर्खेतमा आयोजित जनसभालाई सम्बोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ भनेर उच्चारण गरेका थिए ।

उनले आइतबार सामाजिक सन्जालमा स्टाटस राख्दै नेपाल सरकार भन्नुपर्नेमा भूलबस अन्यथा शब्द प्रयोग हुन गएको भन्दै क्षमा मागेका छन् ।

‘कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ,’ मन्त्री थापाले भने, ‘आम नेपाली नागरिक, मेरो शुुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु ।’

उनले अगाडि लेखेका छन्, ‘मेरो पुरै राजनीतिक जिवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु । भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।’

पूर्वमाओवादी नेता मणि थापा हाल ओली समूहमा लागेर खानेपानी मन्त्री बनेका छन् ।



source https://www.onlinekhabar.com/2021/01/927818

पुलको काम २५ प्रतिशत सकिएपछि मुख्यमन्त्रीद्वारा शिलान्यास

१८ माघ, बुटवल । गत असोजमा सम्झौता भएर मंसिर पहिलो हप्तादेखि काम शुरु भएको रोल्पाको धाङसी खोला पुलको शिलान्याश तीन महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले गरेका छन् ।

२५ प्रतिशत काम भइसकेको पुल शिलान्याशको नाममा सरकारी खर्चमा जिल्ला आएर गुटको भेला गरेको भन्दै नेकपाको प्रचण्ड–माधव समूहले कार्यक्रमको भद्र अवज्ञा र विरोध गरेको छ ।

प्रचण्ड–माधव समूहको विरोधका कारण शनिबारको शिलान्यास कार्यक्रममा नगण्य उपस्थिति हुन पुग्यो । सुरक्षाकर्मीसहित करिब सय जना हाराहारीमा मात्रै ओली पक्षका कार्यकर्ता र स्थानीयको उपस्थिति हुँदा शिलान्याश कार्यक्रम खल्लो भएको स्थानीय पत्रकार मानसिंह विकले बताए ।

‘भ्रम छर्न बेमौसमको नाटक’

नेकपा रोल्पा जिल्ला अध्यक्ष (प्रचण्ड–माधव समूह) सुरेन्द्र घर्तीले दुई वटा पिल्लर तयार भएको र अर्को पिल्लर बनिरहेको अवस्थामा तीन महिना पछि पुलको शिलान्याश गर्नु जनतामा भ्रम छर्ने बेमौसमको नाटकको संज्ञा दिए । ‘अहिले न शिलान्याश न उद्घाटनको समय हो,’ घर्तीले भने, ‘विकास देखाएर जनतामा भ्रम छर्ने ओली गुटको बेमौसमको तमासा र नाटक मात्र हो ।’

रोल्पाको धाङसी खोला पुल

रोल्पा नगरपालिकामा ओली समूहलाई समर्थन गर्ने मान्छे नभएपछि होलेरी र त्रिवेणी गाउँपालिकाबाट बसमा मान्छे ओसारेर शिलान्याश र गुटको भेला गरिएको घर्तीको टिप्पणी छ । प्रदेश सरकारमा एकै ठाउँ भएकाले कार्यक्रमको भद्र अवज्ञा गरिएको उनले बताए । जिल्लाका १० स्थानीय तहमध्ये ७ तहका जनप्रतिनिधि प्रचण्ड–माधव समूहमा भए पनि रोल्पाका मेयर र जिल्ला समन्वय समिति संयोजकलाई मात्रै शिलान्याशमा पठाइएको अध्यक्ष घर्तीले जानकारी दिए ।

पुल शिलान्यासका क्रममा मुख्यमन्त्री पोखरेलले समय नमिलेका कारणले शिलान्यासमा ढिलाइ भएको बताए । ‘यो पुल शिलान्यास पहिलै नै गर्नुपर्ने हो, तर हाम्रो समय मिलेन,’ मुख्यमन्त्रीले भने, ‘प्रदेश सरकारका ठूला आयोजनाको अनिवार्य शिलान्यास गर्नुपर्ने नियम छ, त्यसैले ढिलै भएपनि शिलान्यास गरेको हो ।’ सधैं विद्रोही मानसिकताले गर्दा जिल्लाको विकास पछाडि परेको भन्दै उनले विकास निर्माणमा राजनीति नगर्न आग्रह गरे ।

पुल शिलान्यासका लागि प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी शुक्रबार साँझ नै रोल्पाको लिवाङ पुगेका थिए ।

सडक पूर्वाधार आयोजना कार्यालय रोल्पा र एसियाटिक/राज जेभी बीच गत असोज २५ गते सम्झौता भई मंसिर ७ गतेदेखि पुल निर्माणको काम शुरु भएको थियो ।

सडक पूर्वाधार विकास कार्यालय रोल्पाका प्रमुख नविनकुमार श्रेष्ठले ६० मिटर लामो पुल निर्माण कार्य तीन महिनादेखि नियमितरुपमा भइरहेको र २ वर्ष अगावै सम्पन्न हुने बताए । पुल निर्माण कम्पनी एसियाटिक/राज जेभीका राजवीर घर्तीले करिव २५ प्रतिशत काम सम्पन्नसँगै १ करोड २३ लाख र सोको भ्याट १५ लाख ९९ हजार भुक्तानी लिएको बताए । पुल निर्माणको लागत भ्याटसहित ५ करोड ६१ लाख हो ।

पुल शिलान्याश गरेपछि मुख्यमन्त्री पोखरेलसहित ओली समूहका नेताहरु सदरमुकाम लिवाङस्थित रोल्पा उद्योग वाणिज्य संघको सभाहलमा आयोजित ओली पक्षको कार्यकर्ता भेलामा प्रशिक्षणका लागि सहभागी भएका थिए ।

 



source https://www.onlinekhabar.com/2021/01/927812

एसीसीको अध्यक्षमा भारतका जय शाह, प्याकुरेल डेभलपमेन्ट कमिटीमा

१८ माघ, काठमाडौं । एसियाली क्रिकेट काउन्सिल (एसीसी)को अध्यक्षमा भारतका जय शाह मनोनित भएका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईका सचिव समेत रहेका जय शाह एसीसीको नयाँ अध्यक्ष नियक्त भएको एसीसीले जनाएको छ ।

साथै उनी उक्त पदमा पुग्ने सबैभन्दा कम उमेरका समेत भएको एसीसीले जनाएको छ ।

नेपाल क्रिकेट संघले शाहको सफल कार्यकालको लागि शुभकामना समेत दिएको छ ।

यस्तै क्यानका सचिव अशोकनाथ प्याकुरेल एसीसीको डेभलपमेन्ट कमिटीको सदस्यमा निर्वाचित भएका छन् ।



source https://www.onlinekhabar.com/2021/01/927807

वितरण योग्य मुनाफामा नबिल पहिलो, दोस्रो नम्बरमा उक्लियो एनएमबि

१७ माघ, काठमाडौं । वितरण योग्य मूनाफामा धेरै हुनेमा नविल बैंक पहिलो स्थानमा देखिएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सबै बैंकलाई पछि पार्दै नविल बैंक पहिलो बनेको हो । दोस्रोमा भने एनएमबि बैंक देखिएको छ ।

नविल बाहेकका सबै बैंकहरलाई पछि पार्दै एनएमबि बैंक वितरण योग्य मूनाफाका आधारमा दोस्रो नम्बरमा पुगेको हो । दोस्रो त्रैमासम्म नविल बैंकको १ अर्ब ८४ करोड २८ लाख रुपैयाँ भन्दा धेरै वितरण योग्य मूनाफा देखिएको छ । नविलको अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ४५ करोड रुपैयाँमात्रै वितरण योग्य मुनाफा थियो ।

यस अवधीमा दोस्रो बनेको एनएबि बैंकको एक अर्ब ५० करोड ९६ लाख ९० हजार रुपैयाँ वितरण योग्य मूनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबिको १ अर्ब ११ करोड रुपैयाँ रहेको थियो । वितरण योग्य मूनाफामा एनआईशी एशिया, ग्लोबल आईएमई बैंक लगायतलाई एनएमबिले उछिनेको छ ।

वितरण योग्य मूनाफा धेरै कमाउने तेस्रो नम्बरमा ग्लोबल आइएमई बैंक देखिएको छ । खुद मूनाफामा सबै भन्दा अगाडि देखिएको ग्लोबल आइएमई बैंकले वितरण योग्य मूनाफा भने ६ महिनामा १ अर्ब ४३ करोड २० लाख रुपैयाँ आर्जन गरेको छ ।

यसैगरी चौथोमा प्राइम कमर्सीयल बैंक, पाँचौमा प्रभु बैंक र छैठौंमा सानिमा बैंकको वितरण योग्य मूनाफा धेरै देखिएको छ । यि बैंकहरुको क्रमशः १ अर्ब २६ करोड ४२ लाख, ९९ करोड ९८ हजार र ८९ करोड २६ हजार रुपैयाँ वितरण योग्य मूनाफा देखिएको छ ।

खासगरी वितरण योग्य मूनाफा सेयर लगानीकर्ताहरुका लागि महत्वपूर्ण हुन्छ । नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेल सेयरमा लगानीक गर्नका लागि वितरण योग्य मूनाफाको विशेष अर्थ रहेको बताउछन् ।

यो बढ्दा लगानीकर्तालाई राम्रो हुने र घट्दा लगानीकर्तालाई बेफाइदा हुने उनले बताए । कम्पनीको सेयर किन्न चाहाने वा लगानीकर्ताले अन्य वितरण योग्य मूनाफा कति छ भनेर हेर्नु पर्ने उनको सुझाव छ ।

अब हेरौँ कुन बैंकको वितरण योग्य मूनाफा कति :

 



source https://www.onlinekhabar.com/2021/01/927809

दुवै मिलान क्लब विजयी, युभेन्ट्स तेस्रो स्थानमा उक्लियो

१८ माघ, काठमाडौं । इटालियन सिरी ए मा ठूला क्लबहरु एसी मिलान, इन्टर मिलान र युभेन्ट्स विजयी भएका छन् ।

लिग लिडर एसी मिलानले बोलोग्नालाई उसैको मैदानमा २-१ ले हरायो । एन्टे रेबिकको गोलमा एसी मिलानले पहिलो हाफमै अग्रता लिएको थियो ।  खेलको २६औं मिनेटमा प्राप्त पेनाल्टीमा ज्लाटन इब्राहिमोभिचको प्रहार गोलकिपर लुका सोप्स्कीले बचाए पनि पूर्ण क्लियर गर्न नसकेको बलमा रेबिकले गोल गरे ।

५५औं मिनेटमा अर्को पेनाल्टी पाउँदा फ्रांक केसीले गोल गर्दा मिलानको अग्रता दोब्बर पारे । ८१औं मिनेटमा आन्द्रे पोलीले बोलोग्नाका लागि सान्त्वना गोल फर्काए । जितपछि मिलानले २० खेलबाट ४६ अंक जोडेको छ ।

यस्तै रोमेलु लुकाकको दुई गोल मद्दतमा दोस्रो स्थानमा रहेको इन्टरले बेनेभन्टोलाई ४-० ले पराजित गर्‍यो । लुकाकुले ६७औं र ७९ मिनेटमा गोल गरे । यस्तै लाउटारो मार्टिनेजले ५७औं मिनेटमा गोल गरे । बेभेनभेन्टोका रिकार्डो एमप्रोटाले एक आत्मघाती गोल उपहार दिए ।

जितपछि इन्टरको २० खेलबाट ४४ अंक छ ।

साम्पडोरियालाई २-० ले पराजित गर्दै युभेन्ट्स तेस्रो स्थानमा उक्लेको छ । युभेन्ट्का लागि २०औं मिनटमा फेडेरिको चिएसा र इन्जुरी टाइममा आन राम्सेले गोल गरे ।

जितपछि १९ खेलबाट ३९ अंक जोड्दै युभेन्ट्स तेस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको एसी मिलानभन्दा युभेन्ट्स अझै ७ अंकले पछि छ तर एक खेल कम खेलेको छ ।



source https://www.onlinekhabar.com/2021/01/927803

प्रतिगमनको मतियार नबन्न भन्दै स्थानीय सरकारलाई ज्ञापनपत्र

१८ माघ, काठमाडौं । संसद विघटनलाई प्रतिगमनकारी कदम भन्दै आन्दोलनरत अनेरास्ववियूको प्रचण्ड–माधव नेपाल समूह निकट विद्यार्थीहरुले आज स्थानीय तहका सरकारलाई ज्ञापन पत्र बुझाउँदै छन् ।

प्रतिगमनकारी सरकारको मतियार नबन्न र स्रोत साधनको बजेट दुरुपयोग नगर्न आग्रह गर्दै आजबाट स्थानीय तहहरुमा ज्ञापन पत्र बुझाउन लागिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

अनेरास्ववियूले स्थानीय तहमा बुझाउन तयार पारिएको ज्ञापन पत्रमा लेखिएको छ, ‘कामचलाउ सरकारले ज्ञानेन्द्रको झल्को दिने दिने गरी पञ्चर्‍याली  आयोजना गर्न थालेको छ । यस्ता र्‍यालीहरुको व्यवस्थापनमा स्थानीय सरकारहरु लागेका र राज्यशक्ति र स्रोतको व्यापक दुरुपयोग भएको हामीले जनगुनासो सुनेका छौं । विकास निर्माणका काममा खर्च गर्नुपर्ने जनताको ढुकुटी दुरुपयोग गरी प्रतिगमनलाई सहयोग पुग्ने कुनै कार्य नगर्न हामी चेतावनी दिन चाहन्छौं ।’

अर्को वर्ष हुने स्थानीय तहको निर्वाचन अगावै आय–व्यय सार्वजनिक गर्न र जनताको सुशासनप्रतितको आकांक्षा पूरा गर्न पनि अनेरास्ववियूले स्थानीय सरकारलाई अपील गरेको छ ।

स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रम माघ १८ र १९ गते दुई दिन निर्धारण गरिएको छ ।

अनेरास्ववियूको प्रचण्ड–माधव समूह संसद विघटनको विरोधमा तेस्रो चरणको आन्दोलनमा छ । यस चरणमा उसले बालुवाटारमा धर्ना दिने, सरकारी गाडी चल्न दिने, मन्त्रीहरुलाई सार्वजनिक बहिस्कार गर्ने लगायतका कार्यक्रम गर्ने जनाएको छ ।

अनेरास्ववियूले स्थानीय तहमा बुझाएको ज्ञापन पत्र



source https://www.onlinekhabar.com/2021/01/927801

रियल मड्रिड घरेलु मैदानमै लेभान्टेसँग पराजित, एट्लेटिकोलाई फाइदा

१८ माघ, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड लेभान्टेसँग पराजित भएको छ । खेलको नवौं मिनेटमै दश खेलाडीमा समेटिएको रियल  घरेलु मैदानमै २-१ ले पराजित भएको हो ।

एक खेलाडि कम हुनका बाबजुद पनि रियलले सुरुवाती अग्रता लिएको थियो तर जोगाउन सकेन । लेभान्टेले भने पुनरागमन गर्दै जित हात पार्‍यो ।

नवौं मिनेटमा रियलका एडर मिलिटाओ रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । तर १३औं मिनेटमा मार्को असेस्नियोले गोल गर्दै रियललाई अग्रता दिलाए । तर अग्रता लामो समय टिकेन । ३२औं मिनेटमा जोस लुइस मोरालेसले लेभान्टेका लागि बराबरी गोल फर्काए ।

६४औं मिनेटमा लेभान्टेले अग्रता बनाउने अवसर पाए पनि सदुपयोग गर्न सकेन । रोजरको पेनाल्टी प्रहार रियलका गोलकिपर थिबाउट कोर्तवाले बचाए ।

तर उनै रोजरले ७८औं मिनेटमा गरेको गोल निर्णायक बन्दा लेभान्टेले ३ अंक जोड्यो । जितपछि २० खेलबाट २६ अंक जोड्दै लेभान्टे नवौं स्थानमा उक्लेको छ ।

उता रियल पराजित हुँदा शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग अंक दूरी कम पार्ने अवसर गुमायो । यसले लिग लिडर एट्लेटिकोलाई फाइदा पुगेको छ । एट्लेटिकोले अहिले ७ अंकको अग्रता बनाइरहको छ र अझै रियलभन्दा २ खेल कम खेलेको छ । १८ खेलबाट एट्लेटिकोको ४७ अंक छ भने २० खेल खेलिसकेको रियलको ४० अंक छ ।

१९ खेल खेलेको बार्सिलोना ३७ अंकसहित चौथो स्थानमा छ र आज राति एथ्लेटिक बिल्वाओलाई पराजित गरे रियलसँग अंक बराबरी गर्ने अवसर छ ।

उता आइबरलाई २-० ले पराजित गर्दै सेभिया तेस्रो स्थानमा उक्लेको छ । २० खेलबाट सेभियाको ३९ अंक छ ।



source https://www.onlinekhabar.com/2021/01/927799

नक्कली नेपाली नोटसहित २ जना पक्राउ

१८ माघ, कञ्चनपुर । सशस्त्र प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित शनिबार साँझ पक्राउ गरेको सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले जानकारी दिए ।

सशस्त्र प्रहरी उपरीक्षक ऐरका अनुसार उनीहरुको साथबाट नक्कली नोट बनाउने कागज २००, नक्कली नोट एक हजार दरको पाँच, मोबाइल फोन दुई थान, नगद रु १६०, मोटरसाइकलको लाइसेन्स र ब्लुबुक बरामद गरिएको छ ।

पक्राउ परेका दुवैलाई बरामद नक्कली नोट र नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाइएको छ ।

यसअघि गत मंसिरमा कञ्चनपुरबाटै नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका थिए ।

यो पनि पढ्नुहोस नक्कली नोट कसरी चिन्ने ? यस्तो छ राष्ट्र बैंकको टिप्स

source https://www.onlinekhabar.com/2021/01/927794

म्यानचेष्टर सिटी विजयी, युनाइटेड र आर्सनलले अंक बाँडे

१८ माघ काठमाडौं । प्रिमियर लिगमा शीर्ष स्थानको म्यानचेष्टर सिटीले जित हात पार्दा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड भने बराबरीमा रोकिएको छ । युनाइटेडले आर्सनलसँग बराबरी खेलेपछि सिटीले ३ अंकको अग्रता समेत बनाएको छ ।

शनिबार भएको खेलमा सिटीले सिटीले शेफिल्ड युनाइटेडलाई १-० ले पराजित गर्‍यो । घरेलु मैदानमा सिटीलाई जित दिलाउन गाब्रिएल जेससले खेलको नवौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

अर्को खेलमा युनाइटेड र आर्सनलले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

सिटी २० खेलबाट ४४ अंकसहित शीर्ष स्थानमा छ । २१ खेल खेलेको युनाइटेड ४१ अंकसहित दोस्रो स्थानमा छ । २१ खेलबाट ३१ अंक जोडेको आर्सनल चेल्सीलाई पछि पार्द नवौं स्थानमा उक्लेको छ ।

उता सातौं स्थानको एभरटन घरेलु मैदानमै न्युकासलसँग २-० ले पराजित भएको छ । एभरटनको १९ खेलबाट ३३ अंक छ । जितपछि २२ अंक जोडेको न्यूकासल १६औं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/01/927795

काठमाडौंका दुई स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

१८ माघ, काठमाडौं । काठमाडौंका दुई स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–७ अमरसिंह चोकमा र नयाँ बसपार्कस्थित बिजी मल अगाडिको सडकमा भएका दुर्घटनामा एक–एक जनाको मृत्यु भएको हो ।

हरहर महादेवबाट मुलपानीतर्फ गइरहेको बा ९३ प ३३१० नम्बरको मोटरसाइकल अमरिंस चोकको एक घरको भित्तामा ठोक्किएर दुर्घटना हुँदा चालक सिन्धुली घर भई भक्तपुरको राधेराधे बस्ने ३१ वर्षीय निराजन बरालको मृत्यु भएको छ । बरालको ट्रमा सेन्टरमा गएराति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

विपरीत दिशाबाट लेन मिचेर आएको बा ५ ख ४०७३ नम्बरको टिपरलाई साइड दिन खोज्दा मोटरसाइकल घरको भित्तामा ठोक्किएको थियो । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी नयाँ बसपार्कस्थित बिजी मल अगाडिको सडकमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । लमजुङ घर भई काठमाडौं बस्ने सुनमाया गुरुङको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हो । गोंगबुबाट नयाँ बसपार्क छिर्दै गरेको बा ८७ प ७०९२ नम्बरको मोटरसाइकलले उनलाई शनिबार बेलुकी साढे ७ बजेतिर ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी सुनमायाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा गएराति ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालकलाई गोंगबु प्रहरीले नियन्त्रणमा लिएको छ ।



source https://www.onlinekhabar.com/2021/01/927793

ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

१८ माघ, धनगढी । कैलालीको घोडाघाडी नगरपालिका–१० मा ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार २२ वर्षीय गोविन्द बुढा र १७ वर्षीय मानबहादुर बुढा छन् ।

म १ त ५४२ नम्बरको ट्याक्टरको पछाडि बा ९१ प ४०४ नम्बरको मोटरसाइकल गएराति ११ बजेतिर ठोक्किएको थियो । दुर्घटनामा गम्भीर घाइते गोविन्द र मानबहादुरको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालकलाई सुक्खड प्रहरीले नियन्त्रणमा लिएको छ ।



source https://www.onlinekhabar.com/2021/01/927792

मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकको सुझाव

१८ माघ, काठमाडौं । नेपालमा बर्डफ्लु भित्रिएकाले मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकले सुझाव दिएका छन् ।

बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउनुपर्छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार पन्छीको मासु खाँदा बर्डफ्लुको भाइरस सर्न सक्ने जोखिम हुने भएकाले राम्रोसँग पकाएर मात्र खानुपर्छ ।

चिकित्सकका अनुसार बर्डफ्लुको भाइरस ७२ डिग्री सेल्सियस तापक्रममा मर्ने अध्ययनहरुबाट देखिएको छ । त्यसैले ७२ डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा पकाएको खानेकुरा खाँदा बेस हुन्छ ।

बर्डफ्लुको संक्रमण भएमा निमोनिया/रुघाखोकी जस्तै लक्षण देखिन्छ । जाडो मौसममा यसले झन् असर गर्न सक्ने भएकाले पन्छी र पन्छीजन्य पदार्थको सम्पर्कमा नजान र सरसफाइमा बढी ध्यान दिन चिकित्सकले सुझाएका छन् ।

बर्डफ्लु कुखुरा, हाँस, टर्की, चराचुरुङ्गी लगायत पन्छीमा लाग्ने सरुवा रोग हो । यो द्रुत रुपमा फैलिने र ज्यान पनि लिन सक्ने भएकाले यसलाई प्राणातक सरुवा रोगको रुपमा लिइन्छ । बर्डफ्लुका भाइरस मासु, प्वाँख, सिंगान, र्‍याल, सुली, दाना, अण्डा, अण्डा राख्ने क्रेट, दाना राखेका बोरा लगायतको सम्पर्कबाट सर्छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा किसानले पालेका कुखुरा र टर्कीमा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि २ हजार बढी पन्छी नष्ट गरिएको छ ।

यसअघि नै छिमेकी मुलुक भारतमा बर्डफ्लु भेटिएपछि सीमा क्षेत्रमा कडाइ गरिएको थियो । पशु सेवा विभागले भारतबाट पन्छीजन्य वस्तुको आयातमा प्रतिबन्धसमेत लगाएको छ ।



source https://www.onlinekhabar.com/2021/01/927791

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More