१५ माघ, काठमाडौं । नेपाली खेलाडी प्रेरणा कोइराला र सलाेनी तामाङकाे जाेडीले केन्यामा सोमबारदेखि सुरु जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत गर्ल्स डबल्समा लगातार दोस्रो जित हात पारेको छ ।
गर्ल्स डबल्समा भने प्रेरणा र सलोनीको जोडीले बुधबार भएकाे दोस्रो चरणकाे खेलमा फ्रान्सका लिए बाथेलिए र टिएनसोए साराह राकोतोमान्गाको जोडीलाई राेमाञ्चक खेलमा ६-२, ३-६, ११-९ ले पराजित गर्यो ।
प्रेरणा र सलोनीको जोडीले पहिलो चरणमा बुल्गेरियाकी एम्मा फान्टोउसिस र ग्रेट ब्रिटेनकी अन्जली कोटेचाको जोडीलाई ६-२, ६-२ ले पराजित गरेको थियो ।
सिंगल्सतर्फ भने प्रेरणा र सलाेनी पराजित भइसकेका छन् ।
यसअघि केन्यामै भएको जे फोर सर्किट वान अन्तर्गत प्रेरणा सिंगल्सतर्फ दोस्रो चरणमा पुगेर पराजित भएकी थिइन् भने सलोनी पहिलो चरणमा पराजित भएकी थिइन् । यस्तै गर्ल्स डबल्समा प्रेरणा र सलोनीको जोडी सेमिफाइनलसम्म पुगेको थियो ।
source https://www.onlinekhabar.com/2021/01/927084
0 comments:
Post a Comment