Friday 29 January 2021

साइकलमा लमजुङ छिचोल्दा (फोटो फिचर)

१७ माघ, काठमाडौं । साइकलका पाइडल घुमाउँदै यसपालि लमजुङको सेरोफेरो छिचोलियो । मेरो ध्येय, पहाडी गोरेटोहरुमा साइक्लिङको आनन्द बटुल्नु मात्र थिएन । लमजुङले आफ्नो गर्भमा लुकाएका ती क्षेत्रहरुको खोजी गर्नु थियो, जो पर्यटकीय आकर्षण बन्न सक्छ । यस हिसाबले लमजुङको यात्रा अर्थपूर्ण रह्यो ।

सुन्दर हिमाल र डाँडाकाँडा हेर्दै ऐतिहासिक बिरासत बोकेको लमजुङको पुरानोकोट पुगियो । कुनैबखत यो चौबिसे राज्यमध्येको एउटा राज्य थियो ।

इतिहासमा उल्लेख भएअनुसार कालु शाह लमजुङका राजा थिए । कास्कीबाट राजा कुलमण्डनका माइला छोरा कालुलाई ल्याएर तुर्लुङकोटका राजा बनाइएको थियो । पछि तुर्लुङकोटबाट दरबार पुरानोकोट सारियो । अहिले पनि दरबारको भग्नावशेष भेटिन्छ, पुरानोकोटमा ।

कालुको हत्यापछि उनकै कान्छा भाइ यशोब्रम्हालाई कास्कीबाट ल्याएर रानोकोट गद्दीमा बसाइयो । उनले गाउँशहर र बेंसीशहरमा दरबार बनाए ।
पुरानोकोट गढी तल पुरानोकोट गाउँ छ । यस भेगमा २०६८ सालदेखि होमस्टे पनि सञ्चालमा ल्याएको रहेछ ।

लमजुङ सुन्दर बजारबाट बसमा साढे १ घण्टामा गढी पुगिन्छ, जहाँ जलदेवी मन्दिर, राजारानीको दरबारका भग्नावशेष र सेना परेड खेल्ने मैदान छ ।



source https://www.onlinekhabar.com/2021/01/927623

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More