१५ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपीएफ फाइनलमा पुगेको छ । गत संस्करणमा सेमिफाइनलम व्यहोरेको हारको बदला लिँदै एपीएफ दोस्रो पटक प्रतियोगिताको फाइनल पुगेको हो ।
बुधबार भएको डर्बी भिडन्तमा एपीएफले पुलिसलाई ३० रनले हरायो । फाइनल पुग्दासम्म एपीएफ अपराजित नै छ । यस पटक शरद भेषावकरको कप्तानीमा एपीएफले खेलिरहेको छ । टिमलाई फाइनलसम्म पुर्याउँदा शरद खुशी छन् तर उपाधिबाट अझै एक खेल टाढा छन् ।
पुलिससँगको खेलमा टिमको प्रदर्शन, आफ्नो प्रदर्शन र फाइनलको बारेमा शरदले खेलपछि सञ्चारकर्मीसँग राखेको धारणा संक्षेपमा:
समग्रमा खेल जित्यौं त्यसमा खुसी छौं । धेरै कुरामा मिस्टेक भयो । यस्तो फिल्डिङले जित्न गाह्रो हुन्छ । यसमा सुधार गर्नुपर्छ । ब्याटिङमा पनि टप अर्डर क्लिक भइरहेको छैन । आशा छ अर्को खेलमा राम्रो हुनेछ । आउने गेममा अझै राम्रो गर्नुपर्छ । ब्याटिङमा टप अर्डरले अझै फायर गर्नुपर्छ ।
आशा छ फाइनलमा फरक हुनेछ । विशेषगरी सिनियर खेलाडीले रेस्पोन्सिबिलिटी लिएर खेल्नु पर्छ । बलिङ चाहिँ राम्रै भइराछ ।
हामीसँग प्लेअरको अप्सन नै थिएन । आज हामीले ब्यालेन्स मिलाउन शंकर खेलायौँ । प्रदीप घाइते भयो । त्यसपछि बसन्त घाइते भयो ।
हामीसँग खेलाडीका लागि इन्जर्ड भइरहेका छन् । प्लेइङ ११ निकाल्न पनि कठिन भइसक्यो । सबैलाई गाह्रो छ । कोरोनाका कारण लामो समय खेलाडी घरमा बस्दा अहिले इन्जुरी समस्या बढेको छ । घरमा बसेर आउनुभाछ, बडीलाई एडजस्ट गर्न गाह्रो भइराछ, धेरै इन्जुरी छ ।
त्यो कारणले केही खेलाडीलाई आराम दिएर रोटेसन गर्ने योजना थियो । तर, त्यसले पनि काम गरिररहेको छैन । तर, फाइनलमा बलियो साइड राखेर राम्रो गरौं भन्नेछ ।
बलर कम थियो । नकआउटमा एउटा ब्याटसम्यान थप्नुपर्छ भन्ने थियो । शंकर खेल्यो, चल्यो । पार्टनरसिप पनि गर्यो । आउने गेम हेरौँ कस्तो हुन्छ ।
फाइनलमा जो भए पनि मतलब छैन । फाइनल पुग्ने जुन टिम पनि बलियो हुन्छ । कन्सिसटेन्ट गेम खेल्नुपर्यो । फाइनल पुग्ने जो टिम पनि राम्रो हुन्छ ।
आफ्नो टिम सधैँ फाइनलमा हुन्छर मलाई थाहा छैन, म आफ्नो इन्स्टीङ्टलाई पछ्याउँछु । टिम पनि राम्रो पर्छ जस्तो लाग्छ मेरो लागि । अहिले पनि लक्की भएको छु । लिडरको धेरै रोल पनि हुँदैन । व्याटिङ गर्दा ब्याट्सम्यानले डिसिजन गर्ने हो । मैले भनेको फिल्डमा बलिङ र फिल्डिङ परिवर्तन गराउने मात्र हो । टिम राम्रो भएपछि सजिलो हुन्छ, लिडरलाई त्यही भइराछ ।
उसको दुई तिरबाट हेर्न सकिन्छ । एउटा उसको करियर लामो छ । उसले एभ्रिगेट हुन सक्थ्यो । त्यो फोकस गर्नुपर्छ । मार्चमा खेल आउँदैछ । उ पनि टिमको महत्वपूर्ण खेलाडी हो । अर्को उसले टिमका लागि एफोर्ट देखायो त्यो पनि तारिफयोग्य छ ।
नकआउट म्याचमा हरेक विकेट रन महत्वपूर्ण हुन्छ । त्यसैले त्यो सलेब्रेसनहरु देखिएको हुन सक्छ ।
लास्ट इअर हामीले सेमिफाइनलमा हारेका थियौँ । त्यो सम्झेका पनि थियौँ र खेलाडीलाई भनेका थियौँ । यो स्वीट रिभेन्ज जस्तै भयो । राम्रो भयो । सबै कुराको कम्बिनेसन मिलेर सजिलो भयो ।
मैले आफूलाई फिट राख्न फिटनेस डाइटमा ध्यान दिएको थिएँ कोभिडको बेला पनि । त्यसले गर्दा सेपमा बसेको छु । सबैभन्दा महत्वपूर्ण नै फिटनेस हो अहिले मोर्डन टाइममा । ओडिआईमा कम्पिटेसन झन् धेरै छ ।
व्यक्तिगत प्रदर्शनमा लिएर ब्याटिङमा म पनि निराश छु । अलिकति आफूलाई रिदम नै नआएको जस्तो भइराछ । किनकी मैले एक म्याच खेलेको एकदिवसीयमा फेब्रुअरीमा हो ।
यो १० महिनामा काठमाडौंमा लकडाउनमा खासै ब्याटिङ गर्ने ठाउँ थिएन । त्यो कारणले ग्यापले गर्दा अलि गाह्रो भइराछ ।
पूरा रिदम आउन टाइम लागिराछ । आशा छ फाइनलमा अझ राम्रो हुनेछ । अर्को खेलमा राम्रो गर्ने प्रयास गर्नेछु ।
source https://www.onlinekhabar.com/2021/01/927067
0 comments:
Post a Comment