Tuesday 30 November 2021

‘ओमिक्रोनका कारण धेरै नआत्तिनुस्, खोपले गम्भीर संक्रमणबाट बचाउँछ’

१५ मंसिर, काठमाडौं । खोप निर्माता कम्पनी बायोइन्टेकका प्रमुख कार्यकारी अधिकृतले नयाँ कोभिड भेरियन्टका कारण धेरै नआत्तिन आग्रह गरेका छन् ।

बायोइन्टेकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उगुर सहिनले एक अन्तर्वार्तामा नयाँ ओमिक्रोन भेरियन्टका कारण धेरै नआत्तिन आग्रह गरेका हुन् । ‘धेरै नआत्तिनु होला, योजना यथावत छ , तेस्रो बुस्टर डोजलाई तीब्रता दिनुहोस्’, वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्तामा सहिनले भने, ‘हालका लागि हाम्रो सन्देश यही हो ।’

बायोइन्टेकका सह-संस्थापक र कोभिड खोप आविष्कार समेत गरेका सहिनले खोप लगाएका मानिसलाई ओमिक्रोनले संक्रमण गर्न सक्ने संभावना भए पनि खोप लगाएका मानिसहरू गम्भीर संक्रमणबाट सुरक्षित हुने समेत बताए ।

ओमिक्रोनको उत्परिवर्तन उच्च भएका कारण खोप लगाएपछि विकास हुने एन्टिबडीलाई यसले छल्न सक्ने तर संक्रमणविरुद्ध ‘टी-सेल’ले प्रदान गर्ने सुरक्षा छल्ने संभावना कम रहेको सहिनको भनाइ थियो ।

‘ओमिक्रोनविरुद्ध खोपले काम गर्ने हाम्रो विश्वास विज्ञानमा आधारित छ’, सहिनले भने, ‘यदि भाइरसले इम्युनिटी छल्ने क्षमता विकास गर्‍यो भने एन्टिबडीलाई मात्रै छल्न सक्छ र गम्भीर रोगबाट बचाउने इम्युनिटिको दोस्रो तह अर्थात् टी-सेल पनि हाम्रो शरीरमा हुन्छ ।’

सहिनले अन्तर्वार्ताका क्रममा ओमिक्रोनलाई लक्षित गरी बनाइने परिमार्जित खोप बजारमा आउन सय दिन लाग्ने तर त्यस्तो खोप आवश्यक नपर्न सक्ने पनि बताए ।
हिजो मात्रै मोडेर्नाका सीईओ स्टेफाने बान्सेलले ओमिक्रोनविरुद्ध विद्यमान खोप कम प्रभावकारी हुने बताएका थिए । बान्सेलको उक्त अभिव्यक्तिपछि युरोप र एसियाका बजारमा हलचल मच्चिएको थियो ।



source https://www.onlinekhabar.com/2021/12/1046610

आईपीएल २०२२ मा २७ खेलाडी रिटेन, कुन टिममा को-को ?

१५ मंसिर, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ का लागि पुराना ८ फ्रेन्चाइजले कुल २७ खेलाडी रिटेन गरेका छन् ।

१५औं संस्करणको आईपीएलमा लागि मेगा अक्सन हुँदैछ र त्यसअघि फ्रेन्चाइजलाई बढीमा चार खेलाडी रिटेन गर्न दिइएको छ । नोभेम्बर ३० सम्मको डेडलाइनमा ८ फ्रेन्चाइजले आफ्नो अनुकूल अनुसार खेलाडी रिटेन गरेका छन् । जसमा चार टिमले चार/चार खेलाडी रिटेन गर्दा तीन टिमले समान तीन र एक टिमले २ खेलाडी मात्र रिटेन गरेका छन् ।

चार खेलाडी रिटेन गर्ने टिमको ४२ करोड तलब खर्च हुनेछ । यस्तै तीन खेलाडी रिटेन गर्नेको ३३ करोड र दुई खेलाडी रिटेन गर्ने टिमको १८ करोड खर्च हुनेछ ।

यस पटक खेलाडीको लागि एक टिमले कुल ९० करोड भारु खर्च गर्न पाउनेछ । अक्सनअघि पञ्जाव किंग्ससँग सबैभन्दा धेरै ७२ करोड रकम बाँकी छ ।

आईपीएलमा दुई नयाँ टिम थपिएपछि नयाँ सिजन १० टिमबीच प्रतिस्पर्धा हुने छ । दुई नयाँ टिम लखनउ र अहेमदावादले भने रिटेन गरेका बाहेकका खेलाडीबाट अक्सन अघि तीन/तीन खेलाडी राख्न पाउनेछन् । जसमा बढीमा दुई भारतीय र एक विदेशी खेलाडी रहनेछन् ।

कुन टिमले कुन-कुन खेलाडी रिटेन गरे ?

चेन्नाई सुपर किंग्स : रवीन्द्र जडेजा, महेन्द्र सिंह धोनी, मोइन अली, रुतुजा गायकवाड ।

मुम्बई इन्डियन्स : रोहित शर्मा, जसपि्रत बुमराह, सूर्य कुमार यादव, कायरन पोलार्ड ।

दिल्ली : ऋषभ पन्त, अक्षर पटेल, पृथ्वी शा, एनरिक नोर्किअ ।

कोलकता नाइट राइडर्स : आन्द्रे रसेल, बेनकाटेस अयेर, वरुण चक्रवर्ती, सुनिल नारिन ।

रोयल च्यालेन्जर्स बैंगलोर : विराट कोहली, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज ।

राजस्थान रोयल्स : सन्जु सामसन, जोस बटलर, यशस्वी जैशवाल ।

सनराइजर्स हैदरावाद : केन विलियम्सन, अब्दुल सामद, उर्मान मलिक ।

पञ्जाब किंग्स : मायांक अग्रवाल, अर्शदी सिंह ।



source https://www.onlinekhabar.com/2021/12/1046605

सर्वोच्चमा तोकियो गोला प्रणालीबाट पेसी

१५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा गोला प्रणालीबाट पेसी तोकिएको छ । पहिलो दिन आज दुईवटा एकल इजलाससहित कुल १० वटा इजलास गठन भएका छन् ।

गोला प्रक्रियाबाट तोकिएको इजलासमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासमा न्यायाधीश टंकबहादुर मोक्तान परेका छन् ।

न्यायाधीश मीरा खड्काको एकल इजलास गठन भएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको साथमा सुष्मालता माथेमाको संयुक्त इजलास गठन भएको छ ।

न्यायाधीश हरिकृष्ण कार्कीको साथमा अर्का न्यायाधीश बमकुमार श्रेष्ठको इजलास पनि परेको छ । तर त्यो इजलास मुद्दाको सुनुवाइका लागि नभइ पुरानो फैसलामा भएको त्रुटिको संशोधनका लागि हो ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको साथमा बमकुमार श्रेष्ठको अर्को संयुक्त इजलास परेको छ ।अर्का न्यायाधीश डा. कुमार चुडालको एकल इजलास गठन भएको छ ।

त्यसैगरी डा. आनन्दमोहन भट्टराई र डा. मनोज शर्माको अर्को संयुक्त इजलास गठन भएको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको अर्को इजलास गठन भएको छ ।प्रकाशमानसिंह राउन र हरि फूयालको अर्को इजलास गठन भएको छ ।

अर्को इजलास सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको छ । अर्को इजलास न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदीको रहेको छ ।



source https://www.onlinekhabar.com/2021/12/1046602

नेपालमै मोबाइल उत्पादन गर्न व्यवसायीलाई अर्थमन्त्रीको आग्रह

१५ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह गरेका छन् । यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको उनले बताए ।

बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशन उदघाटन गर्दै अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन् ।

उनले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जानकारीसमेत दिए । अवैध रुपमा हुने कारोबार र राजश्व चुहावट रोक्न सरकार कडा रुपमा प्रस्तुत हुने मन्त्री शर्माले बताए ।

एमडीएमएस गत साउनदेखि नै लागू गर्ने घोषणा गरिएको थियो । तर अझै लागू हुन सकेको छैन । ठूलो मात्रामा अवैध मोबाइल भित्रिने क्रम नरोकिएको भन्दै व्यवसायीहरुले एमडीएमएस लागू तत्कालै गर्नुपर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।



source https://www.onlinekhabar.com/2021/12/1046600

लिगमा गोलको खडेरी

१५ मंसिर, काठमाडौं । कुनै समय बसन्त थापा, निराजन रायमाझी, हरी खड्का लगायत फुटबल खेलाडीहरुले आफूलाई कुशल स्ट्राइकरको रुपमा स्थापित गरेका थिए । त्यसपछि जुमानु राई, सन्तोष साहुखल, अनिल गुरुङ राष्ट्रिय टिम र क्लबमा गोल गर्ने खेलाडीको रुपमा चिनिए । हिजोआज भने त्यस्तै गोल गर्न सक्ने स्ट्राइकरको कमी नेपाली फुटबलमा देखिँदै आएको छ । अहिले ठ्याक्कै स्ट्राइकरको नाम सोच्दा एकछिन सम्झिनुपर्ने अवस्था छ ।

अहिले राजधानीमा शहीद स्मारक ए डिभिजन लिग चलिरहेको छ । सोमबार दोस्रो चरणको खेल सकियो । जसमा सात खेलमा सात गोल मात्र भयो । औसतमा एक खेल, एक गोल मात्र भयो । पहिलो चरणमा कूल १६ गोल भयो । जसमा ब्रिगेड ब्वाइज र एपीएफबीचको खेलमै पाँच गोल भएको थियो ।

अझ गहिरिएर हेर्ने हो भने दुई खेलमा गोल नै हुन सकेन । यस्तै चार खेलमा एक-एक गोल मात्र भयो । कूल ८ टिमले गोल गर्न सकेनन् । संकटा क्लब र फ्रेण्ड्स क्लबको खेल मात्र यस्तो रह्यो जसमा दुवै टिमले गोल गरे । संकटाले २-१ को पुनरागमन जित निकाल्दा यही खेल सबैभन्दा धेरै गोल भएको खेलको रुपमा अंकित भयो ।

साविक विजेता मच्छिन्द्र र उपविजेता त्रिभुवन आर्मीबीचको प्रतिक्षित खेलमा समेत गोल हुन सकेन । अर्को गोल हुन नसकेको खेल रह्यो बि्रगेड ब्वाइज र एनआरटी बीचको ।
सातदोबाटो युथ क्लबले थ्री स्टारलाई, नेपाल पुलिसले जावलाखेल युथलाई, मनाङ मर्स्याङ्दीले हिमालयन शेर्पालाई र च्यासल युथले एपीएफलाई समान १-० को स्कोरमा हराए ।

दोस्रो चरणमा जित्ने पाँच टिमसहित हार्ने एक टिमले मात्र गोल गर्न सक्यो । गोल गर्नेमा मनाङका विदेशी खेलाडी ओलावाले आफिज र संकटामा फोडे फोफाना मात्र स्ट्राइकर रहे । अन्य गोल मिडफिल्डरले गरेका थिए ।

यसअघि २०७६ मा पछिल्लो पटक लिग हुँदा नाम चलेका खेलाडी जम्मा गरेर मच्छिन्द्रले लिग जितेको थियो । केही खेलाडी थप्दै उपाधि रक्षा गर्ने लक्ष्य बनाएको मच्छिन्द्रले यस सिजन राष्ट्रिय टिमका मनिष डाँगी र सुनिल बललाई समेत भित्रायो । चोटबाट फर्केका विमल घर्तीमगरले पनि मच्छिन्द्रबाटै खेलेका छन् ।

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले लिग सुरु हुनुअघि नै उपाधि रक्षाका लागि जोड दिँदै फरवार्ड अनुबन्ध गरेको बताएका थिए ।

तर करिब आधा दर्जन फरवार्ड रहेको मच्छिन्द्रले दोस्रो खेलमै गोल गर्न सकेन । पहिलो खेलमा एनआरटीलाई २-१ ले पराजित गर्दा दुई गोल गरेका सुनिल बलले दोस्रो खेलमा गोल गर्न सकेनन् ।

मच्छिन्द्रका सेन्ट्रल फरवार्ड रेजिन सुब्बा चोटका कारण एक महिना बाहिर रहने छन् । यसले गर्दा मच्छिन्द्रसँग भएका फरवार्डमा सेन्ट्रल पोजिसनमा खेल्ने खेलाडी छैनन् ।

उनै प्रवेश कटुवालले आर्मीविरुद्ध बराबरी खेलेपछि टिममा फरवार्डकै कमी रहेको बताए । ‘विशुद्ध स्ट्राइकर नभएकाले गोल नभएको र सेन्टर फरवार्डको खाँचो रहेको छ,’ कटुवाल भन्छन् । मच्छिन्द्र जस्तो फरवार्डको भिड रहेको टिमलाई समेत गोल गर्न चुनौती भएपछि गोल गर्ने खेलाडीकै अभाव भएको भन्न सकिन्छ । कटुवालले अभिषेक रिजालले पनि तालिम गरेअनुसार सोचेजस्तो खेल्न नसकेको बताए ।

उता आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पनि स्कोरिङमै समस्या भएको बताए । राष्ट्रिय टिमका फरवार्ड समेत रहेका नवयुग श्रेष्ठ पि्र-सिजन खेलमा घाइते भएपछि आर्मीलाई उनको अभाव प्रष्ट देखिएको छ । आर्मीका कप्तान भरत खवास र जर्ज पि्रन्स कार्कीबाट गोलको अपेक्षा गरे पनि त्यो पूरा हुन सकेको छैन । पहिलो खेलमा पुलिससँग १-१ को बराबरी खेल्दा विवेक बस्नेतले बेन्चबाट गएर बराबरी गोल फर्काएका थिए ।

आर्मीका प्रशिक्षक न्यौपानेले खेल स्कोरिङमा फोकस गरेपनि त्यसो हुन नसकेको र उपाधि होडमा रहने हो भने गोल गर्नैपर्ने बताए ।

सर्वाधिक ८ पटकको विजेता मनाङले लगातार दुई खेल जित्दा जम्मा २ गोल मात्र गरेको छ । पहिलो खेलमा जावलाखेललाई १-० ले पराजित गर्दा डिफेण्डर दिनेश राजवंशीले गोल गरेका थिए । कप्तान तथा राष्ट्रिय टिमका सदस्य अन्जन विष्टले पनि दुई खेलमा गोल गर्न सकेका छैनन् ।

उपाधिको अर्को दाबेदार मानिएको थ्री स्टार क्लबले पनि दोस्रो चरणमा नवप्रवेशी सातदोबाटो विरुद्ध गोल गर्न सकेन । पहिलो खेलमा डिफेण्डरको तीन गोल मद्दतमा च्यासललाई ३-० ले पराजित गरेको थ्री स्टार सातदोबाटोसँग १-० ले पराजित भयो । थ्री स्टारका प्रशिक्षक उर्जन श्रेष्ठले पनि खेलपछि स्ट्राइकरको कमी भएको बताएका थिए ।

उनले स्कोरिङमा समस्या रहेको बताएका थिए । थ्री स्टारमा राष्ट्रिय टिमबाट खेलिसकेका संजोग राई र यू-२३ टिमका फरवार्ड रितिक कुमार खड्काले फरवार्डको भूमिका खेलिरहेका छन् । तर गोल गर्न सकेका छैनन् ।

पहिलो पटक ए डिभिजन लिग खेलिरहेको सातदोबाटोले पनि दुई खेलमा गोल गर्ने राम्रो अवसर बनाए पनि जम्मा एक गोल मात्र गरेको छ । ए डिभिजनका अनुभवी प्रशिक्षक मेघराज केसीले यस पटक सातदोबाटोको टिम हेरिरहेका छन् । उनले पनि अवसर पाएर स्कोर हुन नसकेको बताए ।

यस्तै फ्रेण्ड्स, जावलाखेल, एपीएफको पनि स्कोरिङमै समस्या देखिएको छ । जावलाखेलले त झन् दुवै खेलमा हार व्यहोर्दा एक गोल समेत गर्न सकेको छैन । जावलाखेलका प्रशिक्षक किशोर केसीले सबैखाले रणनीति प्रयोग गर्दा पनि गोल हुन नसकेको बताएका थिए ।

लिगको खेलपछि हरेकजस्तो क्लबका प्रशिक्षक स्कोरिङमा समस्या देखिएको र स्ट्राइकरकै कमी भएको बताएका छन् । फुटबलमा जब गोल हुन्छ, खेलाडीसँगै दर्शक पनि उत्साहित हुन्छन् । तर जब गोल हुँदैन त्यस खेलको मज्जा पनि हुँदैन र गोल हेर्न पुगेका दर्शक पनि निराश हुन्छन् ।



source https://www.onlinekhabar.com/2021/12/1046596

जुम्लामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

१५ मङ्सिर, कर्णाली (सुर्खेत) । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका-२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो ।

बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी दिए । प्रारम्भिक जानकारीअनुसार घटनास्थलमा नवीन रावल र विशाल बमको मृत्यु भएको उनले बताए ।

बसमा चार जना मात्र सवार थिए । घाइतेको उद्धार गर्न प्रहरी निरीक्षक युवन चौधरी नेतृत्वको प्रहरी टोली त्यसतर्फ गएको छ । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान एम्बुलेन्स पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/12/1046594

डिबाला र मोराटाको गोलमा युभेन्ट्स विजयी

१५ मंसिर, काठमाडौं । इटालियन सिरी ए मा युभेन्ट्स सालेरनिटानालाई २-० ले पराजित गरेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सका लागि पाउलो डिबाला र अल्भारो मोराटाले एक एक गोल गरे ।

खेलको २१औं मिनेटमा डिबालाले र ७०औं मिनेटमा मोराटाले गोल गरे ।

२८ औं मिनेटमा जर्जिओ किलयनीले गोल गरेपनि भिएआरले मान्यता दिएन । यस्तै खेलको इन्जुरी टाइममा युभेन्ट्सले पेनाल्टी पाएपनि डिबालाले गोल गर्न सकेनन् । उनले पेनाल्टी बाहिर प्रहार बाहिर गएको थियो ।

यस जितपछि युभेन्ट्स १५ खेलमा २४ अंक जोडेर सातौं स्थानमा छ । सालेरनिटाना १५ खेलबाट ८ अंकसहित पुछारमा छ ।



source https://www.onlinekhabar.com/2021/12/1046591

कलंकीमा भ्यानको ठक्करबाट पैदलयात्री गम्भीर घाइते

१५ मंसिर, काठमाडौं । काठमाडौंको कंलकीमा भ्यानको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् ।

मकवानपुरको बागमती गाउँपालिका-३ झुरझुरे घर भई ललितपुरको नख्खु बस्दै आएका ३३ वर्षीय जिम्बा लामा भ्यानको ठक्करबाट घाइते भएका हुन् ।

लामाको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टाउको र खुट्टामा चोट लागेका लामाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मंगलबार राति करिब साढे १० बजे नम्बर खुल्न नसकेको सेतो भ्यानले लामालाई ठक्कर दिएको थियो । शंकास्पद एउटा भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ । अनुसन्धानका लागि सीसीटीभीको पनि सहायता लिइएको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/12/1046584

दासढुंगा नजिक एमाले महाधिवेशन : केही घाम, केही छाया

१५ मंसिर, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन चितवनमा सम्पन्न भएको छ । महाधिवेशनको उदघाटन नारायणी नदी किनारमा गरियो । नारायणी किनारबाट दासढुंगाबाट झण्डै १५ किलोमिटर टाढा पर्छ । दासढुंगा त्यही स्थान हो- जहाँ नेकपा एमालेका लोकप्रिय नेता मदन भण्डारी र कुशल संगठक जीवराज आश्रितको ‘रहस्यमय’ दुर्घटनामा मृत्यु भएको थियो । आलोचकहरुले दासढुंगामा एमालेका लोकप्रिय नेताहरुको अवसान भएजस्तै यसको नजिकै नारायणी किनारमा उनले प्रतिपादन गरिएको जनताको बहुदलीय जनवाद (जबज)को मर्मको व्यवहारिक बिसर्जन गरिएको आरोप लगाइरहेका छन् ।

मदनद्वारा प्रतिपादित जबजको मूल स्पिरिट हो- आन्तरिक प्रतिस्पर्धाद्वारा उत्कृष्टता हासिल गर्ने । कम्युनिष्ट आन्दोलनले विश्वव्यापी रूपमा धक्का व्यहोरिरहेको अवस्थामा मदनले नेपालमा कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरणको प्रयास गरे ।

आजको विशाल एमालेसँग मुलतः तीनवटा शक्तिका स्रोतहरू छन् । पहिलो- पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारी ऐतिहासिक क्रेज । दोस्रो- परम्परावादी कम्युनिष्ट दृष्टिकोणबाट ‘शिफ्ट’ गरेर नेपालको लोकतान्त्रिक मूलप्रवाहसँग जोड्ने प्रतिवद्धता र, तेस्रो- आन्तरिक लोकतन्त्र र यसैको जगमा बनेको बलियो संगठन ।

यो महाधिवेशनसँगै नेकपा एमाले मदन भण्डारीको युगभन्दा पछाडि फर्किएको आलोचकहरू टिप्पणी गर्छन् । मदनले एक हदसम्म एमालेलाई लोकतान्त्रीकरण गरेकै हुन् । त्यही लोकतान्त्रीकरणकै जगमा यो पार्टी टिकेको हो । तर, उनकै अस्तु बगेको नारायणी नदीको किनारमा आयोजित महाधिवेशनमा लोकतान्त्रिक विधिलाई निषेध गर्दै सहमतिको नाममा आफू अनुकूलको नेतृत्व चयन गरिएको छ । ‘पार्टीको महाधिवेशनमा पनि संसदमा जस्तै हुन्छ र हुन्न भन्ने आवाजको भरमा गर्न थाल्यौं,’ एमाले नेतृ बिन्दा पाण्डे भन्छिन्, ‘संसदमा जसरी हुन्छ भन्ने पक्षको आवाज चर्को सुनिएकाले पास भयो भन्छौं नि ! यही तरिकाले हामीले नयाँ केन्द्रीय समिति बनाएका छौं ।’

यसले एमालेले अभ्यास गर्दै आएको आन्तरिक लोकतान्त्रमा धब्बा लागेको नेता बिन्दा पाण्डे बताउँछिन् । ‘सामान्यतया सुल्टो बाटो भनेको उम्मेदवारी दर्ता गरेर निर्वाचन गर्ने हो, यसपालि हामीले हलमा मान्छे घोषणा गरेर ताली बजायौं र उनीहरूलाई उम्मेदवारी दर्ता गर भन्यौं,’ पाण्डे भन्छिन्, ‘यसले आन्तरिक लोकतन्त्रमा धब्बा लागेको छ यसपालि ।’

आफूले आफैंलाई अध्यक्ष घोषणा

अध्यक्ष केपी ओली आफैं अध्यक्ष मण्डलको अध्यक्षको जिम्मेवारी लिए र उनी आफैंले आफूलाई नयाँ अध्यक्ष घोषणा गरे । पार्टीको मूल नेतृत्वले सुरुमै प्यानल घोषणा गरेपछि बाँकी रहेकालाई विरुद्धमा उम्मेदवारी दिन एउटा मनोवैज्ञानिक भय सिर्जना हुन्छ नै ।

‘पार्टीभित्र आन्तरिक स्पर्धाको यो तरिका गलत र अधिनायकवादी सोचद्वारा प्रेरित देखिन्छ,’ राजनीतिक विश्लेषक डम्बर खतिवडा भन्छन्, ‘चुनावी प्रणाली भनेको वैचारिक काम सकिएपछि निर्वाचन कार्यसूचि जारी गरेर आफ्नो मताधिकार पूर्ण स्वतन्त्रता र विवेकको उपयोग गरेर प्रयोग गर्न आह्वान गर्ने र तदनुरुप वातावरण निर्माण गर्ने हो ।’

कुनैबेला एमालेमा सक्रिय रहेका खतिवडाको अनुभवमा एमालेको पुरानो अभ्यास हेर्दा हरेक पदमा २/३ जना प्रतिस्पर्धी हुनसक्थे । ‘उम्मेदवार बन्न चाहे पनि ओलीको डरले धेरै नेताहरु खुम्चिए,’ उनी भन्छन्, ‘उनीहरुले ओलीको विरुद्धमा उभिएर कम मत ल्याउँदै आफूलाई कमजोर सावित गर्ने बाटो रोजेनन् ।’

ओली समूहकै नेता लालबाबु पण्डित भन्छन्, ‘अहिले जस्ता प्रतिनिधि आउनुभएको छ, यो परिस्थितिमा नेतृत्वको सूचीबाहिर गएर उम्मेदवारी दिनुको अर्थ थिएन ।’ त्यसो त एमालेमा पछिल्लो प्रवृत्ति गलत अभ्यासविरुद्ध विद्रोह र संघर्ष गर्नेभन्दा हात थापेर लिने निगाहमा लिने संस्कृति बलियो बनेको छ ।

ओलीको नेतृत्वमा भएको एमालेको १० औं महाधिवेशन स्टालिनवादी ढाँचाबाट सम्पन्न भएको बताउँछन् विश्लेषक खतिवडा । ‘सामान्यतः यस्तो अभ्यासमा अध्यक्ष मण्डल बनाइन्छ । विचारको बहस हुँदैन । मूल नेताले गरेको भाषण नै पार्टीको मार्गनिर्देशक विचार हुन्छ,’ उनी भन्छन् ।

ओलीले त अझ अगाडि बढेर आफूलाई आफैंले अध्यक्ष घोषणा गरे । नयाँ कार्यसमितिलाई टीका लगाउने काम पनि अध्यक्ष मण्डलको अध्यक्षले गर्ने हो । तर, ओली आफैं अध्यक्ष बने । सामान्यतः यस्तो अभ्यास स्टालिन नेतृत्वको महाधिवेशनमा पनि नहुने बताउँछन् विश्लेषक खतिवडा । कुनै वरिष्ठ नेतालाई अध्यक्ष मण्डलको अध्यक्ष बनाउने अभ्यास हुन्छ जहाँ अध्यक्ष मण्डलका अध्यक्षको भूमिकाका सभामुख जस्तो विधायिकी अधिकार प्रयोग गर्ने मात्रै हुन्छ ।

सहमति : लोकतन्त्र कि प्रतिगमन ?

राजनीतिक विश्लेषक डा. खगेन्द्र प्रसाई संक्रमणको एउटा चरणमा सहमति भन्ने कुरा लोकतान्त्रिक हुन नसक्ने तर्क गर्छन् । ‘सामान्यतः शासक अलि बलियो छ भने सहमतिको कुरा गर्न थाल्छ । प्रतिस्पर्धा, विचार, संवाद र छलफल ग‍र्‍यो भने त शासकको विपक्षमा मत सिर्जना हुन थाल्छ,’ डा. प्रसाई भन्छन्, ‘सहमति भनेको एउटा कालखण्डमा अधिनायकवाद र फाँसीवादको हतियार बन्न पुग्छ ।’

उनको विचारमा यो समय एमालेले अर्थपूर्ण महाधिवेशन गर्नुपर्ने बेला हो । ‘केही व्यक्तिहरूको पार्टीभित्रको सत्ता र शक्तिलाई चुनौती नआओस्, त्यसको विपक्ष वा विरुद्धमा कुनै स्वर विकसित नहोस् भन्ने आशयले सहमतिको कुरा गरिएको हो,’ उनी भन्छन्, ‘पार्टीको निर्देशन नै अधिवेशनहरूमा सहमति गर भन्ने पनि कुनै लोकतान्त्रिक विधि हुन्छ ? महाधिवेशनमा प्रतिस्पर्धा गर्ने हो, सहमति होइन । सहमति गरेर आउने मानिस पिकनिक खान र रमाइलो गर्न आउने हो । महाधिवेशनमा त विचारको प्रतिस्पर्धा गर्न, फरक दस्तावेजहरूमा बहस गर्न फरक मान्छेहरू आउँछन् ।’

लोकतन्त्रले त कमजोर मानिसलाई प्रतिस्पर्धा गर्न उत्प्रेरित गर्नुपर्ने उनको तर्क छ । ‘कतिपयले विभाजनको प्रतिकूलता देखाएर सहमतिको रटान गर्छन् । यो सुन्दा हाँसो उठ्छ । निर्वाचन विना सहमति सम्भव नै छैन ।’

महाधिवेशनका सन्देशहरु

सबै दृश्य हेर्दा ओलीले आफू अनुकूलका मानिसलाई जिताउन मिहिनेत गरेर सेलेक्सनभन्दा इलेक्सनकै विधि अपनाएको भए थप सहज हुने रहेछ भन्ने निष्कर्ष निकाल्न सकिन्छ । लोकतान्त्रिक चश्माले हेर्दा निर्वाचन आचारसंहिता जारी भइसकेपछि भोट माग्न नपाउने समयमा अरु कसैलाई भोट नदेऊ भन्दै हिंड्नु अत्यधिक गैरलोकतान्त्रिक अभ्यास हो

राजनीतिक विश्लेषक खतिवडा भन्छन्, ‘एजेन्डाको हिसाबले एमाले क्रान्तिकारी पार्टी होइन । एमालेले न ००७ सालको क्रान्ति  नेतृत्व गर्‍यो, न । ०३६ सालको जनमत संग्रहको लागि गरिएको आन्दोलनको नेतृत्व, एमाले ०४६ जनआन्दोलन र गणतन्त्रको आन्दोलनसँगै संघीयता र समावेशिताको आन्दोलनको पनि मूल नेता एमाले होइन ।’

क्रान्तिकारी एजेन्डाद्वारा स्थापित पार्टी नभए पनि लोकतान्त्रिक अभ्यास र मजबुत संगठनको बलमा एमाले टिकिरहेको उनको बुझाइ छ । ‘एजेन्डा र विचारधारात्मक अस्पष्टतासँगै यतिधेरै उतारचढावपछि पनि ओलीको पछाडि जुन भीड र क्रेज देखियो, यसले केही पंक्तिमा एकप्रकारको ओली मेनिया देखिन्छ ।’

यी यावत पृष्ठभूमिमा नारायणी किनारामा सम्पन्न एमालेको १०औं महाधिवेशनले केही घाम, केही छाया अर्थात् केही राम्रा केही नराम्रा सन्देशहरू दिएका छन्-

एक– कम्युनिष्ट समूहहरु मध्ये सबैभन्दा ठूलो समूह एमाले नै हो भन्ने पुष्टि नारायणी किनारमा उपस्थित भिडले पुष्टि गरेको छ । सम्भवतः निर्वाचनमा पनि एमाले अझै राम्रो जनमतसहित प्रभावशाली पार्टीकै रुपमा उपस्थित हुनेछ । विभाजनको शक्तिशाली असर एमालेमा नपर्ने सन्देश पनि यो महाधिवेशनको माहौलले दिएको छ । प्रचण्ड र माधव नेपालले नेतृत्व गरेका कम्युनिष्ट समूहभन्दा ओली समूह नै शक्तिशाली हुनसक्छ । संख्याको दृष्टिले नेपालको सबैभन्दा ठूलो कम्युनिष्ट समूह ओली नेतृत्वको एमाले नै हुन्छ भन्ने सन्देश यो महाधिवेशनले दिएको छ ।

दोस्रो– कम्युनिष्ट आन्दोलनमा केपी ओली व्यक्ति पूजाको बाटोमा छन् । यो महाधिवेशनले ओलीको व्यक्ति पूजा गर्ने अभ्यासलाई सैद्धान्तिक र व्यक्तिगत रुपमा पनि संस्थागत र अनुमोदन गरेको छ । व्यक्ति पूजाबारे सोभियत कम्युनिष्ट पार्टीमा उतिबेलै एउटा बहस थियो । स्टालिनवादीहरूको तर्क हुन्थ्यो- व्यक्तित्व छ र पो व्यक्तित्व पूजा पनि छ । व्यक्तित्व भएको मान्छेको व्यक्तित्व पूजा हुनु राम्रो हो । व्यक्तित्व नभएको मानिसको पो पूजा हुँदैन त ! ओली र उनका अनुयायीहरुले पनि यस्तै तर्क गर्छन् ।

जनयुद्धताका प्रचण्डलाई छाडेर नेपालको कम्युनिष्ट आन्दोलनमा यो तहको शक्तिको केन्द्रीकरण भएको थिएन । एमालेमा पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीले पनि यो तहको शक्तिको अभ्यास गरेनन् । यो अभ्यासले निश्चित समयसम्म ओलीले अन्य नेताहरूलाई थप कमजोर बनाउन सक्छन् ।

तेस्रो– असंवैधानिक संसद विघटन र संघ र प्रदेशमा सबै सरकार ढलिसकेपछि पनि ओलीको जयगानको निरन्तरता नै भयो । एमालेका नेता कार्यकर्ताले लोकतन्त्र र देशभन्दा आफ्नो पार्टी र नेतृत्व प्रमुख हो भन्ने सन्देश दिए । उनीहरु यसरी नै प्रशिक्षित रहेछन् ।

चौथो– एमालेको महाधिवेशन हेरेपछि अन्तर्राष्ट्रिय समुदायले नेपालको एउटा महत्वपूर्ण शक्ति एमाले नै हो भन्ने मान्ने गरी सोच्न बाध्य भए ।

पाँचौं– महाधिवेशनको यो प्रक्रिया र जमघटले एमाले पंक्तिलाई थप एकतावद्ध राख्न सक्छ । खासगरी शक्ति प्रदर्शनका हिसाबले स्थानीय तहमा दुःख गर्ने एमाले पंक्तिलाई पार्टी विभाजनको धेरै प्रभाव पर्दैन भन्ने सन्देश दिएर उनीहरुलाई आक्रामक भइराख्न यो महाधिवेशनले उत्प्रेरित गरेको छ । ओलीले नेपालमा कम्युनिष्ट आन्दोलनको एउटा धारालाई अर्को पाँच वर्ष पनि नेतृत्व गर्न सक्छन् ।

छैटौं– ओलीसँग उदार भएका १० बुँदेवाला केही नेतृत्वलाई ओलीले ‘चिट बाँडेरै’ भए पनि पदाधिकारीमा राम्रो स्थान दिए । यद्यपि शक्तिशाली कुनै पद भने उनीहरूले पाएका छैनन् । जसले ओलीसँग वैचारिक संघर्ष गरिरहने संकेत देखाए, उनीहरु पदाधिकारीदेखि केन्द्रीय समितिसम्म पराजित भए । यसले ओलीसँग संघर्ष गर्ने मनसाय भएका कसैको पनि एमालेभित्र भविष्य छैन भन्ने सन्देश गएको छ ।

सातौं– खासगरी नयाँ पुस्ताका ओलीको पक्षमा मुखर भएका केही नेताहरू महाधिवेशनबाट रित्तो हात उधारो आश्वासन बोकेर घर फर्कनुपरेको छ । ओलीको जयगान गाएर स्वर सुकाउँदासुकाउँदै पनि उनको आशिर्वाद पाउन नसकेको पंक्तिमा पनि एकप्रकारको निराशाको सम्प्रेषण हुनेछ । ‘आइ लभ यु ओली बा’ भनेर नारा लगाउने तेस्रो पुस्ताका नेताहरुको तीव्र महत्वाकांक्षामा धक्का लागेको छ ।

आठौं– यी सबै दृश्य हेर्दा ओलीले आफू अनुकूलका मानिसलाई जिताउन मिहिनेत गरेर सेलेक्सनभन्दा इलेक्सनकै विधि अपनाएको भए थप सहज हुने रहेछ भन्ने निष्कर्ष निकाल्न सकिन्छ । लोकतान्त्रिक चश्माले हेर्दा निर्वाचन आचारसंहिता जारी भइसकेपछि भोट माग्न नपाउने समयमा अरु कसैलाई भोट नदेऊ भन्दै हिंड्नु अत्यधिक गैरलोकतान्त्रिक अभ्यास हो । यसले एमालेको बन्दै गरेको लोकतान्त्रिक छविमा गम्भीर धक्का लाग्न सक्छ । उसका अग्रजहरुले कमाएको सामाजिक पुँजीमा क्षयीकरण हुनसक्छ । पुष्पलाल र कम्युनिष्ट अग्रजले स्थापित गरेको रणनीतिक लक्ष्यहरु र मदन भण्डारीले सुरु गरेको आन्तरिक लोकतन्त्रको विधिबाट मौलाएको एमाले पछिल्ला अभ्यासले पुनः विसर्जनतिर जान सक्छ ।

कम्युनिष्ट आन्दोलनभित्र लोकतन्त्र हराउनासाथ अधिनायकवाद नै संस्थागत भएको र अन्ततः कुख्यात विसर्जन भएका धेरै उदाहरणहरु छन् । बफादारले जित्ने र आलोचकले हार्ने अभ्यासले अन्ततः पार्टी ‘यस म्यान’हरुको झुण्डमा रुपान्तरण हुनसक्छ ।

एमालेमा शक्ति केन्द्रीकरणको सन्देश र सम्भावित नतिजा

डम्बर खतिवडा- लेखक तथा राजनीतिक विश्लेषक

शक्ति उदयको गर्भाधान लोकतान्त्रिक अभ्यास र व्यापक सामाजिक सञ्जालीकरणमार्फत् हुन्छ । बिस्तारै यो अभ्यासमा लोकतन्त्र कमजोर हुन थालेपछि केही व्यक्तिमा यतिधेरै शक्तिको केन्द्रीकरण हुन्छ कि यसबाट व्यक्तिपूजा जन्मिन्छ । गलत अभ्यास नै भए पनि संगठनात्मक बिस्तारले समाजमा गहिरोगरी जरा गाडिसकेको हुनाले यसको पतन अपेक्षाकृत छिटो हुन सक्दैन ।

स्टालिनवादको पतन स्टालिन स्वयम् कै जीवनकालमा भएको होइन । उनले त बाँचुञ्जेल शासन गरिरहे । माओले सांस्कृतिक क्रान्तिताका त्यतिधेरै विध्वंश मच्चाए । ग्याङ अफ फोरका त्यतिधेरै घटनाहरु भए । तर उनी जीवनभर पार्टीको अध्यक्षको जिम्मेवारी मै रहे । कम्बोडियामा रहेको हुन सेन नेतृत्वको कम्युनिष्ट पार्टी अफ कम्पोचिया पनि पहिला एमालेजस्तै पार्टी हो । संगठनमार्फत् यसले गहिरोगरी जरा गाडेको थियो । अहिले कम्बोडियन पिपुल्स पार्टी भन्ने नाम फेरेको छ । तर समाजमा यसरी जरा गाडेको छ कि जति अलोकप्रिय भए पनि उसले चुनाव नै हार्दैन ।

बिस्तारै भाजपा पनि यही मोडेल अझै केही समय लामै जान्छ कि भन्ने अनुमान गर्न थालिएको छ । यद्यपि भारतमा क्षेत्रीय दलहरुले केही चुनौती खडा गरिरहेका छन् । तर राष्ट्रिय स्तरमा भाजपालाई चुनौती दिन सक्ने कुनै शक्ति देखिएको छैन । यसरी कुनै पनि विचारधारा, संगठन वा नेटवर्कले समाजमा गहिरोगरी जरा गाड्यो र व्यापक फैलावट भयो भने त्यसलाई निर्मूल गर्न धेरै समय लाग्छ ।

त्यसले राष्ट्रिय र युगीन आवश्यकतालाई सम्बोधन गर्न सक्दैन । पूरा गर्न सक्दैन । यसले देश र जनतालाई कुनै सकरात्मक नतिजा पनि दिँदैन । तर पनि सिद्धान्ततः त्यसको गलत अभ्यासमा रहेको शक्तिको पतन अनिवार्य हुन्छ । एमालेले पनि एउटा समयसम्म समाज र राज्यलाई होल्ड गर्छ र इतिहासलाई धेरै दुःख दिन्छ । समाजको प्रगतिशील रुपान्तरणमा यस्तो शक्ति अवरोधकको भूमिकामा हुन्छ ।



source https://www.onlinekhabar.com/2021/12/1046578

डा. भीम रावल : आफू हारे तर लोकतन्त्रको बिउ जोगाए

१५ मंसिर, चितवन । मंगलबार सम्पन्न नेकपा एमालेको महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले एक हजार ८३७ मत ल्याउँदा अध्यक्षका अर्का प्रत्यासी डा. भीम रावलले जम्मा २२३ मत पाए । तर, यसलाई हारेर पनि जितिएको रुपमा अर्थ्याउँछन् डा.रावल पक्षका नेताहरू ।

एमाले नेता नरबहादुर विश्वकर्माका अनुसार ‘सहमतिको नाममा पार्टी कब्जा गर्ने अध्यक्ष ओलीको नीति थियो । पार्टीमा आफूबाहेक कोही छैन र आफू सर्वसम्मत नेता हुँ भनेर दुनियाँलाई देखाउने हुटहुटी थियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मै एकलौटी पार्टी र सरकार हाक्न खोजेका ओलीले एकता भंग भएर नेकपा एमाले व्युँतिएपछि एमाले पार्टी एकलौटी हिसाबले चलाइरहेका थिए । विधि विधानको प्रवाह नगरी अगाडि बढिरहेका थिए र महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष भएर एमालेमा आफू थप बलियो भएको सन्देश संसारलाई दिन चाहन्थे । तर, ओलीको यस्तो अतृप्त चाहनाको अवरोधकका रुपमा देखा परे डा.रावल ।

‘त्यसलाई पूरै रोक्नै त सकेनौं, कम्तिमा ओली आफ्नो चाहनालाई लोकतान्त्रिक अभ्यासमा ढाल्न बाध्य हुनुभयो यो डा.रावलको अथक मिहिनेतले सफल भएको हो’, विश्वकर्मा भन्छन्, ‘अब ओलीमा सर्वसम्मत अध्यक्ष भएँ भन्ने हुंकार रहेन । ताली बजाएर नेता घोषित गर्न खोजेकाहरु पनि रोकिएनन् तर, चुनावी प्रक्रियाबाट चोखिनु त पर्यो । यो पार्टी जीवनमा ठूलो अर्थ राख्ने विषय हो । त्यसकारण डा. रावलले हारेर नि जित्नुभो ।’

महाधिवेशनको परिणाम कस्तो आउँछ भन्ने प्रतिनिधि छनोटकै क्रममा देखा पर्ने एमालेको विधि छ । प्रतिनिधि छनोटपछि नै ओलीलाई अध्यक्षमा कसैले टक्कर दिन नसक्ने प्रष्टै थियो । ओलीको चाहना पनि सर्वसम्मत अध्यक्ष हुने र आफु अनुकुल नेताहरुलाई पार्टीका बिभिन्न तहको जिम्मेवारी दिने तयारी थियो । र यसका लागि चुनावमा जाँदै नजाने ओलीको रणनीति थियो । विश्वकर्मा थप्छन्, ‘हामीलाई चुनाव जित्ने हुटहुटी थिएन थियो केवल पार्टीमा विधि र लोकतान्त्रिक अभ्यासलाई कायम राख्ने । अथक मेहनतले हामी मिसनमा सफल भएका छौं ।’

विक आफैँ दलित खुलातर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार थिए । तर, उनको नाम आइतबार मध्यराति बन्दसत्रमा अध्यक्ष ओलीले पेस गरेको ३०१ केन्दीय सदस्यको लिस्टमा थिएन । ‘३०१ मा मेरो नाम पर्ने कुरै भएन किनभने म ओली प्रवृतिको आलोचक हुँ’, विक भन्छन्, ‘उम्मेदवारी दर्ता गरेपछि हाम्रो अनुसार चल्ने कि नचल्ने ? भनेर सोधिएको थियो । विधिमा चल्छु भनेपछि मेरो नाम भोट नहाल्नेको लिस्टमा राखेर, मेरो नाममा इन्टु लगाएर प्रतिनिधिहरुलाई वितरण गरियो ।’

मंगलबार बिहान साढे चार बजेदेखि अध्यक्ष, उपाध्यक्ष, सचिव, खुला केन्द्रीय सदस्य, प्रदेश १ को तर्फबाट खुला र महिला सदस्य, सुदूरपश्चिमबाट महिला सदस्य, थारु खुला सदस्य र पिछडिएको क्षेत्रको तर्फबाट खुला सदस्य पदका लागि मतदान सुरु भएको थियो । मतदान सुरु भएसंगै ओली पक्षका कार्यकर्ताले अध्यक्षका प्रत्यासी भीम रावललगायत केपी ओलीले सार्वजनिक गरेका नामबाहेक उम्मेदवारी दिनेलाई भोट नहाल्न भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडेका थिए ।

प्रतिनिधिहरूलाई ‘भोट नहाल्ने नामावली’ लेखिएको पर्चा बाँडिएको थियो । जसमा अध्यक्षका उम्मेदवार भीम रावलको नाम सबैभन्दा माथि थियो । यस्तो कार्यको स्वयं रावलले खण्डन गरे । तर, पर्चा बाँड्ने काम अन्तिमसम्म रोकिएन ।

रिजल्ट पर्चामा लेखिएभन्दा फरक आएन । उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसाल, खुला सचिवका उम्मेदवार टंकप्रसाद कार्की र भीमप्रसाद आचार्यलाई भोट नहाल्न भन्दै पर्चा बाँडिएको थियो । यसैगरी प्रदेश १ खुला सदस्यमा भाष्कर काफ्ले, प्रदेश १ महिला सदस्यमा नीरा खनाल, सुदूरपश्चिम प्रदेश महिला सदस्यमा पशुपति कुँवर र मञ्जु मलासी, दलित खुला सदस्यमा नरबहादुर विक र थारु खुला सदस्यमा जयप्रकाश थारु तथा पिछडिएको क्षेत्रबाट सदस्यका उम्मेदवार भरत साउदलाई पनि भोट नहाल्न भनिएको थियो । उनीहरु कसैले पनि चुनाव जितेनन् ।

स्मरणणीय छ शनिवार भोट माग्दै पर्चा बाँड्ने रावल पक्षका कार्यकर्तालाई ओली पक्षका कार्यकर्ताले बन्दसत्र हलको परिसरबाट धकेलेर सय मिटर पर रोड छेउ पुर्याएका थिए । तर, मंगलबार ओली पक्षले नै पर्चा बाँड्यो । यसको बचाउ स्वयं नवनिर्वाचित महासचिव शंकर पोखरेलले गरे । ‘त्यो -ओलीले बन्दसत्रमा पेस गरेको सूची) पार्टीको औपचारिक प्रस्ताव हो । अध्यक्ष मण्डलको प्रस्ताव यो हो भन्ने कुरा त घोषित नै थियो । त्यसकारण पर्चा बाँड्ने कुनै अनौठो कुरा होइन’ महासचिव पोखरेलले भने ।

ओलीमय भएको एमालेको दशौं महाधिवेशनको माहोलमा डा.रावलको अडानमा साथ दिनेमा थप केही नेताहरु पनि थिए । जस्तै घनश्याम भुसाल, टंक कार्की लगायत । भुसाल बैचारिक नेता हुन् भने कार्की पुराना वामपन्थी नेता । कतिपयले ओलीमय महाधिवेशनमा पनि प्रतिनिधिहरु सचेत छन्, यी दुई नेतालाई जिताउँछन् कि भन्ने अनुमान गरेका थिए । तर, डा.रावललाई साथ दिएर चुनावमा जाने वातावरण बनाउन लागीपरेका यी दुवै बैचारिक नेता र पुराना वामपन्थी नेता दुवैलाई चुनावमा हराइदिए ।

चुनावी परिणामपछि डा.रावलले असहज वातावरणमा चुनाव लडेको स्मरण गरे । पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘मैले जुन वातावरणमा यो मत प्राप्त गरें, यसलाई महत्वपूर्ण ठानेको छु ।’

उपाध्यक्षमा बस्न आदेश !

डा.रावल अध्यक्षका प्रत्यासी थिए । तर, ओलीले डा.रावललाई सहमतिमा ल्याउने भन्दा उपाध्यक्षमा रहन निर्देशनात्मक शैली अपनाए । ओलीविरुद्ध जाँदा चुनाव जितिंदैन भनेर त्रास देखाए । अझ ओलीले एमाले फुट्दा साथ दिएका रावललाई महाधिवेशनमा स्थान दिएर सँगै लिएर जाने भन्दा पेलेर जाने रणनीति शुरुदेखि अपनाए । सोही अनुसार प्रतिनिधि छनोटमा एकलौटी गरे । डा.रावललाई उपाध्यक्षमा राखेर आफू सर्वसम्मत अध्यक्ष बन्न खोजे । यो कुरा स्वयं ओलीले प्रतिनिधिहरुलाई सुनाएका छन् । ‘भीम रावललाई कसैगरी कसैले सम्झाउन सकिएन । मैले बाध्य भएर पार्टी अध्यक्षको हैसियतले उपाध्यक्षमा उम्मेदवारी हाल्न आदेश दिन्छु पनि भनें । तर, मान्नुभएन’ आइतबार बिहान पौने चार बजेको समयमा बन्दसत्रमा पदाधिकारीको नाम पेस गर्नुअघि अध्यक्ष ओलीले भनेका थिए ।

ओलीले यसो भन्दै गर्दा बन्द सत्रमा होहल्ला भयो र सर्वसहमति हुनुपर्छ भन्ने आवाज ठूलो स्वरमा गुञ्जियो । त्यसपछि अध्यक्ष ओलीले थपे, ‘…र अझै पनि सिंगै हलको, सबै प्रतिनिधिको अभिमतभन्दा अन्त नजान आग्रह गर्छौं ।’ फेरि हलमा उसैगरी होहल्ला मच्चियो । लगत्तै अध्यक्ष ओलीले रावललाई बोल्न समय दिए । डा.रावल नम्र भएर प्रस्तुत हुन्छन् । आफूले पार्टीलाई अन्तरहृदयमा राखेर अगाडि बढेको, आफूले कहिल्यै पनि पार्टी विभाजन नरोजेको प्रष्टीकरण दिन्छन् । माधव नेपालले नयाँ पार्टी गठन गर्दा साथ नदिएको भन्न उनी ‘विभाजनको चरणमा आफूले एमाले जोगाउन काँध थापेको’ दलिल गर्छन् र आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर धेरै अगाडि बढिसकेको भन्दै फर्किन नसक्ने बताउँछन् । ‘अध्यक्षमा मेरो उम्मेदवारी रहन्छ । मैले उम्मेदवारी घोषणा गरेर धेरै अगाडि बढिसकेँ अब म फर्किन सक्दिन’ रावलले भने ।

लगत्तै हलमा रावलविरुद्ध हुटिङ हुन्छ । ‘फर्किन नसक्ने गरी कहाँ पुग्नु भयो ?’ भनी प्रतिनिधिहरु चिच्याउँछन् । अध्यक्ष ओली प्रतिनिधिहरुलाई शान्त रहन आग्रह गर्छन् र भन्छन्, ‘अभिमत यहाँ पनि देखिन्छ । यसकारण पनि नउठ्नु राम्रो हुन्थ्यो । पार्टी जीवनका लागि एकता चाहिन्छ । नउठ्दा एकता प्रदर्शन हुन्थ्यो । तर, कमरेड रावलले हामी सबैको आग्रह र हलले भन्दा पनि उठ्छु भन्नुहुन्छ भने उठ्न दिनुपर्छ ।’

आइतबार बिहान करिब ४ बजे यस्तै दृष्यकाबीच ओलीले १९ जना पदाधिकारीको नाम बन्दसत्रमा पेस गरे । जसमा भीम रावल र घनश्याम भुसालको नाम थिएन । जसलाई हलले गडगडाहट तालीले समर्थन जनायो । त्यसपछि ओलीले निर्देश गरे, ‘यहाँ नाम पेस भएकाहरुले मात्रै उम्मेदवारी दिनुहोला ।’

‘बन्दसत्रमा नाम सुनाएर तिमीहरु मात्रै उम्मेदवार बन भन्नु जस्तो गैरराजनीतिक, गैरलोकतान्त्रिक कार्य के हुन्छ ?’ एमालेका एक नेता भन्छन्, ‘सोचेजस्तो भएन तर, केही न केही रुपमा प्रतिनिधिहरुले चुन्ने र चुनिने अधिकार पाए । यो डा.रावलको पनि जीत हो ।’

‘चितवनमा महाधिवेशनअवधिभर ओलीले रावलसँग एक्लाएक्लै भेटेर कसरी जाने ? भनेर कुरा नगरेको नेताहरु बताउँछन् । अध्यक्षमण्डलमा भेट भयो । र ओलीले आफू निकटका व्यक्तिमार्फत हार्ने चुनावका लागि ढिपी नगर्न, उपाध्यक्षमा रहन डा.रावललाई पटक-पटक सन्देश पठाए । ‘यो तरिका आफैंमा हेपाहा प्रवृतिको निकृष्ट रुप थियो’ रावल पक्षका एक नेताले भने ।

जति गर्दा पनि रावललाई रोक्न नसकेपछि अन्तिम अस्त्रका रुपमा ओलीले बन्दसत्र हलबाट रावललाई ‘पार्टीको म्यान्डेड’ भन्दै उपाध्यक्षमा रोक्न खोजेका थिए । तर, अडानमा कायमै रहेर रावलले अध्यक्षमा उम्मेदवारी दिए ।

रावललाई रोक्ने प्रयासका अनेक उपाय अपनाइए । सडकमा र बन्दसत्र हल परिसरमा ‘सर्वसम्मत हुनैपर्छ’, ‘केपी ओली जिन्दावाद’का नारा लागे । ‘भीम रावल गद्धार हुन्’ र ‘वी लभ यू केपी बा’का नारा पनि बन्दसत्र परिसरमा लाग्यो । भीम रावललाई सहमतिको बाधक भनेर प्रचार गरियो । उनकै कारण महाधिवेशन लम्बिएको र खर्च बढेको टिप्पणीहरु पनि गरिए । तर, निर्वाच्ान कार्यतालिका सार्वजनिक गर्ने र सार्ने काम ओलीकै निर्देशनमा केन्द्रीय निर्वाचन आयोगका प्रमुख बिजय सुब्बाले गरिनै रहे ।

१० गते नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन गरेर ११ गते बिहान ८ बजेदेखि बन्दसत्र, मनोनयन दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता र निर्वाचन प्रक्रिया अगाडि बढाउने तय भएको थियो । तर, सहमतिका नाममा १४ गते बिहान साढे ४ बजेपछि मात्रै मतदान सुरु भयो । यो बीचमा हरेक दिन बन्दसत्र परिसरमा सर्वसहमतिको नारा लाग्यो । भीम रावलको आलोचना भयो । तर, रावल डगमगाएनन् । चुनाव गराउनै नचाहने प्रवृत्ति पराजित भयो, चुनाव गराएरै छाड्ने रावलको योजना सफल भयो तर, रावल स्वयं चुनावमा भने पराजित भए ।

केन्द्रीय सदस्य पद अस्वीकार

पार्टी नेतृत्व चयनको विधिका लागि निकै मिहिनेत गरेका रावलले पदाधिकारीमा पराजित भए पनि विजयी भएको केन्द्रीय सदस्य पद अस्वीकार गरे । उनको आफ्नै तर्क छ- पदाधिकारीमा मात्रै उम्मेदवारी दिएको हुँ, जहाँ म हारें त्यो भन्दा अर्को पदमा जित्ने भन्ने हुँदैन ।

तर, केन्द्रीय निर्वाचन आयोग प्रमुख सुब्बा भन्छन्, ‘पदाधिकारीमा उठ्ने स्वतः केन्द्रीय सदस्यको पनि उम्मेदवार भएको ठान्ने पार्टी विधान छ । त्यसअनुसार डा.रावल अध्यक्षमा पराजित भए, केन्द्रीय सदस्यमा विजयी भए ।

तर, रावलले केन्द्रीय सदस्य पद अस्वीकार गरे । आफूले शपथ लिएपछि अध्यक्ष ओलीले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथका लागि उभिन आग्रह गरे । अरु सबै उभिए तर, रावल उठेनन् ।

रावलको हकमा यस्तै दृष्य आठौं महाधिवेशनमा पनि देखिएको थियो । रावल उपाध्यक्षमा उठेका थिए पराजित भए तर केन्द्रीय सदस्य निर्वाचित भएका थिए । तर, अरु सँगै सपथ नलिएर केन्द्रीय सदस्य पद अस्वीकार गरेका उनले पछि त्यही केन्द्रीय सदस्य पद स्वीकार गरेका थिए । नवौं महाधिवेशनमा भने रावल सबैभन्दा बढी मत ल्याएर उपाध्यक्षमा निर्वाचित भए ।

दशौं महाधिवेशनमा आइपुग्दा अध्यक्षमा पराजित भएका रावलले विजयी भएको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् । कतिपयले आठौंमा जस्तै रावलले पछि केन्द्रीय सदस्य पद स्वीकार गर्न सक्ने बताएका छन् ।



source https://www.onlinekhabar.com/2021/12/1046581

सर्वोच्चमा गोला प्रक्रिया : ‘समस्या समाधानको अस्थायी उपाय’

१५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतमा बुधबारदेखि गोला प्रक्रियाबाट न्यायाधीशहरुको मुद्दाको पेसी तोकिने भएको छ । प्रधानन्यायाधीशले आफ्नो तजबिजबाट मुद्दाको पेसी तोक्ने गरिएकोमा सर्वोच्चको इतिहासमा पहिलोपटक गोला प्रक्रियाबाट मुद्दाको पेसी तोकिने भएको हो ।

संविधान र कानूनका जानकार डा. भिमार्जुन आचार्य गोला प्रक्रिया न्यायालयमा देखिएका समस्या समाधानको तत्कालको उपाय मात्र भएको बताउँछन् । स्थायी समाधानका लागि नियुक्ति तथा संविधान र कानून संशोधन नै गर्नुपर्ने उनको जोड छ ।

डा. आचार्यले अनलाइनखबरसँग भने, ‘तत्कालको लागि चाहिं आजबाट प्रारम्भ गरिएको गोला प्रक्रिया सुखद छ । यसलाई अगाडि बढाउनुपर्छ । यसको परिणामहरु, यसको प्रभावहरु हेरेर आगामी दिनमा स्थायी समाधानको बाटोमा हामीले अवलम्बन गर्नुपर्छ ।’

उनले अगाडि भने, ‘पहिलो कुरा त स्थायी समाधान भनेको नियुक्तिमै हामीले ख्याल गर्ने हो । नियुक्तिमै दक्ष, असल मान्छे पठायौं भने त्यसखालका समस्याहरु कम आउँछ । दोस्रो स्थायी समाधान भनेको केही कानुन र संविधानमा पनि हेरफेर गर्नुपर्ने समय आएको छ । जस्तो न्यायपरिषदको संरचना, संवैधानिक परिषदको संरचना पनि संशोधनको माध्यमबाट हामीले हेरफेर गर्नुपर्छ ।’

डा. आचार्यको भनाइ जस्ताको त्यस्तै –

यो एकदमै नयाँ भन्दा पनि अहिलेको तत्कालको आवश्यकता हो यो । यसले नै न्यायालयका सबै समस्याको समाधान गर्ने भन्ने नहुन सक्छ । विगतलाई हेर्दा पनि नेपालमा तहमा कहिले गोला प्रथा, कहिले के, सबैखालको प्रयोग हुँदै आएको हो ।

तर मुख्य प्रश्न के रहेछ भने न्यायकर्ता व्यक्तिमै कुरा निर्भर गर्दोरहेछ । न्यायिक नेतृत्व इमान्दार सक्षम, कानुन र संविधानप्रति वफादार, जवाफदेही, प्रतिबद्ध भयो भने त उसले मुद्दाका, हामी त्यसलाई मेरिट भन्छौं, त्यो विषयवस्तु हेरेर कुन न्यायाधीशलाई तोक्ने आफैंमा बेठिक थिएन । त्यो सही कुरा थियो । तर पछिल्लो समयमा एकपछि अर्को प्रधानन्यायाधीशले त्यो अधिकारलाई दुरुपयोग गरे । भ्रष्टाचारको एउटा मुख्य स्रोत त्यसलाई बनाए । न्यायालयमा न्यायाधीशले घुस खान्छ भन्ने कुरा सामान्य समझ भएको मान्छेले परिकल्पना पनि गर्नु नपर्ने कुरा हो । हामीले शास्त्रमा पढ्दाखेरि त्यो शव्द पनि सुनेनौं । तर दुर्भाग्य न्यायाधीशको नेतृत्वले, न्यायाधीशले घुस खान्छन् भन्ने कुरा तथ्यले प्रमाणित गर्यो ।

यो पृष्ठभूमिमा गोला प्रक्रिया लागू गरेका कारणले मलाई लाग्छ यो आवश्यकता थियो । तर यसमा पनि नियत खराब भयो भने, बदनियत राखेर गोलामै तलमाथि गरियो भने के लाग्छ र ।

त्यसैले पहिलो कुरा त स्थायी समाधान भनेको नियुक्तिमै हामीले ख्याल गर्ने हो । नियुक्तिमै दक्ष, असल मान्छे पठायौं भने त्यसखालका समस्याहरु कम आउँछ । दोस्रो स्थायी समाधान भनेको केही कानुन र संविधानमा पनि हेरफेर गर्नुपर्ने समय आएको छ । जस्तो न्यायपरिषदको संरचना, संवैधानिक परिषदको संरचना पनि संशोधनको माध्यमबाट हामीले हेरफेर गर्नुपर्छ ।

तर तत्कालको लागि चाहिं आजबाट प्रारम्भ गरिएको गोला प्रक्रिया सुखद छ । यसलाई अगाडि बढाउनुपर्छ । यसको परिणामहरु, यसको प्रभावहरु हेरेर आगामी दिनमा स्थायी समाधानको बाटोमा हामीले अवलम्बन गर्नुपर्छ ।



source https://www.onlinekhabar.com/2021/12/1046574

बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

१५ कात्तिक, गलकोट (बागलुङ) । बागलुङको काठेखोला गाउँपालिका-१ पालामा जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन घाइते भएका छन् ।

मध्यपहाडी लोकमार्गको बागलुङ-अक्षते सडकखण्डको पाला खहरेमा आज बा१८च ५६७७ नंको जीप दुर्घटना हुँदा बागलुङ नगरपालिका-७ सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार दुर्घटनामा बागलुङ नगरपालिका-१ रामरेखाका ४६ वर्षीय टकबहादुर बोहोरा, ४४ वर्षीय दिनेश गिरी र २५ वर्षीय अजय शिवाकोटी घाइते भएका छन् ।

घाइतेको धवलागिरि अस्पतालमा उपचार भइरहेको छ । जीपमा सात जना सवार थिए । चालक र अन्य एक यात्रु फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/12/1046573

कांग्रेसको रसुवा सभापतिमा संस्थापन समूहका पेम्बाछिरिङ सर्वसम्मत

१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रसुवा जिल्ला सभापतिमा पेम्बाछिरिङ तामाङ सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न जिल्ला अधिवेशनबाट तामाङ सभापति पदमा पुनः दोहोरिएका हुन् ।

१३औं महाधिवेशनमा तामाङ जिल्ला सभापतिमा निर्वाचित भएका थिए । उनी संस्थापन समूह निकट हुन् ।

१४औं महाधिवेशनअन्तर्गत भएको जिल्ला अधिवेशनबाट सभापतिसहित कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार उपसभापतिमा ओमप्रसाद आचार्य र फुर्वावाङ्दी तामाङ चयन भएका छन् भने सचिवमा उत्तम थापा र लक्ष्मण देवकोटा सर्वसम्मत भएका हुन । त्यस्तै दुई सहसचिव पदमा पासाङ तितुङ र लक्षिन छिरिङ तितुङ चयन भएका छन् ।

निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधि पनि सर्वसम्मत चयन भएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सांसद मोहन आचार्य, लामाकार्पू तामाङ, प्रेम तामाङ, प्रभात तामाङ, सुनौदी तामाङ, मंगले तामाङ, उपेन्द्र लम्साल, केदार प्रसाद देवकोटा (कुमार), राजु तितुङ, हरिकृष्ण देवकोटा, दावा मेन्दो तामाङ चयन भएका छन् ।

त्यस्तै चन्द्रकुमारी पनेरु, सार्कीबुट्टी तामाङ, सुनितामाया गुरुङ, डुदार्के तामाङ, छिरिङ फिन्जो लोप्चन, शुक्रबहादुर थिङ तामाङ, पर्सादो तामाङ, निर्मला श्रेष्ठ, कारी तामाङनी, लालुमाया घले, सीता तामाङ, शशी अधिकारी, सरला देवकोटा, नुर्बूसाङ्बो घले र अनिल भुषाल महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै प्रदेश सभाअन्तर्गत दुई वटै प्रदेश सभा निर्वाचन क्षेत्रबाट पनि सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएको निर्वाचन समितिले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/12/1046570

कांग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा शेर्पा विजयी

१५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई पराजित गरेका हुन् ।

मंगलबार भएको दोस्रो चरणको निर्वाचनबाट संस्थापन पक्षका उम्मेदवार शेर्पा सभापतिमा विजयी भएका हुन् । जिल्ला निर्वाचन समितिका अनुसार निर्वाचनमा ८९७ मत खसेकोमा सभापतिमा निर्वाचित शेर्पाले ५१३ मत पाए भने बस्नेतले ३७१ मत पाएका हुन् ।

शेर्पा संस्थापन समूह निकट हुन् भने बस्नेतलाई केन्द्रीय सदस्य बलबहादुर केसीको समर्थन थियो ।

पहिलो चरणमा सभापतिका तीन उम्मेदवार रहेकोमा कसैको पनि बहुमत नआएपछि मंगलबार दोस्रो चरणको मतदान भएको थियो । पहिलो चरणमा बस्नेतले ४२८ मत पाएका थिए भने शेर्पाले ४१८ मत प्राप्त गरेका थिए ।

सभापतिबाहेक बाँकी कार्यसमिति भने पहिलो चरणकै निर्वाचनबाट टुंगो लागेको थियो । उपसभापतिमा घनराज सुनुवार र फुर्दाेजी शेर्पा विजयी भएका छन् भने सचिवमा भलाकाजी राई कुलुङ र युवराज घिमिरे निर्वाचित भए । सहसचिवमा उत्रमान राई र ङमिाछिरी लामा विजयी भएको निर्वाचन समितिले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/12/1046564

नेप्सेको निलम्बन सूचीमा ३४ कम्पनी, सर्वसाधारणको रकम बन्धक

१५ मंसिर, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाले गत वर्ष २०७७ असोज ६ गते मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । समाज लघुवित्तले सर्वसाधारणको लागि आईपीओ जारी गरेर सूचीकृत भएसँगै एकदिन पनि कारोबार हुन नपाइ यस संस्थाले स्वस्तिसँग मर्जर सम्झौता गरेको थियो ।

अर्थात यहाँ सर्वसाधारणको समेत लगानी थियो । सूचीकृत हुने वित्तिकै मर्जर सम्झौता भएकाले नेपाल स्टक एक्सचेञ्जले समाजको शेयर कारोबार बन्द गरिदियो । स्वस्तिकले भने सर्वसाधारणका लागि शेयर जारी गरेको थिएन । समय वित्दै जादा यी दुई कम्पनीहरूबीच मनमुटाव भयो अनि मर्जर भाडियो ।

लामो समय मर्जर सफल हुन नसक्दा यस कम्पनीमा लगानीकर्ताहरुको पुँजी भने बन्धक भएर बस्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार अहिले पनि समाज लघुवित्तको शेयर कारोबार बन्द नै रहेको छ । मर्जर सम्पन्न भएपछिमात्रै कारोबार खुला हुने हुँदा ८० हजार ७ सय सर्वसाधारण सेयरधनीहरुको पुँजी बन्धक भएको छ ।

मर्जर सम्झौता भएपछि शेयर मूल्यमा चलखेल हुनसक्ने सम्भावना हुन्छ । यसकारण पनि मर्जर सम्झौता भए लगत्तै नेप्सेलाई कम्पनीले जानकारी गराउनु पर्ने र सूचीकृत शेयरको सबै कारोबार रोक्का हुने व्यवस्था छ । कम्पनीका सञ्चालकहरूको आन्तरिक कलहले गर्दा समाज र स्वस्तिकको मर्जर हुन सकेन जसको मारमा भने सर्वसाधारण लगानीकर्ता परे ।

तर यसरी सर्वसाधारणको रकम बन्धक बनाउने कम्पनी यो मात्रै भने होइन । समाजभन्दा धेरै ठूला कम्पनीहरूको कारोबार नेप्सेमा रोक्का छ, जसको कारण सर्वसाधारणहरुले खर्बौ रकम बन्धक भएर बसेको छ । दुई ठूला वाणिज्य बैंकका लगानीकर्ताहरु पनि यसरी नै फसकेका छन् । सार्वजनिक बिदा बाहेक आइतबारदेखि बिहीबारसम्म हरेक दिन शेयर बजार खुला हुन्छ ।

आफूसँग भएको शेयर बिक्री गरेर लगानीकर्ताले गर्जो टार्न सक्छन् । तर यसरी लामो समय कारोबार रोक्का हुँदा सर्वसाधराणहरू मारमा परेका छन् । त्यसको पछिल्लो उदाहरण बनेका छन्, नेपाल इन्भेष्टमेन्ट बैंक र शिमालयन बैंक । हिमालयन बैंकको बजार पुँजीकरण ५१ अर्ब ७१ करोड रुपैयाँ रहेको छ भने नेपाल इन्भेष्टमेन्टको ६६ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । अर्थात यी दुई बैंकको मर्जरको काम अलपत्र पर्दा मात्रै एक खर्ब १७ अर्ब रुपैयाँभन्दा ठूलो पुँजी शेयर बजारमा बन्धक भएर बसेको छ ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीका अनुसार नेप्सेमा ३४ कम्पनीहरूको शेयर कारोबार रोक्का रहेको छ । ३४ कम्पनीहरुमा दुई वाणिज्य बैंक, एउटा विकास बैंक, एउटा होटल, १३ उत्पादनमूलक कम्पनी, सात माइक्रोफाइनान्स कम्पनी, पाँच फाइनान्स कम्पनी, सात माइक्रोफाइनान्स कम्पनी, दुई हाइड्रोपावर, दुई व्यापार कम्पनी र एउटा अन्य कम्पनी रहेका छन् ।

शेयर कारोबार रोक्का हुनुको कारण भनेको प्रमुख दुई वटा मात्रै छन्, एउटा-मर्जर सम्झौता, दोस्रो-सूचीकरण शुल्क नबुझाउनु । कहिले काहीँ सूचीकरण नियमावली अनुसार काम नगर्ने कम्पनीहरुलाई स्पष्टिकरण सोधेर पनि नेप्सेले कारोबार रोक्का गर्ने गरेको छ । तर यस्तो रोक्का भने लामो समयका लागि हुँदैन ।

नेप्सेमा सूचीकृत कम्पनीहरुले सूचीकृरण नियमावली अनुसार वार्षिकरुपमा सूचीकरण शुल्क बुझाउनु पर्छ । ५० करोड रुपैयाँसम्म पुँजी भएकाहरूले ५० हजार र त्योभन्दा माथि भुक्ता पुँजी भएका कम्पनीहरूले वार्षिक एक लाख रुपैयाँ तिर्नु पर्ने व्यवस्था रहेको प्रवक्ता पराजुली बताउछन् । यो शुल्क ततिरेका कारण याक एण्ड यति, फिल्म डेभलपमेन्ट कम्पनीलगायतका शेयर कारोबार रोक्का राखिएका छन् ।

नेपाल फिल्म डेभलपमेन्ट कम्पनी भने टाट पल्टेको कम्पनी हो । टाट पल्टेर लगानी सबै डुबेपछि नेप्सेले कारोबार रोक्का राखिदिएको लामो समय भइसकेको छ । अर्को याक एण्ड यति होटलले पनि सूचीकरण शुल्क बुझाएको छैन । खासमा यो होटलले सूचीकरणबाट हट्न (डिलिस्टिङ हुन) खोजेको छ । अन्य केही कम्पनीहरुले यस्तो चाहेको प्रवक्ता पराजुली बताउँछन् । डिलिस्टिङ गर्दा अरु समस्या हुन सक्ने भएकाले कारोबार रोक्का राखिएको उनले बताए ।

यस अघि नेप्सेले विराटनगर जुट मिलको डिलिस्टिङ गरेको थियो । त्यसपछि कम्पनीले सम्पत्ति बिक्री मनपरी ढंगले गर्यो । अन्य कारोबारहरू पनि गर्‍यो । ‘डिलिस्टिङ’ गर्दा आफूखुसी काम कारबाही गर्ने मौका पाउँछन्, तर कारोबार नै रोक्का राखिदियो भने त्यो हुँदैन’ प्रवक्ता पराजुली भन्छन् ।

पुँजी चलायमान हुन दिनुपर्छ

नेप्सेमा सूचीकृत कम्पनीहरूले मर्जरका लागि ढिलाइ गर्दा लगानीकर्ताहरूले आफ्नो पुँजी परिचालन गर्न पाउँदैनन् । यसले व्यक्तिको पुँजी परिचालन क्षमता कमजोर हुनेमात्रै होइन बजारलाई समेत नकारात्मक असर गर्ने लगानीकर्ताहरू बताउँछन् ।

सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन प्रतिवेदन (डिडिए रिपोर्ट) तयार भएर मर्जरमा गएका संस्थाहरूको कारोबार रोक्का गर्नु नै गलत भएको नेपाल इन्भेष्टर्स फोरमका महासचिव दुर्गात तिवारी बताउँछिन् ।

मर्जरका कारण आफ्नै सम्पत्ति समेत रोक्का भएको अनुभव सुनाउँदै महासचि तिवारी भन्छिन्, ‘तीन वटा माइक्रोफाइनान्समा मेरै पनि बन्धक भएको छ, शेयर किनबेच गर्न पाउने भए त्यो रकमले म केही न केही गरिसक्थे ।’ यसरी सर्वसाधारणको पुँजी बन्धक हुन नदिनका लागि मर्जर पक्का भएपछि केही समयका लागि मात्रै कारोबार रोक्का हुनुपर्ने उनको भनाइ छ । यो विषयमा धेरै पहिलेदेखि आफूले आवाज उठाइरहेको भएपनि माग पुूरा नभएको उनले बताइन् ।

उनका अनुसार पहिले पहिले यसरी कारोबार रोक्का गरिएको शेयर धितोमा ऋण समेत पाइँदैन थियो । त्यो भने अहिले सुधार भएर ऋण भने उपलब्ध हुने नीति छ । ‘ऋण उपब्लध हुने नीति त छ तर बैंकले तरलता समस्याका कारण ऋण दिन सक्दैनन्, पुँजी बन्धक भएर बसेको छ’ उनले भनिन् ।



source https://www.onlinekhabar.com/2021/12/1046557

सर्वोच्च अदालतमा आजदेखि गोला प्रक्रियाबाट पेसी व्यवस्थापन

१५ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले बुधबार (आज)देखि गोला प्रक्रियाबाट पेशी व्यवस्थापन शुरु गर्ने भएको छ । विहान १० बजे सबै न्यायाधीशहरु भेला भई गोटी तानेर इजलास गठन गर्ने र त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइको सुरुवात गर्नेछन् ।

सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले बुधबारदेखि गोला प्रक्रियाबाट पेसी व्यवस्थापन हुने बताए । ‘संशोधित नियमावली र नयाँ निर्देशिका अनुसार नै इजलास व्यवस्थापन हुने हो,’ ढकालले भने, ‘निर्देशिकामा भएको व्यवस्था अनुसार इजलास चयन हुन्छ । त्यसपछि मुद्दा तोकिन्छ ।’

बुधबारदेखि शुरु हुने नयाँ पेसी व्यवस्थापन प्रक्रियासँगै इजलासमा न्यायाधीश छान्ने र इजलासमा मुद्दा तोक्ने प्रधानन्यायाधीशको तजविजी अधिकार कटौती हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा स्वेच्छाचारी भएको, सेटिङका आधारमा इजलास गठन र मुद्दा व्यवस्थापन गरेको आरोपमा बारले गोला प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न माग गरेको थियो ।

गत साउनमा न्यायाधीश हरिकृष्ण कार्कीले पेश गरेको प्रतिवेदनमा पनि अल्पकालीन रुपमा गोलाप्रक्रिया र दीर्घकालीन रुपमा स्वचालित पेशी प्रक्रिया अपनाउनुपर्ने सुझाव दिइएको थियो ।

प्रतिवेदनमा भनिएको थियो, ‘अदालतहरूमा पेसी तोक्ने सम्बन्धमा भइरहेको कानूनी व्यवस्थामा संशोधन गरी स्वचालित पेसी सूची प्रणाली लागू गर्नुपर्ने र स्वचालित पेसी सूची प्रणाली लागू नहुँदासम्म अदालतहरूमा गोलाप्रथा’द्वारा पेसी व्यवस्थापन गर्ने ।’

सर्वोच्च अदालतको पूर्ण बैठकले प्रतिवेदन स्विकृत गरेको थियो । त्यसक्रममा प्रधानन्यायाधीश जबराले गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए । अनि २०७८ साउन २४ गते सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रक्रियाबाट पेशी व्यवस्थापन गर्ने निर्णय समेत गरेको थियो । त्यसैको कानूनी व्यवस्था र निर्देशिका बनाउन न्यायाधीश मीरा खड्काको संयोजकत्वमा समिति बनेको थियो ।

 



source https://www.onlinekhabar.com/2021/12/1046558

रोकिन सक्छ भटमास, सूर्यमुखी र पाम तेलको निर्यात

१५ मंसिर, काठमाडौं । भारत सरकारले भन्सार महसुल घटाएपछि घट्ने आकलन गरिएको भटमास, सूर्यमुखी र पाम तेलको निर्यात कात्तिक महिनामा पनि वृद्धि देखिएको छ । साउनदेखि कात्तिक मशान्तसम्म ४७ अर्ब ४६ करोड रुपैयाँको भटमास, सूर्यमुखी र पाम तेल भारत निर्यात भएकामा कात्तिकमा मात्र १० अर्ब ९ करोड ८३ लाखको निर्यात भएको छ ।

गत असोज २५ गते भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले भटमास, सूर्यमुखी र पाम तेल आयातमा भारतीय व्यवसायीलाई लगाएको प्रतिबन्ध फुकवा गर्नुका साथै त्यसमा लाग्ने भन्सार महसुल पनि घटाएको थियो । पहिले प्रति मेट्रिक टन ४९.५ प्रतिशत तोकिएको भन्सार महसुल भारतले ४१.२५ प्रतिशतमा झारेको थियो ।

भारत सरकारले कर घटाएपछि भारतीय व्यवसायी आफ‌ैंले वनस्पति तेल आयात गर्दा सस्तो पर्ने भन्दै नेपाली व्यवसायीले नेपालबाट हुने निर्यात घट्ने चिन्ता व्यक्त गरेका थिए । तर भारतले कर घटाएको एक महिनाको अवधिमा भटमास, सूर्यमुखी र पाम आयल तीनै प्रकारका वस्तुको निर्यातमा वृद्धि देखिएको भन्सार विभागको तथ्यांक छ ।

साउनदेखि कात्तिकसम्म नेपालबाट २६ अर्ब ४० करोड ११ लाख एक हजार रुपैयाँ बराबरको ११ करोड ७१ लाख ८३ हजार ७५७ किलो भटमासको तेल भारत निर्यात भएको छ ।

त्यस्तै यही अवधिमा २ अर्ब ३ करोड ७९ लाख ४३ हजार बराबरको एक करोड २ लाख ७६ हजार २७२ लिटर सूर्यमुखी तेल निर्यात भएको छ । साउनदेखि कात्तिकसम्म १९ अर्ब २ करोड ३० लाख ९० हजार रुपैयाँ बराबरको ९ करोड ८० लाख ८६ हजार १४८ लिटर पाम आयल निर्यात भएको छ ।

असर देखिँदैछ : व्यवसायी

नेपाल वनस्पति घ्यू तेल संघका अनुसार नेपालबाट निर्यात हुने वनस्पति तेलमा भारतीय नीतिको असर अब देखिन शुरु हुनेछ । पुराना सम्झौताका कारण एक महिनासम्म तेल निर्यात वृद्धिदर कायमै रहेको संघका अध्यक्ष सन्दीप अग्रवालले बताए ।

‘भारतीय व्यापारीसँग भएको व्यापार सम्झौताअनुसार नेपाली व्यापारीहरुले तेल बिक्री गरिरहेका छन् त्यो नसकिँदासम्म निर्यात उस्तै रहन्छ’ अध्यक्ष अग्रवालले भने ।

भारतले कर घटाएका कारण कात्तिक महिनामा स्थिर नै रहेको व्यापार मंसिरदेखि गिरावट आउन सक्ने उनको भनाइ छ । गत आर्थिक वर्षमा भटमास, सूर्यमुखी र ताम आयल गरी नेपालबाट ५५ अर्ब ९५ करोड रुपैयाँको तेल भारत निर्यात भएको थियो ।

नेपालमा किन असर पर्छ ?

स्वदेशी उत्पादनको बजार सुनिश्चित गर्न भारतले बाह्य मुलुकबाट हुने वनस्पति तेलको आयातमा केही वर्ष देखि ४९.५ प्रतिशत भन्सार महसुल लगाएको थियो । यस्तै पाम तेलको आयात पनि भारतले निषेध गरेको थियो ।

बाह्य मुलुकबाट हुने आयात रोके पनि दक्षिण एशियाली स्वतन्त्र व्यापार संगठन (साफ्टा) सम्झौता अनुसार नेपाल, बंगलादेशलगायत सार्क सदस्य राष्ट्रबाट भने पाम तेल भारत निर्यात गर्न पाइन्छ ।

साफ्टा सम्झौता अनुसार सन् २००६ देखि सार्क सदस्य राष्ट्रबीच एकले अर्कोमा वस्तु निर्यात गर्दा कम्तीमा ५ प्रतिशत कर छुट पाउँछन् । नेपालले साफ्टा सम्झौताको सो सुविधा उपयोग गर्दै नेपालबाट भारततर्फ हुने सूर्यमुखी, भटमास र पाम तेलको निर्यात गर्दै आएको थियो । यी तीनै वस्तु निर्यात गर्न पुग्ने गरी नेपालमा उत्पादन हुँदैन ।

नेपाली व्यवसायीले भारततर्फ निर्यात गर्नकै लागि तेस्रो मुलुकबाट भटमास, सूर्यमुखी र पाम आयल आयात गर्ने र फेरि भारत पठाउने गरेका छन् । वनस्पति तेलको यही कारोबारका लागि नेपालका उद्योगमा करिब २ खर्ब लगानीका २९ अर्ब लगानी रहेको उद्योगीहरुको भनाइ छ ।

क्यानडा, युक्रेन, ब्राजिल, अर्जेन्टिना, मलेसियालगायतका देशबाट सोझै खरिद गर्दा महंगो पर्ने भएकाले भारतले ती देशका उत्पादन नेपालको बाटो भएर किन्ने गरेको थियो । तर यी वस्तुको मूल्य बढेपछि गत असोज २५ मा भारतले आफूले बढाएको कर घटाउनुका साथै आयातमा लगाएको बन्देज पनि हटाएको थियो ।

भारतको नयाँ नियमपछि साफ्टा सुविधा लिएर नेपालबाट भारत निकासी गर्दा र भारतीय व्यवसायीले आफ्नो देशमा सोझै आयात गर्दाको मूल्य बराबर पर्नेछ ।

भारतको सामुन्द्री बन्दरगाह नजिक भटमास, सूर्यमुखी र पाम आयल प्रशोधन गर्ने ठूलो क्षमताका उद्योग धेरै रहेको र भारतमा भन्सार शुल्क घटेपछि नेपाली व्यवसायीले प्रतिस्पर्धा गर्न नसक्ने नेपाली व्यवसायीको चिन्ता छ ।

नेपाली व्यवसायीले पाम, भटमास र सूर्यमुखी तेलको कच्चा पदार्थ निर्यात गर्ने प्रयोजनका लागि आयात गर्दा एक रुपैयाँ पनि शुल्क तिर्नु पर्दैन । व्यवसायीले प्रतिमेट्रिक टन पाम तेल ३७ हजार ५ सय, भटमास ४८ हजार र सूर्यमुखी तेल १३ हजार ४ सय रुपैयाँ धरौटी राखेपछि आयात गर्न पाउँछन् र ती वस्तु भारत निर्यात गरेपछि धरौटी फिर्ता पाउँछन् ।



source https://www.onlinekhabar.com/2021/12/1046397

कांग्रेसको चितवन निर्वाचन अधिकृतले दिए राजीनामा

१५  मंसिर, चितवन । नेपाली कांग्रेस चितवनको अधिवेशन गराउने जिम्मा पाएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन् । उनले केन्द्रीय निर्वाचन समितिका संयोजकलाई पत्र लेखेर राजीनामा दिएका हुन् ।

पोखरेलले स्वास्थ्य स्थिति प्रतिकूल रहेकाले जिल्ला अधिवेशन गराउन असमर्थ रहेको व्यहोरा राजीनामा पत्रमा उल्लेख गरेका छन् । उनले राजीनामा स्वीकृत गर्नका लागि केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरेका छन् ।

पोखरेलले कांग्रेस चितवनको विभिन्न तहको वडा, पालिका, प्रदेशसभा, प्रतिनिधिसभा क्षेत्र र जिल्ला समितिको निर्वाचन गराउने जिम्मेवारी पाएका थिए ।

पटक–पटक सर्दै आएको कांग्रेस जिल्ला अधिवेशन आजदेखि मंसिर १९ गतेसम्म हुने तालिका तय भएको थियो । आज उम्मेदवारी दर्ता र १९ गते मतदानको कार्यक्रम थियो ।

यसअघि मंसिर १० गतेदेखि सुरू हुने भनिएको जिल्ला अधिवेशन नेकपा एमालेको महाधिवेशनका कारण स्थगित गरिएको थियो । एमालेको महाधिवेशन उद्घाटनकै दिन कांग्रेस चितवनको जिल्ला अधिवेशन पनि उद्घाटन गर्ने कार्यतालिका थियो । तर एमाले महाधिवेशनका कारण यातायात व्यवस्था अस्तव्यस्त भएको र मतदातालाई राख्न आवासको समेत समस्या देखिएपछि कांग्रेस जिल्ला अधिवेशन स्थगित गरिएको थियो ।

 



source https://www.onlinekhabar.com/2021/12/1046550

कांग्रेसको मोरङ सभापतिमा कोइराला पक्षका लिम्बू विजयी 

१५ मंसिर, विराटनगर । नेपाली काङ्ग्रेसको मोरङ जिल्ला सभापतिमा डिगबहादुर लिम्बू निर्वाचित भएका छन् । मंगलबार सभापति शेरबहादुर  देउवा पक्षका उम्मेद्वार दिलीप  गच्छदारलाई भारी मतान्तरले पराजित गर्दै लिम्बू दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

आइतबार भएको निर्वाचनमा तीन उम्मेद्वारमध्ये कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि मंगलबार निर्वाचन भएको थियो । निर्वाचनमा तीन हजार ३६० मत खसेको थियो । लिम्बूले एक हजार ९०६ मत प्राप्त गर्दै विजयी भए । गच्छदारले एक हजार ४२२ मत प्राप्त गरे।

१३औं अधिवेशनमा देउवा पक्षमा रहेर मोरङ सभापतिमा निर्वाचित भएका लिम्बू १४औं महाधिवेशनमा डाक्टर शेखर कोइराला पक्षबाट निर्वाचन लडेका हुन् ।

कांग्रेस सभापतिमा उठ्ने तयारी गरेका कोइरालाका विरुद्ध मोरङमा सभापति देउवा समूहका उम्मेद्वारको पक्षमा रामचन्द्र  पौडेल, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला उभिएका  थिए । पार्टीभित्रको चारवटा समूह एक ठाउँमा उभिंदा कोइराला समूह एक्लै मैदानमा उत्रिएको थियो ।

‘केन्द्रमा सभापति उठ्ने तयारीमा रहेका कोइरालाविरुद्धको चौतर्फी घेराबन्दी थियो’ उनी निकट एक नेताले भने,‘ मतपरिणामले सबै घेराबन्दी तोडिदिएको छ ।’

कोइराला पक्षमा रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले डाक्टर कोइरालाविरुद्ध भएको मोर्चाबन्दी तोडिएको बताए । मतदाताले विवेक पुर्‍याएर मतदान गरेको उनको भनाइ छ ।

आइतबार सम्पन्न भएको निर्वाचनमा तीन हजार ४१३ मत खसेको थियो । पहिलो निर्वाचनमा लिम्बूले एक हजार ५४४ मत पाएका थिए । गच्छदारले एक हजार १६६ मत र यदुकुमार विष्टले ५६३ मत पाएका थिए ।



source https://www.onlinekhabar.com/2021/12/1046548

दक्षिण कोरियामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’   

१५ मङ्सिर, सउल । दक्षिण कोरियामा पनि कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।

कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएका ती दम्पती नोभेम्बर १४ देखि २३ तारिखसम्म नाइजेरिया भ्रमणमा थिए । उनीहरू कोरिया प्रवेशपश्चात गरिएको परीक्षणमा ओमिक्रोन देखिएको हो ।

खोपको दुवै मात्रा पूरा गरेकाहरूका लागि समेत उत्तिकै खतरा हुने सङ्केत डब्लुएचओले दिएसँगै नयाँ भेरियन्ट ओमिक्रोनका बारेमा दक्षिण कोरिया सरकारले चिन्ता र चासोको विषय भएको जनाएको छ ।

कोरियाले शनिबारदेखि लागू हुने गरी दक्षिण अफ्रिकासहित बोत्स्वाना, जिम्बाबे, नामिबिया, लसोथो, मोजाम्विक, मालावीलगायतबाट हवाई उडानसहित आवागमनमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । यसका साथै नयाँ भेरियन्ट देशमा फैलिनबाट रोक्नका लागि विभिन्न नियमको घोषणा गरिएको छ ।

केडिसीएले ओमिक्रोन भेरियन्ट देशका अन्य भागमा फैलिएकोबारे पत्ता लगाउन परीक्षण तिव्र पारेको छ । ओमिक्रोन कोरियामा देखिएपछि यहाँ रहेका नेपालीमा पनि त्रास फैलिएको छ । ओमिक्रोनका कारण नेपाली कामदार कोरिया ल्याउने क्रा फेरि रोकिन सक्ने खतरा बढेको छ ।



source https://www.onlinekhabar.com/2021/12/1046546

राप्रपाको एकता महाधिवेशन आज सुरु हुँदै

१५ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) को महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । कमल थापा, पशुपति शम्शेर जबरा र डाक्टर प्रकाशचन्द्र लोहनी नेतृत्वका तीन राप्रपाको एकीकरण पछि हुन लागेको यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ ।

यो महाधिवेशनबाट राप्रपाको नयाँ नेतृत्व चयन हुनेछ ।१७ गतेसम्म चल्ने महाधिवेशनबाट झण्डै चार हजार प्रतिनिधिहरूले १४७ सदस्यीय कार्य समिति चयन गर्ने राप्रपाले जनाएको छ ।

कुल १९९ सदस्य कार्य समितिमा ७५ प्रतिशत अर्थात अध्यक्षसहित १४७ जना प्रत्यक्ष निर्वाचित हुनेछन् भने बाँकी २५ प्रतिशत अर्थात् ५२ जना निर्वाचित कार्य समितिले मनोनित गर्ने राप्रपाको विधानमा व्यवस्था छ ।

यस पटक राप्रपामा नेतृत्व परिवर्तनको आवाज चर्किएको छ । अध्यक्षका लागि नेता राजेन्द्रप्रसाद लिङ्देनले उम्मेदवारी घोषणा गरिसकेका छन् । वर्तमान अध्यक्ष अध्यक्षका स्वभाविक दावेदार छन् ।

नेपालगञ्जका मेयरसमेत रहेका डाक्टर धवलशम्शेर जबराको समर्थनमा उम्मेदवारी घोषणा गरेका लिङ्देनलाई पार्टीका एक जना अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन गरेका छन् ।यसबाहेक उनलाई युवा नेताहरूले पनि साथ दिएका छन् ।

अध्यक्ष थापालाई भने नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेललगायतको साथ रहेको छ ।

अर्का अध्यक्ष पशुपतिशम्शेरले भने आफू अध्यक्षको उम्मेदवार नबन्ने भन्दै एकताको महाधिवेशनको पक्षमा रहेको बताएका छन् । उनले खुलेर कसैलाई समर्थन गरिसकेका छैनन् ।



source https://www.onlinekhabar.com/2021/12/1046544

Monday 29 November 2021

एमालेको मतदान सकियो

१४ मंसिर, चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । निर्वाचनमा करिब २ हजार ८० मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।

तर मत खसेको विवरण औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ । ‘२ हजार १५३ प्रतिनिधिमध्ये  २ हजार ८० भन्दा बढी मत खसेको छ,’ निर्वाचन समितिका एक सदस्यले अनलाइनखबरसँग भने ।

निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा छ । एमाले नेता योगेश भट्टराईले मतदान सकिएको साढे एक दुई घण्टाभित्रमा मतपरिणाम आउने जानकारी दिए ।

मंगलबार बिहान चार बजेदेखि मतदान सुरु भएको थियो । चितवनको सौराहमा जारी बन्दसत्रमा मत खसाल्न एमाले प्रतिनिधिहरु रातभर जाग्राम बसेका थिए । प्रतिनिधिहरुको लाइनमै पुगेर उम्मेदवारहरूले भोट मागेका थिए ।

चितवनको सौराहमा आयोजित नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि निर्वाचन भएको हो । सबैभन्दा पहिले अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले मतदान सुरु गरेका थिए । अध्यक्षमा ओली र भीम रावल उम्मेदवार छन् ।

पार्टीका प्रतिनिधिहरुलाई भीम रावल लगायतका उम्मेदवारलाई भोट नदिनू भन्दै ओली पक्षले पर्चा वितरण गरेपछि रावल पक्षले त्यसलाई आचार संहिता विपरीत भएको जनाएको छ ।

तस्वीरहरू : शंकर गिरी/अनलाइनखबर



source https://www.onlinekhabar.com/2021/11/1046135

निर्वाचनको बेला पर्चा बाँड्ने काम रोक्न भीम रावलको माग

१४ मंसिर, चितवन । नेकपा एमालेका अध्यक्षका उम्मेदवार भीम रावलले नेतृत्व चयनका लागि मतदान भइरहेको बेला पर्चा बाँड्ने काम रोक्न माग गरेका छन् ।

भीम रावल र उनी पक्षका उम्मेदवारहरुलाई भोट नहाल्न भन्दै केपी शर्मा ओली पक्षले प्रतिनिधिहरुलाई पर्चा वितरण गरेपछि रावलले त्यसलाई रोक्न माग गरेका हुन् ।

पार्टीको निर्वाचन आयोगको आचार संहिताविपरीत काम भएको भन्दै रावलले निर्वाचन आयोग र सुरक्षाकर्मीलाई याे काम रोक्न आग्रह गरेको जानकारी दिएका छन् ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु। उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउँछ । यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु ।’

(यसअघि समाचारको शीर्षक भीम रावलले निर्वाचन रोक्न माग गरेको भनेर उल्लेख भएकाले सच्याइएको छ । सं.)



source https://www.onlinekhabar.com/2021/11/1046126

नेमार चोटका कारण ८ साता मैदान बाहिर रहने

१४ मंसिर, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड नेयमार ८ हप्ता मैदान बाहिर रहने भएका छन् ।

घुँडाको चोटका कारण २९ वर्षीय ब्राजिलियन फरवार्ड नेमार ८ हप्ता मैदान बाहिर रहने क्लबले जनाएको छ । पीएसजीका अनुसार नेमारको देब्रे घुँडाको लिगामेन्टमा चोट लागेको छ ।

फ्रेन्च लिग अन्तर्गत सेन्ट इटिएनविरुद्ध ३-१ को जित हात पारेको खेलमा नेमार घाइते भएका थिए ।

नेयमारले अब फ्रेन्च लिग वानका ७ खेल गुमाउने छन् । यस्तै च्याम्पियन्स लिगको एक खेल पनि खेल गुमाउने छन् ।

फ्रेन्च लिग वानमा शीर्ष स्थानमा रहेको पीएसजीले दोस्रो स्थानको रेन्समाथि १२ अंकको अग्रता बनाएको छ ।

पीएसजीले डिसेम्बर ७ मा च्याम्पियन लिग अन्तर्गत क्लब ब्रगसँग खेल्ने तालिका छ ।



source https://www.onlinekhabar.com/2021/11/1046116

‘राजनीतिको अपराधीकरण भयो’

१४ मंसिर, चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएपछि अध्यक्ष केपी शर्मा ओली पक्षबाट भीम रावल पक्षलाई भोट नदिनू भन्दै प्रतिनिधिहरुलाई पर्चा बाँडियो । यो पर्चामा अध्यक्ष ओलीले गत आइतबार रातिको बन्दसत्रमा सर्वसम्मतीका लागि गरेको प्रस्ताव भन्दा बाहिरका उम्मेदवारलाई भोट नदिने भनेर उल्लेख गरिएको छ ।

यसलाई ओली पक्षले पार्टीको आधिकारिक प्रस्ताव अनुसारकै पर्चा वितरण भएकाले अनौठो नभएको प्रतिक्रिया दिएको छ । तर रावल पक्षले भने नेतृत्व चयन प्रक्रिया निष्पक्ष नभएको र राजनीतिक अपराधीकरण भएको आरोप लगाएको छ ।

रावल पक्षबाट दलित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका नरबहादुर विकले फलानोलाई भोट दिनु र फलानोलाई नदिनू भन्दै पर्चा बाँडिनु पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबाट प्यानल नबनाउने भनेर गरिएको निर्णयविरुद्ध भएको बताए ।

प्रस्तुत छ विकसँग गरिएको कुराकानी –

नेकपा एमालेले निर्वाचनमा प्यानल नबनाउने भनेको थियो, प्यानल बनेको जस्तो देखियो है ?

स्थायी कमिटी, केन्द्रीय कमिटीको निर्णय गर्दाखेरि पार्टीको प्यानल नबनाउने, व्यक्तिगतरुपमा उम्मेदवारी दिने र कार्यकर्ताहरुले उम्मेदवारहरुले स्वतन्त्ररुपमा आफ्नो नेता छान्न पाउन दिने भन्ने सहमति र निर्णय थियो । तर अहिले आएर त्यो निर्णयको विरुद्धमा व्यापक रुपमा अहिले खासगरी कमरेड केपी ओलीको पक्षधरले कमरेड भीम रावललाई भोट नदिनू र भीम रावलसँग जोडिएकाहरुलाई भोट नदिनू भनेर पर्चामा समेत कट गरेर बाँडेको पाइँदाखेरि यो सरासर पार्टीको निर्णय विरुद्ध हो, पार्टीका नेता कार्यकर्ताको भावनाविरुद्ध हो, जनमतको विरुद्ध हो, यो एउटा राजनीतिक अपराधीकरण हो भन्ने मैले बुझेको छु ।

तपाईं पनि भीम रावलको पक्षमा हो भनेर नाम काटिएको छ ?

हो । उम्मेदवार हुने इच्छा सबैको हुन्छ राजनीति गरिसकेपछि । चुन्ने चुनिने अधिकार सबैले राख्दछ । दास बन्नका लागि आएको होइन कोही पनि । जोगी बन्नका लागि आएको होइन, समाजसेवा गर्न आएको हो । तर पनि भीम रावलको विचार अंगाल्यो भन्दैमा समर्थन गर्यो भन्दैमा, भीम रावलको पक्षधर भनेर लिस्टबाट हटाएर जुन किसिमको व्यवहार गरियो, यो सरासर गलत व्यवहार हो भन्ने मलाई लागिरहेको छ ।

केही दिन अगाडि तपाईंहरुले पनि भीम रावलको पर्चा बाँड्नु भएको थियो नि ?

भीम रावलको उम्मेदवारी किन भनेर उहाँले आफ्नो भावना, विचार राख्नु भएको थियो । कार्यकर्ताहरुले भीम रावल किन उम्मेदवार हुँदैछन् भनेर बुझ्न सकुन्, पढुन् भनेर राखेको हो । भीम रावललाई भोट दिनुस् भनेर प्यानल बनाएर बाँडेको होइन । भीम रावलका निजी विचार पढ्न पाउन् स्वतन्त्र रुपमा भन्ने हिसाबले बाँडिएको थियो । तर उहाँहरुले त्यो बाँड्न पाइँदैन भनेर रोक्नुभयो । त्यो प्यानलको कागजपत्र थिएन । त्यो केबल अपिल थियो उहाँको । तर अहिले आएर आफूले प्यानल बनाएर एउटा लिस्ट बाँड्नुभयो खुल्लमखुल्ला । प्रहरी छ यहाँ, प्रशासन छ, पत्रकारहरु छन्, सबले देखिरहेका छन् । त्यसैले यो एकदम पार्टीको निर्णय विरुद्धमा छ भन्ने मलाई लागेको छ । यसले पार्टीलाई सफलता दिंदैन । यसले कार्यकर्ताहरुको भावनामाथि कुठाराघात गर्छ ।

दुई पक्षका उम्मेदवार भएपछि आफ्नो पक्षकाले फलानो फलानोलाई भोट हाल्नु भनेर प्रतिनिधिलाई पर्चा बाँड्नु नौलो कुरा त होइन नि होइन ?

यो नौलो कुरा होइन, ठीक छ । तर त्यो प्यानल बनाउँदाखेरि हो । हाम्रो पार्टीको नवौं महाधिवेशनमा दुईवटा छुट्टै प्यानल बनाएर प्यानल नै उम्मेदवारी घोषणा गरेर गएका थिए । त्यतिबेलाको त्यो पीडाले गर्दाखेरि अहिले पार्टी नेतृत्वकाले के सहमति गरेका थिए भने अब प्यानल बनाएर हामी जाँदैनौं । अब हामी व्यक्तिगत रुपमा उम्मेदवार हुने र कार्यकर्ताहरुले आफ्ना नेताहरुलाई चुन्ने, स्वतन्त्र हुनलाई छोड्ने भन्ने सहमति निर्णय थियो । त्यसको विरुद्धमा, त्यो निर्णयलाई कुल्चेर, नमानेर, एउटा प्यानल बनाएर, फलाना फलाना उम्मेदवारलाई भोट दिनु हुँदैन भनेर, कट गरेर जुन बाँडियो, यो सरासर कार्यकर्ताहरुको चरित्रको हत्या गर्ने हो र पार्टीलाई कमजोर बनाउने षडयन्त्र हो ।

तपाईंहरुले पनि फलानालाई भोट नहाल्नु भनेर पर्चा बाँडे भइगो नि ?

हामी त बाँड्दैनौं । हामी त निर्णयको पक्षमा छौं नि । जब पार्टीको स्थायी कमिटीमा, केन्द्रीय कमिटीमा निर्णय भइसक्यो, प्यानल नबनाउने, पर्चा नबनाउने भनिसकेपछि हामीले बाँडेका छैनौं ।

कसले बाँड्यो होला पर्चा ?

पर्चाचाहिं हाम्रो अध्यक्ष कमरेड केपी ओली समूह भनेर । अथवा ३०१ जना जो घोषणा भएका थिए महाधिवेशनमा त्यो ३०१ जना भित्रका मान्छेहरुलाई मात्र मत हाल्ने बाँकीलाई कट गरेर तपाईंहरु ३०१ भित्र हो भनेर सोध्ने ? अनि नभएकालाई तपाईंहरुलाई भोट पाइँदैन भनेर पर्चा बाँडे । यो पार्टीको निर्णयको विरुद्धमा छ ।

तपाईंलाई पनि सोधेका थिए ३०१ भित्र हो भनेर ?

हो, मलाई सोधेका थिए । सयौं जनाले सोधे । तपाईं ३०१ भित्र भए पाउनुहुन्छ, नभए पाउनु हुन्न, कट गरेको छ तपाईंलाई भनेर भने ।



source https://www.onlinekhabar.com/2021/11/1046121

एनआरएनले विदेशी मुद्राको बचत खाता खोल्न सक्ने

१४ मंसिर, काठमाडौं । गैरआवासीय नेपालीहरूले अब नेपाली बैंकमा विदेशी मुद्रामा नेपालमै खाता खोल्न सक्ने भएका छन् । राष्ट्र बैंकले शुक्रबार गरेको मौद्रिक नीतिको त्रैमासिक समीक्षा कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

एनआरएनले न्यूनतम पाँच हजार अमेरिकी डलर राखेर खाता खोल्न सक्नेछन् । गैरआवासी नेपालीको नाममा संयुक्त रुपमा समेत यस प्रकारको खाता खोल्न सक्ने राष्ट्र बैंकले बताएको छ ।

गैरआवासी नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकराको सम्बन्धित निकायबाट जारी भएको गैरआवासी नेपाली नेपालीको अद्यावधिक परिचय पत्रको प्रतिलिपि पेस गर्नुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार यस्तो खातामा रहेको निक्षेप फिर्ता गर्नु पर्दा निक्षेपकर्ताले जम्मा गरेको मुद्रा र निक्षेप प्राप्त भएको देश फरक नपर्ने गरी निक्षेपकर्ताको नाममा विदेशमा खोलिएको खातामा फिर्ता पठाउनुपर्नेछ ।

यस्तो खातामा नगद भने जम्मा नहुने राष्ट्र बैंकले बताएको छ । बैंकिङ प्रणालीबाट मात्रै रकम जम्मा गर्न र निकाल्न सक्ने राष्ट्र बैंकले बताएको छ ।



source https://www.onlinekhabar.com/2021/11/1046119

अस्तित्वको संकटमा निजी शिक्षा

कोभिड-१९ का कारण नेपालका एक हजारभन्दा बढी निजी विद्यालय बन्द भएको तथ्यांक छ । सञ्चालन खर्च धान्न नसकेर विद्यालय बन्द गर्नुपरेको निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सनले बताएको छ । लकडाउन अवधिमा शुल्क उठ्न नसकेकोले अनि संविधान र सरकारी नीति पनि आफूअनुकूल नभएको भन्दै निजी शिक्षाका लगानीकर्ताहरू यतिखेर शिक्षा क्षेत्रमा लगानी गर्न तर्सिएका छन् । लगानीकर्ता नै तर्सिएपछि महङ्गो शुल्क लिएर गुणस्तरीय शिक्षा दिइरहेका ती विद्यालयहरूको भविष्य र अस्तित्व के हुने हो ? चासोको विषय बनेको छ ।

नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा २ अनुसार बालबालिकाको आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क हुने व्यवस्था गरिएको छ । शिक्षा राज्यकै जिम्मेवारीभित्र पर्ने क्षेत्र हो भन्ने कुरा संविधानले नै ग्यारेण्टी गरेको छ । संविधानको यही प्रावधानले विद्यालय शिक्षामा निजी लगानीको आवश्यकता र अस्तित्वमाथि प्रश्न उठेको छ ।

नेपालमा यतिखेर मुख्य गरी दुई प्रकारका शिक्षालयहरू सञ्चालनमा छन् । सरकार र समुदायको साझेदारीमा सञ्चालित सामुदायिक विद्यालय र विशुद्ध निजी लगानीमा सञ्चालित नाफामूलक संस्थागत विद्यालय । सरकारी विद्यालयको गिर्दो गुणस्तर, स्तरीय नतिजाको अभाव, दक्ष जनशक्ति परिपूर्ति हुन नसक्नु जस्ता प्रमुख समस्याले निजी लगानीका विद्यालयहरूप्रति आम अभिभावक र विद्यार्थीको आकर्षण बढ्दो छ ।

कम्पनी ऐन-२०५८ ले निजी विद्यालयलाई आन्तरिक राजस्व कार्यालयमा आयकर, मुनाफा कर, सामाजिक सुरक्षा कर, घरभाडा, जग्गा भाडा कर आदि कर असुल गर्न भन्दै संस्थागत विद्यालयका रूपमा परिभाषित गरिदिएपछि सार्वजनिक सामाजिक सेवाभावका त्यस्ता शिक्षालयहरू विशुद्ध व्यावसायिक विद्यालयका रूपमा परिणत भएका हुन् । तर तिनै व्यावसायिक र नाफामूलक भनिएका संस्थागत विद्यालयहरू नै यतिखेर नेपालको शैक्षिक इतिहासलाई गर्विलो र गुणस्तरीय बनाउने सशक्त क्षेत्र भएका छन् ।

वार्षिक रूपमा राज्यको अर्बौंको लगानीमा सञ्चालित सरकारी विद्यालयमाथि आकर्षण र जनविश्वास घट्दै जानु र सरकारको कत्ति पनि लगानी नभएका निजी विद्यालयप्रतिको भरोसा र आकर्षण झन् बढ्दै जानुले सरकारी विद्यालयप्रति अभिभावकहरू अझै पनि ढुक्क छैनन् भन्ने प्रष्ट पार्दछ ।

सरकारले निजी विद्यालयलाई कम्पनी ऐनअन्तर्गत राखेर आन्तरिक राजस्व कार्यालयमा आयकर, मुनाफा कर, सामाजिक सुरक्षा कर, घरभाडा, जग्गा भाडा कर आदि कर असुल गर्दै आएको छ । सरकारले निजी विद्यालयलाई बेलाबेलामा कम्पनी, गुठी, सार्वजनिक गुठी, ग्रामीण शिक्षा विकास कोष जस्ता मूर्त तथा अमूर्त प्रकारका प्रावधानमा परीक्षण गरिरहँदा शैक्षिक लगानीकर्ताहरूमा सुरक्षाको महसूस नभई त्रसित मानसिकता र अन्योलको वातावरण सिर्जना भएको छ ।

त्यसो त नेपाल जस्तो गरीब र अल्पविकसित मुलुकको लागि शिक्षामा निजी क्षेत्रको उपस्थिति आफैंमा एक चुनौतीपूर्ण विषय हो । शिक्षा क्षेत्रमा निजी लगानी आवश्यक र उपयुक्त हो वा होइन भन्ने बहस लामो समयदेखि चल्दै आए तापनि साझा र स्पष्ट दृष्टिकोण र अवधारणा भने अझै बन्न सकेको छैन । त्यसैले त शिक्षामा निजी क्षेत्रको संलग्नता अन्योलग्रस्त बनिरहेको छ ।

तथ्यांकमा निजी विद्यालय

नेपालमा हाल झण्डै १० हजार निजी अथवा संस्थागत विद्यालय रहेका छन् । उच्च शिक्षा र मन्टेसरीलाई पृथक् राखेर हेर्ने हो भने हाल निजी विद्यालयमा झण्डै साढे २५ लाख विद्यार्थी अध्ययनरत रहेको तथ्यांक छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (२०१९-२०)को प्रतिवेदन अनुसार नेपालमा प्राथमिक तहदेखि माध्यमिक तहसम्ममा सामुदायिक र संस्थागत गरी कुल ८१ लाख २७ हजार १८३ जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये संस्थागत विद्यालयमा २५ लाख ४४ हजार २५ जना (लगभग ३१ प्रतिशत) र सामुदायिक विद्यालयमा ५५ लाख ८३ हजार १५८ जना (लगभग ६९ प्रतिशत) रहेको उल्लेख छ ।

संस्थागत विद्यालयमा करीब २ लाख ५० हजार शिक्षक कर्मचारी कार्यरत छन् । उनीहरूमा आश्रति जनसङ्ख्या करीब १२ लाख रहेको छ । यसैगरी यस्ता विद्यालयहरूमा वार्षिक २० अर्ब खर्च भएको तथ्यांकले देखाउँछ । यो कुल शिक्षामा सरकारले छुट्याएको बजेटको झण्डै २५ प्रतिशत हुन आउँछ ।

कुन तहमा कति विद्यार्थी ?

तह  सामुदायिक संस्थागत  जम्मा   
बालविकास ५५५०७५ ५५०४८६ ११०५५६१
आधारभूत (१-८) ३८०६६३९ १५१२३६५ ५३१९००४
माध्यमिक (९-१२) १२२१४४४ ४८११७४ १७०२६१८
कुल ५५८३१५८ २५४४०२५ ८१२७१८३

स्रोत : शिक्षा तथा मानव स्रोत विकास केन्द्र (२०१९-२०)

हालैको एक केन्द्रीय सर्भेक्षण अनुसार राज्यले सामुदायिक विद्यालयमा गरेको बजेट लगानी अनुसार कुल विद्यार्थीमध्ये प्रति महीना प्रतिविद्यार्थी २ हजार ४०० रुपैयाँ खर्च गर्ने गरेको पाइएको छ । यता सस्ंथागत विद्यालयमा भने अभिभावकले प्रति विद्यार्थी औसत रूपमा .१ हजार ६४७ रुपैयाँ मात्र शुल्क तिरेको भेटिन्छ । संविधानमा माध्यमिक तहसम्म निःशुल्क र आधारभूत तहसम्म अनिवार्य शिक्षा भनिए तापनि सामुदायिक विद्यालयले अङ्ग्रेजी भाषाका नाममा प्रति विद्यार्थीबाट वार्ष्र्िक रूपमा रु.१६ हजारसम्म शुल्क लिने गरेको प्रमाण भेटिन्छ । (यो कक्षा ८ को विद्यार्थीको औसत आधारमा निकालिएको तथ्यांक हो ।)

अर्को एक अध्ययन अनुसार सामुदायिक विद्यालयहरूमा उपलब्ध भौतिक सुविधा तथा शिक्षक दरबन्दी लगायतमा राज्यको सबै लगानीको विश्लेषण गर्ने हो भने सरकारले आजको मूल्यमा प्रति विद्यार्थी प्रति वर्ष ९० हजारभन्दा बढी लगानी गरेको भेटिन्छ । तर निजी विद्यालयमा विद्यार्थीले तिर्ने औसत वार्षिक शुल्क ३२ हजारको हाराहारीमा मात्र देखिन्छ । सरकारी विद्यालयमा सरकारले गरेको सम्पूर्ण खर्चलाई राज्यको धन मान्ने हो भने प्रति विद्यार्थी खर्च हेर्दा संस्थागत विद्यालयभन्दा सामुदायिक विद्यालयहरू २.५ गुणा बढी महँगा सावित भएको प्रमाणित हुन्छ । तर ती सामुदायिक विद्यालयको शैक्षिक प्रतिफल भने अत्यन्तै टिठलाग्दो र दयनीय छ । यो नै विडम्बनाको विषय हो ।

शिक्षामा निजी क्षेत्रको ६ खर्ब लगानी

निजी शैक्षिक सञ्चालकहरूले विद्यालय शिक्षामा हालसम्म करीब ६ खर्बभन्दा बढी रुपैयाँ लगानी गरेको दावी छ । मुलुकभरि निजी लगानीका करीब १० हजार शिक्षण संस्था छन् । उनीहरूले विद्यालयको भौतिक संरचना, पूर्वाधार विकास, जनशक्ति व्यवस्थापन लगायतमा ६ खर्बभन्दा बढी रुपैयाँ लगानी गरेका हुन् । निजी विद्यालयहरूको वार्षिक कारोबार (विद्यार्थीबाट उठेको शुल्क) करीब दुई खर्ब रुपैयाँ पुगेको बताइन्छ । करीब दुई लाख पचास हजार जनालाई रोजगारी दिएको निजी क्षेत्रसँग कुल विद्यार्थी संख्याको करीब ३१ प्रतिशत अर्थात् करीब २५ लाख विद्यार्थी अध्ययनरत छन् ।

मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा शैक्षिक क्षेत्रको योगदान हाल ७.२३ प्रतिशत देखिन्छ । जीडीपीमा शिक्षाको योगदान बढ्दो क्रममा छ । २०७३ र ७४ मा ६.८३ प्रतिशत रहेको शिक्षाको योगदान हाल ७.२३ प्रतिशतमा पुगेको पाइन्छ । यस आधारमा पनि निजी शैक्षिक क्षेत्रमा आर्थिक गतिविधि बढ्दो छ ।

एक तथ्यांक अनुसार कुल बजेटको ७.२३ प्रतिशत कर निजी क्षेत्रले राज्यलाई बुझाएको भेटिन्छ । यता नेपालको शिक्षामा निजी क्षेत्रको दायित्व २३ प्रतिशत रहेको पाइन्छ । भौतिक अवस्था, व्यवस्थापकीय पक्ष र शैक्षिक गुणस्तर लगायत सबै दृष्टिकोणले सरकारले सञ्चालन गरेका समग्र सामुदायिक विद्यालयभन्दा निजी क्षेत्रले सञ्चालन गरेका संस्थागत विद्यालय स्तरीय, अब्बल र उच्च रहेको देखिन्छ । त्यसैले त सरकारी वा सामुदायिक विद्यालयको गुणस्तरमा सधैं प्रश्न उठ्ने गरेको छ ।

पछिल्लो १० वर्षको एसएलसी वा एसईई परीक्षाको नतिजाको उत्तीर्ण प्रतिशत हेर्ने हो भने सामुदायिक विद्यालयको उत्तीर्ण प्रतिशत ३० प्रतिशतको हाराहारीमा मात्र देखिन्छ भने निजी विद्यालयको उत्तीर्ण प्रतिशत लगभग ९० प्रतिशतको हाराहारीमा रहेको छ । निजी विद्यालय विद्यार्थीले राष्ट्रिय वा अन्तर्राष्ट्रिय प्रतियोगिता सबैमा सदैव आफूलाई अब्बल साबित गर्दै आएका छन् । निजी विद्यालयकोे विगत र वर्तमानको मूल्याङ्कन गर्ने हो भने शिक्षाको सवालमा राज्यको साख र प्रतिष्ठा नै निजी विद्यालयले बचाएको पाइन्छ ।

राज्यद्वारा प्रदान गरिने ४५ प्रतिशत र ५५ प्रतिशतको आरक्षण तथा खुल्ला छात्रवृत्तिको सवालमा विभेद गरेर सरकारले निजीका विद्यार्थीलाई सौतेलो व्यवहार गरेको आरोप निजी क्षेत्रले लगाइरहेको छ । सरकारले आफ्ना विद्यालयमा गुणस्तर सुधार्न नसक्ने अनि गुणस्तरीय शिक्षा हासिल गरेका निजीका विद्यार्थीलाई अवसरमा विभेद गरिनु संवैधानिक रूपमा मौलिक अधिकार विरुद्धको कुरा हो ।

के होला निजी विद्यालयको भविष्य ?

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको मस्यौदाले निजी लगानीका विद्यालयहरू गैरनाफामूलक बनाउने प्रतिवेदन पेश गरेको छ । प्रतिवेदन जस्ताको तस्तै कार्यान्वयन भए आगामी सात वर्षभित्र देशभरिका १० हजारभन्दा बढी निजी स्कूल बन्द हुने अवस्था देखिंदैछ । या त ती स्कूल नाफा नलिने गरी गुठीका रूपमा सञ्चालन हुनुपर्नेछ । या त सक्दिनँ भनेर हात उठाउनेलाई सरकारले क्षतिपूर्ति दिएर आफ्नो स्वामित्वमा लिनुपर्नेछ । यिनै विषयले निजी शिक्षा मात्रै होइन, सार्वजनिक शिक्षा समेत बेलाबेलामा तरङ्गित र अन्योलग्रस्त बनिरहेका छन् ।

शिक्षा ऐनको आठौं संशोधनले २०७२ सालपछि कम्पनीका रूपमा स्कूल खोल्न रोक लगाएको हो । आयोगको सिफारिशले जन्माएको सबभन्दा ठूलो त्रास यही हो । सबै निजी स्कूल गुठी वा सामुदायिक संरचनामा गए त्यसपछि ती स्कूलको गुणस्तरको जिम्मा कसको हुने ? एकातिर सार्वजनिक स्कूल नउक्सिने, अर्कातिर निजी धरासायी हुने हो भने विद्यार्थीको भविष्य के होला ? निजी नरहने र सार्वजनिक स्कूल पनि सुधार नहुने हो भने हाम्रो शिक्षा क्षेत्र झन् ध्वस्त हुने त होइन ? प्रश्नै प्रश्न उठेका छन् ।

यसै विषयमा उठिरहेको बहसमा तरंगित भइरहँदा संविधानकै धारा २५ को उपधारा १, २, ३, ४ मा उल्लेख गरिए अनुसार सम्पत्तिको हकलाई हेर्ने हो भने निजी क्षेत्रबाट शिक्षामा भएको लगानीको सुरक्षाको ग्यारेन्टी पनि राज्यले नै गर्नुपर्ने देखिन्छ । कम्पनी ऐनअन्तर्गत दर्ता भएका निजी लगानीका ती करीब १० हजारको सङ्ख्याका नाफामूलक विद्यालयलाई अब के गर्ने ? सरकारीकरण गर्ने वा यसैगरी चल्न दिइरहने ? एउटा टुङ्गोमा पुग्नु जरूरी छ ।

(ज्ञवाली रूपन्देहीका शैक्षिक अगुवा हुन् ।)



source https://www.onlinekhabar.com/2021/11/1046117

नयाँ वर्षका लागि भारतीय पर्यटकबाट होटेलमा अग्रिम बुकिङ उत्साहजनक

१३ मंसिर, काठमाडौं । नजिकिएको अंग्रेजी नयाँ वर्ष २०२२ लाई लक्षित गरी आतिथ्य सेवामा उत्साहजनक अग्रिम बुकिङ आउन सुरु गरेको छ ।

अघिल्लो दुई वर्ष २०२० र २०२१ त्रास र आशमा बिताएका होटेल व्यवसायीलाई यो वर्षको बुकिङ ट्रेण्डले भने उत्साहित बनाइरहेको होटेल संघ नेपाल (हान)का सदस्य युवराज श्रेष्ठले जानकारी दिए । ‘नेपालमा न्यू इयरका मूख्य पाहुना चिनियाँ र भारतीय पर्यटक हुन्’ उनी भन्छन्, ‘यो वर्ष भारतबाट प्रशस्त मात्रामा बुकिङ आइरहेको छ ।’

उनका अनुसार यूरोप र अमेरिकी मुलुकबाट आगामी पर्वतारोहण तथा पदयात्रा सिजनमा बढी पर्यटक आउने अपेक्षा व्यवसायीले गरेका छन् । ‘कोरोना महामारीकै बीचमा पनि पर्वतारोहणमा अघिल्लो सिजन रेकर्ड ब्रेक भयो’ उनले भने, ‘आगामी सिजन पक्कै राम्रो हुने छ ।’

अंग्रेजी नयाँ वर्ष आउन ठ्याक्कै एक महीना छ । तर, पछिल्लो समय अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टले भने त्रास बढाएको उनले बताए ।

यसकारण बढ्दैछन् भारतीयसहित दक्षिण एसियाली पर्यटक

सन् २०१९ डिसेम्बरबाट सुरु भएको कोरोना भाइरसको महाकारीका कारण भारतसहितका मुलुकबाट भ्रमणका लागि तेस्रो मुलुकमा जान सहज छैन । कोभिड महामारी पनि कम भएको र यात्रा समेत सहज भएका कारण दक्षिण एसियाली मुलुकबाट पर्यटक क्रमशः बढ्दै गएको सोसाइटी अफ ट्राभल एण्ड टूर अपरेटर्स (सोट्टो) नेपालका पूर्वअध्यक्ष यम खड्का । ‘नेपालले एक त धेरै मानिसमा खोप लगाइसकेको छ, अर्कोतर्फ विकसित मुलुकको तुलनामा यहाँ यात्रा सहज पारिएको छ’ उनले भने, ‘यसले नयाँ वर्षमा पर्यटक आगमन बढ्ने देखिएको हो ।’

उता, भारत सरकारले समेत १५ डिसेम्बरबाट लागू हुने गरी अधिकांश मुलुकका लागि एयर बबल स्किम हटाउने निर्णय लिइसकेको छ । यो नियम कार्यान्वयन भएमा नेपालबाट नयाँ दिल्लीसहित अन्य सहरमा समेत सिधा उडान हुनेछ । यसले समेत भारतीय सहरबाट न्यू इयरमा पर्यटक आगमन बढ्ने व्यवसायीहरुको अपेक्षा छ ।

कोभिडको नयाँ भेरियन्ट अफ्रिकामै सीमित भए नेपाली पर्यटनमा प्रभाव पर्दैन

सरकारले सबै अफ्रिकी मुलुकबाट नेपाल आउने यात्रुको आवागमन रोकेको छ । पछिल्लो समय दक्षिण अफ्रिकामा देखा परेको यो महामारी दक्षिण एसियाली र नेपालबाट सिधा उडान हुने मुलुकमा नदेखिएमा पर्यटन क्षेत्रमा तत्काल ठूलो असर नपर्ने अपेक्षा समेत व्यवसायीको छ । ‘अफ्रिकाबाट नेपाल भ्रमणमै आउने मानिस निकै कम हुन्छन्’ हानका सदस्य श्रेष्ठले भने, ‘नयाँ भेरियन्टको फैलावटमा पर्यटनको भविष्य निर्भर हुनेछ ।’

महाधिवेशन र आन्तरिक पर्यटकले जगाएको आशा

होटेल तथा पर्यटनमा पछिल्लो समय दलहरूको महाधिवेशन र आन्तरिक पर्यटकले भने आशा जगाएको छ । गत शुक्रबारबाट सौराहाका होटेलहरूका कोठा पूर्ण क्षमतामा बिक्री भए । एमालेको महाधिवेशन लम्बिएसँगै होटेल व्यवसायीको व्यापारमा पनि वृद्धि भइरहेको छ । ‘सौराहामा चटपटे पसलदेखि नाङ्लो पसलसम्मले राम्रो व्यापार पाएका छन्, हानका सदस्य श्रेष्ठ भन्छन्, यो त एक प्रकारको नसोचेको व्यापार हो ।’

उनका अनुसार काठमाडौंमा नेपाली कांग्रेसको आसन्न महाधिवेशनका लागि समेत साना तथा मझौला होटेलहरूमा सोधखोज सुरु भइसकेको छ ।

यस्तो इन्भेटका दौरान ठूला होटेलमा समेत मनग्य व्यापार हुने उनले बताए । काठमाडौं आसपासका अधिकांश होटेल र रिर्सोटलाई संघ/संस्था र कम्पनीहरूले आयोजना गर्ने विभिन्न कार्यक्रमले पर्याप्त विजनेश दिइरहेको छ । पोखरा, धुलिखेलसहितका क्षेत्रमा हनिमुन प्याकेजमा समेत पर्याप्त विजनेश भइरहेको व्यवसायीले बताएका छन् । अहिले नेपालमा लगनको सिजन चलिरहेको छ ।



source https://www.onlinekhabar.com/2021/11/1046108

शंकर पोखरेल भन्छन्- भोट नदिनू भन्दै पर्चा बाँडिनु अनौठो होइन

१४ मंसिर, चितवन । नेकपा एमालेको महासचिवमा निर्विरोधि निर्वाचित भएका नेता शंकर पोखरेलले भीम रावल र उनी पक्षधर उम्मेदवारलाई भोट नदिनू भन्दै महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको पर्चा अनौठो नभएको बताएका छन् । उनले त्यो पार्टीको औपचारिक प्रस्ताव अनुसारकै भएकोसमेत बताएका छन् ।

महाधिवेशन स्थलमा मंगलबार पत्रकारहरुसँगको कुराकानीमा पोखरेलले भने, ‘त्यो त पार्टीको औपचारिक प्रस्ताव हो । त्यो प्रस्तावलाई अन्यथा गर्ने हिसाबले प्रचार गर्ने कमरेडहरूले पनि आफ्नो पक्षमा प्रचार गर्नु भएकै छ । अध्यक्ष मण्डलको प्रस्ताव यो हो भन्ने कुरा त घोषित नै छ । कुनै अनौठो कुरा होइन ।’

उनले नेतृत्व चुन्न भइरहेको मतदानलाई रस्साकस्सीको प्रक्रिया नभएकोसमेत बताए ।



source https://www.onlinekhabar.com/2021/11/1046104

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More