Thursday, 25 November 2021

नेपालको जनसंख्या २ करोड ८० लाखदेखि ३ करोडका बीचमा रहने प्रक्षेपण

१० मंसिर, काठमाडौं । नेपाली महिलाको सन्तान उत्पादन दर घट्दो क्रममा रहेका कारण जनसंख्या वृद्धिदर अपेक्षित नहुने देखिएको छ । केन्द्रिय तथ्यांक विभागका अनुसार बिहीवार सप्पन्न जनगणना अनुसार नेपाली महिलाले औसतमा दुई सन्तान जन्माउने गरेको पाइएको छ ।

२५ कात्तिक देखि ९ मङ्सिरसम्म  भएको जनगणनाअनुसार यस्तो प्रारिम्भक विश्लेषण गरिएको हो ।

२०६८ सालको प्रक्षेपण अनुसार २०७८ सालसम्म एक महिलाबाट औसतमा २.१ जना सन्तान जन्मनुपर्ने थियो । तर, जनगणनाबाट औसत २ जना मात्र सन्तान जन्मने गरेको देखिएको बिभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सन्तान उत्पादन दर प्रदेश नम्बर २, कर्णाली र सुदुरपश्चिममा औसतभन्दा धेरै र बागमतीमा औसत भन्दा कम भएको पाइएको छ । बागमतीमा औसत एक महिलाबाट १.४ जना सन्तान जन्मिएका छन् ।

यस आधारमा नेपालको जनसंख्या २ करोड ८० लाख देखि ३ करोडको बीचमा मात्र रहने अनुमान गरिएको श्रेष्ठले बताए । उनका अनुसार जनसंख्याको प्रारम्भिक नतिजा तीन महिनामा प्राप्त हुने छ ।

पुरै नतिजा आउन भने दुई वर्ष लाग्ने भएको छ ।



source https://www.onlinekhabar.com/2021/11/1044367

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More