Friday 31 December 2021

गल्ती गर्ने र सच्याउने दुवै निर्णय ऐतिहासिक कसरी हुन्छ कमरेड ?

शान्ति प्रक्रिया शुरुआतसँगै माओवादी पार्टीभित्र शान्तिपूर्ण क्रान्तिको कार्यभार के हो भन्ने बहसको आवश्यकता थियो। अन्तरिम संसद गठन, शान्ति सम्झौता हुँदै संविधानसभाको निर्वाचनसम्म पुग्दा माओवादीले बदलिएको परिस्थिति अनुसारको नीति, कार्यक्रम र योजना निर्माण गर्नुपर्ने थियो। नेतृत्व स्तरमा के बहस हुने गर्दथे, हामी त्यत्ति धेरै बुझ्न सक्दैनथ्यौं। तर म र मेरो कमिटीमा पहिलो संविधानसभाको चुनावी कार्यक्रमको घोषणासँगै पार्टीले सुधार्नु र स्वीकार्नुपर्ने विषयमा व्यापक बहस हुने गरेका थिए।

आज १४ वर्षपछि तत्कालीन अवस्थामा हामीले उठाएका विषयलाई पार्टी र नेतृत्वले कमजोरीको रूपमा संश्लेषण गरेको छ। समय हुँदै सही निर्णय गर्न सकेको भए के हुनेथियो, त्यो अलग पाटो हो तर समस्या पहिचानमा नेतृत्व भन्दा १४ वर्ष जेठो भएकोमा आत्मसन्तोष गर्न सकिने अवस्था अवश्य रहेको छ। आज यो सानो आलेखमा यही पृष्ठभूमिमा लेख्ने जमर्को गर्दैछु ।

२०६४ सालको संविधानसभाको कार्यनीतिमा ‘मुखमा चुनाव दिमागमा विद्रोह’ तय भयो। त्यो कार्यक्रम अपरिपक्व र तत्कालीन कार्यकर्ताको मनोविज्ञानलाई हेरी लिइएको भावनात्मक निर्णय थियो। चुनाव त्यतिबेला निर्विकल्प थियो। तर चुनाव हुनुपर्छ भनेर बोल्दा पार्टीभित्र दक्षिणपन्थीको आरोप खेप्नुपर्ने आवश्यकता थियो। संविधान निर्माणसम्म सचेत पहल र जनपरिचालनले नयाँ समीकरण र शक्ति सन्तुलन पैदा गर्न सके जनविद्रोह सम्भव छ भनेर असहमति राख्दै संविधानसभाको चुनावमा सक्रियतापूर्वक सहभागी भयौं।

ठूलै हत्याकाण्डकै बीचमा दाङमा चुनाव सम्पन्न भयो। सत्तापक्षले दमनको बाटो लियो। उनीहरुले कत्लेआमको नीति लिए। सात जना माओवादी कार्यकर्ताको हत्याकाण्ड मच्चाइयो। उक्त काण्डपछि हामीले रगतले भिजेको शरीरले पार्टी नेतृत्वलाई प्रश्न गर्‍यौं- खोइ, तपाईंहरुले भनेको विद्रोह कतिबेला हुन्छ ? न चित्तबुझ्दो कार्यक्रमको मानसिक बोध भयो, न नेतृत्वको सहयोग। हामीले जिल्लामा सरकारी दमनको हिंसा र आतंक झेल्दै चुनौतीपूर्ण अवस्थामा अगाडि बढ्यौं।

चुनाव सम्पन्न भएसँगै समानुपातिक संसद चयनमा पार्टीको निर्णय पछि हामी हाम्रो स्तरमा ठूलै बहसमा जुट्यौं। पार्टीले राष्ट्रको मनोविज्ञान केन्द्रित गर्दै आम जनसहभागितामा विद्रोह गर्नेछ भन्ने मानसिकतालाई १८० डिग्रीमा घुमाइदिने गरी गरिएको निर्णयले पार्टी विद्रोह या थप क्रान्ति या जनवादी क्रान्तिको पूर्णताको दिशामा छैन भन्ने अन्तिम जस्तै निष्कर्ष हाम्रो बहसको थियो।

हामीले चलाएका बहस ‘मिनी बैठक’को नामले दाङ जिल्लाको माओवादी आन्दोलनमा सुपरिचित छ। हामीले व्यक्तिले अवसर पाउने र नपाउने विषयमा बहस कहिल्यै गरेनौं। जनमुक्ति सेना, लाखौं कार्यकर्ता सहितको जनयुद्धलाई विद्रोहको नयाँ रूपमा उठाउन सक्छौं कि सन्दैनौं भनेर बहस गर्‍यौं।

निर्णय गर्दा पनि ऐतिहासिक भयो भनेर प्रशंसा गर्ने र त्यही निर्णय गलत गरिएछ भनेर समीक्षा गर्दा ऐतिहासिक भयो भनिन्छ। यही पंक्तिको घेराले अहिले प्रचण्डपथलाई विचारधारामा विकास गरौं भन्दै ताली बजाइरहेको छ। उक्त जमातको घेरामा बसेर पार्टीलाई प्रतिस्पर्धामा उतार्न असम्भव छ

विद्रोह संगठित गर्न के गर्नुपर्ने थियो र तत्कालीन अवस्थामा पार्टीले गरेको निर्णयले के के सन्देश दिएको छ भन्नेमै हाम्रो बहस थियो। हामीले आलोचना र असन्तुष्टि हैन समस्याको समाधानको योजना सहित बहस गरेका थियौं। नेतृत्वलाई फुर्सद हुने र बुझ्ने चाहना हुने हो भने अहिले पनि सजिलै तत्कालीन विषय र बहस बुझ्न सकिन्छ। माओवादी पार्टी विभाजन, तत्कालीन समयमा भएका हाम्रा बहस, पहिलो संविधानसभाको असफलतामा हाम्रो बहस, दोस्रो संविधानसभाको हरेक समयमा गरिएका हाम्रा बहसहरू तत्कालीन समय सुनिदिने कोही नभए तापनि आज पार्टीको दस्तावेजमा उल्लेख हुँदा गर्वानुभूति भएको छ।

आज महाधिवेशनमा धेरै बहस चलिरहेका छन्। अध्यक्षले प्रस्तुत दस्तावेजमा कम्युनिष्ट कार्यदिशालाई नयाँ ठाउँमा लैजान खोजेको देखिन्छ। नेपाली मौलिकताको समाजवाद प्राप्तिको बाटो शान्तिपूर्ण र प्रतिस्पर्धाको बाटो नै हो भन्ने स्पष्ट छ। क्रान्तिकारीको सचेत पहलले जनसमुदायको मन जितेर प्रतिस्पर्धाबाटै समाजवादमा जाने बाटो नै माओवादीको आगामी दिनको बाटो हो। यसलाई सरल ढंगले कार्यकर्तालाई बुझाउने, जनतालाई प्रशिक्षित गर्ने र आगामी योजना बनाउने सरल बाटो हो। तर मैले यस महाधिवेशनमा समस्याहरूलाई नयाँ ढंगले विकास गर्ने सचेत पहल देखिंदैछ।

पार्टीले सैद्धान्तिक रूपमै राजनैतिक बाटो परिवर्तन गरेको छ। पार्टीले गम्भीर समीक्षा गर्दै नयाँ बाटोलाई आत्मसात् गरेको छ। पुरानो बाटो हिंड्दा गरिएका कमजोरीको समीक्षा नै यो दस्तावेजको प्रमुख पक्ष हो। समस्याको संश्लेषण नै यस दस्तावेजको प्रधान संश्लेषण हो। अन्य विषयमा प्रवेश गरेको मात्र छ। थप व्याख्या, कार्यान्वयनसँगै संश्लेषण हुन समयको माग गर्दछ।

जनयुद्ध हुँदै आजसम्म नेपाली समाजलाई डोर्याउने विचार माओवादी विचार र माओवादी नेतृत्व नै हो। हिजो हामीले विचार शृङ्खलालाई प्रचण्डपथको रूपमा संश्लेषण गरौं। विचार के नाममा छ, त्यो महत्वपूर्ण हुँदैन, विचार कार्यान्वयन गरियो कि गरिएन भन्ने मुख्य कुरा हो। आज कमजोरी संश्लेषण गरेका छौं। कमजोरीलाई कार्यकर्ताले छूट दिएका छन्। नेतृत्वले अहिले चलेका बहसलाई यही रूपमा बुझ्नुपर्दछ। समाधानको प्रारम्भिक बीजारोपण भएको छ। यसलाई विकसित गर्न आवश्यक छ।

धम्काएर बार्गेनिङ गर्ने र चाप्लुसी गरेर स्वार्थ पूरा गर्ने दुई प्रवृत्तिको घेराभित्र नराम्ररी जकडिएर नै नेतृत्व आजको अवस्थामा पुगेको हो। मनोगत र अति आत्मविश्वास पैदा हुने आधार कमिटीमा आलोचक चेतना नहुनु नै हो। तलबाट जबर्जस्त उठेका आवाजहरूलाई माथिल्लो कमिटीमा लिएर छलफल गर्न सक्ने र चाहने नेतृत्वको अभावले यस्तो भएको हो। यतिसम्म विडम्बनापूर्ण काम हुन्छ कि एकै दिनको बैठकमा एक व्यक्ति एक समितिको निर्णयले अध्यक्ष बन्छ र लगत्तै उसलाई अर्को जिम्मेवारी दिइन्छ। तर उक्त परिवर्तित निर्णयको स्वामित्व कमिटीले लिने अवस्था हुँदैन। गलत भइरहेको छ भनेर सदस्यहरुले धारणा बनाउने र कुरा उठाउन पनि सक्दैनन्। पार्टीभित्रको वातावरण नै त्यस्तो छ। यो मनोविज्ञान पार्टीभित्र रहँदासम्म पार्टीमा विधि र विचार संस्थागत हुन सक्दैन।

आलोचनात्मक विचार सुन्ने र त्यसलाई पार्टी निर्माणमा प्रयोग गर्ने आँट नेतृत्वले गर्नुपर्दछ। पार्टी निर्माणका लागि स्वच्छ चाहनाबाट अभिव्यक्त भएका सुझावलाई ग्रहण गर्ने आँट गर्नुपर्दछ। विचारको विकास र संश्लेषण, पार्टी अनुशासन र विधिको विकास, परिवर्तित कार्यदिशाको सही प्रयोग र विकास गर्न आवश्यक नेतृत्वको ग्रुप तयार गर्न आवश्यक छ। मुख्य नेतृत्वको स्पष्टतालाई ठीक ढंगले बुझ्न र आत्मसात् गर्न सक्ने, संगठनमा व्यावहारिक र वस्तुवादी विधिलाई व्यवस्थित गर्न सक्ने टीम आवश्यक छ।

निर्णय गर्दा पनि ऐतिहासिक भयो भनेर प्रशंसा गर्ने र त्यही निर्णय गलत गरिएछ भनेर समीक्षा गर्दा ऐतिहासिक भयो भनिन्छ। यही पंक्तिको घेराले अहिले प्रचण्डपथलाई विचारधारामा विकास गरौं भन्दै ताली बजाइरहेको छ। उक्त जमातको घेरामा बसेर पार्टीलाई प्रतिस्पर्धामा उतार्न असम्भव छ।



source https://www.onlinekhabar.com/2022/01/1060211

हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा

१७ पुस, काठमाडौं । हिमालय क्षेत्रका हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा रहेको तथ्य जलवायु परिवर्तनसम्बन्धी अध्ययनको एक प्रतिवेदनले सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) नेपालले इसिमोडलगायत संस्थाको सहयोगमा गरेको अध्ययन प्रतिवेदन शुक्रबार राजधानीमा सार्वजनिक गरिएको छ ।

नेपालको हिमाली क्षेत्रमा जमेर रहेका पानीका स्रोत र यसको तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनको असर बुझ्न अध्ययन गरिएको कार्यक्रममा जानकारी गराइएको छ ।

हिमाली क्षेत्रको भौगोलिक अवस्था, उत्तर-दक्षिणमा छोटो दूरीमा उचाइ परिवर्तनको कारणले तापक्रम र वर्षाको भिन्नतामा उच्च परिवर्तन देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपालमा सन् १९७७ देखि २०१० सम्म करीब २४ प्रतिशतले हिमनदीको क्षेत्रफल घटेको यसअघिको एक अध्ययन प्रतिवेदनको निष्कर्षलाई पनि पछिल्लो अध्ययनले सार्वजनिक गरेको छ । सन् १९७० देखि २००७ सम्म नेपालको खुम्बु क्षेत्रमा पर्ने इम्जा र ल्होत्से हिमनदीको उचाइ घटेको तथ्य पनि अध्ययनले सार्वजनिक गरेको छ ।

हिमतालको तीव्र विकासले हिमताल विष्फोटबाट हुने बाढीको जोखिम बढेको छ । कोशी, गण्डकी र कर्णाली जलाधारमा सम्भावित खतरनाक ४७ वटा हिमताल पहिचान गरिएका छन् । यसमध्ये २१ वटा नेपालको उच्च हिमाली क्षेत्रमा, २५ वटा तिब्बतमा र एउटा भारतमा पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । हालसम्म नेपाल हिमशृङ्खलाबाट ३५ वटा हिमताल विष्फोटन भएको विभिन्न स्रोतमा उल्लेख गरिएको तथ्यलाई पनि अध्ययन बाहिर ल्याएको छ ।

अध्ययन कार्यदलका संयोजक मोहनबहादुर चन्द सन् १९६३ मा कञ्चनजङ्घा क्षेत्रमा हिमताल फुटेको तथ्य स्थलगत अध्ययनका क्रममा स्थानीय बूढापाकाबाट पुष्टि भएको बताउनुहुन्छ । यसको अभिलेख भने कतै नभएको र यो विषय सञ्चारमाध्यममा पनि नआएको उनले कार्यक्रममा सुनाए ।

कार्यक्रममा पूर्ववातावरण सचिव भएर काम गरिसक्नुभएका कृष्ण ज्ञवालीले यस्ता विषयमा छलफल गर्ने वातावरण परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा गठन गरिए पनि त्यसको बैठक नै कम बस्ने गरेको जानकारी गराउनुभयो । परिषद्को बोझिलो संरचना भएकाले कमै बैठक बस्ने गरेकोसमेत उनको अनुभव छ ।

वन तथा वातावरण मन्त्रालयका उपसचिव डा अरुणप्रकाश भट्टले पछिल्लो समय मेलम्चीमा आएको बाढी, मनाङको हिमपहिरो र सुदूरपश्चिम प्रदेशमा बेमौसममा पानी परी धानबाली नष्ट भएको घटना जलवायु परिवर्तनको प्रभाव भएको बताए ।

विकसित राष्ट्रले कार्वन उत्सर्जन गर्दा आएको यो समस्या समाधानमा पनि तिनै देशले भूमिका खेल्नुपर्ने उनको भनाइ छ । सन् २०११ को अध्ययन अनुसार नेपालले ०.०५६ प्रतिशतमात्र कार्बन उत्सर्जन गर्छ ।

कार्यक्रममा टिआइ नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्ग, उपाध्यक्ष बुद्धिनारायण श्रेष्ठ, महासचिव मुकुन्दबहादुर प्रधान, त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान केन्द्रीय विभागका रमेशराज पन्तलगायतले जलवायु परिवर्तनका विषयमा नेपालले आफ्नै स्रोतबाट विस्तृत अध्ययन सुरु गर्नुपर्नेमा जोड दिएका थिए । राजधानी काठमाडौँ उपत्यकालगायत प्रमुख सहरमा फैलिएको प्रदूषण रोकेर पनि जलवायु परिवर्तनबाट हुने समस्या रोक्न सहयोग गर्न सकिने उनीहरूको भनाइ थियो ।

स्थानीय तहले जलवायु परिवर्तनसम्बन्धी अध्ययन जनचेतना जगाउन छुट्याउने बजेट रकमान्तर गरी विकास निर्माणमै लगाइने गरिँदा पनि समस्याका बारेमा जनतालाई जागरुक गराउन नसकिएकाले यसतर्फ ध्यान दिनुपर्नेमा उनीहरूले जोड दिएका थिए ।



source https://www.onlinekhabar.com/2022/01/1060212

रचना रिमाल : छोटो समयमै एक हजार बढी गीतमा गुञ्जिएको स्वर

१७ पुस, काठमाडौं । ‘फोटो फिरिममा, कहिले मिलन कहिले बिछोड मया पिरिममा…।’

रचना रिमालको स्वरमा सार्वजनिक यो गीत निकै रुचाइयो । गीतसँगै गायिका रचनाको स्वरको पनि उत्तिकै प्रशंसा भयो । उनलाई एकपछि अर्को गीतको अफर आउन थाल्यो । एउटा होइन, दुइटा होइन । पाँच, दश हुँदै गीत अफरको संख्या ३५ पुगिसक्यो । तर, गीत रेकर्डिङ गर्नका लागि रचना काठमाडौंमा थिइनन् ।

यो २१ महिना अगाडिको कुरा थियो । ‘फोटो फिरिममा’ गीत सार्वजनिकसँगै उनी आफ्नो घर झापा चन्द्रगढी फर्किएकी थिइन् । कोरोना महामारीका कारण लकडाउन जारी भएको केही समय भइसकेको थियो । ‘केही दिनमा आइहाल्छु, अनि गाउँछु ल !’ अफर गर्नेहरु सबैलाई यसै भनिरहेकी थिइन् रचना ।

जसोतसो बन्दोबस्त मिलाएर उनी केही दिनमा काठमाडौं आइन् । तय भएकामध्ये अधिकांश गीत पालैपालो रेकर्डिङ गर्न थालिन् । जति-जति गीत रेकर्डिङ गराउँदै गइन्, नयाँ गीतका अफरहरु अझ बढ्न थाले ।

तीज नजिकियो । ‘आयौं चेली’ बोलको तीज गीतमा स्वरसँगै अभिनय गरिन् । गीत रुचाइयो, रचनाको व्यस्तता झन्-झन् बढ्यो । यस्तो समय आयो, एकैदिन ३-४ वटा गीत रेकर्डिङ गर्नुपर्ने ।

उनका गीतको संख्या बढ्यो, धमाधम सार्वजनिक हुन पनि थाले । एकपछि अर्को गीत स्रोता-दर्शकले रुचाउँदै गए ।

‘मिनरल वाटर’, ‘पहिलो पल्ट भेट हुँदा’ जस्ता गीतहरु रुचाइए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना र नारायण रायमाझीको संगीतमा प्रविन बेडवालसँग गाएको ‘उनको प्रीति’ बोलको गीत त निक्कै चर्चित भयो ।

‘नमुछे आमा दहीमा टीका’को नयाँ भर्सन, ‘सुनन पियारी’ ‘चाहन्छु’, ‘सम्झिनी पानी छम्किनी’, ‘भन साइँला’ जस्ता उनका थुप्रै गीतहरु पनि रुचाइएका छन् ।

त्यसो त, रचनाले सांगीतिक करिअर शुरु गरेको लामो समय पनि भएको छैन । आफ्नो पहिलो चर्चित गीत ‘फोटो फिरिममा’ सार्वजनिक भएको दुई वर्ष नहुँदै उनको स्वर एक हजारभन्दा बढी गीतमा गुञ्जिइसकेको छ । १८ वर्षको सानो उमेरमै र छोटो अवधिमै रचनाले पाएको सफलता साँच्चिकै लोभलाग्दो छ ।

स्टेजमा पनि उत्तिकै व्यस्त

कोरोना महामारीका कारण गत वर्ष मेला-महोत्सव तथा स्टेज कार्यक्रम खासै भएनन् । त्यसैले हिजोका दिनमा रचनाको व्यस्तता स्टुडियोमा केन्द्रित थियो । अहिले स्टेजतिर पनि उत्तिकै छाएकी छन् ।

‘महोत्सवबाट हिजो साँझ काठमाडौं फर्किएकी हुँ । हिजो साँझ नै एउटा गीत रेकर्डिङ गरें । आज दुईवटा गीतको रेकर्डिङ सकेर आएकी हुँ,’ व्यस्त दैनिकीकै बाबजुद केही दिनअघिको भेटमा रचनाले भनिन्, ‘दुई/तीन दिनमा केही गीतको रेकर्डिङ सकेर फेरि मेला-महोत्सवतिरै जानुछ । अंग्रेजी नयाँ वर्षको दिन दार्जिलिङमा सांगीतिक प्रस्तुति दिँदैछु ।  त्यसपछि पुस अन्त्यसम्मै नियमितजसो मेला-महोत्सवको सेड्युल छ । माघका लागि पनि थुप्रै जिल्लाबाट मेला महोत्सवको लागि कुरा भएको छ ।’ यतिबेला उनी सांगीतिक प्रस्तुतिका लागि दार्जिलिङ पुगिसकेकी छिन् ।

आफ्ना गीतलाई जस्तै स्टेजमा पनि आफूले स्रोता-दर्शकबाट एकदमै माया पाउने गरेको  रचना बताउँछिन् । स्टेज कार्यक्रममा जाँदा उनी अनेकथरी फ्यान भेट्छिन्, कोही टाढाटाढादेखि भेट्न आएको बताउँदै फोटो खिच्छन् । कोही विभिन्न उपहारहरु ल्याएर दिन्छन् ।

‘अस्ति भर्खरै ताप्लेजुङमा एक जना दिदी म तपाईंलाई भेट्न पाँच घण्टा हिँडेर आएकी हुँ भन्नुभयो । ताप्लेजुङमा एउटा होटलको दाइले किवी लगायत फलफूलहरु कोसेली भनेर पठाउनुभएको छ,’ रचनाले उत्साहित भावमा फ्यानका केही किस्सा सुनाउँदै भनिन्, ‘सिमरामा पनि एक जना महिलाले कार्टुन ल्याएर दिनुभयो । पछि होटल गएर हेर्दा कार्टुनभरि चाउचाउ थियो ।’ सांगीतिक प्रस्तुतिकै लागि दुईपटक दुबई समेत पुगेकी रचनालाई त्यहाँ फ्यानले लकेटदेखि ब्याग, परफ्युमसम्म उपहार दिएका थिए । फ्यानहरुबाट यस किसिमको माया पाउँदा एकदमै खुशी लाग्ने र आगामी दिनमा सांगीतिक क्षेत्रमा अझै राम्रो काम गर्न हौसला मिल्ने उनी बताउँछिन् ।

सानैदेखि भजन गाउँथिन्

झापाको चन्द्रगढीमा सामान्य परिवारमा जन्मिएकी हुन् रचना । आमाले दुई वर्ष अगाडिसम्म घरछेउमै घुम्ती पसलमा चटपटे बेच्थिन् । बुवा पहिले वैदेशिक रोजगारीमा थिए । अहिले घर फर्किएर अटो चलाउँछन् । तीन दिदी-बहिनीमा माइली रचना सानैदेखि भजन गाउँथिन् । भजन गाएको मन पराएर कतिले उनलाई पैसा समेत दिन्थे ।

रचना सुनाउँछिन्, ‘म भर्खरै नेपाल आइडलबाट आउट भएकी थिएँ । शिशिर दाइको त्यो स्टाटसमा धेरैले मेरो नाम लिनुभएको थियो । धेरै जनाले गर्नुभएको तिनै कमेन्टले मैले ‘फोटो फिरिममा’ गीत गाउन पाएँ ।’

कक्षा ४ देखि प्राइभेट विद्यालय पढेकी रचना सोही वर्ष विद्यालयको प्रतियोगितामा गीत गाएर प्रथम भइन् । त्यसपछि शिक्षकहरुले सिकाएर बाहिरको प्रतियोगिताहरुमा समेत लैजान थाले । कक्षा ५ मा पढ्दा रचना विद्यालयस्तरीय प्रतियोगितामा गाएकी थिइन् । सो प्रतियोगितामा उनले तारादेवीको गीत ‘उकाली ओरालीहरुमा’ गाएकी थिइन्, प्रथम भइन् । ‘पुरस्कारस्वरुप डायरी र पाँच सय रुपैयाँ पुरस्कार पाएकी थिएँ,’ उनले त्यो दिन सम्झिँदै भनिन्, ‘त्यहाँबाट बल्ल गाउन सक्छु जस्तो भयो । गायनमा एकदमै प्रोत्साहित भएँ ।’

बाल्यकालमा उनको लगाव भजनमा थियो । जब गीत गाएर पुरस्कार पाउन थालिन्, बुबाले ल्याएको स्क्रिनटच मोबाइल लिएर वाइफाइ भएको छिमेकीका घरमा पुग्थिन् । अनि आफूलाई मन परेका गीतहरु डाउनलोड गर्थिन् । तिनै गीत सुनेर सिक्न थालिन् । त्यसो समय तारादेवी, अरुणा लामा, भक्तराज आचार्य लगायतका गीतहरु बढी सुन्ने गरेको रचना बताउँछिन् ।

विद्यालयमा नृत्य सिकाउने एक जना शिक्षिका थिइन्, जसले गीत एकदमै रुचाउँथिन् । उनले रचनालाई गीत गुनगुनाउन लगाइरहन्थिन् । गुनगुनाउन लगाउने मात्र होइन, गाउँदै गरेको भिडियो मोबाइलले खिचेर आफ्नै अकाउण्टबाट एउटा ग्रुपमा समेत पोष्ट गरिदिन्थिन् । सो गु्रपमा जसले पनि गीत गाएर पोष्ट गर्न मिल्थ्यो । त्यतिबेला रचना कक्षा ९ मा पढ्दैथिइन् । गु्रपमा पोष्ट गरिएका भिडियोमा एकदमै राम्रो प्रतिक्रिया आउँथ्यो । शिक्षिकाले ती प्रतिक्रियाहरु देखाउँदा फुरुङ्ग हुन्थिन् रचना ।

सोही गु्रपमा प्रतियोगिता समेत राखिएको थियो, जसको धेरै लाइक कमेन्ट आउँछ ऊ विजेता हुने । तिनै शिक्षिकाले रचनाको भिडियो पोष्ट गरिदिइन् । रचना विजेता बनिन् अनि हार्मोनियम जितिन् । त्यसपछि आफूमा संगीतको नसा एकदमै बढेर गएको रचना सुनाउँछिन् । उनी सोही हार्मोनियममा ‘सारेगमप…’ आलाप्न थालिन् । आमा-बुबाबाट भने गायनमा सधैं साथ र सपोर्ट रहेको उनले सुनाइन् ।

घरछेउमै रहेको चटपटे पसलमा साँझ-बिहान र बिदाको समयमा रचनाले पालो दिन्थिन् । पसलमा गीत गुनगुनाउँदै बस्थिन्, चटपटे खान आएका ग्राहकलाई बनाएर दिन्थिन् । चटपटे बनाउने क्रममा केही युट्युबर त्यहाँ पुगेर रचनाको अन्तवार्ता लिए । र, युट्युबमा ‘चटपटेवाली गायिका’का रुपमा प्रस्तुत गरे । जुन भिडियो स्रोता-दर्शकले निकै रुचाए । सोही भिडियोबाट रचनालाई ‘चटपटेवाली गायिका’ भनेर चिन्नेहरु प्रशस्त भइसकेका थिए ।

वसन्तले दिए पहिलो गीतनेपाल आइडल बन्यो ‘टर्निङ प्वाइन्ट’

रचना ‘चटपटेवाली गायिका’ भनेर भाइरल भएकी थिइन् । त्यतिबेला उनी बेलाबेला गीत गाएर भिडियोहरु फेसबुकमा पोष्ट समेत गर्थिन् । संगीतकार वसन्त सापकोटालाई आफैंले रिक्वेस्ट पठाएर फेसबुकमा साथी बनाइसकेकी थिइन् । रचनाले फेसबुकमा गीत गाएर पोष्ट गरेको ‘क्लिप’ सापकोटालाई मन परेको रहेछ ।

एक दिन संगीतकार सापकोटाको रचनालाई म्यासेज आयो, ‘नानी तिम्रो स्वर एकदमै राम्रो लाग्यो । काम गर्नुपर्छ ल ।’ सापकोटाको म्यासेजले रचनामा खुशीको सीमा रहेन ।

सापकोटाले गीत रेकर्डिङका लागि काठमाडौं बोलाए । बुबालाई लिएर काठमाडौं आइन्, वसन्तको शब्द तथा संगीतमा रचनाको पहिलो गीत रेकर्ड भयो, ‘रुमाल चिनो’ । जतिबेला रचना कक्षा १० मा पढ्दै थिइन् ।

रचना आफ्नो भिडियोमा आउने कमेन्ट पढिरहन्थिन् । ‘नेपाल आइडलमा जाऊ’ भन्ने कमेन्टहरु थुप्रै आउँथे उनलाई । रचना आफैं पनि नेपाल आइडलको नियमित दर्शक थिइन्, उनलाई त्यहाँ गएर गाउने धोको थियो । अडिसनबारे जानकारी पाएपछि नेपाल आइडलमा जाने आँट गरिन् । सयौंबाट छानिइन्, प्रस्तुति दिँदै गइन् । स्रोता-दर्शकबाट तारिफ बटुल्दै उत्कृष्ट आठसम्म पुगिन् । उनले तीन पटकसम्म सबैभन्दा बढी भोट पाएकी थिइन् । उत्कृष्ठ ८ बाट भने उनी बाहिरिइन्, तर त्यसपछि उनको सांगीतिक यात्राको वेग तीव्र हुँदै गयो ।

स्रोताको कमेन्टले पाएको ‘फोटो फिरिममा’

छरछिमेकका दाइहरु विदेश गएर पैसा कमाएर नयाँ घर ठ्डयाइरहेका हुन्थे । ‘गाउँमा त्यस्तो देखेर पनि होला, म पनि विदेश गएर पैसा कमाएर घर बनाउँछु भन्ने सोच्थें,’ रचना भन्छिन्, ‘तर गीत गाएर घर बनाउँछु भनेर कहिल्यै सोचेकी थिइनँ ।’

नेपाल आइडलमा गएपछि आफूलाई चिन्ने र माया गर्नेहरु ह्वात्तै बढेको रचना बताउँछिन् । त्यही मायाले नै आफूले ‘फोटो फिरिममा’ गाउने अवसर पाएको उनले खुलाइन् ।

कलाकार शिशिर भण्डारी नयाँ गीत ल्याउने तयारीमा थिए । आफ्नो शब्द तथा संगीत रहेको ‘फोटो फिरिममा’ गीत कुन गायिकालाई गाउन दिँदा ठीक होला ? भनेर शिशिरले फेसबुकमा प्रश्नसहितको स्टाटस राखेका थिए ।

रचना सुनाउँछिन्, ‘म भर्खरै नेपाल आइडलबाट आउट भएकी थिएँ । शिशिर दाइको त्यो स्टाटसमा धेरैले मेरो नाम लिनुभएको थियो । धेरै जनाले गर्नुभएको तिनै कमेन्टले मैले ‘फोटो फिरिममा’ गीत गाउन पाएँ ।’

कल्पना बाहिरको माया

रचना आफू यो स्थानसम्म आउँछु भनेर कहिल्यै नसोचेको बताउँछिन् । ‘एउटा-दुइटा गीत रेकर्ड गर्न पाए हुन्थ्यो भन्ने चाहिं पहिल्यैदेखि थियो । नेपाल आइडलमा जाँदा पनि दुई तीनवटा गीत पाउँछु होला भन्ने लाग्थ्यो । यसरी व्यस्त हुन्छु, स्रोता दर्शकहरुको यति धेरै माया पाउँछु होला भन्ने सोचेकै थिइनँ,’ उनी भन्छिन् ।

साँघुरो घर भत्काएर पक्की घर बनाउने रचनाको सानैदेखिको धोको थियो । छरछिमेकका दाइहरु अष्टे«लिया, अमेरिका गएर पैसा कमाएर नयाँ घर ठ्डयाइरहेका हुन्थे ।

‘गाउँमा त्यस्तो देखेर पनि होला, मलाई पनि विदेश गएर पैसा कमाएर घर बनाउँछु भन्ने सोच्थें,’ रचना भन्छिन्, ‘तर गीत गाएर घर बनाउँछु भनेर कहिल्यै सोचेकी थिइनँ ।’ यति भनिरहँदा रचनाले सांगीतिक क्षेत्रकै कमाइले झापामा पक्की घर ठड्याउँदैछिन् ।

उनको गायकीलाई मात्र होइन, उनले गर्ने रमाइला जवाफलाई रुचाउनेहरु पनि प्रशस्त भेटिन्छन् । उमेर सुहाउँदो उनको निर्दोषपन अनि रमाइला खालका कुरालाई लिएर कति ‘ट्रोल’ समेत बन्ने गरेका छन् ।

‘बाँचुन्जेल कति सकिन्छ गीत गाउने हो । स्रोता-दर्शकलाई राम्रा-राम्रा गीत दिने हो,’ संगीत कक्षामा जान हतार गरिरहेकी रचनाले कुराकानीको वीट मार्ने क्रममा भनिन्, ‘महोत्सवतिर व्यस्त हुँदा संगीत कक्षा छुटिरहेको छ । काठमाडौंमै हुँदा चाहिं छुटाउनु हुँदैन ।’

उनी भन्छिन्, ‘मैले बोलेको कुरालाई लिएर कतिपय हाँस्नुहुन्छ । ती कुरा कतिलाई राम्रो लाग्ला, कतिपयलाई नाटकजस्तो पनि लाग्ला । तर, मलाई सोचेर बोल्न आउँदैन । जे मनमा लाग्यो त्यो भनिहाल्छु ।’ सांगीतिक क्षेत्रमा आएपछि स्रोता-दर्शकले दिएका कतिपय कमेन्टहरुलाई भने मनन् गर्दै लगेको समेत रचनाले बताइन् ।

संगीत पढ्नेचलचित्रमा गाउने

रचना सानैदेखि पढाइमा अब्बल छिन् । एसईईमा ‘ए ग्रेड’ ल्याएकी उनले यसै वर्ष ‘ए ग्रेड’मै कक्षा १२ उत्तीर्ण गरेकी छन् । झापा भद्रपुरको प्रज्ञा एकेडेमीबाट कक्षा १२ उत्तीर्ण गरेकी रचना अब काठमाडौंमा संगीत विषय लिएर स्नातक तह अध्ययन गर्ने तयारीमा छिन् ।

‘ललितकला क्याम्पसमा संगीत पढने सोचेकी छु । केही दिनमा भर्ना हुन्छु,’ उनले सुनाइन् । करिअरको जति महत्व छ, त्यति नै औपचारिक अध्ययनको महत्व रहेको रचनाको बुझाइ छ । रचनाले कक्षा ९ मा पढ्दै गर्दा झापामा केही समय संगीत प्रशिक्षण पनि लिएकी थिइन् ।

अहिले फेरि उनी धेरै गायक÷गायिकाका गुरु एवं संगीतकार चण्डीप्रसाद काफ्लेसँग संगीत शिक्षा प्रारम्भ गरेकी छन् ।

रचनाले ‘धुर्मुस-सुन्तली’को ‘म त मर्छु कि क्या हो’ चलचित्रमा पनि गीत गाइसकेकी छिन् । जुन चलचित्र ओटीटी प्लेटफर्ममा सार्वजनिक भइसकेको छ । अन्य चलचित्रहरुमा पनि गीत गाउने रहर रहेको उनले सुनाइन् । रचनाको जीवनको सम्पूर्ण चाहना र सपना सांगीतिक क्षेत्रमै छ । ‘बाँचुन्जेल कति सकिन्छ गीत गाउने हो । स्रोता-दर्शकलाई राम्रा-राम्रा गीत दिने हो,’ संगीत कक्षामा जान हतार गरिरहेकी रचनाले कुराकानीको वीट मार्ने क्रममा भनिन्, ‘महोत्सवतिर व्यस्त हुँदा संगीत कक्षा छुटिरहेको छ । काठमाडौंमै हुँदा चाहिं छुटाउनु हुँदैन ।’ त्यसपछि रचना लागिन् संगीत गुरु चण्डीप्रसाद काफ्लेकहाँ ।

तस्वीर : आर्यन धिमाल



source https://www.onlinekhabar.com/2022/01/1060193

कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

१७ पुस, धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीले भारतबाट लागूऔषध ल्याएर आउँदै गरेको अवस्थामा एक जना युुवकलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीले नेपाल-भारत सीमास्थित डोकेबजारमा स्थापना गरेको चेक प्वाइन्टबाट खटिएको टोलीले चेकजाँचका क्रममा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-६ जाई बस्ने १९ वषर्ीय प्रेम ऐर रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरीले जनाएको छ ।

उनको झोलाबाट ७८ ग्राम खैरो हिरोइन, ४ ट्यावलेट नाईट्रोभेट, दुुई वटा मोबाइल, दुुई हजार सात सय भारतीय रुपैयाँ, तीन वटा घडीलगायत बरामद गरिएको छ ।

ऐरलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय त्रिभुुवन बस्तीको जिम्मा लगाइएको छ ।



source https://www.onlinekhabar.com/2022/01/1060199

नेपाली फिल्मका लागि ‘थ्रेट’ बन्दैछन् साउथ इण्डियन फिल्म ?

१७ पुस, काठमाडौं । निर्माता अर्जुन कुमारले चलचित्र ‘चपली हाइट ३’ साउथ इण्डियन हिन्दी डब चलचित्र ‘पुष्पा’कै कारण रिलिज गरेनन् । पुस २ गतेबाट पछि सरेको चलचित्रको प्रदर्शन मिति अब पुस ३० गतेलाई तोकिएको छ ।

अर्को साता साउथकै हिन्दी डब चलचित्र ‘आरआरआर’ नेपाल भित्रिने भएपछि नेपाली निर्माताले चलचित्र रिलिजको आँट नै गरेनन् । चैत ३० गते नै साउथको हिन्दी डब चलचित्र ‘राधे श्याम’ रिलिज हुँदैछ । नेपाल भित्रियो भने यो चलचित्र ‘चपली हाइट ३’का लागि पनि थ्रेट बन्न सक्छ ।

चलचित्र ‘पुष्पा’कै कारण शुक्रबारबाट रिलिज भएको नेपाली चलचित्र ‘कठपुतली’ले मल्टिप्लेक्समा कम शो पायो । गत साता रिलिज भएको ‘चुरीफुरी’ नामक चलचित्रले मल्टिप्लेक्समा शो नै पाएन । जबकि, तीन सातादेखि ‘पुष्पा’ले मल्टिप्लेक्समा कब्जा गरेको छ । तेस्रो सातामा पनि ‘पुष्पा’को तुलनामा फ्रेस रिलिज नेपाली चलचित्रले निक्कै कम शो पाएको छ । विदेशी चलचित्रलाई प्राइम टाइमको शो दिएका प्रदर्शकले नेपाली चलचित्रलाई झारा टार्ने काम गरेका छन् ।

लकडाउनअघि बलिउडका स्टार कलाकारसँग मात्रै भिडन्त गरेका नेपाली निर्माताले अब साउथका चलचित्रसँग पनि शो बाँड्नुपर्ने अवस्था आएको छ ।

कोरोना महामारीका कारण लकडाउन भएपछि नेपालमा चलचित्र हलको अवस्था फेरियो । लामो समय सिनेमा हल बन्द हुँदा नेपाली चलचित्रको किल्लाको रुपमा रहेका अधिकांश सिंगल हलहरु बन्द भए । गोपीकृष्ण हल भत्काइयो । काठमाडौं लगायत देशभरका अधिकांश सिंगल हलहरु बन्द भए । यी हल बन्द हुँदा नेपाली मेकरले बलिउड, हलिउडको मात्र नभएर अब साउथका चलचित्रसँग पनि प्रत्यक्ष रुपमा मल्टिप्लेक्समा भिडन्त गर्नुपर्ने हुन्छ । जसले नेपाली चलचित्रको इनिसियल व्यापारमा असर गर्ने प्रष्ट छ ।

निर्माता अर्जुन कुमारले नेपाली चलचित्र बनाउने निर्मातालाई महामूर्खको संज्ञा समेत दिए । उनले अब नेपाली चलचित्रको अस्तित्व नै सकिने तर्क समेत गरेका छन् ।

अर्जुन भन्छन्, ‘अब साउथको हिन्दी डब चलचित्र नेपाली चलचित्रका लागि काल बन्ने पक्का छ । अहिले म मात्रै बोलेको छु, भोलिको दिनमा यो समस्याबाट अधिकांश निर्माता ग्रसित हुनुपर्ने निश्चित छ ।’ चलचित्र रिलिजका लागि आँशु नै झार्दै हिँडेका अर्जुनले अब नेपाली चलचित्र क्षेत्र सकिएको घोषणा समेत गरिसकेका छन् ।

साउथकै चलचित्र ‘केजीएफ २’को प्रदर्शन मिति पक्का नहुँदा नेपाली चलचित्र ‘ए मेरो हजुर ४’का निर्माता सुनिलकुमार थापाले चलचित्रको प्रदर्शन मिति तय गर्न सकेका छैनन् । उनी ‘केजीएफ २’को रिलिजको सेड्युल अनुसार आफ्नो चलचित्रलाई रिलिज गर्ने बाटो कुरेर बसेका छन् ।

लकडाउनअघि बलिउडका स्टार कलाकारसँग मात्रै भिडन्त गरेका नेपाली निर्माताले अब साउथका चलचित्रसँग पनि शो बाँड्नुपर्ने अवस्था आएको छ ।

नेपालमा साउथका चलचित्र सस्तोमा ल्याएर राम्रै रकम कमाउन सकिने अवस्था आएपछि वितरकहरुले पनि लगानी धमाधम गरिरहेका छन् । ‘पुष्पा’लाई १ करोड बढी भारतीय रुपैयाँ तिरेर नेपाल भित्र्याइएको थियो । तर, यो चलचित्रले वितरकलाई राम्रो मुनाफा दिएको छ । यसले वितरकलाई साउथ चलचित्रप्रतिको लगाव झनै बढाएको छ । अर्को साता रिलिज हुन लागेको ‘आरआरआर’का लागि वितरकले दुई करोड बढी भारतीय रुपैयाँ खर्च गरेको चर्चा छ ।

राम्रो फिल्म बनाएर मात्रै अब सुख छैन

चलचित्र लेखक तथा समीक्षक सामीप्यराज तिमिल्सिना अब नेपाली चलचित्रका मेकरलाई राम्रो चलचित्र बनाएर मात्र सुख नहुने बताउँछन् । ‘मैले पहिले राम्रो चलचित्र बनाएरै प्रतिस्पर्धा गर्नुपर्छ भन्ने तर्क गर्दै आएको थिएँ । तर, अब यो तर्कले पनि काम गर्दैन । किनकि, भारतमा राम्रो भएर पनि ८३ नामक चलचित्र नचलेको उदाहरण नेपालमा पनि लागू हुन्छ,’ उनी भन्छन् ।

उनका अनुसार दर्शकले केही चलचित्रका लागि मात्र रकम खर्च गर्न सक्छन् । यदि उनीहरुले आफ्नो बजेट विदेशी चलचित्रको लागि छुट्याए भने राम्रो भएर पनि नेपाली चलचित्र नचल्न सक्छ ।

साउथ इण्डियन चलचित्र नेपाली बजारका लागि एक दशक अगाडि नै थ्रेट बनेको उनको भनाइ छ । तिमिल्सिना भन्छन्, ‘एक दशक अगाडिदेखि नै साउथका चलचित्र र कलाकारले हाम्रो घरमा प्रवेश पाएका हुन् । त्यसैको परिणाम बल्ल हलमा देखिन थालेको हो । अब नेपाली चलचित्रका लागि दुईवटा मात्र उपाय छन् ।’

उनका अनुसार कि त नेपालमा पनि चीन र कोरियाको मोडल अपनाएर कोटा प्रणालीमा चलचित्र रिलिज गर्नुपर्छ । कि त, विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्छ ।

तिमिल्सिनाले तेस्रो हप्तामा प्रदर्शन भइरहेको साउथ चलचित्र ‘पुष्पा’ले भन्दा फ्रेस रिलिज नेपाली चलचित्र ‘कठपुतली’ले कम शो पाउनुलाई दुर्भाग्यपूर्ण भने । ‘यो त अन्याय नै हो नि । तर, के गर्नु मल्टिप्लेक्समा विदेशी चलचित्रकै दबदबा छ । नेपाली चलचित्रको अन्यायको विषयमा त कोही पनि बोल्दैनन्,’ उनी भन्छन् ।

नेपाली फिल्मका लागि शो छुट्याउनुपर्छ : दीपकराज गिरी

निर्माता तथा कलाकार दीपकराज गिरी भने साउथको चलचित्र मात्र नेपाली चलचित्रका लागि थ्रेट रहेको भनेर नभन्ने बताउँछन् । उनी भन्छन्, ‘हाम्रा लागि सबै विदेशी चलचित्र थ्रेट हुन् । चलचित्र क्षेत्र कला र संस्कृतिभित्र पर्छ । जसले जहाँबाट जुन भाषाको चलचित्र किनेर ल्याएर पनि चलाउन त पायो । तर, देशको कला र संस्कृति जोगाउने भन्ने शब्द पनि त होला नि होइन ?’

गिरी अगाडि भन्छन्, ‘चीन जस्तो ठूलो देशले पनि किन विदेशी चलचित्रलाई कोटा लगाउनु परेको होला ? चीन पनि खुल्ला व्यापारमा विश्वास गर्छ । तर, चीनमा पनि हिन्दी चलचित्र खोलिदिने हो भने त्यहाँको चलचित्रको बाह्र बज्छ । यसबाट के बुझ्नुपर्छ भने कुनै पनि देशको कला संस्कृतिलाई समाप्त पार्नका लागि यति नै कुरा काफी छ ।’

गिरीले चलचित्र विकास बोर्डको काम भनेको विदेशी चलचित्रको कर उठाएर कर्मचारी भर्ती गर्ने ठाउँ मात्र नभएको आरोप लगाए । ‘कमसेकम राज्यले स्वदेशी चलचित्रका लागि २५ प्रतिशत सिट सुरक्षित त गरिदिनुपर्‍यो नि । कला र संस्कृति भन्ने व्यापारमा मात्र पर्दैन,’ उनी भन्छन् ।

एक करोड रुपैयाँको चलचित्रलाई अर्बौं बजेटमा बनेका चलचित्रले पेल्ने उनको भनाइ छ । ‘म त लामो समयदेखि कराएर थाकेको मानिस हुँ । हाम्रो क्षेत्रमा विसंगति विरुद्ध बोल्ने मानिसको संख्या कम छ । चूप लगाएर नायक बन्न खोज्नेहरु धेरै छन्,’ उनी भन्छन्, ‘राज्यको माथिल्लो निकायसम्म यो मेरो समस्या होइन भन्ने धेरै छन् ।’

स्वदेशी चलचित्रलाई २५ प्रतिशत हल दिने नियम नलगाउने हो भने हरेक नेपाली चलचित्रको नियति ‘चपली हाइट ३’ जस्तै हुने गिरीको तर्क छ । उनी भन्छन्, ‘साउथको २ वटा, हिन्दी, अंग्रेजी चलचित्र एकसाथ रिलिज हुँदा नेपाली चलचित्र भाग्दै जाने र अन्त्यमा आफ्नै देशको चलचित्रसँग जुध्नुपर्ने नियति अब झनै देखिन्छ ।’

विदेशीलाई रोक्न हुँदैन, तर सबै फिल्म ल्याउनुपर्छ भन्ने छैन : छविराज ओझा

नेपाली चलचित्र क्षेत्रका पाका निर्माता छविराज ओझाले विदेशी चलचित्रको भेलले नेपाली चलचित्र क्षेत्रलाई बगाउने डर रहेको बताए । उनले भने, ‘कोरोनाका कारण विदेशी चलचित्र रिलिज हुन नपाएर थुप्रिए । तर, निर्माण हुने क्रम भने रोकिएन । जसले अब एकैचोटी सबै चलचित्र आउँदा नेपाली चलचित्रलाई नै बगाउने अवस्था आयो । मेरो भनाइ सबै चलचित्र नेपाल ल्याएर रिलिज गर्न आवश्यक छैन भन्ने हो ।’

उनले थपे, ‘विदेशी चलचित्रलाई राम्रो शो दिएर नेपाली चलचित्रलाई बिहानको शो दिइन्छ । यो काम प्रदर्शकले गर्नु हुँदैन । नेपाली चलचित्रलाई माया गरौं । राम्रा र आशा गरिएका विदेशी चलचित्र ल्याउनुपर्छ । तर, साउथमा वर्षमा ७ सय वटा चलचित्र बन्छन् भने सबै ल्याउनुपर्छ भन्ने होइन ।’

ओझाले अहिले सिंगल हल थोरै मात्र बाँकी रहेकाले मल्टिप्लेक्सले नेपाली निर्मातालाई पेल्न नहुने बताए । ‘अर्जुन कुमारले सधैं मल्टिप्लेक्स हलकै लागि चलचित्र बनाए । अब उनलाई नै प्रदर्शकले पेल्ने अवस्था आयो भने निर्माताले कसरी चलचित्र बनाउने ? नेपाली चलचित्रलाई माया नगर्ने हो भने विदेशीको भेलमा सबै बडारिने पक्का छ,’ उनी भन्छन् ।

राज्य स्तरबाट नै नेपाली चलचित्रलाई जोगाउनका लागि नियम नबनाउने हो भने साउथ इण्डियन मात्र नभएर हरेक भाषाका चलचित्र ‘थ्रेट’ बन्ने चलचित्रकर्मीहरुको विश्लेषण छ ।



source https://www.onlinekhabar.com/2022/01/1060098

पुर्ख्यौली सीपबाट उत्कृष्ट उद्यमी

१७ पुस, दाङ । उनले शायदै सोचेकी थिइन् कुनै दिन उद्यमी बनुँला भनेर । तर भइदियो यस्तै । सशस्त्र द्वन्द्वका बेला रोल्पाबाट विस्थापित भएर दाङ झरेकी प्रेमकुमारी पुनले अल्लो (सिस्नोको रेसाको धागोबाट बुनिने कपडा) बनाउने पुर्ख्यौली सीपलाई व्यावसायिक रुप दिइन् । गाउँघरमा अल्लोबाट कपडा बनाउने त्यही सीपले उनलाई चिनारी दियो, ‘चिनारी महिला अल्लो उद्योग’को सञ्चालकको रुपमा ।

रोल्पाको परिवर्तनशील गाउँपालिका-१ पुरेलीमा जन्मिएकी हुन् उनी । गाउँघरमा दाम्लोदेखि झोला र कपडासम्म अल्लोकै बनाइन्थ्यो । गाउँमा महिलाका लागि अल्लो कपडा बनाउने पुर्ख्यौली सीप अनिवार्य जस्तै थियो ।

आमाले अल्लो कपडा बनाएको देख्दा उनलाई सानैदेखि रहर पनि लाग्थ्यो । नजानेर तान चलाउन खोज्दा कपडा बिग्रन्थ्यो । ‘आमाले पिट्दै सिकाउनु हुन्थ्यो,’ प्रेमकुमारी सम्झँन्छिन्, ‘त्यसरी १२ वर्षकै उमेरमा अल्लो धागोबाट कपडा बुन्न जानें ।’

पछि उनी स्थायी शिक्षक भइन् । विवाह पनि शिक्षकसँगै भयो । छोराछोरी हुर्कंदै थिए । जीवन ठिकठाक चलिरहेको थियो । त्यहीबेला नेकपा माओवादीले सशस्त्र विद्रोह शुरु गर्‍यो । प्रेमकुमारी पुन जस्तै नागरिकका लागि नसोचेको परिस्थिति सिर्जना भयो । उनीहरु विद्रोही र सरकार दुवैको चेपुवामा पर्न थाले ।

विद्रोही त गाउँमा थिए नै, बेलाबेला आउने सरकारी सुरक्षा फौजको ज्यादती चर्किन थाल्यो । रोल्पा-रुकुममा जति जनयुद्ध चर्कंदै गयो, सरकार पक्षबाट ज्यादती बढ्दै गयो । भिडन्त बढ्दै जाँदा कुनै पनि बेला कुनै पक्षको फन्दामा परिने वा अनाहक मारिने डर बढ्दै गयो । ‘त्यो बेला ज्यान जोगाउनै ठूलो कुरा थियो,’ प्रेमकुमारी भन्छिन् ।

२०५८ सालमा विद्यालयको कामले सदरमुकाम जाँदा प्रेमकुमारीका श्रीमानलाई प्रहरीले पक्राउ गर्‍यो । तीन पटकसम्म त्यो क्रम चल्यो । ‘त्यसपछि विद्रोही पक्षले सुराकी भनेर सताउन थाले,’ प्रेमकुमारी भन्छिन्, ‘अनि ज्यान जोगाउनै गाह्रो भयो र बाँचे कसैगरी पनि खाइएला भनेर दाङ झर्‍यौं ।’

बाँच्ने बाटो खोज्ने क्रममा प्रेमकुमारीले आमाले सिकाएको अल्लो कपडाको सीप सम्झँदै सिलाइकटाइको तालिम लिइन् । त्यसक्रममा रोल्पा-रुकुमबाट विस्थापित भएका अन्य महिलाहरुसँग भेट हुन थाल्यो । सबैको व्यथा उस्तै थियो । सबै नयाँ ठाउँमा जीवन निर्वाहको बाटो खोजिरहेका थिए ।

आफूजस्तै विस्थापित दिदीबहिनीको समेत साथ लिएर प्रेमकुमारीले अल्लो उद्योग खोलिन् । २०६० सालमा उद्योगले कपडा उत्पादन थाल्यो । शुरुआती दिन निक्कै चूनौतीपूर्ण रहे । खासगरी मूल्यको हिसाबले अल्लोलाई विदेशी कपडासँग प्रतिस्पर्धामा उतार्नु ठूलो चुनौती थियो ।

‘शुरुमा अल्लोको कपडा बेच्न गाह्रो भयो,’ उनले सम्झिइन्, ‘शान्ति प्रक्रिया शुरु भएपछि बिस्तारै मेला-महोत्सवले बजारीकरण गर्न सहयोग गर्‍यो । यो कपडाबारे बुझ्दै गएपछि माग पनि बढ्दै गयो ।’

उद्योग स्थापना भएको २० वर्षमा अल्लो कपडाले चिनारी पाइसकेको छ । कपडाको माग पनि बढिरहेछ । उद्योगले अल्लोका झोला, ब्यागदेखि अनेक खालका पोशाक बनाइरहेको छ । अहिले त आफ्नो उद्योगका उत्पादन भारत र चीनमा पनि प्रर्दशनी र बिक्री वितरणमा रहेको प्रेमकुमारी बताउँछिन् ।

‘एउटा राम्रो ब्राण्ड नै बनिसकेको छ अहिले,’ प्रेमकुमारी भन्छिन्, ‘आमाले सिकाएको सीपले मलाई चिनारी दियो । अहिले आमा भइदिएको भए कति खुशी हुनुहुन्थ्यो होला ।’

उनले अल्लो उद्योग थालेको २० वर्षमा थुप्रै राष्ट्रिय-क्षेत्रीय पुरस्कार र सम्मान पाएकी छन् । राष्ट्रिय महिला उद्यमीको चिनारी बनाएकी प्रेमकुमारीको उपनाम नै ‘अल्लो दिदी’ बनेको छ । यो सब आमा र दूरदराजमा बसेर अल्लोबाट कपडा बनाउन सिकाउने महिलाहरुका कारणले भएको उनी बताउँछिन् ।

‘२०७० सालमा मैले नेपाल सरकारबाट उत्कृष्ट उद्यमी पुरस्कार पाएँ,’ प्रेमकुमारी भन्छिन्, ‘त्यो पहिलो पुरस्कार थियो । सबैले बधाई दिँदा भावुक भएँ । त्यो दिन आमा सम्झेर खुब रोएँ ।’



source https://www.onlinekhabar.com/2022/01/1060187

Thursday 30 December 2021

पुस्तौँदेखि बसोबास गर्दै आएका मुसहरलाई उठीबासको चिन्ता

१६ पुस, जनकपुर। पुस्तौँदेखि ऐलानी जग्गामा जीवन बिताउँदै आएका सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ का रामदेव सदाको परिवार अहिले चिन्तामा छन् । स्थानीयवासी रमानन्द चौधरीले सदा परिवार बसिरहेको जग्गा खाली गर्न भनेपछि उनीहरूलाई समस्या भएको हो ।

‘वर्षौंदेखि यही ऐलानी जग्गामा बसेर जीवन गुजारा गर्दै आएका छौँ ।’ सदाले भने, ‘अहिले आएर चौधरीले यो जग्गा मेरो हो भन्दै जग्गा खाली गर्न भने, पछि त अदालतमा पनि मुद्दा हाल्नुभयो ,अहिले कहाँ जाने भन्ने समस्या परेको छ ।’ यहाँबाट विस्थापित नै हुन्छ कि भन्ने चिन्तामा डुबेको उनको दुखेसो छ ।

‘आफूहरूसँग नम्बरी जग्गा छैन, त्यसैले पोखरीको डिलमा फुसको छाप्रो बनाई बस्दै आएका छौँ’, उनले भने, ‘अहिले भोक र निद्रा नै हराएको छ ।’ उनका अनुसार सदा समुदायले धेरै पहिलादेखि सोही जग्गामा घर बनाएर बस्स्दै आएका थिए । ‘

बुबा पनि सोही जग्गालाई आफ्नो बासस्थान बनाउनुभयो’, ६० वर्षीय सदाले भने, ‘हामी पनि यही जग्गामा थाकथलो बनाएर बसिरहेका छौं, तर अहिले अचानक आएर चौधरीले जग्गा दाबी गर्दै मुद्दा हालेपछि परिवार नै उठीबासमा पर्ने चिन्तामा छौँ ।’ पछिल्लो समय केही दिनयता चौधरीले बस्तीमै आएर जग्गा खाली गर्न धम्कीसमेत दिन थालेपछि थप तनावमा परेको सदाको गुनासो छ ।

‘कहिलेदेखि हजुरबुबा यो जग्गामा बस्नुभयो भने नै हामीलाई नै थाहा छैन’, डाक्नेश्वरी नगरपालिका–५ का ४५ वर्षीय रामेश्वर सदाले भने, ‘जग्गा खाली गराउने भन्दै चौधरी अदालत गुहारेपछि चिन्ताले निद्रा लाग्न छाडिसक्यो, जग्गा छोड्नु परे कहाँ जाने र के खाने भन्ने ? समस्यामा परेका छौँ ।’

‘पुस्तौँदेखि यही बस्यौँ, यही मजदुरी गर्‍यौँ, कहिले पनि कसैले यो जग्गा मेरो हो भनेनन्’, उनले भने, ‘अहिले अचानक चौधरीले जग्गा खालीका लागि धम्की आउन थालेपछि लालाबालासहित कहाँ जाने भन्ने चिन्तामा डुबेका छौँ ।’ विस्थापित हुनबाट जोगाइदिन सबैसँग उनले अपिलसमेत गरे ।

स्थानीय रमानन्द चौधरीले जग्गा दाबी गर्दै पोखरीको डिल खाली गराउन अदालत पुगेपछि रामदेव र रामेश्वर सदा मात्र होइन, आर्थिकरूपमा विपन्न मुसहर समुदायसँग आफ्नो जग्गा नहुँदा गाउँ नजिकैको पोखरी डिलमा पुस्तौँदेखि बस्दै आएका २५ घर मुसहर समुदाय उठीबासको जोखिममा छन् ।

स्थानीय चौधरीले पोखरी डिल आफ्नो निजी जग्गा भएको र सदाले जग्गा हडपेर जबर्जस्ती घर बनाई बसेको भन्दै जग्गा खाली गराउन २०७८ मङ्सिर २० गते सप्तरी जिल्ला अदालतमा मुद्दा दायर गरे । चौधरीले मुद्दा दिएको अदालतबाट पत्र आएपछि बल्ल थाहा पाएको सुनाउँदै स्थानीय मुसहर समुदायले पुस्तौँदेखि भोगचलन गर्दै आएको जग्गा खाली नगर्ने अडानमा छन् ।

‘पुस्तौँदेखि भोजचलन गर्दै आएको जग्गा खाली नगर्ने आफूहरू पनि अडानमा छौँ’, ३७ वर्षीय ओपेन्द्र सदाले भने, ‘त्यसैले हामी पनि अदालतमा प्रतिउत्तर जोड्ने तयारीमा छौं, अन्तिमसम्म हामी पनि लड्छौँ ।’ यसमा सबैको सहयोग चाहियो, उनको आग्रह थियो ।

यसअघि सप्तरीको शम्भुनाथ नगरपालिका-१ खोक्सर प्रवाहाका दलित समुदायलाई जग्गा खाली गराउन स्थानीय देवीलाल साहले अदालतमा मुद्दा दायर गरेका थिए । सो मुद्दामा अदालतले यथास्थितिमै राख्न आदेश दिएपछि दलित समुदाय उठीबास हुनबाट जोगिएको थियो ।

यसरी आर्थिक विपन्नता र सामाजिक विभेदमा परेका दलित समुदायलाई आवश्यक परामर्श तथा सहयोगका लागि श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले अभियान सुरु गरेको छ ।

द फ्रिडम फण्डका सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्रले दलित बस्तीका हरूवाचरुवा परिवारलाई लक्षित व्यक्तिगत घटना दर्तासँगै सशक्तीकरणका योजनासहितको कार्यक्रम सञ्चालन गरेको केन्द्रका कार्यक्रम संयोजक शारदा चौधरीले जानकारी दिए ।

दलित समुदाय उठीबाससँगै शिक्षा र नागरिकताको समस्या रहेको पाइएकाले ती समुदायका हरूवाचरुवा परिवारलाई आवश्यक परामर्श र सहयोगको कार्यक्रम सञ्चालन गरिरहेको उनको भनाइ छ । पुस्तौँपुस्तादेखि बस्दै आएको मुसहर समुदायलाई उठीबास हुन नदिन आफूहरूले पनि सहयोग गर्ने स्थानीय गैरदलित समुदायका अगुवाले समेत बताएका छन् ।

ऐन, कानुनले पनि कसैलाई उठीबास गर्न नहुने व्यवस्था गरेको अवस्थामा मुसहर समुदायलाई उठीबास बनाउने योजनालाई आफूहरूले पनि असफल बनाउन सहयोग गर्ने स्थानीय समाजसेवी असर्फीलाल यादवले बताए ।



source https://www.onlinekhabar.com/2021/12/1059824

म्यानचेष्टर युनाइटेडको सहज जित

काठमाडौं । प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले  बर्नलीलाई ३-१ ले पराजित गरेको छ ।

युनाइटेडको घरेलु मैदान ओल्डट्राफोर्डमा गएराति भएको खेलमा चारै गोल पहिलो हाफमा भएको थियो । स्कट म्याकटोमीनेले आठौं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

खेलको २७ औं मिनेटमा बर्नलीका बेन मि ले आत्मघाती गोल गरेपछि युनाइटेडले २-० को अग्रता बनायो । क्रिस्टियानो रोनाल्डोले ३५ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि ३८ औं मिनेटमा बर्नलीका आरोन लेननोनले गोल फर्काउँदै गोल अन्तर कम पारेका थिए । तर त्यसपछि दुवै तर्फबाट खेलमा गोल नहुँदा युनाइटेडले सहज जित हात पार्‍यो ।

जितपछि १८ खेलबाट ३१ अंक जोड्दै युनाइटेड छैटौं स्थानमा उक्लिएको छ । वेष्टह्यामको पनि उति नै अंक भएपनि गोलअन्तरमा अघि छ । युनाइटेडले वेष्टह्यामले भन्दा एक खेल कम खेलेको छ ।

बर्नली १६ खेलबाट ११ अंक जोडेर १८ औं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/12/1059808

दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

१६ पुस, दाङ । दाङको तुलसीपुर–सुर्खेत सडक खण्डअन्तर्गत श्रीगाउँमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

शुक्रबार बिहान गाडीको ठक्करबाट दंगिशरण गाउँपालिका वडा नम्बर–६ का अन्दाजी ३२÷३३ वर्षका सुमन केसीको मृत्यु भएको हो ।

आज बिहान करिब चार बजेतिर गाडीले ठक्कर दिएर घाइते भएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

ठक्कर दिने गाडीको पत्ता लागेको छैन । शवलाई राप्ती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । घटनापछि मृतकका आफन्तले दोषीको पहिचान र कार्बाहीको माग गर्दै तुलसीपुर–हापुरे सडकखण्ड अवरुद्ध गरेका छन् । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/12/1059736

कोरोनाको चौथो लहर टरेको भन्दै दक्षिण अफ्रिकाले हटायो रात्रिकालीन कर्फ्यु

१६ पुस, काठमाडौं । कोरोना महामारीको जोखिमका बीच दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु हटाएको छ ।बीच दक्षिण अफ्रिकाले रात्रिकालीन कर्फ्यु हटाएको छ ।

देशमा कोरोना महामारीको चौथो लहरको उच्चतम अवस्था सम्भवत अब टरेको विश्लेषण गर्दै रात्रिकालीन कर्फ्यू हटाइएको बीबीसीले जनाएको छ ।

दक्षिण अफ्रिकी सरकारका अनुसार कोरोनाको ओमिक्रोन भेरियन्ट बढी संक्रामक हुँदाहुँदै पनि बिरामीहरु अस्पतालमा भर्ना हुने दर कम छ । साथै मृत्युका घटना पनि नगण्य छन् ।

कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा भेटिएको पुष्टि भएको थियो । यो भेरियन्ट अरुभन्दा बढी संक्रामक रहेको भनिएको थियो । त्यसैले ओमिक्रोन भेरियन्ट पुष्टि भएका अन्य देशहरुले पनि स्वास्थ्य सुरक्षासम्बन्धी नियमहरु कडाइका साथ पालना गर्न सुरु गरेका थिए । विश्व स्वास्थ्य संगठनले त अझै पनि ओमिक्रोन ‘भेरियन्ट’को संक्रमणको सुनामी आउनसक्ने चेतावनी नै जारी गरेको छ ।

तर दक्षिण अफ्रिकाको विशेष मन्त्रिपरिषद बैठकले भने बिहीबार केही नियमहरु खुकुलो बनाउने निर्णय गरेको छ ।

दक्षिण अफ्रिकामा २५ डिसेम्बरसम्म कोरोनाका ८९ हजार ७८१ नयाँ संक्रमित फेला परेका छन् । त्यसको एक हप्ता अगाडि यो संख्या १ लाख २७ हजार ७५३ थियो ।



source https://www.onlinekhabar.com/2021/12/1059722

नयाँ सन्दर्भमा राष्ट्रिय मेलमिलापको सान्दर्भिकता

१६ पुस २०३३ अर्थात् आजकै दिन बीपी कोइराला नेपाल फर्किएका थिए । हाम्रो देश राष्ट्रिय संकटमा छ, संकट चर्कंदै गएको र राष्ट्रिय अस्तित्व नै समाप्त हुने स्थिति आएको बताउँदै उनी नेपाल फर्किएका थिए । बीपीको थप कथन थियो– आज देशमा स्वार्थ परायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशप्रति आमुख हुने प्रवृत्तिको बोलवाला छ । यस्तो परिस्थितिमा सबैभन्दा पहिला राष्ट्रियताको हत्या हुन्छ । तर, अहिले समय बदलिएको छ ।

राष्ट्रिय मेलमिलापको नारा दिएर नेपाल फर्किएका बीपीबारे बुझ्न इतिहास पल्टाएर हेर्नुपर्छ । तत्कालीन राजा महेन्द्रले मृत्युदण्ड सुनाएपश्चात् प्रवासमा रहेका बीपी लगायत बहुदलीय व्यवस्थाका पक्षधरहरूको नेपाल फिर्ती आफैंमा नेपालको इतिहासमा एउटा युगान्तकारी घटना थियो । २०६२/६३ को आन्दोलनले नेपाललाई गणतन्त्रमा प्रवेश गराएयता बीपीको मेलमिलाप नीतिको सान्दर्भिकतामा प्रश्न उठाउनेहरू पनि प्रशस्तै छन् । तर, मुलुक गणतन्त्रमा प्रवेशयता धार्मिक, भाषिक, भौगोलिक, साम्प्रदायिक आदि ‘पहिचान’का नाममा कतै मुलुक थप अनेकतातिर गएको त होइन भन्ने प्रश्नभित्र बीपीको मेलमिलापको आवश्यकता झनै खट्किएको पाइन्छ ।

सुदर्शन आचार्य

बीपी कोइरालालाई कांग्रेसका संस्थापक नेताका रूपमा मात्र नहेरी स्वतन्त्र वैचारिक नेताका रूपमा हेर्ने हो भने पनि मेलमिलापको सान्दर्भिकता उनका हरेक कालखण्डका भनाइमा भेटिन्छ । २०१७ साल पुस १ मा बहुदलीय प्रजातन्त्रमाथि राजा महेन्द्रबाट ‘कु’ पश्चात् ‘देशद्रोह’को मुद्दा खेपेका नेता बीपी २०२५ कात्तिक १४ मा जेलमुक्त हुनासाथ भारतमा निर्वासन जीवन बिताउन पुगे । ८ वर्षको निर्वासित जीवन पश्चात् मुलुकको सार्वभौम रक्षाका खातिर नेपालभित्र रहेरै संघर्ष गर्ने जोखिम बीपीले उठाए । दक्षिणएशियामा विकसित घटनाक्रमले आफूमाथिको मृत्युदण्डको सजायको फैसला समेत उनको लागि गौण बन्न पुग्यो । प्रष्टै छ– जब त्यतिबेलाको भारतीय संस्थापन पक्षले बीपी र राजाका बीच खेलेर बीपीलाई एक्ल्याउने प्रयत्न भयो, तब बीपी राष्ट्रिय स्वतन्त्रताका निम्ति आफूले खतरा मोल्नै पर्ने भए पनि ठीकै छ भन्ने निष्कर्ष सहित नेपाल फर्कन तयार भए भनेर बुझ्न कठिन छैन ।

२०३३ सालमा राष्ट्रिय मेलमिलापको ‘नीति र नारा’ लिएर बीपी नेपाल फर्किए । त्यसैको जगमा २०४६ को परिवर्तन सम्भव भएको हो । उक्त परिवर्तनको जगमा २०६२/६३ को परिवर्तन झनै सम्भव भएको हो । हिन्दू धर्म र २४० वर्षको इतिहास बोकेको राजतन्त्र हटाउने विषयमा नेपाल भित्रै झिनो फरक मत राख्नेहरू पनि पाइन्छ । सँगै, नेपालभित्रै वामपन्थीसँग मिलेर गरिएका २०४६ र २०६२/६३ को आन्दोलन नै बेठीक थियो भन्ने झिनो मत पनि छ । तर, अस्तित्वमा रहेका राजनीतिक दलले बीपीको मेलमिलाप नीतिको अनुसरण गर्दै प्राप्त उपलब्धिको रक्षाका निम्ति दलीय भावना भन्दा माथि उठ्न नसक्ने हो भने प्राप्त उपलब्धि माथि चाहिं खतरा कायमै रहने स्थिति छ ।

उग्र राष्ट्रवादको नाराले राष्ट्रियता कमजोर हुने हुँदा राष्ट्रै रहेन भने हामी पनि रहन्नौं भन्ने भावनाबाट बीपी प्रेरित भएको पाइन्छ । बीपीको उक्त कालखण्डको चिन्ता वर्तमान नेपालको सन्दर्भमा समेत मेल खाने देखिन्छ ।

उग्रराष्ट्रवादको नाराले राष्ट्रियता कमजोर हुने हुँदा राष्ट्रै रहेन भने हामी पनि रहन्नौं भन्ने भावनाबाट बीपी प्रेरित भएको पाइन्छ । बीपीको उक्त कालखण्डको चिन्ता वर्तमान नेपालका सन्दर्भमा समेत मेल खाने देखिन्छ । सोही कालखण्डमा पनि दक्षिणएशियाको भू–राजनीतिका साथै विश्व–राजनीतिको विश्लेषण र सम्भावित असरको विहंगम विश्लेषणबाटै बीपी राष्ट्रको खतराका सामु व्यक्तिगत खतरालाई गौण मानेर नेपाल फर्किएको उनैका भनाइबाट पनि पुष्टि हुन्छ ।

तिनै बीपीबारे अमेरिकी पत्रिका न्यूज विकले सन् १९७९ जून ११ मा प्रकाशित अंकमा लेखेको छ– बीपी नेपालका आकर्षक राजनीतिज्ञ मात्र नभएर ग्रामीण विकासको खाका बनाउन सक्ने नेता पनि हुन् । त्यस्तै नोबेल पुरस्कार विजेता तथा जर्मनीका तत्कालीन चान्सलर विली ब्राण्ट भन्छन्– बीपी समस्या मात्र सृजना गर्दैनन्, समाधानका सुझाव पनि प्रस्तुत गर्ने ‘यूनिक भिजन’ भएका नेता हुन् ।

सन् १९८१ मा सिड्नीमा भएको एशिया–प्रशान्त समाजवादी सम्मेलनमा बीपीले भनेका थिए– प्रजातान्त्रिक समाजवादको अभावमा तेस्रो विश्वका मुलुकहरूले सैनिक शासन वा तानाशाही साम्यवादी बाटो समाउन सक्छन् । त्यो नभए धार्मिक कट्टरवादी मुलुकमा रूपान्तरण हुनसक्छ । ‘लेफ्ट र राइट’ दुवै शक्तिमा सस्तो लोकप्रियता हावी छ । आजका मितिको चीनको उदय, अमेरिका–चीन बीचको बढ्दो प्रतिस्पर्धा र भारत–चीन बीचको सीमा विवाद आदि तीव्र रूपमा भइरहेको भू–राजनीतिक बदलावले पनि बीपीको भनाइको मेलमिलापको सान्दर्भिकता नसकिएको पुष्टि हुन्छ ।

भू–राजनीतिक रूपमा बदलिंदो विश्व शक्ति सन्तुलन पनि एशिया उन्मुख छ । नेपालका दुई शक्तिशाली छिमेकी देश भारत र चीन आर्थिक शक्तिको उदाउँदो केन्द्र भागमा छन् । २०१७ मा भूटान र चीनको सीमामा पर्ने दोक्लामको विषय र २०२० मा भारत चीन बीच ४५ वर्षपछि भएको झडपले हिमाली खण्ड भावी दिनमा संवेदनशील बन्दै जाने खतरा उत्तिकै छ । त्यतिबेला नेपाल निरपेक्ष रहनै सक्दैन । यहींनेर बीपीले २०३३ मै देखेको मेलमिलापको सान्दर्भिकता झल्कनेछ ।

राष्ट्रिय मेलमिलापको सान्दर्भिकता राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा मात्रै खोजिने विषय होइन । नेपालका ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले आ–आफ्नो राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसकेका छन् । नेकपा माओवादी केन्द्र महाधिवेशनकै मैदानमा छ, एमालेलाई छाडेर हेर्ने हो भने कांग्रेस र राप्रपामा नेतृत्व चयनका सन्दर्भमा राम्रै परिवर्तन भएको मान्नुपर्ने हुन्छ । कांग्रेसले मूल नेतृत्वमा अनुभवी तथा पाका नेता शेरबहादुर देउवालाई नै चयन गर्दै बाँकी नेतृत्वदायी तहमा मनग्ये युवाको प्रतिनिधित्व गरायो भने राप्रपाले त परम्परा नै तोडेर राजेन्द्र लिङ्देनलाई अध्यक्षमा चयन गरेर ‘छलाङ’ मार्न पुग्यो !

नेतृत्व परिवर्तन मात्र सर्वेसर्वा होइनन्, चुनिएको नेतृत्वले छनोट बाहिर रहेका र सँगै छनोटमा परेका दुवैथरीलाई कति सम्मानपूर्वक साथै यात्रा गराउन सक्छ ? त्यो नै नेतृत्वको परीक्षा हो । बीपीको मेलमिलाप यहींनेर खोज्नुपर्ने हुन्छ । एक्लै दौडिएर प्रथम हुने सपना बीपीको मेलमिलापको दायरा भित्र पर्दैन । नेपालका राजनीतिक दलले एउटाले अर्काेलाई र दलभित्रको अन्तरसंघर्षमा पनि एकले अर्काको सम्मान गर्नु नै बीपीको मेलमिलापको ध्येय भनेर बुझ्नुपर्ने हुन्छ ।

बीपीले भनेका थिए– राष्ट्रिय एकता प्रजातन्त्रको बलियो जगमा मात्र निर्माण हुनसक्छ । तर, नेपालका राजनीतिक दलहरूको अन्तरसंघर्षका कारण राज्यका निकायहरूमा जनताको विश्वास खस्किंदो छ । दलहरूका बीच दिनानुदिन दूरी बढिरहेको छ । दलका नेताले सार्वजनिक गर्ने धारणाका कारण नेपालले अन्तर्राष्ट्रिय सम्मान आर्जन गर्न सकेको देखिन्न । जब सत्यको मुख बन्द गरिन्छ, तब असत्य र मिथ्याको ढोका खुल्न पुग्दछ भन्ने हेक्का नेपालका राजनीतिक दलहरूले राख्न जरूरी छ । दलीय एकता, एकताले दिने स्थायित्वको सन्देश र दलभित्र पनि एकले अर्काको सम्मान गर्ने परम्पराले मात्र बीपीको मेलमिलापको सान्दर्भिकता झल्किने हो । अन्यथा बीपीको मेलमिलापको विषय फगत पुस १६ का दिन कांग्रेसजनले लेख्ने र बोल्ने विषय सिवाय केही रहने छैन ।



source https://www.onlinekhabar.com/2021/12/1059718

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

१६ पुस, काठमाडौं । नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरुले ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छन् ।

पार्टीका संस्थापक बीपी कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।

यसै सन्दर्भमा नेपाली कांग्रेस र उसका भातृ संस्थाहरूले बिभिन्न कार्यक्रम गरी मेलमिलाप दिवस मनाउन लागेको छ ।

के हो मेलमिलाप दिवस ?

२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालियो । महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्धमात्र लगाएनन् नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाए ।

तर, २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भए । त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले ।

त्यसको ८ वर्षपछि अर्थात् २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अंगाल्दै स्वदेश फर्किए । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ उनीहरु भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए ।

दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेताहरुले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।

प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन संघर्ष गरेका बीपी कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’बाट मात्रै सुनिश्चित हुने भन्दै ४५ वर्षअघि अवलम्बन गरेको नीति सान्दर्भिक रहेको नेताहरु बताउँछन् ।



source https://www.onlinekhabar.com/2021/12/1059716

Wednesday 29 December 2021

नेताहरुमा कति छ ‘फेसन सेन्स’ ?

१५ पुस, काठमाडौं । सधैंभरि दौरा सुरुवाल र नेपाली टोपीमा सजिने नेपाली नेताहरुको फेसन सेन्स कस्तो होला ? सधैंभरि एकैखाले पोशाकमा सजिने नेताहरुलाई पनि फेसनको आवश्यकता पर्छ ? के परम्परागत पोशाक दौरा–सुरुवाललाई नै हामी फेसनेबल बनाउन सक्छौं ? नेपाली नेताहरुको फेसन सेन्सको विषयमा केही फेसन डिजाइनरसँग कुराकानी गरेका छौं ।

फेसन डिजाइनर युबी थापा अधिकांश पुरानो पुस्ताका नेताहरु परम्परागत पोशाकमा सजिने भएकाले उनीहरु फेसनको बारेमा खासै ख्याल नगर्ने बताउँछन् । दोस्रो पुस्ताका नेताहरु परम्परागत पोशाकमा नहिँडे पनि उनीहरुले पनि एकाध बाहेक फेसनको बारेमा खासै चासो दिने गरेको पाइँदैन ।

अर्का फेसन डिजाइनर नवीन लुइँटेलको विचार पनि उस्तै छ । उनी भन्छन्, ‘पहिलो पुस्ताका नेताहरु अधिकांशले परम्परागत पोशाक लगाउने हुँदा उनीहरुले फेसनको बारेमा खासै चासो दिँदैनन् । दोस्रो पुस्ताका नेताले फेसनेबल कपडा लगाए पनि उनीहरुमा कलर कम्बिनेसन र पर्टिकुलर भने छैन ।’

लुइँटेल दौरा सुरुवालमै पनि अलिक फरक फेबरिक, हेण्डलुमका फेबरिक, त्यसमा ‘डेभलप’ हुने मोटिभ प्रिन्ट प्रयोग गरेर फेसनेबल बनाउन सकिने बताउँछन् । तर नेपालका नेताहरुमा यस्तो नरहेको उनी बताउँछन् ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापामा भने अरुको तुलनामा अलिक फेसन सेन्स रहेको थापा र लुइँटेल दुवैको बुझाइ छ । फेसन डिजाइनर युबी थापा भने गगन थापासँगै राप्रपाका पूर्वअध्यक्ष कमल थापामा पनि फेसन सेन्स देखिने बताउँछन् । फेसन डिजाइनरहरु नेपाली नेताहरुले इभेन्ट अनुसार फेसन छनोट नगर्ने पनि बताउँछन् ।

लुइँटेल भन्छन्, ‘अमेरिकातिर इभेन्ट कल्चर अनुसार प्लानिङ गरेर फेसन छनोट गर्छन् । धेरै परको कुरै गर्नुपर्दैन छिमेकी मुलुक भारतमा मोदीको पनि कन्सेप्ट कलर राम्रो हुन्छ । तर हाम्रा नेताहरुले त्यस्तो गर्दैनन् ।’

थापा भने नेताहरु फेसनमा धेरै पछि भएपनि उनीहरुले लगाउने पहिरन विश्वमै युनिक रहेकाले यसलाई पनि जोगाउनुपर्ने बताउँछन् ।

के नेताहरु टिपटप हुन जरुरी छ ?

फेसन डिजाइनरहरु बदलिँदो ट्रेण्डअनुसार आफू पनि अपडेट हुन जरुरी रहेको बताउँछन् । लुइँटेल भन्छन्, ‘ड्रेसअप र सुज भनेको पर्सनालिटीलाई निर्धारण गर्ने कुरा हो । मान्छेको व्यक्तित्व उसको ज्ञानभन्दा पहिले उसको पहिरनबाट झल्किन्छ ।’ ठूला नेताहरु विश्वभरको कार्यक्रममा आउजाउ गर्ने हुँदा फेसनेबल हुन जरुरी रहेको उनको तर्क छ । थापा र लुइँटेल परम्परागत पहिरनमा नै पनि फेसनेबल देखिन सकिने दाबी गर्छन् । दुवैजना पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उदाहरण दिँदै भन्छन्, ‘पहिलो पुस्ताका नेताहरुमा सबैभन्दा फेसनेबल ओली हुनुहुन्छ । उहाँले कपडा लगाउँदा कलर सेन्स र कहिल्यै नखुम्चिने गरी मिलाइएको हुन्छ ।’

डिजाइनर थापा हाम्रो मुलुकको पोशाक शैलीको तुलना अरु मुलुकसँग गर्नै नसक्ने धारणा राख्छन् । ‘हामीसँग मौलिक शैली छ । यसलाई बिगार्न पनि मिल्दैन । यही चिजलाई अलिक युनिक तरिकाले लगाउनेतिर सोच्नुपर्छ,’ उनी भन्छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईबीच तुलना गर्दा फेसनको सवालमा ओली अघि रहेको दुवैको बुझाइ छ । ओलीले आफ्नो पहिरनमा ‘कलर म्याचिङ’लाई धेरै ध्यान दिने उनीहरु बताउँछन् ।

सामान्यतया यो नेतालाई यही शैलीको फेसन सुहाउँछ भन्ने कुरा व्यक्तिको उचाइ, शरीरको रंग, तौल आदिमा भर पर्छ । तर नेपालका शीर्षदेखि अन्य नेतासम्मले पनि फेसनलाई त्यति महत्व नदिने गरेको कुरामा भने उनीहरु दुवैजना फेसन डिजाइनर सहमत छन् ।



source https://www.onlinekhabar.com/2021/12/1059283

गुल्मीको रेसुङ्गामा हिउँ परेपछि स्थानीय हर्षित

१५ पुस, गुल्मी । गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा पनि हिमपात भएको छ । मंगलबार रातिबाट पानीसँगै हिउँपरेपछि स्थानीय हर्षित भएका छन् ।

बिहीबार बिहानबाट पानी पर्न रोकिएपछि रेसुङ्गामा हिउँ खेल्न जानेहरुको घुइँचो लागेको छ । धेरैले सामाजिक सन्जालमा रेसुङ्गाको हिउँ सहितका तस्विर राख्दै खुसी साटेका छन् । आज सार्वजनिक बिदा भएकाले पनि रेसुङ्गाको हिउँ परेको हेर्न र खेल्न जानेहरुको घुइँचो लागेको छ ।

रेसुङ्गागामा परेको हिमपात सदरमुकाम तम्घास बजारबाट पनि देख्न सकिन्छ । जिल्लाका अन्य उच्च स्थानहरु अर्जुन, मदाने, टिमुरे, थाप्ले, सालिमेदह लगायतका एक दर्जन स्थानमा सामान्य हिमपात भएको देखिन्छ । वर्षा र हिमपातले हिउँदेबालीलाई फाइदा पुग्ने हुँदा कृषकहरु खुसी छन् ।

रेसुङ्गालगायतका जिल्लाका उच्च स्थानमा बर्सेनि हिमपात हुने गरेको छ । समुद्री सतहबाट २ हजार ३ सय मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र पनि हो । यहाँ बिभिन्न अवसरहरुमा मेला लाग्ने गर्दछ । रेसुङ्गाबाट अन्य समयमा पनि धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।

हिमपातले जिल्ला सदरमुकाम तम्घास बजारमा अत्यधिक चिसो बढेको छ । चिसोका कारण बजारमा चहलपहल समेत घटेको छ ।



source https://www.onlinekhabar.com/2021/12/1059285

भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु

१५ पुस, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ ।

अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भट्टराई, दिदी नन्दकली  र उनका तीन महीनाको छोरा इप्सन भट्टराईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

धनप्रसादकी श्रीमती सुशीला, ३ वर्षीय छोरा विवश र भाइ नरेन्द्र भट्टराईको भेरी अस्पतालमा उपचार भइरहेको छ । श्रीमती सुशीला होसमै रहे पनि विवश र नरेन्द्रको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर खिमबहादुर घर्तीमगरले जानकारी दिए ।

परिवारका सातै जना सदस्य अस्पताल परिसरमै रहेको क्वाटरको एउटा कोठामा सुतेका थिए । आज बिहान अबेरसम्म पनि ढोका नखुलेपछि प्रहरीको टोली पुगेर ढोका खोल्दा सबै बेहोस अवस्थामा भेटिएका थिए । त्यसपछि उनीहरुलाई अस्पतालमा उपचार गर्न लगिएको थियो । उपचारको क्रममा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरु सुतेको कोठाभित्र न्यानो बनाउन टिनको बट्टामा आगो बालेर राखेको पाइएको छ । झ्याल, ढोका बन्द भएकाले उनीहरुको निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । यद्यपि मृत्युको वास्तविक कारण भने पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै पत्ता लाग्ने इन्सपेक्टर घर्तीमगरले बताए ।



source https://www.onlinekhabar.com/2021/12/1059251

भक्तपुरमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते

१५ पुस, काठमाडौं । भक्तपुरमा कार दुर्घटना हुँदा सोही कारमा सवार एकजनाको मृत्यु भएको छ । कार चालक घाइते भएका छन् ।

मध्यपुरथिमी नगरपालिका-४ चारदोबाटोमा बा ४ च ५७६ नम्बरको कार आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा जनकपुर उपमहानगरपालिका-१५ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने २२ वर्षीय अभिषेक साहको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका साहको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए ।

दुर्घटनामा कार चालक सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १२ बस्ने २५ वर्षीय सबिन घिसिङ घाइते छन् । उनको मध्यपुर अस्पताल थिमीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नयाँथिमीबाट गठ्ठाघरतर्फ जाँदै गरेको उक्त कार गएराति करिब पौने ९ बजे सडकको बीच भागमा रहेको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको थियो । कार अनियन्त्रित भई ट्याक्सी र बसलाई समेत ठक्कर दिएको थियो ।

ट्याक्सी चालक रामेछापको मन्थली नगरपालिका वडा नं. १२ घर भई हाल ललितपुरको टीकाथली बस्ने ३२ वर्षीय भीमसेन खत्री सामान्य घाइते भएका छन् । उनी उपचार पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/12/1059249

निर्वाचन आयोगलाई ‘पञ्चायती शासन’ चलाउने रहर

१५ पुस, काठमाडौं । पार्टी विधानबाट केही शब्द हटाउन भन्दै निर्वाचन आयोगले लेखेको पत्रको जवाफ नेकपा माओवादी केन्द्रले नपठाउने भएको छ । माओवादीको विधानमा उल्लिखित ‘साम्यवाद, जनक्रान्ति र वर्ग संघर्ष’ संविधानको भावना विपरीत भएको भन्दै आयोगले सच्याउन पत्र लेखेको थियो ।

आयोगको पत्रप्रति माओवादी केन्द्रका नेताहरूले सार्वजनिक रूपमै आपत्ति प्रकट गरेका छन् । ‘कम्युनिष्टहरुको शब्द नै साम्यवाद हो । त्यो नै हटाएपछि केही बाँकी रहेन । निर्वाचन आयोगको निर्णयप्रति सहमत हुन सक्दैनौं’, प्रवक्ता कृष्णबहादुर महरा भन्छन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ११ पुसदेखि ८औं महाधिवेशनमा जुटिरहेको माओवादी केन्द्रले आयोगको पत्र असंवैधानिक र क्षेत्राधिकार बाहिर भएको निष्कर्ष निकालेको छ ।

‘माओवादी संविधान निर्माता दल पनि हो । पार्टी विधानमा के लेख्नु हुन्छ र हुँदैन भन्ने आयोगले सिकाइरहनु पर्दैन’ माओवादी स्थायी कमिटी सदस्य लीलामणि पोखरेल भन्छन्, ‘मुलुकको भौगोलिक अखण्डता विरोधी, साम्प्रदायिकता फैलाउने र देश विरोधी कुरा कसैले गर्‍यो भने हामी पनि त्यसविरुद्ध उभिन्छौं ।’ आयोगले संवैधानिक क्षेत्राधिकार नाघेर पत्र लेखेकाले जवाफ नदिने पोखरेल बताउँछन् ।

आयोगले माओवादी केन्द्रलाई जस्तै प्रश्न नेकपा एमालेलाई पनि सोधेको थियो । ९ पुसमा आयोगको कार्यालय पुगेका एमाले नेताहरूले संविधानले नै दलहरुलाई आस्था र विचार रोज्ने स्वतन्त्रता दिएको तर्क गरे । संविधानसँग बाझिने गरी बनेको कानूनहरू स्वतः निष्क्रिय हुने संवैधानिक नजीर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सम्झाए ।

अहिले माओवादी केन्द्रलाई लेखेको पत्रबारे समेत एमाले नेताहरुले आपत्ति जनाएका छन् । ‘कम्युनिष्टहरुको उद्देश्य साम्यवाद, वर्ग संघर्ष जस्ता शब्दमा प्रतिबन्ध लगाउन खोज्नु र हटाउन निर्देशन दिनु सकारात्मक कुरा होइन । निर्वाचन आयोगको मामिला पनि होइन’, एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्य भन्छन् ।

गएको १४ मंसिरमा सम्पन्न १०औं महाधिवशेनबाट निर्वाचित नेतृत्व विधानमा अद्यावधिक गर्न निर्वाचन विभाग प्रमुख विष्णु रिमाल, उपप्रमुख आचार्यसहितको टोली आयोग पुगेको थियो । १५–१७ असोजमा विधान महाधिवेशन गरेको एमालेको विधान आयोगले दर्ता गरिसकेको छ ।

एमालेले पनि आफ्नो विधानमा साम्यवादप्रति विश्वास राख्ने शब्द राखेको छ । ‘यो पार्टी समाजवाद विकसित हुँदै जाँदा मानव समाज साम्यवादसम्म पुग्नेछ भन्ने विश्वास गर्दछ’, विधानमा उल्लेख छ । २०५१ सालदेखि पटक–पटक सरकारको नेतृत्व गरेको, लगातार सरकारमा सहभागी भएको र २०७२ को संविधानकै निर्माता रहेको कम्युनिष्ट पार्टीको विधानप्रति गरिएको प्रश्न अर्थहीन भएको नेताहरू तर्क गर्छन् । ‘संविधानले विचारको आधारमा संगठित हुने स्वतन्त्रता दिएको छ । तर आयोग भने संवैधानिक व्यवस्था र क्षेत्राधिकार भन्दा बाहिर गएर दलहरुलाई निर्देशन दिइरहेको छ’, माओवादी नेता पोखरेल भन्छन् ।

२०६४ मा शान्ति सम्झौता गरेको माओवादीले तीन पटक त सरकारको नेतृत्व गरिसकेको छ । आयोगमा दर्ता हुँदै २०६४ सालको पहिलो संविधानसभामा माओवादी पहिलो राजनीतिक शक्ति बनेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । यो अवधिमै माओवादीका वरिष्ठ नेताकै हैसियतमा डा. बाबुराम भट्टराई २०६८ मा प्रधानमन्त्री बने । २०७३ असोजमा प्रचण्ड दोस्रो पटक प्रधानमन्त्री बने । बितेको १४ वर्षमा दश पटक माओवादी सरकारमा सहभागी भयो । २०७२ को संविधान जारी भइरहँदा माओवादी केन्द्र तेस्रो ठूलो राजनीतिक शक्ति थियो ।

०४८ सालदेखि संसदीय अभ्यासमा रहेको एमाले त २०५१ देखि सरकारको नेतृत्व गर्दै र गठबन्धन सरकारमा सहभागी हुँदै आएको छ । ०४८ सालको चुनावमा भाग लिएर दोस्रो शक्ति बनेको एमालेले २०५१ को चुनावपछि नौ महिने अल्पमतको सरकार बनायो । त्यसयता लगातारजसो एमाले सरकारमा छ ।

माधवकुमार नेपाल (२०६६), झलनाथ खनाल (२०६७) र केपी शर्मा ओलीले (२०७२, ०७४ र ०७८ गरी तीन पटक) सरकारको नेतृत्व गरे । ‘कम्युनिष्ट पार्टी भएपछि पार्टी विधानमा साम्यवाद, वर्ग संघर्ष र जनक्रान्ति छुटाउने कुरै भएन । तर अहिले प्रश्न गरिनु उचित होइन’, एमाले नेता आचार्य भन्छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने आफूहरुले संविधान बमोजिम काम गरिरहेको तर्क गरेका छन् । आयोगले कम्युनिष्टलाई मात्रै नभएर राजावादी र मधेशवादी दलको विधानप्रति समेत प्रश्न उठाएको उनको तर्क छ । जनता समाजवादी पार्टी (जसपा) को विधानबाट ‘बहुराष्ट्रिय राज्य’ हटाएको र सीके राउत नेतृत्वको जनमत पार्टीको विधानबाट ‘स्वराज्य’ भन्ने शब्द हटाएको थपलियाको भनाइ छ ।

एकातिर बाटो, अर्कातिर यात्रा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वर्तमान संविधान जारी भएपछि आयोगविरुद्ध आन्दोलनमै उत्रिएको थियो । कमल थापा  उपप्रधानमन्त्री हुँदा राप्रपाको विधानबाट पार्टीको उद्देश्य ‘राजसंस्था र धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र’ राख्न नदिएको भन्दै आन्दोलित भएको थियो । तर राप्रपा आफ्नो अडानमा कायमै छ, आयोगको सर्तअनुसार राजनीतिक कार्यक्रम हटाएको छैन । १९ मंसिरमा सम्पन्न एकताको महाधिवेशनपछि विधान अद्यावधिक पनि भइसकेको नेता मोहन श्रेष्ठ बताउँछन् ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, दलको विधान र दर्ताबारे संविधानमा प्रष्ट व्यवस्था भएको बताउँछन् । ‘धार्मिक सहिष्णुतालाई बिगार्ने, साप्रदायिक हिंसा फैलाउने र मुलुकलाई बिखण्डनतिर लैजाने उद्देश्य राखेको छ भने चाहिँ दर्ता हुँदैन’, उप्रेती भन्छन् । संविधानले दिएको अधिकार प्रयोग गरी विधान बनाएको दलले वैधानिकता पाउने उनी बताउँछन् ।

वर्षौंदेखि संसदीय अभ्यासमा रहेको र संविधानकै निर्मातामध्येका दलहरुको विधानमाथि प्रश्न गरिरहेको आयोग संविधानको भावना बमोजिम गर्नैपर्ने कामबाट भने पन्छिएको देखिन्छ ।

दलको विधानबारे संविधानको धारा २६९(५) मा व्यवस्था छ । त्यहाँ भनिएको छ, ‘कुनै राजनीतिक दलको नाम, उद्देश्य, चिह्न वा झण्डा देशको धार्मिक वा साम्प्रदायिक एकतामा खलल पार्ने वा देशलाई विखण्डित गर्ने प्रकृतिको रहेछ भने त्यस्तो राजनीतिक दल दर्ता हुने छैन ।’

तर अहिले निर्वाचन आयोगले भने दलहरुलाई राजनीतिक स्वतन्त्रतामाथि अंकुश लगाउने असंवैधानिक रहर देखाएको नेताहरू बताउँछन् । ‘पार्टीलाई यो गर्नू र नगर्नू भनेर आयोगले निर्देशन दिने होइन । दलहरुलाई विधान बनाउने स्वतन्त्रता छ’, माओवादी नेता पोखरेल भन्छन् । बरू निश्चित विचारधारा र दर्शनलाई निषेध गर्ने कानून बने स्वतः खारेज हुने संवैधानिक व्यवस्था भएको उनी बताउँछन् ।

‘कुनै एउटै राजनीतिक दल वा एकै किसिमको राजनीतिक विचाराधारा, दर्शन वा कार्यक्रम भएका व्यक्तिहरुले मात्र निर्वाचन, देशको राजनीतिक प्रणाली वा राज्य व्यवस्था सञ्चालनमा भाग लिन पाउने वा सम्मिलित हुन पाउनेगरी बनाइएको कानून वा गरिएको कुनै व्यवस्था वा निर्णय यो संविधानको प्रतिकूल मानिनेछ र स्वतः अमान्य हुनेछ’, संविधानको धारा २७० (२) मा भनिएको छ ।

हुन पनि वर्षौंदेखि संसदीय अभ्यासमा रहेको र संविधानकै निर्मातामध्येका दलहरुको विधानमाथि प्रश्न गरिरहेको आयोग संविधानको भावना बमोजिम गर्नैपर्ने कामबाट भने पन्छिएको देखिन्छ । जस्तो– दलको संरचनामा समावेशी प्रतिनिधित्व हुनुपर्ने संविधानको व्यवस्था छ । संविधानको धारा २६९ (४) (ग) ले भनेको छ, ‘दलको विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिनिधित्व गर्नेगरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हुनुपर्छ ।’

दलहरूले यसको पालना गरेका छैनन् । यसपटक केन्द्रीय समितिमा बल्लतल्ल ३३ प्रतिशत महिलाको सहभागिता बनाउने प्रयत्न गरेको छ । तर महिला नेताहरू संविधानले कार्यकारिणी समितिमै संविधानसम्मत हुँदा पार्टी पदाधिकारीमा ३३ प्रतिशत महिला सहभागिताको आवाज उठाइरहेका छन् । आयोगले भने यसतर्फ ध्यान दिएको छैन ।

दलहरुको संरचना समावेशी नभएको भन्दै परेको उजुरीलाई पनि सम्बोधन गर्न सकेको छैन । ३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला थिएन । विन्दा पाण्डे लगायत नेताहरुले यसबारे आयोगको ध्यानाकर्षण गराए । तर आयोगले भने महाधिवेशनपछि बन्ने केन्द्रीय कमिटीमा समावेशी सुनिश्चित हुने सर्तमा पार्टी एकताको दर्ता रोकेन ।

कार्यकारी प्रमुखको सेवा, अरुलाई शासन !

लोकतान्त्रिक अभ्यास बचाउन आवधिक निर्वाचनको प्रमुख दायित्व बोकेको निर्वाचन आयोगप्रति यसअघि पनि दलहरुको असन्तुष्टि रहने गरेको थियो । तर बितेको वर्ष भने आयोगको निर्णय प्रक्रिया बढी विवादित बन्यो ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा संविधानमै नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि आयोग विवादमा तानियो । ५ पुस २०७७ मा प्रतिनिधिसभाको विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा भएपछि तत्कालीन नेकपा विभाजित बन्यो ।

एउटा समूहको नेतृत्व प्रचण्ड र माधवकुमार नेपालले गरे भने अर्को समूहको नेतृत्व ओलीले । प्रचण्ड र माधव समूह केन्द्रीय कमिटी सदस्यहरुको बहुमत भएको दाबीसहित आयोगमा पुग्यो । ओलीले आफू निकट नेताहरुको बैठक राखेर विधान संशोधन र केन्द्रीय कमिटी संख्या १५०१ बनाएको दावी पेश गरे । तर आयोगले दुबै समूहलाई वैधानिकता दिएन ।

जबकि पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले समेत प्रचालित कानून र नजीरको आधारमा फैसला लिएर राजनीतिक संकट फुकाउन सुझाव दिएका थिए । तर प्रमुख आयुक्त थपलिया नेतृत्वको आयोगले ११ माघमा कुनैपनि समूहको दावीलाई मान्यता नदिने निर्णय गर्‍यो ।

ओलीलाई दलको नेता, अध्यक्ष र पार्टीको साधरण सदस्य नरहेको निर्णय सहितको मागदावी अस्वीकार भएपछि प्रचण्ड–माधव समूहले फेरि २० माघमा दल विभाजनसम्बन्धी ऐनअनुसार अर्को निवेदन दियो । तर आयोगको अनिर्णय कायमै रह्यो । बरू प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन रहेका बेला आयोगले सरकारसँग ७ करोड मागेर मध्यावधि निर्वाचनका निम्ति भन्दै खर्च गर्न थाल्यो । जबकी ११ फागुनमा प्रतिनिधिसभा विघटनको निर्णय नै सर्वोच्च अदालतले खारेज गरिदियो । फेरि पनि आयोगको अनिर्णय तोडिएन ।

२३ फागुन ०७७ मा अदालतले नेकपाकै एकता प्रक्रिया भंग गर्ने फैसला गरेपछि भने आयोगमा रहेको निवेदनहरू अर्थहीन हुन पुग्यो । रिट निवेदकको मागदाबी भन्दा अगाडि बढेर न्यायाधीशहरु कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले नेकपाको एकता प्रक्रिया भंग गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला गरेको थियो । यसपछि बल्ल आयोगले निर्णय गर्‍यो–अदालतको फैसलाअनुसार, एमाले र माओवादीबीच एकता गर्ने हो भने १५ दिनभित्र निवेदन दिनू । जबकि नेकपाले २०७७ को उपनिर्वाचनमै भाग लिइसकेको थियो ।

त्यसबेला प्रचण्ड–माधव समूहका नेताहरुले ‘ओलीको सेटिङमा थपलिया’ले काम गरेको आरोप लगाए । अध्यादेश ल्याएर सिफारिस भएका र संवैधानिक सुनुवाइ बिना आयोगको आयुक्त नियुक्त रामप्रसाद भण्डारीलाई महत्वपूर्ण जिम्मेवारी दिएर थपलियाले त्यो आशंकालाई बल पुर्‍याएका थिए । नेकपाको विवादबारे आयोग अनिर्णयमा कायमै रहेका बेला २१ माघमा भण्डारीले दल विवाद हेर्ने जिम्मेवारी पाए । आयुक्तको शपथ लिएको पाँच दिनभित्रै उनलाई यो जिम्मेवारी दिइएको थियो ।

तर ७ जेठ २०७८ को मध्यरातमा ओलीले दोस्रोपटक प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि सत्ता समीकरण र राष्ट्रिय राजनीतिक परिस्थिति फेरियो । २८ असारमा सर्वोच्चले मागदाबी बमोजिम प्रतिनिधिसभा पुनर्स्थापना गर्दै ओलीलाई पदमुक्त गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दियो । देउवा प्रधानमन्त्री बने । यसपछि थपलियाको झुकाव पनि प्रधानमन्त्री देउवातिर बढ्यो ।

संवैधानिक व्यवस्था बमोजिम २३ भदौभित्रै महाधिवेशन नगराए पार्टीको वैधानिकता नरहने कांग्रेसकै नेताहरूले बताइरहँदा आयोगले बीचको बाटो सुझायो । त्यसअनुसार, १८ भदौबाट वडा अधिवेशन थालेर कांग्रेसले मंसिर अन्तिम साता १४औं महाधिवेशन गरेको छ ।

तर त्यही आयोगले यसपटक विपक्षी एमालेको अनुनय सुनेन । ८ भदौमा अग्नि खरेल नेतृत्वमा एमाले नेताहरू आयोग पुगेर नेकपा एकीकृत समाजवादी दर्ता प्रक्रिया रोक्न आग्रह गरे । उनीहरुको आग्रह थियो– माधव नेपालसहित १४ सांसदलाई पार्टीले कारबाही गरेकाले यसबारे सोचिदिनुपर्छ ।

आयोगले भने सरकारलाई सहयोग पुग्ने गरी निर्णय अगाडि बढायो । गएको ३१ साउनमा संसद् अधिवेशन अन्त्य गर्दै १ भदौमा दल विभाजन ऐन सम्बन्धी अध्यादेश सरकारले ल्याएको थियो । केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्ने सकिने अध्यादेशको प्रष्ट उद्देश्य थियो, एमाले र जसपा फुटाउने । सरकारको यो उद्देश्यलाई आयोगले साथ दियो ।

अध्यादेशसँगै, राजनीतिक दल सम्बन्धी नियमावली–२०७४ रातारात संशोधन गरियो । २ भदौमा एमालेबाट अलग भएका माधव नेपाल र जसपाबाट अलग भएका महन्थ ठाकुरको पार्टी ४ भदौमा दर्ता भयो । एमाले नेताहरुको आग्रह नसुनेको आयोगले ९ भदौमा नयाँ दलका नेताहरुको सनाखत गर्‍यो र तीनदिनभित्रै प्रमाणपत्र दियो । दल विभाजन भएको २१ दिनभित्र स्थानीय तह र प्रदेशसभा सदस्यहरुलाई दल रोज्न अधिकार दिइएपछि आयोगको सवै प्रदेश कार्यालय सक्रिय भयो । त्यो अध्यादेश ११ असोजमै फिर्ता भइसकेको छ ।

यी घटनाक्रम र निर्णयबाट पनि आयोग कार्यकारी प्रमुखका सामुन्ने आँखा उभिने र बाँकी दलहरूलाई संविधान बमोजिम न्याय दिन चुकिरहेको प्रष्ट हुन्छ ।



source https://www.onlinekhabar.com/2021/12/1059126

नेपाली भलिबल टोली आज स्वदेश फर्किंदै

१५ पुस,  काठमाडौं । बंगलादेशको ढाकामा मंगलबार सम्पन्न एसियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको नेपाली महिला टिम र चौथो भएको पुरुष टिम आज स्वदेश फर्किंदैछन् ।

च्याम्पियन महिला टोली, पुरुष टोलीसहित पदाधिकारीहरु सबै आजै स्वदेश पर्कनेछन् । टोली बिहान ११:१० बजे त्रिभुवन विमानस्थलमा ओर्लन नेपाल भलिबल संघले जनाएको छ ।

डिसेम्बर २३ देखि २८ सम्म बंगलादेशमा भएको सेन्ट्रल जोनमा महिला टोलीले फाइनलमा उज्वेकिस्तानलाई ३-२ ले पराजित गर्दै अपराजित रहेर उपाधि जितेको थियो ।

पुरुष टोली भने तेस्रो स्थानको लागि भएको खेलमा उज्वेकिस्तानसँग सोझो सेटमा पराजित हुँदै पदक जित्न असफल रह्यो ।

पुरुष टिमका मुख्य प्रशिक्षक हान अबिङ भने ढाकाबाटै नेदरल्याण्ड्स फर्कनेछन् । उनलाई भलिबल संघका पदाधिकारीले ढाकामा पनि बुधबारै बिदाइ गरिसकेको छ ।

यस्तै स्वदेश फर्केपछि नेपाल भलिबल संघले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा टिमको लागि स्वागत तथा बधाईको कार्यक्रमको पनि आयोजना गर्ने जनाएको छ ।

च्याम्पियन महिला टोलीका खलाडीलाई नेपाल सरकारले जनही ५ लाख, दुई प्रशिक्षकलाई ३-३ लाख तथा एक अफिसियलाई दुई लाख पुरस्कार प्रदान गर्ने समेत घोषणा गरिसकेको छ ।



source https://www.onlinekhabar.com/2021/12/1059245

म्यानचेष्टर सिटीलाई ८ अंकको अग्रता, चेल्सी बराबरीमा रोकियो

१५ पुस, काठमाडौं । लिग लिडर म्यानचेष्टर सिटीले प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई १-० ले पराजित गरेर ८ अंकको अग्रता बनाएको छ ।

ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा सिटीका लागि फिल फोडेनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । १६औं मिनेटमा फोडेन केभिन डे ब्रुएनाको पासमा गोल गरेका थिए । एमरिक लापोर्टाले ८७औं मिनेटमा गोल गरेपछि अफसाइड भएको थियो ।

जितपछि सिटीले २० खेलबाट ५० अंक जोड्दै दोस्रो स्थानको चेल्सीमाथि ८ अंकको अग्रता बनाएको छ ।

चेल्सी अन्तिम सममया गोल खाँदा ब्राइटनसँग १-१ को बराबरीमा रोकिएको छ । रोमेलु लुकाकुले २८औं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिएको थियो । तर इन्जुरी टाइममा डानी वेलब्याकले ब्राइटनका लागि बराबरी गोल गर्दै अंक खोसे ।



source https://www.onlinekhabar.com/2021/12/1059238

हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग पुनः सञ्चालन

१५ पुस, डोटी । हिमपातका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ । सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

उक्त राजमार्गको गैरा, साहुँखर्क र हगुल्टे लेकमा परेको बाक्लो हिमपातका कारण यहाँको यातायात सेवा बुधबार बिहानदेखि अवरुद्ध हुँदा दर्जनौँ सवारी साधन तथा यात्रु बीचबाटोमै अलपत्र परेका थिए ।

राजमार्ग सञ्चालन भएसँगै जाममा परेका सवारी साधन तथा यात्रु आ-आफ्नो गन्तव्यतिर लागेको घण्टेश्वर प्रहरीचौकी गैराले जनाएको छ । यहाँका पहाडी जिल्लाका उच्च लेकाली क्षेत्रमा हिमपात जारी रहेको प्रहरीले जनाएको छ ।

यसैगरी सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रमा गएरातीदेखि हिमपात भइरहेको छ । हिमपात भएसँगै उक्त क्षेत्रमा एकाएक चिसो बढेको छ ।

हिमपातले नागरिकलाई घर बाहिर निस्किन सकस भइरहेको बताइएको छ । हिउँ करीब एक फिट जति परेको त्यहाँ तैनाथ रहेको नेपाली सेनाको गुल्मले जनाएको छ ।

हिमपातका कारण त्यहाँको तापक्रम माइनस पाँच डिग्री पुगेको बताइएको छ । खप्तडमा हिमपात भएसँगै उक्त क्षेत्रका कुडासैन, झिग्राना, भल्मा, बग्लेक, गोलादेउलगायत क्षेत्रमा अत्यधिक चिसो बढेको स्थानीयवासीले जानकारी दिएका छन् ।

बाक्लो हिमपात भइरहेका कारण यहाँका नागरिकले घर बाहिर निस्किन पाइरहेका छैनन् । हिमपात भएपछि लेकाली क्षेत्रमा लगाइको गहुँ खेती सप्रिने भन्दै किसान खुसी भएका केआइसिंह गाउँपालिकाका बासिन्दा जहरसिंह खवासले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2021/12/1059221

ल्होसार देखाउने कि बचाउने ?

मूलतः देशमा संघीयताको कार्यान्वयनसँगै पहिचानका सवालहरू निकै उठे । सामान्य अर्थमा कुनै जातजाति, भाषा, धर्म, वर्ग, क्षेत्र, भूगोल, लिंग, पेशा आदिका आधारमा हुने चिनारी अर्थात् परिचयलाई पहिचान भनिन्छ । जातीय, सांस्कृतिक र भाषिकतासँगै पहिचानका लागि ऐतिहासिक निरन्तरता र भौगोलिक, क्षेत्रगत निरन्तरता पनि उत्तिकै महत्वपूर्ण हुन् । माथिका अवयव पहिचानका आधार हुन् । यतिबेला विशेषतः जनजाति, दलित, महिला, मधेशी समुदायमा पहिचानको सवालहरू पेचिलो गरी बहस र उठान हुने गरेको छ । अर्काेतर्फ पहिचानको नाममा विकृति पनि देखिन थालेको छ । आदिवासी जनजातिहरूले पहिचानको नाममा गणतन्त्र पश्चात् आफ्नो नितान्त मौलिक पर्वहरूलाई टँुडिखेलमा पस्कने संस्कारले पहिचान माथि प्रश्न उठ्न थालेको छ । यसले भएको पहिचान गुम्ने संकेत गर्छ ।

ल्होसार के हो ?

गुरुङ अर्थात् तमुहरूको नयाँ वर्ष हो ल्होसार । गुरुङ भाषामा ल्हो भनेको वर्ग -वर्ष) र सार भन्नाले शुरुआत अर्थात् आरम्भ भन्ने जनाउँछ । ल्होसार विशेषगरी तीन किसिमका हुन्छन् । तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्वो ल्होसार । तमु ल्होसार गुरुङ समुदायले प्रत्येक वर्ष पुस १५ का दिन मनाउने गर्छन् भने सोनाम ल्होसार तामाङ समुदाय र ग्याल्वो ल्होसार हिमाली जनजातिले आ-आफ्नो तिथि-मिति अनुसार मनाउने गर्छन् । समग्रमा ल्होसारको अर्थ नयाँ वर्षको आरम्भ भन्ने नै हो ।

चक्रीय रूपमा विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीको प्रतीक स्वरूप रहने गर्दछ । जसलाई तमु भाषामा ल्हो -वर्ग) भन्ने गर्दछ । यस वर्ष अर्थात् पुस १४ गतेसम्म ल्वों ल्हो (गाई वर्ग) थियो भने पुस १५ बाट तो ल्हो (बाघ वर्ग) प्रारम्भ हुनेछ । उदाहरणको रूपमा तमु समुदायमा कसैको उमेर सोध्नु परेमा सालको सट्टामा ल्हो सोध्ने प्रचलन छ ।

टुँडिखेलको ल्होसार संस्कृति कि विकृति ?

शास्त्र हराए परम्परा हराउँछ, परम्परा हराए संस्कृति हराउँछ, संस्कृति हराए मानव जातिको अस्तित्व नै हराउँछ । तमु समुदायमा यो भनाइ निकै नै लोकपि्रय छ । शास्त्र, परम्परा र संस्कृतिलाई मानव जातिको अस्तित्वसँग जोडिएको छ । संस्कृति नभए हाम्रो पहिचान नै गुम्ने खतरालाई माथिको भनाइले इङ्गित गर्दछ । संस्कृति र परम्परासँग आफ्नो अस्तित्व देख्नेहरूले यसको रक्षार्थ अब सोच्ने समय आएन र ?

दोस्रो पुस्ताको मस्तिष्क र पाठ्यक्रमहरूमा मौलिक पर्वको गलत मान्यताहरू संस्थागत भए भने त्यसको जवाफ कसले दिन्छ ? त्यसैले संस्कृति भन्ने कुरा एक दिन टुँडिखेलमा देखाउने होइन, मानिसको व्यावहारिक जीवनमा देखाउनुपर्दछ । अनि मात्र त्यो जीवन्त र व्यावहारिक हुुन्छ

सामान्य भाषामा संस्कृति भनेको, जीवन जिउन सिकाउने र एक पुस्ताबाट अर्काे पुस्तामा हस्तान्तरण हुने जीवित प्रक्रिया हो । संस्कृति जीवन हो, मान्यता हो, पहिचान हो, दर्शन हो र विचार पनि । अनि त्यही पहिचानलाई हामी बिटुलो पार्न लाग्छौं भने हाम्रो भविष्य र पहिचान कहाँ छ ? अनि जुन विषयलाई हामीले पहिचान मानेका छौं, त्यसैले पहिचान खोज्न थालेपछि हाम्रो पहिचानको हविगत के हुन्छ ? यही खतराको संकेत हो टुँडिखेलको ल्होसार ।

आफैं पहिचान बोकेको ल्होसारले आˆनो पहिचान खोज्दै, भौंतारिंदै हिंड्नुपरेको छ । दूधको साक्षी बिरालो भने झैं हामीचाहिं टुँडिखेलमा ल्होसार मनाएर आफूलाई पहिचानवादी ठान्छौं र टुँडिखेलमा ल्होसार मान्न पाएकोमा गर्व गर्छौं ।

दोस्रो प्रसङ्ग, विद्यालय तहमा पढ्दै गरेको गुरुङ समुदायको कुनै बच्चालाई ल्होसार के हो ? भन्ने प्रश्न गर्‍यो भने उत्तर कस्तो आउला ? उत्तर सहज छ, ल्होसार टुँडिखेलमा मान्ने पर्व हो । पक्कै पनि प्रश्नको उत्तरले पहिचानको दिशा र गतिको मापन गराउन सहयोग गर्दछ । सहजै भन्न सक्छौं हाम्रो संस्कृति पनि प्रश्नको उत्तरकै बाटोमा बगिरहेको छ । के हामीले खोजेको पहिचान यही हो ? पहिचानको नाममा हामीले कुन बाटो अँगालिरहेका छौं ? माथिको प्रश्न र उत्तरले अबको हाम्रो पहिचानको बाटो प्रष्टै देखाएको छ । अनि हामीलाई पछि पारियो भन्दै पहिचानको नाममा उप|mने ? पारियो कि परियो ? कारण पहिले हामीभित्र खोज्ने कि ? राज्यको नागरिकको हैसियतले पहिचानको विषयमा एकखाले बहस पक्कै आवश्यक छ । राज्यका अंगहरूमा आफ्नो उपस्थिति खोज्नु जरूरी छ । वषर्ाैंदेखि दबिएर रहेको समुदायले आफ्नो अस्तित्व खोज्ने उपयुक्त समय पक्कै हो । तर हामीसँग के छ ? हाम्रो मौलिकता के हो ? हाम्रो संस्कृति के हो ? के देखाउने ? के बचाउने भन्ने कुरा सम्बन्धित समुदायमा ज्ञान भएन भने पक्कै पनि हाम्रो पहिचान गुम्ने खतरा छ । यतिबेला हामी सामु भुईंको टिप्ने कि पोल्टाको जोगाउने भन्ने प्रश्न पनि सँगै जोडिएर आउँछ ।

माथिको प्रश्न र उत्तरलाई हेर्दा अबको पुस्ताले ल्होसार भनेको टुँडिखेलमा मनाउने पर्वको रूपमा स्थापित गराउने लगभग निश्चित छ । त्यसका साथै भोलिका दिनहरूमा विद्यालयका पाठ्यक्रमहरूमा ल्होसार टुँडिखेलमा मनाउने मौलिक पर्व हो भन्ने दिन पनि नआउला भन्न सकिन्न । पहिचानको नाममा गरिएको संस्कृतिको प्रदर्शनले गलत पहिचान स्थापित गराउने कुरा निश्चित छ । दोस्रो पुस्ताको मस्तिष्क र पाठ्यक्रमहरूमा मौलिक पर्वको गलत मान्यताहरू संस्थागत भए भने त्यसको जवाफ कसले दिन्छ ? त्यसैले संस्कृति भन्ने कुरा एक दिन टुँडिखेलमा देखाउने होइन, मानिसको व्यावहारिक जीवनमा देखाउनुपर्दछ । अनि मात्र त्यो जीवन्त र व्यावहारिक हुुन्छ ।

तेस्रो प्रसङ्ग, टुँडिखेलको ल्होसार पूँजीवादी व्यापारको हिस्सा बनेको छ । हाम्रो मौलिक भनिएका पर्वमा प्रयोग गरिने भेषभूषाहरू समेत ठूलो परिमाणमा विदेशबाट आयात हुने गरेको छ । विदेशीले व्यापारको नाममा बनाएको पहिरनमा आफ्नो पहिचान खोज्ने हामी कस्तो पहिचानवादी ? पूँजीवादलाई प्रश्रय दिने गरी रक्सी कम्पनीले होर्डिङ बोर्ड राखेर गरिएको विज्ञापनले हाम्रो पहिचान र संस्कृतिको मापन सजिलै गराउँछ । अनि त्यस्ता विज्ञापनहरूले हाम्रो मौलिकता बचाउला ? हाम्रो पुस्तालाई हामीले कस्तो संस्कृति हस्तान्तरण गर्दैछौं ? हामीले हाम्रो संस्कृति र पहिचानलाई कुनै खास दिनको लागि मात्रै प्रयोग गर्ने कि दैनिक जीवनयापनसँग जोड्ने ? अर्काेतर्फ आफूलाई पहिचानवादीको अगुवा ठान्नेहरूले टुँडिखेलमा पहिचानको कुरा गर्दा, राजनीतिक पहिचान हुने र सांस्कृतिक पहिचान नहुने हो भने पहिचानको कुरा किन गर्ने ? त्यसैले हामीले आफैंलाई आफैंले प्रश्न गर्ने समय आएको छ । हामी प्रदर्शनकारी बन्ने कि अभ्यासकारी ? यसरी प्रश्नहरूको चाङबाट हेर्दा हाम्रो मौलिकता गुम्ने खतरा छ ।

अन्त्यमा, ल्होसारलाई खुल्लामञ्चबाट घर-घरमा भित्र्याउनुकै कुनै विकल्प छैन । ल्होसारलाई खुल्लामञ्चमा प्रदर्शन गर्दैमा संस्कृति र पहिचानको संरक्षण हुनेवाला पनि छैन । आदिवासी जनजातिहरू विभिन्न कालखण्डहरूमा शिकार बन्दै आएको कुरा इतिहास साक्षी नै छ । चाहे पृथ्वीनारायण शाहको राज्य एकीकरणको नाममा होस् या जंगबहादुरको शासनकालमा । पृथ्वीनारायणले हिन्दू राज्य निर्माण गर्ने क्रममा जातीय पहिचान सहितको राज्यहरू ध्वस्त गरेको उदाहरण हामीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा इतिहासमा पढेकै छौं । अनि हामीलाई इतिहास पढाउने गरिन्छ, भुरे-टाकुरे राज्यहरूलाई मिलाएर राज्य एकीकरण गरियो । के त्यो इतिहास पहिचानवादीहरूको लागि स्वीकार्य छ ?

त्यसैको निरन्तरतामा लागेका जंगबहादुर राणाले जनजाति लगायत दलित समुदायलाई पछाडि पार्नको लागि वि.सं. १९१० मा बनाएको मुलुकी ऐन नै काफी छ । जात व्यवस्था नभएको जनजातिहरूमा समेत मासिन्या र नमासिन्या गरी दुई भागमा विभाजन गरिनु आफैंमा न्यायसङ्गत छैन । पृथ्वीनारायणले निरन्तरता दिएको हिन्दू राज्य निर्माण अभियानमा जंगबहादुरले कानून नै निर्माण गरेर लाद्ने कुरा कत्तिको उचित छ ? यसको बहस आजको सङ्घीय गणतान्त्रिक मुलुकमा हुन जरूरी छ । अर्काेतर्फ हिन्दू राज्यलाई बलियो बनाउने क्रममा जंगबहादुरले जनजातिहरूलाई जबर्जस्त दशैं मनाउन लगाएको कुरा छर्लङ्गै छ । जंगबहादुरले वि.संं. १९३३ मा दशैं नमानेको भन्दै धनकुटाका रामलिहाङ र रिदामा आठपहरियालाई झुन्ड्याएर मृत्युदण्ड दिई अन्य आदिवासीलाई पनि जबर्जस्ती हिन्दू पर्व मान्न दबाब दिए र ढोकामा बलि दिएको प्रमाण दिन रगतको छाप लगाउने कुरा इतिहासको कुनाहरूमा भेटिन्छन् ।

इतिहासको विभिन्न कालखण्डमा शासकहरूले जनजातिहरूमाथि विभिन्न बहानामा अत्याचार गरेकै हो । थिचोमिचो र अत्याचार पक्कै थियो इतिहासले त्यो बताउँछ । आजको समयमा त्यसको सकारात्मक समीक्षा हुन जरूरी छ । तर हिजो हामीमाथि थिचोमिचो र दबाव थियो भन्दैमा शासकहरूसँग उँचाइ बराबर गर्ने नाममा भएको संस्कार र संस्कृति नै विकृत हुने गरी प्रतिस्पर्धामा लाग्दा त्यसको नतिजा कस्तो हुन्छ ? त्यसैले हामीले हाम्रो पहिचान र संस्कृतिलाई देखाएर होइन बचाएर बलियो बनाउनुपर्छ । सकारात्मक र सही ढंगले इतिहासको समीक्षा जरूरी छ । शासकहरूले त्यसको वातावरण सिर्जना गर्नुपर्छ ।



source https://www.onlinekhabar.com/2021/12/1059218

आज तमु ल्होसार मनाइँदै, देशैभर सार्वजनिक बिदा

१५ पुस, काठमाडौं । आज पुस १५ गते । गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।

पर्वका अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । यसअघि २०७७ साल चैत ९ गते प्रकाशित राजपत्रमा तमु ल्होसार सार्वजनिक बिदा हुने चाडको सूचीमा थिएन । त्यो सूचनामा सम्बन्धित धर्म संस्कृती मान्ने समूदायलाई मात्रै बिदा हुने भनी उल्लेख थियो ।



source https://www.onlinekhabar.com/2021/12/1059209

जुम्लामा ट्युशन कक्षामै विद्यार्थीलाई मोडर्ना खोप

१४ पुस, कर्णाली। चिसो बढेसँगै विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिन समस्या भएको छ । चिसोमा हिउँदे बिदाका कारण विद्यालय बन्द हुने भएकाले बालबालिकालाई खोप लगाउन समस्या भएको हो ।

विद्यालयमा बालबालिका नभेटिने भएपछि स्वास्थ्यकर्मी ट्युशन कक्षामै पुगेर उनीहरुलाई मोडर्ना खोप दिन व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिए । ‘जुम्लामा १८ वर्षमुनिका बालबालिकाका लागि १३ हजार मोडर्ना खोप आएको छ’, उनले भने, ‘आजका दिनसम्म सात हजार बालबालिकालाई खोप लगाइसकिएको छ।’

मङ्गलबार जुम्लाको हिमा गाउँपालिकाको महावैपातरखोला विद्यालयमा पुगेर बालबालिकाका खोपको अवस्था बुझेर फर्केको जानकारी दिँदै उनले चिसो बढेसँगै मंगलबारदेखि हिमपात भइरहेकाले स्वास्थ्यकर्मीलाई खोप लगाउन सकस भएको बताए ।

प्रजिअ प्रसाईँका अनुसार बुधबार पनि जुम्लामा हिमपात भइरहेकाले स्थानीयवासीलाई यहाँका विभिन्न चोक-चोकमा दाउरा जगेडा गरेर आगो बाल्न लगाइएको र न्यानो कपडा लगाउन सुझाइएको छ । हिमपातका कारण सरकारी कार्यालयको कामकाज प्रभावित भएको छ ।



source https://www.onlinekhabar.com/2021/12/1058836

Tuesday 28 December 2021

प्रदीपसँग फेरि काम गर्न चाहन्छिन् पूजा

१४ पुस, काठमाडौं । अभिनेता प्रदीप खड्का र अभिनेत्री पूजा शर्मा अहिले चर्चामा रहेका कलाकार हुन् । यी दुईले चलचित्र ‘प्रेमगीत’मा एकसाथ काम गरेका थिए । यो चलचित्रले दुवैलाई चलचित्र क्षेत्रमा स्टार बनायो ।

‘प्रेमगीत’ रिलिज हुनुअघिसम्म प्रदीप र पूजा दुवैको करिअर सुखद् थिएन । तर, यो चलचित्रमा काम गरेपछि यी दुवै कलाकार स्थापित भए । ‘प्रेमगीत’को प्रदर्शनपछि प्रदीप र पूजाबीच मनमुटावको खबर समेत सार्वजनिक भयो ।

यसपछि यी दुईले एकसाथ काम गरेका छैनन् । दर्शकले प्रेम र गीतको जोडीलाई एकसाथ पर्दामा हेर्न त चाहेका छन्, तर त्यो अहिलेसम्म जुरेको छैन ।

पूजाले आफू प्रदीपसँग काम गर्न तयार भएको बताएकी छन् । उनले भनिन्, ‘प्रदीप त मेरो बेष्ट हुन् । उनीसँग काम गर्न त म सधैं तयार छु ।’ यो जोडीलाई लिएर चलचित्र बनाउन निर्माताहरु पनि उत्सुक छन् । तर, अझै पनि कुनै निर्माताले प्रेम र गीतको जोडीलाई एकसाथ ल्याउन सकेका छैनन् ।

‘प्रेमगीत’को तेस्रो सिरिज समेत तयार भएर रिलिजको संघारमा छ । तर, प्रदीप लगातार यो चलचित्रको सिरिजमा देखिएपनि पूजा भने देखिएकी छैनन् ।



source https://www.onlinekhabar.com/2021/12/1058832

हिउँ खेल्न काठमाडौं नजिकका उत्कृष्ट गन्तव्यहरु

पुस १४, काठमाडौं । आज देशभर मौसम बदली भई देशका अधिकांश ठाउँमा पानी परेको छ । पानी परेसँगै हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि रातिदेखि नै हिमपातसहित पानी परेको छ । काठमाडौं उपत्यकामा पानी परेको छ भने उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको छ । काठमाडौं उपत्यकावासी धेरै हिउँ खेल्न जाने नजिकका गन्तव्यहरूमा पनि धेरैतिर हिउँ पर्न थालिसकेको छ ।

चन्द्रागिरी
चन्द्रगिरि काठमाडौंवासीको लागि हिउँ खेल्न नजिक र सहज गन्तव्य हो । केवलकारबाट चन्द्रगिरि डाँडोमा पुगेर हिउँमा रमाउन सकिने यो गन्तव्यमा मंगलबार रातिदेखि नै भारी हिमपात परिररहेको छ । हरेक वर्ष हजारौं आन्तरिक पर्यटकहरु हिउँ खेल्न चन्द्रगिरि पुग्ने गर्छन् । चन्द्रागिरि पुग्नको लागि सार्वजनिक गाडीमा जाने हो भने रत्नपार्क वा कलंकीबाट थानकोटसम्म पुग्ने चन्द्रागिरि यातायातमा गएर पैदल या केवलकारमा चन्द्रागिरि उक्लिन सकिन्छ । निजी सवारी साधनमा पनि चन्द्रागिरि डाँडोसम्मै पुग्न सकिन्छ ।

शिवपुरी
शिवपुरी पनि हिउँ खेल्नको लागि आकर्षक गन्तव्य हो । काठमाडौंबाट नजिक एवं रमणीय ठाउँमा पर्ने यो क्षेत्रमा पनि हरेक वर्ष पर्यटकको घुइँचो लाग्ने गर्छ । यहाँ पुग्नको लागि सुन्दरीजल या बुढानीलकण्ठसम्म गाडीमा गएर त्यसपछि पैदल हिँड्नुपर्छ । बुढानीलकण्ठको लागि महाराजगञ्जबाट गाडी पाइन्छ भने सुन्दरीजल जानको लागि चावहिलबाट गाडी पाइन्छ । निकुञ्ज क्षेत्र भएकोले यहाँ जाँदा निकुञ्जको टिकट काटेर जानुपर्छ ।

तस्वीर : डोरवेनेपाल

फुल्चोकी
ललितपुरको फुल्चोकी पनि हिउँ खेल्नको लागि काठमाडौंबाट नजिकको गन्तव्य हो । गोदावरीबाट १३ किलोमिटर उकालो चढेपछि फुल्चोकी पुगिन्छ । सातदोबाटोबाट गोदावरीसम्म पुगेर त्यहाँबाट फुल्चीकीतिर उकालो लागिन्छ । सो ठाउँमा पुग्नको लागि मोटरसाइकल र गाडीमा जाने सुविधा पनि छ ।  तर कहिलेकाहीँ अत्यधिक हिउँले बाटोमा अवरोध पनि हुन सक्छ ।

नगरकोट
नगरकोट पनि काठमाडौं नजिकको हिउँ खेल्न जानेहरुको लागि उत्कृष्ट गन्तव्य हो । खानपानको राम्रो सुविधा सहित आकर्षक पर्यावरणको दृश्यावलोकनको लागि समेत चर्चित रहेको यो ठाउँ पुग्न अनेक बाटाहरु छन् । तर भक्तपुरको कमलविनायकबाट पनि यो ठाउँ जान सकिन्छ । यहाँ पुग्ने धेरै बाटोहरु भए पनि यो बाटो बढी उचित मानिन्छ ।

लाकुरीभञ्ज्याङ
लाकुरी भन्ज्याङ तीन जिल्ला ललितपुर, भक्तपुर र काभ्रेले छोएको ठाउँ हो । लाँकुरीभन्ज्याङ पुग्न लगनखेलबाट लुभु–पनौती जाने गाडी चढ्नुपर्छ । आफ्नो साधन लिएर पनि लुभुहुँदै कुल १९ किलोमिटरमा लाकुरी भञ्ज्याङ पुग्न सकिन्छ । लगनखेलबाट लुभुसम्म ७ किलोमिटर र त्यहाँबाट १२ किलोमिटरमा लाँकुरी भन्ज्याङ पुग्न सकिन्छ। उपत्यकाको धेरै नजिक पर्ने यो पिकनिक र हिउँ खेल्नको लागि चर्चित छ । लाकुरी भन्ज्याङबाट १० किलोमिटर ओरालो झरेर पनौती पुग्न सकिन्छ ।

कालिन्चोक
काठमाडौंबाट एकदिनको यात्रामा पुगिने ठाउँ हो कालिन्चोक । त्यहाँ धार्मिक पर्यटकसँगै हिउँ खेल्न जानेहरुको पनि भीड लाग्ने गर्छ । त्यहाँ हिउँमा स्की गर्ने अवसर समेत मिल्ने त्यो ठाउँ जाडो मौसमको लागि उत्कृष्ट गन्तव्य हो । काठमाडौंबाट चरीकोटसम्म अरनिको यातायातमा बस चढेर जान सकिन्छ । चरीकोटबाट करीब एक घण्टाको हिँडाइपछि देउराली भञ्ज्याङ पुगिन्छ । त्यहाँबाट घना जंगलको बाटो हिँड्नुपर्छ । कुरीबजारमा कालिन्चोक डाँडा पुगिन्छ । मोटरसाइकल वा गाडी रिजर्भ गरेर पनि यहाँसम्म जान सकिन्छ । तर, बाटो निकै जोखिमपूर्ण छ । ढुंगा बिछ्याएको बाटो धेरै ठाडो छ । गाडीबाट पनि ३ घण्टा लाग्ने भएकाले यो ठाउँमा हिँडेरै जानुको बेग्लै मज्जा छ ।

दामन
मकवानपुरको दामन पनि हिउँ खेल्नको लागि महत्वपूर्ण गन्तव्य हो । काठमाडौंबाट धादिङको नौबिसे हुँदै जान सकिने यो गन्तव्य पुग्नको लागि आफ्नो निजी सवारी साधनमा सहज हुन्छ । यो ठाउँमा पनि वर्षेनि हजारौ मान्छे हिउँ खेल्न जाने गर्छन् ।

ककनी
नुवाकोटको ककनी पनि हिउँ खेल्न जाने उत्कृष्ट गन्तव्य हो । चिसो मौसममा काठमाडौंबाट नजिकको गन्तव्यमा रहेको यो क्षेत्र पुग्नको लागि निजी सवारी वा सार्वजनिक सवारीमा पनि जान सकिन्छ । यहाँ जानको लागि माछापोखरीबाट नागार्जुन हुँदै जाँदा सहज हुन्छ ।



source https://www.onlinekhabar.com/2021/12/1058741

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More