Monday 27 December 2021

माओवादीको बन्दसत्रमा आजबाट समूहगत छलफल

१३ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रको बन्दसत्रमा राजनीतिक र विधान मस्यौदा प्रस्तावमा प्रतिनिधिहरुबीच समूहगत छलफल हुँदैछ । छलफल गर्न प्रतिनिधिहरुलाई २५ समूहमा बाँडिएको छ ।

आज समूहमा छलफल गरेर भोलिबाट टोली नेताले छलफलकोे निष्कर्ष प्रस्तुत गर्ने माओवादी केन्द्रले जनाएको छ ।

माओवादी प्रतिनिधिहरुको टोलीलाई प्रज्ञा भवन, पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा र पार्टी प्यालेसहरुमा राखिएको छ ।

माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत हिजोको बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए ।



source https://www.onlinekhabar.com/2021/12/1058195

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More