Wednesday 22 December 2021

सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढ्यो

८ पुस, काठमाडौं । सुन र चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार सुनको मूल्य एकैदिन तोलामा ७ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।

बुधबार तोलामा ७ सय रुपैयाँले घटेर ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

आजका लागि तेजावी सुनको कारोबार मूल्य ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार दुई सय ६० रुपैयाँ पुगेको छ ।



source https://www.onlinekhabar.com/2021/12/1056198

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More