Tuesday 21 December 2021

राप्रपा अध्यक्ष लिङ्देन र एमाले नेता खरेलबीच भेटवार्ता

७ पुस, काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलबीच भेटवार्ता भएको छ ।

अध्यक्ष निर्वाचित भएपछि जिल्ला पुगेका लिङ्देनसँग झापामै रहेका खरेलले भेट गरेका हुन् । भेटमा राष्ट्रियसभा निर्वाचनमा दुई पार्टीको गठबन्धनबारे पनि छलफल भएको बताइएको छ ।

एमाले झापा इन्चार्ज खरेलले भने आफूले लिङ्देनलाई अध्यक्षमा निर्वाचित भएकोमा बधाइ दिन भेटेको र त्यसक्रममा राष्ट्रिय राजनीति र मसामयिक विषयमा छलफल भएको बताए । उनले भने, ‘झापामा सबै दलहरू मिलेर काम गर्ने संस्कृति छ, त्यसलाई अगाडि बढाउनुपर्छ । नभए कायम राख्नुपर्छ भनेको छु ।’

 



source https://www.onlinekhabar.com/2021/12/1055822

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More