Saturday 25 December 2021

रेष्टुरेन्टमा क्रिसमस मनाइरहेका बेला आत्मघाती बम विस्फोट, ६ जनाको मृत्यु

११ पुस, काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोका अधिकारीले क्रिसमस मनाइरहेका मानिसले भरिएको एक रेष्टुरेन्टमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको बताएका छन् ।

शनिबार पूर्वी शहर बेनीस्थित एक रेष्टुरेन्टको प्रवेशद्वारमा बम विस्फोट भएको बीबीसीले जनाएको छ ।

प्रहरीले बम बोकेका आत्मघाती व्यक्तिलाई बक्स रेष्टुरेन्टभित्र छिर्न खोज्ने क्रममा रोकेका थिए । सोही क्रममा ती व्यक्तिले आफैंलाई विस्फोट गराएको समाचारमा जनाइएको छ ।

बम विस्फोटका बेला उक्त रेष्टुरेन्टमा ३० भन्दा मानिसले क्रिसमस मनाइरहेका थिए । विस्फोटमा परी आत्मघातीसहित ६ जनाको मृत्यु भएको कंगोका अधिकारीले बताएका छन् । त्यस्तै, अन्य १३ जना घाइते भएका छन् ।

शनिबार भएको विस्फोटमा इस्लामिक स्टेटसँग आबद्ध ठानिएको लडाकु समूह ‘अलाइट डेमोक्रेटिक फोर्सेस (एडीएफ)’ को हात रहेको अधिकारीहरूको भनाइ छ । तर हालसम्म कुनै पनि समूहले बम विस्फोटको जिम्मा लिएको छैन ।



source https://www.onlinekhabar.com/2021/12/1057263

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More