Tuesday 21 December 2021

माओवादीको नेतृत्व चुन्न प्रदेश १ मा पनि चुनाव

७ पुस, विराटनगर । नेतृत्व चयनका लागि नेकपा (माओवादी केन्द्र) प्रदेश १ मा पनि चुनाव हुने भएको छ । सहमति नजुटेपछि आज निर्वाचन गर्ने तयारी गरिएको छ ।

पदाधिकारीका आकांक्षी धेरै भएपछि सहमतिका लागि कार्यदल गठन भएको थियो । कार्यदलमा सहमति नजुटेपछि पदाधिकारीका लागि आजै निर्वाचन गर्न लागिएको हो ।

माओवादी केन्द्र प्रदेश कमिटीको बैठक आज बस्दैछ । बैठकपछि नौं पदाधिकारीका लागि निर्वाचन गरिने नेताहरूले बताएका छन् ।

गत मंसिर २५-२६ को प्रथम प्रदेश अधिवेशनमा पदाधिकारीको टुङ्गो नलागेपछि २७१ सदस्यीय प्रदेश कमिटी घोषणा गरिएको थियो । कमिटीका सदस्यहरुले नौं जना पदाधिकारीका लागि मतदान गर्नेछन् ।

९ पदाधिकारीका लागि तीन दर्जन आकांक्षी छन् । निर्वाचनको तयारीका लागि नेताहरूको बैठक बसिरहेको प्रदेश १ सचिवका उम्मेदवार गणेश उप्रेतीले बताए ।

पदाधिकारी टुङ्गो लगाउन गठन भएको कार्यदल, प्रदेश १ का केन्द्रीय सदस्य र नेतृत्वका आकांक्षीबीच मंगलबार छलफल भएको थियो । छलफलमा ४० जना पदाधिकारीका आकांक्षी सहभागी थिए ।

पार्टीको प्रदेश १ अध्यक्षमा हर्कबहादुर लावती, शिवकुमार डाँगी र मोक्साहाङ मेन्याङ्बो, ध्रुव बुढाथोकी, देवान चाम्लिङ, मोहनकुमार खत्रीलगायत दाबेदार छन्।



source https://www.onlinekhabar.com/2021/12/1055728

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More