Sunday 19 December 2021

कर्मचारीको हड्तालले जम्मु-कश्मीरमा विद्युत अवरुद्ध भएपछि सेना बोलाइयो

५ पुस, काठमाडौं । अत्यधिक जाडो बढिरहेका बेला जम्मु-कश्मीरमा विद्युत सेवा अवरुद्ध भएको छ । विद्युत विकास विभागका हजारौं कर्मचारीले अनिश्चितकालीन हड्ताल गरेपछि  विद्युत सेवा अवरुद्ध भएको हो ।

चिसो मौसममा विद्युत सेवा अवरुद्ध भएपछि सुचारु गर्न सेना बोलाइएको भारतीय समाचार माध्यमले जनाएका छन् । जम्मु-कश्मीरको प्रशासनले रक्षा मन्त्रालयलाई सहयोगका लागि पत्र देखेपछि कैयौं स्थानमा सेना परिचालन गरिएको छ ।

सरकारी स्वामित्वमा रहेको विद्युत विकास विभागका २० हजार कर्मचारीहरू शुक्रबार रातिदेखि अनिश्चितकालीन हड्तालमा उत्रिएका छन् । जम्मु-कश्मीरको विद्युत विकास विभागलाई पावर ग्रिड कर्पोरेशन अफ इन्डियामा गाभ्ने र विभागको सम्पत्ति निजी कम्पनीलाई बेच्ने सरकारी कदमको विरोध गर्दै उनीहरू हड्तालमा उत्रिएका हुन् ।

कर्मचारीको हड्ताललगत्तै जम्मु-कश्मीरका कैयौं जिल्लामा विद्युत अवरुद्ध भएको थियो । सरकारले विद्‍युत विभागको सम्पत्ति निजीकरण गर्ने कदम फिर्ता नलिएसम्म काममा नफर्किने कमर्चारीको भनाइ छ ।



source https://www.onlinekhabar.com/2021/12/1054808

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More