Tuesday 31 August 2021

तालिबानलाई प्रतिबन्ध लगाउँदा अस्थिरता झन् बढ्न सक्छ : कतार

१६ भदौ, काठमाडौं । कतारका विदेशमन्त्रीले तालिबानलाई अन्तर्राष्ट्रिय समुदायले प्रतिबन्ध लगाउँदा अस्थिरता झन् बढ्न सक्ने चेतावनी दिएका छन् ।

मंगलबार दोहामा बोल्दै विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुलराहमान अल थानीले अफगानिस्तानको सुरक्षा र सामाजिक आर्थिक मुद्दामा तालिबानसँग जोडिन सबैलाई आग्रह गरेका छन् ।

जर्मनीका विदेशमन्त्री हेइको माससँग बोल्दै उनले तालिबानमाथि प्रतिबन्ध लगाउँदै ऊसँगको सम्पर्क विच्छेद गर्ने हो भने यसले अर्को समस्या सिर्जना गर्ने बताएका हुन् । कतार तालिबानको लागि अन्तर्राष्ट्रिय समुदायसँग पुग्ने एउटा माध्यम बनेको छ । उसले सन् २०१३ मा कतारमा आफ्नो राजनीतिक कार्यालय खोलेको थियो ।

अहिलेसम्म विश्वका कुनै पनि मुलुकले तालिबानलाई अफगानिस्तानको सरकार मानेका छैनन् । पश्चिमा मुलुकले यो संगठनलाई मानव अधिकारको सम्मान गर्दै समावेशी सरकार बनाउन आग्रह गर्दै आएका छन् ।

कतारी विदेशमन्त्रीले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता जाँदा आतंकवाद बढ्न सक्ने जोखिम रहेको भन्दै समावेशी सरकारको लागि आग्रह गरेका छन् । उनले तालिबानसँगको कुराकानीमा अहिलेसम्म सकारात्मक तथा नकारात्मक कुनै पनि प्रतिक्रिया नआएको बताएका छन् ।

जर्मनीका विदेशमन्त्री मासले अहिले आफूहरु तालिबानलाई आधिकारिकता दिने वा नदिने भन्दा पनि अहिले देखिएको समस्या समाधानको लागि प्रयासरत रहेको बताएका छन् ।

एजेन्सीहरुको सहयोगमा



source https://www.onlinekhabar.com/2021/09/1007034

सभामुख सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

१६ भदौ, काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् ।

यसअघि ३० फागुन २०७६ मा यो मुद्दा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ ।

१६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।

प्रहरीले जाहेरी नलिएपछि पूर्णिमायाले सर्वोच्चमा उजुरी गरेकी थिइन् । २२ फागुन २०६४ मा सर्वोच्चले आदेश दियो र जाहेरी दर्ता भयो । तर बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गरेको थियो ।

त्यसविरुद्ध पूर्णिमाया फेरि सर्वोच्च गइन् र सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दियो । यो मुद्दा सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन छ । मुद्दा विचाराधीन रहेकै बेला सापकोटा सञ्चारमन्त्री बनेपछि कनकमणि दीक्षित लगायतले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा समेत हालेका थिए ।



source https://www.onlinekhabar.com/2021/09/1007031

गोर्खाज फाइनान्सको साधारणसभा स्थगित गर्न निर्देशन

१६ भदौं, काठमाडौं । गोर्खाज फाइनान्सको साधारणसभा स्थगित गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । फाइनान्सले आगामी २३ गतेका लागि सञ्चालक समिति चयन लगायतका एजेण्डासहित वार्षिक साधारण सभा बोलाएको थियो ।

कोरोना महामारीको कारण जारी गरिएको निषेधाज्ञा जारी नै रहेको बेला ७१ जना संस्थाका शेयरधनीहरुले नै साधारणसभा रोकिपाउँ भन्दै जिल्ला प्रशासन कार्याल्यमा उजुरी गरेका थिए । उजुरी पछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले साधारण सभा रोक्न फाइनान्सलाई पत्राचार गरेको छ ।

यो पनि पढ्नुहोस गोर्खाज फाइनान्सको साधारण सभा रोक्न माग गर्दै उजुरी

२५ जना भन्दा बढी सहभागी भएर कुनै पनि सभा समारोह जस्ता कार्यक्रम गर्न निषेध गरिएको भन्दै अर्को निर्देशन नहुँदासम्म साधारणसभा स्थगित गर्न प्रशासनले भनेको छ ।

कम्पनीले आगामी भदौ २३ गतेका लागि काठमाडौंको सोल्टिमोडस्थित एक होटलमा साधारण सभा आह्वान गरेको थियो । सभा सम्मेलन गर्न अहिले पनि नपाइने सरकारी नीति विपरीत संञ्चालकहरुले आफूखुसी निर्णय गर्न साधारण सभा बोलाइएको भन्दै शेयरधनीहरुले विरोध गर्दै आएका थिए ।



source https://www.onlinekhabar.com/2021/09/1007035

किन उमेरभन्दा चाडै बढ्दैछन् बालबच्चा ?

हिजोआज बच्चाहरुमा समयभन्दा अघि नै परिपक्व हुने क्रम बढ्दो छ । सामान्यतया १३ वर्षदेखि किशोरावस्था सुरु हुने भनिए पनि समयअघि नै परिपक्व हुने परिपाटीका कारण यो क्रम बढेको पाइन्छ  । अहिले बच्चाहरु शारीरिक हिसाबले उमेरभन्दा चाडै परिपक्क हुँदा यसले फाइदामात्रै होइन घाटा पनि निम्त्यिाएको छ । हामीले मनोविज्ञ गोपाल ढकाललाई समयअघि नै बच्चाहरु परिपक्व हुनुको कारण, यसको समस्या र निवारणको उपाय के-के हुन सक्छ ?

हिजोआजका बच्चाहरुमा परिपक्व हुने उमेर घटेर गएको छ । पहिले १३ वर्षमा सुरु हुने किशोरावस्था अहिले ८-९ वर्षदेखि नै सुरु हुन थालिसकेको छ । यसको पछि विभिन्न कारणहरु छन् । जस्तो, खानपानमा आएको परिवर्तन, सूचना प्रविधिले ज्ञानको क्षेत्रमा गरेको विस्तार जस्ता कारणले पनि बच्चाहरु समयअघि नै परिपक्व बन्ने गरेका छन् । सबैभन्दा ठूलो कारण भनेको खानपानको कारणले शरीरमा ल्याएको परिवर्तन र सूचना प्रविधिका कारणले बुझाइ वा मानसिक र स्वास्थ्य चेतनामा ल्याएको प्रभावका कारण नै बच्चाहरु छिट्टै परिपक्व बन्न थालेका हुन् ।

छिटो परिपक्व हुँदाको घाटा

धेरैलाई लाग्न सक्छ बच्चाहरु त छिटो परिपक्व हुनु आफैँमा अभिभावकको लागि खुसीको कुरा हो । तर यसको पछि छुट्टै नकारात्मक पक्षहरु छन् । बालापनको समय भनेको चञ्चल समय हो । यो समयमा बिस्तारै मान्छेको शारीरिक र मानसिक विकास हुँदै जान दिनुपर्छ । यो समयमा बच्चाहरुलाई कुनै पनि जिम्मेवारीबोध र थप दबाब दिनुहुँदैन । तर चाँडै परिपक्व हुँदा मान्छेले अनावश्यक जिम्मेवारीको चिन्ताले बालापनमा उसले जुन खालको स्वतन्त्रता र मनोरञ्जनात्मक रुपमा विकास हुने चरण हुन्छ । त्यो चरण बदलिन्छ । त्यसैले चाँडो परिपक्व हुनु पनि घाटाको कुरा हो ।

मनोविद् गोपाल ढकाल 

सानै उमेरमा यौनिक परिपक्वताको समस्या

शारीरिक र मानसिक परिपक्वतासँगै बच्चाहरुमा चाँडै नै यौनिक परिपक्वता पनि हुन्छ । जुन एक समस्या हो । चाँडो परिपक्व हुनु र ढिलो परिपक्व हुनुमा हामी बोइलर कुखुरा र लोकल कुखुराको भेदलाई तुलना गर्न सक्छौं । ढिलो परिपक्व हुनुको अर्थ शारीरिक र मानसिक रुपमा बिस्तारै विकास हुँदै जाँदा यसले पछिसम्म शरीर सुदृश बनाउँछ । अन्यथा बुढेशकालको उमेरमा पनि मान्छेले बच्चाको जस्तो व्यवहार गर्छ । जुन उपयुक्त होइन ।

छिटो परिपक्व हुने बच्चामा अभिभावकको व्यवहार

छिटो परिपक्व हुने बच्चाहरुमा अभिभावकले सामान्य बच्चालाई जस्तो व्यवहार नगर्न सक्छन् । कतिपय त्यस्ता विषयहरु पनि आइरहेका छन् । कुनै कुरामा बच्चाले ठूलाको जस्तो व्यवहार ग¥यो भने अभिभावकले आफूसँग तुलना गरेर हेर्छन् । जुन व्यवहारले बच्चाहरुमा अनावश्यक दबाब(टर्चर) महसुस गर्न सक्छन् । त्यसैले समयभन्दा छिटो परिपक्व हुनुको फाइदासँगै नोक्सानी पनि उस्तै हुन्छ ।

अभिभावक र बच्चाको बीचको असमझदारीको खाडल कसरी पुर्ने ?

अभिभावक र बच्चाहरुमा जेनेरेसन ग्यापले गर्दा केही असमझदारी हुन सक्छन् । हिजोआजका धेरै बालबालिकाहरु छिटो परिपक्व हुने भएकोले पनि ढिलो परिपक्व हुने अभिभावक र छिटो परिपक्व हुने बालबालिकाको बीचमा कुनै न कुनै असमझदारी हुन सक्छ । त्यसको लागि बालबालिकाकाको विकासको क्रमको प्रक्रियाबारे अभिभावकहरुलाई ज्ञान गराउनु नै सबैभन्दा ठूलो उपाय हो । पहिले अभिभावकहरु यसमा जानकार भए भने मात्रै बच्चाहरुलाई पनि सौहार्दपूर्ण रुपमा आवश्यक ज्ञान दिन सक्छन् । त्यसैले अभिभावकहरुले नै बच्चाको स्वभावको आधारमा यसबारे ज्ञान लिनु जरुरी छ ।



source https://www.onlinekhabar.com/2021/09/1007019

म्युजिक भिडियोमा बारम्बार किन चुक्दैछन् राजेश हमाल ?

नायक राजेश हमाललाई केही संस्थाले ‘महानायक’को उपाधि दिएका छन् । राजेश हमाल चलचित्र क्षेत्रको ‘महानायक’ हुन् या होइनन् भन्ने बहस बेला–बेलामा हुने गर्दछ । गतबर्ष निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हुन् र ?’ भन्दै दिएको एक अभिव्यक्तिले ठूलो विवाद खडा गर्यो । दीपाले यो बिषयमा बारम्बार माफी पनि मागिन् । राजेशले पनि घुमाउरो शैलीमा आफू नै ‘महानायक’ भएको दाबी प्रस्तुत नगरेका होइनन् ।

तर, राजेश हमालले चलचित्र क्षेत्रमा लामो समय बिताइरहँदा उनले गरेका केही कामहरुको भने बेला–बेलामा टिप्पणी र आलोचना हुने गरेको छ । अझ, लकडाउनपछि बनेका म्युजिक भिडियोमा हमालले गरेको कामको टिप्पणी सामाजिक संजालमा पनि हुन थालेको छ ।

हालै मात्र, राजेशले मोडलिङ गरेको ‘नाचन कान्छी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा राजेश हमाललाई नयाँ गेटअपमा त प्रस्तुत गरिएको छ ।

केही हट मोडलहरुको साथमा स्विमिङ पूलमा रमाउँदै गरेका राजेश हमालको अवतार भने उनकै फ्यानहरुलाई पनि चित्त वुझेको छैन । यसैले, सामाजिक संजालमा राजेश हमालको चर्को आलोचना भैरहेको छ । यो गीतको भिडियोमा काम गरेर राजेश हमालले आफू ‘महानायक’ हुँ भन्ने नै विर्सिएको धेरैको तर्क छ । युटुबमा पनि राजेश हमालले गीत रोज्दा धेरै ध्यान दिनुपर्ने र आफ्नो पोजिसन ख्याल गर्नुपर्ने भन्दै आलोचना भैरहेको छ ।

उसो त, राजेश हमालले लकडाउनपछि काम गरेका अधिकांश गीतले खासै चर्चा पाउन सकेनन् । गीतमा हमाल राख्दा पनि मेकरले गतिलो भ्यूज पाउन सकेका छैनन् । यसैले, पनि राजेशले भिडियोमा काम गर्दा कमसेकम गीतको अडियो र मेकिङको बारेमा राम्रोसँग अध्ययन गरेर मात्र काम गर्नुपर्ने धेरैको तर्क छ ।



source https://www.onlinekhabar.com/2021/09/1007024

राजदूत अधिकारी र पाकिस्तान एकेडेमी अफ लेट्र्सका अध्यक्षको भेट

१६ भदौ, काठमाडौं । पाकिस्तानमा लागि नेपाली राजदूत तापस अधिकारीले पाकिस्तान एकेडेमी अफ लेट्र्सका अध्यक्ष युसुफ खुस्कसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा दुई देशको बीचमा साहित्यको क्षेत्रमा कसरी सहकार्य गर्न सकिन्छ भनी धारणाको आदान प्रदान भएको इस्लामावादस्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

भेटमा राजदूत अधिकारीले नेपाली साहित्यलाई उर्दु र पाकिस्तानमा अन्य भाषामा अनुवाद गर्न अनुरोध गरेका थिए । यसो गर्न सकिएमा नेपाली साहित्यलाई पाकिस्तानी जनताको बिचमा लैजान सकिने राजदूत अधिकारीको धारणा थियो ।

भेटमा राजदूत अधिकारीले सरदार रुद्रराज पाण्डेको उर्दु भाषामा अनुवाद गरिएको ‘रुपमति’ पुस्तक हस्तान्तरण गरेका थिए ।



source https://www.onlinekhabar.com/2021/09/1006998

ग्रिजमन एट्लेटिको फर्किए, सेभियाका लुक जोङ बार्सिलोनामा

१६ भदौऽ काठमाडौं । फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमन एट्लेटिको मड्रिडमै फर्किएका छन् । एट्लेटिकोबाट २ वर्षअघि बार्सिलोना पुगेका ग्रिजमन पुरानै क्लबमा फर्केका हुन् ।

ला लिगा च्याम्पियन एट्लेटिको मड्रिडले पूर्व फरवार्ड एन्टोनी ग्रिजम्यानलाई ट्रान्सफर डेडलाइन डे मा अनुबन्ध गरेको हो । एट्लेटिकोले उनलाई बार्सिलोनाबाट दुई वर्षका लागि लोनमा अनुबन्ध गरेको हो ।

अब एट्लेटिकोले ग्रिजमनको तलब तिर्नेछ भने स्थायी स्थानान्तरणका लागि सर्त राखिएको छ ।

सन् २०१९ मा बार्सिलोनाले १०७ मिलियन पाउण्डमा ग्रिजम्यानलाई अनुबन्ध गरेको थियो । तर उनले क्याम्पनोउमा सोचे अनुसार खेल देखाउन सकेका थिए । लिओनल मेस्सी पेरिस सेन्ट जर्मेनमा अनुबन्ध भएपछि ग्रिजमन बार्सिलोनामे बस्ने अनुमान थियो ।

तर उनी एट्लेटिको फर्किए । ३० वर्षीय ग्रिजमनले बार्सिलोनाका लागि १०२ खेलमा ३५ गोल गर्न सके ।

त्यसअघि उनले एट्लेटिको मड्रिडका लागि २५७ खेलमा १३३ गोल गरेका थिए ।

ट्रान्सफर विन्डोको अन्तिम दिन ग्रिजमनसँगै अरु दुई खेलाडीले पनि बार्सिलोना छाडे ।

राइट ब्याक इमर्सन रोयल प्रिमियर लिग क्लब टोटेनहम हट्सपरमा अनुबन्ध हुँदा युवा मिडफिल्डर एलाइक्स मोरिबा जर्मन क्लब आरबी आइपजिग पुगे ।

ग्रिजमनलाई भित्र्याएपछि एट्लेटिकोले साउल निगेजलाई प्रिमियर लिग क्लब चेल्सीमा लोनमा पठाएको छ ।

लुक डे जोङ बार्सिलोनामा

ग्रिजमनलाई लोनमा पठाएपछि बार्सिलोनाले सेभियाबाट डच खेलाडी लुक डे जोङलाई अनुबन्ध गरेको छ । बार्सिलोनाले जोङलाई एक वर्षका लागि लोनमा भित्र्याएको हो । उनी २०२२ जुन ३० सम्म बार्सिलोनामा बस्नेछन् ।

बार्सिलोनामा रहँदा उनको तलब बार्सिलोनाले तिर्नेछ ।

यस्तै क्लबमा स्थायी रुपमा अनुबन्ध गर्ने विकल्प समेत राखिउको छ ।

सेभियामा ६९ खेल खेल्दै १० गोल गरेपछि जोङ बार्सिलोनामा पुगेका हुन् । सन् २०१४ देखि २०१९ सम्म डच क्लब पिएसभी आइन्डहोभनमा खेलेर उनी सेभियामा अनुबन्ध भएका थिए ।

त्यसअघि उनले डे ग्राफचास, ट्वेन्टे र बोरुसिया मोन्चेनग्लाडबाकबाट खेलेका थिए ।



source https://www.onlinekhabar.com/2021/09/1006994

मन्त्रिपरिषदको बैठक बस्दै

१६ भदौ, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बोलाइएको छ ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/09/1006989

लोकप्रिय बन्दै टेलिग्राम, पार गर्‍यो १ अर्ब डाउनलोड

ह्वाट्सएप विवादमा तानिएसँगै लोकप्रिय बनेको इन्स्ट्यान्ट मेसेजिङ एप टेलिग्रामका प्रयोगकर्ताको संख्या एक अर्ब नाघेको छ । योसँगै टेलिग्राम एक अर्बभन्दा धेरै पटक डाउनलोड हुने विश्वको पाँचौँ एप बनेको छ ।

यसअघि ह्वाट्सएप, मेसेन्जर, फेसबुक, इन्स्टाग्राम, स्नापच्याट, स्पटीफाइ र नेटफ्लिक्स १ अर्बपटक डाउनलोड भैसकेका छन् ।

सेन्सर टावरले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार टेलिग्राम एपको डाउनलोड संख्याले एक अर्बको कोशेढुंगा पार गरेको हो । यद्यपि डाउनलोड संख्याले मोटामोटी रुपमा प्रयोगकर्ताको संख्या संकेत गर्ने भएता पनि सक्रिय प्रयोगकर्ताको संख्या भने त्यति हुँदैन । तीमध्ये केबल ५० करोड मात्रै टेलिग्रामका मासिक सक्रिय प्रयोगकर्ता रहेको रिपोर्टमा उल्लेख छ ।

सन् २०१३ मा लञ्च भएको टेलिग्रामले गत शुक्रबार एक अर्बको आँकडा पार गर्नका लागि जम्मा ८ वर्ष लगाएको छ ।

रिपोर्ट अनुसार टेलिग्रामको सबैभन्दा ठूलो बजार भारत हो । टेलिग्राम एपको कूल डाउनलोड मध्ये २२ प्रतिशत भारतमा भएको छ । प्रतिद्वन्द्वी ह्वाट्सएपको पनि सबैभन्दा ठूलो बजार भारत नै रहेको छ । धेरै टेलिग्राम प्रयोगकर्ता हुने मुलुकको दोश्रो स्थानमा रुस रहेको छ, जसले कूल डाउनलोडको १० प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै तेश्रो स्थानमा ८ प्रतिशत डाउनलोड हिस्सासहित इण्डोनेसिया रहेको छ ।

सेन्सर टावरका अनुसार चालु वर्ष सन् २०२१ मा टेलिग्रामको डाउनलोडको दर तीव्र गतिमा बढिरहेको छ । ह्वाट्सएपको नयाँ प्राइभेसी पोलिसीको विवादका कारण टेलिग्रामको डाउनलोडमा वृद्धि भएको रिपोर्टमा उल्लेख छ ।

सन् २०२१ को पहिलो अर्धवार्षिकमा २१ करोड ४७ लाख पटक टेलिग्राम डाउनलोड भएको छ, जुन अघिल्लो वर्षको प्रथम अर्धवार्षिकभन्दा ६१ प्रतिशत बढि हो । सन् २०२० को पहिलो ६ महिनामा १३ करोड ३० पटक टेलिग्राम डाउनलोड भएको थियो ।

एजेन्सी



source https://www.onlinekhabar.com/2021/09/1006985

खनाललाई भेटेर प्रचण्डले गरे स्वास्थ्य लाभको कामना

१६ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटेर स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।

प्रचण्ड बुधबार बिहान डल्लुस्थित खनाल निवासमा पुगेर स्वास्थ्यबारे जानकारी लिएका हुन् । पूर्वप्रधानमन्त्री खनाललाई भेट्न उनी फूलको बुकी लिएर गएका थिए ।

भेटमा प्रचण्डले खनालको पूर्णस्वास्थ्य लाभको कामना गरेको उनका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

खनालले हालै भारतमा मिर्गौला प्रत्यारोपण गराएका थिए । उनी यही भदौ १४ गते स्वदेश फर्किएका थिए ।



source https://www.onlinekhabar.com/2021/09/1006980

गुगल प्ले स्टोरबाट वर्षेनी १३ खर्ब आम्दानी

एन्ड्रोइड एप स्टोर गुगल प्लेबाट गुगलले वर्षेनी ११ अर्ब २० करोड डलर अर्थात् १३ खर्ब रुपैयाँ भन्दा धेरै आम्दानी गर्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

गुगलले इतिहासमै पहिलोपटक प्लेस्टोरको आम्दानी सार्वजनिक गर्दै सन् २०१९ मा प्ले स्टोरबाट ११.२ अर्ब डलर आम्दानी भएको रिपोर्ट अमेरिकी अदालत समक्ष पेस गरेको हो । गुगलले सन् २००८ को अक्टोबर २२ मा गुगल प्ले स्टोरको सुरुआत गरेको थियो ।

अमेरिकाका विभिन्न ३७ वटा राज्य तथा जिल्लाहरुका तर्फबाट महान्यायाधिवक्ताले एप स्टोरमाथि अविश्वास उल्लंघन (एन्टिट्रस्ट भायलेसन)को अभियोगमा गुगलमाथि मुद्दा दायर गरेका थिए । जसको जवाफमा गुगलले प्ले स्टोरबाट हुने आफ्नो कमाई अदालतमा पेस गरेको हो । उक्त आम्दानीमा एपको खरिदबापत गुगलले पाउने हिस्सा र एप स्टोरभित्रको विज्ञापनबाट हुने आम्दानी सामेल छ ।

गुगलले सन् २०२२ को अन्त्य सम्ममा एक अर्को अनुसन्धानको सामना गर्नुपर्ने हुनसक्दछ । किनकि विभिन्न कम्पनीहरुले प्ले स्टोरमा एप बिक्रीका क्रममा गुगलले आफ्नो अधिकारको दुरुपयोग गरिरहेकेा आरोप लगाइरहेका छन् । अर्थात् गुगलमाथि एप स्टोरमा एकाधिकारको आरोप लाग्ने गरेको छ । यस्तो आरोप एप्पलमाथि पनि लाग्ने गरेको छ ।

प्ले स्टोरबाट कसरी हुन्छ आम्दानी ?

आम रुपमा हामी कुनै पनि नि:शुल्क एप डाउनलोड गर्दा त्यसको आम्दानीका बारेमा कुनै विचार गरिरहेका हुदैनौं । तर यथार्थ त के हो भने गुगललाई सबैभन्दा धेरै आम्दानी चाहिं तिनै नि:शुल्क एपहरुबाट हुन्छ । गुगल प्ले स्टोबाट डाउनलोड हुने एपमध्ये करिब ९८ प्रतिशत नि:शुल्क एप छन् । त्यस्तै प्लेस्टोरमा सबैभन्दा धेरै आम्दानी गर्ने शीर्ष १० एपमा ८ ८ वटा गेमिङ एप रहेका छन् ।

स्मरण रहोस् गुगल प्ले स्टोरमा एपलाई सूचीकृत गर्दा पनि पैसा तिर्नुपर्दछ, गुगललाई । एप डेभलपर्सले प्ले स्टोरमा सञ्चालन खर्चको रुपमा २५ डलर तिर्नुपर्दछ । त्यसका साथै कतिपय एपहरु सशुल्क हुन्छन् जुन डाउनलोड गर्नका लागि प्रयोगकर्ताहरुले पैसा तिर्नुपर्दछ । त्यस्तो रकमको केही हिस्सा गुगलले आफूले राख्दछ र केही हिस्सा एप डेभलपर्सलाई दिन्छ । त्यस्तै गुगल प्ले स्टोरबाट डाउनलोड गरिने कतिपय इ बुकहरु पनि सशुल्क हुन्छन् । कतिपय कम्पनीहरु त आफ्ना एपलाई प्रबर्द्धन गर्नका लागि पनि गुगललाई पैसा तिर्दछन् । गुगल प्ले स्टोरमा मूभी हेर्नका लागि पनि पैसा तिर्नुपर्दछ । यी सबै माध्यमबाट प्ले स्टोरले पैसा कमाइरहेको हुन्छ ।

एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2021/09/1006981

बागमती प्रदेशका मन्त्री खनालले राजीनामा दिंदै

१६ भदौ, काठमाडौं । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद खनालले राजीनामा दिने भएका छन् । आफूले मन्त्री पदबाट राजीनामा दिन लागेको खनालले अनलाइनखबरलाई बताए ।

अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार गठन भएकै दिन खनाल मन्त्री बनेका थिए । खनालले एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।

‘एमालेमा अन्तरसंघर्ष चलिरहेको बेलामा म एउटा विचार समूहमा लागें । त्यो विचार समूह नेकपा एकीकृत समाजवादी पार्टीको रुपमा दर्ता भयो । मैले त्यसैमा सनाखत पनि गरें । अब मलाई नैतिकताले मन्त्री पदमा रहन दिएन,’ राजीनामा दिन लागेको कारणबारे खनालले भने ।

विगतमा माधव नेपाल खेमामै रहेकी अष्टलक्ष्मी शाक्य कित्ता परिवर्तन गरी दुई हप्ता अगाडि बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् । बागमती प्रदेशका १२ सांसदले एमाले परित्याग गरी एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेकी छन् ।

सरकार अल्पमतमा परेसँगै मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएको छ ।

यो पनि पढ्नुहोस प्रदेशसभामा एकीकृत समाजवादी : गण्डकीमा शून्य, सुदूरपश्चिममा एमालेभन्दा ठूलो

source https://www.onlinekhabar.com/2021/09/1006971

स्थानीय व्यवसायीसँगको साझेदारीमा सबै जिल्लामा उद्योग-व्यवसाय

१५ भदौ, काठमाडौं । सेवामूलक क्षेत्रमा निकै ठूलो लगानी रहेको नेपालकै सफल र प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान बनेको आईएमई समूहले उत्पादनमूलक उद्योगमा लगानी विस्तार गरेको छ । शुरुआतमा यो समूहले नेपालकै ठूलो नेपाल पल्स एण्ड पेपर उद्योगमा लगानी गरेको छ ।

उद्योगमा स्थानीय उद्योगी केके सर्राफ समेतको लगानी रहने गरी आईएमई समूहले लगानी गरेको छ । अहिले नेपालमै कागज उत्पादन हुने भए पनि ‘फाइन पेपर’, फोटोकपी पेपर लगायतका -पि्रन्ट योग्य) कागजहरू भने अन्य मुलुकबाट आयात हुने गरेको छ ।

यहाँ उत्पादन भएका कागजहरू पनि अन्य मुलुकमा निर्यात हुने गरेको छ । तर फाइन पेपर भने बाहिरैबाट आयात हुन्छ । अब यो उद्योगले फाइन पेपर नै स्वदेशमै उत्पादन गर्ने आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । यसले कागज आयात घटाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

उद्योगले आगामी एक वर्षभित्रै उत्पादन शुरु गर्ने योजनाका साथ काम भइरहेको छ । उद्योगको उत्पादन क्षमता दैनिक ७० टन हो । एक वर्षभित्र दैनिक १५० टन फाइन पेपर उत्पादन गर्ने उद्योगको लक्ष्य रहेको छ ।

म्यानुफ्याक्चरिङमा पेपर उद्योग बाहेकका क्षेत्रमा समेत आईएमईले लगानी गर्ने योजना बनाएको छ । शुरूमा पेपर उद्योग त्यसपछि विभिन्न उत्पादनमूलक उद्योगहरूमा लगानी गर्ने र यसका लागि अहिले अध्ययन भइरहेको अध्यक्ष ढकालले बताए ।

सेवा क्षेत्रमा जमाएको पकड

आईएमई समूह सेवा क्षेत्रमा अत्यन्त सफल व्यावसायिक समूह हो । यो समूहको आधा दर्जन बढी क्षेत्रका झण्डै दुई दर्जन कम्पनीहरूमा लगानी रहेको छ । कम्पनीको निकै राम्रो र बलियो उपस्थिति रहेको क्षेत्र वित्तीय हो । वित्तीय क्षेत्रमा आईएमई समूहको लगानीमा ग्लोबल आईएमई बैंक, आईएमई रेमिट्यान्स, आईएमई जनरल इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स लगायत विभिन्न संस्था सञ्चालनमा रहेका छन् ।

ऊर्जा क्षेत्रतर्फ यस समूहको लगानीमा हिमालय पावर पार्टनर र माउन्टेन इनर्जी लगायत सञ्चालनमा रहेका छन् भने सत्कारतर्फ चन्द्रागिरि हिल्स, आईएमई ट्राभल्स लगायतमा लगानी गरेको छ ।

प्रविधितर्फ डिसहोम, स्विफ्ट टेक्नोलोजिज्, मिडास टेक्नोलोजिज्, आईएमई पे लगायतका कम्पनीहरूमा यसको लगानी रहेको छ भने अटोमोबाइल, रिटेल, इन्फोटेनमेन्ट तथा लजिष्टिक क्षेत्रमा समेत लगानी रहेको यो समूह देशका कुना कन्दरासम्म समेत परिचित ब्राण्ड हो ।

आईएमईको सेवा देशभर पुगिसकेको छ भने गाउँका भीरपाखा र कुनामा रहेका घरका छानाहरूमा समेत यस समूहको लगानी रहेको डिसहोमका छाताहरू भेटिन्छन् ।

नेपालमा यति धेरै परिचित ब्राण्ड यस समूहले केवलकार क्षेत्रमा पनि निकै ठूलो लगानी गरिरहेको छ । काठमाडौंको चन्द्रागिरिमा मात्रै नभएर नवलपरासीको मौलाकालिका, बुटवलदेखि पाल्पाको बसन्तपुर, कर्णालीको चिसापानीमा समेत यस समूहको केवलकार योजना निर्माणाधीन अवस्थामा रहेका छन् ।

आईएमई समूहका तीन रणनीति

कोरोनाभाइरसका कारण विश्व अर्थतन्त्रमा निकै ठूलो असर पर्‍यो । नेपाल पनि यो समस्याबाट अछुतो रहन सक्ने कुरा भएन । कोरोनाले थिलथिलो परेको अर्थतन्त्रलाई उकास्न आईएमई समूहले अहिले मूलतः तीन वटा रणनीतिक योजना अघि सारेको छ ।

समूहका अध्यक्ष ढकालका अनुसार सेवा क्षेत्रबाट ‘म्यानुफ्याक्चरिङ’ क्षेत्रमा लगानी गर्ने एउटा रणनीति हो । यो योजना अनुसार महोत्तरीको गौशालामा स्थानीय उद्योगीहरूसँगको साझेदारीमा पेपर उद्योगमा लगानी शुरु गरिएको हो ।

करीब डेढ अर्ब रुपैयाँ लगानीमा सञ्चालन हुने उक्त उद्योगको एक महीना अघि मात्र शिलान्यास गरिएको थियो । उक्त उद्योगले शुरुमा दैनिक ७० टन फाइन पेपर उत्पादन गर्ने र २०० जना भन्दा बढीलाई रोजगारी दिनेछ ।

त्यसैगरी, यो समूहले देशैभरका स्थानीय उद्योगी व्यवसायहरूसँग सहकार्य गरेर जिल्लामा आफ्नो कुनै न कुनै उद्योग व्यवसाय शुरु गर्ने रणनीति बनाएको छ ।

यसका लागि कुनै एक स्पेसिफिक क्षेत्र भने समूहले तोक्ने छैन । उत्पादनमूलक उद्योग, पर्यटन वा अन्य सेवा क्षेत्रहरू हुन् ! जिल्ला जिल्लामा लगानी गर्ने समूहले योजना बनाएको छ । यसको मुख्य उद्देश्य भनेको स्थानीय सम्भावनालाई जोडेर स्थानीयलाई नै उद्यमशील बनाउने, स्थानीयस्तरमा नै रोजगारी सिर्जना गर्ने हो ।

अध्यक्ष ढकाल भन्छन्, ‘हामी अब जुन क्षेत्रमा लगानी गर्छौं, त्यो क्षेत्रले राज्यलाई केही देओस्, स्थानीय व्यवसायीलाई पनि व्यवसायमा जोड्न सकियोस् र उद्यमशील वा रोजगार बन्ने अवसर पाउनुहोस् भन्ने हाम्रो चाहना छ ।’

तेस्रो भनेको, कोरोना महामारीपछि व्यवसाय विस्तार गर्न चाहने जुनसुकै क्षेत्रसँग पनि सहकार्य गर्ने हो । मानौं, कुनै व्यवसायीले आफ्नो व्यवसाय थप विस्तार गर्ने सोच बनाउनुभएको छ । तर त्यहाँ लगानी लगायतका अन्य समस्याले गर्दा त्यो योजना अगाडि बढ्न सकेको छैन भने उहाँहरूसँग साझेदारीका लागि आईएमई समूह तयार रहेको अध्यक्ष ढकाल बताउँछन् ।

‘कुनै उद्योग व्यवसायमा समस्या छ वा क्षमता थप विस्तार गर्न लगानी आवश्यक पर्छ, हो त्यस्ता साझेदार खोजिरहेका कोही हुनुहुन्छ भने हामी उहाँहरूसँग सहकार्य गर्नेछौं’ अध्यक्ष ढकालले भने । यसका लागि कुनै उद्योग, होटल, रिसोर्ट, प्रविधि लगायतका जुनसुकै क्षेत्र पनि हुनसक्ने उनले बताए । विदेशी प्रविधि तथा लगानी भित्र्याउन सकिने ठाउँहरू समेत यो समूहले हेरिरहेको छ । यस्तो कुनै क्षेत्र भेटिए त्यसका लागि पनि आफूहरूले लगानी गर्ने उनले बताए ।

म्यानुफ्याक्चरिङमा जानुको कारण

सेवामूलक क्षेत्रमा निकै राम्रो सफलता हासिल गरेको आईएमई ग्रुप उत्पादनमूलक क्षेत्रमा चाहिं किन जान खोज्दैछ त ? यस विषयमा हामीले अध्यक्ष ढकालसँग जिज्ञासा राख्यौं । मुलुकभित्रै रोजगारी सिर्जना, उद्यमशीलता विकास र राज्यको नीतिलाई समेत सघाउ पुर्‍याउने गरी आफूहरूले यो क्षेत्रमा पनि लगानी शुरू गरेको उनको भनाइ छ ।
मुलुकको व्यापार घाटा बढ्दो क्रममा छ । नेपालबाट अन्य मुलुकहरूमा निर्यात हुने वस्तु तथा सेवा आयातको तुलनामा अत्यन्तै न्यून रहेको छ । गत वर्षको तथ्याङ्क हेर्ने हो भने पनि आयात र निर्यातबीचकोे खाडल ठूलो रहेको छ ।

कुल वस्तु व्यापार घाटा २७.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/७७ मा यस्तो घाटा १६.८ प्रतिशत बढेको थियो । गत आर्थिक वर्षमा निर्यात-आयात अनुपात ९ः२ छ, जुन आर्थिक वर्ष २०७६/७७ मा ८ः२ थियो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु निर्यात ४४.४ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब १२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात ०.६ प्रतिशतले मात्रै वृद्धि भएको थियो ।

नेपालबाट भारतमा ५१.७ प्रतिशत, अन्य मुलुकमा २७.७ प्रतिशत र चीनमा १४.७ प्रतिशतले निर्यात बढेको राष्ट्र बैंकको तथ्यांक छ । बढ्दो व्यापारघाटा न्यूनीकरणका लागि राज्यले निर्यातजन्य उद्योग प्रवर्द्धन गर्ने नीति लिएको छ । राज्यको यो नीतिको सहयोगका लागि पनि आफूहरूले उत्पादनमूलक क्षेत्रमा लगानी शुरू गरिएको र अब अन्य उद्योगहरूमा पनि विस्तारै लगानी गर्दै जाने ढकालले बताए ।

‘नेपाल सरकारको प्राथमिकता अनुसार ठूलो जनसंख्यालाई प्रत्यक्ष सुविधा पुग्ने क्षेत्रमा हामीले लगानी विस्तार गर्नेछौं, अध्यक्ष ढकालले भने ।



source https://www.onlinekhabar.com/2021/09/1006969

पुरभान पुन अर्थात् अनार काकाको कथा

अनार स्वास्थ्य र स्वाद दुवै दृष्टिबाट महत्वपूर्ण फलफूल हो । मानिसको रोजाइमा सजिलै पर्ने अनारमा प्रोटिन, फाइबर, कार्बोहाइड्रेट, क्याल्सियम, फस्फोरस, फलाम, भिटामिन-बी र भिटामिन-सी पाइन्छ । इरानमा उत्पत्ति भएको मानिएको अनार नेपालमा सबै क्षेत्रमा पाइन्छ । नेपालमै उत्पादनको राम्रो सम्भावना हुँदाहुँदै पनि अनार खेतीलाई व्यवस्थित गर्न नसक्दा ठूलो आयात हुने फलफूलमा यो पनि पर्दछ ।

तर पछिल्ला वर्षहरूमा सानो सङ्ख्या नै भए पनि केही किसान अनार खेतीतिर आकर्षित हुँदै गएका छन् । तिनैमध्ये एक हुन् सल्यानका पुरभान पुन । आफ्नै पौरखले उद्यमी बनेका काकाको अनार यात्रा रोचक मात्र छैन, कृषिमै केही गरौं भन्नेहरूको लागि प्रेरणादायी पनि छ । यो लेख उनीसँगको कुराकानीमा आधारित छ ।

सल्यानको कपुरकोट गाउँपालिकाको केन्द्र र कपुरकोट बजार हुँदै अलि तल सोलावाङबाट ८ किमी भित्र गएपछि रिम गाउँ पुगिन्छ । यही गाउँमा छ अनार काकाको घर । घरमाथिको सडक छाडेर बारीमा पुग्दा नै अनार काकाको कृषि प्रेम देखिन्छ ।

आँगनमा पुगेर हेर्दा लटरम्म फलेको अनार, अंगुर, सुन्तला, कागती लगायत फलफूल देखिन्छन् । उनले यीसँगै विभिन्न जडीबुटी र अन्य बालीहरू पनि लगाएका छन् । घरमै जोडिएको गोठमा भैंसी र बाख्राहरू छन् । हामी पुग्दा साँझ पर्दैथियो तर उनी भने बारीमा व्यस्त थिए । हामीलाई देखेर उनी हाँस्दै हाँस्दै आएर नमस्कार गरे र भने– ‘रहर त धेरै छ तर गर्न सकिएको छैन ।’ यो बारीतिर हेरिरहेका हाम्रो आँखा देखेर उनले जिज्ञासा मेटाएका रहेछन् ।

उमेरका हिसाबले ६ दशक छुन लागेका पुरभान पुन २०५४ सालमा गाविस अध्यक्ष भए । स्थानीय विकास तथा सामाजिक काम गरे । उ बेलामा उनको मनमा कृषिकर्ममा केही गर्नुपर्छ भन्ने थिएन तर सहज अवस्थामा राजनीति, समाजसेवा, सामान्य खेतीपाती र जिन्दगी चल्दै थियो ।

देशमा द्वन्द्व बढेसँगै उनको गाउँ पनि अछुतो रहेन । यसबाट उनी पनि जोगिएनन् । उनी पनि आफ्नो थातथलो रिम छाडेर हिंड्नु पर्‍यो । करीब ८ वर्ष गाउँबाट पर रहेर गुजारा चलाएको बेला भने उनलाई गाउँ फर्की कृषिमै केही नयाँ गर्ने रहर पलाउन थाल्यो । के गर्न सकिन्छ ? के फलाउन सकिन्छ ? भन्ने हुटहुटी चलिरहँदा उनलाई एकदिन सधैं बाहिरबाट आउने अनारको खेती गरे कसो होला भन्ने विचार आयो ।

अनार नै किन त ? उनको जवाफ छ– ‘धनी मानिस पनि अनार खाने, गरीबलाई पनि डाक्टरले अनारै खाउ भन्ने, तर अनारको मूल्य पनि धेरै हुने । अनि मैले सोचें किन अनार खेती नगर्ने ? नेपालको माटोमा पक्कै अनार फल्ला ।’

यसरी अनार खेती गरेर बेच्ने सपना उनको मनमा आएपछि चलिरहेको व्यवसाय २०६६ सालमा छाडेर लागे आफ्नै गाउँ रिम जहाँ उनले २०६७ सालदेखि अनार खेती शुरू गरे ।

उनी गाउँ त आए तर सोचे जस्तो अनार खेती सजिलो थिएन । न कतै सहुलियत, न तालिम, न हौसला, न प्रोत्साहन । अझ कतिले यस्तो खेती गरेर पनि पार लाग्छ भन्दै उनलाई उडाए । मनमा अठोट भने थियो तर सोचे जस्तै अनार फल्छ कि फल्दैन, द्विविधा नै थियो ।

त्यसैले शुरुमा उनले अनार, कागती, सुन्तला लगायतका विभिन्न १०-१२ प्रकारका फलफूल लगाएर सबैको प्रयोग गरे । त्यतिबेला हरेक फलफूलको ८-९ वटा बिरुवा लगाएर परीक्षण गर्न शुरु गरे । उनको बारीमा अझै पनि विभिन्न नयाँ पुराना फलफूल प्रयोगका लागि रोपिएका छन् ।

 उनी गाउँ त आए तर सोचे जस्तो अनार खेती सजिलो थिएन । न कतै सहुलियत, न तालिम, न हौसला, न प्रोत्साहन । अझ कतिले यस्तो खेती गरेर पनि पार लाग्छ भन्दै उनलाई उडाए । मनमा अठोट भने थियो तर सोचे जस्तै अनार फल्छ कि फल्दैन, द्विविधा नै थियो ।

उनी भन्छन्– ‘किसान भनेको आफैंमा खोजी तथा अनुसन्धान गरिरहने हुनुपर्छ । आफ्नो माटोमा के हुन्छ, के हुँदैन उसैले सजिलै पत्ता लगाउन सक्छ ।’ चलिरहेको व्यवसाय छाडेर आएका उनी र उनको परिवारसँग माटोमै भविष्य खोज्नुको अर्को विकल्प पनि थिएन ।

नेपालमै व्यावसायिक अनार खेती गरेको र फलेको कतै नदेखेका उनले बिरुवा भने दाङ, नेपालगञ्जबाट ल्याएर लगाए र केही स्थानीय जातको अनारको हाँगा काटेर सारे । शुरुका दुई वर्षबाट फल प्राप्त गर्न थालेका उनले ५-७ वर्षबाट राम्रो आम्दानी सहित सफलता प्राप्त गरे । यसैबीचमा उनको अनार खेती र उत्पादनको यति चर्चा भयो कि उनलाई मानिसहरूले पुरभानबाट अनार काका भनेर चिन्न थाले ।

अनार काका गाउँ फर्किएपछि खेतीपातीमा मात्र लागेनन् । पहिलै राजनीतिककर्मी भएको हुँदा समाजसेवामा पनि उनको रुचि र चासो छँदै थियो । ‘पानी, बत्ती, सडक, शिक्षा, स्वास्थ्य लगायत स्थानीय विकासका सबै काममा म पुगेको छु’, उनी भन्छन् ।

पुरभान पुन

अनार खेती सँगसँगै अनार काकाले यसबीचमा एउटा विद्यालयको नेतृत्व सम्हाले । २०६४ साल मंसीरबाट चन्दा संकलन गरेर १५ लाख ६० हजार ८८२ उठाए । २०६५ सालमा उच्च मावि स्वीकृत गराउन सफल भए । अहिले उनले विद्यालय छाडेको धेरै भयो तर त्यही विद्यालयले स्थानीय समुदायमै कृषि प्राविधिक पनि उत्पादन गरेको कुराले उनको अनुहारमा खुशीको सूर्य उदाएको प्रष्टै देख्न सकिन्छ । आफ्नै छोरालाई पनि कृषि प्राविधिक बन्न उत्प्रेरित गरेका उनी भन्छन्, ‘अबको कृषि युवाहरूले हाँक्ने हो । यसमा प्रशस्तै सम्भावना छ ।’

राम्रो फल हुन थालेपछि शुरुमा अनार बेच्न अनार काका दाङसम्म झर्नुपर्‍यो । तर, त्यसपछि अनार बेच्न कपुरकोट कटेर उनलाई तल जानै परेको छैन । घरैबाट अनार, कागती, सुन्तला लगायत उत्पादन बेचिरहेका छन् । उनले गत वर्ष अनार प्रतिकेजी रु.१५० र अन्य फलफूल चलनचल्तीकै मूल्यमा बिक्री गरे ।

गत वर्ष मात्र उनले अनार र अन्य फलफूलबाट डेढ-दुई लाख, अदुवाबाट एक लाख, लसुनबाट तीस-चालीस हजार, बाख्राबाट चालीस हजार तथा कागती, अनार, सुन्तलाको बिरुवा बेचेर लगभग ६ लाख भन्दा धेरै आम्दानी गरे ।

अहिले उनको बारीमा करीब ६ प्रकारका २५० वटा वयस्क अनारका बोटहरू छन् । कागतीका ४० र सुन्तलाका २० बोट छन् । अन्य धेरै फलफूल पनि छन् भने ११ रोपनी जग्गामा तेजपात, रिट्ठो लगायतका जडीबुटी पनि हुर्किंदैछन् । यो साल अनार काकाको तेजपत्ता पनि बेच्ने योजना रहेको छ ।

अहिले अनार काका अनार खेतीको धेरै अनुभवका धनी भएका छन् । उनी भन्छन्, ‘माटोमा काम गर्न सजिलो छैन । अनारकै कुरा गर्दा पनि रोग लाग्छ, काट्नु, छाँट्नुपर्छ । हेरिरहनुपर्छ । बाँदर, दुम्सी लगायतका जङ्गली जनावरले पनि दुःख दिन्छन् । बल्ल बल्ल फल्छ । फेरि धेरै वर्षाको कारण अनार धेरै फुटेर नाश हुन्छ । काम गर्ने मानिस चाहिन्छ, मल औषधि मिलाएर लगाउनुपर्छ ।’

उनी अनार खेतीमा धेरै प्राङ्गारिक मल प्रयोग गर्छन् भने अलिअलि युरिया, डीएपी जस्ता रासायनिक मल पनि प्रयोग गर्छन् । अनार काकाले बुझेका छन् कि उत्पादन गर्न सजिलो भएतापनि रासायनिक मल र विषादि प्रयोग गर्दा लागत धेरै हुनुका साथै मानवीय स्वास्थ्य र माटो पनि बिग्रिन्छ । त्यसैले उनी अहिले प्राङ्गारिक रूपमै खेतीपाती अगाडि बढाउने सोचमा छन् ।

अनार काका एकसाथ गुनासो र प्रश्न मिसाएर भन्छन्, ‘यस्तो खेती गर्न सिकाउने प्राविधिक र प्रविधि भए त किन हाल्थें र रसायन र विषादि ?’ फेरिएको राजनीतिसँगै नफेरिएको खेती किसानीप्रति उनका आफ्नै गुनासा पनि छन् । यो भन्न उनलाई धेरै रमाइलो भने लाग्दैन । तर एउटा उदाहरण सहित काकाले आफ्नो तीतो पोखे ।

‘कुखुराले गाउँ नै थर्काउने गरी क्यारक्यार कुरकुर गर्छ र एउटा फूल पार्छ तर माछा चुपचाप बस्छ र सयौं फूल पार्छ । हाम्रा सरकारहरूको कृषि नीति, कार्यक्रम र अनुदान हल्लाखल्ला गर्ने तर एउटा अण्डा दिने कुखुराको जस्तै स्वर मात्र ठूलो छ ।’

उनी थप्छन्, ‘नेताहरूले कृषिमा काम गरेका छैनन् । वास्तविक किसानले सरकारको तर्फबाट सहयोग, अनुदान केही पाउँदैनन् । यस्तो सुविधा तिनैले पाउँछन् जसले कागजको खेती र नेताको चाकरी गर्छन् ।’

तपाईं नेता भए के गर्नुहुन्थ्यो ? भन्ने प्रश्नमा काकाले भने, ‘मेरा धेरै योजना छन् तर गोजीमा सत्ता नहुनेको हातमा योजना भएर के गर्नु ?’

विना कुनै सहयोग, विना कुनै प्रोत्साहन, विना तालिम आफ्नै रहर, स्व–खोज र प्रयत्नबाट पुरभान पुन अनार काका भए । पुरभानलाई अनार काका हुन उनको भन्दा धेरै भूमिका अनार काकीको थियो ।

माटो, माटोमा बिरुवा, बिरुवामा कर्म देख्ने अनार काकाको जीवन त्यतिबेला अन्धकारमा बदलियो, जब जीवनभर उनलाई साथ दिंदै आएकी उनकी श्रीमतीलाई कोभिडले लग्यो । अनार काकीले कोभिडकै कारण वैशाख २९ गते यो धर्ती छाडिन् । अनार काकाको लागि त्यो कालो दिन थियो ।

जीवनको लामो यात्रा एकसाथ हिंडेकी अनार काकी आज साथै छैनन् । ‘उसले रोपेका बिरुवा जति हुर्किंदै छन्, मेरो मन उति रुन्छ तर जिन्दगी त फेरि पनि धान्नु नै छ ।’

अनार काका दुःखद अनुभव सुनाएर गोठतिर लागे । हामी पनि काकीलाई हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै भारी मन लिएर बिदा भयौं ।



source https://www.onlinekhabar.com/2021/09/1006788

काठमाडौंमा थुप्रिएको फोहोर उठाउन थालियो

१६ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएसँगै काठमाडौंमा दुई हप्तादेखि थुप्रिएको फोहोर आजबाट उठाउन थालिएको छ।

काठमाडौं उपत्यकाबाट संकलित एक हजार दुई सय मेट्रिक टन फोहोर दैनिकरुपमा सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । तर बर्खाको बेला सिसडोलसम्म पुग्ने बाटो बिगि्रएको कारण देखाउँदै महानगरपालिकाले फोहोर नउठाउँदा राजधानी शहर दुर्गन्धित बनेको छ।

सिसडोलवासीसँग मंगलबार बेलुका भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने र टाइम कार्डको प्रयोग गरिने छ । साथै सिसडोलका विद्यालय र क्लबहरुमा खेलकुद सामग्रीको व्यवस्थापन गर्ने तथा सडकमा परेका जग्गाको मुआब्जाबारे छलफल गर्ने उल्लेख छ ।

यो सहमतिसँगै आजदेखि उपत्यकामा थुप्रिएको फोहर सिसडोलमा व्यवस्थापन गर्ने काम सुरु भएको छ । महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार नियमित रुपमा पूर्णक्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब एक महिना लाग्ने अनुमान छ । करिब १५० सवारीले नियमित रुपमा नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा फोहोर लैजान सकेमा ४ हप्तामा मात्रै शहरमा थुप्रिएका फोहोर उठाइसकिने छ । त्यसपछि मात्रै फोहोर उठाउने काम नियमित तालिकामा फर्किन सम्भव हुन्छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको हिजो बसेको बैठकले आजदेखि फोहोर उठाउने निर्णय गरेको थियो ।

हाल उपत्यकाभर ३० हजार टन फोहोर थुप्रिएको महानगरपालिकाको वातावरण विभागको अनुमान छ । फोहोर नउठाएको भन्दै मेयर विद्यासुन्दर शाक्यको आलोचना हुँदै आएको छ ।



source https://www.onlinekhabar.com/2021/09/1006966

शिवम् सिमेन्टको आरोप–‘टिओडी मिटरको विवरण लुकाएर विद्युत प्राधिकरणले भ्रामक प्रचार गर्‍यो’

१६ भदौ, काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले विद्युत प्राधिकरणलाई आफूले विद्युत महसुल भुक्तानी गर्न बाँकी नरहेको दाबी गरेको छ ।

प्राधिकरणले टिओडी मिटरको विवरण लुकाएर कम्पनीविरुद्ध भ्रामक प्रचार गरेको पनि शिवम्को आरोप छ ।

सर्वसाधारणको सेयर स्वमित्व रहेको पब्लिक कम्पनीविरुद्ध भ्रम सृजना गर्नेगरी नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले प्रचार गरेको कम्पनीको दाबी छ ।

शिवम् सिमेन्टले हरेक महिना उपभोग गरेको विद्युत महसुल नियमानुसार हरेक महिना समयभित्रै भुक्तानी गर्दै आएको शिवमका कम्पनी सचिव एवं प्रवक्ता लेखनाथ अर्यालले बताए ।

लोडसेडिङका बेला विनालोडसेडिङ निरन्तर रुपमा विद्युत आपूर्ति गरिएको प्रमाण टिओडी मिटरको हरेक दिनको डाटामा हुने र सोको स्वतन्त्र रुपमा प्रमाणित गरेको खण्डमा मात्रै शिवमले महसुल तिर्ने अवस्था आउने कम्पनीको दाबी छ

शिवम् सिमेन्टले कहिल्यै पनि डेडिकेटेड फिडरबाट लोडसेडिङका बखत विना लोडसेडिङ २४ सै घण्टा निरन्तर रुपमा विद्युत सुविधा प्राप्त नगरेको र उपलव्ध गराई पाउन माग निवेदन पनि नगरेको अर्यालको भनाइ छ । शिवमले लोडसेडिङ तालिकामा बसी डिजेलबाट उद्योग सन्चालन गरेको पनि उनको दाबी छ ।

विद्युत महसुल निर्धारण आयोगले २०७२ पुस २९ मा डेडिकेटेड फिडरबाट विनालोडसेडिङ निरन्तर रुपमा विद्युत सुविधा लिइरहेका ग्राहकका लागि डेडिकेटेड दरको करिब ६७ प्रतिशत महँगो दर निर्धारण गरेको तर शिवम् सिमेन्टले उक्त सुविधा नलिएको तथा नपाएको हुँदा शिवम् सिमेन्टको हकमा उक्त डेडिकेटेड दरको महसुल लाग्नै नपर्ने कम्पनीले जनाएको छ ।

प्राधिकरणले २०७२ फागुन ९ गते गोरखापत्रमा सूचना प्रकासन गरेर फागुन ११ देखि डेडिकेटेड फिडरबाट विना लोडसेडिङ विद्युत सुविधा लिइरहेका ग्राहकहरुका लागि समेत विनालोडसेडिङ बत्ती उपलव्ध गराउन नसकिने र नियमित लोडसेडिङ तालिकामा राखिने भनी डेडिकेटेड फिडर पूर्णतः स्थगित गरिएको भन्ने प्राधिकरणको निर्णयबाटै डेडिकेटेड सुविधा स्थगित गरिसकेको र कुनै पनि डेडिकेटेड सुविधा लिएका ग्राहकका लागि समेत महसुल निर्धारण आयोगको २०७२ पुसा २९ मा निर्धारित दर स्वतः निष्कृय भएको शिवम्को तर्क छ ।

नेपालमा २०७५ बैशाखदेखि लोडसेडिङ अन्त्य भएपछि पनि प्राधिकरणले डेडिकेटेड दरको महसुलको विल पठाउने तथा पत्राचार गरी रकम माग्ने गैरकानूनी कार्य गरेको कम्पनी सचिव अर्यालले बताए । प्राधिकरणबाट २०७७ आसारसम्म महसुल दावी गरेपछि अख्तियारले समेत ऊर्जा मन्त्रालय, प्राधिकरण र विद्युत नियमन आयोगलाई समस्या समाधानका लागि तीन बुँदे राय दिएको उनको भनाइ छ ।

विवादित विषयको निरुपण गर्न उद्योगको टिओडी मिटरको डाटा डाउनलोड गरी अध्ययन विश्लेषण गरेर महसुल तोक्ने, २०७५ बैशाख महिनामा नेपालभर लोडसेडिङ अन्त्य भैसकेको हुँदा २०७५ बैशाखदेखि २०७७ असारसम्मको डेडिकेटेड र टंक लाइनको महसुल नलगाउने तथा डेडिकेटेड र टंक लाइनबाट विद्युत सुविधा लिएका ग्राहकहरुसँग मात्र सो दरमा महसुल लाग्ने गरी तत्कालीन महसुल निर्धारण आयोगको निर्णयको शर्त विपरीत लोडसेडिङ अन्त्य भैसकेपछि पनि गैरकानूनी रुपमा महसुल लगाई बिल गर्ने कार्य प्राधिकरणको बदनियतपूर्ण रहेको अर्यालले बताए । ‘अख्तियारले गैरकानूनी महसुल भुक्तानी गर्ने दायित्व कम्पनीको नहुने भन्दै कानूनी शासनमा कानूनको पालना प्राधिकरणबाट नगरेका कारण अनावस्यक रुपमा करिव ५४ हजार सर्वसाधारण नागरिकहरु समेतको लगानी रहेको पब्लिक कम्पनीलाई दुःख दिने काम भयो,’ कम्पनी सचिव अर्यालले भने ।

लोडसेडिङका बेला विनालोडसेडिङ निरन्तर रुपमा विद्युत आपूर्ति गरिएको प्रमाण टिओडी मिटरको हरेक दिनको डाटामा हुने र सोको स्वतन्त्र रुपमा प्रमाणित गरेको खण्डमा मात्रै शिवमले महसुल तिर्ने अवस्था आउने कम्पनीको दाबी छ ।

टिओडी मिटरको विवरण लुकाएर प्राधिकरणले लिनै नपर्ने महसुल माग गर्ने गैरकानूनी कार्य गरेको र यसबारे कानुनी उपचार गरिरहेको भन्दै शिवमले मुद्दालाई प्रभावित पार्ने षडयन्त्र गरेर प्राधिकरणले गलत र भ्रामक प्रचार गरेको भन्दै खेद व्यक्त गरेको छ ।



source https://www.onlinekhabar.com/2021/09/1006952

विपन्न विद्यार्थीले गरे पुस्तक लोकार्पण

सिड्नी । नेपालमा सफाइ अभियन्ताको परिचय बनाएका अष्ट्रेलिया निवासी लेखक खेम शर्माको पुस्तक ‘स्वणिर्म रहस्य’को नेपाल संस्करणको लोकार्पण सोमबार काठमाडौंमा एक साधारण कार्यक्रमकाबीच चालिस विपन्न विद्यार्थीहरुले गरेका छन् ।

सामान्य कार्यक्रम सहित गौशालास्थित प्रणवानन्द आश्रमका विद्यार्थी तथा विद्यालय परिवारका सदस्यहरुले उक्त पुस्तक सामूहिक रुपमा एक अर्काबीच उपहारका रुपमा ग्रहण गर्दै लोकार्पण गरेका हुन् । शर्माले सुरु गरेको सामाजिक अभियानहरुको सफलताका लागि कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले ओम उच्चारण, गायत्री मन्त्र र महामृत्युञ्जय मन्त्र उच्चारण गरेका थिए ।

अनुशासित जीवनशैली सम्बन्धी उक्त पुस्तकको अन्तर्राष्ट्रिय संस्करणको लोकार्पण गत जुन १९ मा अष्ट्रेलियामा भव्य कार्यक्रमसहित गरिएको थियो । आफ्ना कामहरुलाई समाजसेवासँग जोड्न चाहने लेखक शर्माले उक्त पुस्तकको बिक्रीको रकमलाई पनि समाजसेवासँग जोडेका छन् ।

अष्ट्रेलियामा भएको लोकार्पण कार्यक्रमका पछि बिक्री भएको रकम नेपालमा कोरोना प्रभावित पत्रकारहरुको सहयोगका लागि खर्च गरिएको थियो भने सिधुपाल्चोकको मेलम्चीमा बाढी पहिरो पीडित विद्यार्थीका लागि गत जुलाई १९मा पाठ्यसामग्री उपलब्ध गराइएको थियो ।

जन्मियो फाउण्डेसन

अभियन्ता शर्माले विगतमा गरेका र आगामी दिनमा गर्ने सामाजिक कामहरु अब एक फाउण्डेसन मार्फत गर्ने भएका छन् । उनीलगायत अष्ट्रेलियामा क्रियाशील नेपाली अभियन्ताहरुको नेतृत्वमा स्थापित स्वणिर्म युग फाउण्डेसनले पहिलो चरणमा उक्त पुस्तक मार्फत प्राप्त रकमबाट नेपालमा विपन्न बालबालिकाहरुलाई पाठ्यसामग्री हस्तान्तरण कार्यक्रमहरु गर्ने छ ।

फाउन्डेसनले आफ्ना सामाजिक काममा स्वदेश र विदेशमा भएका व्यक्तिगत तथा संस्थागत अभियन्ताहरुलाई उत्प्रेरित गर्दै समन्वय गर्ने र पारदर्शी तरिकाले सहभागी गराउने लक्ष लिएको छ । अभियानमा अन्य लेखक तथा उनीहरुका पुस्तकलाई पनि सहभागी गराउँदै सामाजिक काममा जोड्ने लेखक खेम शर्माले बताए ।

उनका अनुसार फाउण्डेसनको वेबसाइट मार्फत लेखकका रचनाहरुको प्रवर्द्धन गरिने र बिक्रीबाट प्राप्त रकम स्वणिर्म उपहार अभियान अन्तरगत विपन्न विद्यार्थिलाई पाठ्यसामग्री उपहार हस्तान्तरण गरिने छ । अभियानमा अष्ट्रेलियाका एनआरएन अभियन्ताहरु सहभागी हुन थालेका छन् ।

चुनाव हारे पनि समाजसेवा जारी

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको गत चुनावमा अन्तर्राष्ट्रिय समितिको सदस्य पदमा पराजित इन्जिनियर अनन्त कार्कीको अगुवाइमा सोमबार काठमाडौंमा चालिस विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरियो ।

स्वणिर्म युग फाउन्डेसन मार्फत गरिएको उक्त पाठ्यसामग्री हस्तान्तरण कार्यक्रममा नेपालबाट सूचना प्रविधिको काम गर्ने युवा कृष्ण थापा पनि थपिएका छन् । दुवै जनाले उपलब्ध गराएको चालिस थान अध्ययन सहयोग सामग्री प्रणवानन्द आश्रमका विद्यार्थीलाई हस्तान्तरण गरियो ।

उक्त आश्रमका प्रधानाध्यापक राजाराम यादवले फाउण्डेसन मार्फत प्राप्त पाठ्यसामग्रीले आफ्ना विद्यार्थीको अध्ययनलाई निकै सघाउ पुग्ने बताए । वि.सं. २०५३ सालदेखि विपन्न वर्गका विद्यार्थीहरुलाई अध्यापन गराइरहेको आश्रममा आवासीय रुपमै रहने विद्यार्थीहरुलाई उक्त शैक्षिक सामग्री प्रदान गरिएको हो ।

फाउण्डेसनले तयार गरेको उपहार प्याकेजमा प्रत्येकलाई एक थान झोला, नौ थान कापी, एक प्याकेट पेन्सिल, १० वटा मास्क, एक थान स्यानिटाइजर राखिएको छ । फाउण्डेसनले आश्रमका शिक्षक शिक्षिकाहरुलाई खेम शर्माद्वारा लिखित ‘स्वर्णिम रहस्य’ पुस्तक पनि उपहार स्वरुप प्रदान गरेको छ ।

कसरी जीवनका हरेक आयामहरुलाई व्यवस्थित र सन्तुलित गर्दै अघि बढ्ने भन्ने व्यवहारिक अनुभवहरु प्रस्तुत पुस्तकले शिक्षकहरुमा अनुशासित तथा सकारात्मक भावना विकास गराउने विश्वास फाउण्डेसनले लिएको छ ।

आश्रममा आवासीय रुपमा रहेका विद्यार्थीहरुका लागि तीस थान शैक्षिक सामग्री सहयोग गर्ने इन्जिनियर अनन्त कार्की विगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा रहँदै आएका छन् । उनी अष्ट्रेलियन सरकारको सडक विभागमा इन्जिनियरको रुपमा कार्यरत छन् । सिड्नी सिटी लाइट रेलका इन्जिनियर कार्कीले ट्राफिक म्यानेजमेन्ट सिष्टम र सडक सुरक्षा विषयका ज्ञाता पनि हुन् ।

आधा दशक भन्दा बढी समयदेखि वेब डिजाइनिङ हुँदै प्रोग्रामिङ गर्न थालेका सूचना प्रविधि व्यवसायी कृष्ण थापा मेगाबाइट टेक प्रालिबाट आफ्ना सेवा प्रदान गर्छन्, जसमा वेब डिभलपिङ, कन्टेन्ट लेखन मोबाइल निर्माण लगायत कार्यहरु पर्दछन् । थापाले दश थान शैक्षिक सामग्री विद्यार्थीहरुका लागि सहयोग गरेका छन् । मन्तव्यका क्रममा थापाले आफूहरुबाट भएको सहयोग विद्यार्थीहरुले सदुपयोग गर्नेमा विश्वास व्यक्त गरेका थिए ।

लेखक तथा योग प्रशिक्षक थपिए

अष्ट्रेलियाका क्रियाशील लेखक, योग प्रशिक्षक तथा अध्यात्मिक वक्ता आचार्य राजन पनि यो अभियानमा सहभागी भएका छन् । उनले आफ्नो पुस्तक ‘सुख सूत्र’को बिक्रीबाट प्राप्त हुने रकम फाउण्डेसन मार्फत नेपालमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री उपहार पठाउने बताएका छन् ।

उनको पुस्तक फाउन्डेसनको उपहार प्याकेज अन्तर्गत किन्न सकिन्छ र उक्त पुस्तक एक थान बिक्रीबाट एक जना विद्यार्थीलाई पाठ्यसामग्री फाउण्डेसनले नेपालमा लेखकले चाहेको स्थानमा उपहार पुर्याएर हस्तान्तरण गर्दछ ।

स्वणिर्म युग फाउण्डेसनले सबै लेखकहरुलाई यो अभियानमा सहभागी हुन र नेपालमा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री उपहार पठाउने कार्यक्रममा हातेमालो गर्न आह्वान पनि गरेको छ । पहिलो चरणमा दश हजार विद्यार्थीलाई शैक्षिक सामग्री उपहार पुर्याउने लक्ष लिएको फाउण्डेसनले लेखकले सिर्जना मार्फत मात्रै होइन आफ्नो सिर्जना बिक्रीबाट प्राप्त रकम समेत समाजलाई फिर्ता गर्दछन भन्ने नमूना स्थापित गर्न चाहेको यो अभियानको सुरुवातकर्ता लेखक खेम शर्माले बताए ।

अभियानमा सदस्यहरु थपिने क्रम जारी

निकट भविष्यमा सिन्धुलीको बेल्टारस्थित शिखर माविका ११६ जना विद्यार्थीलाई र दलित स्कूल पर्साका २११ जना विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको फाउण्डेसनले बताएको छ । सिन्धुलीका लागि उपहारको लक्ष पूरा भएको र पर्सास्थित विद्यालयका लागि उपहार संकलन जारी रहेको पनि फाउण्डेसनले बताएको छ ।

अष्ट्रेलियामा क्रियाशील एनआरएन अभियन्ता, केशव सापकोटा, अच्युत थपलिया, मोनी लिम्बू, कलम खड्का, शैक्षिक तथा लेखा परामर्शदाता महेन्द्र घिमिरे, आप्रवासन परामर्शदाता प्रिती दाहाल लगायत दर्जनौं अभियन्ताहरु शैक्षिक सामग्री उपहार कार्यक्रममा सहभागी भैसकेका छन् ।



source https://www.onlinekhabar.com/2021/09/1006948

सपना बनिन् डेनमार्कमा पहिलो नेपाली महिला बस चालक

१६ भदौ, कोपगहेगन । बागलुङ मूल घर भएकी सपना खड्का डेनमार्क आएको पाँच वर्ष मात्रै भयो । फरक देश, फरक भाषा र यहाँको रहनसहनमा घुलमिल हुन मात्रै पनि जोकोहीलाई वर्षौ लाग्ने गर्छ। तर आफ्नो मेहनत, परिश्रमले उनले ठूलो फड्को मारिन्।

सपनाले डेनमार्कका सडकमा सार्वजनिक बस हाक्न सफल भएकी छिन्। डेनमार्कमा सार्वजनिक यातायातमा एक सम्मानित पेसाको रुपमा लिइने ‘बस चालक’ को रुपमा उनले आफूलाई उभ्याउन सफल भएकी हुन्।

डेनमार्कमा बस चालक बन्न त्यति सजिलो छैन। सबैभन्दा ठूलो बाधक भाषा बन्दै आएको छ। सवारी चालक अनुमति पत्र प्राप्त गरे पश्चात् डेनमार्कको स्थानीय डेनिस भाषामा पोख्त भएर भाषा परीक्षा उत्तीर्ण गर्नुपर्छ। त्यसपछि मात्र ठूलो गाडी अर्थात् बसको अनुमति पत्र लिनको लागि त्यस सम्बन्धी कोर्स गर्न योग्य हुन्छ।

डेनिस भाषा सिकी, भाषा परीक्षा पनि उत्तीर्ण भैसकेपछि बस चालक अनुमति पत्रको कोर्स उत्तीर्ण गरेर स्थानीय सडकहरुमा बस चलाउन सक्षम भएपछि मात्र बस चलाउने अनुमति पत्र प्राप्त हुन्छ। यी सबै खुड्किला पार गर्दै सपना डेनमार्कको नेपाली समुदायमा पहिलो नेपाली महिला बस चालक बन्न सफल भइन्।

डेनमार्क आएपछि अरू सामान्य कामहरू गर्दै गर्दा अलि दक्षता भएको काम गर्नुपर्छ भन्ने आफूलाई लागेको उनले बताइन् । ‘डेनमार्क आएको दुई वर्ष पुग्दा मलाई अलि स्थिर तथा दक्ष काम गर्नुपर्छ भन्ने लागेको थियो। त्यसैले यहाँको भाषा सिक्न स्थानीय भाषा स्कुलमा भर्ना भए। भाषाको योग्यता पुगेपछि बस चालक बन्ने रहर जागेको थिय,’ सपनाले आफूले देखेको सपना सुनाइन्।

डेनमार्कमा आफ्नो परिवार श्रीमान्, एक छोरी र एक छोरासँगै बस्दै आएकी खड्काको सफलतामा आफ्नो परिवारको ठूलो योगदान रहेको उनले बताइन् । श्रीमान् मोहन खड्काले आफ्नो लागि धेरै सहयोग र अगाडि बढ्न प्रेरित गरेको उनको भनाइ छ ।

सपनाको सफलतामा श्रीमान मोहन खुशी मात्र हैन दंग पनि छन्। ‘आधारभूत भाषा परीक्षा उत्तीर्ण मात्र हुन सकियो भने दक्ष काम पाउन अति सजिलो हुन्छ। त्यसैले मैले उनलाई सधैं भाषा सिक्न प्रेरेणा दिइरहे,’ उनले भने।

श्रीमानको साथ र समर्थनले नै आफू बस चालक बन्न सफल भएको सपनाले बताउँछिन्। ‘विदेशको ठाउँ साना बच्चाहरू छन्। फेरि मिलेर काम गर्नुपर्ने। बच्चाहरुलाई यथेष्ट समय पनि दिनुपर्ने, यो अवस्थामा मेरो श्रीमानले प्रोत्साहन र समय दुवै दिनुभयो। त्यसैले म आज सफल भएँ,’ उनले भनिन्।

डेनमार्कका रहेका नेपाली महिलाहरुलाई यहाँको भाषा सिक्नमा जोडदिनुपर्ने सपनाको सुझाव छ। ‘पहिला यहाँको स्थानीय भाषामा जोड दिनुहोस्। त्यसपछि आफूले चाहेको हरेक क्षेत्रमा कोर्स गर्न जान पाइन्छ । नेपाली महिलाहरूले आफूलाई कमजोर ठान्नु हुँदैन।भाषा भएमामा हरेक क्षेत्रमा बोल्न डराउनु पनि पर्दैन,’ सपनाले बताइन् ।

डेनमार्क आएको छोटो अवधिमा यहाँको स्थानीय डेनिस भाषा सिकेर, दक्ष जनशक्तिको लागि चाहिने अध्ययन गरी कडा परीक्षामा उत्तीर्ण हुनु बागलुङकी सपना खड्काको लागि एक ‘सपना’ नै थियो । तर आज पूरा भएको छ । उनको लगाब तथा मेहनत प्रवासमा रहेका सबै नेपालीहरुका लागि प्रेरेणा बनेको छ।

– प्रकाश ढकालबाट



source https://www.onlinekhabar.com/2021/09/1006945

भारत र तालिबानबीच कतारमा वार्ता

१६, भदौ, काठमाडौं । अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएको केही घन्टामा नै भारत र तालिबान प्रतिनिधिबीच पहिलोपटक वार्ता भएको छ ।

कतारका लागि भारतीय राजदूते दीपक मित्तलले तालिबानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुखसँग कुराकानी गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

तालिबान पक्षको आग्रहमा कतारस्थित भारतीय दूतावासमा सो बैठक भएको थियो । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार वार्ता अफगानिस्तानमा रहेका भारतीय नागरिकको सुरक्षामा केन्द्रित थियो ।

त्यसैगरी भारतले तालिबानको अल्पसंख्यकको विषय पनि उठाएको थियो । भारतीय पक्षले अफगानिस्तानको भूमि आफूविरुद्ध प्रयोग नहोस भनी आग्रह गरेका थिए ।

पछिल्लो समय तालिबान नेतृत्वले भारत यस क्षेत्रको महत्वपूर्ण शक्ति भएको भन्दै आफूहरुले सम्बन्ध विस्तार चाहेको बताउँदै आएको छ ।



source https://www.onlinekhabar.com/2021/09/1006940

नेपाल र पपुवा न्युगिनीबीचको खेल एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने

१६ भदौ, काठमाडौं ।नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच हुने दुई वटा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल प्रत्यक्ष प्रसारण हुने भएको छ ।

प्रत्यक्ष प्रशारणका लागि नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार डिश मिडिया नेकवर्कसँग सम्झौतामा गरेको हो । क्यानका कोषाध्यक्ष रोशन सिंह र डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि यही भदौ २० र २३ गते हुने दुवै खेलको एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण हुनेछ ।यस्तै डिस होम गो ओटिटि एफमार्फत पनि प्रत्यक्ष प्रसारण हुने क्यानले जनाएको छ ।

विश्वकप लिग २ सिरिजका लागि हाल ओमानमा रहेको नेपाली टोलीले पीएनजीसँग ओमानमै खेल्न लागेको हो । पहिलो खेल दिनमा खेलाइनेछ भने दोस्रो खेल दिन र रातमा हुनेछ ।

नेपालले पहिलो पटक दिन र रातमा ओडिआई क्रिकेट खेल्न लागेको हो ।

नेपाल,ओमान र अमेरिका सम्मितिलि लिग २ को त्रिकोणात्मक सिरिज भने सेप्टेम्बर १३ देखि २० सम्म अर्थात भदौ २८ देखि असोज ४ गतेसम्म ओमानमै हुनेछ।



source https://www.onlinekhabar.com/2021/09/1006937

कामाभिंगा रियलमा अनुबन्धित

१६ भदौ, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडले युवा स्टार खेलाडी एडुअर्डो कामाभिंगालाई अनुबन्ध गरेको छ । रियलले ट्रान्सफरको विन्डोको अन्तिम दिन १८ वर्षीय फ्रेन्च मिडफिल्डर कामाभिंगालाई अनुबन्ध गरेको हो ।

रियलले स्टेटमेन्ट जारी गर्दै उनलाई क्लबमा अनुबन्ध गरेको जनाउँदै स्वागत गरेको छ ।

रियलले कामाभिंगालाई फ्रेन्च लिग वान क्लब रेन्सबाट ३० मिलियन युरोमा भित्र्याएको मार्काले उल्लेख गरेको छ ।

अर्का फ्रेन्च स्टार किलियन एमबाप्पेलाई भित्र्याउने प्रयास गरेपनि सफल नभएपछि रियलले युवा खेलाडी कामाभिंगालाई ल्याएको हो ।

१८ वर्षीय कामाभिंगाले फ्रान्सको राष्ट्रिय टिमबाट खेलिसकेका छन् ।

रियलले उनीसंग सन् २०२७ सम्मको लागि सम्झौता गरेको छ ।

कामाभिंगाको आगमनले रियलको मिडफिल्डमा थप सहयोग पुग्ने पक्का छन् ।प्रशिक्षक कार्लो एन्सेलोट्टीले पनि यस एरियामा बलियो पार्न खोजिरहेका थिए ।

कामाभिंगाको रेन्ससँगको सम्झौता २०२० जुनमा सकिने थियो र फ्री एजेन्ट हुने थिए । तर रियलले एक वर्षअघि नै उनलाई क्लब भित्र्याएको हो ।



source https://www.onlinekhabar.com/2021/09/1006934

प्रथम अन्तर्राष्ट्रिय धावक स्व. जोशीको प्रतीमा अनावरण

१६ भदौ, काठमाडौं । प्रथम एसियाली खेलकुद खेलकुद १९५१ (नयाँदिल्ली) नेपालका प्रथम अन्तर्राष्ट्रिय धावक तथा नेपाली सेनाका पहिलो पुस्ताका खेलाडी स्व. गजराज जोशीको प्रतीमा अनावरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल ओलम्पिक संग्रालयको आयोजनामा नेपाल ओलम्पिक कमिटीको प्रेक्षालयमा आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम् माननीय सासद जिवनराम श्रेष्ठले प्रतीमा अनावरण गरेका हुन ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, उपाध्यक्षद्धय चतुरानन्द राज वैद्य, ज्योती राणा, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीसहित प्रमुख अतिथि श्रेष्ठले गजराज जोशीका विभिन्न आयमहरुका बारेमा धारणा राखेका थिए ।

प्रमुख अतिथि श्रेष्ठले स्व.जोशीलाई आफूले एक खेलाडीको रुपमा मात्र स्मरण गरेकोमा आज आएर उनका बारेमा विविध जानकारी हासिल गर्न पाएको बताए । उनले आउदो पिंढीको लागि स्व. जोशीको योगदानबाट प्रेरणा मिल्ने बताए ।

ओलम्पिक संग्राहलयमा खेल क्षेत्रलाई विकास गर्न योगदान गर्ने खेलकर्मी र विभिन्न खेलाडीहरुको प्रतीमा स्थापना गर्ने लक्ष रहेता पनि स्व. गजराज जोशीको खेलकुदलगायत विभिन्न क्षेत्रमा गरिएको योगदानको कदर गर्दै उनको प्रतिमा स्थापना गरिएको नेपाल ओलम्पिक संग्राहलयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले बताए ।

उक्त अवसरमा गजराज जोशीका पुत्र, नेपाल फुटभली संघका अध्यक्ष एवम् भेट्रान एथलेटिक्स खेलाडी मनिष जोशीलाई मानार्थ सदस्यता समेत प्रदान गरिएको थियो ।



source https://www.onlinekhabar.com/2021/09/1006931

प्रदेशसभामा एकीकृत समाजवादी : गण्डकीमा शुन्य, सदूरपश्चिममा एमालेभन्दा ठूलो

१५ भदौ, काठमाडौं । सातमध्ये ६ वटा प्रदेशको प्रदेशसभामा नेकपा एकीकृत समाजवादी पार्टीको उपस्थिति रहने भएको छ । प्रदेश २ र सुदूरपश्चिममा एमालेभन्दा एकीकृत समाजवादी ठूलो हुने देखिएको छ भने गण्डकीमा उसको उपस्थिति रहने छैन ।

नेकपा एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी बनेपछि निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार एमालेबाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ ।

मंगलबार बाग्मती, लुम्बिनी र सुदूरपश्चिममा एमाले सांसदहरुले एकीकृत समाजवादी दल रोजेका छन् । यो संगै प्रदेशसभाको समीकरण समेत फेरबदल हुने भएको छ ।

प्रदेश १ र बागमतीमा मुख्यमन्त्री फेरेर पनि सरकार जोगाउने एमालेको प्रयास असफल हुने देखिएको छ । गण्डकी र लुम्बिनीमा यसअघि नै एमालेको सरकार ढलिसकेको छ भने प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) तथा कर्णाली र सुदूरपश्चिममा यसअघि माओवादी केन्द्र नेतृत्वको सरकार छ ।

प्रदेश १ : एकीकृत समाजवादीको सरकार

२०७४ को प्रदेशसभा निर्वाचनमा प्रदेश १ मा एमालेबाट ५१ जना सांसद निर्वाचित भएका थिए । एकल बहुमतको सरकार बनाएको एमाले अहिले अल्पमतमा परेको छ । १० जना सांसद नेकपा एकीकृत समाजवादीको पक्षमा खुलेका छन् ।

एमालेका सांसदहरु राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बु, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा नयाँ पार्टीको पक्षमा खुलेका सांसदहरुको दावी छ । उनीहरुदे भोलि बुधबार  प्रदेश निर्वाचन कार्यालयमा गएर दल रोज्ने बताइएको छ ।

त्यसो भएमा भीम आचार्य नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । पार्टी विभाजन भएपछि शेरधन राईले राजीनामा दिएका थिए भने माधवकुमार नेपाल समूह छाडेरका आएका आचार्य मुख्यमन्त्री बनेका थिए ।

यदि १० जनाले एकीकृत समाजवादी रोजेमा हालको एमाले नेतृत्वको प्रदेश सरकार अल्पमतमा पर्नेछ । ९२ सदस्यीय प्रदेशसभामा प्रदेश सभामा एमालेका सांसद संख्या ४१ मा झर्नेछ । नेपाली कांग्रेस २१, माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादीका १० र जनता समाजवादी पार्टीका तीन सांसद हुन्छन् । राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक/एक सांसद छन् ।

माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य टंक आङबुहाङ भने एमाले प्रदेश गरेपछि पद गुमाएका थिए ।

प्रदेश २ : एमाले भन्दा एकीकृत समाजवादी ठूलो ?

प्रदेश २ मा हाल जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र माओवादी केन्द्रको मिलिजुली सरकार छ ।

मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षलाई हटाएर कांग्रेस र माओवादीलाई सरकारमा ल्याएका थिए । ९ भदौमा ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गरेका छन्, जसमा १५ सांसद जानसक्ने सम्भावना रहेको एक सांसद बताउँछन् । त्यसो भएमा जसपाका २९ सांसद हुने छन् ।

यस्तै एमालेले २१ सांसद छन् । उनीहरुमध्ये १३ जना आफ्नो पक्षमा आउने एकीकृत समाजवादीका नेताहरुको दाबी छ । यद्यपि मंगलबारसम्म विभाजित पार्टी रोज्न सांसदहरु प्रदेश निर्वाचन कार्यालयसम्म पुगेका छैनन् । प्रदेश २ मा कांग्रेसको १९, माओवादीको ११, नेपाल संघीय समाजवादी पार्टीको १ सांसद छन् ।

बागमती प्रदेश : मुख्यमन्त्रीमा एकीकृत समाजवादीको दाबी

एमालेका १२ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् ।

एमाले विभाजन भएकै दिन २ भदौमा डोरमणि पौडेलले राजीनामा दिएर शाक्य मुख्यमन्त्री बनेकी थिइन् । माधवकुमार नेपाल समूह छाडेर एमालेमा बस्दा मुख्यमन्त्री बनेकी शाक्यलाई अब सरकार जोगाइराख्न संसदको अंकगणितले साथ दिँदैन । किनकी १०९ सदस्यीय प्रदेशसभामा एमाले सांसदको संख्या घटेर ४४ मा झरेको छ ।

एमाले सांसदहरु राजेन्द्र पाण्डे, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाईं, रमा आले मगर, बसन्त मानन्धर, कुसुम कार्की, पार्वती सिलवाल, इन्द्र माया गुरुङ, मुनु सिग्देल, माधव पौडेल र कृष्ण खनालले एकीकृत समाजवादी रोजेका हुन् ।

अब एमाले बाहेकको सरकार बन्ने अवस्था छ । माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २३, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २/२ जना र जनता समाजवादी पार्टीका १ जना सांसद छन् ।

बाग्मतीमा प्रदेश सरकार बनाउन ५५ सांसद चाहिन्छ, जुन सत्तारुढ गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँग छ । नयाँ मुख्यमन्त्रीमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले दाबी गरेका छन् ।

प्रदेश सरकारबाट हटे पनि वाग्मती प्रदेशमा नेकपा एमाले ठूलो दलमा भने कायमै रहनेछ ।

गण्डकी प्रदेश : एकीकृत समाजवादी शुन्य

गण्डकी प्रदेशमा एकीकृत समाजवादी शुन्य हुने देखिएको छ । ५९ सदस्यीय प्रदेशसभामा एमालेका २७ सांसद छन् । उनीहरुमध्ये माधवकुमार नेपाल पक्षका इन्द्रलाल सापकोटा मात्र थिए । उनी नेपाल समूहले बाग्लुङमा बनाएको समानान्तर कमिटीको अध्यक्ष थिए । तर एमालेमै बस्ने निर्णय लिएका छन् ।

यद्यपि दल रोज्न निर्वाचन आयोगले भदौ २२ गतेसम्मको समय दिएको छ ।

गण्डकीमा एमालेले सरकार गुमाइसकेको छ । एमाले बाहेकका दलहरुले गटबन्धन सरकार बनाएका छन् । प्रदेश सभामा कांग्रेसका १५, माओवादीका १२ तथा जनमोर्चा र जसपाका दुई सांसद छन् । एक जना -दीपक मनाङे) स्वतन्त्र सांसद छन् । राष्ट्रिय जनमोर्चाका एक सांसद भने पदमुक्त भएका छन् ।

लुम्बिनीमा एक सांसद

एमालेबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्तीले एकीकृत समाजवादी रोजेकी छन् । दल रोज्ने समय अझै रहेकाले अरु पनि आउने उनको दाबी छ ।

८० सदस्यीय प्रदेशसभामा एमालेका ४१ सांसद थिए, शंकर पोखरेलको नेतृत्वमा सरकार थियो ।

तर दृगनारायण पाण्डेय र अमर डाँगीले राजीनामा दिए भने नेकपाबाट निर्वाचन जितेकी विमला वलीले माओवादी केन्द्र रोजिन् । त्यस्तै सूर्य चिहृनबाट निर्वाचनमा प्रतिस्पर्धा गरेका स्वतन्त्र राजनीतिक समूहका २ मध्ये एक अजय शाहीले माओवादी केन्द्र, नेपाली कांग्रेसहितका दलको गठबन्धन रोजेका छन् । घर्तीले एकीकृत समाजवादी रोजेपछि एमालेमा ३६ सांसद कायम भएका छन् ।

माओवादीका १९, कांग्रेसको १९ र जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद रहेको यो प्रदेशमा पोखरेल सरकारलाई विस्तापित गरेर माओवादीको नेतृत्वमा गठबन्धन सरकार बनेको छ ।

कर्णालीमा दुई जना खुले

कर्णाली प्रदेशमा पनि नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पक्षमा सांसदहरु तान्ने प्रयास जारी राखेको छ । अहिलेसम्म देवी वली र चन्द्र शाही एकीकृत समाजवादीको पक्षमा खुलेका छन् । यद्यपि निर्वाचन आयोगमा गएर दल रोजेका छैनन् ।

गत निर्वाचनमा एमालेबाट २० जना निर्वाचित भएका थिए । त्यसमध्ये ४ जना फ्लोर क्रसको आरोपमा एमालेले कारबाही गरेपछि पदमुक्त भएका छन् । बाँकी १६ मा २ जना नेकपा एकीकृतमा जाँदा एमालेको सांसद संख्या १४ मा झर्नेछ ।

हाल ३५ सदस्यीय प्रदेश सभामा माओवादीको १२, कांग्रेसको ६ र राप्रपाको एक सांसद छन् । कर्णालीमा सुरुदेखि नै माओवादी केन्द्रले सरकारको नेतृत्व गरिरहेको छ ।

सुदूरपश्चिम प्रदेश : एमालेभन्दा एकीकृत समाजवादी ठूलो

सुदुरपश्चिम प्रदेशमा नेकपा एमालेका १० सांसदले  एकीकृत समाजवादी रोजेका छन् । सांसदहरु दुर्गा विक, पूर्णा जोशी, माया भट्ट, अम्मरबहादुर साउद, कुलवीर चौधरी,  मना साउद, सुशीला बुढाथोकी, बलबहादुर सोडारी, लालबहादुर खड्का र चुनकुमारी चौधरीले नेकपा एस रोजेका हुन् ।

निर्वाचन आयोगको कार्यालयमा पुगेको दीर्घ सोडारी, तारा लामा तामाङ र अर्चना गहतराजको कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन । भोलि उनीहरुको सनाखत भए सुदुरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्या १३ पुग्नेछ ।

एमाले १२ (सभामुखसहित) सांसदमा सिमित हुनेछ । अर्थात्, एमालेभन्दा नेकपा एकीकृत समाजवादी ठूलो दल बन्नेछ । ५२ सदस्यीय प्रदेशसभामा माओवादीको १३, कांग्रेसको १२, जसपाको २ छन् र माओवादी केन्द्र नेतृत्वको सरकार छ ।



source https://www.onlinekhabar.com/2021/08/1006925

अफगानिस्तान अब स्वतन्त्र र सार्वभौम मुलुक : तालिबान

१५ भदौ, काठमाडौं । अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालिबानले अमेरिकी सेना फिर्ता गएसँगै अब अफगानिस्तान स्वतन्त्र र सार्वभौम मुलुक भएको बताएको छ । मंगलबार काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारमाध्यमहरुसँग कुरा गर्दै तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता जानु ऐतिहासिक क्षण भएको बताएका छन् । उनले तालिबानको जित सबै अफगान नागरिकको जित भएको बताएका छन् ।

‘हामीलाई अब इस्लामिक इमिरेट्स अफगानिस्तान स्वतन्त्र र सार्वभौम मुलुक हो भन्नेमा कुनै शंका छैन । अमेरिकीले सैन्य अपरेसनबाट आफ्नो उद्देश्य हासिल गर्न सकेनन्,’ मुजाहिदले भने ।

मुजाहिदले अफगानिस्तानले पश्चिमा मुलुकसँगको कूटनीतिक सम्बन्ध कायम राख्ने बताएका छन् । उनले अफगान नागरिकले आफ्नो स्वतन्त्रता र इस्लामिक मूल्य मान्यताको रक्षा गर्ने बताएका छन् ।

यसअघि अमेरिकी सेना पूर्णरुपमा अफगानिस्तानबाट बाहिरिनुअघि अमेरिकी सेनाका कमाण्डरले उद्धार गर्न चाहेको सबै मानिसलाई उद्धार गर्न नसकिएको बताएका थिए ।

अमेरिकी सेना पूर्णरुपमा फिर्ता गएसँगै तालिबानले विजय उत्सव पनि मनाएको छ । यसैबीच अहिले काबुलको अवस्था सुनसान देखिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अहिले अफगानिस्तानका मानिसहरु अब के होला भन्ने आशंकामा बसेका छन् ।

यो पनि पढ्नुहोस अफगानिस्तानबाट अमेरिका पूर्णरुपमा फिर्ता, तालिबानले मेसिनगन पड्काएर मनायो खुसियाली

एजेन्सीहरुको सहयोगमा



source https://www.onlinekhabar.com/2021/08/1006565

Monday 30 August 2021

‘एयर भल्भ’ नबनाउँदा मेलम्ची सुरुङमा पनि सुरक्षा खतरा

१५ भदौ, काठमाडौं । मेलम्चीमा भीषण बाढी मेलम्ची खानेपानी आयोजनाको सुरुङ अहिले बन्द छ । सुरुङ सुपरीवेक्षणका लागि पानी भर्न बन्द गरिएको दिन गत असार १ गते आएको बाढीले हेडवर्क्स पुरेपछि आयोजनाको भविष्य अनिश्चित छ । यही बेला महालेखा परीक्षकको कार्यालयले आफ्नो वाषिर्क प्रतिवेदनमा सुरुङको सुरक्षा अवस्थाबारे पनि प्रश्न उठाएको छ ।

महालेखाको ५८औं वाषिर्क प्रतिवेदनले सुरुङभित्र आवश्यक ‘सेफ्टी एयर भल्भ’ नबनाइएको भन्दै पानी भरेको अवस्थामा सुरुङको सुरक्षामा असर पर्न सक्ने बताएको छ । यो पानी भर्दा र सुरुङ खाली गर्दा हावा निकासा हुने प्रयोजनका लागि आवश्यक हुन्छ ।

आयोजनाको २७.५८ किलोमिटर लम्बाइको टनेलमा पानी पठाएपछिको आन्तरिक र बाहृय प्रेसर थेग्नको लागि सेफ्टी  भल्भको आवश्यकता पर्छ । यस्तो प्रेसर भल्भ नराख्दा कारणले अम्बाथान (३ हजार २०० मिटर)मा नै पानी भरिएको स्थितिमा गेटले प्रेसर थाम्न नसकी भत्किँदा २०७७ आसारमा २ जनाले ज्यान गुमाएका थिए ।

‘आयोजनाले अल्पकालीन प्रेसर व्यवस्थापनका लागि गेटमुनि रहेको वासआउट चेनेजमा अस्थायी प्रेसर भल्भ राखी व्यवस्थापन गरेको र एयर प्रेसर मिलाउन अस्थायी रूपमा विछ्याई पाइप खुल्ला रूपमा राखेको देखियो,’ महालेखाले प्रतिवेदनमा भनेको छ,’यस्ता ठूला संरचनामा अस्थायी रूपमा गरिएको व्यवस्थामा सुधार नगरी टनेलमा पानी भर्ने कार्यले दीर्घकालीन समाधान हुने देखिँदैन ।’

प्राविधिक पक्षको थप विश्लेषण गरी उक्त कार्यमा सुधार गर्न महालेखाले सरकारलाई सुझाव दिएको छ ।

आयोजना एक अधिकारी पनि पहिलोको डिजाइन अनुसार भल्भ नबनबई पानी भर्ने काम भएको स्मरण गर्छन् । यसले गर्दा सुरुङभित्र जम्मा हुनसक्ने हावा ‘रिलिज’ हुन नसके सुरुङ जतिबेला पनि दुर्घटनामा पर्न नसक्ने बताउँछन् ।

‘खानेपानीको पाइपमा एयर चेम्बर र भल्भ नराख्ने हो भने फुट्ने समस्या भएको जस्तै सुरुङमा पनि यस्ता जोखिम हुन्छन्,’ ती अधिकारी भन्छन्,’महालेखाले भोलि सुरुङ यही कारणले खुम्चिन वा अन्य खालका दुर्घटनामा पर्नसक्छ भनेर औंल्याएको हुनुपर्छ । भविष्यमा यस्तो जोखिम छ ।’

हेडवर्क्सको डिजाइन जोखिमयुक्त

महालेखाले आयोजनाको हेडवर्क्स पनि असुरक्षित रहेको औल्याएको छ । महालेखाको प्रतिवेदन सार्वजनिक हुनुअघि नै प्रतिवेदनले जोखिम औल्याए जसैगरी हेडवर्क्स बाढीले क्षतिग्रस्त भएको छ ।परामर्शदाताले हेडवर्क्सको निर्माणस्थल छनौट गर्दा टनेलको लम्बाई, नेचुरल रक, भौगोलिकलगायत साइटको अवस्था विश्लेषण गर्दा मेन हेडवर्क्सको पश्चिम साइटको पहाडमा ग्राउटिङ गर्दा ठूलो लगानी गरेको प्रतिवेदनमा उल्लेख छ ।

‘पूर्वी तटको भौगोलिक बनावट अत्यन्त ‘कच्चा खालको भूभाग’को कारणले ठूलो पहिरो गएको, जसको कारणले निर्मित हेडवर्क्सको संरचना नै जोखिममा रहेको छ,’ प्रतिवेदनमा भनिएको छ,’परामर्शदाताले भौगोलिक बनावटको अवस्था विश्लेषण गरी न्यून जोखिम हुने स्थान छनौट नगरी कार्य अगाडि बढाएकोले हेडवर्क्सको निर्मित संरचना जोखिमयुक्त क्षेत्रमा परेको छ ।’

सो संरचनाको संरक्षणका लागि थप खर्च लाग्ने अवस्था देखिए तापनि सो कामको शुरुवात नभएको महालेखाले प्रतिवेदनमा औंल्याएको छ ।



source https://www.onlinekhabar.com/2021/08/1006548

‘लाइफ इन एलए’को ‘पागल प्रेमी’मा ब्यास, अकेशा र शिल्पा

अमेरिका र नेपालमा छायांकन गरिएको चलचित्र ‘लाइफ इन एलए’को गीत सार्वजनिक भएको छ । चलचित्रको ‘पागल प्रेमी’ बोलको गीत काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको हो । सुर्य एन श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रको गीतमा त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा ब्यास विस्सु, अकेशा बिष्ट, शिल्पा मास्केलाई फिचरिङ गरिएको छ । एलिस कार्की र प्रतिक पौडेलको संगीत रहेको गीतमा प्रताप दास र कविता श्रेष्ठको स्वर छ । यो चलचित्रमा गौरव पहारी, वुद्दि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकको साथमा जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल लगायतको अभिनय छ ।

ब्यास इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् । संसार अञ्जान सुवेदी कार्यकारी निर्माता रहेको चलचित्रमा अमेरिकाको लागि राजेन्द्र ठकुराथी निर्माताको रुपमा छन् ।

भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको यो चलचित्रमा कविराज गहतराज र सुरज श्रेष्ठको कोरियोग्राफी छ । चलचित्रलाई दशैंको छेकोमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।



source https://www.onlinekhabar.com/2021/08/1006558

अन्तरीक्षमा पिज्जा पार्टी ! (भिडियो सहित)

वास्तवमा अन्तरीक्षयात्री बन्नु सबैभन्दा कठीन काम हो । किनकी आकासमा हजारौँ माइलको यात्रा गर्नु र अज्ञात चिज पत्ता लगाउनु सजिलो काम होइन । यद्यपि अन्तरीक्षमा यात्रा गर्नुको आफ्नै रोमान्चकता हुन्छ । हालै एउटा भिडियो सार्वजनिक भएको छ जसमा अन्तराष्ट्रिय स्पेस स्टेसनका अन्तरीक्षयात्रीहरुले एक पिज्जा पार्टी गरिरहेका छन् ।

इन्स्टाग्राममा अपलोड भएको उक्त भिडियोमा अन्तरीक्षयात्रीहरुको एक टिम स्पेस स्टेसनमा पिज्जा डिनरको मज्जा लिइरहेको देखिन्छ ।

पृथ्वीभन्दा झण्डै ४ सय किलोमिटर टाढा रहेको इन्टरनेसनल स्पेस स्टेसनमा रहेका अन्तरीक्षयात्रीहरुले हावामा उड्दै रमाइलो तरिकाले पिज्जा खाइरहेको भिडियो सार्वजनिक भएको हो । उक्त भिडियो थोमस पेस्क्वेटले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा अपलोड गरेका हुन् ।

भिडियोसँगै उनले लेखेका छन्- साथीहरुसँग तैरिने पिज्जा रात्री । यो तस्वीर पृथ्वीमा शनिवारको दिन हुने सप्ताहन्तको पार्टी जस्तै देखियो ।  जस्तो कि भनिन्छ एउटा उत्कृष्ट शेफ कहिल्यैपनि आफ्नो रहस्य उजागर गर्दैन । तर मैले एक भिडियो बनाएँ ता कि तपाइँहरुले हेरेरै बुझ्न सक्नुहोस् ।

करीब १ मिनेटको यो भिडियोमा अन्तरीक्षयात्री थोमसले आफ्ना सहकर्मीहरुसँग शुन्य गुरुत्वाकर्षणको वातावरणमा पिज्जा बनाएको र खाइरहेको देखिन्छ । त्यसक्रममा पिज्जाहरु हावामा उडिरहेको निकै रोचक दृश्य देखिन्छ । अन्तरीक्षयात्रीहरु निकै रमाइरहेका छन्  सोसल मिडियामा यो भिडियो लाखौँ पटक हेरिसकिएको छ ।



source https://www.onlinekhabar.com/2021/08/1006553

‘द भ्वाइस अफ नेपाल’को कोच बनेपछि धेरै कुरा सिक्न पाएको छुः प्रमोद खरेल

गायक प्रमोद खरेलले आफू व्यवसायीक गायक भएकाले हरेक किसिमको गीत गाउनुपर्ने बताएका छन् । ‘द भ्वाइस अफ नेपाल’को कोच बनेपछि अझै राम्रो गीत सार्वजनिक गर्नुपर्ने दबाब महशुश गर्नुभएको छ कि छैन भन्ने प्रश्नमा उनले भने–‘एक प्रकारले त दबाब हुन्छ नै । तर, मैले आफ्नो काममा पनि ध्यान दिनपर्छ । भ्वाइसको सेटमा हरेक विधामा गीत गाउन सक्ने प्रतियोगीहरुसँग भेट हुन्छ । यसैले पनि मैले सिक्नुपर्ने कुराहरु पनि फराकिलो बनेर जान्छ । मैले, प्रतियोगीहरुबाट धेरै कुराको अध्ययन गर्न पाएको छु ।’

प्रमोदले ट्यालेन्टहरुलाई कोच गरेपछि आफूले पनि राम्रो गर्नुपर्छ भन्ने दबाब हुने स्विकार गरे । साथमा उनले भने–‘म कोच भन्दा पहिले एक व्यवसायिक गायक हुँ । मैले कसरी गाइरहेको छु, बजारले मबाट कस्तो गीतको अपेक्षा गर्छ भन्ने पनि मैले ध्यान दिन आवश्यक छ । मेरो स्वर कसरी प्रयोग भैरहेको छ भन्ने पनि याद गर्नुपर्छ । मैले फरक फरक जनराका गीत गाउनुपर्छ ।’

प्रमोदले आफू कोच भएपनि नभएपनि म्यूजिकको विद्यार्थी भएको नाताले राम्रो काम गर्नुपर्छ भन्ने सधै हुने गरेको सुनाए । आफू बजारको गायक भएकाले पनि न्यायपूर्ण काम गर्नुपर्ने प्रमोदको तर्क छ ।



source https://www.onlinekhabar.com/2021/08/1006549

जूमको त्रैमासिक आम्दानी १ अर्ब डलर, प्रयोगकर्ताको संख्या घट्दो

काठमाडौं । भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जूमले चालू वर्ष सन् २०२१ को तेश्रो त्रैमासिकमा १ अर्ब डलर भन्दा धेरै आम्दानी गर्ने प्रक्षेपण गरिएको छ ।

जूम भिडियो कम्युनिकेसन इंकद्वारा जारी जुलाईदेखि सेप्टेम्बर महिनासम्मको वित्तीय प्रतिवेदन अनुसार यस त्रैमासिकमा कम्पनीको आम्दानी १ अर्ब १ करोड ५० लाख देखि १ अर्ब २ करोडसम्म हुने प्रक्षेपण गरिएको छ । विश्लेषकहरुले भने यस त्रैमासिकमा कम्पनीको आम्दानी १ अर्ब १ करोड ३० लाख हुने प्रक्षेपण गरेका छन् ।

यो आम्दानी गत वर्षको सोही त्रैमासिकको तुलनामा ३१.२ प्रतिशतले बढी हो ।  कोभिड १९ महामारीसँगै रिमोट वर्किङ तथा रिमोट स्कुलिङमा वृद्धि हुँदा जूम विश्वका करोडौं मानिसहरुको दैनिकी बनेको थियो र गत वर्ष सन् २०२० मा जूमका प्रयोगकर्ता तथा आम्दानीमा एक्कासी कैयन् गुणा वृद्धि भएको थियो ।

यद्यपि महामारीका कारण गत वर्षदेखि चुलिएको जूम प्लाटफर्मको प्रयोग तथा नयाँ प्रयागकर्ता थपिने क्रममा भने अपेक्षा भन्दा तीव्र गतिमा गिरावट आइरहेको कम्पनीले जनाएको छ । उक्त रिपोर्ट सार्वजनिक भएसँगै कम्पनीको शेयर मूल्यमा सोमबार ११ प्रतिशतको गिरावट आएको थियो ।

जूमका प्रमुख वित्तिय अधिकारी केल्ली स्टेकेलबर्गका अनुसार यो वर्षको अन्त्यसम्ममा कम्पनीका प्रयोगकर्ता तथा आम्दानीको दरमा सुस्तता आउने अपेक्षा गरिएको भएपनि त्यस्तो गिरावट केही छिटो नै हुन थालेको हो ।

विश्वका धेरै भागमा कोरोना भ्याक्सिन लगाएसँगै स्कुलहरु पुनः भौतिक रुपमै सञ्चालन हुन थालेका र धेरै कम्पनीहरुले कर्मचारी तथा कामदारको भौतिक उपस्थितिमै कार्यसञ्चालन गर्न थालेसँगै जूमको प्रयोगमा गिरावट आउन थालेको छ । साथै प्रतिस्पर्धी कम्पनीहरु सिस्को, वेबेक्स तथा माइक्रोसफ्ट टिम्सका कारण विभिन्न व्यवसायिक कम्पनीहरुबाट जूमले ठूला सम्झौता हात पार्न पनि मुस्किल भैरहेको छ ।

जूमका अनुसार १० वा त्यसभन्दा कम कर्मचारीहरु भएका कम्पनीहरुबाट प्राप्त भैरहेको आम्दानीमा अब गिरावट आउने छ ।

भिडियो प्लाटफर्मको प्रयोगमा गिरावट आउन थालेसँगै कम्पनीले क्लाउड कलिङ सर्भिसको रुपमा जूम फोनलाई विस्तार गर्ने सोच बनाएको छ । जूमले हालैमात्र १४ अर्ब ७० करोड डलरमा कल सेन्टर सफ्टवेयर मेकर कम्पनी फाइभ नाइन खरीद गर्ने घोषणा गरेको छ, जुन उसको अहिलेसम्मकै ठूलो व्यवसायिक सम्झौता हो । साथै जूमले रियल टाइम भाषा अनुवादक प्रविधि कम्पनी काइट्स जिएमबिएच पनि खरीद गर्ने भएको छ ।

–रोयटर्सबाट



source https://www.onlinekhabar.com/2021/08/1006547

एक अपराधीलाई मात्रै मारेको डेढ सय वर्ष पुरानो बन्दुक, जुन ७० करोडमा लिलाम भयो

काठमाडौं । सिरियल किलर, डाँका, बलात्कारी जस्ता अपराधीहरुको प्रहरीले इन्काउन्टर गरेका घटनाहरु तथा विश्वभर नै सुनिन्छन् । त्यस्ता घटना तथा कथाहरुमा आधारित रहेर फिल्महरु पनि बन्ने गरेका छन्, उपन्यास पनि लेखिएका छन् । प्रहरी तथा जाँच एजेन्सीहरुले त्यस्ता अपराधीको मृत्यु पश्चात् पनि उनीहरुसँग सम्बन्धित विभिन्न सबूतहरुलाई वर्षौंसम्म सुरक्षित राख्दछन् ।

यस्तै एकजना खुंखार अपराधीको इन्काउन्टर गर्नका लागि प्रयोग प्रयोग एउटा बन्दुक झण्डै ७० करोड रुपैयाँमा लिलाम भएको छ ।

अमेरिकामा हालै भएको लिलामीका क्रममा यक्त पेस्तोल संसारकै महंगो पेस्तोलका रुपमा बिक्रि भएको छ ।

आजभन्दा झण्डै डेढसय वर्ष अगाडि एकजना हत्याराको इन्काउन्टरका क्रममा मात्र एकपटक प्रयोग भएको थियो सो पेस्तोल । अमेरिकी कुख्यात तथा खतरनाक अपराधी बिली द किडलाई मार्नका लागि सोही पेस्तोलको प्रयोग भएको थियो ।

पेट ग्यारेटले सोही पेस्तोलबाट गोली प्रहार गर्दा बिलीको मृत्यु भएको थियो ।

डेलीमेलको एक रिपोर्ट अनुसार अप्रत्यासित रुपमा यो पेस्तोल ६० लाख डलरमा लिलाम भएको हो । लिलामी गर्ने संस्था बोनहम्सलाई सो पेस्तोलको मूल्य यतिधेरै पर्छ भन्ने अनुमान नै थिएन । तर यो अनुमानित मूल्यभन्दा दोब्बरमा किनियो र संसारकै महंगो पेस्तोल बन्न सफल भयो ।

स्मरण रहोस् बिली द किडको खास नाम हेनरी म्याककार्टी थियो । ८ जना मानिसहरुको हत्याको आरोपमा उनलाई १८८१ मा मात्र २१ वर्षको उमेरमा मृत्युदण्डको सजायँ सुनाइएको थियो । तर उनी जेलबाट फरार भए । केही महिनापछि उनलाई प्रहरीले फेला पार्यो र १४ जुलाई १८८१ मा उनको इनकाउन्टर गरियो ।

बिलीलाई मार्नका लागि प्रयोग गरिएको उक्त पेस्तोल टेक्सासमा बस्ने जिम र थेरेसा अर्ली दम्पत्तिले राखेका थिए । उनीहरुसँग विभिन्न पूराना हातहतियारको संकलन नै छ । जिमको सन् २०१९ मा निधन भैसकेको छ । पत्नी थेरेसाकै आग्रहमा सो पेस्तोल लिलाम गरिएको थियो ।

–एजेन्सीको सहयोगमा



source https://www.onlinekhabar.com/2021/08/1006544

वाइसिएलले अध्यक्षविना केन्द्रीय समिति घोषणा गर्ने

१५ भदौ, काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले अध्यक्ष नचुनी नयाँ केन्द्रीय समिति घोषणा गर्ने भएको छ ।

राष्ट्रिय भेला अन्तर्गत अहिले जारी बन्दसत्रबाट केन्द्रीय समिति घोषणा हुने र सोही समितिले पछि पदाधिकारी चयन गर्ने वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा)ले जानकारी दिए ।

वाइसिएलको नयाँ अध्यक्षमा सुमन देवकोटा र सुवोध सेर्पालीले दाबी गर्दै आएका छन् । सहमति जुटाउने प्रयासमा पार्टीका नेताहरु र वाइसिएल पदाधिकारी सक्रिय छन् ।

सहमतिको प्रयासमा मंगलबार बिहान वाइसिएल नेताहरु पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गर्न खुमलटारस्थित निवासमा पुगेका थिए । ‘छलफलमा अहिले केन्द्रीय सदस्यहरुमात्र घोषणा गरेर भेला टुंग्याउने कुरा भयो,’ वाइसिएलका एक नेताले भने, ‘पछि पार्टी अध्यक्ष प्रचण्ड पनि सहभागी हुने त्यो केन्द्रीय समितिको बैठकले नयाँ नेतृत्व चयन गर्ने छ ।’

नयाँ नेतृत्व चयनका लागि वाइसिएलको राष्ट्रिय भेला भर्चअुल विधिबाट भदौ १२ गतेदेखि सुरु भएको थियो । नयाँ नेतृत्व चयन गर्दै भदौ १३ गते नै भेला सक्ने योजना थियो । तर नेतृत्वको विषय टुंगो नलाग्दा भेला पनि लम्बिएको छ ।



source https://www.onlinekhabar.com/2021/08/1006540

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More