Friday 27 August 2021

बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष यादवको निधन

१२ भदौ, काठमाडौं । बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ ।

शुक्रबार राति एक्कासी बिरामी भएका गाउँपालिकाका अध्यक्ष यादवको राति नै नेपालगन्ज नर्सिङहोममा मृत्यु भएको हो ।

ब्लड प्रेसर घटेपछि शुक्रबार साँझ ६ बजे अस्पताल पुर्‍याइएका यादवको राति एक बजे निधन भएको हो ।

अध्यक्ष यादवको शव बिहान घर लगिएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा यादव एमालेबाट अध्यक्षमा निर्वाचित भएका थिए ।



source https://www.onlinekhabar.com/2021/08/1005288

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More