Saturday 28 August 2021

नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक बस्दै, दलको नेता चुन्ने

१३ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै छ । संसद भवनको ल्होत्से हलमा बिहान ११ बजे बस्ने बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक चुन्ने छ ।

नेकपा एमालेबाट अलग भएर माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका हुन् । सो पार्टीलाई निर्वाचन आयोगले मान्यता दिंदै ९ भदौमा दल दर्ताको प्रमाणपत्र दिएको थियो । तर दलको नेता चयन हुन बाँकी छ ।

यो पनि पढ्नुहोस माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले पायो मान्यता

संसदीय दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्नेछ । एकीकृत समाजवादीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात सांसद छन् ।

तर दल दर्ताका बेला सनाखत गर्न नपाएका प्रतिनिधिसभा सदस्यहरु सोमप्रसाद पाण्डे, तुलसा थापा र माया ज्ञवाली अनि राष्ट्रियसभाका शारदादेवी भट्ट पनि आफूसँगै रहेको एकीकृत समाजवादीका नेताहरुले दावी गरेका छन् ।



source https://www.onlinekhabar.com/2021/08/1005554

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More