Sunday 29 August 2021

पाटनको कृष्ण मन्दिरमा भक्तजनको भीड (फोटो फिचर)

१४ भदौ, काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा सोमबार बिहानै भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा भक्तजनहरु पूजा आराधनाका लागि बिहानै कृष्ण मन्दिर पुगेका हुन्।

हिन्दु धर्मकाअनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमीका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।

धर्मग्रन्थमा उल्लेख भएअनुसार नै सोमबार पाटनको कृष्ण मन्दिरमा पूजा आराधना भएको छ ।कृष्णकै जस्तो पोशाकमा सजिएका बालबालिकारू अभिभावकसँगै मन्दिर पुगेका छन् ।

हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्गे गर्छ । पछिल्लो वर्षहरुमा भने कोरोनाका कारण मन्दिरमा भीड कम भएको थियो ।



source https://www.onlinekhabar.com/2021/08/1006035

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More