Saturday 28 August 2021

युभेन्ट्स पराजित

१३ भदौ काठमाडौं । क्रिस्टियानो रोनाल्डो पूर्व क्लब म्यानचेष्टर युनायटेड फर्कने पक्का भएपछि पहिलो खेलमा युभेन्ट्स पराजित भएको छ ।

रोनाल्डोलाई गुमाएपछि इटालियन सिरी ए को खेलमा युभेन्ट्स घरेलु मैदानमै इम्पाओलिसँग १-० ले पराजित भएको हो ।

यस हारपछि युभेन्ट्स लिगको सुरुआती दुई खेलमै जितविहीन छ र जम्मा १ अंक जोडेको छ ।

एम्पाओलीका लागि लिओनार्दो मानकुसोले २१औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।

रोनाल्डो इंग्लिस क्लब म्यानचेष्टरमा अनुबन्ध हुने पक्का भएको एक दिनपछि नै युभेन्ट्सले हारको सामना गर्नुपरेको हो ।

२ खेलबाट १ अंक रहेको युभेन्ट्स १३औं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2021/08/1005520

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More