१३ भदौ, काठमाडौं । रोवर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा बार्यन म्युनिखले जर्मन बुण्डेसलिगामा हेर्था बर्लिनलाई ५-० ले पराजित गरेको छ ।
शनिबार राति घरेलु मैदानमा एलिएन्ज एरेनामा भएको खेलमा लेवान्डोस्कीले ह्याट्रिक गर्दा थोमस मुलर र जमन मुसिएलाले एक/एक गोल गरे ।
मुलरले छैटौं मिनेटमै गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । लेवान्डोस्कीले ३५औं मिनेटमा गोल गर्द अग्रता दोब्बर पारे । मुसिएलाले ४९औं मिनेटमा गोल गरे । त्यसपछि लेवान्डोस्कीले ७०औं र ८४औ मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरे भने बार्यनलाई शानदार जित दिलाए ।
लेवान्डवस्कीले बुण्डेसलिगामा लगातार १३औं खेलमा गोल गरेका हुन् ।
जितपछि तीन खेलबाट ७ अंक जोडेको बार्यन दोस्रो स्थानमा छ । समान अंक रहेको बायर लेभरकुजन गोलअन्तरमा अघि रहँदै शीर्ष स्थानमा छ ।
source https://www.onlinekhabar.com/2021/08/1005517
0 comments:
Post a Comment