Monday 31 October 2022

अब दलहरुले चुनावी घोषणापत्र लेख्न बन्द गर्नुपर्छ : विष्णु सापकोटा (भिडियो)

मंसिर ४ को चुनावमा दलहरु आफैंले आफैंविरुद्ध लड्न गइरहेको चुनाव हो । विगत पाँच वर्षमा उनीहरुले जेसुकै बाचा गरेका भए पनि प्रकारान्तरले जनतालाई धोका दिएका छन् । भविष्यप्रति अलिकति पनि आशा नजगाई उनीहरु चुनावमा जाँदैछन् । यो दुर्भाग्य हो ।

एक किसिमले भन्ने हो भने उनीहरु केवल शक्तिमा पुग्न मात्रै यो चुनावमा सामेल भइरहेका छन् । कुनै सपना छैन । विश्वसनियता गुमाएर उनीहरु चुनावमा जाँदैछन् । तै पनि नागरिकलाई यिनैमध्ये कसैलाई छनोट गर्नुपर्ने बाध्यता छ ।

सबैभन्दा दुःखद पक्ष, वैकल्पिक राजनीतिको आशा टरेको छ । जसले विकल्प हौं भन्दै यसअघि भोट मागेका थिए, वैकल्पिक राजनीतिका वैधतालाई तिनैले सिध्याइदिए । अझ आफूलाई वैकल्पिक भन्नेहरुमध्ये केही त प्रष्टै प्रतिगामी छन् ।

यस अर्थमा आगामी चुनाव कुनै उत्सुकता बेगरको चुनाव बन्नेवाला छ । आवधिक चुनावको मूख्य काम भनेको नेतृत्व फेर्ने हो । यो चुनावले त त्यो काम पनि गर्दै छैन । हामीले विगत पाँच वर्षमा प्रतिपक्षी विनाको लोकतन्त्र भोगेर आयौं । अब पनि त्यही रीत चल्ने छ ।

त्यसैले अब दलहरुले घोषणापत्र लेख्न बन्द गर्नुपर्छ । अहिले घोषणापत्र, संकल्पपत्र, प्रतिबद्धतापत्रका नाममा जे लेखाइँदैछ, यसको कुनै काम छैन भनेर दलका नेताहरु स्वयमले विगतमा प्रमाणित गरिसकेका छन् ।

उनीहरु बेकारमा नो नट् अगेनमाथि खनिएका छन् । वास्तवमा यो पुराना शक्तिहरुविरुद्ध सानो विरोध र विकल्पको खोजी हो । यसले उठाएको चुरो कुरो लाई ध्यान दिए पुग्छ ।

उनीहरुले जोकोही आए पनि अहिलेको भन्दा केही न केही राम्रो नै आउला भनेर अपेक्षा राखेका छन् । लोकतन्त्रमा यस्तो भन्न पाइन्छ । मानिसले उनीहरुलाई विभिन्न शक्ति र समूहसँग जोडेर हेरे पनि उनीहरुको मर्मलाई ध्यान दिनु आवश्यक छ । प्रतिबद्ध लगाउने किसिमका वक्तव्य गैरजिम्मेवार छन् ।

विष्णु सापकोटाका बाँकी विचारहरु अनलाइनखबरको वैचारिक भिडियो स्तम्भ ओके २० मिनेट्स्‌मा ।



source https://www.onlinekhabar.com/2022/11/1211316

राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशको खारेजी

१४ कात्तिक, काठमाडौं । राप्रपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको एजेण्डा अगाडि सारेको छ ।

आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि राप्रपाले सोमबार सार्वजनिक गरेको घोषणापत्रमा अभिभावकीय संस्थाका रुपमा राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने उल्लेख छ ।

पूर्ण समानुपातिक संसद हुनुपर्ने उसको प्रस्ताव छ । प्रदेशलाई खारेज गरेर केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय स्वरुप हुनुपर्ने पनि उसले बताएको छ ।

२०४६ पछिका उच्चपदस्थ नेता र कर्मचारीको सम्पत्ति छानबिन्

एक व्यक्तिले दुई कार्यकालभन्दा धेरै पार्टी अध्यक्ष, प्रधानमन्त्री जस्ता कार्यकारी पदमा बस्न नपाउने, उच्चस्तरीय नागरिक अयोग गठन गरी २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति जफत गर्ने कानुनी व्यवस्था गर्ने पनि राप्रपाको घोषणापत्रमा उल्लेख छ ।

घोषणापत्रमा राप्रपाले नेपाल बन्द जस्तो कार्यक्रम कहिल्यै नगर्ने प्रतिवद्धता समेत जनाएको छ । साथै सत्ता केन्द्रित राजनीति नगर्ने बताएको उसले भनेको छ, ‘आगामी दिनमा सत्ताभन्दा आफ्नो प्राथमिकताका मुद्दाहरु स्थापना गर्न केन्द्रित हुने ।’



source https://www.onlinekhabar.com/2022/10/1210986

साफ यू-१५ महिला च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य

१४ कात्तिक, काठमाडौं । नेपालले बंगलादेशमा भोलीदेखि सुरु हुने साफ यू(१५ महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य लिएको छ ।

प्रतियोगिताको अघिल्लो दिन सोमबार ढाकामा आयोजित पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक भगवती थापा मगर र कप्तान दीपा रोकायले उपाधि जित्ने लक्ष्य रहेको बताए ।

दीपा रोकायको कप्तानीमा रहेको नेपाली टोलीले प्रतियोगितामा भुटान र बंगलादेशसँग दुई(दुई पटक खेल्नुपर्नेछ । तीन टोली मात्र सहभागी प्रतियोगितामा डबल राउण्ड रोविन लिगपछि शीर्ष स्थानमा रहने टिमले उपाधि जित्नेछ ।

नेपालकी प्रशिक्षक भगवती थापा मगरले प्रतियोगिता खेल्न पाउँदा सबै खुशी रहेको बताइन् । ‘हामी यस प्रतियोगिता खेल्न उत्साहित छौं र खुशी छौं । हामी प्रतियोगिता लागि तयार छौं र हामी जित्नेछौं,’ भगवतीले भनिन्, ‘हरेक खेल प्रतिस्पर्धात्मक हुनेछ ।’

यस्तै कप्तान दीपाले पनि प्रतियोगिता जित्ने लक्ष्यसहित खेल्ने बताइन् । ‘म एकदमै खुशी छु कि यस प्रतियोगिता खेल्दैछु । यस प्रतियोगिता जित्ने सोचमा छौं । हामी यहाँ जित्न आएका हौं,’ उनले भनिन् ।

प्रशिक्षक भगवतीले आफ्नो टिम शारीरिक र मानसिक रुपमा तयार रहेको बताए । ‘हामीले चार साता तयारी गरेका छौँ । हामी शारीरिक र मानसिक रुपमा तयार छौं । हामी बंगलादेशसँग साफ महिला च्याम्पियनसिपमामा बेहोरेको हारको बदला लिन चाहन्छौं ।’

अनुभवकाे कमी

देशभरबाट खुल्ला रुपमा खेलाडी छनोट गरेर बनाएको नेपाली टिमका खेलाडीहरु पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदैछन् ।

टिम रहेका सबै खेलाडीहरुका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता पहिलो हुनेछ । प्रशिक्षक भगवती थापा मगरले पनि आफ्नो टिम नयाँ भएको बताइन् । उनले त्यहाँको मौसमका कारण केही कठिन हुने भएपनि राम्रो प्रदर्शनको आशा राखेकी छन् ।

‘हामी नयाँ छौं र सुरु गर्दैछौं । खेलाडीले राम्रो फुटबल खेल्ने विश्वास छ,’ भगवतीले भनिन्, ‘सबै खेलाडी पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछन् । तातो मौसम हाम्रा लागि प्रतिकुल हुनसक्छ ।’

बंगलादेश र भुटान उत्तिकै उत्साहित

उता बंगालदेशको सिनियर महिला टिमलाई साफ च्याम्पियन बनाएका गोलम रब्बानी छोटन नै बंगलादेशको जुनियर टिमको प्रशिक्षक छन् । छोटोनले कोरोना कारण ३ वर्ष प्रतियोगिता नभए पनि आफ्नो टिमले ४ महिनादेखि प्रशिक्षक गरिरहेको बताए ।

‘सिनियर टिमले नेपालमा साफ च्याम्पियनसिप जितेपछि जुनियर खेलाडीहरु पनि उत्साहित छन् । धेरैजसो खेलाडी एक वर्षदेखि सँगै छन् र केही खेलाडी चार महिनाअघि टिममा समावेश भएका छन् ।’

बंगलादेशकी कप्तान रुमा अल्टरले प्रतियोगिताका लागि एकदमै उत्साहित र खुशी रहेको बताइन् ।

भुटानकी प्रशिक्षक नगवाङ यानछेनले आफ्नो टिमले ३ महिना देखि तयारी गरेको र खेलाडीहरु उत्साहित रहेको बताए ।

भुटानकी कप्तान केल्देन वाङ्ग्मोले प्रतियोगिता लागि मानसिक रुपमा तयार रहेको र उत्साहित रहेको बताइन् । उनले तीनवटै टिममा नयाँ खेलाडी रहेको र आफूहरुको आशा उच्च रहेको बताइन् ।



source https://www.onlinekhabar.com/2022/10/1211183

पेरिसको आइफिल टावरमा साम्राज्ञी शाहको फिल्म छायांकन हुने

काठमाडौं । फ्रान्सको राजधानी पेरिसस्थित प्रसिद्ध आइफिल टावरमा साम्राज्ञी शाह स्टारर नेपाली फिल्म ‘लण्डन टु पेरिस’को छायांकन हुने भएको छ । फिल्मको बाँकी २५ प्रतिशत छायांकन अर्को सातादेखि पेरिसका विभिन्न थलोमा हुने निर्देशक घनश्याम लामिछानेले जानकारी दिए ।

फिल्मका मुख्य कलाकारहरु साम्राज्ञी र निश्चल खड्कालाई लिएर निर्देशक लामिछाने अर्को साता पेरिसतर्फ उड्दैछन् । ‘हामी पेरिस सुटिङको अन्तिम तयारीमा छौं,’ भिजा प्रोसेसको लागि सोमबार दिल्लीतर्फ उड्नुअघि निर्देशक लामिछानेले भने ।

भ्यालेन्टाइन्स डे अर्थात् फागुन ५ गते रिलिज हुने तयारीमा रहेको फिल्मको अघिल्लो चरणको छायांकन बेलायतमा भइसकेको छ ।

यसैबीच, फिल्मको प्रदर्शन मिति पछि सर्ने हल्लाको निर्देशक लामिछानेले खण्डन गरे । ‘लभस्टोरी फिल्म भएकाले हामी भ्यालेन्टाइन्स डेकै अवसरमा आउनेछौं,’ उनले भने । फिल्ममा कबीर खड्का र गरिमा शर्माको समेत प्रमुख भूमिका छ ।



source https://www.onlinekhabar.com/2022/10/1211083

रुपन्देहीमा कारको ठक्करबाट ३५ दिने शिशुसहित ३ जनाको मृत्यु, २ जना घाइते

१४ कात्तिक, बुटवल । रुपन्देहीमा छठ घाट जाने क्रममा कारले ठक्कर दिंदा तीन जनाको मृत्यु भएको छ ।

भैरहवाबाट परासीतर्फ जाँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिंदा ओमसतिया गाउँपालिका-४ पननीकी १४ वर्षीया सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशुको मृत्यु भएको हो ।

कारको ठक्करबाट शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् ।

आज सोमबार बिहान ५ बजेतिर भएको दुर्घटनाका घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए ।

ठक्कर दिएर फरार कार र चालकको खोजी भइरहेको अर्यालले बताए ।



source https://www.onlinekhabar.com/2022/10/1211000

Sunday 30 October 2022

ट्वीटर अकाउन्ट भेरिफिकेसन प्रक्रियामा बदलावको तयारी, के शुल्क तिर्नुपर्छ ?

१४ कात्तिक, काठमाडौं । सोसल मिडिया प्लाटफर्म ट्वीटरले भेरिफिकेसन (निलो संकेत चिह्न) पाउने प्रक्रिया परिवर्तन गर्ने तयारी गरेको छ । यसै सन्दर्भमा ट्वीटरले अब शुल्क लिएर मात्रै भेरिफिकेसन संकेत चिह्न प्रदान गर्ने मिडिया रिपोर्टहरु पनि आइरहेका छन् तर यसको पुष्टि भइसकेको छैन ।

अमेरिकी अरबपति एलन मस्कले एक युजरको ट्वीटमा प्रतिक्रिया दिंदै भेरिफिकेसन प्रक्रिया अब पूर्णरुपमा परिवर्तन हुने भनेर लेखेपछि अहिले यसबारे विश्वभर बहस भइरहेको छ । यद्यपि मस्कले त्यसबारे विस्तृतमा केही उल्लेख गरेका छैनन् ।

एक मिडिया रिपोर्टका अनुसार ट्वीटर अकाउन्ट भेरिफाइ गर्न र भेरिफाइड भइसकेपछि पनि निश्चित शुल्क लिने तयारी भइरहेको छ । द भर्जले लेखेको समाचार अनुसार ट्वीटर अकाउन्ट भेरिफाइ गर्न १९.९९ अमेरिकी डलर र भेरिफाइड भइसकेपछि मासिक ४.९९ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ । भेरिफाइड भएको संकेत चिह्न (ब्लु टिक मार्क) लिइराख्ने र नलिने भनेर निर्णय गर्न ९० दिनको समय सीमा दिइने छ । एलन मस्कले यसबारे निर्णय लिन आफ्ना कर्मचारीहरुलाई नोभेम्बर ७ सम्मको समयसीमा दिएको समाचारमा उल्लेख छ ।

ट्वीटरले भेरिफाइड अकाउन्ट युजरलाई निलो रंगको संकेत चिह्न दिन्छ । यसबाट व्यक्ति वा संस्थाको यो आधिकारिक ट्वीटर अकाउन्ट हो भनेर पहिचान गर्न सजिलो हुन्छ ।

हाल ट्वीटरमा सबैको भेरिफाइड संकेत चिह्न हटाउन माग उठेको छ । १०० भन्दा कम फलोअर्सले भेरिफाइडको संकेत चिह्न पाएको तर हजारौं फलोअर्स भएकाले पनि नपाएको भन्दै सबैको संकेत चिह्न हटाउनुपर्ने माग उठेको हो । त्यसैले अहिले #Remove_all_BlueTicks ह्यासट्याग ट्रेन्डिङमा छ ।



source https://www.onlinekhabar.com/2022/10/1210907

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठको समापन गरिंदै, मधेश प्रदेशमा बिदा 

१४ काठमाडौं, धनुषा । आज छठको अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्वको औपचारिक समापन गरिंदैछन् ।

छठ पर्वका अवसरमा आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । बर्तालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरेका हुन् । छठमा सूर्यदेवको उपासना गरिन्छ ।

मधेश प्रदेशको राजधानी जनकपुरधामका गङ्गासागर, धनुष सागरलगायत नदी/खोला किनार र पोखरीमा बर्तालुहरूले सूर्यलाई अर्घ्य दिएका थिए ।

निर्जल र निराहार व्रत बसेका बर्तालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । अर्घ्य दिँदै गर्दा बर्तालुहरूले सूर्यलाई आफ्नो मनोकाङ्क्षा सुनाउँछन् र पूरा गरिदिन आग्रह गर्छन् । यस दिनलाईं ‘सौँझकारक’ पनि भनिन्छ ।

आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका उनीहरूले आज बिहानै उदाउँदो सूर्यलाई अरंघ्य दिएका छन् । यससँगै छठको औपचारिक समापन हुँदैछ ।

मधेश प्रदेशमा आज सार्वजनिक बिदा 

 मधेश प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन सार्वजनिक बिदा दिएको छ ।

सङ्घ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन पारन दिनसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिएका हुन् ।



source https://www.onlinekhabar.com/2022/10/1210864

केपी ओलीसँग नैतिकता नै छैन : घनश्याम भूसाल

१३ कात्तिक, रुपन्देही । नेकपा एमालेका पूर्वउपमहासचिव घनश्याम भूसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन् ।

नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनर्स्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाइ थियो ।

आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भूसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरुले त्यसको विरुद्धमा आन्दोलन गर्नु परेको जिकीरसमेत गरे ।

सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्देही-१ का प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवार बनेका उनले ओलीमा पछिल्लो पटक प्रधानमन्त्री बनेपछि दम्भ चढेको र त्यसले संविधानमाथि नै आक्रमण गरेपछि आफूहरुले विरोध गर्नु परेको उल्लेख गरे ।

भूसालले भने, ‘केपी ओलीजीलाई छोडेर उहाँको दम्भ, अहंकार त्यसलाई इन्कार गरेर, तिरस्कार गरेर, त्यसलाई खारेज गरेर हामी सडकमा निक्लनुपर्ने भो र हामीले आन्दोलन गर्‍यौं । अदालतमा मुद्दा चल्यो । अदालतले संसदलाई पुनर्स्थापित गरिदियो । संसदलाई पुनर्स्थापित गरिदिएपछि कोही पनि थोरै पनि नैतिकता भएको मान्छे हुन्थ्यो भने आफैले विघटन गरेको संसदको त्यो संसद पुनस्र्थापित भएपछि त उहाँले प्रधानमन्त्रीबाट होइन कि सांसदबाटै राजीनामा दिनु पर्दथ्यो ।अह दिनु भएन ।’

नेता भूसालले नेपाली जनताले ठूलो रगत र पसिना बगाएर ल्याएको संविधानको बर्खिलापमा ओली लागेको आरोपसमेत लगाए । त्यसक्रममा उनले ओलीले संविधानलाई कागजको खोष्टोमा परिणत गराउने दुश्साहस गरेको जिकीरसमेत गरे ।



source https://www.onlinekhabar.com/2022/10/1210604

वीरगञ्जको घडीअर्वा पोखरी नजिकै युवक मृत भेटिए

१३ कात्तिक, वीरगञ्ज । वीरगञ्जको घडीअर्वा पोखरी नजिकै एक युवक मृत भेटिएका छन् । पर्साको पकाहामैनपुर गाउँपालिका वडा नं १ धोरे बस्ने ३५ वर्षीय राजु दास मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले  बताए ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) गिरीका अनुसार वीरगञ्ज महानगरपालिका–१० घडिअर्वा पोखरीको पश्चिमतर्फको गेट नजिकै नालामा बिहान सवा उनी मृत अवस्थामा भेटिएका हुन् ।

‘नालामा टाउको तल र खुट्टा माथि रहेको अवस्थामा शव भेटिएको छ। घटनास्थल जाँच मुचुल्का तयार गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएका छौं ।’ डीएसपी गिरीले भने ‘ मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्छ ।’

नालामा पुरुष व्यक्ति मृत भेटिएको खबर आएपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय विर्ताबाट अनुसन्धान अधिकृतसहितको टोली खटाइएको छ । मृतकको शरीरमा कुनै पनि चोटपटक नदेखिएको डीएसपी गिरीले बताए ।



source https://www.onlinekhabar.com/2022/10/1210547

Saturday 29 October 2022

वीरगञ्जमा छठका सामान किनबेच गर्नेको घुइँचो

१२ कात्तिक, वीरगञ्ज । वीरगञ्जमा छठ पर्वका लागि आवश्यक पर्ने सामान किनबेच गर्नेको घुइँचो लागेको छ । घण्टाघर, मीनाबजार, रेल्वे रोड टाँगा स्टेसन, माइस्थान, मुर्ली लगायतका ठाउँमा सामान्य दिनमा भन्दा बढी भिडभाड देखिएको हो ।

घण्टाघरदेखि माइस्थानसम्म पार्किङ गर्न राखिएको मोटरसाइकल दुई-तीन गुणा बढेको छ । छठ पर्वकै कारण आर्थिक नगरी वीरगञ्जमा समान्य दिनको तुलनामा मानिसहरुको चहल पहल बढेको व्यापारीहरु बताउँछन् ।

छठ पर्वका लागि आवश्यक समान जोहो गर्न मानिसहरु वीरगञ्ज र आसपासका गाउँबाट बजार आएका छन् । गाउँघर, छठघाट र स्थानीय एफएम रेडियो छठका गीतले गुञ्जायमान छन् । वीरगञ्ज लगायत तराई मधेसका बजारहरुमा छठ पूजाको लागि चाहिने पूजन तथा प्रसाद सामग्री, माटोका तथा अन्य भाडाँवर्तन, लत्ता कपडा इत्यादिको किनमेल बढेको छ । अदुवा, मुला, केरा, माटोका भाडा र बाँसको चोयाबाट बनेका सामाग्रीहरु बिक्रिका लागि राखिएका छन् ।

वीरगञ्जमा प्रायः चाडमा सडकमै बजार लाग्ने गर्छ । वडा दशैंमा जस्तै छठ पर्वको बजार पनि मुख्य सडकमै लाग्ने गरेको छ । त्यसैले मानिसहरुको चहलपहल पनि यहि क्षेत्रमा बढी हुने गर्छ । लत्ता कपडाका लागि भने वीरगञ्ज सिटी मार्केटमा बढी भिड देखिएको छ ।

वीरगञ्ज बजार छठ पर्वमा ‘कोशी भर्न’का लागि आवश्यक सामग्रीले ढाकिएका छन् । जसमा बोटसहितको अदुवा, पिडालु, पात सहितको मुला, वेसार, बोडी, नरिवल, स्याउ, सुन्तला, केरा लगायतका कृषिजन्य उपज हुने गर्दछ । अर्घका लागि कसैली -सुपारी), इलाइची, ल्वाङ, सिन्दुर लगायतका समान चाहिन्छ ।

कोशी भर्न आवश्यक सामान २ सय रुपैयाँ किलोमा किनबेच भइरहेको छ । छठ पर्वमा बोट सहितको अदुवा, पात सहितको मुला आवश्यक पर्छ । किसानको खेतबारीमा उब्जनी हुने सामान नै छठमा प्रयोग हुन्छ । तर सबैले खेती गर्दैनन्, खेती गर्नेकोमा पनि सबै सामान हुँदैन । त्यसैले छठको ब्रतका लागि आवश्यक सामग्रीहरु मानिसहरुले बजारबाट खरिद गरेर लैजान्छन् ।

घण्टाघरबाट पूर्व लिंकरोडको किनारमा लहरै बाँसको चोयाले बनेको छैटी बेच्न राखिएको छ । छैठीमा छठ गर्न आवश्यक सामान राखेर घाटसम्म लैजाने चलन छ । बाराको फेटा गाउँपालिका- २ का नरसिंह राम पनि छैटी बेच्न बसेका छन् ।

यो बेचेर घर फर्केपछि थप छैटी बनाएर आइतबार बजारमा ल्याएर बिक्रि गर्ने उनले बताए । ‘बाँस ल्याउ, चिरेर मिलाउ अनि बनाउ, कम्तीको दुःख छैन’, उनले भने, ‘तर पेट पाल्नका लागि काम त गर्नुनै पर्छ । ‘ उनले शुक्रबार ११ वटा छैटी बेचेका रहेछन् ।

सत्येन्द्र कुमार त्यस्तै व्यापारी मध्येका एक हुन् । भारतको बिहार राज्य हाजीपुरबाट उनी सहित ३ जना केरा बेच्न वीरगञ्ज आएका हुन् । उनीहरुले पोकेको र हरियो गरेर २७५ घरी केरा बजारमा बेच्न राखेका छन् । ८ सय रुपैयाँ घरी वा सय रुपैयाँ दर्जनमा केरा पाईन्छ । काँचो होस वा पाकेको दुवैखाले केरा छठमा प्रयोग गर्न सकिन्छ ।

छठ पर्वका लागि आवश्यक सामाग्री सहित वीरगञ्ज-१६ नगवाकी शिव कुमारीले माइस्थान मन्दिर जाने सडकमा पसल थापेकी छन् । तर माईस्थानमा यसपटक खासै व्यापार नभएपछि उनी दिक्क छिन् । अरु बेला माइस्थान मीना बजारमा तरकारीको व्यापार गर्ने उनी छठ पर्वमा कोशी भर्ने र अर्घ दिने समान बिक्रि गर्छिन् । सुथनी, अरुनी, बोडी, आदि (अदुवा), हर्दी (बेसार), निम्बु (कागती), मुरही (मुला) पसलमा राख्छिन् ।

‘हरेक वर्ष माईस्थानको बीच सडकमै पसल लगाउने गरेको थिएँ । तर यसपालि वीरगञ्ज महानगरले बीचमा पसल लगाउन दिएन । मन्दिर प्रवेश गर्ने ठाउँमा पनि डिभाइडर राखिएको छ । घण्टाघरतिर जस्तो मान्छे आईरहेका छैनन्’, उनले भनिन् ‘१ लाख रूपैयाँ ऋण लिएर समान किनेको छु । बिक्री भइरहेको छैन, ओइलिन थालेको छ । ? ‘

कात्तिक शुक्ल चौथी तिथीका दिनबाट भने विधिवत रुपमा छठ आरम्भ हुन्छ । सप्तमीका दिन बिहान उदाउँदो सुर्यलाई अर्घ दिएपछि मात्रै छठ सम्पन्न हुन्छ । छठी मातालाई अर्पण गरिने अन्य प्रसादहरुमा स्याउ, केरा, सुन्तला, पानी सहितको काँचो नरिवल, उखु, हरियो बोडी, पानी सिङगडा, भोगटे, मुला, बोट सहितको अदुवा, सिजनका फलफुल र हरियो तरकारीहरु हुन् ।



source https://www.onlinekhabar.com/2022/10/1210495

टस जितेर एपीएफविरुद्ध बलिङ गर्दै आर्मी, सोमपाल र सोनु बेन्चमा

१३ कात्तिक, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा दुई विभागीय टोली नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब मैदान उत्रिएका छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले टस जितेर बलिङ रोज्दै एपीएफलाई पहिले ब्याटिङको निम्तो दिएको छ ।

आर्मी विनोद भण्डारीको कप्तानीमा खेल्दैछ भने एपीएफको नेतृत्व शरद भेषावकरले गरेका छन् । आर्मीका सोमपाल कामीसहित सोनु तामाङ र आकाश चन्द बेन्चमा छन् ।

विनोदसँगै राजेश पुलामी मगर, रोहित कुमार पौडेल, भीम सार्की, शरिबहादुर चौहान, कुशल मल्ल, अर्जुन साउद, सुशन भारी, शाहब आलम, विक्रम सोब र जितेन्द्र मुखिया पहिलो रोजाईमा खेल्दैछन् ।

यस्तै एपीएफको पहिलो रोजाइमा शरदसँगै कमल सिंह ऐरी, सुमित महर्जन, सन्दिप जोरा, अमर सिंह राउटेला, भुवन कार्की, प्रदीप ऐरी, लोकेश बहादुर बम, किशोर महतो र मौसम ढकाल छन् । आयुस्मान बम, दीपक बोहरा र पुरन विक बेन्चमा छन् ।

मूलपानी मैदानमा समूह ‘बी’ मा रहेका नेपाल पुलिस क्लब र बागमती प्रदेशको खेल सुरु भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले यो समाचार तयार पार्दासम्म ४ ओभरमा विना क्षति ३० रन बनाएको छ ।



source https://www.onlinekhabar.com/2022/10/1210459

सूर्यदेवको आराधना गरी मनाइँदै छठ

१३ कात्तिक, काठमाडौं । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठपर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । सूर्यको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयाँै चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौँ असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।

साम्व पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आराधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठपर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई बर्तालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । अर्थाभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

 व्रतविधि    

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना¬) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको गुह्येश्वरी गौरीघाट छठपूजा समिति गुह्येश्वरीका अनिल सिंहले बताए ।

‘षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ’, उनले भने ।

कात्तिक शुक्ल पक्षमा विधिपूर्वक सूर्यको पूजा आराधना गरी अघ्र्य दिएमा चर्म अर्थात् छालारोग लाग्दैन भन्ने धार्मिक विश्वास छ । विसं २०४६ अघि तराईको सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रिय स्वरुप ग्रहण गरेको छ ।

विसं २०४६ देखि नै सरकारले यो पर्वका अवसरमा राज्यभर सार्वजनिक बिदा दिने गरेकामा विगतका केही वर्ष यो बिदा काटिएकामा गत वर्षदेखि फेरि सरकारले बिदा दिन सुरु गरेको छ ।

छठपर्वका लागि राजधानीको गुह्येश्वरीबाट गौरीघाट क्षेत्र, गहनापोखरी, नागरपोखरी, कमलपोखरीलगायत वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा सजावट गरिएको छ ।

छठका बर्तालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कात्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखो अर्थात् सात्विक भोजन गरेर बस्छन् ।



source https://www.onlinekhabar.com/2022/10/1210406

स्वार्थको द्वन्द्वसम्बन्धी कानुन ल्याउने कांग्रेसको घोषणा

१२ कात्तिक, काठमाडौ । नेपाली कांग्रेसले शनिबार सार्वजनिक गरेको चुनावी घोषणा पत्रमा स्वार्थको द्वन्द्वसम्बन्धी कानुन ल्याउने प्रतिवद्धता जनाएको छ ।

स्वार्थको द्वन्द्व नियन्त्रणसम्बन्धी कानुनको अभावमा स्थानीय तहदेखि संघीय संसदसम्म स्वार्थ समूहको प्रभावमा परिरहेको भन्ने सम्बन्धमा प्रश्न उठिरहेका बेला कांग्रेसले आफ्नो घोषणा पत्रमा स्वार्थको द्वन्द्वसम्बन्धी एकीकृत कानुनसम्बन्धी कानुन ल्याउने प्रतिवद्धता जनाएको हो । कांग्रेसको घोषणापत्रमा हामी के गर्छौं भन्ने खण्डमा भनिएको छ, ‘स्वार्थको द्वन्द्वसम्बन्धी एकीकृत कानुन तर्जुमा गर्नेछौं ।’

कांग्रेसले स्वार्थको द्वन्द्व सिर्जना हुने कुनै पनि निर्णय र नीतिगत प्रक्रियामा संलग्न नहुने पनि प्रतिवद्धता जनाएको छ । घोषणापत्रको हामी के गर्दैनौं खण्डमा कांग्रेसले भनेको छ ‘स्वार्थले द्वन्द्व सिर्जना हुने कुनैपनि निर्णय वा नीतिगत प्रक्रियामा संलग्न हुने छैनौं ।’

अध्येता किरण चापागाई सुशासन स्थापनामा यो महत्वपूर्ण हुनसक्ने ठान्छन् । उनी भन्छन्, ‘स्वार्थको द्वन्द्व व्यवस्थापन गर्ने कानुनको अभावमा यो पक्ष संवोधन गर्न हामी पछि परिरेहका थियौ । संविधानले कल्पना गरेको सुशासन प्राप्त गर्न यसले सघाउ पुर्‍याउने छ ।’



source https://www.onlinekhabar.com/2022/10/1210275

कांग्रेसको घोषणापत्र : ७ प्रतिशतको आर्थिक वृद्धि, साढे १२ लाख नयाँ रोजगारी

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच वर्षमा साढे १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने चुनावी बाचा गरेको छ ।

शनिबार सार्वजनिक चुनावी घोषणापत्रमा कांग्रेसले सूचनाप्रविधि, उद्योग, पर्यटन, निर्माण यातायातलगायतका क्षेत्रमा वार्षिक साढे २ लाख नयाँ रोजगारी सिर्जना गर्ने संकल्प गरेको हो ।

नेपाल श्रमशक्ति सर्वेक्षणको आँकडाअनुसार नेपालका करिब ७० लाखभन्दा बढी जनसंख्या विभिन्न रोजगारी र स्वरोजगारमा आवद्ध छन् भने वार्षिक पाँच लाख हाराहारी जनशक्ति श्रम बजारमा आउने गरेका छन् । तर, २०७७/७८ मा दर्ता भएका २०३ नयाँ उद्योगले जम्मा ११ कजार ८३३ रोजगारी मात्र प्रस्ताव गरेको छ भने लोकसेवा आयोगले तीन हजार ७५४ जनाको मात्र विज्ञापन गरेको छ ।

लाखौंको संख्यामा रोजगारी सिर्जना गर्न ठूलै संरचनात्मक पहल चाहिने भन्दै कांग्रेसले आर्थिक क्षेत्रको विद्यमान नीतिगत, कानुनी र प्रक्रियागत अड्चनमा व्यापक नयाँ चरणको ओम्निवस सुधार गर्दै न्यूनतम ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।

उसले उद्योग, निजी क्षेत्रका छाता संगठन, तीन तहको सरकार र सीटीईभीटीको सामूहिक पहलमा अप्रेनटिससीप कार्यक्रम र रोजगारी सिर्जनाका लागि बजारले मागेको युवाले रोजेको तरुण सीप वृत्ति कार्यक्रम ल्याउने बताएको छ ।



source https://www.onlinekhabar.com/2022/10/1210251

Friday 28 October 2022

न्यान्सी पेलोसीका पतिमाथि आक्रमण, अवस्था गम्भीर

१२ कात्तिक, काठमाडौं । अमेरिकी प्रतिनिधि सभाका सभामुख न्यान्सी पेलोसीका श्रीमान् पाउल पेलोसीमाथि आक्रमण भएको छ । पेलोसीको सन फ्रान्सिस्कोस्थित घरमा घुसेर आक्रमणकारीले हथौडाले ‘आक्रमण’ गरेको बीबीसीले खबर लेखेको छ ।

आक्रमणपछि उनलाई अस्पतालमा भर्ना गरेर शल्यक्रिया गरिएको छ । आक्रमणमा परी ८२ वर्षीय पाउल पेलोसीको टाउकोको हड्डी भाँचिएको छ । साथै, उनको दाहिने पाखुरा र हातमा गम्भीर चोट लागेको छ । पल पेलोसीका प्रवक्ता ड्र्यू ह्यामिलका अनुसार आक्रमण शुक्रबार बिहान भएको हो ।

४२ वर्षीय आक्रमणकारीले जबरजस्ती पेलोसीको घरमा पसेपछि न्यान्सी पेलोसीलाई भेट्न माग गरेको बताइएको छ । हत्या प्रयासको आरोपमा ती व्यक्ति पक्राउ परेका छन् । उनी घरको पछाडिको ढोकाबाट पसेका थिए । आक्रमणको कारण भने खुल्न सकेको छैन ।

सन फ्रान्सिस्को प्रहरी प्रमुख विलियम स्कटले पाउलमाथि ४२ वर्षीय डेभिड डिपेपले आक्रमण गरेको बताए । घर पसेपछि उनले न्यान्सी कहाँ छ भन्दै चिच्याएका थिए । प्रहरी घटनास्थलमा पुग्दा हतौडा समातिरहेका पावल भाग्न खोजिरहेका थिए । प्रहरीले आक्रमणकारीलाई नियन्त्रणमा लिन टाउकोमा प्रहार गरेको थियो ।

आक्रमण हुँदा पल पेलोसीकी पत्नी न्यान्सी पेलोसी राजधानी वासिङ्टन डिसीमा थिइन् । घटनाको जानकारी पाएलगत्तै उनी त्यहाँबाट अस्पताल पुगेकी छिन् ।

प्रवक्ता ह्यामिलका अनुसार पल पेलोसीको आक्रमणपछि जुकरबर्ग सान फ्रान्सिस्को जनरल अस्पतालमा शल्यक्रिया गरिएको छ र चिकित्सकहरूले पूर्ण निको हुने आशा व्यक्त गरेका छन् ।



source https://www.onlinekhabar.com/2022/10/1210239

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

१२ कात्तिक, जनकपुरधाम । सूर्य भगवान एवम् दिनानाथको पूजाआजा गरी अत्यन्त नियम निष्ठापूवर्क मनाइने छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ ।

आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खिर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ ।

दिनभर उपवास बसेका छठ व्रतालुले आज साँझ नियम निष्ठाकासाथ खिर बनाएर आफू ग्रहण गर्नुको साथै घरपरिवारका सदस्यहरुलाई खान दिन्छन् ।

सन्तान एवं पारिवारिक सुखसमृद्धिको कामना गरी चारदिनसम्म मनाइने छठ व्रतालुहरुले नुहाएर अरबा अरबाइन एवं चोखो खाने खाएका कुरा खाएपछि शुक्रबार विधिवत रुपमा सुरु भएको हो । त्यस अघि व्रतालुहरुले माछा र कोदो बारेका थिए ।

भोली आइतबार छठ पर्वको मुख्य दिन रहेको छ । छठको पूजा सामग्री जलासय घाटमा लगेर अस्ताउँदो सूर्य र सोमबार उदाउँदो सूर्यको अर्घ दिइन्छ ।

चारदिनसम्म मुख्य विधि गरी मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरुले नुहाएर चोखो एवं अरबा अरबाइन खाने, दोस्रो दिन प्रसादको रुपमा खिर ग्रहण गरी खरना गर्ने, तेस्रो दिन अस्ताउँदो सूर्य र चौथो दिन विहान उँदाउँदो सूर्यको अर्घ दिएपछि समापन हुन्ो गर्दछ ।

छठको मुख्य दिन अर्थात अस्ताउँदो सूर्यको अर्घ दिने दिनलाई सौझकारक र अन्तिम दिन अर्थात उदउँदो सूर्यलाई अर्घ दिने दिनलाई पारन भनिन्छ ।

यस पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हातीलागयतको सामग्रीहरु चढाइन्छ । त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।

अर्घ दिने व्रतालु ४८ घन्टासम्म पानी पनि नखाइ उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

मधेशमा छठको तयारी तीव्र

जनकपुरधाम लगायत तराई मधेशबासी अहिले पूर्णरुपमा छठपर्वको तयारीमा जुटेका छन् ।
छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा घुइँचो लाग्ने गरेको छ ।

त्यस्तै आदिदेव सूर्य भगवानलाई अर्घ दिन पोखरी, सरोवर, नदी, तलाउ, पोखरी, इनार लगायतको जलाशयको किनारमा घाटलाई सृंगारिने काम भइरहेको छ ।

खास गरी जनकपुरको धार्मिक तथा ऐतिहासिंक पोखरी तलाउ गंगासागर, धनुसागर, अंगराजसर, दशरथ तलाउलगायतको पोखरीहरुलाई सजाएर झकिझकाउ बनाउने कार्य जारी छ ।



source https://www.onlinekhabar.com/2022/10/1210235

नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

१२ कात्तिक, भरतपुर । वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाब बढपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन् ।

असार, साउन र भदौ महिनामा उक्त नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरन्जन लिने आन्तरिक पर्यटकहरुको भीड नै लाग्न थालेको छ ।

 यसबर्ष ढिला सुरु भएको र मनसुनका कारण नदीमा दशैँसम्म बाढी आएकाले मोटरबोट सञ्चालनमा ढिलाइ भएको नारायणी मोटरबोट व्यवसायी संघका अध्यक्ष अशेष मल्लले बताए । उनले अब जेठसम्म नियमित मोटरबोट सञ्चालन हुने र बिदाको दिन मोटरबोट चढ्न आउनेको सख्या उल्लेख्य हुने गरेको अध्यक्ष मल्लले जानकारी दिए ।

विसं २०७६मा एउटा बाट सुरु भएको मोटरबोट अहिले साना ठूला गरी २० वटा सञ्चालनमा रहेका छन् । मोटरबोट कम्पनीले अहिले दुई ठाउँबाट सेवा दिइरहेका छन् । नारायणीको पुलदेखी मजुवा टापु पोखरा बसपार्कसम्म छोटो दूरी र मजुवा टापु पोखरा बसपार्कदेखि गैडाकोटको राधाकृष्ण मन्दिरसम्म लामो दूरी तोकिएको छ ।

एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् । यस्तै साना मोटरबोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति २५० र लामो दूरीमा प्रतिव्यक्ति ५०० तोकिएको छ । त्यहाँबाट उठेको रकमको २० प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ ।

नारायणीमा ४० एचपीको इन्जिनदेखि दुईसय एचपीको इन्जिनसम्मका बोट रहेको अध्यक्ष मल्लले जानकारी दिए । उनले दैनिक चारसयदेखि पाँचसय जनाले नारायणीमा मोटरबोट चढ्ने गरेको बताए । बिदाको दिनमा भने एक हजार जनासम्मले मोटरबोट चढ्ने गरेका छन् ।

नदी किनारमा घुम्न आउने अधिकाँस आन्तरिक पर्यटकहरु यहाँ जलबिहार गर्न रुचाउँछन् । यो यात्रामा यात्रुले नगरवन, गैंडाकोट, रिभरक्विन टापु, मौलाकालिका मन्दिर, हिमशृङ्खलालगायतको दृश्यावलोकन गर्न पाउँछन् ।



source https://www.onlinekhabar.com/2022/10/1210224

सुनसरीमा २ वटा मोटरसाइकल ठोक्किंदा ३ जनाको मृत्यु

११ कात्तिक, इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङ बूढीगङ्गा-१ का ३० वर्षीय ओजराज लुइँटेल, धरान–१५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राइले जानकारी दिए ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को४प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना गम्भीर घाईते भएका थिए ।

गम्भीर घाइते भएका तीनै जनाको उपचारको क्रममा विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/10/1210222

Thursday 27 October 2022

औलो, डेंगु र कालाज्वर हिमालतिर फैलँदै

पछिल्लो समय कीटजन्य रोगहरू फैलिरहेका छन् । अहिले डेंगु, मलेरिया, हात्तीपाइले, कालाज्वर, चिकनगुनिया, डेंगु, स्क्रब टाइफसलगायतका कीटजन्य रोग बढी रिपोर्टिङ हुने गरेका छन् । त्यसमध्ये कालाज्वर, मलेरिया, हात्तीपाइले रोगहरू निवारणको चरणमा छन् । मलेरिया रोग निवारण गर्न एक किसिमको रणनीतिक कार्यक्रम चलाइरहेका हुन्छौं, त्यसको ठीक विपरित यी रोगहरू हिमालका जिल्ला वा वर्षौंसम्म नदेखिएका जिल्लामा पुनः दोहोरिरहेका छन् ।

केही वर्ष अगाडिसम्म सीमित ठाउँमा देखिंदै आइरहेको मलेरियाको संक्रमण फरक ठाउँमा पनि देखिनुमा दुई मुख्य कारण मान्न सकिन्छ । पहिलो आयातित भएर, दोस्रो स्थानीय केस वर्षौंपछि पनि देखिएर । अघिल्ला वर्ष नदेखिएका जिल्लामा यस वर्ष धेरै जिल्लामा मलेरियाको केस देखिएको छ ।

कीटजन्य रोग फैलिनुको कारण जलवायु परिवर्तन मुख्य हो । जलवायु परिवर्तनले मानव स्वास्थ्यमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पार्ने गर्छ । जलवायु परिवर्तन भनेको तापक्रम बढ्दै जानु, अस्वाभाविक रूपले वर्षा हुनु र बाढी आउनु, शीतलहर जस्ता प्राकृतिक परिवर्तन हुनु हो ।

यो परिस्थितिमा कालाज्वरलाई हेर्दा यो तराईबाट पहाड र पूर्वबाट पश्चिम फैलिएको छ । हात्तीपाइले रोगलाई सन् २०३० सम्ममा निवारण गर्ने लक्ष्य लिएका छौं । अहिले जिल्लामा फैलिरहेको हात्तीपाइले रोग निवारण गर्नका लागि पनि अझै वर्षौं लाग्ने भएकाले ठूलो चुनौती छ । अहिलेसम्म कपिलवस्तु, मोरङ, झापा हात्तीपाइलेबाट प्रभावित छन् ।

हात्तीपाइले रोग निवारण गर्न नसक्नुमा नागरिकहरूले औषधि सेवन गर्न नमान्नु हो । त्यसैगरी, मलेरिया आयातित बढ्नु हाम्रो लागि चुनौती हो । अहिले कालाज्वर बढी बालबालिकामा देखिन थालेको छ । अध्ययन, अनुसन्धान नभएको हुनाले यही नै कारणले भएको हो भन्न सकिने अवस्था छैन । यसका लागि थप अध्ययन, अनुसन्धान हुन जरूरी छ

कीटजन्य रोग डेंगु अपेक्षा नगरेको हिसाबले फैलिरहेको छ । डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेपछि हुने हुन्छ । सामान्यतः एडिस एजेप्टाई शहरी बस्तीमा बस्ने गर्छ । पहिले एडिस एल्वौपेक्टस झाडी तथा जंगलमा पाइन्थ्यो । तर, यो प्रजातिको लामखुट्टेको बसोबास क्षेत्रमा परिवर्तन आएको छ ।

हामीले हालसालै काठमाडौं, ललितपुर र दाङमा केही नमुनामा अध्ययन गरेका थियौं । त्यस अध्ययनमा एडिस एल्वौपेक्टसका प्रजाति प्रशस्त मात्रामा भेटिएको छ । काठमाडौं उपत्यकामा एडिस एल्वौपेक्टसका प्रजाति पाइन्छ भन्ने अनुमान गरेका थिएनौं । तर, उपत्यकाका जिल्लामा प्रशस्त मात्रामा यो प्रजाति भेटियो ।

यसले डेंगुको जीवाणुमा केही परिवर्तन आइरहेको देख्न सकिन्छ । त्यसैगरी, पहिलेदेखि नै फाट्टफुट्ट देखिने यो रोग वर्षात् शुरू भएदेखि यस वर्ष प्रकोपकै रूपमा देखियो । कालाज्वर, मलेरिया, स्क्रब टाइफस तथा डेंगुलाई हिमाली क्षेत्र जानुको कारण ‘भेक्टर’को व्यवहार परिवर्तन हुनु हो ।

त्यसैगरी, जापानिज इन्सेफ्लाइटिस पनि चितवन, हेटौंडा, नवलपरासीतिर फैलिरहेको छ । कीटजन्य रोगहरू तराईबाट हिमाल चढ्ने मात्रै होइन, निवारण भइसकेको जिल्लामा पनि पुनः संक्रमण देखिनु हाम्रो लागि चुनौती हो । उदाहरणकै लागि कपिलवस्तुमा हात्तीपाइलेको औषधि खुवाएको हामीले झण्डै दुई दशक पुग्न लागिसकेको छ । तर यहाँ यो अझै फैलँदो क्रममा छ ।

तराईको कीटजन्य औलो (मलेरिया), डेंगु, कालाज्वर लगायतका रोग जलवायु परिवर्तनका कारण गर्मी ठाउँबाट पहाड एवं हिमालतिर सरिरहेका छन् । यसले गर्दा रोग नियन्त्रणमा चुनौती थपिएको छ । पहाडी र हिमाली क्षेत्रमा पनि ‘भेक्टर डिजिज’ का लागि वातावरण बन्न थालेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा सबै ‘भेक्टर’को सँगै हुने गरी सर्भिलेन्स गर्ने तयारीमा छ । अहिलेका लागि सर्भिलेन्स गर्न पनि कीटरोग विशेषज्ञको सरकारी दरबन्दी नहुँदा चुनौती देखा परेको हो । कुन-कुन ‘भेक्टर’ कुन क्षेत्रमा सर्भिलेन्स भएपछि प्रष्ट पार्न सकिन्छ । यद्यपि, हामीले केही भेक्टर समय-समयमा सर्भिलेन्स गर्दै आएका छौं ।

जलवायु परिवर्तनदेखि अन्य कारणले गर्दा उच्च भूभागमा तापक्रम बढिरहेको छ भने वषर्ाको दरमा समेत परिवर्तन भइरहेको छ । जसका कारण यस वर्ष डेंगुले सबै जिल्ला प्रभावित बनायो । डेंगु फैलिनुको मुख्य कारण फोहोरमैलाको उचित व्यवस्थापन नहुनु, गाडीका टायरहरू जथाभावी फालिनु, घरमा गमलाको प्रयोग बढिरहँदा लामखुट्टेले कति फुल पारेको छ र कसरी रोकथाम गर्ने भन्ने ज्ञानको अभाव हुनु, गमलाको पानी बारम्बार परिवर्तन गर्नुपर्छ भने ज्ञानको अभाव हुनुलगायतले समस्या भइरहेको छ ।

यसलाई कम गर्ने भनेको लामखुट्टेले जहाँ फुल पार्छ, त्यसलाई नष्ट गर्ने नै हो । त्यसका लागि स्थानीय सरकार, नगरपालिका र व्यक्ति आफैं सजग भएर घर-घरबाट सरसफाइ तथा ‘खोज तथा नष्ट गर अभियान’ सुरु गर्नु आवश्यक छ । अनुसन्धानले देखाएका सबै ठाउँमा यस्ता कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ ।

हाम्रो समाजमा अझै पनि गलत बुझाइहरू कायमै छन् । सुत्ने बेलामा झुल प्रयोग गरेमा सुरक्षित भइहालिन्छ भन्ने सोच छ । डेंगु सार्ने लामखुट्टेले दिउँसोको समयमा टोक्ने गर्छ । तर, दिउँसो मानिसले त्यति ध्यान दिएको हुँदैन ।

पहिलेको अनुसन्धानले देखाएको छ कि, डेंगुबारे धेरै मानिसले सुनेका छन् । तर कसरी त्यसबाट बच्ने भन्नेबारे थाहा छैन । यो जानकारी सबैमा पुर्‍याउनु आवश्यक छ । अहिलेसम्म हामीले केस देखिएपछि मात्रै सर्भिलेन्स गरेका छौं । तर, यसमा अनुसन्धानमै केन्दि्रत भएर सर्भिलेन्स गर्नुपर्ने आवश्यकता छ ।

हात्तीपाइले रोग निवारण गर्न नसक्नुमा नागरिकहरूले औषधि सेवन गर्न नमान्नु हो । त्यसैगरी, मलेरिया आयातित बढ्नु हाम्रो लागि चुनौती हो । अहिले कालाज्वर बढी बालबालिकामा देखिन थालेको छ । अध्ययन, अनुसन्धान नभएको हुनाले यही नै कारणले भएको हो भन्न सकिने अवस्था छैन । यसका लागि थप अध्ययन, अनुसन्धान हुन जरूरी छ ।

(इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. दाससँग अनलाइनखबरकर्मी पुष्प चौलागाईंले गरेको कुराकानीमा आधारित ।)



source https://www.onlinekhabar.com/2022/10/1209945

चितवनमा डेङ्गु सङ्क्रमित २ हजार नाघे

११ कात्तिक, भरतपुर । चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवनका छन् । जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन् । चार सय ५४ सङ्क्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ ।

चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेङ्गु सङ्क्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ ।

यस्तै खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेङ्गु देखिएको केसीले बताउनुभयो । इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

अझै केही समय डेङ्गु सङ्क्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको छ ।



source https://www.onlinekhabar.com/2022/10/1209939

निर्वाचन आयोगको निर्देशन अवज्ञा गर्ने गोविन्द केसीको चेतावनी

११ कात्तिक, काठमाडौं । चिकित्सा शिक्षा सुधारको अभियानमा लागेका डा. गोविन्द केसीले ‘नो नट अगेन’ अभियानविरुद्ध निर्वाचन आयोगले जारी गरेको निर्देशनको अवज्ञा गर्ने चेतावनी दिएका छन् ।

उनले एक विज्ञप्ति जारी गरी आयोगलाई निर्देशन फिर्ता लिन आग्रह गर्दै त्यसो नभएमा आयोगको निर्देशनविरुद्ध अहिंसात्मक अवज्ञा अभियान सुरु गर्ने चेतावनी दिएका हुन् ।

‘आत्मालोचनासहित उक्त विज्ञप्ति तत्काल फिर्ता लिन हामी निर्वाचन आयोगलाई हार्दिक आग्रह गर्दछौं’, उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘अन्यथा, निर्वाचन आयोगबाट प्रकट भएको धम्कीयुक्त चेतावनीको वेवास्ता गरी आम नागरिकको नागरिक तथा राजनीतिक अधिकारको रक्षाको खातिर उक्त विज्ञप्तीको अहिंसात्मक रुपमा अवज्ञा हुने कुरा स्पष्ट गर्न चाहन्छौं ।’

आयोगका पदाधिकारीले आम निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निर्भययुक्त बनाउने भन्दा पनि नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन खोजेको भन्दै उनले आयोगको विज्ञप्तिमा प्रकट भएको भाष्य र मनसायले त्यही पुष्टि गरेको दावी गरेका छन् ।

‘नो नट अगेन’ अभियानलाई निषेध गर्नका लागि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई फौजदारी अभियोगमा सजाय गर्ने मनसाय आयोगबाट प्रकट भएको भन्दै उनले आयोगको निर्णयको आलोचना गरेका छन् ।

उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘वर्तमान राष्ट्रिय राजनीतिलाई वर्षौंदेखि कब्जा गरी बसेको भ्रष्ट सिन्डिकेटको निरन्तरताको लागि निर्वाचन आयोगका पदाधिकारीहरुले पदीय दुरुपयोग गरी गुलामी गरेको स्पष्ट हुन्छ ।’

राज्यसंयन्त्र र दलको नेतृत्वमा बसेर देशलाई कुशासनको दृष्चक्रमा फसाएकाहरुलाई अगामी निर्वाचनबाट किनारा लगाउने चाहना प्रकट गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार रहेको भन्दै डा. केसीले नागरिक तहबाट स्वस्फूर्त रुपमा अभियान चलेको दाबी गरेका छन् ।



source https://www.onlinekhabar.com/2022/10/1209936

मनमोहक भू–दृश्यले फेरिँदै मुस्ताङको मुहार   

११ कात्तिक, जोमसोम (मुस्ताङ) । हिमालपारिको जिल्ला मुस्ताङबाट देखिने मनमोहक भू-परिदृश्यले यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको ध्यान खिच्ने गर्दछन् । मुस्ताङको अनौठो भूगोल नै यहाँका बासिन्दाका लागि आम्दानीको अमूल्य स्रोत बनेको छ ।

धवलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर चिनिने मुस्ताङ प्राचीन सभ्यताका अवशेषहरूका कारण पनि विशेष महत्वको मानिएको हो ।

पछिल्लो समय मुस्ताङ आन्तरिक पर्यटकको समेत प्रमुख गन्तव्य बनिरहेको छ । यहाँ सबैभन्दा बढी सार्क र तेस्रो मुलुकबाट पर्यटक आउने गर्दछन् । पछिल्लो समय आन्तरिक पर्यटकले मुस्ताङमा भीड लाग्ने गरेको छ ।

खासगरी मुस्ताङ मुक्तिनाथ मन्दिर हिन्दू, बौद्ध दुवै धर्ममा आस्था राख्नेहरूको साझा गन्तव्य बनेको जोमसोमस्थित होटल मुस्ताङ ताजका सञ्चालक योगेश शेरचनले बताए ।

सदरमुकाम जोमसोम, कागबेनी, मुक्तिनाथ, लोमान्थाङलगायतका दृश्यले पनि धेरैलाई लोभ्याउने गर्छ । पर्यटकको उल्लेख्य उपस्थितिले स्थानीय अर्थतन्त्रमा फाइदा पुगेको छ । मुस्ताङ नेपालका लागि मात्र नभएर विश्वकै लागि चर्चित बन्न पुगेको छ । विदेशी पर्यटक विशेषतः भिरैभिर पहाडैपहाडको बीचमा साइक्लिङ गर्न रुचाउँछन् ।

पोखरा–बागलुङ राजमार्गलाई मालढुङ्गामा छाडेर बेनी, तातोपानी, रुप्से हुँदै जोमसोम पुगिन्छ । कालीगण्डकी तर्दै पहाड चढ्दै बगर झर्दै जाँदा बाटोमा देखिने हरिया डाँडाका त्यसमाथिबाट बग्ने झरनाको प्रकृतिको मनमोहक सुन्दरताले सहजै मन भुलाउँछ ।

मुस्ताङ सदरमुकाम जोमसोम हो । यसको पूर्वमा मनाङ, पश्चिममा डोल्पा, दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछ । अन्नपूर्ण हिमशृङ्खलाको उत्तरमा पर्ने भएकले यहाँ एकदमै कम पानी पर्दछ । यसको करिब–करिब बीच भाग भएर कालीगण्डकी नदी बग्दछ । प्रायः बस्ती यही नदीको किनारमा अवस्थित छन् ।

हरेक वैशाख र साउनमा जिल्लामा चौँरीको आलो रगत खाने पर्व पनि लाग्छ, नजिकका जिल्लाका बासिन्दाको यहाँ भीड लाग्छ । पोखरादेखि २० मिनेटको हवाई यात्रामा मुस्ताङ सदरमुकाम जोमसोम पुगिन्छ । त्यहाँबाट यातायातका साधनमार्फत करिब एक घण्टामा मुक्तिनाथ पुग्न सकिन्छ । पोखराबाट बसबाटै मुक्तिनाथ जाने हो भने १० घण्टाको यात्रा तय गर्नुपर्छ ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण मुस्ताङमा पछिल्लो समय भौतिक पूर्वाधार निर्माणले गति लिन थालेपछि मुस्ताङको मुहार थप उज्यालिँदै गएको होटल मुस्ताङ मोनालिसाका सञ्चालक विजय हिराचनले जानकारी दिए ।

धवलागिरि, नीलगिरिलगायतका हिमालको काखैमा रहेको मुस्ताङमा सडक कालोपत्र गरिएपछि यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । पक्की सडकले यात्रुलाई सुविधा हुनुका साथै मुस्ताङको सौन्दर्यलाई समेत थप टेवा पुर्‍याएको स्थानीयले बताएका छन् ।

जोमसोमबाट कागबेनीसम्मको सडकको रौनक फेरिएको छ । नयाँ–नयाँ डिजाइनका घर बन्ने क्रम बढेको छ भने नदी तथा खोलामा पुल बनिरहेका स्थानीय छेप्तेन गुरुङले बताए ।

कागबेनीमा होटल चलाउँदै आएका गुरुङका अनुसार मुस्ताङमा याक गुम्बा, निलगिरि, धौलागिरिलगायत हिमाल, ताल, कागबेनी, मुक्तिनाथ मन्दिर, गुम्बा, उपल्लो मुस्ताङमा रहेका धुले पहाड, नेपाल र चीनबीचको सिमाना, स्याउबारीलगायत हेर्न पर्यटक आउने गरेका छन् ।

पछिल्लो समय होटल तथा लजको सङ्ख्या वृद्धि हुने क्रम बढेको छ । स्थानीय तहहरूले आ–आफ्नो पालिकामा विकास गर्ने प्रतिस्पर्धाका कारण मुस्ताङको मुहार फेरिँदै गएको छ ।



source https://www.onlinekhabar.com/2022/10/1209933

गोरखा नगरपालिका-५ का अध्यक्ष रानाको निधन

११ कात्तिक, गोरखा । गोरखा नगरपालिका वडानम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ ।

भाइटीकाको दिन साँझ उनको निधन भएको हो । घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्‍याइएको थियो ।

गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।

युवा संघ नेपालका केन्द्रीय पदाधिकारी समेत रहेका उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

रानाको शव पोष्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ ।



source https://www.onlinekhabar.com/2022/10/1209930

एलन मस्क बने ट्वीटरको मालिक, सीईओ अग्रवालसहित कर्मचारी बाहिरिए

११ कात्तिक, काठमाडौं । एलन मस्कले स्वामित्व लिएसँगै ट्वीटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लगायत माथिल्लो तहका कर्मचारीको बहिर्गमन भएको छ ।

बिहीबारमात्रै मस्क ट्वीटरको केन्द्रीय कार्यालयमा प्रवेश गरेका थिए । त्यसलगत्तै ट्वीटरका सीईओ पराग अग्रवाल, चिफ फाइनान्सियल अफिसर नेड सेगल, लिगल एन्ड पोलिसी एक्जुकेटिभ विजय गाडे र सल्लाहकार सिन एजेड बाहिरिएको अमेरिकी समाचार संस्थाले जनाएका छन् ।

सीईओलगायतका कर्मचारी आफैंले राजीनामा दिएर बाहिरिएका हुन् वा मस्कले ‘फायर’ गरेका हुन् भन्ने खुलेको छैन । केही समय अगाडिमात्रै मस्क र अग्रवालले एकअर्कालाई आलोचना गरेका थिए ।

यसअघि मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किन्ने सम्झौता गरेका थिए । तर, त्यसपछि सम्झौताबाट पछि हटेका थिए । उनी पछि हटेपछि ट्वीटर अदालत पुगेको थियो ।

मस्कलाई अदालतले अक्टोबर २८ (शुक्रबार)सम्म सम्झौता कार्यान्वयन गर्न सीमा तोकिदिएको थियो । अदालतले तोकेको सीमा अगावै उनले सुरुको मूल्य अनुसार नै ट्वीटरको स्वामित्व लिएका हुन् ।

बिहीबार मात्रै हेडक्वाटर पुगेका मस्कले आफ्नो एकाउन्टमा पनि ‘चिफ ट्वीट’ लेखेका छन् ।



source https://www.onlinekhabar.com/2022/10/1209925

हेटौंडाका पत्रकार कौशल पाण्डेकाे निधन

११ कात्तिक, हेटौंडा । हेटौंडाका वरिस्ठ पत्रकार कौशल पाण्डेकाे ७५ वर्षकाे उमेरमा बिहीबार साँझ निधन भएकाे छ । हेटौंडा- ४ कमलडाँडास्थित निवासमा उनकाे निधन भएको हो ।

उनकाे लिभर सिरोसिसको कारण केही महिनाअघि शल्यक्रिया गरिएको थियो । परिवारका सदस्यकाे अनुसार केही समयदेखि उनकाे स्वास्थ्य अवस्था जटिल थियाे । उनकाे पार्थिव शरीर आज शुक्रबार अन्त्येष्टि गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गाैतमले जानकारी दिए ।

पाण्डे २०५८ सालमा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको अध्यक्ष भएका थिए । क्रान्तिकारी पत्रकार संघ मकवानपुरका संस्थापक अध्यक्ष तथा प्रेस सेन्टरका केन्द्रीय सल्लाहकार पाण्डे साहित्यकारको रुपमा पनि परिचित छन्।

हेटौंडाबाट प्रकाशन हुने प्रयास अर्धसाप्ताहिककाे प्रकाशक सम्पादक रहेका उनी प्रेस काउन्सिल पुरस्कारबाट पुरस्कृत र सम्मानित भएका थिए ।



source https://www.onlinekhabar.com/2022/10/1209920

दयाहाङ राईदेखि रेखा थापासम्म : यस्तो रह्यो सेलिब्रेटीको भाइटीका

यतिबेला रेखा थापा चुनावी चटारोमा छिन् । पूर्ववत् नेताहरुको घम्साघम्सी हुने मोरङको चुनावी मैदानमा यी अभिनेत्रीको प्रवेशले छुटै  ग्ल्यामर थपिदिएको छ । गएको भदौदेखि नै रेखा आफ्नो निर्वाचन क्षेत्रमा खटिएकी हुन् ।

सभा-सम्मेलन, घरदैलो कार्यक्रम र निरन्तरजसो सर्वसाधरणसँगको उठबसमा व्यस्त रहिन् उनी । यसैबीच तिहारमा भने उनले विश्राम लिइन् र धुमधामसाथ यो पर्व मनाइन् । अतः कहिले देउसी भैलो समूहसँग मिसिएर रमाइलो गर्न भ्याइन् भने कहिले आफ्नै परिवारको जमघटमा ।

भर्खरै मात्र रेखाले भाइटीकाको फोटो सार्वजनिक गरेकी छिन् । ‘ह्याप्पी टीका’ क्याप्सनसहित रेखाले आफ्ना दाजुभाइ-दिदीबहिनीसँगको फोटो साझेदार गरेकी हुन् ।

अभिनेता दयाहाङ राई चलचित्रकै चटारोमा छन् । यतिबेला हलमा उनी अभिनित चलचित्र प्रदर्शन पनि भइरहेको छ, के घर के डेरा । चलचित्रले राम्रै व्यपार गरिरहेको बताइन्छ । रामबाबु गुरुङको फिल्म ‘फूलबारी’मा पनि दयाहाङ व्यस्त छन् । यही व्यस्तताबीच उनले केही थान फोटो साझेदार गरेका छन्, जसमा उनका छोरो र चेलिबेटीले भाइटीका लगाइदिदै गरेको देखिन्छ । उनले लेखेका छन्, ‘छोराको भाइटीका ।’

‘भाइटीका २०७९’ लेख्दै निर्देशक प्रदीप भट्टराईले पनि फेसबुक पेजमा सयपत्री फूल र सप्तरंगी टीकासहितको फोटो साझेदार गरेका छन् । थाहै छ, यतिबेला उनी फिल्म प्रदर्शनको तयारीमा छन् । एकल पिताको दुखान्तमा बुनिएको कथा लिएर उनी भोलिदेखि देशभरको सिनेमा ‘महापुरुष’ घरमा पुग्दैछन् । यही चलचित्रको प्रचारप्रसारले उनलाई बेफुर्सदिलो बनाएको छ ।

अक्सर दशैं तिहारको बेला गायक÷गायिकाहरु घरमा बस्न पाउँदैनन् । देश विदेशमा हुने कन्सर्टले उनीहरुलाई भ्याइ नभ्याई बनाउँछ । यस्तै अवस्थामा गायक प्रमोद खरेलले तिहार मनाएका छन् । दुई दिनअघि उनले आफ्नो घर आँगनमा बनाइएको रंगोली अघिल्तिर बसेर ‘शुभ तिहार, लक्ष्मी माताले तपाई हामी सबैको कल्याण गरुन्’ लेख्दै फेसबुकमा फोटो साझेदार गरेका थिए । हालै मात्र उनले आफ्ना चेलीसँग भाइटीका मनाइरहेको फोटो फेसबुकमा राखेका छन् ।

यसैगरी अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि धुमधामसाथ भाइटीका मनाएका छन् । आफ्ना दाजुभाइ र चेलीबेटीसँग भाइटीका मनाइरहेको केही थान फोटो राख्दै दीपकले संक्षिप्तमा लेखेका छन्, ‘सप्तरंगी टीका’ ।
गलामा मखमली माला, शीरमा ढाका टोपी अनि नाङ्लोभरी सेलरोटी र फलफूल । दीपकराजको भाइटीका निकै धुमधाम देखिन्छ ।

अभिनेता तथा निर्माता दीपकराज गिरी आफ्ना दाजुभाइ तथा चेलीहरुसँग

निर्देशक प्रदीप भट्टराई आफ्नी चेलीसँग

अभिनेता दयाहाङ राईले पोस्ट गरेको फोटो, जहाँ उनका छोरोले भाइटीका मनाइरहेका छन्

अभिनेत्री रेखा थापा आफ्ना दिदीबहिनी र माइतीसँग भाइटीका मनाउँदै



source https://www.onlinekhabar.com/2022/10/1209837

बाबुरामको प्रश्न : अनर्गल प्रचार गर्ने कुन ग्रहबाट आएका हुन् ?

१० कात्तिक, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफ्नोबारेमा अनर्गल प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।

उनले आफू स्वेच्छाले निर्वाचनको प्रतिस्पर्धामै नहुँदाहुँदै पनि तस्वीर राखेर अनर्गल प्रचार गरिएकोप्रति आपत्ति जनाएका हुन् ।

‘जो स्वेच्छाले चुनावी प्रतिस्पर्धामै छैन र स्वविवेकले भिन्न ढंगगको रूपान्तरणकारी राजनीतिको पैरवी गरिरहेको छ उसको समेत फोटो राखेर अनर्गल दुष्प्रचार गर्नेहरू कुन ग्रहबाट आएका हुन् ?’ उनले प्रश्न गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘ उनीहरूको चर्मचक्षु भएपनि ज्ञानचक्षु छैन कि ? सामाजिक संजालमा फोहर ओकल्नेहरूको हिसाब इतिहासले राख्ने नै छ !’

निर्वाचनको मिति नजिकिएसँगै पछिल्लो समय सामाजिक सञ्जालमा विभिन्न पेज र ग्रुप बनाएर नेताहरूबारे भ्रामक, द्वेषपूर्ण र  अनर्गल प्रचार भइरहेको छ ।

केही दिनअघि मात्रै निर्वाचन आयोगले सामाजिक सञ्जालको दुरुपयोग गरी भ्रामक प्रचार गर्ने पेज र ग्रुप बन्द गर्न निर्देशन दिएको छ । साथै यस्ता कार्य भइराखे प्रचलित कानून बमोजिम कारबाही गर्ने चेतावनी आयोगले दिइसकेको छ ।



source https://www.onlinekhabar.com/2022/10/1209810

पुरुषहरू नै किन बढी पियक्कड हुन्छन् ?

जगजाहेर छ, महिलाको तुलनामा पुरुषहरू बढी रक्सी पिउँछन् । जुनसुकै समाज, जुनसुकै घरमा नियाल्नुहोस्, रक्सी पिउने कुरामा पुरुष बढी अग्रसर हुन्छन् ।

संभवत विश्वभरमै पुरुषहरू बढी पियक्कड छन् । भलै यसबारे मिहिन रूपमा कुनै खोज अनुसन्धान नभएको हुनसक्छ । खानपानको सवालमा खासै लैङ्गिक असमानता देखिँदैन । यद्यपि रक्सीको तुलनामा भने यो असमानता निकै फराकिलो छ ।

धेरैजसो घरभित्र जहाँ पुरुष हरेक साँझ वा जमघटमा रक्सी पिइरहेका हुन्छन्, महिला भने जुस वा हल्का पेयमा रमाइरहेका हुन्छन् । कुनै रेस्टुरेन्ट, भोजभतेर, भट्टी आदिमा रक्सी पिउँदै जमघट गर्नेहरूमा पुरुषहरू नै हुन्छन् । महिलाहरूको यस्तो जमघट देख्नु दुर्लभ हो ।

आखिर किन पुरुषहरू बढी पियक्कड हुन्छन् ?

पुरुष र महिलाको शारीरिक संरचनामा केही भिन्नता हुन्छ । पुरुषको शरीर रचना जुन ढंगले भएको छ, त्यसले रक्सी खपत गर्ने सामथ्र्य बढी राख्छ भनी एक अध्ययनमा उल्लेख छ । सन् २०१० मा रक्सी खपतमा लिङ्ग भिन्नता जाँच गर्ने अध्ययनमा शोधकर्ताहरूले यो कुरा बाहिर ल्याएका हुन् ।

यसको कारण के पनि बताइएको छ भने पुरुषको शरीरमा हुने बोसोको मात्रा महिलाको तुलनामा कम हुन्छ । रक्सीको कारण शरीरमा बोसो जम्मा हुने भएकाले पुरुषले रक्सीको स्वादमा बढी आनन्द लिने गर्छन् ।

यद्यपि मनोविद्हरु यो तर्क मान्न तयार छैनन् । यसमा सदियौंदेखि गढिएको पितृसत्ता सोंच नै मूल कारण हो भन्ने उनीहरुको भनाई छ । मनोविद् नन्दिता शर्मा भन्छिन्, ‘कुनैपनि कुरामा पुरुष हावी हुनु भनेको यो समाजले स्थापित गरेको मान्यताले गर्दा हो । पितृसत्तात्मक सोंचसँगै हुर्किएको समाजमा पुरुषले बढी स्वतन्त्रताको उपभोग गर्ने परम्परा छ । उनीहरुले निर्धक्क र खुलेआम रक्सी पिउनुमा पनि कहीँ न कहीँ यहि सोंचले काम गरेको हो ।’

पुरुषले हरेक क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन खोज्ने मनोविज्ञानकै कारण रक्सीमा पनि उनले बढी हक खोज्ने गरेको मनोविद् शर्माको तर्क छ ।

‘पुरुषले बढी रक्सी पिउने कारण सामाजिक सिकाई पनि हो’ उनी भन्छिन्, ‘पुरुषको रक्सी पिउने बानीलाई समाजले सहर्ष स्विकारेको छ, जसले गर्दा पनि पुरुषहरू बढी पियक्कड भएका हुन् ।’ मनोविद शर्माका अनुसार पुरुषले घरको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा लिएको हुन्छ । उसले धेरै शारीरिक परिश्रम गर्नुपर्छ । त्यसैले पनि उसलाई धेरै कुराको तनाव हुन्छ, जुन तनावलाई कम गर्न रक्सी पिउन छुट दिइन्छ ।

रमाइलो गर्न होस् वा दुःख भुलाउने बहानामा, पुरुषहरु रक्सीको साथ खोज्छन् । यो कुरालाई परिवार र समाजले पनि चुपचाप स्विकारेको छ ।

समाजले महिलाको तुलनामा पुरुषलाई बढी स्वतन्त्रता दिएको छ । जहाँ महिलाहरु एक्लै हिँडडुल गर्न छुट दिइदैन, त्यहाँ पुरुषलाई निर्धक्क हिँड्न दिइन्छ । जहाँ कतै गएकी महिलालाई राती चाडै घर आउन उर्दी जारी गरिन्छ, त्यहाँ पुरुषलाई आफुखुसी घर फर्कन दिइन्छ । जहाँ महिलालाई साथीसंगीसँग कुनै जमघटमा मस्त रमाउन बन्देज गरिन्छ, त्यहाँ पुरुषलाई उन्मुक्त रमाउन दिइन्छ । यस किसिमको परिपाटीकै अवशेष रक्सी पिउने प्रवृत्तिमा पनि रहेको क्लिनिकल मनोविद् तृष्णा विष्टको भनाई छ ।

‘हुन त पुरुषहरू बढी पियक्कड हुनुमा कुनै एउटा मात्र कारण छैन’ क्लिनिकल मनोविद् विष्ट भन्छिन्, ‘कोही बाबु बाजेबाट सिक्छन्, कसैले पारिवारिक वातावरण वा साथीभाईसको संगतबाट, कसैले परिस्थितीवश रक्सी पिउन थाल्छन् ।’

जनरल फिजिशियन डा. सन्जय शाहका अनुसार पुरुषहरुले बढी रक्सी पिउनुमा कतिपय सामाजिक मान्यतासँगै शारीरिक बनावट पनि मूल कारण हो । महिलाको शरीर जसरी कोमल हुन्छ, पुरुषको अलि बलियो हुनेगर्छ । यस्तो शरीरले रक्सी जस्तो पेय पचाउन पनि सक्छ । ‘पुरुषको शरीरमा एउटा टेस्टोट्रोन भन्ने हर्मोन हुन्छ’ डा शाह भन्छन्, ‘यसले रक्सी पचाउन सक्छन् ।’

पुरुषहरु बढी पियक्कड हुनुमा उनीहरुले व्यवहारिक जिम्मेवारी बोक्नुपर्ने बाध्यता र त्यसलाई सही रुपमा व्यवस्थापन गर्न नसक्दा उत्पन्न हुने तनाव पनि हो भनिन्छ । घर–परिवारको आर्थिक बोझ उनीहरुको टाउकोमा हुन्छ । घर–व्यवहार मिलाउनुपर्ने उनीहरुको जिम्मेवारी हुन्छ । यस्तो काम–व्यवहारलाई सही रुपमा व्यवस्थापन गर्न नसक्दा उनीहरुमा तनाव पैदा हुन्छ ।

वरिष्ठ न्यूरो सर्जन प्रा. डा. राजीव झाका अनुसार रक्सी पिएको सुरुवाती चरणमा मान्छेले आनन्द अनुभूत गर्छन् । ‘एकदमै रिल्याक्स महसुष गर्छन्’ उनी भन्छन्, ‘यसको कारण के हो भने रक्सी पिएपछि एउटा विशेष हर्मोनको श्राव हुन्छ जसलाई ह्याप्पी हर्मोन भनिन्छ । यसले उनीहरुलाई आनन्द अनुभूत गराउँछ ।’

यसरी क्षणिक आनन्दका लागि पुरुषहरु रक्सी पिउने गर्छन्, जो कालन्तरमा उनीहरुको बानीमा रुपान्तरण हुन्छ ।



source https://www.onlinekhabar.com/2022/10/1209808

Wednesday 26 October 2022

ट्वीटरको हेडक्वार्टरमा एलन मस्कको प्रवेश

काठमाडौं । विश्वकै धनी एलन मस्क ट्वीटरको हेडक्वार्टरमा पुगेका छन् ।

अमेरिकाको सान फ्रान्सिस्कोमा रहेको ट्वीटरको मुख्यालयमा पुगेका उनले त्यहाँ कर्मचारीसँग छलफल पनि गरेका छन् ।

मस्कले बेसन बोकेर ट्वीटरको मुख्यालय छिर्दै गरेको भिडियोसहित ट्वीट गरेका छन्, ‘ट्वीटरको मुख्यालयमा प्रवेश गर्दै – त्यो भित्र डुब्न दिनुहोस् ।’

अर्को ट्वीटमा उनले लेखेका छन्, ‘आज ट्वीटरमा धेरै राम्रा मानिसहरुसँग भेटेँ ।’

यस्तै मस्कले ट्वीटरमा आफ्नो बायो अर्थात परिचय फेरेका छन् । उनले परिचयमा ‘चीफ ट्वीट’ राखेका छन् । यस्तै लोकेसनमा ट्वीटर हेडक्वार्टर पनि ।

ट्वीटर खरिदका लागि गरको सम्झौता कार्यान्वयन गर्न अदालतले तोेकेको समय सकिनुअघि उनले ट्वीटरको कार्यालय भ्रमण गर्नु र आफ्नो परिचय ट्वीटरका प्रमुखका रुपमा लेख्नुले उनी अदालतको आदेश कार्यान्वयन गर्न गइरहेका छन् भन्ने रुपमा बुझिएको छ ।

विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला कम्पनीका सीईओ एलन मस्कले सन् २०२२ को सुरुवातमै माइक्रो ब्लगिङ साइट ट्वीटर खरीद गर्ने प्रस्ताव गरेका थिए । उनले ट्वीटर कम्पनीको शतप्रतिशत शेयर ४४ अर्ब डलरमा खरीद गर्ने बताए ।

सोही बमोजिम मस्क र ट्वीटर कम्पनीबीच सम्झौता पनि भयो । तर पछि एलन मस्क ट्वीटर खरीद गर्ने सम्झौताबाट पछि हटे । मस्कको यस्तो एकतर्फी निर्णय विरुद्ध ट्वीटरले अदालत गुहारेको थियो । अदालतले त्यसपछि शुक्रबारसम्ममा सम्झौता कार्यान्वयन गर्न आदेश दिएको थियो । अदालतको आदेश आएको अवस्थामा एलन मस्कले पुनः ट्वीटर कम्पनी खरीद गर्ने मनस्थिति बनाएका हुन् ।

ट्वीटरले आफ्नो प्लाटफर्ममा रहेका फेक अकाउन्टहरुको वास्तविक तथ्यांक उपलब्ध नगराएको आरोप लगाउँदै ट्वीटर कम्पनी खरीद गर्ने सम्झौताबाट पछि हटेका मस्क पुरानै प्रस्तावित मूल्यमा ट्वीटर खरीद गर्न तयार भएका छन् ।



source https://www.onlinekhabar.com/2022/10/1209780

आज भाइटीका, उत्तम साइत ११ : ३७ बजे

१० कात्तिक, काठमाडौं । तिहारको मुख्य दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ : ३७ बजेको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ ।

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटीलगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।



source https://www.onlinekhabar.com/2022/10/1209738

तेस्रो विवाहबारे भुवनले भने- चाँडै गुड न्युज आउँछ

काठमाडौं । करिब सात वर्षदेखि अभिनेता भुवन केसी र जिया केसी प्रेम सम्बन्धमा छन् । यो जोडी अहिले लिभइन टुगेदरमा पनि छ ।

तर परम्पराअनुसार यी दुईबीच विवाह भएको छैन । भुवन र जियाका परिवार, आफन्त र निकट फिल्मकर्मीलाई यी दुईको सम्बन्धबारे थाहा भए पनि सर्वसाधारण भने अनभिज्ञ नै छन् ।

तर भुवनले चाँडै जियासँगको सम्बन्धलाई औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । अमेरिका भ्रमणमा रहेका भुवनले सोमबार त्यहाँस्थित केही नेपाली मिडियासँग कुरा गर्दै तेस्रो बिहेलाई साकार रुप दिनेबारे बताएका हुन् । उक्त अन्तर्वार्तामा भुवनले जियाको नाम नलिइकनै माया गर्ने मान्छे आफ्नो जिन्दगीमा आएको उल्लेख गरेका छन् ।

तेस्रो विवाहको तयारीमा हुनुहुन्छ भनेर सोधिएको प्रश्नमा भुवनको जवाफ छ, ‘सोचिरहेको छु । साथ दिने र सपोर्ट गर्ने मान्छे मेरो जिन्दगीमा हुनुहुन्छ । उहाँले म र मेरो फ्यामिलीलाई पनि सपोर्ट गर्नुहुन्छ । मेरो फ्यामिलीले पनि सपोर्ट गर्छ । हेरौं, चाँडै गुड न्युज आउन पनि सक्ला । हामीले निर्णय गरिसकेका छैनौं, तर मलाई माया गर्ने साथी हुनुहुन्छ ।’

जियासँगको सम्बन्धबारे परिवार, आफन्त र फिल्मकर्मीले थाहा पाए पनि सर्वसाधारणले थाहा नपाएको र आफू थाहा दिएरै अघि बढ्ने योजनामा रहेको समेत भुवनले बताएका छन् ।

अघिल्ला दुई श्रीमतीसँगको असफल वैवाहिक सम्बन्धपछि भुवन यतिबेला जियासँगै छन् । अनमोलकी आमा समेत रहेकी सुस्मितासँगको सम्बन्ध आफ्नो कारणले भन्दा पनि उनकै कारणले टुटेको खुलासा पनि भुवनले गरेका छन् । त्यसयता नभेटेको र कुरा नभएको पनि उनले जनाए ।

अमेरिकामा रहेकी जेठी पत्नीसँग भेट्ने र कुराकानी भइरहने भन्दै उनले सम्मान रहेको बताए । एक फिल्म अवार्ड कार्यक्रमका लागि भुवन र जिया गत साता अमेरिकातर्फ लागेका थिए ।



source https://www.onlinekhabar.com/2022/10/1209658

दीपोत्सव : यमपञ्चकदेखि समाचकेवासम्म

याज्ञवल्क्य¬–मैत्रेयी संवाद दर्शन जगतको निकै चर्चित प्रसंग हो । यसै प्रसंगमा भौतिक र अभौतिक सम्पत्तिको भेदको युक्तिपूर्ण वर्णन पाइन्छ । याज्ञवल्क्य आफ्नो सम्र्पूण सम्पत्ति दुबै पत्नी मैत्रेयी र कात्यायनीलाई बाँडेर सन्यस्त हुन चाहन्छन् । यसमा कात्यायनी सहमत देखिन्छिन्, तर मैत्रेयी सोध्छिन्— स्वामी ! यो सम्पत्तिबाट के म अमरत्व प्राप्त गर्न सक्छु ? होइन¬– याज्ञवल्क्य भन्छन्— धनी मानिसको समान नै तिम्रो जीवन व्यतित हुन्छ तर धनले अमरत्व प्रदान गर्दैन ।

त्यसै पृष्ठभूमिमा अमरत्वको जिज्ञासु मैत्रेयी र याज्ञवल्क्यबीचको बोधगम्य संवादले बृहदारण्यक उपनिषदलाई अद्वैत वेदान्त र सन्यास निष्ठाको प्रतिपादक बनाएको छ । यो उपनिषदहरूमा सर्वाधिक बृहदाकार तथा मुख्य दस उपनिषदको श्रेणीमा सबैभन्दा अन्तिम उपनिषद् मानिन्छ । यसको नाम (बृहदारण्यक = बृहद् + आरण्यक) को अर्थ बृहद ज्ञान वाला वा घना जंगलमा लेखिएको भन्ने बुझिन्छ । यसमा तत्वज्ञान, तदुपयोगी कर्म तथा उपासनाहरूको अति सुन्दर वर्णन पाइन्छ ।

बृहदारण्यक उपनिषद् शुक्ल यजुर्वेदसँग जोडिएको छ । दार्शनिक दृष्टिले महत्वपूर्ण यस उपनिषदमाथि आदि शंकराचार्यले पनि टीका लेखेका थिए । यो शतपथ ब्राह्मण ग्रन्थको एक खण्ड हो र यसलाई शतपथ ब्राह्मणको पाठमा सम्मिलित गरिन्छ । यजुर्वेदको प्रशिद्ध पुरुष सूक्तका अतिरिक्त यसैमा ॐ असतोमा सद्गमय । तमसोमा ज्योतिर्गमय । मृत्योर्मा अमृतंगमय । जस्ता प्रसिद्ध श्लोक भेटिन्छन्। यी श्लोकहरूको अर्थ मलाई असत्यदेखि सत्यतिर, अन्धकारबाट उज्यालोतिर र मृत्युदेखि अमरत्वतिर लैजाउ भन्ने हो ।

तमसोमा ज्योतिर्गमय अर्थात अज्ञानताबाट ज्ञानतर्फ लाग्नु भन्ने हो । यस शाश्वत वाक्यको स्थुल अर्थ धेरैले बुझे पनि यसको मर्म भने नबुझेको देखिन्छ । कतिपयले यसको मर्मलाई बुझेर पालना गरेर कृतज्ञतापूर्वक जीवन व्यतीत गरेका छन् । निरन्तर निरन्तर ज्ञानप्राप्तिको मार्गमा अग्रसर रहनु नै श्लोक साधनाको ध्येय हो ।

काग सन्देशवाहक हो, जसले मृत्युको संकेत दिन्छ, स्वर्ग वा नर्कतिरको यात्राको साथी कुकुर हुन्छ । महाकाली श्मसानवासिनी हुन् । गाई वैतरणी पार गराउँछ भने चित्रगुप्तले कर्मफलको निर्णय दिन्छ । यमपञ्चकको सार र सन्देश यही हो । दीपोत्सवले यसको चेतना प्रष्फुटित गर्दछ ।

अज्ञानता अर्थात भौतिकतामा लौकिकतामा लिप्त रहेर जीवनको शाश्वत सुख प्राप्त हुन्न भन्ने हो । सनातन जीवन पद्धतिमा दिवाली वा दीपावलीको संस्कृति यसै अमर वाक्यको अनुकरण हो । तर त्यो कुरा त्यौहार वा तिहार नामको सांस्कृतिक जीवनमा धूमिल हुन पुगेको छ ।

दीपावली महाकाली र महालक्ष्मीको अर्चना दिवस पनि हो । अमावस्या अर्थात् कालरात्री भएकाले महाकालीको अर्चना गरिन्छ भने महालक्ष्मीको अवतार दिवस भएकाले महालक्ष्मीको अर्चना गरिन्छ । बंगालमा महाकाली पूजनको विशिष्टता छ भने नेपालमा महालक्ष्मीको ।

दीपावलीको अवसरमा धन र भोजनको लागि घरघरमा महालक्ष्मीको पूजा गरिन्छ । माता लक्ष्मीलाई धन र समृद्धिको देवी भनिन्छ । पौराणिक कथा अनुसार देवी लक्ष्मी कार्तिक अमावस्याका दिन अवतरित भएकाले यस दिनलाई उनको जन्मदिनको रूपमा दीपावली मनाइन्छ ।

दीपावलीको अर्थ र लक्ष्मीपूजाको अर्थ भिन्न भिन्न हुन्छ । दीपावली अर्थात् दीप प्रज्वलन गर्नु, साधारण बोलचालमा दियो बाल्नु हो । दीपोत्सवमा घरघर र मन्दिरका ढोकाहरूमा दीप प्रज्वलन गरिन्छ । लक्ष्मीपूजा अर्थात् देवी लक्ष्मीको अर्चना गर्नु हो, धन प्राप्ति वा धन वृद्धिको कामना गरी धनकी देवीलाई प्रसन्न पार्नु हो । रातको समयमा उज्यालो पार्न अनेक उपाय हुँदै आएका छन् । प्रकाशका लागि आज अनेक विधि र प्रविधिको उपयोग हुने गर्दछ । दियो बाल्ने कार्य पनि त्यसै कालक्रम र परम्पराको एक हिस्सा हो । दीपावली पर्वमा दियो त्यसैको एक प्रतीकको रूपमा रहेको छ ।

दीपावली नेपाल र भारतमा परापूर्वकालदेखि नै मनाइँदै आएको छ । दीपावलीको प्रारम्भ किन, कहिले र कसरी हुन गयो भन्ने कुरामा अनेक आख्यान र मतहरू भेटिन्छन् । तर यसको प्रारम्भलाई सामाजिक दृष्टिकोणले पनि हेरिनुपर्छ । कतिपयले त्रेतायुगमा भगवान राम लंकामाथि विजय प्राप्त गरी फर्कंदा अयोध्यावासीले उनको स्वागतमा पहिलो पटक दीपावली मनाएको मान्दछन् ।

अजयकुमार झा

भारतको अयोध्यामा केही वर्षयता हरेक वर्ष दीपावलीको अवसरमा लाखौंको संख्यामा दीप बाल्न थालिएको छ । अयोध्या नगर र सरयु नदीको किनारमा आयोजना गरिने दीपोत्सवको रोमाञ्च लिन भारतमात्र होइन, विदेशबाट पनि लाखौं पर्यटक आउँछन् । दियो बनाउन माटो प्रयोग गरिन्छ । यस वर्ष त सवा लाख दियो गोबरबाट मात्र बनाइएको बताइन्छ ।

चौबिसौं तीर्थङ्कर महावीर स्वामीले यसै दिन मोक्ष प्राप्त गरेका र संयोगवश उनका शिष्य गौतमले यसै दिन बुद्धत्व प्राप्त गरेकाले जैनहरूले दीपावली पर्व मनाउन थाले । सिखहरूले सन् १५७७ देखि दीपावली मनाउन सुरु गरेको भनिन्छ । मुगल शासक जहाँगिरले छैटौं गुरु हरगोविन्द सिंहलाई यसै दिन कैदमुक्त गरेको अवसरमा खुसी साट्न दीपावली मनाए । त्यसै दिन अमृतसरमा स्वर्ण मन्दिरको शिलान्यास पनि गरिएको थियो ।

आर्य समाजीले स्वामी दयानन्द र स्वामी रामतीर्थले यस दिन मोक्ष प्राप्त गरेको संस्मरणमा दीपावली मनाउने गरेका छन् । खासगरी नेबार समुदायको मानिने नेपाल संवत् यसै दिन प्रारम्भ हुन्छ । वौद्ध, इसाइ, इस्लाम धर्ममा दीप प्रज्वलनको स्थान छ । सुफीहरूले मैनबत्तीलाई प्रतीकात्मक रूपमा ईश्वरीय ज्योति र ईश्वरीय मार्गदर्शन मान्दछन् । कुरानको पर्यायको रूपमा ईश्वरीय मैनबत्ती वा परमेश्वरको ज्योति भन्ने गरिएको छ ।

दीपावली महिमाको वर्णन असाध्य हुन्छ । भगवान कृष्णद्वारा यसै दिन नरकासुर मारिएका थिए । नरक चतुर्दशीको पर्व दीपावलीको एक दिन अगाडि मनाइन्छ, जसको पछाडि भगवान कृष्णद्वारा नरकासुरको अन्त्य भएको हो । नरकासुरले प्रदोषपुरम राज्यलाई अत्याचारले त्रस्त बनाएको थियो । भगवान श्रीकृष्णले नरकासुरको वध गरेर प्रदोषपुरमलाई मुक्ति दिलाएका थिए ।

पौराणिक कथामा यो पनि उल्लेख गरिएको छ कि राजा बलीले संसारको सम्पूर्ण सम्पत्ति आफ्नो कब्जामापारेका थिए। धनकी देवीलक्ष्मीलाई नै आफ्नो कैदमा राखेका थिए । विपन्नता चरममा थियो । भगवानले वामन अवतार लिए, राजा बलिमाथि विजय प्राप्त गरे र देवी लक्ष्मीसँगै जगतलाई राजा बलिको कोपबाट मुक्ति दिलाएको दिन यही थियो । महाभारतको एक महत्वपूर्ण घटना पनि दीपावलीको दिनसँग जोडिएको छ । पाण्डवहरू १२ वर्षसम्म जंगलबास र एक वर्षको गुप्तवास पूरा गरेर आफ्नो राज्यमा फर्केका थिए ।

दीपावली दीप संस्कृतिको पर्व हो । सनातन संस्कृतिमा बिहान र साँझ घर–घरमा कमसेकम एकवटा दीप बाल्ने घरबारका कुराहरूमा समावेश छ । खास खास अवसरमा मन्दिर मन्दिरमा दीप बाल्ने कार्य कर्तव्यसरह मानिन्छ । आधुनिक नागरिकीय संस्कृतिमा विशेष दिवस वा अवसरहरूमा घरघरमा वा चोकहरूमा खुसी भनेर वा प्रतीकात्मक रूपमा दियो बाल्ने गरिन्छ । प्राचीन सनातन संस्कृति र आधुनिक नागरिकीय संस्कृतिमा दिपोत्सवमा यो वा त्यो अथवा यस्तो वा त्यस्तो फरक छ भनेर हँुदैन, दीप प्रज्वलन गरिनुका पछाडिको सोचका आधार एउटै हो भनेर बुझ्नुपर्छ ।

दीपोत्सव कहिले मनाइन्छ ? दीपावली शारदीय नवरात्रापछि आउने पहिलो चाड हो । कात्तिक अमावस्या अर्थात् आश्विन शुक्ल पक्षपछि आउने कार्तिक कृष्ण पक्षको अमावस्याको दिन मनाइन्छ । अमावस्या कृष्ण पक्षको अन्तिम तिथि हो । अमावस्यात्यो दिन हो, जुन दिन चन्द्रमा देख्न सकिंदैन । चन्द्रमाले पृथ्वीको एउटा परिक्रमा २८ दिनमा पूरा गर्छ भने १५ दिनपछि चन्द्रमा पृथ्वीको अर्कोतर्फ हुन्छ । जम्बुद्विपमा चन्द्रमा नदेखिने दिनलाई अमावस्या भनिन्छ ।

सनातन संस्कृतिमा अमावस्याको महत्वपूर्ण स्थान छ । प्रत्येक अमावस्या कुनै न कुनै पर्व हुन्छ । सोमबार पर्ने अमावस्या सोमावती अमावस्या भनिन्छ । शनिबार पर्ने शनि अमावस्या भनिन्छ । भाद्र अमावस्यामा पोल पर्व मनाइन्छ । यो पर्व ऋतु परिवर्तनसँग पनि सम्बन्धित छ । यो समयवर्षा ऋतु र शरद ऋतुको सन्धिकाल हो । जसका कारण सामाजिक जनजीवनमा ठूलो परिवर्तन आउने गर्दछ । सनातन साहित्यमा ऋतुहरूको छाप कतिसम्म छ भन्ने कुराको आकलन गर्न कठिन हुन्छ ।

रामायणमा तुलसीदासजीले लेखेका छन्, ‘बरषा बिगत सरद ऋतु आई । लछिमन देखहु परम सुहाई । फूलें कास सकल महि छाई । जनु बरषाँ कृत प्रगट बुढ़ाई ।। हे लक्ष्मण ! हेर वर्षा बितेर गयो, परम सुन्दर शरद ऋतु आयो । फूलेका ‘कास’ सारा पृथ्वीलाई ढाकेको छ । मानौं वर्षा ऋतु कासरूपी सेताम्य कपालको रूपमा आफ्नो वृद्घत्वलाई प्रकट गरिरहेको छ ।’

दीपावली एक्लो पर्व होइन । यो पर्वहरूको समूह हो । खास दीपावलीको दुई दिन अघिदेखि, सात दिनपछिसम्म चाडैचाड हुन्छ । त्यसैले यी सबै चार्डहरूलाई समष्टिमा सम्बोधन गर्न तिहार भन्ने गरिएको हो । हिन्दीमा त्यौहार र मैथिलीमा पावनितिहार भन्ने गरिएको हो । संस्कृतमा यमपञ्चक भनिन्छ ।

तिहारमा कुकुर पूजा, काग पूजा, नर्क निवारण चतुर्दशी, दीप पूजा, लक्ष्मी पूजा, गणेश पूजा, गाई पूजा, यम पूजा, चित्रगुप्त पूजा, भ्रातृ द्वितीया, छठ पूजा (सूर्य पूजा) गरी गनी हेर्दा दुबै हातको औंला सकिन्छ । कुकुर, काग, दीप, लक्ष्मी, गणेश पूजा कात्तिक कृष्णपक्षमा पर्दछ भने त्यसपछिका अन्य चाडहरू कात्तिक शुक्ल पक्षमा पर्दछ । कात्तिक शुक्ल पूर्णिमाको दिन समाचकेवा भनिने प्रख्यात पर्व मनाइन्छ । यी सबै चाडहरूको सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक, आध्यात्मिक मूल्यहरूको कुरा गर्ने हो भने अवर्णनीय हुनेछ ।

दीपावलीलाई अन्य भाषाहरूमा विभिन्न नामले पनि बोलाइन्छ । दीपावली नेपाल र भारतमा मात्र नभई अरु देशहरूमा पनि धूमधामका साथ मनाइन्छ, जस्तै–श्रीलंका, म्यानमार, मौरिसस, गुयाना, ट्रिनिडाड र टोबागो, सुरिनाम, मलेसिया, सिङ्गापुर, फिजी, पाकिस्तान, अस्ट्रेलिया आदि । यी देशहरूमा पनि दीपावलीको बिदा दिइन्छ ।

दीपावली सबैभन्दा ठूलो किनमेलको मौसम पनि हो, जसमा मानिसहरूले आफ्नो र आफ्नो परिवारको लागि सवारी, गहना, लुगा, उपहार, उपकरण, भाँडाहरू आदि महँगो वस्तु किन्छन् । किनमेलकै लागि धनतेरस (त्रयोदशी तिथि) प्रसिद्ध छ । सामान्यतया मिठाइ र सुख्खा फलहरू नातेदार र साथी भाइलाई दिने चलन छ ।

दीपावलीमा धेरै ठाउँमा जुवा खेलिन्छ, रातारात हुने जुवामा कोही मालामाल त कोही कंगाल हुन पुग्छन् । भन्नेहरूले के पनि भन्छन् भने दीपावलीको दिन भगवान शिव र माता पार्वतीले जगतमा पहिलो पटक जुवा खेलेकाथिए । त्यसबेलादेखि जुवाको चलन चलिरहेको छ । जुवा तास खेलेर धन सम्पत्ति हारेर ‘दिबाला’ भएर दीपावली मनाउनु हुँदैन । लक्ष्मी पूजाजस्तो दिनमा दिबाला हुनु भनेको अति दुखद घटना हो ।

उपनिषद् मानवको संस्कृति हो, संस्कृति सदैव मानवताको रक्षा गर्दछ । मानिसको सबै खाले आचरण र व्यवहार संस्कृति होइनन् । उपनिषद्बाट प्रमाणित आचरणवा संस्कारहरू मात्र सस्कृतिमा पर्न सक्छन् । किनभने यी कुराहरूको संस्कार भएको हुन्छ ।

अर्थात् लामो लामो समयमा यस्ता आचरणहरूको आरम्भ, अभ्यास र प्रवद्र्धन भएको हुन्छ, संरक्षित तुल्याइएको हुन्छ । मानव जीवनलाई सार्थकताको मार्गमा अभिप्रेरित गर्दछ । दीप सामाजिक आवश्यकताबाट जन्मेको छ तर दीपोत्सव उपनिषद्को गर्भबाट अवतरित भएको छ । दीपोत्सवको एकमात्र ध्येय तमसोमा ज्योतिर्गमय हो ।

यमपञ्चकदेखि समाचकेवासम्मको साढे दुई सप्ताहको अवधि मानिस पूर्ण रूपमा सांस्कृतिक, धार्मिक वातावरणमा व्यतीतगर्दछ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ । यमपञ्चकको पाँच दिनमा क्रमशः काग, कुकुर, लक्ष्मी, गाई रचित्रगुप्त पूजा हुन्छ । काग पूजाको दिन धनतेरस मनाइन्छ । लक्ष्मी पूजाको साँझ दीपावली मनाइन्छ । चित्रगुप्त पूजाको दिन भाइटीका मनाइन्छ । तिहारभरि देउसी खेल्ने चलन छ ।

यम (यमराज) मृत्युका देवता हुन् । यमराज जीवहरूको शुभाशुभ कर्मका निर्णायक हुन् । दक्षिण दिशामा उनलाई दिक्पाल भनेर सम्बोधन गरिन्छ । यम, धर्मराज, मृत्यु, अन्तक, वैवस्वत, काल, सर्वभूतक्षय, औदुभ्बर, दघ्न, नील, परमेष्ठी, वृकोदर, चित्र र चित्रगुप्त– यी चौध नामले यमराजको आराधना हुन्छ । यी नै नामले यिनलाई तर्पण दिइन्छ । यमराजको लोकलाई यमलोक भनिन्छ ।

सनातन मान्यता के छ भने मानिस मरेपछि यमलोक जान्छन् । त्यहाँ यमराजसामु उपस्थित हुन्छन् । त्यहीँ उसको शुभ र अशुभ कृत्यमाथि विचार गरेर उसलाई स्वर्ग वा नर्कपठाइन्छ । यमराजले धर्मपूर्वक विचार गर्दछन् । त्यसैले ‘धर्मराज’ नि कहलाउँछन् । यो पनि मान्यता छ कि मृत्युको समय यमराजकै दूत आत्मा लिन आउँछन् ।

यमपञ्चकको वर्तमान सामाजिक स्वरूप जे जस्तो देखिए पनि यो गुढ रहस्यले भरिएको छ । यमपञ्चकको तेस्रो दिनमा देवी लक्ष्मीको स्थानमा देवी कालीको पूजा गर्ने गरी क्रम निर्माण गर्ने हो भने काग, कुकुर, काली, गाई र चित्रगुप्त देवताको क्रमले यमपञ्चकको अर्थ स्पक्ष्ट गर्दछ । यी सबै मृत्युसँग जोडिएका तत्व हुन् ।

काग सन्देशवाहक हो, जसले यस अर्थमा मृत्युको खबर ल्याउँछ भने यमलोकमा स्वर्ग वा नर्कतिरको यात्रामा साथ दिने कुकुर हुन्छ । देवीमहाकाली श्मसानवासिनी हुन् । गाईले वैतरणी पार गराउँछ भने चित्रगुप्त भनेको कर्मफलको निर्णय गर्ने देवता हो । यसबाट, यमपञ्चक पर्वको सार र सन्देशलाई आत्सात गर्नु नै आत्मप्रकाश हो, जसलाई दीपोत्सवले आफ्नो अन्तर्याग भावद्वारा मद्दत पु¥याउँछ ।
छठपर्व सूर्य उपासनाको पर्व हो । छठ पर्वको लोक गीतमा छठ परमेश्वरीको भक्ति अन्तर्निहित देखिन्छ । समस्त देवदेवीमध्ये स्वयं परमेश्वरकै आराधनामा आधारित भएकोले यो पर्व सम्पूर्ण पर्वमध्ये श्रेष्ठ पर्व हो भन्न सकिन्छ । यस पर्वमा मानवीय जीवनमा जलाशय र घरवारीमा उमारिने वृक्ष एवं वनस्पतिको महत्व पनि साक्षात्कार हुन्छ ।

छठ शरद ऋतुको पर्व हो तर यो समय पर्व आयोजन गर्न नभ्याउनेहरू चैत नवरात्राको षष्ठीमा पनि गर्न सक्छन् । छठ पर्व शारीरिक, मानसिक साधनाको पर्व हो । साथै यस पर्वले मानिसलाई आउँदो शिशिर ऋतुसँग पनि तादात्म्य गराउँदछ । यस पर्वमा पञ्चमीको साँझ खरना, षष्ठीको साँझ र सप्तमीको प्रातः सूर्यलाई अर्घ दिइन्छ ।

सनातन संस्कृति बहुआयामिक संस्कृति हो, समाचकेवा पर्व पनि त्यसै आयामको हिस्सा हो । समाचकेवा एक उल्लासपूर्ण पर्व हो । यस पर्वको विशिष्टता के हो भने यसमा मानिस र चराचुरुंगीबीचको भावनात्मक सम्बन्धको विन्यास अनुभव गर्न सकिन्छ । समाचकेवा पर्वका अनेक सार छन् ।

एक मानिसले चराचुरुंगीसँग प्रेम गर्नुपर्छ भन्ने हो, दोस्रो यो पर्व भाइबहिनी स्नेहको पर्याय हो, तेस्रो यसमा दम्पत्तिबीच उत्पन्न हुन सक्ने मनोमालिन्य, त्यसका कारक र सम्बन्धलाई समन्वित गर्न स्त्रीपक्षको भाइले निर्वाह गर्नुपर्ने भूमिका पनि परिलक्षित हुन्छ । यति मात्र होइन, लोककला र लोकगीतको संरक्षण र प्रतिभाको विकासमा पनि यस पर्वको ठूलो भूमिका देख्न पाइन्छ ।

संस्कृति समाजको गुण, चरित्र र आचरण हो । मानिसको सोच, विचार, कार्य, खानपिन, बोली, नृत्य, गीत, साहित्य, कला, वास्तु आदिको स्रोत हो । संस्कृति मानव जीवनको रक्षक हो । संस्कृतिबिनाको समाजको अस्तित्व रहँदैन । संस्कृतिको संरक्षण संस्कृति आफैंले गर्दछ । तर त्यसको संवाहन त्यस संस्कृतिका उत्तराधिकारीले गर्नु पर्दछ । र, यस प्रकारको जागरणमा दीपोत्सवको मुख्य भूमिका हुन्छ । यस वर्ष दीपावलीमा खण्डग्रास सूर्यग्रहण पनि लागेको छ । यस कुराले दीपोत्सव २०७९ लाई स्मरणीय बनाएको छ ।

(लेखक निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष हुन् ।)



source https://www.onlinekhabar.com/2022/10/1209638

लालपुर्जा : तीन दशकदेखि चुनावी एजेण्डा

९ कात्तिक, बुटवल । बागलुङ ढोरपाटन नगरपालिकाबाट तुलाराम पाण्डे २०४३ सालमा बसाईं सरेर रुपन्देहीके देवदह नगरपालिका- कालीकाटोलमा आए । त्यहाँ उनले लालपूर्जा विनाको एक बिघा जग्गा ४२ सय रुपैयाँमा किनेर बसे । त्यसयताको तीन दशकमा पाण्डेले थुप्रै चुनावमा भोट माग्न आएका नेतालाई घर गाउँमै भेटे ।

दल र उम्मेदवारहरुको पहिलो आश्वासन जग्गाको लालपूर्जा दिने हुथ्यो । तर अहिलेसम्म लालपुर्जा नपाएको पाण्डे बताउँछन् ।

‘जग्गा किनेर घर बनाएर बसेको २५ वर्ष भइसक्यो तर, लालपूर्जा हातमा छैन’, पाण्डेले भने, ‘जग्गा सम्पत्ति भएर पनि सुकुम्बासी जस्तै हुनुपरेको छ, उद्योग, व्यवसाय गर्न बैंकले ऋण दिंदैन ।’

पहाडमा भन्दा तराईमा जीवनयापन सजिलो होला भनेर बसाईं सरेर आएको तर जग्गाको लालपूर्जा नहुँदा एक बिघा जग्गा भएपनि सुकुम्बासीको बिल्ला भिरेर पीडा सहनुपरेको उनको दुखेसो छ । करोडसम्म मूल्य पर्ने जग्गा भएपनि लालपूर्जा नहुंदा सामाजिक रुपमा सुकुम्बासी भनेर हेलाहोंचो र विभेद सहनुपरेको उनको दुखेसो छ ।

‘विदेश जानुभन्दा गाउँमै एउटा कृषि र्फम गरौं भन्ने थियो तर न बैंकले कर्जा दिन्छ न उद्योग दर्ता गर्न मिल्छ’, पाण्डे भन्छन् ।

अर्घाखाँचीबाट देवदहमा झरेका शेरबहादुर क्षेत्रीको पीडा पनि उस्तै छ । देवदहमा उनको १५ कठ्ठा जग्गा छ । उनी पनि लालपूर्जाको आशमा बसेको ३० वर्ष हुन लाग्यो । ‘जग्गा जमिन भएर पनि बैंकमा धितो राखेर ऋण लिन नपाउँदा धेरै अवसरबाट वञ्चित हुनुपर्दो रहेछ’, क्षेत्री भन्छन्, ‘सबैभन्दा ठूलो पीडा त छोराछोरीको विहे गर्ने बेला सुकुम्बासी भनेर अपमानित गर्दा रहेछन् ।’

तराई झर्नुमा पाण्डे र क्षेत्रीको एउटै उद्देश्य थियो, पहाडमा भन्दा तराईमा जीवन यापन सहज हुन्छ र सन्ततिको भविष्य राम्रो हुन्छ ।

आफन्त भएको ठाउँमै आएर उनीहरुको जस्तै जग्गा किनेको पाण्डे बताउँछन् । ‘आफन्तहरुले पनि लालपूर्जा नभएको जग्गा सस्तोमा किनेका रहेछन्, सस्तो पनि हुने, सरकारले छिटै लालपूर्जा पनि दिन्छ भनेर किनेको’, पाण्डेले भने, ‘अब त लालपूर्जा दिन्छौं भन्दा पत्यारै लाग्न छाड्यो ।’

देवदहका पाण्डे र क्षेत्री मात्र होइन रुपन्देहीका १६ पालिकामध्ये १० वटा पालिकाका ६८ हजार ९१८ परिवारले जिल्ला भूमि आयोगमा अव्यवस्थित बसोबासीको निवेदन दिएका छन् । यस्तै जिल्लामा २ हजार ९३२ जना भूमिहीन दलित र ६ हजार ९९ परिवार भूमिहीन सुकुम्बासी रहेको जिल्ला भूमि आयोगको तथ्यांक छ ।

सबैभन्दा धेरै अव्यवस्थित बसोबासी बुटवल उपमहानगरपालिकामा १६ हजार १९८ परिवार छन् । सबैभन्दा धेरै भुमिहीन सुकुम्बासी कञ्चन गाउँपालिकामा एक हजार ६७३ परिवार छन् । भूमिहीन दलित पनि सबैभन्दा धेरै कञ्चनमै ११ सय ६ परिवार रहेका छन् ।

तथ्यांक अनुसार बुटवलमा भुमिहीन दलित ३१७ र सुकुम्बासी ८२६ परिवार छन् । सैनामैनामा भूमिहीन दलित ३६०,सुकुम्बासी ४७४ र अव्यवस्थित १५ हजार ५६१ प्रिवार रहेका छन् । तिलोत्तमामा भूमिहीन दलित एक हजार ७४० र अव्यवस्थित ५ हजार ६०४ परिवार रहेका छन् । सिद्धार्थनगर नगरपालिकामा भूमिहीन दलित ५२, सुकुम्बासी १४६ र अव्यवस्थित ९३ परिवार मात्र रहेका छन् । देवदहमा भूमिहीन दलित ११५, सुकुम्बासी २०६ र अव्यवस्थित १४ हजार १३२ परिवार रहेका छन् ।

शुद्धोधन गाउँपालिकामा भूमिहीन दलित २७, सुकुम्बासी ३३१ र अव्यवस्थित एक हजार ८६७ परिवार छन् । सियारी गाउँपालिकाका भूमिहीन दलित ४९, सुकुम्बासी ११३ र अव्यवस्थित एक हजार १३२ परिवार छन् । मायादेवी गाउँपालिकामा भूमिहीन दलित ४१, सुकुम्बासी १७२ र अव्यवस्थित ८८८ परिवार छन् । यस्तै गैडहवा गाउँपालिकामा भूमिहीन दलित २४६, सुकुम्बासी ४०८ र अव्यवस्थित बसोबासी परिवार ३ हजार ४८८ रहेको रुपन्देही जिल्ला भूमि आयोगका सदस्य भरत तिवारीले जानकारी दिए ।

एक कठ्ठा भन्दा धेरै जग्गा भएका, अन्यत्र पनि जग्गा भएका र आम्दानीको स्रोत भएकालाई अव्यवस्थित बसोबासी र एक कठ्ठा वा त्यो भन्दा कम सरकारी जग्गामा बसेकालाई सुकुम्बासी भनिने तिवारीले बताए । ‘सुकुम्बासीलाई ऊ बसेको जग्गाको कुनै कर नलिई निशुल्क दिइन्छ,अव्यवस्थितलाई निश्चित कर लिएर मात्र जग्गा दिइन्छ’, तिवारीले भने, ‘सुकुम्बासी र अव्यवस्थितबीचको मुख्य फरक यही हो ।’

पछिल्लोपटक शेरबहादुर देउवा नेतृत्वको सरकारले बनाएको भूमि समसया समाधान आयोगले जिल्लाका ७ वटा पालिकामा २६९.६२ हेक्टर क्षेत्रफल जग्गाको नापजाँच गरी ४५ जनाको राजस्वको र ९८ जनाको हकदावीको सूचना निकालेको आयोगका सदस्य तिवारीले बताए ।

नेपाल भूमिहीन सुकुम्बासी संगठन रुपन्देहीका अध्यक्ष वीरमान लामाले सरकार परिवर्तनका कारण सुकुम्बासी र अव्यवस्थित बसोबासीले वर्षौंदेखि आश्वासन मात्रै पाएको तर लालपूर्जा पाउन नसकेको गुनासो गर्छन् । ‘यो सरकार भन्दा अघिको सरकारको पालामा लालपूर्जा पाउने गरी काम भएको थियो तर बीचैमा सरकार ढल्यो’, लामाले भन्छन् ।

रुपन्देही १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार छविलाल विश्वकर्मा अव्यवस्थित र सुकुम्बासी परिवारलाई लालपूर्जा दिने आफ्नो दलको पहिलो प्राथमिकता भएपनि सरकार ढलेका कारण दिन नसकिएको बताउँछन् ।

‘विगतमा दशकौंसम्म लालपूर्जा बाँड्न नसकिएको सत्य हो, तर एमालेको सरकारको पालामा सबै तथ्यांक संकलन र प्रक्रिया पूरा गरेर लालपूर्जा बाँड्न मात्र बाँकी रहेका बेला सरकार ढालियो’, विकले भने, ‘अघिल्लो सरकारले गरेका विधि प्रक्रियासम्मत कामलाई नयाँ सरकारले निरन्तरता दिनुपर्नेमा एमालेलाई जस जान्छ भनेर आयोग नै विघटन गरियो ।’

एउटा सरकारले सुरु गरेका कामलाई राजनीतिक स्वार्थका कारण अर्को दलको सरकारले उल्ट्याउने परिपाटीले लालपूर्जाको आशमा बसेका नागरिकको आशा पूरा हुन नसकेको विश्वकर्माले बताए ।

राजस्व चर्को भएपछि लालपुर्जा लिन अस्वीकार

दशकौंदेखि लालपूर्जाको आशामा बसेकाहरु अहिले फेरि अर्को पीडामा छन् । अव्यवस्थित बसोबासीका लागि जग्गाको मूल्याङ्कनका आधारमा झण्डै २ सय प्रतिशत राजस्व दर कायम गरिएपछि देवदहका अव्यवस्थित बसोबासीहरुले तयार भएको लालपूर्जा पनि लिन अस्वीकार गरेका छन् ।

‘गाउँको एक कठ्ठा जग्गाको राजस्व नै १५ लाखसम्म तिर्नुपर्ने भएपछि कसरी लालपुर्जा लिने ?’, देवदहकी लक्ष्मी विक भन्छिन्, ‘यति चर्को राजस्व बुझाउन भन्दा लालपूर्जा नै चाहिएन, यो सरकारले त झन् सुकुम्बासी पो बनाउने भयो ।’

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको समितिले पालिकाको सिफारिसका आधारमा जग्गाको मूल्य र राजस्वको दर निर्धारण गर्दछ ।

अघिल्लो सरकारको पालामा भन्दा अहिलेको सरकारले दोब्बर बढी मूल्यांकन गरी राजस्व दर कायम गरेपछि देवदहमा लालपूर्जा तयार भएका ४५ जनाले लिन नमानेको स्थानीय सामाजिक अगुवा टंक पोखरेल बताउँछन् ।



source https://www.onlinekhabar.com/2022/10/1209615

Tuesday 25 October 2022

प्रधानमन्त्री देउवाले गरे शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गरेका छन् ।

एक समारोहका बीच प्रधानमन्त्री देउवाले बुधबार भक्तपुरको मध्यपुर  थिमिस्थित शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गरेका हुन् ।

उनले राष्ट्रिय विभूति साख्वाको प्रतिमामा माल्यार्पण गर्दै उनको योगदानको स्मरण गरे । प्रधानमन्त्री देउवाले हरेक नेपालीहरुले राष्ट्रिय विभूति साख्वाको जीवनीबाट सिकेर अघि बढ्न आवश्यक रहेको बताए ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो ।

नेपाल संवत्लाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

गत वर्षमात्रै मध्यपुर थिमिस्थित शंखधर पार्कमा  नगर-नगर साझेदारी कार्यक्रम अन्तर्रगत काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा शंखधर पार्क पनि निर्माण गरिएको छ ।  



source https://www.onlinekhabar.com/2022/10/1209584

आज गोवर्द्धन, बलि, गोरु र हली पूजा गरिंदै   

९ कात्तिक, काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज गोवर्द्धन, बलि, गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् ।

कात्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

बलि, हली एवं गोरु पूजा   

भगवान् विष्णुले बलि राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बलि राजाको पनि सम्झनास्वरूप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बलि राजाले पठाए भनेर भट्याउने चलन चलेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहनअर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ ।

यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ ।



source https://www.onlinekhabar.com/2022/10/1209550

Monday 24 October 2022

प्रधानमन्त्री देउवाले दिए ऋषि सुनकलाई बधाई

८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो  समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उनीसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन् ।

बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो । सन् १९८० मा साउथह्याम्पटनमा जन्मिनुभएका सुनकका बाबु आमा दुवै भारतीय मूलका हुनुहुन्छ । उनीहरू पूर्वी अफ्रिकाबाट बेलायत आएका हहुन् ।



source https://www.onlinekhabar.com/2022/10/1209336

धरानमा सूर्य बिनाको छरपस्ट एमाले

७ कात्तिक, धरान । धरानका पूर्वमेयर मनोज मेन्याङ्बो शनिबार बिहान बुढासुब्बा मन्दिर परिसरमा केही मतदाताबीच भेटिए । धार्मिक स्थल बुढासुब्बा परिसरमा उनी मतको बदला प्रतिबद्धता जनाउन पुगेका थिए । ‘१५ वर्षपछि फेरि आउनुपर्ने स्थिति बन्यो, तपाईंहरुले बुझ्नै भएको छ’, हात जोडेरै मेन्याङ्बोले भोट मागे ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनमा यही क्षेत्र (सुनसरी-१) बाट नेकपा माओवादीका किरण राईसँग पराजित भएपछि मेन्याङ्बो राजनीतिक गतिविधिमा निष्कृय जस्तै थिए । यसपटक पनि उम्मेदवार बन्ने आकांक्षामा उनी थिएन । ‘हामीले धरानबाट जयकुमार राईको नाम सर्वसम्मत सिफारिस गरेको हो । मेरो त मनसाय नै थिएन’, मेन्याङ्बोले अनलाइनखबरसँग प्रष्टोक्ति दिए ।

तर पार्टी नेतृत्वले धरान एमालेको आग्रह नसुनेपछि स्वतन्त्र उम्मेदवार बन्नु परेको उनले बताए । ‘४० वर्ष लामो सामिप्यता र संघर्ष गरेको पार्टीबाट अलग भएको छु । यो कुरा जनताले राम्रोसँग बुझ्नुभएको छ’, मेन्याङ्बोले भने ।

धरान उपमहानगरपालिकासहित बराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ देखि ५ सम्म र रामधुनी नगरपालिकाको वडा नम्बर ६ र ७ पर्ने सुनसरी-१ मा एमालेको आधिकारिक उम्मेदवार अशोक राई हुन् । जनता समाजवादी पार्टी (जसपा) सँग तालमेल गर्ने २१ असोजको निर्णय अनुसार, यो क्षेत्रबाट जसपाका संघीय परिषद् अध्यक्ष राई एमालेको पनि साझा उम्मेदवार बनेका हुन् ।

‘तालमेलको निर्णय निकै ढिलो गरी भयो । जुन बेला अशोक राई हाम्रो पनि उम्मेदवार हुने सूचना पायौं, त्यो बेला हामी निकै अगाडि बढिसकेका थियौं’ सुनसरी एमालेका एक नेताले भने । पार्टीले चुनावमा एक्लै होमिने निर्णय गरिसकेको र अध्यक्ष केपी शर्मा ओलीको लगातारको सार्वजनिक अभिव्यक्ति पनि त्यसैअनुसार आएकाले धरानमा केही पहिलेबाटै चुनावी तयारी भएको उनी बताउँछन् ।

‘सत्तारुढ गठबन्धनबाट अशोक राई उम्मेदवार बन्ने निश्चितजस्तै थियो, त्यसैअनुसार हामीले रणनीति बनाएका थियौं’ ती नेता भन्छन्, ‘तर जसकाविरुद्ध प्रचार गरिरहेका थियौं, अकस्मात उनी नै हाम्रो उम्मेदवार बन्न आउनुभयो ।’ ०७४ को चुनावमा पनि एमालेविरुद्ध नेपाली कांग्रेसले अशोक राईलाई नै उम्मेदवार बनाएको थियो । तर एमालेका जय राईसँग दोब्बरबढी मत अन्तरले पराजित भए । त्यसबेला अशोकले २२ हजार १२३ मत पाउँदा जयले ४४ हजार ५२८ मत ल्याएर जितेका थिए । तिनै अशोक राई यसपटक पनि कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबाटै उम्मेदवार बन्ने देखेरै धरान एमालेले फेरि जय राईलाई अगाडि बढाउने निर्णय गरेको थियो ।

एमालेको समर्थन पाएका जसपाका उम्मेदवार अशोक राई ।

तर जसपाले सत्ता गठबन्धन तोड्दै राजनीतिक समीकरण बदलेपछि अशोक राई एमाले कित्तामा आइपुगे । ‘राजनीतिक उतारचढाब अचम्मै हुने रहेछ, ३१ वर्ष अगाडि मैले नै अशोक राई यहाँको (सुनसरी-१ बाट) उम्मेदवार हुनुपर्छ भनेर अडान लिएको थिएँ’ पूर्वमेयर मेन्याङ्बोले अतित सम्झिए, ‘तर त्यसबेला मनमोहन अधिकारीले धरानबाट चुनाव लड्ने चाहना राखेपछि अशोक राई खोटाङतिर लाग्नुभयो ।’ पञ्चायत अन्त्यपछि २०४८ मा भएको त्यो चुनावमा अधिकारीले धरानबाट जित्दा राईले खोटाङबाट जिते ।

तिनै अशोक राई अहिले धरानबाट एमालेकै मत पाएर संसद भवन छिर्ने दौडमा निस्कदा मनोज भने जसरी पनि रोक्न लागिपरेका छन् । ‘यो मेरो मात्रै निर्णय होइन, नेतृत्वको मनपरी मन नपराउने धेरैको समर्थन छ’, मनोजले भने ।

एक स्थानीय नेताकाअनुसार, सुनसरी-१ जसपालाई छोड्ने एमाले नेतृत्वको निर्णयप्रति असन्तुष्ट नेताहरुले २२ असोजमा भेला राखेरै मनोज मेन्याङ्बोलाई स्वतन्त्र उम्मेदवार बनाउने निर्णय गरेका थिए । अर्थात्, खरायो चिह्न पाएका मेन्याङ्बो एमालेकै असन्तुष्ट पक्षधर नेताहरुका उम्मेदवार हुन् ।

एमाले केन्द्रीय सदस्य एवम् सुनसरी सहइन्चार्ज मञ्जु भण्डारी भने केपी ओलीलाई प्रधानमन्त्री बनाउन अशोक राईलाई मतदान गर्नुको विकल्प नरहेको बताउँछिन् । ‘पार्टीको निर्णय नमान्ने भए पहिले एमाले छोड्नुपर्छ, एमालेमै बसेर आफूखुशी उम्मेदवार भन्ने हुन्न’, भण्डारीले अनलाइनखबरसँग भन्छिन् । अशोक राईले पूरा एमाले पंक्तिको मत पाउने उनी दाबी गर्छिन् ।

भण्डारीको दावीजस्तो दृष्य भने धरान एमालेमा देखिँदैन । विकसित राजनीतिक समीकरणले धरानमा थरिथरि भूमिकामा एमालेहरू उभिन पुगेका छन् । ‘पार्टी नेतृत्वले विवेकपूर्ण निर्णय नलिनुको ठूलो असर यहाँ देखिएको छ । मुख्य कुरा ३१ वर्षपछि एमालेको सूर्य चिह्न धरानबाट हरायो’, धरान एमालेका एक पदाधिकारी भन्छन् । सूर्यविहीन एमाले बन्न पुगेकै कारण अनेक भूमिकामा नेता-कार्यकर्ता विभाजित हुन पुगेको तर्कमा यहाँका धेरै नेताहरु सहमत छन् ।

थरिथरि एमाले र खरायोको डर

खरायो चिह्न पाएका स्वतन्त्र उम्मेदवार मनोज मेन्याङ्बो ।

यो निर्वाचन प्रतिनिधिसभाततर्फ एमालेको सूर्य मात्रै नभएर कांग्रेसको रुख चिह्न लिएका उम्मेदवार पनि छैनन् । सत्ता गठबन्धनमा भएको भागवण्डा अनुसार कांग्रेसले माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बो (मुकेश) लाई समर्थन छ । कांग्रेसको रुख यसपटक मात्रै नभएको होइन, ०७४ मा पनि थिएन । त्यो बेला अशोक राईको छाता चिह्नमै यहाँका कांग्रेस कार्यकर्ताले मत हालेका थिए ।

धरानमा कांग्रेसको रुख नहुनु भन्दा सूर्य चिह्न नरहनुको ठूलो अर्थ रहने एमाले नेताहरु बताउँछन् । किनकि यो क्षेत्रबाट कुनै पनि संसदीय चुनाव कांग्रेसले जितेको छैन, तर एमालेले २०६४ बाहेक ०४८ यताका सबै चुनाव जितेको छ ।

०४८ मा मनमोहन अधिकारी, २०५१ मा लिला श्रेष्ठ सुब्बा, २०५६ मा कुन्ता शर्मा, २०७० मा कृष्णकुमार राई र २०७४ मा जय राईले जितेका थिए । सबै एमाले उम्मेदवार हुन् । २०६४ को चुनाव मात्रै माओवादी केन्द्रका किरण राईले जिते । ‘सूर्य चिह्न भएको भए मनोज मेन्याङ्बोको स्वतन्त्र उम्मेदवारी पर्ने थिएन । एमालेमा अहिलेको जति समस्या पनि हुन्थेन होला’, यहाँका पुराना पत्रकार प्रदीप मेन्याङ्बो भन्छन् ।

एमालेका एक जिल्ला नेता त ओलीलाई व्यंग्य गर्छन्, ‘नचिनेका मान्छेलाई काठमाडौंबाट फोन गर्ने नेताले वर्षौदेखि चिनेका आफ्नै कार्यकर्ताको कुरा सुनेको भए धरानमा यस्तो समस्या नआन सक्थ्यो ।’ मनोज मेन्याङ्बो धरानमा परिचित र परीक्षण भइसकेका नेता भएकाले पनि अरु उम्मेदवार दबाबमा छन् । ‘धरानमा उपमेयर र मेयर भएर मनोज मेन्याङबोले राम्रै छाप छोडेकाले पनि चासोका साथ हेरिएको हो’, यहाँका पुराना शिक्षक प्रल्हाद भट्टराई भन्छन् ।

मनोजले एमालेबाटै २०४९ मा उपमेयर र २०५४ मा मेयर जितेका थिए । धरानमा चिनाउने घण्टाघर र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग मनोजको सम्बन्ध जोडिएको अधिकारी बताउँछन् ।

धरान बजारमा रहेको घण्टाघर

यसको अर्थ एमालेको आधिकारिक उम्मेदवार अशोक राईलाई भर्खरै एमाले त्यागेका मनोज ठूलै चुनौती बन्ने देखिन्छ । त्यसै पनि गएको वर्ष २ भदौमा एमाले विभाजनको असर धरानले खेपेकै थियो । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले सुनसरी-१ (२) मा रेवतमरण राईलाई उम्मेदवार बनाएको छ, जसले केही समय अगाडि मात्रै एमाले त्यागेका थिए । स्थानीय नेताहरुका अनुसार, यो क्षेत्रमा एकीकृत समाजवादीको मत जसपाकै हाराहारी छ ।

मनोजले नपाउने एमालेको मत पनि अशोकलाई जान्छ भनेर ढुक्क हुने अवस्था छैन । किनकी एमाले समर्थकले कम्युनिष्टलाई नै मत हाल्ने मन गरे उनीहरुको रोजाईमा मुकेश विकल्प हुनसक्छ । यो पक्षलाई समेत ध्यान दिने हो भने सूर्य चिह्नको अभावसँगै यहाँ ‘छाता एमाले’, ‘खरायो एमाले’, ‘कलम एमाले’ र ‘वामपन्थी एमाले’ का प्रतिनिधि पात्र पर्याप्त भेट्न सकिन्छ ।

अशोक राई जिताउन गठित निर्वाचन परिचालन कमिटीका संयोजक मीन सुब्बा भने अहिले देखिएको दृष्य चुनावसम्म नरहनेमा विश्वस्त छन् । मनोनयन दर्ता हुँदै गर्दा देखिएको असन्तुष्टि धेरै घटिसकेको सुनाउँदै उनले भने, ‘आकस्मिक भएको निर्णयका कारणले असन्तुष्टि देखिएको हो, तर विस्तारै कुरा मिल्छ । चुनावसम्म एकताबद्ध हुन्छौं ।’

सुब्बाजस्तै जसपा धरानका संयोजक ताजबु लिम्बु पनि अशोकले नै चुनाव जित्ने दाबी गर्छन् । ‘एमाले अनुशासित र जनवादी केन्द्रीयतामा विश्वास गर्ने पार्टी हो । अनुशासित भएर सबै लाग्दा जित्न गाह्रो छैन’, लिम्बु भन्छन् ।

एमाले धरानको पार्टी कार्यालय


source https://www.onlinekhabar.com/2022/10/1209324

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More