Tuesday 18 October 2022

टेबल टेनिस महिला एकलमा नन्द एलिनालाई हराउँदै भाउजू नविताले जितिन् स्वर्ण

२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत टेबल टेनिसको महिला एकलतर्फ नेपाल पुलिसकी नविता श्रेष्ठले स्वर्ण जितेकी छन् ।

पोखरामा भइरहेको प्रतियोगिताको फाइनलमा आफ्नै क्लबकी एलिना महर्जनलाई ४–३ को निर्णायक सेटमा पराजित गरी नविताले स्वर्ण जितेकी हुन् ।

यी दुई नन्द–भाउजू हुन् र पछिल्लो एक दशकदेखिका चीर परिचित प्रतिद्वन्दी हुन् । राष्ट्रिय प्रतयोगितामा अहिलेसम्म नन्द एलिनाले भाउजू नवितालाई हराउन सकेकी छैनन् ।

प्रतिस्पर्धात्मक फाइनलमा नविताले २–० को सेटमा पछि परेको अवस्थालाई उल्टाएकी हुन् । ८–११, ६–११, १४–११, ८–११, ११–९, ११–६ र १५–१३ को सेटमा नविना विजयी भएकी हुन् ।

राष्ट्रिय खेलकुदमा नविताले महिला एकलमा लगातार चौथो स्वर्ण जितेकी हुन् । उनी २०६८ को छैटौं राष्ट्रिय खेलकुदयता लगातार च्याम्पियन हुँदै आएकी छिन्।



source https://www.onlinekhabar.com/2022/10/1206823

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More