Tuesday 18 October 2022

महिला ५ हजार मिटर दौडमा सन्तोषीले जितिन् स्वर्ण

२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छन् । उनको यो व्यक्तिगत दोस्रो स्वर्ण पदक हो ।

सन्तोषीले नेपाल पुलिसकी राजपुरा पछाईलाई पछि पारिन् । यसअघि १० हजार मिटरमा पनि सन्तोषीले राजपुरालाई नै पछि पार्दै स्वर्ण जितेकी थिइन् ।

सन्तोषीले १७ मिनेट ०५.२५ सेकेण्डमा दुरी पूरा गर्दै स्वर्ण जितिन् ।

नेपाल पुलिसकी राजपुराले १७ मिनेट १२.०५ सेकेण्डमा पूरा गर्दै रजत जितिन् भने त्रिभुवन आर्मी क्लबकी पूर्ण लक्ष्मी न्यौपानेले १८ मिनेट ०३.०० सेकेण्डमा पूरा गर्दै कास्य जितिन् ।



source https://www.onlinekhabar.com/2022/10/1206808

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More