Saturday 22 October 2022

हालान्ड चम्किंदा सिटीको सहज जित, कासेमिरोले टारे युनाइटेडको हार

६ कात्तिक, काठमाडौं । एर्लिन हालान्डले दुई गोल गरेपछि म्यानचेष्टर सिटीले  शनिबार राति भएको प्रिमियर लिगको खेलमा ब्राइटनलाई ३-१ ले पराजित गरेको छ । यस जितपछि सिटीले शीर्ष स्थानको आर्सनलसँग अंक दूरी १ मा झारेको छ ।

आर्सनलको १० खेलबाट २७ अंक छ भने ११ खेल खेलिसकेको सिटीको २६ अंक छ ।

उनले २२औं मिनेटमा गोल गर्खै अग्रता दिलाएका थिए भने ४२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे ।

५३औं मिनेटमा ब्राइटनका लियोन्ड्रो ट्रोसार्डले गोल गर्दै ब्राइटनलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर केभनी डे ब्रुएनाले ७५औं मिनेटमा गोल गर्दै सिटीको जित पक्का गरे ।

पराजित ब्राइटन ११ खेलबाट १५ अंकसहित आठौं स्थानमा छ ।

शनिबार राति नै भएको खेलमा चेल्सी र म्यानचेष्टर युनाइटेडले १-१ को बराबरी खेल्दै अंक बाँडेका छन् । इन्जुरी टाइममा कासेमिरोले गोल गरेपछि युनाइटेड हारबाट जोगिएको थियो । त्यसअघि चेल्सीका जर्जिन्होले ८७औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए ।

बराबरीपछि चेल्सी ११ खेलबाट २१ अंक जोडेर चौथो स्थानमा छ । समान खेलबाट २० अंकसहित युनाइटेड पाँचौ स्थानमा छ ।

शनिबारै भएको अर्को खेलमा लिभरपुल नटिङहम फरेस्टसँग १-० ले स्तब्ध भएको छ । यस सिजन खराब प्रदर्शन गरिरहेको लिभरपुल ११ खेलबाट १६ अंकसहित सातौं स्थानमा छ ।



source https://www.onlinekhabar.com/2022/10/1208501

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More