Monday 24 October 2022

म्यादी प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

८ कात्तिक, वीरगञ्ज । पर्सामा सवारी दुर्घटनामा घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिन्दबासिनी गाउँपालिका वडा नं.२ बस्ने ६० वर्षीय सरस्वती देवी कुर्मीको मृत्यु भएको हो   ।

असोज ५ गते बिहान ०७:१७ बजे पर्सा सखुवाप्रसौनी गा.पा. वडा नं. ५ बस्ने ३५ वर्षीय ललन प्रसाद यादवले चलाएको ना.१३प३५४४ नं. को मोटरसाइकलले ठक्करबाट कुर्मी गम्भीर घाइते भएकी  थिइन् ।  उनलाई  उपचारार्थ कलैया अस्पताल लगेर प्राथमिक उपचार गरिएको थियो ।

थप उपचारको लागि साढे ८ बजे  एल.एस.न्युरो अस्पतालमा रिफर गरिएको थियो ।  उपचारको क्रममा उनको सोमबार अपराह्न पौनै ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

यादव मंसिर-४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको लागि  छनौट भएको म्यादी प्रहरी रहेको प्रहरीले जनाएको छ ।



source https://www.onlinekhabar.com/2022/10/1209318

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More