Monday 24 October 2022

कैलालीमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

८ कात्तिक, धनगढी । कैलालीमा घरको कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

सोमबार बेलुका लक्ष्मी पूजाका लागि कोठा बत्ती बाल्ने क्रममा गौरीगंगा नगरपालिका वडानम्बर ५ को अण्डैया शिविर बस्ने ४० वर्षीय गणेश सिजाली मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँया हातमा करेन्ट लागेर गम्भीर भएका मगरको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमा राखिएको छ।



source https://www.onlinekhabar.com/2022/10/1209315

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More