Tuesday 30 June 2020

उद्धारमा खटिएका पाइलटको अनुभव : कोरोनासँग डर लाग्दैन

१७ असार, काठमाडौं । अहिले विभिन्न देशमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीहरुको उद्धारको काम धमाधम भइरहेको छ । कम्तिमा दैनिक आधा दर्जन उडानबाट १ हजारदेखि १५ सय नेपाली घर फर्किरहेका छन् ।

सम्बन्धित मुलुकले टिकट काटेर पठाउने उडान बाहेक स्वदेशी दुई कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाजबाट नेपालीको उद्धार भइरहेको छ । यसरी भइरहेको उद्धारमा नियमित गन्तब्यभन्दा बाहेकका नयाँ–नयाँ गन्तब्यमा जहाज लैजानुपर्ने हुन्छ ।

नेपाल एयरलाइन्सका क्पाप्टेन सुरज भण्डारीले यसअघि एकपटक पनि नउडेको शहरमा ए ३२० लिएर उद्दारका लागि गए । नयाँ शहर र विमानस्थलमा जाँदा चुनौति र रोमाञ्च दुवै हुने उनी बताउँछन् ।

माल्दिम्भमा नेपाल एयरलाइन्सको नियमित उडान छैन । तर, यसबीचमा नेपाल एयरलाइन्सले माल्दिम्भबाट नेपालीलाई घर ल्याएको छ । सो उडानका एक सदस्य क्याप्टेन भण्डारीले उद्धार उडानको आफ्नो अनुभव हामीसँग बाँडे ।

कोरोनासँग डर लाग्दैन

पर्याप्त ज्ञान र पर्याप्त सुरक्षा प्रवन्धका कारण अहिले कोरोना भाइरससँग त्यति धेरै डर नलाग्ने पाइलट भण्डारी बताउँछन् । सरकारी कम्पनीका रुपमा नेपाल एयरलाइन्सले अग्रपंक्तिमा रहेर नेपालीहरुको उद्धार थालेपछि पाइलटहरुलाई समेत कम्पनीले सुरक्षा प्रवन्ध बढाएको छ ।

सिधै घरमा जानु पर्दैन । आवश्यक सुरक्षाका साधन उपलब्ध गराइएको छ । ककपिटमा बस्दा यात्रुसँग प्रत्यक्ष सम्पर्कमा जानुपर्दैन । त्यसकारण पनि उद्धार उडानका क्रममा डर नलाग्ने उनको अनुभव छ ।

नेपाली यात्रु नै इमान्दार

एउटा जहाज आकासमा उडेपछि विमानस्थलमा नझरेसम्म त्यसको सम्पूर्ण व्यवस्थापनको जिम्मा पाइलटसँग हुन्छ । अहिले जहाजमा यात्रु राखेर घरसम्म ल्याउनु जोखिमपूर्ण त छँदैछ, त्यसमाथि यात्रुका कतिपय गतिविधि पाइलटका लागि पनि टाउको दुखाइ बनिरहेको हुन्छ ।

तर, उद्धार उडानका बेला नेपाली यात्रुमा देखिएको धैर्य र इमानदारीले भने क्याप्टेन भण्डारीको समेत मन जितेको छ ।

‘लामो समय दुख सहेर बस्नुभयो, घर फर्कने क्रममा पनि कम्पनी, नागरिक उड्डयन प्राधिकरणले अपनाएको सुरक्षा विधि इमानदारीसाथ पालना गर्नुभएको छ,’ उनले भने । यसले सुरक्षित उद्दारमा यात्रुको भूमिका महत्वपूर्ण हुने सावित गरेको उनले बताए ।

अन्य मुलुकमा मार्किङ भेटिएन

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा सामाजिक दूरी कायम गर्न मार्किङ गरिएको छ । उक्त मार्किङअनुसार मात्र यात्रुलाई व्यवस्थापन गरिन्छ । आफु पुगेका अधिकांश विमानस्थलमा यसरी सामाजिक दूरी कायम गर्न मार्किङ नभेटेको उनले बताए ।

नेपालमा जहाजबाट झरिसकेपछि पार्किङ वेबाट अराइभल एरियासम्म लैजाने बसमा एक पटकमा ३० जना मात्र राखेर यात्रा गराइन्छ । सुरक्षा प्रवन्धको हिसावले काठमाडौं विमानस्थलमा कमी महसुस नभएको उनले बताए ।

घरमा समस्या छैन

डाक्टर, नर्स र सुरक्षाकर्मीजस्तै यति बेला पाइलट र एयर होस्टेससमेत फ्रन्टलाइनमा रहेर काम गर्ने समूहमा परेका छन् । उनीहरुले कोरोना फैलिएका मुलुकमा पुगेर यात्रुको उद्धार गर्नु परेको छ ।

तर, उद्धार उडानमा खटिएकोप्रति आफ्नो परिवारमा कुनै गुनासो नरहेको उनको भनाइ छ । ‘हामी गन्तव्यबाट फर्केपछि सिधै घर जाँदैनौं, कम्पनीले व्यवस्था गरेको होटेल क्वारेन्टिनमा जान्छौं,’ उनी भन्छन् । त्यहाँबाट घर जानै परे कोरोना परीक्षणमा नेगेटिभ नतिजा आएमात्र जाने व्यवस्थाका कारण आत्मविश्वास समेत बढेको उनको भनाइ छ ।

के पीपीइ लगाउँछन् पाइलट ?

उद्धार उडानमा ककपिटमा बस्दा पाइलटले पीपीई लगाउँदैनन् । यात्रुसँग सम्पर्कमा रहने क्रु मेम्बरका लागि मात्र यो आवश्यक छ । हरेक उडानपछि जहाज पूर्णरुपमा सफाई गरिन्छ ।

जहाज निर्माता एयरबसले दिएको सुझावका आधारमा ककपिटदेखि सबै सीटहरु किटाणुरहित बनाइन्छ । त्यसकारण पाइलट अहिले बिना पीपीई नै जहाज उडान सक्छन् । एयर होस्टेसहरुले भने यात्रुलाई खाना, पानीलगायत सेवा दिने क्रममा पीपीई लगाउँछन् ।



source https://www.onlinekhabar.com/2020/07/877922

हरिशयनी एकादशीको धार्मिक कथा र महत्व 

असार महिनामा शुक्ल पक्ष एकादशीलाई विभिन्न नामले पुकारिन्छ । जस्तो देवशयनी एकादशी, हरिशयनी एकादशी पद्यनाभा एकादशी ।

असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्मको चार महिनाको समयलाई हरिशयनको काल मान्ने गरिएको छ । वर्षाको यी चार महिनालाई संयुक्त नाम चतुर्मास दिइएको छ । यस क्रममा जति पनि पर्व, व्रत, उपवास, साधना, आराधना, जप–तप गरिन्छ, त्यसका विशाल स्वरुप एक शब्दमा ‘चतुर्मास्य’ भनिन्छ । चतुर्मासमा चार मासको समय–बोध हुन्छ र चतुर्मास्यले यस समयका क्रममा गरिएका सबै व्रत–पर्वका समग्र बोध हुन्छ ।

पौराणिक कथा

सत्ययुगमा मान्धाता नामको एक चक्रवर्ती सम्राट राज्य गर्थे । उनको राज्यमा प्रजा एकदमै सुखी र आनन्दपूर्वक बस्थे । एक समय राज्यमा लगातार तीन बर्षसम्म पानी परेन । त्यही कारण भयांकर अनिकाल सुरु भयो । प्रजा व्याकुल भए र चारैतर्फ हाहाकार मच्चियो । प्रजाको दयानिय अवस्था देखेर राजा समाधान खोज्नका लागि जंगलतर्फ निस्किए ।

यसै क्रममा विचरण गर्दै राजा मान्धाता अंगिरा ऋषिको आश्रममा पुगे । राजको कुरा सुनेर अंगिरी ऋषिले भने, ‘तिमीले आफ्नो राज्यमा गएर देवशयनी एकादशी व्रत राख्नु । यस व्रतको प्रभावले राज्यमा आवश्यै पानी पर्नेछ ।’ अंगिरा ऋषिको कुरा सुनेर राजा मान्धाता आफ्नो राज्य फर्किए । राजाले विधी विधानपूर्वक देवशयनी एकादशीका व्रत बसे । यसको प्रभावले वर्षा हुन थाल्यो । राज्यमा समृद्धि फर्कियो ।

पुराणमा असार एकादशीलाई विशेष महत्व दिइएको छ । धार्मिक मान्यता के छ भने यस दिन भगवान विष्णुको पूजा र व्रत गर्नाले समस्त मनोकामना पुरा हुन्छ र भगवान प्रशन्न हुन्छन् ।

पूजा विधी : विहान उठेर नुहाएर शरीर शुद्धिकरण गर्ने । त्यसपछि देवशयनी एकादशी व्रत बस्न सकिन्छ । पूजास्थलमा भगवान विष्णुको प्रतिमा स्थापना गरेर पूजाआजा गर्नुपर्छ । भगवान विष्णुलाई पहेंलो फूल, पहेंलो वस्त्र, पहेलों चन्दन चढाउनुपर्छ । उनको हातमा शंख, चक्र, गदा र पद्यमाले सुशोभित गर्नुपर्छ ।



source https://www.onlinekhabar.com/2020/07/877916

कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधन

१७ असार, काठमाडौं । नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।

उनको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले जानकारी दिए । ६६ वर्षीया छन्त्याल मुट सम्बन्धी समस्याबाट पीडित थिइन् ।

बाग्लुङको तमानखोला गाउँपालिका वडा नं. ५ खुंखानीमा जन्मिएकी र बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास बसोबास गर्दै आएकी छन्त्याल हाल प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन् । उनी २०७० सालको संविधानसभामा पनि सभासद थिइन् ।

उनको बुधबार दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति कुँवरले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2020/07/877910

सरकार ! तमासा अति भयो : गगन थापा

१७ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक कलहलाई लिएर नेपाली कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारमा तमासा भइरहेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा नेकपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै एकअर्काविरुद्ध आरोप प्रत्यारोप गरेका थिए ।

त्यसप्रति लक्षित गर्दै नेता थापाले सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त रहेको उल्लेख गर्दै भनेका छन्, ‘तर, अहिले न त सलह किराले आफ्नो आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले, बरु यिनको त गति र प्रभाव बढ्दो छ ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ, अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस् ।’



source https://www.onlinekhabar.com/2020/07/877911

जबर्जस्ती करणी मुद्दामा २४ वर्ष कैद

१७ असार, दमौली । जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले दुई बालिकालाई जबर्जस्ती करणी अभियोगमा रौतहट गढीमाई नगरपालिका–५ बस्ने नुरमहम्मद अन्सारीलाई २४ वर्ष कैदको फैसला सुनाएको हो ।

तेह्र र १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा अदालतले निजलाई एउटा मुद्दामा १८ वर्ष कैद, ५० हजार जरिवाना तथा अर्को मुद्दामा १२ वर्ष कैद र २५ हजार जरिवानाको फैसला सुनाएको हो । यद्यपि एउटै व्यक्तिले समान प्रकृतिका दुई कसुर गरेकाले एकीकृत फैसलाअनुसार निजलाई २४ वर्ष कैद र ७५ हजार जरिवानाको फैसला भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार विदुर उपाध्यायले जानकारी दिए ।

पोखरा घर भएका दुई युवतीलाई अभियुक्तले तनहुँमा ल्याई जबर्जस्ती करणी गरेको अभियोगमा परिवारले कास्की प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो । घटनास्थल तनहुँ भएकाले निजविरुद्ध तनहुँ जिल्ला अदालतबाट मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

यसैगरी १४ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरी बालविवाह गरेको अभियोगमा जिल्ला अदालत तनहुँले अभियुक्तलाई दुई वर्ष कैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले मुख्य अभियुक्त बन्दीपुर गाउँपालिका–१ का नवीन अर्जेललाई दुई वर्ष छ महिना कैद र रु पाँच हजार जरिवानाको फैसला गरेको हो ।

साथै मुख्य अभियुक्त अर्जेलबाट पीडित बालिकालाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिलाइने आदेश भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार उपाध्यायले जानकारी दिए ।

सोही अभियोगमा बन्दीपुर गाउँपालिका–१ बस्ने सुकुमाया अर्जेललाई तीन महिना कैद र रु तीन हजार जरिवाना, व्यास नगरपालिका–१२ बस्ने सन्तोष सुनारलाई तीन महिना कैद र रु तीन हजार जरिवाना र सोही ठाउँ बस्ने सविना सुनारलाई तीन महिना कैद र रु तीन हजार जरिवानाको फैसला भएको छ । चार जनाविरुद्ध विसं २०७६ जेठ ६ गते जबर्जस्ती करणी र बालविवाह मुद्दामा अदालतमा मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको सात पटक पेशी सरेको थियो ।



source https://www.onlinekhabar.com/2020/07/877906

दिनहुँ प्रयोग गर्नुपर्छ तुलसी, यस्तो छ औषधिय गुण 

तुलसीको नियमित सेवनले अनेकन स्वास्थ्य लाभ मिल्छ । खासगरी श्वासप्रश्वास प्रणालीमा यसले राम्रो प्रभाव पार्छ । श्वासप्रश्वास प्रणालीको झिल्लीमा स्वास्थ्यप्रद प्रभाव पार्न तुलसीमा अद्भूत क्षमता हुन्छ ।

त्यसो त अरु थुप्रै औषधिय गुणले भरिपूर्ण बनस्पति, तुलसी । धेरैको घर आँगनमा त तुलसी रोपिएकै हुन्छ । आर्युवेदमा यसको खास महत्व छ । त्यसैले तुलसीलाई पूज्ने गर्छौ, जो मानव स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ ।

विधिपूर्वक नियमित रुपमा तुलसी सेवन गर्ने व्यक्तिलाई रोगको संक्रमण हुँदैन । तुलसी सेवन गरिरहँदा अनेकौ रोगबाट सुरक्षित भइन्छ । यद्यपी त्यसका लागि विधि भने थाहा हुनुपर्छ ।

विधि

बिहान खाली पेटमा चार-पाँच तुलसीको पात सेवन गर्नुपर्छ । यो पातलाई दुई चम्चा पानीसँग वा पिसेर सेवन गर्न सकिन्छ । त्यसो त चार-पाँच वटा पात चपाए पनि फाइदा गर्छ ।

बिषेश

१.  तुलसीको प्रयोगले छातीमा चिसो लाग्न पाउँदैन । कफ निकाल्छ । छातीको दुखाई पनि कम गर्छ ।

२. तुलसीको प्रयोगले ज्वरोको समस्या पनि हुँदैन । निमोनिया वा मलेरियाको ज्वरोमा तुलसी र मरिचको तीन दाना एक चम्चामा पानीमा घोलेर केहि दिन पिउनुपर्छ ।

तुलसीको चिया

अदुवा, मरिच र तुलसीको मिश्रणको चिया पिउनुपर्छ, स्वास्थ्यमा निकै फाइदा गर्छ । तुलसीको चिया बनाउनका लागि पात चाहिन्छ । त्यसलाई सुकाएर चूर्ण बनाउनुपर्छ । त्यसमा राम्ररी पिसेको मरिचको चाहिन्छ । सुख्खा अदुवाको धुलो मिसाउनुपर्छ । अब यो मिश्रणलाई तातो पानीमा उमाल्नुपर्छ । राम्ररी उम्लिएपछि पाँच मिनेटजति ढक्कनले छोप्नुपर्छ । त्यसमा एक सय ग्राम जति शख्खर हालेर सेवन गर्नुपर्छ । यसले, टाउको दुखेको, नाक बन्द भएको, पिनास, श्वास नली बन्द भएको समस्यामा ठीक गर्छ ।

तुलसी र दुधको मिश्रण

तुलसीलाई दुधसँग पनि मिसाएर सेवन गर्न सकिन्छ । यसरी तुलसी र दुधको मिश्रण बनाउँदा त्यसले थप लाभ गर्छ । खासगरी यस्तो मिश्रण खाली पेटमा सेवन गर्नुपर्छ ।

१. सास सम्बन्धी रोगमा फाइदा

यदि कसैलाई दम वा श्वासप्रश्वास सम्बन्धी समस्या छ भने दुध र तुलसी सेवन गर्नुपर्छ । बिहान खाली पेटमा नियमित दुध र तुलसी सेवन गर्दा फाइदा मिल्छ ।

२. टाउको दुखाईमा

टाउको दुख्ने समस्या छ भने पनि तुलसीको पात र दुधको मिश्रण उपयोगी हुन्छ । यसले हरेक उमेरका व्यक्तिलाई ठिक गर्छ । माइग्रेन जस्तो समस्यामा पनि यो लाभदायक हुन्छ ।

३. मुटुलाई स्वस्थ्य राख्ने

जसलाई मुटुसम्बन्धी समस्या छ, उनीहरुले बिहान खाली पेटमा दुध र तुलसी सेवन गर्नुपर्छ ।

४. तनाव हटाउँछ

यस किसिमको पेयले स्नायु प्रणालीलाई आनन्दित तुल्याउँछ । त्यसले तनावको स्तर कम गर्छ । डिप्रेसन वा चिन्ताको अवस्थामा तुलसी र दुधको मिश्रण सेवन गर्नुपर्छ ।



source https://www.onlinekhabar.com/2020/07/877905

गण्डकी प्रदेशमा थपिए २८ कोरोना संक्रमित

१७ असार, पोखरा । गण्डकी प्रदेशमा बुधबार थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ६ जिल्लामा २८ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकीमा बुधबार कोरोना पोजेटिभ नतिजा आउनेमा १२ जना पूर्वी नवलपरासीका छन् । कोरोना संक्रमण पुष्टि हुनेमा बुलिङटार गाउँपालिकाका २६ र २७ वर्षका २ जना पुरुष छन् ।

त्यस्तै, गैडाकोट गाउँपालिकाका २५ देखि ५० वर्ष उमेर समूहका ८ जना पुरुष छन् । सोही गाउँपालिकाकै २३ र ५१ वर्षका २ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल, चितवनमा कोरोना परीक्षण गरिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा गोरखाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा सहिद लखन गाउँपालिकाका ३० वर्षीय एक जना महिला छिन् । गोरखाकै बारपाक गाउँपालिका २६, ५१ वर्षका २ जना पुरुष छन् ।

त्यस्तै, प्रदेश क्षयरोग केन्द्र, पोखरामा गरिएको परीक्षणमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा स्याङ्जाका ८ जना छन् । स्याङ्जा वालिङ नगरपालिकाका ५० वर्षीया एकजना महिला र २७ वर्षीय पुरुष छन् ।

स्याङ्जा पुतलीबजार नगरपालिका २५ वर्षीय एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । भीरकोट नगरपालिकाका २३ देखि २७ वर्ष उमेर समूहका ४ जनामा पुरुष र २४ वर्षीय एक महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाका २९ वर्षीय एक महिला र सोही जिल्लाकै बडीगाड गाउँपालिकाका २३ र २६ वर्षीया २ महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

तनहुँको शुक्लागण्डकी र कास्कीको पोखरा महानगरपालिकामा एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नवलपरासी, गोरखा र कास्कीका सबै संक्रमितलाई आइसोलेसनमा लगिसकिएको र बाँकी जिल्लाका संक्रमितलाई पनि आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय ९४ पुगेको छ । जसमध्ये २ जना संक्रमितको उपचारकै क्रममा पोखरामा मृत्यु भएको छ भने कोरोना जितेर घर फर्किनेको संख्या २ सय १५ छ । मंगलबारमात्रै मुस्ताङका ८३ वर्षीय एक पुरुष कोरोनालाई जित्दै अस्पतालबाट डिस्चार्ज भएका थिए ।



source https://www.onlinekhabar.com/2020/07/877900

बहुउपयोगी वनस्पति तुलसी : घरेलु ओखतीदेखि वायु शुद्धिकरणसम्म

वास्तवमा तुलसी रोप्नुलाई धार्मिक आस्थासँग जोडिएको छ । तुलसी मात्र होइन, राम्रो बनस्पति रोप्नु आफैमा पुण्यको काम हो । वनस्पति थरी–थरीका हुन्छन् । सबैको आ–आफ्नै गुण हुन्छन् । त्यसमध्ये प्रकृतिमा यस्ता वनस्पति छन्, जो प्राणी जगतका लागि अति उपयोगी छन् । जस्तो कि, तुलसी ।

हामी देख्छौं, घरको आँगनमा मठ बनाइन्छ । लिपपोत गरिन्छ । सफा सुग्घर गरिन्छ । त्यसमाथि तुलसी रोपिन्छ ।

तुलसीलाई किन यसरी आँगनमा मठ बनाएर रोपिएको होला ? यसरी रोप्दा धर्म हुने हो ? पाप पखालिने हो ?

यी आस्थाका कुरा हुन् । तुलसीलाई घरको आँगनमा मठ बनाएर महत्वका साथ रोप्नुको पछाडि बैज्ञानिक कारण छन् । तुलसी, जसको आर्युवेदमा उच्च महत्व छ । घर आँगनमा रोप्दा यसले शोभा मात्र बाढाउँदैन, वायु शुद्धिकरण गर्नेदेखि औषधिय उपयोगसम्म गर्न सकिन्छ ।

बहुगुणी तुलसीलाई उचित संरक्षण गर्ने परम्परालाई हाम्रा पूर्खाहरुले धर्ममा जोडेका हुन् । धर्मसँग जोड्दा त्यो बढी प्रभावकारी र चीरस्थायी पनि हुने भएकाले यसो गरिएको हो । तुलसी जस्तो बनस्पति लोप नहोस् साथै हाम्रा पुस्तौं–पुस्ता सन्ततीले यसको महत्व बुझोस् भन्नका खातिर पनि यसरी रोपिएको हो ।

तुलसी सफा ठाउँमा मठ बनाएर रोप्नुको पछाडि यसको औषधिय महत्वलाई पनि दर्शाउँछ । तुलसीको पात, डाँठ हामी सोझै सेवन गर्न सक्छौं । यसरी खानेकुरालाई सफासुग्घर गरेर राख्नुपर्छ भन्ने पनि हो ।

तुलसी कुन दिशामा रोप्ने भन्ने पनि निर्धारण गरिएको छ । ससर्ती हेर्दा र सुन्दा यो आडम्बर वा वाहियात लाग्न सक्छ । तर, तुलसी यस्तो बनस्पति पनि हो, जसले वायुलाई शुद्धिकरण गर्छ । त्यही कारण वायुको बहकाव कुन दिशाबाट हुन्छ भन्ने आधारमा यसलाई रोप्ने स्थान निर्धारण गरिएको हो ।

तुलसीलाई घरको सम्मुखमा रोप्नुपर्छ । यसलाई पूर्व वा उत्तर दिशामा रोप्नु राम्रो मानिन्छ । यसरी रोप्दा त्यसले वास्तु दोषको असर कम गर्ने धार्मिक विश्वास छ ।

ओखतीको रुपमा तुलसी

तुलसीको एक,दुई पात नियमित रुपमा सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्ने बताइन्छ । यसको साइड इफेक्ट केही पनि छैन । नियमित रुपमा तुलसीको पात चपाउन वा पानीमा उमालेर त्यसको पानी पिउन सकिन्छ । बालबबालिकादेखि बुढाबुढी, रोगी जोकोहीलाई यसको सेवन गराउन सकिन्तछ ।

चाहे रुघाखोकमा होस् वा कफ जमेको बेला, ज्वरोमा होस् वा दाँतको रोगमा, तुलसी उपयोगी हुन्छ ।

–  तुलसीको पत्ताको तेलमा यूजीनोल, मिथाइल यूजेनल र क्यारियोफिलिन पाइन्छ, जसबाट पेन्क्रियाटिक बीटा सेल्सले राम्ररी काम गर्छ । यसको कारणले शरीरमा इन्सुलिनको मात्रा कायम रहन्छ र ब्लड सुगर पनि ठिक रहन्छ । यसले मधुमेह हुनबाट रोक्छ ।

-तुलसीमा एन्टी अक्सिडेन्ट र एन्टी कार्सिनोजेनिक गुण पाइन्छ । जसले स्तन क्यान्सर र मुखको क्यान्सर बढ्नबाट रोक्छ ।

– किड्नीको पत्थरी हटाउनका लागि बिहान तुलसीको रसमा मह मिलाएर पिउनुस । ६ महिनासम्म यसरी पिउँदा किड्नीको पत्थरी मात्रै हट्दैन, यसबाट हुने दुखाईमा पनि आराम मिल्छ ।

-सासको दुर्गन्ध हटाउन पनि तुलसीको पत्ता सहयोगी हुन्छ । प्राकृतिक भएको कारणले यसको कुनै साइड इफेक्ट पनि हुँदैन । यदि मुखबाट गन्ध आइरहेको छ भने तुलसीको केही पत्ता चबाउनुस । तुरुन्तै गन्ध हटेर बास्ना आउन थाल्छ ।

– तुलसीको पत्ताको दुई–दुई थोपा रस १४ दिनसम्म आँखामा हाल्दा रतन्धो ठिक हुन्छ । आँखोको पहेँलोपन पनि कि हुन्छ । तुलसीको पत्ताको रस गाजल जसरी आँखामा लगाउँदा आँखाको ज्योति बढ्छ ।

-सबै प्रकारको ज्वरोलाई जरैदेखि निर्मुल गर्न तुलसी प्रभावकारी हुन्छ । २० तुलसीको पत्ता र १० वटा मरिच मिलाएर बनाएको काँडालाई पिउँदा पुरानोभन्दा पुरानो ज्वरो पनि छुमन्तर हुन्छ । पारासिटामोल र एन्टिबायोटिक्स लिनैपर्दैन ।

– कुनै पनि प्रकारको छालाको रोगलाई तुलसीले सजिलै ठिक पार्छ । तुलसी घोटेर प्रभावित ठाउँमा लगाउँदा छालाको रोग निर्मूल हुन्छ । तुलसीको पत्ताको रस रातमा अनुहारमा राम्ररुी लगाउँदा डण्डीफोरबाट छुट्कारा मिल्छ ।



source https://www.onlinekhabar.com/2020/07/877901

के अब हामी कोरोनासँगै बाँच्नुपर्ने हो ?

कोराना अर्थात् कोभिड–१९ ले हामीलाई सचेत मात्र बनाएन स्वास्थ्यका विषयमा धेरै ज्ञान र केही दक्षता पनि दिएको छ । हात धुने, मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्नेजस्ता सावधानीका उपायका बारेमा हामीले बुझेर अपनाउन पनि थालेका छौं ।

चीनको वुहानमा डिसेम्बर २०१९ बाट सुरु भएको ‘कोरोना भाइरस’ अर्थात् कोभिड १९ को संक्रमणले ६ महिनामा नै संसारको एक करोड चार लाखभन्दा बढी मानिसलाई संक्रमित बनाइसकेको छ । ५ लाख ८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

हामी यो तथ्याङ्कले आत्तिन्छौं, तर यही अवधिमा ५६ लाख ७० हजार संक्रमित निको भएर घर फर्किसकेको बिर्सन्छौं । आजको मितिमा पनि ४२ लाख ३५ हजार कोभिड १९ को संक्रमित रहेकोमा केबल १ प्रतिशत अर्थात् ५७ हजारमात्र जटिल अवस्थामा हुनु र ९२ प्रतिशत संक्रमित निको भएर घर फर्केको तथ्याङ्कले देखाएको छ ।

डा. बालकृष्ण शाह

नेपालमा १३,२४८ मा कोरोना संक्रमित छ । जसमा ३,१३४ निको भएर घर फर्किसकेका छन् । २९ जनाको मृत्यु भएको छ । मृत्युु भएकाहरूमा कोरोनासँगै अन्य जटिलताका कारणले मृत्युु भएको बुझिएको छ । अहिले नेपालमा दश हजार बढीमा संक्रमण छ । नेपालकै तथ्याङ्कले पनि कोरोना लाग्नेबित्तिकै मरिने वा आत्तिनुपर्ने भन्ने देखिँदैन ।

तर घण्टैपिच्छेको समाचार अपडेट अनि विशेषगरी कोरोनाको कारण मृत्यु हुनेको संख्यालाई मुख्य प्राथमिकतामा राखेर समाचारहरू सम्प्रेषण गरिँदा सर्वसाधारणमा त्रासको वातावरण सिर्जना भएको छ । सामाजिक सञ्जालमा पनि यस्ता स्टाटसहरू मात्र एकोहोरो आइरहँदा ‘कोरोनाले मर्नु कहिले कहिले तर डर र भोकले मर्नु अहिले’ जस्तो भएका छौं ।

अहिलेको अवस्थामा व्यापार, व्यवसाय, उद्योगधन्दा बन्द छ । यसका कारणले सामाजिक, मानसिक, व्यावहारिक र आर्थिक समस्याहरू थपिएका छन् । थपिएका समस्याहरू तथा चुनौतीहरू समाधान गर्न नसकिएकाले एकातिर तनाव छ भने अर्कोतिर हाम्रो मनोबल खस्किँदै गएको छ ।

हामीले मनमा पालेको डरले न त कोरोनाको संक्रमण फैलिनबाट रोकिन्छ न त हाम्रो घर व्यवहार नै चल्छ । कोरोना वा कोभिड १९ सँग डराएर यसको उपचार पद्धतिको विकास हुने वा उपचार हुने पनि होइन । यसका उपचारमा व्यापक सुधार भएको छ । त्यसैले त कुनैबेला २१ प्रतिशतभन्दा बढी मृत्युदर रहेकोमा अहिलेको दर ८ प्रतिशत र अझ एक प्रतिशतमात्र जटिल अवस्थामा रहेको तथ्याङ्क आएको छ । कोभिड–१९ को संक्रमित हुनेबित्तिकै मरिँदो रहेनछ भन्ने कुरा त्यही तथ्याङ्कबाट प्रष्ट छ ।

त्यसैले डराउनुको कुनै अर्थ छैन । तर सचेत हुनुपर्छ र सावधानी अपनाउँदै आफ्नो काममा फर्किनुको अर्को विकल्प छैन । नेपालमा अहिले पनि कोरोना क्वारेन्टिनमा नै सीमित छ र यो राम्रो पक्ष हो । अहिले जनता सचेत भएका छन् । बाहिरबाट वा संक्रमित क्षेत्रबाट आउनेहरू क्वरेन्टिनमा बस्न थालेका छन् । यसरी नै सचेत भए समुदायमा कोरोना पक्कै पुग्दैन । अब बाहिरबाट आउनेको संख्यामा कमी आउने भएकाले क्वारेन्टिनको व्यवस्थापनमा काँही सहज अवश्य हुन्छ होला । अब सामुदायिक विद्यालयका भवनहरूको विकल्पको खोजी पनि गरिनुपर्छ ।

कोरोना अहिलेको अवस्थामा हराउँदैन र हामी घरभित्रै बसिरहन पनि सक्दैनौं । त्यसैले कोरोना र हामी एकसाथ बाँच्नुपर्छ । यसका लागि आवश्यक सावधानी अपनाउनुपर्छ । कोरोनासँग आतङ्कित हुनुको अर्थ छैन, सर्तक हुनु राम्रो हो ।



source https://www.onlinekhabar.com/2020/07/877896

युभेन्ट्सको जितमा रोनाल्डो र डिबलाको गोल, लाजियोको पुनरागमन जित

१७ असार, काठमाडौं । इटालियन सिरी ए अन्तर्गत गएराती भएको खेलमा लिग लिडर युभेन्ट्सले सहज जित हात पार्दा दोस्रो स्थानको लाजियोले पुनरागमन जित दर्ता गरेको छ ।

क्रिस्टियानो रोनाल्डो, पाउलो डिबला र डुगलास कोस्टाको गोलमा युभेन्ट्सले जेनोअलाई ३-१ ले पराजित गरेको हो । खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । जेनोअले घरेलु मैदानमा पहिलो हाफमा युभेन्ट्सलाई गोलरहित बराबरीमा रोकेको थियो ।

तर ५०औं मिनेटमा डिबलाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाए । ५६औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारे ।

कोस्टाले ७३औं मिनेटमा गोल गरेपछि युभेन्ट्स बलियो स्थितिमा पुग्यो । जेनोअको लागि घरेलु मैदानमा आन्द्रे पोनामोन्टीले ७६औं मिनेटमा सान्त्वना गोल फर्काए ।

जितपछि युभेन्ट्सले २९ खेलबाट ७२ अंक जोड्दै दोस्रो स्थानको लाजियोसँग ४ अंकको दूरी कायम राखेको छ ।

युभेन्ट्सलाई पछ्याउने क्रममा दोस्रो स्थानको लाजियोले टोरियोनालाई २-१ ले पराजित गरेको हो । एक गोलले पछि परेको लाजियोले पुनरागमन गर्दै दोस्रो दुई गोल गरेको हो । खेलको पाँचौ मिनेटमै आन्द्रे बेलोट्टीले पेाल्टीमा गोल गर्दै घरेलु टोली टोरियनोलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा अग्रता कायम राख्न सकेन ।

४८औं मिनेटमा सिरो इम्मोबाइलले लाजियोको लागि बराबरी गोल गरे । ७२औ मिनेटमा मार्को पारोलोले गोल गर्दै लाजियोलाई जित दिलाए ।

जितपछि लाजियोले २९ खेलबाट ६८ अंक जोडेको छ ।



source https://www.onlinekhabar.com/2020/07/877897

चितवनमा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि

१७ असार, काठमाडौं । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार १०१ वटा नमूना परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

अस्पतालले बुधबार बिहान सार्वजनिक गरेको विवरण अनुसार चितवनका १३, नवलपुरका १० तथा झापा र गोरखाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनको भरतपुर महानगरपालिकामा मात्रै १० जना संक्रमित फेला परेका छन् । उनीहरु वडा नं. ४, ७, ९, ११, २२, २५ र २६ नम्बर वडाका हुन् । वडा नं. ७ का ६१ वर्षीय पुरुष संक्रमित नारायणी सामुदायिक अस्पतालमा उपचाररत छन् ।

कोरोना संक्रमण पुष्टि भएका चितवनको माडी नगरपालिका वडा नं. ५ का २५ वर्षीय पुरुष र वडा नं. ३ का ७३ वर्षीय पुरुष भरतपुर अस्पतालमा उपचाररत छन् ।

चितवनकै राप्ती नगरपालिका १ की १२ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।

यसैगरी पूर्वी नवलपरासी (नवलपुर)को गैंडाकोट नगरपालिका २ महिला र ८ पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी सेन्ट्रल अस्पतालमा उपचाररत गोर्खा मनकामनाकी ३० वर्षीया महिला र झापाको दमक नगरपालिका वडा नं. ३ की ३५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।



source https://www.onlinekhabar.com/2020/07/877891

भक्तपुर हत्या आरोपितलाई १० दिन हिरासतमा राख्न अनुमति

१७ असार, काठमाडौं । ढुंगाले हानेर हत्या गरेको अभियोगमा पक्राउ परेका व्यक्तिलाई १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

सिन्धुली घर भइ भक्तपुरको गहिटी क्षेत्रमा बस्दै आएका ३० वर्षीय इन्द्रबहादुर तामाङलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

भक्तपुर प्रहरी प्रमुख एसपी तारादेवी थापाका अनुसार तामाङले ढुंगाले हानेर अन्दाजी ४५ वर्षीय जडिबुटी उपनामले चिनिने कृष्ण तामाङको हत्या गरेको खुलेपछि उनलाई पक्राउ गरिएको थियो ।

जिल्ला अदालत, भक्तपुरले ज्यान सम्बन्धी कसूरमा अनुसन्धानका लागि मंगलबार १० दिन हिरासतमा राख्न अनुमति दिएको भक्तपुरका डीएसपी दिपक गिरी बताउँछन् ।

घटनाबारे अनुसन्धानका लागि प्रहरी निरीक्षक भगवती तिमल्सिना र अपराध महाशाखाबाट इस्पेक्टर किशोर ढुंगानाको संयुक्त अनुसन्धान टोली घटनास्थलमा पुगेको थियो । त्यसक्रममा टाउको, निधार र चिउडोमा तामाङको चोट देखिएको थियो ।

अनुसन्धानका क्रममा तामाङले आपसी विवादमा ढुंगा प्रहार गरेको देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।



source https://www.onlinekhabar.com/2020/07/877894

पूर्वमन्त्री बाँस्कोटाको घरमा विष्फोट गराएको अभियोगमा एक पक्राउ

१७ असार, काठमाडौं । पूर्वसूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका भक्तपुर जिल्ला इञ्चार्ज विजय शाही भनिने ऐनबहादुर शाही छन् ।

भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीले अनलाइनखबरलाई बताए अनुसार उनलाई महानगरीय प्रहरी वृत्त, ठिमीमा राखिएको छ । ‘पूर्वमन्त्रीज्यूको घरमा भएको विष्फोटबारे अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो’, गिरीले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

प्रतिबन्धित विप्लव समूहले भने उपत्यका विशेष ब्युरो इञ्चार्ज मिलनको नामबाट विज्ञप्ति जारी गर्दै पार्टीले आक्रामक कारबाही बन्द गरेको अवस्थामा झुठा मुद्दा लगाइएको दाबी गरेको छ ।

यसअघि २८ फागुनमा मनहरा फाँटस्थित बाँस्कोटाको निर्माणाधीन घरमा विप्लव समूहले विष्फोट गराएको थियो । घटनामा संलग्नताको आरोपमा त्यतिवेलै चार जना पक्राउ परेका थिए ।

तीमध्ये एक जना संलग्नता पुष्टि नभएपछि छुटेका छन् भने तीन जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।



source https://www.onlinekhabar.com/2020/07/877892

मेलाबाट फर्किँदा हराएका पत्रकार खड्काको निधन भएको पुष्टि

१७ असार, डोटी । डोटीका स्थानीयवासी तथा पत्रकार तेजबहादुर खड्का बेपत्ता भएको दुई वर्षपछि निधन भएको पुष्टि भएको छ ।

दुई वर्षअघि बाजुराको बुढीनन्दा मेलाबाट एकाएक बेपत्ता भएका नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्षसमेत रहेका पत्रकार खड्काको निधन भएको पुष्टि भएको खबर मङ्गलबार आएको हो ।

पत्रकार खड्का बेपत्ता भएपछि नेपाल पत्रकार महासङ्घ केन्द्रीय टोली सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा गएको २०७६ साल मङ्सिरमा बाजुराको बुढिनन्दामा मानव कङ्काल भेटिएको थियो । उक्त मानव कङ्काल नेपाल प्रहरीको केन्द्रिय विधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षणका लागि पठाइएको थियो ।

प्रयोगशालामा गरिएको परीक्षणपछि सो कङ्काल पत्रकार तेजबहादुरकै रहेको पुष्टि भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख टङ्कप्रसाद भट्टराईले बताए । उनले भने, “खोजबिन टोलीले पाएको मानव कङ्काल डिएनए परीक्षणका लागि हाम्रो विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो, परीक्षणपछि रिपोर्ट हेर्दा खड्काकै कङ्काल भएको पुष्टि भएको छ ।”

यो पनि पढ्नुहोस एक वर्ष बित्न लाग्दा पनि भेटिएनन् पत्रकार तेजु

बेपत्ता भएका पत्रकार खड्काको खोजी गर्ने क्रममा वेपत्ता भएको एक वर्षपछि २०७६ साल मङ्सिरमा दुई वटा करङ, झोला र परिचयपत्र भेटिएको थियो ।

पत्रकार खड्का दिपायल सिलगढी नगरपालिका–१ तिखा घर भई रेडियो बुढीनन्दा बाजुरामा बजार व्यवस्थापकको रूपमा काम गर्दै आएका थिए । खड्का रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायल हुँदै रेडियो नेपालकै केन्द्रिय प्रसारण केन्द्रमा समेत लामो समय कार्यरत रहेका थिए । उनी २०७५ साल भदौ ९ गते बुढीनन्दामा लागेको मेलाबाट फर्कने क्रममा वरमाग्ने भन्ने डाँडाबाट एकाएक बेपत्ता भएका थिए ।



source https://www.onlinekhabar.com/2020/07/877889

कतारबाट १ सय ५४ नेपाली स्वदेश फर्किए

१७ असार, कतार । कतारको दोहाबाट पहिलो चरणको सातौं उडानबाट आज १ सय ५४ जना नेपालीहरू स्वदेश फर्किएका छन् ।

नेपाली राजदूतावास दोहा कतारले दिएको जानकारी अनुसार पहिलो चरणको सातौँ उडान मार्फत ६ जना महिलासहित १ सय ४८ जना पुरुष लिएर हिमालय एयरलाइन्सको जहाज स्वदेश फर्किएको हो ।

कतारको समय अनुसार विहान २ बजेर १४ मिनेटमा प्रस्थान गरेको जहाज नेपालमा नेपाली समयअनुसार विहान ९ बजे अवतरण हुनेछ ।

कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालय एयरलाइन्सको एच नाइन ५६३२ को उडानबाट प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई स्वदेश लगिएको थियो । उनीहरुलाई हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्नका लागि दूतावासका प्रतिनिधिहरु पुगेका थिए ।



source https://www.onlinekhabar.com/2020/07/877887

मन्त्रीहरुसँग परामर्श गर्दै प्रधानमन्त्री

१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बालुवाटारस्थित निवासमा बोलाएका छन् ।

पार्टी भित्रैबाट सरकारको आलोचना भइरहेको बेला ओलीले मन्त्रिपरिषदका सदस्यहरुसँग परामर्श गर्न लागेका हुन् । परामर्शका लागि मन्त्रीहरु बिहान ७ बजेदेखि नै बालुवाटारमा भेला भएका छन् ।

स्थायी कमिटी बैठकका बहुमत सदस्यहरुले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा परेका छन् ।

उनले मंगलबार स्थायी कमिटी बैठक अगाडि र पछाडि राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि परामर्शसमेत गरेका थिए ।



source https://www.onlinekhabar.com/2020/07/877883

रेल्वे टेन्डरमा सेटिङ : १७ अर्बका ३० ठेक्का, एक दर्जन कम्पनीमात्रै योग्य

१७ असार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगतको रेल विभागले सीमित ठेकेदार सहभागी हुन पाउने गरी ठूलो रकमको ठेक्का निकालेको छ । विभागले काँकडभिट्टा–इनरुवा रेल्वे ट्रयाक निर्माणका लागि निकालेको टेन्डरअनुसार केही निर्माण व्यवसायीले मात्र ठेक्कामा बोलपत्र हाल्न पाउनेछन् ।

अहिले रेलमार्ग निर्माणको काम करिब एक दर्जन ठेकेदार कम्पनी मात्रै सहभागी हुन सक्ने गरी विभागले ठेक्का आह्वान गरेको हो । करिब १७ अर्ब लागत अनुमानको ३० वटा ठेक्का निकालेको विभागले सबैमा प्रतिस्पर्धा सीमित गराउने गरी शर्त तोकिदिको छ ।

विभागले गत असार १४ गते एक राष्ट्रिय दैनिक पत्रिकामा ३० वटा ठेक्का लगाउने गरी सूचना प्रकाशित गरेको थियो । यी ठेक्काहरुमा तोकिएको अनुभवको शर्त भने सीमित निर्माण व्यवसायीले मात्रै पूरा गर्नसक्ने अवस्था छ । जुन, सार्वजनिक खरिद ऐनको नियम विपरीत छ । ऐनले मिलेमतो हुने गरी र प्रतिस्पर्धा सीमित हुने गरी ठेक्का लगाउन रोक लगाएको छ ।

विभागले निकालेको ठेक्कामा ‘कन्स्ट्रक्सन एक्सपिरियन्स इन एक्टिभिटिज’ अन्तरगत ‘इन्ब्यान्कमेन्ट वर्क’ मा रेल्वे ट्रयाकमा काम गरेको अनुभव अनिवार्य गरेको छ । बितेको १० वर्षभित्रको कुनै एक वर्षभित्रै रेल्वे ट्रयाकमै ५५ हजार २६८ घनमिटर माटो भरेको अनुभव मागिएको छ । नेपालमा रेल्वे ट्रयाकमा यस्तो दरमा माटो भरेको अनुभव भएका कम्पनी करिब एक दर्जनमात्र छन् ।

नेपालमा विगत १० वर्षयता कुनै नेपाली कम्पनीले रेल्वे ट्रयाक निर्माणको काम सम्पन्न गरिसकेका छैनन् । पूर्वपश्चिम रेलमार्गको बर्दिवास–निजगढ खण्डमा ट्रयाक निर्माणको ठेक्का पाएकाहरुले मात्रै रेल्वे ट्रयाकमा माटो भरान मात्र गरिरहेका छन् ।

रेल विभागले यसअघि बर्दिबास-निजगढ खण्डको रेल्वे ट्रयाक बनाउन ठेक्का लगाउादा पनि प्रतिस्पर्धा सीमित गरेको थियो । यसपटक विभागले ठेक्का त टुक्रयाएको छ, तर अनुभवको शर्त भने तिनै कम्पनीलाई मिल्ने गरी तोकेको छ

स्रोतका अनुसार नेपालमा स्वच्छन्द कन्स्ट्रक्सन मात्रै रेल्वे ट्रयाकमा विदेशमा यस्तो योग्यता हासिल गरेको कम्पनी हो । विगतदेखि नै मिलेमतोको आरोप लाग्दै आएका तुँदी, शर्मा, कालिका, लामा र रसुवा कन्स्ट्रक्सनले पनि यो योग्यता पूरा गरेका छन् । यी कम्पनीहरु हालका सांसद जिपछिरिङ लामा, पूर्वसांसद तथा राप्रपाका नेता विक्रम पाण्डे, कांग्रेस नेता मोहन आचार्य लगायतका स्वामित्वका हुन् ।

यो पनि पढ्नुहोस ठेक्कापट्टामा ‘माननीय ठेकेदार’को कार्टेलिङ, यसरी मिलाइन्छ सेटिङ

त्यस्तै गजुरमुखी, हिमडुङ थोकर, गोल्डेन गुड, दिवा, रमण, एपेक्स, आशिष, रोसन लगायतका केही कन्स्ट्रक्सनसँग मात्रै रेल्वे ट्रयाकमा काम गरेको अनुभव छ । यीमध्ये पनि केही कम्पनीको एक वर्षमा तोकिएको घनमिटर बराबर माटो भरेको अनुभव छैन ।

रेल्वे विभागका महानिर्देशक बलराम मिश्र २५ वटा जति कम्पनीले रेल–वे ट्रयाकमा काम गरिरहेको बताउँछन् । त्यसमध्ये तोकिएको योग्यता कतिले पूरा गर्छन् भन्ने आफूलाई जानकारी नभएको उनले बताए । अब उनीहरुले नै ३० वटा ठेक्कामा प्रतिस्पर्धा गर्ने मिश्रको भनाइ छ ।

रेल विभागले यसअघि बर्दिबास–निजगढ खण्डको रेल्वे ट्रयाक बनाउन ठेक्का लगाउँदा पनि प्रतिस्पर्धा सीमित गरेको थियो । सार्वजनिक खरिद आनुगमन कार्यालयको २०७४ को वार्षिक प्रतिवेदनले नै छुट्टाछुट्टै निकाल्नुपर्ने बोलपत्रलाई एउटैमा प्याकेजमा राखेर साना कम्पनीको योग्यता अयोग्य ठहरिने गरी ठेक्का लगाएको पुष्टि गरेको थियो ।

यसपटक विभागले ठेक्का त टुक्रयाएको छ, तर अनुभवको शर्त भने तिनै कम्पनीलाई मिल्ने गरी तोकेको छ । अब फेरि विगतमा सेटिङमा काम गरेको पुष्टि भएका तीनै कम्पनीलाई मात्र काम गर्न दिने गरी ठेक्का पाउने अवस्था आएको अन्य निर्माण व्यवसायीहरु बताउँछन् ।

विमानस्थलमा काम गरेकालाई पनि निषेध

सिभिल इन्जिनियरिङमा रेलको ट्रयाक बिछ्याउनुअघि माटो भर्ने काम गर्नुलाई ‘रेल–वे इन्ब्यान्कमेन्ट वर्क’ भनिन्छ । माटो भरानको अनुभव माग्नु ठीक भए पनि रेल्वे ट्रयाकमै भरेको र अझ एक वर्षभित्र यति नै माटो भरेको भनेर अनुभव माग्नुले ठेक्कामा मिलेमतो प्रष्ट भएको नेपाल निर्माण व्यवसायी महासंघमा पूर्वमहासचिव रामशरण देउजा बताउँछन् । यी ३० मध्ये कुन ठेक्का कसले पाउने भनेर सेटिङ भइसकेको दाबी उनको छ ।

विभागले निकालेको ठेक्काअनुसार विगतमा राजमार्ग, सिँचाइ, जलविद्युत, विमानस्थल लगायतका थुपै्रै परियोजनामा माटो भरानको काम गरेका व्यवसायीले पनि अब यो ठेक्कामा भाग लिन पाउने छैनन् । ‘रेल्वे ट्रयाकमै भरेको अनुभव त यसअघि नै विभागले ठेक्का दिएकाहरुसँग मात्रै छ, अब यसमा प्रतिस्पर्धा नै नहुने भयो,’ देउजा भन्छन्, ‘रेल्वेको भन्दा विमानस्थल, सिँचाइ र जलविद्युत आयोजनाहरुमा माटो भरानको काम सम्वेदनशील हुन्छ, तर रेलमा तीनै कम्पनीले काम गर्न नपाउने भएछन् ।’

अन्य परियोजनामा माटो भरानको अनुभव भएकालाई पनि रेल्वे ट्रयाक निर्माणको ठेक्कामा जान बाटो बन्द गरिनुले विभागको नियत प्रष्ट भएको देउजाले बताए । विगतमा अन्यखालका परियोजनामा माटो भरानको काम गरेको अनुभवका आधारमा अन्यलाई पनि ठेक्कामा सहभागी हुन दिनुपर्ने उनको माग छ ।

विगतमा थिएन यस्तो शर्त

विगतमा ‘इन्ब्याकमेन्ट’को अनुभव लिएका जोसुकैलाई सहभागी हुन पाउने गरी ठेक्का गर्ने गरिएको थियो । यसपटक भने विगतमा भएकोजस्तै सेटिङ गर्न नसकिने अवस्था आएकाले नयाँ रुपमा दिने गरी प्रतिस्पर्धा सीमित गराएको देखिएको छ ।

विभागले सन् २०१९को जुन ५ मा विभागले निकालेको यस्तै ठेक्कामा रेल्वे ट्रयाकमा काम गरेकै योग्यता मागेको थिएन । जहाँसुकै माटो भरानको काम गरेको अनुभव भए हुने शर्त थियो । बरु अहिलेको भन्दा बढी क्षेत्रमा माटो भरानको कामको अनुभव मागिएको थियो । जुले अनुभवीलाई मात्रै ठेक्का आउन दिने बाटो खुला राखेको थियो ।

अहिले रेल्वे ट्रयाकमा एक वर्षमा ५५ हजार क्युविक मिटर माटो भरेको अनुभव मागिए पनि विगतमा अन्य परियोजनाको अनुभव पनि मान्य हुने गरी १ लाख क्युविक मिटर भरान अनुभवको शर्त थियो ।

राज्यलाई सोझै ६ अर्ब घाटा

अहिलेको शर्तले सीमित व्यवसायी मात्रै योग्य हुने भएकाले उनीहरुबीच विगतमा जस्तै मिलेमतो भएर राज्यलाई ठूलो घाटा लाग्ने अवस्था आएको व्यवसायीहरु बताउँछन् । उनीहरुका अनुसार विभागले निकालेका सबै ठेक्काहरुमा मिलेमतो हुँदा सम्भावित प्रतिस्पर्धा खुम्चिनेछ । जसबाट राज्यलाई कम्तिमा ६ अर्ब बराबरको घाटा लाग्ने छ ।

विभागका महानिर्देशक मिश्र भने अन्य परियोजनाभन्दा रेल्वे ट्रयाक निर्माणको काम फरक भएकाले रेल्वे ट्रयाकमै काम गरेको शर्त राखिएको बताउँछन् । उनले प्रतिस्पर्धा सीमित हुने भए पनि समयमै काम होस् भन्ने मनसायले नै ठेक्कामा शर्त तोकिएको बताए ।

नियमअनुसार नै टेन्डर आह्वान गरिएकाले विवाद नझिक्न उनको आग्रह छ । ‘२०÷२५ वटा कम्पनीले रेलवे ट्रयाकमा काम गरेकै छन्,’ उनी भन्छन्, ‘योग्यता पुग्नेलाई प्रतिस्पर्धा गर्न बाटो खुल्ला छ, काम गर्न सक्ने मान्छे आउन् भनेर यसो गरिएको हो ।’



source https://www.onlinekhabar.com/2020/07/877881

नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण बढ्दै

१७ असार, भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशमा हालसम्म १७५ जना नौ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण देखिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा बालबालिकामा पनि कोरोना सङ्क्रमण बढ्दै गएको देखिएको हो ।

एक साताअघि प्रदेशभरिमा ६१ बालबालिकामा कोरोना सङ्क्रमण देखिए पनि सो सङ्ख्या बढ्दै गएको निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताए । “सङ्क्रमण देखिएका सबै बालबालिका बुवाआमासित भारतबाट फर्किएकाहरु हुन्”, उनले भने ।

कोरोना सङ्क्रमणबाट बाजुरामा केही समयअघि दुई वर्षीया बालिकाको समेत मृत्यु भइसकेको छ । त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालबाट ११ महिने बालक कोरोना जितेर फर्किसकेका छन् । मङ्गलबार साँझसम्म सुदूरपश्चिमका नौवटै जिल्लामा गरी दुई हजार ४८३ जनामा कोरोना सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ । तीमध्ये ५७३ महिला सङ्क्रमित छन् ।

“महिलाहरु पनि प्रायः श्रीमान्सँगै भारतबाटै फर्किएका र रोजगारीबाट फर्किएका नै बढी सङ्क्रमित छन्”, उनले भने, “समुदायमा महिला सङ्क्रमित सङ्ख्या न्यून छ ।” कोरोनाबाट यहाँ हालसम्म पाँचको मृत्यु भइसकेको छ भने ४७९ सङ्क्रमित निको भइसकेका छन् । यहाँ सबैभन्दा बढी कैलालीका ५९७ र सबैभन्दा कम दार्चुलामा ४३ जनामा सङ्क्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

निर्देशक डा अवस्थीले कोरोना परीक्षणको दायरा बढाउन सुदूरपश्चिममा तीन जिल्लामा पिसीआर मेसिन जडानको काम थालिने बताए । “डोटी, बैतडी र कैलालीमा गरी तीन ठाउँमा जडान हुने प्रयोगशालाका लागि सामान आउने क्रम शुरु भइसकेको छ”, अवस्थीले भने, “सात/दश दिनमा सबै सामान आइसक्छ ।”

क्वारेन्टिनलाई आइसोलेसनमा परिणत गरिँदै

सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता सङ्क्रमणको दर तीव्र भएपछि सङ्क्रमितको उपचारका लागि यहाँ स्थापना गरिएका क्वारेन्टिनलाई आइसोलेसन कक्षमा परिणत गरिँदैछ । सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा हालसम्म एक हजार ९३४ स्थानमा करिब ७४ हजार ४३४ श्ययाको क्वारेन्टिन रहेको छ ।

यहाँका क्वारेन्टिनमा १३ हजार १७८ बसिरहेका छन् । बितेको एक महिनामा सुदूरपश्चिमका सीमानाका हुँदै एक लाख १५ हजार नागरिक भारतबाट स्वदेश भित्रिएको तथ्याङ्क छ । तीमध्ये अधिकांश क्वारेन्टिन बसेर घर फर्किसकेका छन् । सरकारले नै सङ्क्रमण पुष्टि भए पनि लक्षण नदेखिएसम्म होम क्वारेन्टिनमा बसेर सतर्कता अपनाउन भनेपछि यहाँका आइसोलेसन कक्ष खाली छन् ।

त्यसैगरी स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा १५ स्वास्थ्यकर्मीसहित अग्रमोर्चामा खटिने २४ जनामा सङ्क्रमण देखिएको छ । निर्देशक डा अवस्थीले सङ्क्रमित बढेपछि क्वारेन्टिनलाई आइसोलेसन कक्ष बनाउन थालिएको बताए । “पहिले पनि केही स्थानीय तहले आइसोलेसन कक्ष बनाएका थिए”, उनले भने, “सङ्क्रमित बढ्न थालेपछि क्वारेन्टिनलाई नै आइसोलेसन कक्ष बनाउन थालिएको हो ।”

उनले १४ दिन क्वारेन्टिन बसेकालाई होम क्वारेन्टिन पठाएर आइसोलेसन बढाउन लागेको बताए । यहाँका प्रादेशिक तथा अस्पतालमा स्थापना गरिएका आइसोलेसन कक्षमा ८२ सङ्क्रमित र ३० शङ्कास्पद बिरामी उपचारत छन् । “होम क्वारेन्टिन र क्वारेन्टिनमा सङ्क्रमित रहे पनि स्थानीय तहका सबैजसो स्वास्थ्यकर्मीहरुसित उहाँहरु समन्वयमै हुनुहुन्छ”, अवस्थीले भन्नुभयो, “लक्षण देखिएर स्वास्थ्यमा समस्या देखिए अस्पताल ल्याएर उपचार गर्ने भनेका छौँ ।”



source https://www.onlinekhabar.com/2020/07/877882

म्यानचेष्टर युनाइटेड पाँचौ स्थानमा

१७ असार, काठमाडौं । ब्रुनो फर्नान्डेजले दुई गोल गरेपछि ब्राइटनलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेड प्रिमियर लिगमा पाँचौ स्थानमा उक्लेको छ । गएराति भएको लिगको एक मात्र खेलमा युनाइटेडले ब्राइटनलाई ३-० ले पराजित गरेको हो ।

युनाइटेडका लागि १६औं मिनेटमा मासोन ग्रीनउडले गोल गर्दै अग्रता दिलाएका थिए । ब्रुनो फर्नान्डेजले २९औं मिनेटमा गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे ।

पहिलो हाफमा दुई गोल गरेको युनाइटेडले दोस्रो हाफमा एक गोल थप्यो । ५०औं मिनेटमा फ्रनान्डेजले व्यक्तिगत दोस्रो गोल गरे ।

जितपछि ३२ खेलबाट ५२ अंक जोडेको युनाइटेडले वल्भ्सलाई गोल अन्तरमा पछि पार्दै पाँचौ स्थानमा उक्लेको हो । वल्भ्सले पनि ३२ खेलबाट ५२ अंक नै जोडेको छ ।



source https://www.onlinekhabar.com/2020/07/877878

सात सय गोल क्लबमा मेसीको प्रवेश, अरु कोको छन् यो उपलब्धी हासिल गर्ने ?

१७ असार, काठमाडौं । बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लिओनल मेसीले आफ्नो फुटबल करियरमा सात सयौं गोल पूरा गरेका छन् ।

स्पानिस ला लिगा अन्तर्गत गएराति एट्लेटिको मड्रिड विरुद्धको खेलमा मेसीले एक गोल गरे र उक्त कोशेढुंगा पूरा गरे । २-२ को बराबरीमा सकिएको उक्त खेलमा मेसीले ५०औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

मेसी अहिले एक्टिभ रहेका खेलाडीमध्ये सात सय गोल पूरा गर्ने दोस्रो खेलाडी हुन् । उनले ८६० खेलमा ७ सय गोल गरेका हुन् । युभेन्ट्सबाट खेल्ने पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि ७ सय गोल पूरा गरिसकेका छन् ।

मेसीले बार्सिलोनाका लागि ६३० गोल गरेका छन् भने आफ्नो देश अर्जेन्टिनाका लागि ७० गोल गरेका छन् । मेसी बार्सिलोना र अर्जेन्टिना को सर्वाधिक गोलकर्ता समेत हुन् ।

रोनाल्डोले एक हजार ७ खेलमा अहिलेसम्म ७२८ गोल गरिसकेका छन् ।

७०० गोल पूरा गर्ने अरू कोको ?

मेसी ७ सय गोल गर्ने समग्रमा सातौं खेलाडी बनेका छन् । मेसी र रोनाल्डोबाहेक अन्य ५ खेलाडीले पनि यो उपलब्धी हासिल गरेका छन् । फुटबलका किङ तथा ब्राजिलियन महान खेलाडी पेलेले १२ सय गोल गरेको बताइन्छ । तर उनले आधिकारिक रुपमा भने ७६७ गोल मात्र गरेको उल्लेख छ ।

अस्ट्रियन खेलाडी जोसेफ बिकानले कुल ८०५ गोल गरेका छन् ।

ब्राजिलका रोमारियोले ७७२, हंगेरीका लिजेण्ड फेरेन्च पुस्कासले ७४६ र जर्मनीका गर्ड मुलरले ७३५ गोल गरेका छन् ।



source https://www.onlinekhabar.com/2020/07/877875

एकै खेलमा ३ पेनाल्टी गोल, एट्लेटिकोसँग बराबरीपछि बार्सिलोनालाई उपाधि होडमा धक्का

१७ असार, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा दोस्रो स्थानको बार्सिलोना र तेस्रो स्थानको एट्लेटिको मड्रिडले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

खेलमा ३ गोल पेनाल्टीबाट हुँदा एक गोल आत्मघाती भएको थियो । बार्सिलोनाका लागि एक गोल गरेर कप्तान लिओनल मेसीले आफ्नो करियरमा सात सयौँ गोल पूरा गरे । तर लगातार तेस्रो बराबरीले बार्सिलोनाले सम्भावितमध्ये ६ अंक गुमाउँदा उपाधि होडमा ठूलो धक्का लागेको छ ।

बार्सिलोनाले घरेलु मैदानमा दुई पटक अग्रता बनाएपछि एट्लेटिकोले पुनरागमन गरेको थियो । एट्लेटिकोका लागि दुवै गोल सउल निगेजले पेनाल्टीमा गरेका थिए ।

क्याम्प नोउमा भएको खेलको ११औं मिनेटमा डिएगो कोस्टाले आत्मघाती गोल गर्दा बार्सिलोनाले पहिले अग्रता लिएको थियो । १९ औं मिनेटमा एट्लेटिकोका लागि निगेजले पेनाल्टीमा बराबरी फर्काए ।

सुरुमा निगेजको प्रहार बार्सिलोनाका गोलकिपर मार्क टेर स्टेगनले रोकेका थिए । तर उनी गोल लाइनभन्दा अघि बढेपछि पुन: पेनाल्टी प्रहार गरिएको थियो र त्यसमा गोल भएको हो ।

दोस्रो हाफमा दुवै क्लबले पेनाल्टीमा गोल थपे । ५०औं मिनेटमा बार्सिलोनाका कप्तान मेसीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । तर ६२औं मिनेटमा एट्लेटिकोका निगेजले पेनाल्टीमा दोस्रो गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।

बराबरीले बार्सिलोनाको उपाधि होडमा धक्का पुगेको छ र दोस्रो स्थानमै यथावत छ । बार्सिलोना अझै शीर्ष स्थानको रियल मड्रिडभन्दा एक अंकले पछि छ । रियल ३२ खेलबाट ७१ अंकसहित शीर्ष स्थानमा छ । बार्सिलोनाको ३३ खेलबाट ७० अंक छ । ३३ खेलबाट ५९ अंकसहित एट्लेटिको तेस्रो स्थानमा छ ।

अन्य खेलमा चौथो स्थानको सेभियाले लेगानेसलाई ३-० ले पराजित गरेको छ । जितपछि सेभियाको ३३ खेलबाट ५७ अंक छ ।



source https://www.onlinekhabar.com/2020/07/877873

‘अमेरिकामा दिनहुँ एक लाख कोरोना संक्रमित थपिन सक्छन्’

१७ असार, काठमाडौं । अमेरिकामा हरेक दिन एक लाख जनामा कोरोना संक्रमण हुन सक्ने कोरोना टास्कफोर्सका सदस्य डा. एन्थोनी फाउचीले बताएका छन् । संक्रामक रोग विशेषज्ञसमेत रहेका फाउचीले अमेरिकामा आगामी दिन अझै संकटपूर्ण हुने चेतावनीसमेत दिएका छन् ।

हाल अमेरिकामा हरेक दिन करिब ४० हजारमा कोरोना संक्रमण पुष्टि हुँदै आएको छ । फाउचीले चेतावनी दिँदै भने, ‘यदि सावधानी अपनाइएन भने अमेरिकामा हरेक दिन एक लाखभन्दा बढी संक्रमण पुष्टि हुनेमा कुनै शंका छैन ।’

यदि मानिसहरुले सामाजिक दुरीलाई पालना नगरे र मास्क नलगाए अमेरिकाको अवस्था झनै खराब हुने फाउचीको भनाइ छ ।

कोरोनाबाट अमेरिका विश्वकै सबैभन्दा बढी प्रभावित देश हो । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा २६ लाख २९ हजार ३ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाकै कारण अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या १ लाख २७ हजार ३ सय २२ छ ।

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ४३ लाखभन्दा बढी छ भने कोरोना संक्रमणबाट ५ लाख ९ हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।



source https://www.onlinekhabar.com/2020/07/877869

इरानको क्लिनिकमा विष्फोट, १३ जनाको मृत्यु

१७ असार, काठमाडौं । इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको विष्फोटमा १३ जनाको मृत्यु भएको छ । केही घाइते भएका छन् ।

इरानको सरकारी मिडियाले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै दिएको समाचार अनुसार सिना अतहर क्लिनिकमा ग्यास लिक भएर विष्फोट भएको हो । ती अधिकारीका अनुसार विष्फोटमा मृत्यु हुनेहरु धेरैजसो महिला छन् ।

विष्फोटपछि क्लिनिकमा आगो लागेको थियो । टेलिभिजन च्यानलहरुले विष्फोटपछि आकाशमा धुवाँको मुस्लो उडेको र दमकलहरुले आगो नियन्त्रणको प्रयास गरिरहेको दृष्य प्रसारण गरेका छन् ।

यसको केही दिन अगाडि पनि इरानको एक सैनिक इलाकामा पनि विष्फोट भएको थियो । त्यसको कारण पनि ग्यास लिक भनिएको थियो ।



source https://www.onlinekhabar.com/2020/07/877867

Monday 29 June 2020

चीनमा भेटियो फेरी अर्को भाइरस, महामारी ल्याउन सक्ने

चीनबाट फैलिएको कोभिड–१९ ले अहिले विश्वलाई सताइरहेको छ । यसैबीच अर्को खबर फैलिएको छ, चीनमा नयाँ भाइरस भेटिएको । खबरमा भनिएको छ, चीनका वैज्ञानिकहरुले फ्लुको एक यस्ता नयाँ स्ट्रेन पहिचान गरेका छन्, जसमा महामारीको रुपमा आफ्नो स्वरुप बदल्ने सक्ने क्षमता छ ।

यो खबर बिबिसी अनलाइनमा प्रकाशित छ ।

उपलब्ध जानकारी अनुसार उक्त स्ट्रेन सुँगुरमा हुन्छ तर, यसले मान्छेलाई पनि संक्रमित बनाउने सक्ने जोखिम छ ।

जोखिमपूर्ण कुरा त के भने, उक्त भाइरसले आफ्नो स्वरुप बदल्न सक्छ । यसरी एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै फैलनसक्नेछ र सजिलै महामारीको रुप लिन सक्ने भन्दै शोधकर्ता यसबाट चिन्तित छन् ।

शोधकर्ताहरुका अनुसार यो भाइरसमा ति सबै लक्षण छन्, जसले मान्छेलाई संक्रमित गर्न सक्छ । त्यसैले यो भाइरसमाथि निगरानी राख्न जरुरी छ । यो एकदमै नयाँ भाइरस भएकाले मान्छेको शरीरमा यो रोगसँग लड्ने प्रतिरक्षा क्षमता कम वा पटक्कै छैन ।



source https://www.onlinekhabar.com/2020/06/877626

मोबाइलको कुलत : कसरी गर्छ स्वास्थ्यलाई हानि

नेपालीमा केही प्रचलित उखान छन् । अतिले गर्छ खति । औषधि पनि खान नजानेमा विष हुन्छ । बाँदरको हातमा नरिवल ।

अहिले मोवाइल प्रयोगको सन्दर्भमा यिनै उखान मेल खान्छ ।

मोबाइल आफैमा एक बहुउपयोगी उपकरण हो । संवाद स्थापित गर्नदेखि सन्देश आदनप्रदान गर्नसम्म, मनोरञ्जन लिनदेखि उपयोगी जानकारी समेट्नसम्म । प्रयोग गर्न जान्नेका लागि मोबाइल जति उपयोगी छ, दुरुपयोग गर्नेका लागि उत्तिकै हानिकारक पनि । केही बर्षअघि अमेरिकामा एउटा रमाइलो सर्वेक्षण भएको थियो, मोबाइलको प्रयोग सम्बन्धी । उक्त सर्वेक्षणमा के देखियो भने मान्छेहरुले केही समयका लागि यौन त्याग्न सक्छन् तर मोबाइल त्याग्न सक्दैनन् ।

यसको अर्थ हामी मोबाइलमा कति लिप्त हुँदैछौं भन्ने हो ।

त्यसैले त यसले हाम्रो समय मात्र बार्बाद गरिरहेको छैन, स्वास्थ्यमा अनेकन समस्या पनि निम्त्याइरहेका छन् । मोबाइल हातमा पर्न साथ हामी गेम खेलेर घण्टौ विताइदिन्छौं । फेसबुक चलाएर रात विताइदिन्छौं । अहिले मोबाइल हाम्रो लागि कुलत बनेको छ ।

मोबाइलमा लिप्त भएकाले धेरै अहिले अनिद्राको शिकार भएका छन् । खानपानको तालिका बिग्रिएको छ । बेचैनी बढाएको छ । खासगरी कलिला बालबालिका, किशोरपुस्ताका लागि मोबाइल घातक बन्दैछ ।

विषेशज्ञ भन्छन्, बालबालिकालाई मोबाइल दिनु भनेको उसलाई एक ग्राम कोकीन पनि सँगै दिनु जस्तो हो । बच्चा जव मोबाइलको सम्पर्कमा आउँछ त्यसपछि उसको सही ढंगले मानसिक विकास हुन पाउँदैन । मोबाइलको कारण बच्चाको मस्तिष्क कमजोर बन्छ । मोबाइलबाट निस्कने रेडियो तरंगले दिमागमा मात्र गहिरो प्रभाव पार्दैन की सुन्ने क्षमतामासमेत ह्रास आउँछ ।

मोबाइलमा झुन्डिएपछि बालबालिकाहरुले एकै स्थानमा घण्टौं समय बिताउँछन् । घर बाहिरको खेलकुदमा रुची राख्दैनन् । शारीरिक गतिविधि न्युन हुन्छ । अर्थात यसले उनीहरुको शारीरिक विकास र तन्दुरुस्तीमा असर पर्छ । मोटोपन, मधुमेह जस्ता रोगको भय बढाउँछ ।

सामान्य रुपमा हेर्दा मोबाइलको स्क्रिनले आँखामा सोझो असर पर्छ । यसको कारण आँखाको दृष्टिसमेत कमजोर हुन सक्छ । चिकित्सकहरुका अनुसार हरक्षण मोबाइल खेलाइरहने व्यक्ति क्रोनिक ड्राई आई सिन्ड्रोमबाट पीडत हुन सकिन्छ ।

फोनलाई लामो समय मुटुको नजिक राख्नु हुँदैन । गोजीमा लामो समय राख्दा पनि स्वास्थ्यमा असर पुग्न सक्छ । स्मार्टफोनलाई कहिल्यै पनि सिरानी मुनि राखेर सुत्नु हुँदैन । यसले अनिद्राको समस्या निम्त्यान सक्छ । अनिद्राको समस्या पनि ठूलो रोग हो । गर्धन बढी झुकाएर मोवाइल चलाउँदा गर्धनलाई जोड्ने हाड सम्बन्धी विभिन्न रोग देखा पर्छ ।



source https://www.onlinekhabar.com/2020/06/877624

प्रदेश एकमा १५ वर्षमा ५४ हजार हेक्टर धानखेत मासियो

१६ असार, विराटनगर । अन्न भण्डारको रुपमा चिनिने प्रदेश नं. एकमा २ अर्ब ५० करोड बढी मूल्यको धान–चामल भारतबाट भित्रिएको छ । प्रदेश नं. एकका मुख्य दुई नाका काँकडभिट्टा र विराटनगरको रानीबाट चालु आर्थिक वर्षको ११ महिनामा ६ करोड ६३ लाख केजी धान–चामल भित्रिएको हो ।

रानी नाकाबाट २ अर्ब २४ करोड मूल्यको ५ करोड केजी धान–चामल प्रदेश एकमा ११ महिनाको अवधिमा भित्रिएको छ । त्यसैगरी काकडभिट्टा नाकाबाट सोही अबधिमा ५४ करोड २ लाख ४० हजार मूल्यको १ करोड ६३ लाख केजी धान–चामल भित्रिएको विराटनगर भन्सार कार्यालयका प्रवक्ता सुनिता पौडेलले जानकारी दिइन् । यसबाहेक मकैै, कोदो र फापर पनि भित्रिएको छ ।

१५ वर्षमा ५४ हजार हेक्टर धानखेत मासियो

प्रदेश एकमा पछिल्लो समय खेतीयोग्य जमिनलाई बाँझो राख्ने, जथाभावी प्लटिङ र आवास निर्माण गर्नाले धान खेती हुने जमिनको क्षेत्रफल खुम्चिँदै गएको छ । जसका कारण धानको उत्पादनमा पनि प्रत्येक वर्ष कमी आउन थालेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार १५ वर्षको अवधिमा ५४ हजार हेक्टर धान खेत मासिएर ३ लाख १२ हजार हेक्टरमा खुम्चिएको छ । साथै १५ वर्षयता प्रदेश १ का १४ जिल्लामा धानको उत्पादन घटेर ११ लाख ९८ हजार ७ सय ४१ मेट्रिक टनमा सीमित भएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक छ ।

सन् २००३ मा प्रदेश १ अन्तर्गतका १४ जिल्लामा ३ लाख ६६ हजार हेक्टरमा धान खेती हुँदै आएको थियो । धानको वार्षिक उत्पादन पनि १६ लाख ४७ हजार मेट्रिक टन थियो ।

बर्खे र चैते धान गरी प्रदेश १ मा ११ लाख ९८ हजार ७ सय ४१ मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तर अधिकांश प्रदेश १ वासीले भारतबाट आयात गरिएको चामल उपभोग गर्ने गरेका छन् । जसका कारण बर्सेनि धान–चामल खरिदका लागि करौडौं नेपाली रुपैयाँ विदेशिने गरेको छ ।

प्रदेश १ का १४ वटै जिल्लामा धान खेती हुने गर्दछ । प्रदेश नं. १ ले अहिले पनि कुल धान उत्पादनमध्ये आफ्नो प्रदेशमा खपत गरेर बाँकी रहेको ३ हजार मेट्रिक टन धान हरेक वर्ष अन्यत्र निर्यात गर्दै आएको छ ।

प्रदेश एकको कुल गाह्रस्थ उत्पादनमा समग्र कृषि क्षेत्रको योगदान ३६ प्रतिशत छ । धानको मात्रै योगदान १९ प्रतिशत छ ।



source https://www.onlinekhabar.com/2020/06/877623

‘ऋण थपियो, निन्द्रा लागेन !’

१६ असार, काठमाडौं । निजी सवारीसाधनलाई मात्र चल्न दिइएको विरोधमा ट्याक्सी व्यवसायीले प्रदर्शन थालेका छन् । लकडाउनको तीन महिनासम्म पनि काम नगर्न नपाएपछि दैनिक छाक टार्न समस्या भएको उनीहरुको भनाइ छ ।

मंगलबार बिहान ट्याक्सी व्यवसायी नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिए ।

ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’, ‘ऋण थपियो, निन्द्र लागेन’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् । सो क्षेत्रमा उल्लेख्य संख्यामा नेपाल प्रहरी र ट्राफिक प्रहरीहरु खटाइएको थियो ।

कतिपय ट्याक्सी चालक गाडी निकालेर प्रदर्शनस्थलमा आउन क्रममै नियन्त्रणमा परेका थिए ।

सरकारले कोरोना संक्रमणको जोखिम रहेको भन्दै सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको छ । सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

याे पनि पढ्नुस्

भोकले मर्ने भइयो भन्दै प्रदर्शनमा उत्रिए ट्याक्सी व्यवसायी

लकडाउनविरुद्ध प्रदर्शनमा निस्किएका तीन सय ट्याक्सी नियन्त्रणमा

‘बैंकले ट्याक्सी लिलाम गर्ने भो, हामीलाई बाँच्न देऊ सरकार !’

       



source https://www.onlinekhabar.com/2020/06/877610

गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

१६ असार, गुल्मी । गुल्मीमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा जिल्लाको गुल्मीदरवार गाउँपालिकामा २१ जना, रुरुक्षेत्र गाउँपालिकामा ८ जना र छत्रकोट गाउँपालिकामा ८ गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले जानकारी दिए । संक्रमित सबै भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरु हुन् ।

नयाँ ३७ जना संक्रमित थपिएसँगै गुल्मी जिल्लामा कोरोना पुष्टि भएकाहरुको संख्या ३२४ पुगेको छ । ४२ जना कोरोना मुक्त भएर घर फर्केका छन् । जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।

जिल्लाबाट १ हजार ५ सय २२ जनाको स्वाब संकलन गरेर पठाइएकोमा ३८५ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2020/06/877607

प्रस्तावित निजामती सेवा ऐनप्रति परराष्ट्रका सुब्बाहरुको आपत्ति

१६ असार, काठमाडौं । संसदको राज्य व्यवस्था समितिबाट पारित गरिएको संघीय निजामती सेवा ऐनको प्रावधानले आफूहरुको वृत्तिविकासको सम्भावनालाई समाप्त पारेको र सुब्बाको पदबाटै घर फर्किनुपर्ने अवस्था सिर्जना गरेको भन्दै परराष्ट्र सेवामा कार्यरत नायब सुब्बाहरुले विरोध जनाएका छन् ।

परराष्ट्र मन्त्रालयस्थित निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन विभागीय कार्यसमितिको अगुवाइमा भएको बैठकमा नायब सुब्बाहरुले प्रस्तावित ऐनको पदपूर्ति सम्बन्धी प्रावधान निजामती सेवाका नायब सुब्बा पदका कर्मचारीहरुका लागि विभेदकारी रहेको बताएका हुन् ।

प्रस्तावित ऐनको पदपूर्ति सम्बन्धी प्रावधान हुबहु पारित भएमा परराष्ट्र सेवाका नायब सुब्बाहरु जीवनभर शाखा अधिकृतमा बढुवा हुन नसक्ने अवस्था आउने उनीहरुको ठम्याई छ ।
बैठकपछि कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले जारी गरेको विज्ञप्तीमा प्रस्तावित संघीय निजामती सेवा ऐनको पदपूर्तिलगायतका व्यवस्थामा गरिएको प्रस्तावमा ध्यानाकर्षण भएको जनाउँदै जनताको प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने र सबैभन्दा ठूलो संख्यामा रहेका राजपत्र अनंकित प्रथम श्रेणीका नायब सुब्बा कर्मचारीहरुको भावना विपरीत कर्मचारीहरुको वृत्तिविकास, मनोबल र उत्प्रेरणामा गम्भीर असर पार्ने प्रावधानहरु प्रस्तावित ऐनमा राखिएको उल्लेख छ ।

यो पनि पढ्नुहोस निजामती सेवा विधेयकविरुद्ध आन्दोलन गर्ने चेतावनी

प्रस्तावित ऐनमा नायब सुब्बाबाट शाखा अधिकृतमा बढुवाका लागि २० प्रतिशत मात्र कोटा छुट्टाइएको छ । हाल प्रचलनमा रहेको निजामती सेवा ऐन २०४९ मा शाखा अधिकृतमा पदपूर्तिका लागि नायब सुब्बाहरु मध्येबाट ३० प्रतिशतले बढुवा पाउने र ७० प्रतिशत खुल्ला प्रतिस्पर्धाबाट आउने गरेका छन् । नयाँ ऐनले शाखा अधिकृतको पदपूर्तिमा रहेको बढुवाको विद्यमान प्रतिशत घटाएर २० मा झारेसँगै नायब सुब्बा पदमा कार्यरत कर्मचारीहरुको बढुवामा असर पर्नेछ । पदपूर्तिको उक्त प्रावधान अन्यायपूर्ण, योग्यता प्रणालीको बर्खिलाप तथा आपत्तिजनक रहेको नायब सुब्बाहरुको ठहर छ ।

‘निजामती सेवामा नायब सुब्बा बचाउ अभियान’ गठन गरी उनीहरुले राज्यव्यवस्था समितिका सदस्यहरुलाई एसएमएस पठाउनेदेखि नायब सुब्बा कर्मचारीहरुको हस्ताक्षर संकलन गर्ने अभियान जारी राखेका छन्

उनीहरुले शाखा अधिकृतको पदपूर्तिमा नायब सुब्बाहरुबाट बढुवा भएर आउने प्रतिशत ३० कायम गर्नुपर्ने, नायब सुब्बाहरुबीच आन्तरिक प्रतिस्पर्धाका लागि २० प्रतिशत छुट्टाइनुपर्ने र बाँकी ५० प्रतिशतमा खुल्ला प्रतिस्पर्धा हुनुपर्ने माग गरेका छन् । साथै एउटै पदमा लगातार १२ वर्षसम्म काम गरिरहँदा पनि बढुवा नभएमा स्वतः माथिल्लो पदमा बढुवा हुनुपर्ने पनि उनीहरुको माग छ ।

निजामती सेवाका स्थायी कर्मचारीहरुलाई खुल्ला प्रतिस्पर्धामा सहभागी हुन उमेरको हद लगाउने तथा कार्यरत कर्मचारीहरु खुल्ला प्रतिस्पर्धाबाट माथिल्लो तहमा उत्तीर्ण हुँदा अघिल्लो पदको सेवा अवधि नजोडिने प्रस्तावित ऐनको व्यवस्थामा समेत नायब सुब्बाहरुले आपत्ति जनाएका छन् ।

उपसचिव तथा सहसचिवको खुल्ला प्रतिस्पर्धामा शाखा अधिकृतभन्दा माथिल्लो तहको कर्मचारीले मात्र भाग लिन पाउने विद्यमान प्रावधानप्रति पनि नायब सुब्बाहरुको असहमति छ । आवश्यक शैक्षिक योग्यता भएको तथा नायब सुब्बा पदमा ७ वर्षको अनुभव भएको व्यक्तिले सहसचिवको खुल्ला प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने र ५ वर्षको अनुभव भएको व्यक्तिले उपसचिवको खुल्ला प्रतिस्पर्धामा भाग लिन पाउनुपर्ने नायब सुब्बाहरुको माग छ ।

प्रस्तावित ऐनमा परराष्ट्र सेवालाई कमजोर पार्ने विभिन्न प्रावधानहरु राखिएको भन्दै त्यस्ता प्रावधानहरु नसच्चाइएमा सशक्त प्रतिरोध गर्ने र आन्दोलनमा उत्रिनेसमेत नायब सुब्बाहरुले चेतावनी दिएका छन् ।

नेपालको निजामती सेवाहरुमध्ये सबैभन्दा कम दरबन्दी रहेको परराष्ट्र सेवामा हाल झण्डै १ सय २० जना नायब सुब्बाहरु कार्यरत छन् । त्यस्तै शाखा अधिकृतको संख्या ९० तथा उपसचिवको संख्या झण्डै ५० को हाराहारीमा छ । परराष्ट्र सेवामा सहसचिवको संख्या १८ तथा सचिवको दरबन्दी एउटा मात्र रहेको छ ।

माथिल्लो पदका दरबन्दीहरु कम रहेका, वार्षिक रुपमा १÷२ जनाको मात्र बढुवा हुने गरेको र आन्तरिक प्रतियोगिता समेतको प्रावधान नहुँदा परराष्ट्र सेवाका नायब सुब्बाहरुका लागि माथिल्लो पदमा बढुवा हुन निकै कठीन देखिएको छ । बढुवाको विद्यमान ३० प्रतिशतको व्यवस्थालाई २० प्रतिशतमा झारिएमा आफूहरुको अवस्था झनै दर्दनाक हुने र ३० औँ वर्ष सेवा गर्दासमेत नायब सुब्बा पदबाटै घर फर्किनुको विकल्प नहुने उनीहरुको भनाइ छ ।

एसएमएस अभियानदेखि हस्ताक्षर संकलनसम्म

राज्य व्यवस्था समितिले नायब सुब्बाहरुको वृत्ति विकासमा गम्भीर असर पार्ने गरी बढुवाको प्रतिशत घटाएर तयार पारेको प्रस्तावित ऐनको मस्यौदा सार्वजनिक भएदेखि नै देशभरका सबै सेवामा कार्यरत नायब सुब्बा कर्मचारीहरु विरोधमा उत्रिएका थिए । ‘निजामती सेवामा नायब सुब्बा बचाउ अभियान’ गठन गरी उनीहरुले राज्यव्यवस्था समितिका सदस्यहरुलाई एसएमएस पठाउनेदेखि नायब सुब्बा कर्मचारीहरुको हस्ताक्षर संकलन गर्ने अभियान जारी राखेका छन् ।

यो पनि पढ्नुहोस निजामती विधेयकले कर्मचारीको मनोबल कमजोर बनायो : पेशागत महासंघ

यसबीचमा उनीहरुले संसदको राज्य व्यवस्था समितिका सदस्यहरुलाई भेटेर आफ्ना मागपत्र बुझाउनुका साथै कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका नेताहरुलाई समेत आफ्ना मागहरुका बारेमा ध्यानाकर्षण गराइसकेका छन् ।

कर्मचारीहरुका मागलाई बेवास्ता गर्दै संसदको राज्यव्यवस्था समितिले प्रस्तावित ऐनको मस्यौदा पास गरेसँगै आन्दोलनका कार्यक्रम तय गर्न मंगलबार दिउँसो सिंहदरबार परिसरमा भेला हुने कार्यक्रम रहेको नायब सुब्बा बचाउ अभियानका सदस्यहरुले जानकारी दिएका छन् । देशभर राजपत्र अनंकित प्रथम श्रेणी नायब सुब्बा पदमा झण्डै ३५ हजार कर्मचारी कार्यरत छन् ।

परराष्ट्र मन्त्रालयको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले जारी गरेको विज्ञप्ति



source https://www.onlinekhabar.com/2020/06/877602

‘बैंकले ट्याक्सी लिलाम गर्ने भो, हामीलाई बाँच्न देऊ सरकार !’

१६ असार, काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले तीन महिना लामो लकडाउन गरेर आफूहरुका लागि राहतको प्याकेज नल्याएको ट्याक्सी व्यवसायीहरुले गुनासो गरेका छन् ।

कर पनि मिनाहा नभएको र किस्ता तिर्ने अवधि पनि थप नभएपछि आफूहरु मारमा परेको ट्याक्सी व्यवसायीको गुनासो छ । लामो लकडाउनका कारण आम्दानीको स्रोत पनि बन्द भएपछि दैनिक छाक टार्न पनि समस्या भएको भन्दै व्यवसायीले शान्तिपूर्ण प्रदर्शन थालेका छन् ।

सरकारले ट्याक्सी व्यवसायीको पक्षमा कुनै कदम नचाले ट्याक्सीको चाबी यातायात व्यवस्था विभागलाई बुझाउने व्यवसायी दीपक केसीले अनलाइनखबरलाई बताए ।

मंगलबार प्रदर्शनका क्रममा रहेको उनले बानेश्वरमा अनलाइनखबरसँग गरेको कुराकानीको सम्पादित अंश –

सरकारले लकडाउन गरेको तीन महिना भइसक्यो । अहिले लकडाउन सार्वजनिक यातायातलाई मात्र लागेको छ । सवारीसाधन हुने व्यक्ति निर्वाध रुपमा हिँडिरहेका छन् । सामान्य नागरिकलाई लकडाउन छ ।

कसरी बाँच्ने होला ? राज्यले हामीलाई बुझेन । राज्य ट्याक्सी व्यवसायीप्रति संवेदनशील भएन

ट्याक्सी पनि निजी कार जस्तै हो । संक्रमणको कुरा गर्ने हो भने निजी गाडीमा हिँड्नेलाई कोरोना हुने र ट्याक्सीमा हिँड्नेलाई नहुने भन्ने होइन । त्यसैले व्यस्थित तरिकाले पछाडि दुई जना राखेर ट्याक्सी चलाउन पाउनु पर्छ भन्ने हाम्रो माग हो ।

स्यानिटाइजर, मास्कसहित पछाडि दुई जना मात्र राखेर उपत्यकाभित्र कुदाउन पाऊँ भनेर हामीले सरकारलाई ज्ञापन पत्र पनि बुझाएका थियौं । सोमबार रातिको मन्त्रिपरिषद बैठकबाट मोडालिटी फेरिएला भन्ने थियो । तर, कुनै नयाँ निर्णय आएन ।

बरु सात दिन पुनः उस्तै गरी लडकाउन भन्ने भनियो । अहिले हाम्रा बालबालिका प्रताडित छन् । घरमा खाने चिज छैन । बालबालिका भोकभोकै छ । गाडी सडकमा निकाले दिनभर राखिदिन्छ । अर्को समस्या हुन्छ । गाडीबाहेक आम्दानीको अर्को स्रोत छैन ।

कतिपय आत्महत्या गर्ने अवस्थामा पुगिसकेका छौं । रोग, भोक र तनावले मानसिक सन्तुलन गुम्ने स्थिति आइसक्यो । आज कमाएर बेलुका बाँच्नु पर्ने मान्छेलाई राज्यले अलिकति पनि सहयोग गरेको छैन ।

कसरी बाँच्ने होला ? राज्यले हामीलाई बुझेन । राज्य ट्याक्सी व्यवसायीप्रति संवेदनशील भएन । निजी गाडीले महँगो भाडामा यात्रु बोकिरहेका छन् । एम्बुलेन्सले बोकेका छन् । तर, आम नागरिकले चाहिँ सेवा पाएका छैनन् । अर्कोतिर मजदुर र व्यवसायीको स्थिति पनि नाजुक छ ।

गाडी, घर, जग्गा बैंकले लिलाम गर्ने भो । बोलाएको बोलाइ छ । यस्तो अवस्थामा रोगलाई बिर्सिएर हामी सडकमा निस्किनुको विकल्प थिएन । सरकारले हाम्रो समस्या बुझिदियोस् ।

याे पनि पढ्नुस्

भोकले मर्ने भइयो भन्दै प्रदर्शनमा उत्रिए ट्याक्सी व्यवसायी

लकडाउनविरुद्ध प्रदर्शनमा निस्किएका तीन सय ट्याक्सी नियन्त्रणमा

‘ऋण थपियो, निन्द्रा लागेन !’



source https://www.onlinekhabar.com/2020/06/877603

माटाको दुई गोल, गेटाफेको नजर शीर्ष चार

१६ असार, काठमाडौं । जेमी माटाको दुई गोल मद्दतमा गेटाफेले स्पानिस ला लिगामा रियल सोसिडाडलाई २-१ ले पराजित गरेको छ। जितपछि गेटाफे पाँचौ स्थानमा उक्लेको छ र शीर्ष चारमा पुग्ने सम्भावनालाई कायमै राखेको छ ।

घरलु मैदाना भएको खेलमा माटाले २०औं मिनेटमा पेनाल्टीमा गोल गर्दै गेटाफेलाई अग्रता दिलाएका थिए । ५५औं मिनेटमा एडनान जानुजाईले सोसिडाडको लागि बराबरी गोल फर्काए । तर ८३ औं मिनेटमा माटाले व्यक्तिगत दोस्रो गोल गरेपछि गेटाफेले २-१ को जित हात पारेको हो ।

जितपछि ३२ खेलबाट ५२ अंक जोडेको गेटाफेले भियारियललाई एक अंकले पछि पारेको छ । यस्तै चौथो स्थानको सेभियासँग गेटाफेले अंक दूरी २ मा झारेको छ ।  सोसिडाड भने ४७ अंकसहित सातौँ स्थानमा छ ।



source https://www.onlinekhabar.com/2020/06/877600

क्रिस्टल प्यालेसलाई हराउँदै बर्नली आठौं स्थानमा

१६ असार, काठमाडौं । प्रिमियर लिग अन्तर्गत गएराति भएको एक मात्र खेलमा बर्नलीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । बेन मीले गरेको एक मात्र गोल मद्दतमा बर्नलीले प्यालेसलाई उसैको मैदानमा १-० ले हरायो ।

जितपछि ३२ खेलबाट ४५ अंक जोड्दै बर्नली आठौं स्थानमा उक्लेको छ । टोटनहम समान अंक जोडे पनि बर्नली गोलअन्तरमा पछि छ । प्यालेस भने ४२ अंकसहित ११औं स्थानमा छ ।

प्रिमियर लिगको उपाधि लिभरपुलले यसअघि नै पक्का गरिसकेको छ ।



source https://www.onlinekhabar.com/2020/06/877597

घरेलु सौन्दर्य प्रशाधन : दुध र महको लेप

लकडाउनले गर्दा ब्युटी पार्लर धाउने अनुकुलता छैन । सौन्दर्य प्रशाधन खरिदका लागि बजार खुलेको छैन । बजारमा उपलब्ध विभिन्न सौन्दर्य उत्पादन लगाइरहने, पार्लर धाइरहने महिलाहरुलाई अहिले यस्ता मेकअपको त्यती आवश्यक्ता पनि छैन । घरभित्रै बस्नुपर्ने वा बाहिर हिँड्दा मास्क लगाउनुपर्ने भएकाले मेकअप अनिवार्य छैन । यससँगै एउटा लहर चलेको छ, मेकअप बिना नै तस्विर साझेदार गर्ने । खासगरी हलिउड, बलिउड सेलिब्रेटीहरु यस्तो होडबाजीमा छन् । मेकअप नगरी आफ्नो अनुहार सामाजिक सञ्जालमा राखिरहेका छन् ।

अर्कोतिर उनीहरुले घरमै उपलब्ध सामाग्रीबाट पनि आफ्नो सौन्दर्यको ख्याल राख्न सकिने बताइरहेका छन् । हाम्रो बगैंचा, भान्सामा त्यस्ता थुप्रै सामाग्री छन्, जसले अनुहार, केस एवं छालाको सौन्दर्य कायम राख्न सकिन्छ । जस्तो कि, मह र दुधको लेप ।

मह र दुधको लेप लगाउँदा अनुहार चम्किलो हुन्छ । मुलायम हुन्छ । अनावश्यक दागहरु रहँदैन । समग्रमा छाला स्वस्थ्य हुन्छ ।  मह र दुधको लेपनको अतिरिक्त फाइदा पनि छ । त्यो भनेको, यसले चाहुरीपन कम गर्छ । यसका लागि हप्तामा दुई पटक लेप बनाएर लगाउनुपर्छ ।

कसरी बनाउने त लेप ?

यो बनाउन निकै सजिलो छ । अलिकति दूधमा ठिक्क मह हाल्ने ताकि लेप अधिक गाढा नहोस । लेप बनाउनासाथ त्यसलाई प्रयोग गरौं । धेरै बेर त्यसै छोड्दा यो बिग्रिन्छ ।

१. दुध एउटा राम्रो क्लिन्जर पनि हो । यसमा एउटा कटन बल डुबाउनुस र त्यसले अनुहारमा पुछ्नुस । त्यसलाई ५ मिनेटका लागि यसै छोड्नुपर्छ र त्यसपछि ताजा पानीले धुने गरौं । दैनिक आफ्नो अनुहारलाई यसैगरी काँचो दुधले सफा गरौं । दुधमा पाकेको मेवा पनि मिसाउन सकिन्छ । यसबाट अनुहारको डेड स्किन हट्नेछ ।

२. डण्डीफोरको समस्या छ भने यो प्याक अवश्य लगाउपर्छ । यसलाई नियमित रुपमा लगाइयो भने छालालाई धेरै फाइदा पुग्छ । डण्डीफोरबाट चिन्तित केटीहरुलेउ अनुहारमा मह दलेर ३० मिनेटसम्म छोडिदिनुपर्छ । त्यसपछि यसलाई मनतातो पानीले धुनुपर्छ ।

महले ब्याक्टेरियाबाट हुने डण्डीफोरलाई हटाउँछ । तर, डण्डीफोर हार्मोनको गडबडीको कारणले हो भने महले केही गर्न सक्दैन ।

३. अनुहारमा डेड स्किन जम्मा भयो भने छाला एकदम भद्दा देखिन थाल्छ । दुधमा एक कम्पाउन्ड हुन्छ जुन महंगा सौन्दर्य प्रशाधनमा प्रयोग गरिन्छ । यसले बुढ्यौललाई पछि धकेल्न मद्दत गर्छ । घरमै पनि एउटा राम्रो लेप तयार गर्न सकिन्छ, जसमा दूध, मह, ओटमील र ओखरको धुलो मिसिएको हुन्छ ।

आधा चम्चा ओखरको धुलो, २ चम्चा ओटमिल, आधा चम्चा मह र र्दुइ चम्चा काँचो दुध मिलाउनुपर्छ । यी सबैलाई मिलाएर गाढा पेस्ट बनाउने । यस पेस्टलाई अनुहारमा दलेर हल्का मसाज गरौं । त्यसपछि १० मिनेटसम्म त्यत्तिकै छोड्नुपर्छ र चिसो पानीले धुनुपर्छ ।

४. दुधले छालाको रंग सफा हुन्छ र अनुहारको दाग–धब्बा पनि कम हुन्छ । थोरै काँचो दूध लिएर अनुहार र घाँटीमा लगाउनुपर्छ ।

१० मिनेटपछि यसलाई सफा पानीले धुनुपर्छ । यसबाट छाला गोरो हुन्छ । यसलाई फेस प्याक पनि बनाउन सकिन्छ । यसका लागि दुई चम्चा दूधमा १ चम्चा मह र १ चम्चा कागतीको रस मिसाउनुपर्छ । यस प्याकलाई अनुहार र घाँटीमा लगाएर १० मिनेट पर्खिनुस, अनि धुनुपर्छ । यसबाट छाला चम्किलो हुन्छ ।

५. यो लेप फुटेको ओठ ठिक गर्न पनि सहायक हुन्छ । फेस मास्कका लागि लेप बनाइएको हो भने अन्त्यमा अलिकति लेप ओठमा पनि लगाउनुपर्छ । यदि लेप लगाइएन भने मह मात्रै पनि लगाउन सकिनेछ । महले पनि ओठ फुटेको धेरै हदसम्म ठिक गर्छ ।

६. समयभन्दा चाँडै अनुहार चाउरी पर्न थालेको छ भने मह र दूधको फेस प्याक बनाएर अनुहारमा लगाउनुपर्छ । प्याक बनाउनका लागि र्दुइ चम्चा काँचो दूध, १ चम्चा मह, १ भिटामिन ई क्याप्सुलर र १ कांक्रोको टुत्रा वा एलोबेरा जेललाई मिलाउने र अनुहारमा लगाउने । त्यसको २० मिनेटपछि अनुहार धुनुपर्छ ।

७. दुध र महले रुखो र बेजान छालालाई ठीक गर्न औषधिकै जस्तो काम गर्छ । मह र दूधको लेपले अनुहारमा दुई वा तीन पटक घसेपछि नै फरक महसुस गर्न थालिनेछ । यसले छालामा निखार पनि आउँछ ।



source https://www.onlinekhabar.com/2020/06/877596

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More