Thursday, 25 June 2020

विप्लव समूहका विद्यार्थी नेता पक्राउ

१२ असार, काठमाडौं । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका एक जना विद्यार्थी नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका ललितपुर जिल्ला उपाध्यक्ष निगम भनिने नरेन्द्रबहादुर भण्डारी छन् । उनलाई बालकुमारी क्षेत्रबाट पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख टेकप्रसाद राईले अनलाइनखबरसँग भने, ‘विप्लव समूहका पर्चा टाँस्ने, समूहमा आबद्ध हुनुपर्छ भनेर स्थानीयलाई डर, त्रास देखाएर आतंकित बनाउने जस्ता कार्यमा उनी संलग्न थिए ।’

थप अनुसन्धान भइरहेको राईले बताए ।



source https://www.onlinekhabar.com/2020/06/876483

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More