Friday 26 June 2020

भुपु र प्रविशाको ‘मायालु’ सार्वजनिक

काठमाडौं । गायक भुपु पाण्डे र गायिका प्रविशा अधिकारीको स्वरमा ‘मायालु’ बोलको गीत सार्वजनिक भएको छ ।

बिहीबार युट्युबबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतमा भुपु पाण्डेकै संगीत छ । शव्द राजेश अर्यालका छन् ।

आफ्ना हरेक गीतहरूमा नयाँ प्रयोग गर्दै आएका गायक पाण्डेले फरक शैलीको गीत बनाएको बताएका छन् । आधुनिक, शास्त्रीय संगीत र लोक फ्लेभरको गीतका शब्द निकै राम्रो रहेको पाण्डेले बताए । उनले भने, ‘संगीत, स्वर र म्युजिक भिडियो सबै कुरालाई हाम्रो टिमले न्याय गरेका छौँ जस्तो लागेको छ ।’

म्युजिक भिडियोको निर्देशन मोडल समेत रहेका सुनिल क्षेत्रीले गरेका छन् । सुनिल क्षेत्री र वीना राउत म्युजिक भिडियोमा छन् ।

अमृत चापागाइँको सम्पादन, नवराज उप्रेतीको छायांकनमा निर्माण भएको ‘मायालु’लाई ‘द पीक’मा रेकर्ड गरिएको थियो ।

हेर्नुहोस् भिडियो



source https://www.onlinekhabar.com/2020/06/876755

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More