Friday 26 June 2020

कैलालीका कोरोना संक्रमितको चितवनमा मृत्यु

१३ असार, चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको शनिबार विहान ६:३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २८ पुगेको छ ।

शुक्रबार दिउँसोदेखि उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई आइसोलेसन वार्डबाट आईसीयूमा सारिएको थियो ।

असार १० गते चितवन मेडिकल कलेजमा भर्ना भएका उनलाई असार ११ गते राति ८ बजे भरतपुर अस्पताल रिफर गरिएको थियो । उनी फोक्सोको क्यान्सरका विरामी थिए ।

उनलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई भरतपुर अस्पताल सारिएको थियो । यसअघि भरतपुर महानगरपालिका–११ का कोरोना संक्रमितको मृत्यु भएको थियो ।



source https://www.onlinekhabar.com/2020/06/876740

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More