Saturday 30 November 2019

दाङको प्रारम्भिक नतिजामा नेकपाको अग्रता

१५ मंसिर, दाङ । प्रदेशसभा सदस्यका लागि दाङ क्षेत्रनम्बर ३ (ख) मा भएको उपनिर्वाचनको प्रारम्भिक नतिजामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्रता लिएको छ ।

बबई गाउँपालिका वडानम्बर १ र तुलसीपुर उपमहानगरपालिका वडानम्बर १ को गणना सकिँदा नेकपाकी उम्मेदवार बिमला खत्रीले ७७२ मत अन्तरले अग्रता लिएकी छन् ।

बिमलाले १ हजार ९०६ र नेपाली कांग्रेसका उम्मेदवार केशव शर्मा आचार्यले ११३४ मत पाएका छन् । राप्रपाका भुपाल रावतले १०, साझा पार्टीका शिवकुमार चौधरीले ६, समाजवादीका डिल्लीबहादुर डाँगीले ५ मत पाएका छन् ।



source https://www.onlinekhabar.com/2019/12/816009

भित्री वस्त्रसँग सम्बन्धित महत्वपूर्ण कुराहरु

अधिकांश महिलाहरु तथा युवतीहरु आफ्ना हरेक प्रकारका पहिरनसँग सामान्य गुणस्तरका ब्रा लगाउने गर्छन् । तर, केही विशेष पहिरनका लागि भनेर विशेष ब्राहरु नै डिजाइन गरिएको हुन्छ । यदि त्यस्ता पहिरनसँग सही प्रकारका ब्रा लगाउनुभयो भने तपाईंलाई स्मार्ट, राम्री तथा पर्फेक्ट देखिनुहुनेछ । त्यसैले आज हामी कस्तो पहिरनसँग कस्तो प्रकारको ब्रा लगाउने भन्ने बारेमा केही जानकारीहरु प्रस्तुत गर्दैछौं ।

पुसअप ब्रा

पुसअप ब्रा धेरै जसो त्यस्ता महिला अथवा युवतीहरुले लगाउन रुचाउछँन्, जसको ब्रेस्टको आकार सानो हुन्छ । कहिलेकाहीँ हामी कसिलो पहिरन लगाउँछौं । जसका कारण हाम्रो ब्रा लाइन देखिन्छ । तर, पुसअप ब्रा लगाउँदा ब्रा लाइन देखिँदैन । पुसअप ब्रा कुनै पनि पहिरनसँग लगाउन सकिन्छ ।

 स्पोर्टस् ब्रा

जुन युवतीहरु जिम जान्छन् अथवा खेलकुदमा सहभागी हुन्छन् । उनीहरुले त्यो समयमा स्पोर्टस् ब्राको प्रयोग गर्नुपर्छ । त्यसले ब्रेस्टलाई पूर्ण रुपले कभर गर्छ । धेरै युवतीहरु नृत्य गर्दा अथवा जिम गर्दा सामान्य किसिमको ब्रा प्रयोग गर्छन् । तर, जब उनीहरु व्यायाम गर्छन् अथवा उफ्रिन्छन्, त्यो समयमा सामान्य ब्राको प्रयोगले अलि अनौठो देखिन्छ  । त्यसैले खेलकुदको समयमा युवतीहरुले स्पोर्टस् ब्राको प्रयोग गर्नुपर्छ ।

स्टिक अन ब्रा

स्टिक अन ब्रा शरीरमा सजिलै टाँसिन्छ । यसमा दुई वटा कप हुन्छन् । यसमा स्टि्रप हुँदैन । यदि तपाईं ब्याकलेस अथवा स्टि्रपलेस पहिरन लगाउँदै हुनुहुन्छ भने त्यस्तो प्रकारको ब्रा तपाईंको लागि उपयुक्त हुन्छ ।

अन्डरवयर ब्रा

अन्डरवयर ब्रामा एउटा स्टि्रप अथवा वायर हुन्छ । जुन ब्राको भित्र हुन्छ । यो ब्रालाई लगाएपछि ब्रेस्ट तलबाट सेट हुन्छ । ब्लाउज र टपसँग यसप्रकारको ब्रा लगाउन सकिन्छ ।

मोल्डेड कफ ब्रा

मोल्डेड कफ ब्रा एउटा गोलो र सीमलेस सेप तयार गर्छ । यसलाई लगाए पछि कुनै पनि घेरा देखिँदैन । यस्तो प्रकारको ब्रालाई हाइनेक र टिसर्टमा लगाउन सकिन्छ ।



source https://www.onlinekhabar.com/2019/12/816057

‘संझना विर्सना’मा पूजा र आकाशसँगै छुल्ठिम

यतिबेला नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मा सिलगुडीमा छन् । यी दुई कलाकार चलचित्र ‘संझना विर्सना’को छायांकनमा व्यस्त छन् । सिलगुडीसँगै चलचित्रको छायांकन दार्जिलिङ्ग, सिक्किममा हुनेछ ।

यो चलचित्रलाई निमेष प्रधानले निर्देशन गरिरहेका छन् । चलचित्रको छायांकन सुरु भएपछि चलचित्रमा नायिका छुल्ठिम गुरुङको प्रवेश भएको छ । पूजा र आकाशसँगै छुल्ठिम पनि चलचित्रको मुख्य भूमिकामा रहेको निर्माणपक्षले बताएको छ ।

आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरिरहेको यो चलचित्रको कथावस्तुको बिषयमा भने कुनै जानकारी गराइएको छैन । आदित्य फिल्मस्को ब्यानरमा निर्माण भैरहेको यो चलचित्रलाई शिव ढकालले खिचिरहेका छन् ।

पूजा र आकाशले अभिनय गरेको पछिल्लो चलचित्र ‘पोई पर्यो काले’ हलमा रिलिज भैरहेको छ । यो चलचित्रले नेपालमा राम्रो व्यापार गरेको छ ।
नायिका छुल्ठिम गुरुङ भने निरन्तर असफल चलचित्रका कारण समस्यामा छन् । उनलाई, ‘संझना विर्सना’ले राहत दिने अपेक्षा गर्न सकिन्छ ।



source https://www.onlinekhabar.com/2019/12/816055

तनहुँमा आतंक मच्चाउने अर्काे चितुवा पनि खोरमा

१५ मंसिर, चितवन । तनहुँको भानु नगरपालिका-३ मा फेरि अर्को चितुवा खोरमा परेको छ । नगरपालिकाको रिडिपानीस्थित धराने कालिका सामुदायिक वनमा थापिएको परम्परागत खोरमा शनिबार राति चितुवा खोरमा परेको हो ।

सामुदायिक वन उपभोक्ता समितिले वनभित्र खोर बनाइ बाख्रा राखेर पासो थापेको थियो । करिब ५५ किलो तौल भएको पोथी चितुवा खोरमा परेको वडा अध्यक्ष दलनारायण श्रेष्ठले बताएका छन् ।

भानु १, २, ३ र ४ का स्थानीयहरुलाई चितुवाले लामो समयदेखि आतंक मच्चाउँदै आएको छ ।

यो अवधिमा यस क्षेत्रमा चितुवाको आक्रमणबाट पाँच जना बालबालिकाको ज्यान गुमाइ सकेका छन् भने ७ जना बालबालिका घाइते भएका छन् ।

चितुवा हेर्नको लागि उक्त स्थानमा सयौं संख्यामा स्थानीयहरु भेला भएका छन् । इलाका वन कार्यालयका कर्मचारी, इलाका प्रहरी कार्यालय भानुका प्रहरी तथा सशस्त्र प्रहरी मनकामना गणबाट आएका प्रहरीहरुले चितुवालाई खोरबाट नियन्त्रणमा लिइ जिल्ला पठाइएको छ ।

यसअघि पनि नगरपालिकाको वडानम्बर २ र ३ मा रखिएको खोरमा ४ वटा चितुवा परिसकेका छन् ।

यो अवधिमा यस क्षेत्रमा चितुवाको आक्रमणबाट ५ जना बालबालिकाको ज्यान गुमाइ सकेका छन् भने ७ जना बालबालिका घाइते भएका छन् ।



source https://www.onlinekhabar.com/2019/12/816044

ब्लड प्रेसरको बिमारीका लागि गोलभेडाको सेवन फाइदाजनक

गोलभेडा हाम्रो स्वास्थको लागि विभिन्न किसिमले फाइदाजनक छ । यसको विभिन्न स्वास्थ सम्बन्धी लाभहरु पनि छन् । हाइपर टेन्सनका गम्भीर विमारी तथा मुटु सम्बन्धी समस्याहरुबाट पीडित व्यक्तिहरुले आफ्नो खानामा गोलभेडा  समावेश गर्दा ती समस्याहरुको जोखिम कम गर्न सकिने विभिन्न अध्ययनहरुले देखाएका छन् । त्यसैले आज हामी गोलभेडाको सेवन गरेर कसरी ब्लड प्रेसरको समस्यालाई कम गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिँदैछौ ।

अमेरिकाको हार्ट जर्नलमा प्रकाशित एउटा अध्ययन अनुसार गोलभेडामा पर्याप्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ । जुन व्यक्ति गोलभेडाको नियमित सेवन गर्छन् । उनीहरुमा ब्लड प्रेसरको समस्या कम हुन्छ ।

गोलभेडा कसरी लाभकारी ?

गोलभेडामा भिटामिन-इ प्रचुर मात्रामा पाइन्छ । त्यसबाहेक टमाटर पोटासियमको पनि महत्वपूर्ण स्रोत हो । गोलभेडाले शरीरमा फ्लूइड इलेक्ट्रोलाइट सन्तुलन बनाइराख्न सहयोग प्राप्त हुन्छ । यसका साथै ब्लड प्रेसर पनि नियन्त्रणमा रहन्छ ।

त्यसैले यदि तपाईं हाइपर टेन्सनको बिमारी हुनुहुन्छ भने टमाटरको धेरै सेवन गर्नुपर्छ । तपाईं गोलभेडालाई सलाद अथवा तरकारीमा मिसाएर पनि खान सक्नुहुन्छ । यसबाहेक तपाईं यसलाई गोलभेडा सूप अथा अचारको रुपमा पनि खान सक्नुहुनेछ ।

गोलभेडामा लाइकोपिन र बिटा केरोटीन जस्ता केरोटिनइड हुन्छ । जुन शक्तिशाली एन्टिअक्सिडेन्ट हो भन्ने कुरा तपाईंलाई थाहा नहुन सक्छ । गोलभेडाको सहयोगले शरीरमा फ्रि रेडिकल्स निस्क्रिय भएर सजिलै फ्लस पनि हुन्छ । यसले केवल एथेरनेस्लेरोसिसको प्रगति बिस्तारै हुने मात्र होइन । अक्सिडेटिव स्ट्रेस पनि कम हुन्छ र ब्लड प्रेसरलाई नियन्त्रणमा राख्छ ।



source https://www.onlinekhabar.com/2019/12/816053

‘झिंगे दाउ’मा आँचलको यस्तो गेटअप

ज्ञानेन्द्र देउजाको प्रस्तुति तथा निर्देशनमा तयार भैरहेको चलचित्र ‘झिंगे दाउ’को छायांकन खोटाङको हलेसीमा सकिएको निर्माणपक्षले जानकारी दिएको छ । हलेसीमा छायांकन सकेर यसको टिम भकुन्डेवेसीमा तयार भएको सेटमा काम गरिरहेको छ ।

निर्देशक देउजाले भने–‘हामीले हलेसीमा निकै राम्रोसँग काम सकेका छौ । भकुेन्डेबेसीको लोकेशनमा पनि राम्रो काम हुने आशा छ ।’ उनले चलचित्रको कथाले मागे अनुसारको लोकेशन र सेट तयार पार्न कुनै कसर बाँकी नराखेको बताए ।

यसैविच, चलचित्रमा नायिका आँचल शर्माको गेटअप बाहिरिएको छ । चलचित्रमा नायिका शर्मा फरक गेटअपमा देखिएकी छिन् । सधै नै आधुनिक पहिरनमा चलचित्रमा देखिदै आएकी शर्मा यसपटक भने गाउँकी यूवतीको भूमिकामा छिन् ।

आँचलको यो गेटअपलाई दर्शकले मन पराउने अपेक्षा गर्न सकिन्छ । चलचित्रमा मुकुन भुषाल, केकी अधिकारी लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।



source https://www.onlinekhabar.com/2019/12/816050

कास्की-२ मा कांग्रेस उम्मेदवारभन्दा विद्या ३७०४ मतले अगाडि

१५ मंसिर, पोखरा । प्रतिनिधिसभाको कास्की– क्षेत्र नं. २ मा शनिबार सम्पन्न उपनिर्वाचनमा सत्तारूढ नेकपा उम्मेदवार विद्या भट्टराईले आफ्नो अग्रता थप फराकिलो पारेकी छन् ।

पोखरा महानगरपालिकाको २ वडाको मतगणना सकिँदा भट्टराईले ३ हजार ७ सय ४ मतले आफ्ना प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवारलाई पछि पारेकी हुन् ।

प्राप्त परिणामअनुसार विद्याले ६ हजार ७ सय ९९ मत हासिल गर्दा कांग्रेस उम्मेदवार खेमराज पौडेलले ३ हजार ९५ मतका साथ नेकपा उम्मेदवारलाई पछ्याइरहेका छन् ।

वडा नम्बर ३३ को मत गणना हुँदा विद्याले ३ हजार २ सय मत ल्याएकी थिइन् । कांग्रेसका उम्मेदवार खेमराज पौडेलले २ हजार १ सय १५ मत ल्याएका थिए । २१ को मत गणना सकिँदा विद्याले झन् अग्रता बढाएकी हुन् ।

कास्की २ मा भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको छ । यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए । ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो ।

पोखरा महानगरको ११ वटा वडा यो क्षेत्रमा पर्छ । यहाँ ३२ मतस्थलमा ८२ वटा मतदान केन्द्र थिए।

यहाँ ११ वटा दलीय र १० जना स्वतन्त्र गरी २१ जना उम्मेदवार छन् ।



source https://www.onlinekhabar.com/2019/12/816006

युरो २०२० को ‘ड्र’ सार्वजनिक

१५ मंसिर, काठमाडौं । साविक विजेता पोर्चुगल र साविक उपविजेता फ्रान्स युरो २०२० को एउटै समूहमा परेका छन् । यस्तै अर्को पूर्वविजेता जर्मनीसमेत रहेको यस समूहलाई ग्रुप अफ डेथ मानिएको छ ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युएईएफएले शनिबार राति सार्वजनिक गरेको खेल तालिका अनुसार यी तीन देश समूह ‘एफ’मा परेका छन् । यस समूहमा अर्को टिम भने प्लेअफ छनोटबाट आउनेछ ।

सार्वजनिक ड्र अनुसार समूह ‘ए’ मा इटली, स्वीट्जरल्यान्ड, टर्की र वेल्स रहेका छन् । समूह ‘बी’ मा बेल्जियम, रुस, डेनमार्क र फिनल्याण्ड छन् भने समूह ‘सी’ मा युक्रेन, नेदरल्यान्ड्स, अष्ट्रिया छन् । यो समूहमा एक टिम प्ले अफबाट आउने छन् ।

समूह ‘डी’ मा इंग्ल्याण्ड, क्रोएसिया, चेक रिपब्लिक र प्ले अफ छनोटबाट आउने टिम रहने छ । समूह ‘ई’ मा स्पेन, पोल्याण्ड, स्विडेन र प्ले अफ छनोटबाट आउने टिम रहेको छ ।

सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म हुने युरोकपमा २४ टिमको सहभागिता रहनेछ । यस पटक युरोपको विभिन्न १२ राष्ट्रमा संयुक्त रुपमा आयोजना हुनेछ ।



source https://www.onlinekhabar.com/2019/12/816001

ढिस्कोले पुरिएर कास्कीको मौजामा ३ जनाको मृत्यु

१५ मंसिर, पोखरा । पोखरा महानगरपालिका–२० स्थित मौजामा नाली खन्ने क्रममा खसेको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको छ । २ जना घाइते छन् ।

रिटेरिङ वाल लगाउने क्रममा आएको सुख्खा पहिरोले  ५ जना पुरिएकोमा ३ को मृत्यु भएको वडाध्यक्ष सीम गुरुङले जानकारी दिए ।

ढिस्कोमा पुरिएर ज्यान गुमाउने र घाइतेको नाम आउन खुलेको छैन । प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ ।



source https://www.onlinekhabar.com/2019/12/816000

बौदिकाली गाउँपालिका-५ मा नेकपा विजयी

१५ मंसिर, नवलपुर । पूर्वी नवलपरासीको बौदिकाली गाउँपालिका वडा नं. ५ को अध्यक्षमा नेकपाका खिमबहादुर खरूमगर विजयी भएका छन् ।

शनिबार भएको उपनिर्वाचनमा नेकपाका खिमबहादुरले नेपाली कांग्रेसका तुल बहादुर रानालाई १३६ मतअन्तरले पराजित गरे । खरू मगरले ३६७ र रानाले २३१ मत पाएका छन् ।

समाजवादी पार्टीका प्रितम बहादुर रानाले ७ मत प्राप्त गरेका छन् । कूल ८५३ मतदाता रहेको सो वडामा ६१५ मत खसेको थियो ।

अघिल्लो निर्वाचनमा पनि सो वडामा नेकपाले जितेको थियो ।



source https://www.onlinekhabar.com/2019/12/815990

रामेछापको उमाकुण्ड–५ मा नेकपा विजयी

१५ मंसिर, रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–५ को वडाध्यक्षमा नेकपा उम्मेदवार कुलबहादुर बस्नेत विजयी भएका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार सावित्री सुनुवारलाई दोब्बर मतअन्तरले पराजित गर्दै बस्नेत विजयी भएका हुन् ।

कुल १ हजार १ सय ७३ मत खसेकोमा बस्नेतले ७ सय ६९ मत प्राप्त पाए भने सुनुवार ३ सय ८० मतमा खुम्चिइन् ।

निर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार राजकुमार सुनुवारले १० मत प्राप्त गरेका थिए भने राप्रपा संयुक्तका उम्मेदवार हर्कबहादुर तामाङले मात्र ७ मत प्राप्त गरेका थिए ।

यो वडाका तत्कालीन वडाध्यक्ष कुवेर खत्रीको डेड वर्षअघि निधन भएको थियो । खत्रीको निधनपछि रिक्त पदपूर्तिका लागि शनिबार यहाँ उपचुनाव भएको हो ।



source https://www.onlinekhabar.com/2019/12/815991

प्यूठान नगरपालिका-२ को अध्यक्षमा नेकपाका पोख्रेल विजयी

१५ मंसिर, प्यूठान । प्यूठान नगरपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपाका मुक्ति पोख्रेल विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार मोहन सिंह विष्टलाई दुई सय ८४ मतअन्तरले पछि पार्दैए नेकपाका पोख्रेल दाखाक्वाडी वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।

पोख्रेलले १ हजार १ सय २७ र विष्टले ८ सय ४३ मत पाएका छन् । यस वडामा राष्ट्रिय जनमोर्चाले नेकपाका पोख्रेललाई साथ दिएको थियो ।

यस वडामा कूल ३ हजार २१ मतदातामध्ये १ हजार ९ सय ९५ मत खसेको थियो । २५ मत बदर भएको थियो ।

अघिल्लो निर्वाचनमा वडा अध्यक्ष निर्वाचित खिमबहादुर बिष्टको निधन भएपछि उपनिर्वाचन भएको हो ।



source https://www.onlinekhabar.com/2019/12/815989

धरान उपमहानगरपालिकामा नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा

१५ मंसिर, काठमाडौं । धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनमा नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ ।  ३ वडाको मतगणना सकिँदा नेकपा उम्मेदवारले कांग्रेस उम्मेदवारलाई झिनो मतले पछि पारेका छन् ।

जारी मतगणना अनुसार नेकपा उम्मेदवार प्रकाश राईले २३०९ मत हासिल गरेका छन् । उनलाई कांग्रेस उम्मेदवार तिलक राईले कडा टक्कर दिइरहेका छन् । राईले १७ मत कम अर्थात २२९२ मत हासिल गरेका छन् ।

धरान उपमहानगरपालिकाको १८, १९ र २० वडाको मतगणना सकिँदा  समाजवादी पार्टीले ७८ र लिम्बुवानले १३१ मत बटुलेका छन् ।

अहिले उपमहानगरपालिकाको १७ वडाको मतगणना भइरहेको छ ।



source https://www.onlinekhabar.com/2019/12/815986

भक्तपुरमा कांग्रेस २४ सय मतअन्तरले अगाडि

१५ मंसिर, काठमाडौं । प्रदेशसभा सदस्यअन्तर्गत भक्तपुर क्षेत्रनम्बर १ (क)मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना सकिँदा कांग्रेस उम्मेदवार कृष्णलाल भडेल २ हजार ४ सय ३६ मतअन्तरले अगाडि छन् ।

कांग्रेस उम्मेदवार भडेलले १० हजार ३ सय ९५ र नेकपाका उम्मेदवार डीपी ढकालले ७ हजार ९ सय ५९ मत पाएका छन् ।

यसैगरी नेमकिपाका उम्मेदवार निरज लवजुले २ हजार २ सय ४७ मत पाएका छन् ।

यहाँका कूल मतदाता ४५ हजार १५ मध्ये ३२ हजार ३७ मत खसेको थियो ।



source https://www.onlinekhabar.com/2019/12/815982

चितवनमा नेकपालाई धक्का, एमालेले एक्लै जितेको वडा नेकपाले गुमायो

१५ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला चितवनका तीनवटा वडामा भएको निर्वाचनमा नेकपाका सबै उम्मेदवारहरुले पराजय भोगेका छन् । यसअघि एमालेले एक्लैले जितेका वडामा समेत माओवादी रएमाले मिल्दासमेत कांग्रेसले जित हात पारेको छ ।

पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नः ४, वडा नः ५ र भरतपुर महानगरपालिका वडा नः १६ मा वडाध्यक्ष पदमा भएको निर्वाचनमा कांग्रेस उम्मेदवारहरु विजयी भए ।

नेकपाका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र नं ३ मा पर्ने भरतपुर महानगरपालिका वडा नः १६ मा कांग्रेसका उम्मेदवार अमृतराज हमाल विजयी भए । उनले नेकपाका उम्मेदवारलाई ३०८ मतको फराकिलो अन्तरले हराए । अमृतराजले ३१८३ मत प्राप्त गरे भने भक्तराज ले २८७५ मत प्राप्त गरे । यसअघि यो वडामा तत्कालीन नेकपा एमालेका उम्मेद्वार चतुरमान गुरुङ विजयी प्लानलसहित विजयी भएका थिए । उनको गत असोजमा क्यान्सर रोग लागेका कारणले निधन भएको थियो । २०७४ मा भएको निर्वाचनमा अमृत हमाललाई गुरुङले ६४ मतले पराजित गरेका थिए भने, अन्य सदस्यमा नेकपाका उम्मेदवारहरु फराकिलो मतले विजयी भएका थिए ।

तत्कालीन एमालेले एक्लैले जितेको ठाँउमा माओवादी केन्द्र मिल्दासमेत पार्टी उम्मेदवार पराजय भएको भनेर जिल्लामा नेतृत्वको आलोचना भएको छ । वडा नं १६ राष्ट्रिय सभाकी सांसद पार्वती रावलको वडासमेत हो ।

उता, पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नः ४ र ५ मा पनि कांग्रेसका उम्मेदवारहरु नै विजयी भएका छन् ।

सवारी दुर्घटनामा कांग्रेसबाट निर्वाचित दुवैजना वडाध्यक्षहरुको निधनपछि भएको उपनिर्वाचनमा पनि कांग्रेसकै उम्मेदवारहरु विजयी भए । खैरहनी–४ मा कांग्रेसका देवबहादुर बस्नेतसँग नेकपाका बेदबहादुर अधिकारी १५२ मतले पराजित भएका छन् । गत स्थानीय तहको निर्वाचनमा तत्कालीन एमाले उम्मेदवार निकै कम मतले पराजित भएका थिए ।

खैरहनी–५ मा कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका पुननारायण प्रधानलाई हराइन् नेपाली काँग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गरेकी हुन् ।

कार्कीले ८४२ मत र प्रधानले ७५६ मत प्राप्त गरेका छन् । चितवन निर्वाचन क्षेत्र नः १ मा पर्ने खैरहनी नगरपालिका नेकपाका अर्का प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्रमा पर्छ । पार्टी एकीकरणपछिको अवस्थामा पनि चितवनमा नेकपा तत्कालीन एमालेभन्दा पनि कमजोर देखिएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा पार्टीभित्र गुटवन्दी, आन्तरीक समस्या र एकले अर्कोलाई सिध्याउने गम्भीर खेलका कारण अल्सर भएको बताएका थिए ।



source https://www.onlinekhabar.com/2019/12/815975

प्रदेश ५ को उपचुनाव : महरा र शंकर पोखरेलको वडामा कांग्रेस विजयी

१५ मंसिर, बुटवल । सत्तारुढ नेकपाका दुई प्रभावशाली नेताहरुको वडा दाङको घोराही उपमहानगरपालिका वडा नंं. १६ मा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी विजयी भएका छन् ।

संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको वडामा अध्यक्ष पदका लागि शनिबार भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै डांगी निर्वाचित भएका हुन् । ३ हजार दुई सय २६ मत खसेकामा डांगीले एक हजार दुई सय २२ मत प्राप्त गरी विजयी हुंदा निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार केसीले एक हजार एक सय १७ मत प्राप्त गरेका छन् ।

गत निर्वाचनमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा बिजयी भएका थिए । बुढाको निधन भएपछि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार जगलाल थारुले ७२० मत ल्याए भने समाजबादी पार्टीकी उम्मेदवार बिमला पुनले ३१ मत, राप्रपाका प्रकाश केसीले १९ मत, नेशनल मंगोल अर्गनाईजेशन पार्टीका उम्मेदवार पहलमान आलेले ३० मत र अर्का स्वतन्त्र उम्मेदवार समिर वलीले २३ मत प्राप्त गरेका छन् । ६८ मत बदर भएको छ ।

प्यूठान नगरपालिका– २ मा नेकपा विजयी

उता प्यूठानको प्यूठान नगरपालिका वडा नं. २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुक्ति पोख्रेल विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार मोहनसिंह बिष्टलाई २ सय ८४ मत अन्तरले हराउँदै पोख्रेल विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत बिष्णु प्रसाद गौतमका अनुसार पोख्रेलले १ हजार १ सय २७ मत पाउंदा बिष्टले ८ सय ४३ मत प्राप्त गरेका छन् । २५ मत बदर भएको छ । २ मा ३ हजार २१ मतदाता रहेकोमा १ हजार ९ सय ९५ मत खसेको थियो । वडा अध्यक्ष खिमबहादुर बिष्टको निधन भएपछि उपनिर्वाचन भएको हो ।

कोहलपुरमा नेकपा विजयी

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा नेकपाका उम्मेदवार रामशरण थारु विजयी भएका छन् ।

नेपाली कांग्रेसका श्रीकृष्ण थारुलाई पराजित गर्दै रामशरण विजयी भएका हुन् । नेकपाका रामशरणले ८ सय मत प्राप्त गर्दा कांग्रेसका श्रीकृष्णले ७ सय ३७ मत प्राप्त गरेका छन् ।



source https://www.onlinekhabar.com/2019/12/815977

मोरङको धनपालथान गाउँपालिका-२ को अध्यक्षमा कांग्रेस विजयी

१५ मंसिर, काठमाडौं । मोरङको धनपालथान गाउँपालिका वडानम्बर २ को अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका नारायण प्रसाद साह १ हजार ७ सय १ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका पंकज मण्डलले १ हजार ४९७ मत पाए । यहाँका ४ हजार ७४ मतदातामध्ये ३ हजार २ सय ८४ मत खसेको थियो । ३८ मत बदर भएको थियो ।

राप्रपा संयुक्तका उम्मेदवार ज्योति पासवानले २४, जनमत पार्टीकी चनरादेवी मण्डलले ९, नेपाल लोकतान्त्रिक पार्टीका देवनारायण मण्डलले ८, मंगोल नेशनल अर्गनाइजेशनका मेघनाथ पासवानले ७ मत पाए ।



source https://www.onlinekhabar.com/2019/12/815965

खैरहनी नगरपालिकाका दुवै वडामा कांग्रेस विजयी

१५ मंसिर, चितवन । चितवनको खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ को अध्यक्षमा कांग्रेस विजयी भएको छ । वडा नम्बर ४ को अध्यक्षमा देवबहादुर बस्नेत र ५ मा प्रतिमा बस्नेत विजयी भएका हुन् ।

वडा नम्बर ४ मा निर्वाचित कांग्रेसका देवबहादुर बस्नेतले १ हजार १३८ र नेकपाका बेदबहादुर अधिकारीले ९८६ मत पाए । यहाँ २ हजार १ सय ७२ मत खसेको थियो ।

यसैगरी वडा नम्बर ५ को अध्यक्ष प्रतिमा ८६ मत अन्तरले विजयी भएकी हुन् । कांग्रेस उम्मेदवार प्रतिमाले ८४२ र नेकपाको पुननारायण प्रधानले ७५६ मत पाएका छन् । खैरहनी नगरपालिका वडा नम्बर ५ को उपनिर्वाचनमा १ हजार ६ सय ७० मत खसेको थियो ।

खैरहनी नगरपालिका वडा नम्बर ४ र ५ का दुवै निर्वाचनमा यसअघि कांग्रेस विजयी भएको थियो । अघिल्लो चुनावमा वडा नम्बर ४ मा कांग्रेसका नरेन्द्रनाथ अधिकारी ७ सय ५६ मतसहित र वडा नम्बर ५ मा कांग्रेसकै विश्वविजय बस्नेत ६२७ मतसहित विजयी भएका थिए ।



source https://www.onlinekhabar.com/2019/12/815960

सुनसरीमा एम्बुलेन्स र ट्रक ठोक्किँदा ७ जनाको मृत्यु

१५ मंसिर, विराटनगर । सुनसरीमा एम्बुलेन्स र ट्रक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ ।

विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको काे १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक गएराति कोसी गाउँपालिकाको हरिपुरमा ठोक्किएर दुर्घटना भएको हो ।

सुनसरीका प्रहरी प्रवक्ता डीएसपी विनोद शर्माले दुर्घटनाको पुष्टि गर्दै त्यसमा सवार सात जनाको ज्यान गएको अनलाइनखबरलाई बताए ।

दुर्घटनामा ज्यान गुमाउनेमा वर्ष ३४ को दुर्गाधन राई, २८ का टेकेन्द्र राई, ५० को तुलबहादुर राई, वर्ष ३१ को दिनेश राई र वर्ष ३५ मुकेश राई र शिवमाया राई छन् । त्यस्तै, एम्बुलेन्स चालक राजेश दनुवारको पनि मृत्यु भएको छ ।

मृतकमध्ये ६ जना आफन्त हुनसक्ने अनुमान प्रहरीले गरे पनि खुलेको छैन ।

 



source https://www.onlinekhabar.com/2019/12/815961

दाङ र अर्घाखाँचीका वडा नेकपाबाट कांग्रेसले खोस्यो

१५ मंसिर, काठमाडौं । अर्खाखाँची र दाङमा वडाअध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा कांग्रेस विजयी भएको छ । अघिल्लो चुनावमा नेकपाले जितेका यी स्थानमा यसपटक कांग्रेसले बाजी मारेको हो ।

घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा नेपाली कांग्रेसका तारा डिसी विजयी भएका छन् । उनले नेकपाका सुरेशबहादुर केसीलाई १ सय १ मतले पराजित गरे ।

कांग्रेसका ताराबहादुर डीसीले १ हजार २ सय १८ मत हासिल गर्दा नेकपाका सुरेशबहादुर केसीले १ हजार १ सय १७ मत पाएका छन् । नेकपाका बागी उम्मेदवार जगलाल चौधरीले ७ सय २० मत पाए ।

यहाँ अघिल्लो निर्वाचनमा तत्कालीन एमालेका लक्षिनप्रसाद बुढा विजयी भएका थिए । उनको निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेस विजयी भएको हो ।

शनिबार भएको उपनिर्वाचनमा ३ हजार २ सय २६ मत खसेकोमा ६८ मत बदर भएको थियो । अन्य उम्मेदवारहरु समाजवादीकी विमला पुनले ३१, राप्रपाका प्रकाश केसीले १९, नेशनल मंगोलका पहलमान आलेले ३० र स्वतन्त्र उम्मेदवार समीर वलीले २३ मत पाए ।

अर्घाखाँचीको मालारानी गाउँपालिका–३ मा कांग्रेसका शोभाखर खनाल विजयी भएका छन् । खनालले नेपाल कम्युनिष्ट पार्टी नेकपाका यमलाल खनाललाई १०६ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । शोभाखरले १ हजार १ सय ५९ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी यमलालले एक हजार ५३ मत पाए ।

राप्रपाका रणबहादुर खनालले ४ मत पाए भने ९ मत बदर भएको थियो ।

३ हजार ३० मतदाता रहेको उक्त वडामा दुई हजार दुई सय २५ मत खसेको थियो ।

नेकपाबाट निर्वाचित तत्कालीन वडा अध्यक्ष जीवन चौहानको मोटरसाइकल दुर्घटनामा परी निधन भएपछि भएको उपनिर्वाचनमा कांग्रेसले बाजी मारेको हो । गत निर्वाचनमा शोभाखर ३६ मतले पराजित भएका थिए ।

 



source https://www.onlinekhabar.com/2019/12/815956

वडाध्यक्षको नतिजा, कहाँ कसले जित्यो ? (अपडेट)

१५ मंसिर, काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनमा कुल ४३ वडाध्यक्षहरु चुनावी मैदानमा थिए । उनीहरुमध्ये अधिकांशको चुनावी नतिजा रातारात आइसकेको छ । सबैभन्दा पहिले १६ प्रतिशत मात्र मत थसेको रोल्पाको थबाङबाट वडाध्यक्षको चुनावी नतिजा आउन थालेको हो ।

विभिन्न नगरपालिका र गाउँपालिकाका ४३ वडाध्यक्ष पदमा शनिबार निर्वाचन सम्पन्न भयो । गत २०७४ सालको स्थानीय चुनावमा यी ४३ वडाहरुमध्ये २४ वडामा वामपन्थी (एमाले, माओवादी र राजमो) ले जितेका थिए । कांग्रेसले १२ सीटमा मात्र जितेको थियो । बाँकी ७ सीट अन्य दल र स्वतन्त्रले लगेका थिए ।

यसपालिकाे चुनावी परिणाम हेर्दा चितवन र दाङका केही वडाहरू नेकपाबाट कांग्रेसले खाेसेकाे छ । नेकपाले अर्घाखाँची, मालारानीको वडा गुमाएको छ । उता, भोजपुरकाे एउटा वडा कांग्रेसले गुमाएकाे छ । तराईमा नेकपाकाे सीट बाबुराम नेतृत्वकाे समाजवादीले र राजपाको सीट कांग्रेसले खोसाखोस गरेका छन्।

शनिबार साँझदेखि मध्य रातिसम्म हामीलाई प्राप्त  वडाध्यक्षहरुको चुनावी नतिजा  यस्तो छ –

०००००

सुनर्या गाउँपालिका वडा नं १ (बैतडी)

कांग्रेस, गजेन्द्रबहादुर चन्द – २१९ (विजयी)

नेकपा, धनबहादुर चन्द २१५

कुल मतदाता– ६१९

खसेको मत–४३८

(यसअघिको चुनाव पनि कांग्रेसले नै जितेको थियो)

०००००

हरिपूर्वा नगरपालिका वडा नं १ (सर्लाही)

समाजवादी पार्टी, श्यामबाबु राय ३४७ (विजयी)

राजपा, रामविश्वास राय ३२८

जनमत पार्टी– ५२

कांग्रेस– २३

कुल मतदाता– १३५६

खसेको मत–१०९३

(यसअघिको चुनाव नेकपाले जितेको थियो)

०००००

घोराही नगरपालिका वडा नं १६ ( दाङ )

कांग्रेस, ७६५ (विजयी)

नेकपा, ३७८

(यसअघिको चुनाव नेकपाले जितेको थियो)

०००००

मालारानी गाउँपालिका वडा नं ३ ( अर्घाखाँची )

कांग्रेस, शोभाकर खनाल १०५९ (विजयी)

नेकपा, यामलाल खनाल १०५३

कुल मतदाता– ३०३०

खसेको मत–२२२५

(यसअघिको चुनाव नेकपाले जितेको थियो)

०००००

खैरहनी नगरपालिका वडा नं ४ ( चितवन )

कांग्रेस, देवबहादुर बस्नेत ११३८ (विजयी)

नेकपा, वेदबहादुर अधिकारी, ९८६

कुल मतदाता–

खसेको मत–२१७२

(यसअघिको चुनाव पनि कांग्रेसले नै जितेको थियो)

०००००

खैरहनी नगरपालिका वडा नं ५ ( चितवन )

कांग्रेस, प्रतिमा बस्नेत कार्की ८४२ (विजयी)

नेकपा, पुननारायण प्र्रधान ७५६

खसेको मत–१६७०

(यसअघिको चुनाव नेकपाले जितेको थियो)

०००००

धुलिखेल नगरपालिका वडा नं २ (काभ्रे)

नेकपा, देव कोइराला ८६७ (विजयी)

कांग्रेस, दणबहाुदर खत्री ५८२

राजपा, बासु थापा – ३२

राप्रपा संयुक्त, कृष्ण तामाङ – ६

खसेको मत– १५०२

(यसअघिको पनि चुनाव नेकपाले नै जितेको थियो)

०००००

रुरु गाउँपालिका वडा नं ६ (गुल्मीे)

नेकपा, गिरीप्रसाद सिँजाली ८०२ (विजयी)

कांग्रेस, वेदप्रसाद दर्लामी, ७२७

कुल मतदाता– २०४८

खसेको मत– १५४४

(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)

०००००

खाँदबारी नगरपालिका वडा नं ३ ( संखुवासभा )

नेकपा, भरतकुमार घिमिरे ७९६ (विजयी)

कांग्रेस, विक्रम गुरुङ ४६७

कुल मतदाता– १८२२

खसेको मत–१२७०

(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)

००००

दक्षिणकाली नगरपालिका वडा नं ३ ( काठमाडौं )

नेकपा, शिवभक्त वलामी ६१८ (विजयी)

कांग्रेस, जयशंकर केसी २७८

(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)

०००००

सखुवा प्रसौनी गाउँपालिका वडा नं ५ ( पर्सा )

समाजवादी, रुपलाल यादव १०३१ (विजयी)

कांग्रेस, अशेश्वर यादव ८१९

नेकपा, उदयशंकर रौनियार २३२

कुल मतदाता–

खसेको मत–२१७२

(यसअघिको चुनाव पनि समाजवादीले नै जितेको थियो)

०००००

गढीमाई नगरपालिका वडा नं २ ( रौतहट )

कांग्रेस, दीपेन श्रेष्ठ ७७१ (विजयी)

नेकपा ५९६

समाजवादी १२२

(यसअघिको चुनाव राजपाले जितेको थियो)

०००००

थबाङ गाउँपालिका वडा नं १ (रोल्पा)

नेकपाका जनकबहादुर बूढामगर १७४ (विजयी)

कांग्रेसका कमलबहादुर रोका मगर– २६

कुल मतदाता– १२८४

खसेको मत–२०९

(यसअघिको चुनाव स्वतन्त्र उर्फ विप्लव समूहले जितेको थियो)

०००००

कुमाखमालिका गाउँपालिका वडा नं ५ (सल्यान)

नेकपा, धर्मे बूढाथोकी ७९२ (विजयी)

कांग्रेस, २५१

राप्रपा २१

(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)

०००००

सुन्दर बजार नगरपालिका वडा नं २ ( लमजुङ )

नेकपा, नवीन कुमार श्रेष्ठ ९९३ (विजयी)

कांग्रेस प्रकाश सेढाएँ ४८२

(यसअघिको चुनाव पनि नेकपाले नै जितेको थियो)



source https://www.onlinekhabar.com/2019/12/815955

पुँजीगत खर्चमा सबै मन्त्रालय असफल, २० हजार राेपनी सरकारी जग्गामा अनधिकृत रजाइँ

१५ मंसिर, काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचन र आइतारबाट नेपालमा सुरु हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिताले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । यसबाहेक प्रधानमन्त्रीको स्वास्थ्य, मन्नत्रालयको पुँजीगत खर्च, ठूला सहरको प्रदूषणलगायत विषयलाई पनि आजका अखबारहरूले उठाएका छन् ।

कारोबारले मन्त्रालयहरूको पुँजीगत खर्चबारे मुख्य समाचार बनाएको छ । समाचार अनुसार पुँजीगत खर्चमा सबै मन्त्रालय असफल भएका छन् ।

कारोबार लेख्छ– सरकारी तथ्यांक अनुसार, चालू आर्थिक वर्षको पहिलो चार महिनामा सबै मन्त्रालयले लक्ष्यभन्दा कम खर्च गरेका छन् । मूलतः विकास निर्माणसँग सम्बन्धित मन्त्रालयको खर्च निराशाजनक हुँदा सरकारको प्रतिबद्धता कागजमै सीमित भएको छ भने जनअपेक्षा पनि पूरा हुन सकेको छैन ।’

समाचार अनुसार पहिलो चौमासिक प्रगति सन्तोषजनक नरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसमेत असन्तुष्ट देखिएका छन् ।

कारोबारका अनुसार, गत आर्थिक वर्षमा सरकारले चार महिनाको अवधिमा १० प्रतिशत खर्च गरेको भन्दै चालू आर्थिक वर्षमा न्यूनतम २० प्रतिशत खखर्च गर्ने लक्ष्य राखेको थियो । तर पहिलो चौमासिकमा जम्मा ६ प्रतिशतमात्रै देखिएपछि सरकारको खर्च क्षमता थप कमजोर भएको छ ।

२० हजार रोपनी सरकारी जग्गामा अनधिकृत रजाइँ

साग खेलकुद र उपनिर्वाचनबारे प्राथमिकतापूर्वक समाचार छापेको नागरिकले २० रोपनी सरकारी जग्गामा अनधिकृत रजाइँ भएको लेखेको छ ।

सरकारले भोगाधिकारका लागि दिएको २० हजार रोपनीभन्दा बढी जग्गा पहुँचवालाको कब्जामा पुगेको नागरिक समाचारमा उल्लेख छ । विभिन्न निकाय, संघसंस्थाले भोगाधिकार लिएको सरकारी जग्गालाई कार्यनीतिअनुसार जिलमा परिणत गरेका छैनन् ।

‘सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीति, २०७१ विपरीत २० हजार रोपनीभन्दा बढी जग्गा सत्ता र शक्तिको आडमा व्यक्ति, संस्था र विभिन्न निकायले कब्जा गरेका छन्’, नागरिकले लेखेको छ ।

कान्तिपुरले उपनिर्वाचनमा ६५.४३ प्रतिशत मतदान भएको र ९ वडामा नेकपा बिजयी भएको लेखेको छ । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका रिक्त ५२ पदका लागि शनिबार उपनिर्वाचन भएको थियो ।

सरकारी अस्पतालमा डायलासिस गर्न कठिन रहेको अर्को खबर पनि कान्तिपुरको पहिलो पृष्ठमा छ । समाचार अनुसार, सीमित शय्याका कारण बिरामीले लामो समयदेखि यस्तो समस्या झेल्दै आइरहेका छन् ।

आइतबार प्रकाशित हुने नेपाल साप्ताहिकले राजधानीलगायत ठूला सहरहरूको प्रदूषणले जनताको स्वास्थ्य जोखिममा परेको भन्दै चिन्ता व्यक्त गरेको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज



source https://www.onlinekhabar.com/2019/12/815953

लिभरपुलको विजय यात्रा कायम, सिटी रोकियो, चेल्सी पराजित

१५ मंसिर, काठमाडौं । पि्रमियर लिग अन्तर्गत शनिवार भएको खेलमा शीर्ष स्थानको लिभरपुलले जित हात पारेको छ । लिभरपुलले ब्राइटनलाई २-१ ले पराजित गर्दै अपराजित यात्रा कायम राखेको हो । लिभरपुलका लागि डिफेण्डर भान डाइकले दुई गोल गरे ।

तर गोलकिपर एलिसनले दोस्रो हाफमा रातो कार्ड पाएपछि दश खेलाडीमा झरेको थियो लिभरपुल । त्यसपछि ब्राइटनका लागि लेविस डंकले एक गोल फर्काए ।

जितपछि १४ खेलसम्म अपराजित रहेको लिभरपुलले ४० अंक जोडेको छ र दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि ११ अंकको अग्रता बनाएको छ ।

शनिवारै भएको खेलमा सिटी भने न्यूकासल युनाइटेडसँग २-२ को बराबरीमा रोकिएको हो । सिटीका लागि रहिम स्टर्लिङ र केभिन डे ब्रुएनाले गोल गरे भने न्यूकासलका लागि जेट्रो विलेम्स र जोन्जो सेल्भेले गोल गरे।

बराबरीपछि १४ खेलबाट २९ अंक जोडेको सिटी दोस्रो स्थानमा उक्लेको छ । एक खेल कम खेलेको लेस्टर सिटी मान अंक भएपनि तेस्रोमा छ ।

यस्तै लण्डन क्लब चेल्सी भने वेष्टहृयामसँग १-० ले पराजित भएको छ । वेष्टहमका लागि आरोन क्रेसबेलले गोल गरे । हारपछि १४ खेलबाट २६ अंक रहेको चेल्सी चौथो स्थानमा झरेको छ



source https://www.onlinekhabar.com/2019/12/815941

उपचुनाव अपडेट : १ बजेसम्म ५३ प्रतिशत मत खस्यो

१४ मंसिर, काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि भएको उपचुनावमा मतदान जारी छ । दिउँसो १ बजेसम्म ५३ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उपचुनाव भएको प्रतिनिधिसभाको एक मात्र क्षेत्र कास्की- २ मा ४५ प्रतिशत मत खसेको छ । एउटा मात्रै उपमहानगरपालिका धरानमा २ बजेसम्म ४५ प्रतिशत मत मात्रै  खसेको छ ।

केही ठाउँ बाहेक दिउँसोसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

आज मात्रै कास्कीका बिभिन्न ४ वटा मतदान स्थलमा फरक-फरक समयमा बम विस्फोट भएको थियो भने डोटीमा पनि बम भेटिएको थियो । यस बाहेक झडप र अन्य कुनै घटना नभएको निर्वाचन आयोगले जनाएको छ ।

आज शनिबार प्रतिनिधि सभाको कास्की क्षेत्र नं. २, प्रदेशसभातर्फ बागलुङ २ (ख), भक्तपुर १ (क) र दाङमा ३ (ख)मा मतदान भइरहेके छ ।

यस्तै, धरान उपमहानगरपालिका, मकालु, पिपरा, फाल्गुनन्द गाउँपालिकामा प्रमुख, खार्पुनाथ गाउँपालिकामा उपप्रमुख र ४३ वडाध्यक्षका लागि मतदान जारी छ ।



source https://www.onlinekhabar.com/2019/11/815760

पिपराका मतदाता भन्छन् – न केही आश छ, न कसैमाथि विश्वास

१४ मंसिर, महोत्तरी । ‘न केही आश छ, न कसैमाथि विश्वास’ पिपरा गाउँपालिका ३ स्थित सोहडबा मावि केन्द्रमा मतदानमा भेटिएकी सुकनीदेवी मुखिया भन्छिन्, ‘मत खसाउने हाम्रो अधिकार हो, त्यही अधिकार प्रयोग गर्न मात्रै आएकी हुँ ।’

जसलाई मत दिएपनि आफ्नै तालले काम गर्ने गरेको र चुनावपछि घुम्न समेत नआउने गरेको उनको गुनासो छ ।

उनीसँगै मतदानका लागि लाइनमा लागेकी रामकलीदेवी त मत खसाल्ने मनै नभएपनि आएको बताइन् । छिमेकीहरुले जे भएपनि मत खसाल्नुपर्छ भनेपछि मात्रै आएको भन्दै उनलले भनिन्, ‘विगतमा पनि जितेकाहरुले हाम्रो लागि केही गर्न सकेको छैनन् । अहिले जित्नेहरु पनि त्यस्तै गर्लान । कसैमाथि भरोसा छैन ।’

पिपरा गाउँपालिका ६ रतौलीस्थित वडा कार्यालयको मतदान केन्द्रमा मत खसाल्न आएका ६३ वर्षीय चिनी मण्डल यसै वर्षको बाढीमा दुई वटा घर भत्किएपनि कसैले सहयोग नगरेको बताए । ‘घर भत्केको जानकारी लिएर जाने धेरै थिए, तर सहयोग कसैबाट पाउन सकिनँ’ उनले भने, ‘अहिले पनि बस्ने ठाउँ छैन ।’

एक पटक होइन, धेरै पटक धेरै जनालाई जिताएपनि सबै उस्तै निस्किएको निराशाजनक कुरा सुनाए उनले ।

उनीसँगै मतदानका लागि लाइनमा उभिएका ७० बर्षीय दुःखी मण्डल बाढीको समयमा बोराकाबोरा चामल सडेको थाहा पाएपनि बाढीपीडित बितरण नगरिएको बताए । ‘निर्वाचनको समयमा त उम्मेदवारहरु ढोग्न नै आउँछन्’ उनी स्मरण गर्छन्’ ‘जितेपछि के समस्या छ भनेर फर्केर आएको देखेको छुइनँ ।’

सुकनीदेवी, रामकलीदेवी, चिनी या दुःखी मात्र होइन, पिपरा गाउँपलिकाको अध्यक्ष पदका लागि भइरहेको उपचुनावमा मतदान गर्न आएका धेरैले यस्तै कुरा सुनाए । आफ्नालाई जिताउनुभन्दा अधिकारको प्रयोग गर्न आएको उनीहरुले बताए ।

लाठी टेकेरै पिपरा ६ स्थित आदर्श मावि केन्द्रमा मतदान गर्न आएका ८५ बर्षीय राजेन्द्र यादवले जसले जितेपनि केही गर्छन् भन्ने अपेक्षा आफूले नराखेको बताए । ‘मैले त मतदान गर्ने हो । अरु कुरा म कसरी भन्न सक्छु’ उनले भने, ‘जित्ने व्यक्तिलाई अलिकति पनि लाज हुन्छ भने गाउँको विकास गर्लान् ।’

पिपरा गाउँपालिकाका अध्यक्ष बिनोद चौधरीको बैशाख निधन भएको थियो, त्यही कारण उपचुनाव हुँदैछ । निर्वाचनका लागि २४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

अधिकांश केन्द्रमा मतदान गर्न आएकाहरुले राजनीतिक दल र नेताहरुको इमान्दारितामा प्रश्न उठाउने गरेका छन् । अहिलेसम्म चुनाव जितेर गएकाहरुले इमान्दारीपूर्वक काम नगरेको बताउँदै उनीहरुले निर्वाचनको समयमा जनताको अपेक्षा बुझेकाहरुले त्यो अपेक्षा बिर्सन नहुने बताएका छन् ।

पिपरा गाउँपालिकामा १८ हजार ५ सय ८८ जना मतदाता छन् ।



source https://www.onlinekhabar.com/2019/11/815762

आँबुखैरेनीमा ८५ परिवारलाई लालपूर्जा वितरण   

१४ मंसिर, दमौली ।   वर्षौदेखि भोगचलन गर्दै आएका आँबुखैरेनी गाउँपालिकाका वडा १, २ र ३ का ८५ व्यक्तिलाई नापी कार्यालय तनहुँले गाउँ ब्लक पूर्जा वितरण गरेको छ ।

विसं २०२९ देखि २०३२ सम्म तनहुँमा पहिलो पटक नापनक्सा गर्दा छुट भएका स्थानमा ब्लक नम्बर लेखिएको थियो । नापी कार्यालयले अहिले त्यही ब्लक नम्बरका आधारमा नापेर भोगचलनअनुसारको पूर्जा वितरण थालेको प्रमुख कृष्ण आचार्यले जानकारी दिए ।

तत्कालीन समयमा बाक्लो बस्ती बसेको ठाउँ र बस्ती नबसेको ठाउँमा गाउँ ब्लक भनेर एउटै कित्तामा जग्गा नापी गरिएको थियो । एकै ठाउँमा धेरै घर भएका ठाउँमा नापनक्सा हुन छुट भएको थियो । सर्वसाधारणको सहजतालाई ध्यानमा राखी गाउँमै पुगेर नापी कार्यालयले पूर्जा वितरण गरेको आचार्यले जानकारी दिए ।

गाउँ ब्लक पुर्जा पाउनेमध्ये सबैभन्दा बढी वडा नं १ का ४० रहेका छन् । ग्रामीण भेगका जनतालाई सदरमुकामसम्म आउन नपरोस् भनेर गाउँमै पुगेर पूर्जा वितरण प्रमुख आचार्यले बताए । नापी कार्यालयले केही महिना अगाडि वडा नं ४ भाँगेका २३, लोप्राङका २२ र वडा नं ६ हिलेखर्कका ३३ व्यक्तिलाई ब्लक पूर्जा वितरण गरेको थियो ।

पूर्जा पाएपछि स्थानीयवासी खुशी भएका छन् । पूर्जा नहुँदा उनीहरु व्यक्तिगत काम, बैङ्कबाट ऋण लिने, धितो राख्ने, बेचबिखन गर्न, अंशवण्डा गर्नबाट वञ्चित थिए । तनहुँमा विसं २०७१ सालदेखि गाउँ ब्लक नाप्न सुरु गरिएको थियो । नापी कार्यालयका अनुसार जिल्लामा साविकका २२ गाविसमा गाउँ ब्लक छ । गाउँ ब्लकअन्तर्गत रहेका सर्वसाधारणले कार्यालयमा आएर ब्लक पूर्जा बनाउन सक्ने बताइएको छ ।



source https://www.onlinekhabar.com/2019/11/815757

सागका खेलाडीलाई टेलिकमको ४५ सय निःशुल्क फोरजी सिमकार्ड

१४ मंसिर, काठमाडौं । नेपाल टेलिकम १३औं दक्षिण एशियाली खेलकूद (साग) को पार्टनर स्पोन्सर बनेको छ । कम्पनीलेे १३औं दक्षिण एशियाली खेलकूद प्रतिस्पर्धामा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुलाई निःशुल्क फोरजी सिमकार्ड समेत उपलब्ध गराएको छ ।

काठमाडौ, जनकपुर र पोखरामा खेलिने यस खेल महोत्सवमा सहभागी सम्पूर्ण खेलाडी, पाहुना, आयोजक, कर्मचारी तथा सहयोगीहरुका लागि कम्पनीले ४ हजार ५ सय निःशुल्क फोरजी सिमकार्ड उपलब्ध गराएको छ । सागको पार्टनर स्पोन्सर रहेको नेपाल टेलिकमका सेवाहरु सो खेलमा भाग लिन आउने विदेशी खेलाडी तथा पाहुनाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै काउण्टर राखी साग आयोजक कमिटीले प्रदान गरिरहेको छ ।

एकताको भावनामा बढोत्तरी गर्नसक्ने ठानिएको यो खेल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्नका लागि नेपाल टेलिकमले खेल अवधिभर खेलस्थलहरुमा अतिरिक्त मोबाइल टावरको व्यवस्था गरेको छ । मोबाइल भ्यान तथा खेल स्थल वरपर थप गरिएका अन्य मोबाइल टावरहरुबाट सञ्चालित नेटवर्कले त्यस क्षेत्रमा कम्पनीका सेवाहरु सहजै र तीब्र गतिमा उपलब्ध हुनेछन ।

कम्पनीले खेलाडी, प्रशिक्षक, अफिसियल, जज, रेप|mी लगायत सम्पूर्ण खेलकर्मीहरुको आकस्मिक स्वास्थ्य सेवाका लागि स्वास्थ्य हटलाइन सेवा एक महिनाका लागि निःशुल्क उपलब्ध गराएको छ । यसका लागि ११६६ सर्ट कोड मार्फत कल गरेर यो सेवा लिन सकिने छ । कम्पनीले खेलस्थलहरुमा ग्राहक सेवाका साथै फोरजी लगायत अन्य सेवाको प्रचारप्रसार तथा व्यवसाय प्रबर्द्धन कार्यका लागि स्टल समेत राख्ने भएको छ ।



source https://www.onlinekhabar.com/2019/11/815758

साढे एक बजेसम्म कास्की-२ मा ४५ प्रतिशत मत खस्यो

१४ मंसिर, पोखरा । कास्की क्षेत्र नं. २ को प्रतिनिधिसभाको उपचुनावमा दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।

प्रमख जिल्ला अधिकारी रमेश केसीले दिउँसो साढे १ बजेसम्म ४५ प्रतिशत मतदान भएको जानकारी दिए ।

कास्की-२ उपचुनाव हुन लागेको प्रतिनिधिसभाको एउटा मात्रै क्षेत्र हो । यस क्षेत्रका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि उपचुनाव हुन लागेको हो ।

उपचुनावमा ७१ हजार ८७१ जना मतदाता रहेका छन् ।



source https://www.onlinekhabar.com/2019/11/815755

सरसफाईका लागि वीरगञ्ज-रक्सौल नाका पुगे नगर प्रमुख सरावगी

१४ मंसिर, वीरगञ्ज । वीरगञ्ज स्थित शंकराचार्य गेट आसपासको क्षेत्रमा शनिबार सरसफाई गरिएको छ । ‘भोलुन्टर ग्रुप’ को आव्हानमा तेस्रो साता समेत सरसफाई गरिएको हो । सरसफाई अभियन्ताले सरसफाईपछि शंकराचार्य गेटदेखि दक्षितर्फ उभिएर राष्ट्रिय गान समेत गाएका थिए ।

देशको मुख्य नाका वीरगञ्ज–रक्सौल नाका सफाईको तेस्रो साता नगर प्रमुख विजय कुमार सरावगी स्वयं नाका पुगेका छन् । प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत सहित नाका पुगेर उनले सरसफाई अभियानमा एक्येबद्धता जनाएका हुन् ।

नगर प्रमुख सरावगीले त्यहाँ रहेको सार्वजनिक शौचालय मर्मत गर्ने र शुद्ध पिउने पानीको प्रबन्ध मिलाउने आश्वासन दिएको भोलुन्टर ग्रुपका संयोजक राजन श्रीवास्तवले जानकारी दिए ।

‘नियमित जस्तै झाडु लगाएर बढार्‍यौं महानगरपालिकाको दमकलले पानी हाल्यो । शंकराचार्य गेट परिसरमा रहेको पुरानो राष्ट्रिय झण्डा फेरेर नयाँ लगायौं र राष्ट्रिय गान बजाएर सम्मान प्रकट गर्‍यौं ।’ श्रीवास्तवले भने ‘नगर पिता स्वयं नाका पुगेर भोलुन्टर साथीहरुलाई हौंसला बढाउनुभएको छ, नाका क्षेत्रको अवस्था पहिले भन्दा निकै फेरिएको छ । ’

सरसफाईका लागि भोलुन्टरलाई साथ दिन विपिसी कलेजका विद्यार्थी लगायत अन्य नाका पुगेका थिए ।

नगर प्रमुख सरावगीले नाका हुँदै आउने यात्रुको स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने बताए । ‘पहिला ईमिग्रेसन अफिस बसेको घर खाली छ । त्यहाँ नाका हुँदै आउने यात्रुको स्वास्थ्य परीक्षण गर्ने गरि आवश्यक व्यवस्था मिलाउँछौं ।’ नगर प्रमुख सरावगीले भने ‘ मितेरी पुलदेखि रजतजयन्ती चोकसम्मको खाल्डाखुल्डी पुर्न पनि भनेको छु ।’



source https://www.onlinekhabar.com/2019/11/815749

पाकिस्तानविरुद्ध वार्नरको तेहेरो शतक

काठमाडौं । डेविड वार्नरले पाकिस्तानविरुद्ध दोस्रो टेष्टमा तेहेरो शतक बनाएका छन् । यससँगै अष्ट्रेलियाले ५८९/३ को स्थितिमा इनिङ समाप्तिको घोषणा गरेको छ ।

दोस्रो दिनको खेल थाल्दा वार्नर १६६ र मार्नस लाबुसेन १२६ रनमा क्रिजमा थिए । ड्रिंक अगाडि २०० रन कटाएका वार्नरले खाना लगतै तेहेरो शतक पुरा गरेका थिए ।

उनको यो करियरकै पहिलो तेहेरो शतक हो । अष्ट्रेलियाले इनिङ समाप्तिको घोषणा गर्दा उनी ३३५ रनमा अविजित रहे । ४ सय १८ बलको सामना गरेका उनले ३९ चौका र १ छक्का प्रहार गरे । म्याथ्यु वेडले ३८ रनमा नटआउट रहे ।

वार्नर अष्ट्रेलियाका लागि टेष्ट क्रिकेटको एकै इनिङमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो नम्बरमा परेका छन् । सर्वाधिक रनको रेकर्ड म्याथ्यु हेडनको नाममा छ । उनले जिम्बाब्वेविरुद्ध ३ सय ८० रन बनाएका थिए ।

यस्तै मार्नसले १६२ रन बनाए भने स्टिभ स्मिथ ३६ रनमा आउट भएका थिए ।



source https://www.onlinekhabar.com/2019/11/815751

पोखराको मतदान स्थल नजिकै फेरि बम विस्फोट

१४ मंसिर, काठमाडौं । कास्की क्षेत्र नं. २ को अर्काे मदतानस्थलमा पनि बम विस्फोट भएको छ ।

पोखरा महानगरपालिका-१६ को दीप चण्डिका मतदानस्थल दिउँसो नजिकै बम विस्फोट भएको हो । विस्फोट भए पनि कुनै मानवीय क्षति नभएको बताइएको छ ।

यसअघि पोखराका ३ मतदान स्थलमा बम विस्फोट भएको थियो । तर, क्षति भने नभएको सुरक्षा अधिकारीहरुले बताएका छन् ।

पोखरा-३३ भरतपोखरीस्थित शान्ति उदय मावि, नयाँबजारको नवप्रभात र पोखरा-१६ कै शान्ति माविको मतदान स्थल नजिक बम विस्फोट भएको हो ।

उपचुनावको तयारी सुरू भएयता पोखरामा अज्ञान समूहले निरन्तर बम विस्फोट गराइरहेको छ । यसअघि उम्मेदवारी दर्ताको दिन निर्वाचन कार्यालय नजिक, नेकपाको चुनावी सभा नजिकै र एक वडाध्यक्षको घरमा पनि विस्फोट भएको थियो ।



source https://www.onlinekhabar.com/2019/11/815736

सखुवा प्रसौनी ५ मा उपनिर्वाचन : शान्तिपूर्ण मतदान जारी, ६३ प्रतिशत मत खस्यो

१४ मंसिर, वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ महुवनमा वडाध्यक्षको लागि भइरहेको मतदान शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको निर्यावचन आयोगले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलका अनुसार दिउँसो १ बजेसम्ममा ६३ प्रतिशत भन्दा बढी मत खसिसकेको छ । वडाध्यक्षको पदका लागि भइरहेको उपचुनावमा २ हजार ६ सय २ जना मतदाताले मतदान गर्नेछन् । बिहान सात बजेदेखि सुरु भएको मतदानमा १ हजार ६ सय ५१ जनाले मतदात गरिसकेको उनले बताए । कडा सुरक्षा व्यवस्थाकाबीच नेपाल राष्ट्रिय मा.वि. महुवन स्थित मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाले बताईन् ।

मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षा दिइरहेका छन् । मतदान केन्द्र भन्दा ५ सय मिटर टाढा मतदातालाई राखिएको छ । उम्मेदवारको समर्थनमा विभिन्न दलका नेता, कार्यकर्ता र स्थानीय सर्वसाधरणको मतदान केन्द्रमा भिड लागेको छ ।

वडा अध्यक्षमा उम्मेदवारी दिएका नेपाली कांग्रेस, नेकपा र समाजवादी पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुने अनुमान छ । कांग्रेसबाट अशेश्वर यादव, नेकपाबाट उदयशंकर रौनीयार र समाजवादी पार्टीका तर्फबाट तत्कालीन वडा अध्यक्ष बृजमोहन यादवको जेठो छोरा रुपलाल यादव चुनावी मैदानमा छन् ।

तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित वडाध्यक्ष बृजमोहन यादवको हृदयघातका कारण मृत्यु भएको थियो । कुल खसेको १८ सय ७६ मत मध्ये उनले ६९४ मत ल्याएका थिए ।

गाउँपालिका अध्यक्षमा समाजवादी पार्टीले जितेको छ । तर गाउँपालिकाको निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका निरराज गिरी कांग्रेसमा प्रवेश गरेका छन । त्यसले वडा अध्यक्षको चुनावमा समेत प्रभाव पार्ने कतिपयको बुझाई छ ।

अशेश्वर यादव राजनीतिक व्यक्तित्व नै हुन् । त्यसमा निर गिरीको समर्थनले गर्दा चुनावी दौडमा यादव अगाडि हुने आकंलन छ । तर स्थिर भएर राजनीति नगर्ने उनको कमजोर पक्ष हो । असेश्वर र रुपलाल दुवै यादव समुदायको र बलुवा टोलकै भएका कारण भोट बाँडिने  पक्का छ । द्विपक्षीय संघर्षको बीचबाट महुवनका रौनीयार निर्वाचित हुन सक्ने तर्क राख्नेहरु पनि कम छैनन । तत्कालिन एमाले र एकीकृत माओवादीको एकताले पनि उनलाई बल पु¥याएको छ ।

सखुवा प्रसौनी– ५ मा महुवन, बलुवा र सोलखपुर गाउँ पर्दछ । राप्रपाले महुवनकै सदरी महरालाई उठाएको छ भने एक जना स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा छन् । स्वतन्त्र उम्मेदवारी दिएका महुवनकै गोपाल साह कानुलाई नेपाल समाजवादी पार्टीका नेता राजकुमार यादवको साथ छ ।



source https://www.onlinekhabar.com/2019/11/815734

ललितपुर महानगरले बनाउन थाल्यो साइकल लेन

१४ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाले साइकल लेन निर्माणको ‘पाइलट प्रोजेक्ट’ सुरु गरेको छ ।

शनिबार कुपण्डोलमा आयाजित कार्यक्रममा मेयर चिरिबाबु महर्जनले त्यसको शुभारम्भ गरेका छन् । उनकाअनुसार अहिले कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म साइकल लेन बनाइनेछ । त्यसपछि पुल्चोकबाट सिधै मंगलबाजारसम्म पनि साइकल लेन बनाउने योजना छ ।

हाल भएको सडकको १.५ मिटर चौडाइलाई साइकल लेनका रुपमा मार्किङ गरिनेछ ।

केही दशक पहिलेसम्म ललितपुर साइकल मैत्री शहर रहेको स्मरण गर्दै मेयर महर्जनले भने, भोटो जात्राको बेला पुल्चोकमा साइकल स्ट्याण्ड राखेका थियौं र एउटा साइकल राखेको १० पैसा लिँदा पनि ३५ रुपैयाँ उठेको थियो ।’

अहिले फेरि ललितपुरलाई साइकलमैत्री शहर बनाउने अभियान सुरु भएको उनले बताए । ‘काठमाडौंले बुढानीलकण्ठसम्म र बुढानीलकण्ठले शिवपुरीसम्म पुर्‍याओस्’ ललितपुर महानगरका मेयर महर्जनले भने, ‘गोदावरी नगरपालिकासँग कुरा गरिरहेका छौं । उहाँहरुले बोटानिकल गार्डेनसम्म पुर्‍याइ दियो शिवपुरीदेखि गोदावरी पार्कम्म मज्जाको साइकल लेन बन्छ ।’



source https://www.onlinekhabar.com/2019/11/815740

सागका लागि बंगलादेशको क्रिकेट टिम घोषणा

१४ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का लागि बंगलादेशले क्रिकेट टिम घोषणा गरेको छ ।

नाजिमुल हसन सान्तोको कप्तानीमा रहेको टोलीमा शौम्य सरकार, मेहदी हसन लगायतका क्रिकेटर छन् ।



source https://www.onlinekhabar.com/2019/11/815732

Friday 29 November 2019

उपचुनाव अपडेट : साढे ११ बजेसम्म २५ प्रतिशत मत खस्यो

१४ मंसिर, काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि जारी मतदान एकाध स्थानबाहेकमा शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार, शनिबार बिहान साढे ११ बजेसम्म करिब २५ प्रतिशतभन्दा बढी मत खसेको छ । पोखरा र डोटीमा बम विस्फोटका घटना भए पनि मतदान प्रभावित नभएको उनले बताए ।

‘अहिलेसम्म २५ प्रतिशतभन्दा बढी मतदान भइसकेको विवरण प्राप्त भएको छ’, प्रवक्ता श्रेष्ठले अनलाइखबरसँग भने,  ‘केही स्थानमा बम भेटिए पनि त्यसले मतदान प्रभावित भएको छैन ।’

प्रतिनिधिसभा, प्रदेश र स्थानी तहका रिक्त ५२ पदका लागि शनिबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ ।

अन्यत्र शान्तिपूर्ण ढंगले मतदान भइरहे पनि कास्की र डोटीमा बम फेला भेटिएकाे छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको हो । मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीयले बताएका छन् । खुला स्थानमा बम खसेकाले अप्रिय घटना हुनबाट भने जोगिएको छ ।

कास्की–२ मा हस्ताक्षर नगरिएको मतपत्रले गलफती परेको छ । पोखरा महानगरपालिका–३३, बरपाण्डे थुम मतदानस्थलमा मतदान अधिकृतले हस्ताक्षर नगरिएको एउटा मतपत्र भेटिएपछि विवाद भएको हो । विवादका कारण केहीबेर मतदान स्थगित भए पनि सर्वदलीय बैठकपछि सञ्चालनमा ल्याइएको निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए ।

त्यस्तै, डोटीको आदर्श गाउँपालिका–२ को कुचेडा र सोही वडाको कानगडा भन्ने स्थानमा बम भेटिएको छ । आदर्श गाउँपालिका २ को निर्वाचनलाई लक्ष्य गरेर राखिएको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । बम डिस्पोजपछि अहिले यहाँ शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी राजन पौडेलका अनुसार शनिबार बिहानदेखि नै भयरहित वातावरणमा मतदान सुरु भएको छ । ‘धरानमा कुनै सुरक्षा चुनौती छैन्’ उनले भने, ‘जिल्ला सुरक्षा समिति धरानमै छ ।’

सहायक निर्वाचन अधिकृत अजय मिश्रका अनुसार, ११ बजेसम्म धरानमा २० प्रतिशत मतदाताले मतदान गरिसकेका छन् ।

मोरङकोको धनपालथान गाँउपालिका–२ मा पनि शान्तिपूर्ण ढंगले मतदान भइरहेको मोरङस्थित अनलाइनखबरकर्मी ध्रुव भट्टराईले जनाएका छन् । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष बलराम भगतको सर्पको टोकाइबाट निधन भएपछि रिक्त पदपूर्तिका लागि आज त्यहाँ चुनाव भएको हो । गाँउपालिकामा रिक्त वडाध्यक्षका लागि ६  उम्मेदवार चुनावी मैदानमा छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका–१० का सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जिल्ला निर्वाचन कार्यालय, कपिलवस्तुका प्रमुख अयोध्यप्रसाद भण्डारीले बताएका छन् ।

०७४ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा वडाध्यक्ष पदमा विजयी शकुन्तला भारतीको आकस्मिक निधन भएपछि यहाँ चुनाव भएको हो । रिक्त वडाध्यक्ष पदका लागि सिके राउत समूहका उम्मेदवारसहित १२ चुनावी मैदानमा छन् ।



source https://www.onlinekhabar.com/2019/11/815728

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More