Thursday 28 November 2019

हुम्लामा हिमपात, चिसो बढ्यो

१३ मंसिर, हुम्ला । हुम्लामा बिहीबार साँझदेखि हिमपात शुरु भएको छ । हिमपातसँगै चिसो बढेको छ । जिल्लामा गत वर्ष कात्तिकमै हिमपात भएको थियो ।

चिसोका कारण सदरमुकाम सिमकोटमा बिहानैदेखि चहलपहल घटेको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको उच्च हिमाली भेगमा अत्यधिक हिमपात भएको स्थानीयवासीले बताएका छन् ।

हिमपातपछि बालीनाली सप्रिने भन्दै यहाँका किसान खुशी भएका छन् । सिमकोटमा चिसो बढेसँगै सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा लिन समस्या भएको सेवाग्राही माया लामाले बताइन् ।



source https://www.onlinekhabar.com/2019/11/815304

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More