Tuesday 26 November 2019

कास्कीमा नेकपाको सभास्थल नजिकै बम विस्फोट

११ मंसिर, कास्की । पोखराको नयाँ बजारमा बम विस्फोट भएको छ । कास्की-२ को उपचुनावका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावसभा भइरहेको बेला नजिकै बम विस्फोट भएको हो ।

प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला नजिकै रहेको बसपार्कमा विस्फोट भएको हो ।

विस्फोटबाट कुनै क्षति भने भएन ।

यसअघि उम्मेदवारी दर्ताको दिन कात्तिक २१ गते पनि कास्कीको जिल्ला निर्वाचन कार्यालय नजिकै अज्ञात समूहले बम विस्फोट गराएको थियो ।



source https://www.onlinekhabar.com/2019/11/814790

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More