Saturday 22 October 2022

सेभियालाई हराउँदै रियलले बनायो बार्सिलोनामाथि ६ अंकको अग्रता

६ कात्तिक, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले शनिबार राति सेभियालाई ३-१ ले पराजित गरेको छ । यस जितपछि रियलले दोस्रो स्थानको बार्सिलोनामाथि ६ अंकको स्पष्ट अग्रता समेत बनाएको छ ।

११ खेलबाट रियलले ३१ अंक जोडेको छ भने एक खेल कम खेलेको बार्सिलोनाको २५ अंक छ । गत साता एल क्लासिकोमा रियलसँग पराजित भएपछि बार्सिलोना पछि परेको थियो । आइतबार एथ्लेटिक विल्वाओसँग खेल्दा बार्सिलोना सामु रियलसँग अंकदूरी कम पार्ने अवसर छ ।

घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलका लागि खेलको पाँचौ मिनेटमै लुका मोडरिचले गोल गर्दै अग्रता दिलाएका थिए । बाँकी दुई गोल भने रियलले अन्तिम ११ मिनेटभित्र गरेको थियो । लुकास भजक्वेजले ७९औं र फेडरिक भेलभर्डले ८१औं मिनेटमा गोल गरे ।

हारपछि सेभिया भने १० अंकसिहत १४औं स्थानमा छ र रेलिगेसन जोनको टिमभन्दा २ अंक मात्र बढी छ ।



source https://www.onlinekhabar.com/2022/10/1208498

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More