Thursday 20 October 2022

दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण

३ कात्तिक, पोखार । दशौं राष्ट्रिय खेलकुद-२०८१ आयोजनाको झण्डा कर्णाली प्रदेशलाई हस्तान्तरण गरिएको छ । बिहीबार पोखरा रंगशालामा नवौं राष्ट्रिय खेलकुदको समापन समारोहका अवसरमा प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले दशौं राष्ट्रिय खेलकुदको झण्डा कर्णालीलाई हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक समेत रहेका देउवाले दशौँ आयोजनाको झण्डा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीलाई हस्तान्तरण गरे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बुधबार बसेको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा २०८१ सालमा आयोजना गर्ने निर्णय गरेको थियो ।

समापन समारोहका अवसरमा राखेपका सदस्य सचिव टंकलाल घिसिङले दशौँ राष्ट्रिय खेलकुद मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने घोषणा गरेका थिए ।

कर्णाली प्रदेश पहिलो पटक राष्ट्रिय खेलकुद आयोजक छनोट भएको हो ।



source https://www.onlinekhabar.com/2022/10/1207826

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More