Wednesday 19 October 2022

नवौं राष्ट्रिय खेलकुद आज सकिँदै

३ कात्तिक, पोखरा । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज (बिहीबार) सकिँदैछ ।

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोहका बीच समापन गरिनेछ ।

समापनमा समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति हुनेछ ।

पोखरा रंगशालामा पुरुष फुटबल फाइनल खेलपछि ४ बजे समापन समारोह सुरु हुनेछ । यस्तै सहभागी टिमको मार्चपास, प्रकाश सपुत र मिलन नेवाको सांगीतिक प्रस्तुती पनि रहनेछ ।

समापन समारोहमा दशौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिने छ । दशौं संस्करण २०८१ सालमा आयोजना हुनेछ ।

नवौं राष्ट्रिय खेलकुदमा ११ टिमका ६ हजार बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।



source https://www.onlinekhabar.com/2022/10/1207284

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More