Wednesday 19 October 2022

रूसले कब्जा गरेका युक्रेनी भूभागमा सैनिक शासन लागू

३ कात्तिक, काठमाडौं । रूसले नियन्त्रणमा लिएका युक्रेनका भूभागहरुमा सैनिक शासन लागू गरेको छ । युक्रेनका डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजझिया क्षेत्रमा रुसले सैनिक शासन लागू गरेको घोषणा गरेको हो ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबारको राष्ट्रिय सुरक्षा परिषदको बैठकमा भनेका छन्, ‘मैले रूसी महासंघका डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिजझिया गरी चार क्षेत्रमा मार्शल ल (सैनिक शासन) लागू गर्ने आदेशमा हस्ताक्षर गरेको छु ।’

टेलिभिजनमार्फत प्रसारण भएको पुटिनको सम्बोधनपछि सम्बोधनपछि क्रेमलिनले एक निर्देशन जारी गर्दै बिहीबार बिहानदेखि सैनिक शासन लागू हुने जनाएको छ ।

रूसी कानुनअनुसार सैनिक शासन लागू भएपछि सेनाको सुदृढीकरण, कर्फ्यु, आवागमनको सीमा, सेन्सरसिप र विदेशी नागरिक नजरबन्द लगायतका अनुमति मिल्छ ।



source https://www.onlinekhabar.com/2022/10/1207303

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More