Friday 27 August 2021

उद्यमशीलता विकास गर्न पाँचखाल नगरपालिका र नबिल बैंकबीच सम्झौता

१२ भदाू, काठमाडौं । उद्यमशिलता विकास र वित्तिय पहुँचको लागि पाँचखाल नगर र नबिल बैंकको साझेदारी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । पाँचखाल नगरपालिकामा नगर उपप्रमुख लक्ष्मी दनुवार र नबिल बैंक बाग्मती प्रदेश प्रमुख अमित श्रेष्ठ साझेदारी सम्भौतापत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौतापछि नगरपालिकाले स्थानीयस्तरमा सञ्चालन गर्ने विभिन्न उद्यमसम्बन्धी कार्यक्रम तालिम लिएर उद्यम गर्न चाहने उद्यमीलाई नगरपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियमअनुसार कर्जा उपलब्ध गराउने भएको छ । त्यस्ता कार्यक्रमरतालिममा वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गर्ने उद्देश्य रहेको नगरपालिकाकी उपप्रमुख दनुवारले बताइन् ।

उनले नबिल बैंकसँग नगर विकास र रोजगारी सिर्जनामा सँगै हातेमालो गर्ने बताइन् । बैंकका बाग्मती प्रदेश प्रमुख श्रेष्ठले सम्झौताले रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रूपान्तरणमा सहयोग गर्ने र अबको १ वर्षमा सफलताका कथा सुन्न आतुर भएको बताए ।

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिडको सुरुवात गरेको थियो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरी दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा सुरु गरेको छ ।



source https://www.onlinekhabar.com/2021/08/1005302

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More