Sunday, 28 November 2021

कांग्रेसको काठमाडौं जिल्ला सभापतिमा बानियाँ विजयी

१३ मंसिर, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापतिमा सबुज बानियाँ विजयी भएका छन् ।

अर्का प्रतिस्पर्धी उपेन्द्र कार्कीलाई ८६८ मतले हराउँदै बानियाँ जिल्ला सभापति निर्वाचित भएका छन् । बानियाँले १९५७ र कार्कीले १०८९ मत पाएका छन् ।

बानियाँलाई प्रकाशमान सिंह र गगन थापा पक्षले समर्थन गरेका थिए । यस्तै कार्कीलाई शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षको समर्थन थियो । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा होमिएका थिए । निर्वाचनमा बानियाँ नेतृत्वको प्यानल नै विजयी भएको छ ।

कांग्रेसको काठमाडौं जिल्ला उपसभापतिमा गोकर्ण केसी र राजकुमारी नकर्मी विजयी भएका छन् । केसीले १९२२ र नकर्मीले १८२९ मत पाएका छन् ।

सचिवमा इन्द्रबहादुर थापा र गोविन्द पुडासैनी तथा सहसचिवमा प्रा.डा. अमिता प्रधान र रोमलाल श्रेष्ठ विजयी भएका छन् ।



source https://www.onlinekhabar.com/2021/11/1045493

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More