१६ माघ, काठमाडौं । साझा पसल सेवा (सहकारी संस्था) ले इन्धन बोक्ने पाँच वटा ट्यांकर शुक्रबार देखि सञ्चालनमा ल्याएको छ । संस्थाको पुल्चोकस्थित कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा वाणिज्य सचिव बैकुण्ठ अर्यालले नयाँ ढुवानीका लागि ट्यांकर सञ्चालनको उद्घाटन गरे ।
यस अघि पेट्रोल पम्पहरुमा लगानी गरेको संस्थाले पहिलो पटक डिजेल र पेट्रोल ढुवानीका लागि प्रयोग हुने ट्यांकर भित्र्याएको हो । २० हजार लिटर क्षमताका पाँच वटा ट्यांकर साढे दुई करोड लगानीमा खरिद गरिएको संस्थाका कार्यकारी निर्देशक दिनेश पौडेलले बताए ।
‘इन्धन ढुवानीमा पनि अब साझा अघि बढेको छ, कुनै पनि परिस्थितमा जनताको सेवा गर्न तयार छौं,’ कार्यकारी निर्देशक पौडेलले भने । नयाँ ट्यांकरहरुले शुक्रबार देखिनै पेट्रोलियम ढुवानी थाल्ने संस्थाले जनाएको छ ।
source https://www.onlinekhabar.com/2021/01/927375
0 comments:
Post a Comment