१९ माघ, काठमाडौं । एथ्लेटिक विल्वाओलाई पराजित गर्दै बार्सिलोना स्पानिस ला लिगाको दोस्रो स्थानमा उक्लेको छ । कप्तान लिओनल मेसी र एन्टोनी ग्रीजमनको गोल मद्दतमा बार्सिलोनाले विल्वाओलाई २-१ ले पराजित गरेको हो ।
जितपछि बार्सिलोनाले रियल मड्रिडलाई पछि पारेको छ ।
खेलको २० औं मिनेटमा मेसीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । बार्सिलोनाको लागि मेसीको यो ६५०औं गोल समेत हो ।
४९ औं मिनेटमा बार्सिलोनाका जोर्डी अल्बाले आत्मघाती गोल गरेपछि खेल १-१ को बराबरीमा पुग्यो । त्यसपछि ७४ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई २-१ को जित दिलाए ।
जितपछि २० खेलबाट ४० अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भए पनि बार्सिलोनाले रियललाई गोल अन्तरमा पछि पारेको हो ।
विल्वाओ २४ अंकसहित ११ औं स्थानमा रहेको छ ।
source https://www.onlinekhabar.com/2021/02/928036
0 comments:
Post a Comment