Monday 27 April 2020

उद्योग वाणिज्य महासंघका सुदूरपश्चिम अध्यक्ष पक्राउ

१६ वैशाख, कैलाली । उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमका अध्यक्ष शंकर बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई लकडाउनको समयमा मदिरा सेवन गरी सडकमा राखिएका ट्राफिक डिभाइडर फुटाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

कैलाली उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्षसमेत रहेका बोगटीलाई मध्यरातमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए ।

इलाका प्रहरी कार्यालय मलाखेतीले बोगटीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको थियो ।

कोरोनाको कारणले थुनामा राख्न नसकिने भन्दै प्रहरीले उनलाई राति १ बजेनै परिवारको जिम्मा लगाएको थियो । बोगटीलाई थुनामा नराखी मुद्धा चलाउने प्रहरीको तयारी छ ।

‘कोरोनाको त्रास छ त्यसैले उहाँलाई परिवारको जिम्मा लगाएका छौँ’ प्रहरी उपरीक्षक बस्नेतले भने,‘ थुनामा नराखे पनि उहाँमाथि मुद्धा दायर हुन्छ । ’
उनीविरुद्ध अभद्र व्यवहारमा मुद्धा चलाउने तयारी भइरहेको उनले जानकारी दिए ।



source https://www.onlinekhabar.com/2020/04/859010

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More