Tuesday 30 March 2021

प्रतिनिधि सभाको बैठक बस्दै, शोक प्रस्ताव पारित गरेर सकिने

१८ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दै छ । दिउँसो १ बजे बस्ने बैठक दिवंगत सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने छ ।

बुधबारको बैठकमा पूर्वमन्त्री नवीन्द्रराज जोशी र पूर्वसभासद् लक्ष्मी देवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

कांग्रेस नेता जोशीको चैत १३ गते र भण्डारीको चैत १६ गते निधन भएको थियो ।

त्यसअघि बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन पेस हुने सम्भावित कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ ।



source https://www.onlinekhabar.com/2021/03/942046

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More