Tuesday, 25 May 2021

एमाले सुदूरपश्चिम संसदीय दलको बैठक सुरु

१२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक सुरु भएको छ । मंगलबार आपसी विवादका कारण बस्न नसकेको बैठक बुधबार बिहान साढे नौ बजेबाट सुरु भएको हो ।

बैठकमा २० जना प्रदेश सभा सदस्य सहभागी भएका छन् । सुदूरपश्चिम प्रदेश सभामा एमालेको तर्फबाट सभामुख सहित कुल २५ सदस्य रहेकोमा बैठकमा ४ जना अनुपस्थित छन् । अनुपस्थित हुनेमा ओली पक्षका सांसदहरू रतना थापा, ग्याल्बु बोहरा र लीलाधर भट्ट रहेका छन् भने माधव नेपाल पक्षकी सांसद चुनकुमारी चौधरी अनुपस्थित छिन् ।

सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने सम्बन्धमा बैठकमा छलफल हुनेछ । माधव नेपाल पक्ष सहभागी नभएको एमाले स्थायी कमिटी बैठकले माओवादी नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

यस विषयमा एमालेभित्र विवाद छ । एमालेको ओली पक्ष आफ्नै नेतृत्वमा सरकार गठनको कसरतमा रहे पनि एमालेकै माधव नेपाल पक्ष भने अहिलेकै सरकारलाई समर्थन दिने मनसायमा देखिन्छन् । यही विवादका कारण मंगलबार बस्ने भनिएको संसदीय दलको बैठक बस्न सकेको थिएन ।

 

 



source https://www.onlinekhabar.com/2021/05/959992

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More