Thursday 27 May 2021

संसद विघटन : प्रधानन्यायाधीशको नेतृत्वमा संवैधानिक इजलास गठन

१४ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइको लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा संवैधानिक इजलास गठन भएको छ ।

संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ छन् ।

सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार शुक्रबार नै इजलासमा रिटबारे सुनुवाइ गर्ने तयारी छ ।

सरकारको सिफारिसमा गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटन विरुद्ध परेका सबै मुद्दाहरु संवैधानिक इजलासमा हेर्ने निर्णय बिहीबार सर्वोच्च अदालतले गरेको थियो ।

यसअघि गत पुस ५ गते विघटन गरिएको संसदलाई संवैधानिक इजलासले खारेज गरिदिएको थियो ।



source https://www.onlinekhabar.com/2021/05/960889

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More