Wednesday, 26 May 2021

महामारीमा पनि बैंकहरूले घटाए निष्कृय कर्जा, कुन बैंकको कति ?

१२ जेठ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले निष्कृय कर्जा घटाएका छन् । गतवर्ष भएको लकडाउनपछि बैंकहरूको निष्कृय कर्जा धेरै बढ्न सक्ने अनुमान गरिएको थियो । तर अनुमान विपरीत बैंकहरुले निष्कृय कर्जामा सुधार गरेका छन् ।

लामो समय भएको लकडाउनका कारण व्यापार व्यवसाय बन्द भए । लकडाउनमा बन्द भएका कतिपय उद्योगहरु अहिले पनि सञ्चालनमा आउन सकेका छैनन् । यस कारण पनि बैंकहरुको निष्कृय कर्जा बढ्ने अनुमान थियो ।

गतवर्ष २०७६ चैतसम्म सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको निष्कृय कर्जा १ दशमलव ६६ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको ९ महिना अर्थात् २०७७ चैतसम्म आइपुग्दा निष्कृय कर्जा घटेर १ दशमलव ३८ प्रतिशतमा झरेको छ । लकडाउनपछि बैंकहरुले राम्रै परफरमेन्स देखाएको राष्ट्र बैंकले बताएको छ ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल सामान्यतया दुई कारणले निष्कृय कर्जा घट्ने बताउँछन् । पहिलो– निष्कृय (एनपीएल) मा गएको कर्जा उठ्नु पर्‍यो । दोस्रो– नयाँ कर्जा बढ्नुपर्‍यो । गतवर्ष १८ देखि २० प्रतिशतसम्म कर्जा बढेको छ । यसको भूमिका पनि रहेको हुनसक्ने उनी बताउँछन् ।

‘उदाहरणका लागि आज कुनै बैंकको एक सय रुपैयाँ कर्जा थियो त्यसको २० प्रतिशत निष्कृय थियो’ उनले भने, ‘अब त्यहाँ कर्जा बढेर २ सय पुग्यो भने एनपीएल १० प्रतिशत देखिन्छ, यसकारण एनपीएलमा गइसकेको कर्जा उठेमा वा नयाँ कर्जा लगानी धेरै भएमा पनि निष्कृय कर्जा घट्छ ।’

नउठ्ने सम्भावना छ भने त्यस्तोलाई प्रोभिजन राख्नुपर्ने व्यवस्था छ । एक महिनासम्मलाई एक कर्जाको एक प्रतिशत प्रोभिजनमा राख्नुपर्छ । ३ महिनासम्म नउठेको ५ प्रतिशत कर्जालाई प्रोभिजन गरी सूक्ष्म निगरानी गर्नुपर्ने हुन्छ भने ६ महिनासम्म २५ र एक वर्षसम्म ५० प्रतिशत कर्जालाई यस्तो सूचीमा राख्नुपर्ने हुन्छ ।

तिर्नुपर्ने एक वर्षसम्म पनि कर्जा उठेन भने त्यस्तो शतप्रतिशत कर्जा नै निष्कृय कर्जाको रूपमा राख्नुपर्ने हुन्छ ।

कुन बैंकको कति छ निष्कृय कर्जा ?

चालु आर्थिक वर्षको नौं महिनामा सबैभन्दा कम निष्कृय कर्जा बनाउन एभरेष्ट बैंक सफल भएको छ । गत वर्षको ९ महिनमा ०.२० प्रतिशत रहेको निष्कृय कर्जालाई घटाएर नबिलले चालु आर्थिक वर्षको ९ महिनामा ०.१२ प्रतिशतमा झार्न सफल भएको छ ।

निष्कृय कर्जा कम हुने दोस्रोमा सानिमा बैंक देखिएको छ भने तेस्रोमा नेपाल नेपाल एसबीआई बैंक, चौथोमा एनआईसी एसिया बैंक र पाँचौंमा नविल बैंक देखिएको छ ।

सानिमा बैंकले निष्कृय कर्जा घटाएर ०.३६ बाट ०.२१ बनाएको छ भने  नेपाल नेपाल एसबीआई बैंकको भने निष्कृय कर्जा ०.१९ बाट बढेर ०.२३ प्रतिशतमा पुगेको छ ।

उता एनआईसी एसियाको ०.७५ बाट ०.४७ र नबिल बैंककाे ०.६३ बाट ०.४८ प्रतिशतमा झरेको छ ।

हेर्नुस् कुन बैंकको निष्कृय कर्जा कति छ ?

 Bank  Mid Apr 2021
Chaitra End 2077

Mid April 2020
Chaitra End 2076
 Everest 0.12% 0.20%
 Sanima 0.21% 0.36%
Nepal SBI 0.23% 0.19%
NIC Asia 0.47% 0.75%
Nabil 0.48% 0.63%
Standard Chartered 0.50% 0.22%
Machhapuchchre 0.51% 0.45%
Laxmi 0.71% 1.78%
Himalayan 0.81% 1.11%
Prime 0.86% 0.97%
Siddhartha 0.88% 2.24%
Bank of Kathmandu 1.01% 1.53%
Kumari 1.09% 0.98%
Civil 1.13% 2.96%
Mega 1.31% 1.32%
Prabhu 1.48% 2.95%
Global IME 1.61% 1.14%
Citizens 1.83% 0.97%
Nepal Bangladesh 1.91% 2.76%
Sunrise 1.94% 1.32%
NMB 1.97% 2.48%
Nepal Credit & Commerce 2.05% 2.75%
Nepal Bank 2.29% 2.64%
Nepal Investment 2.32% 2.67%
Century 2.96% 2.19%
Agriculture Dev 3.08% 3.65%
Rastriya Banijya Bank 3.62% 3.65%
Average 1.38 % 1.48 %


source https://www.onlinekhabar.com/2021/05/960439

0 comments:

Post a Comment

Share

Twitter Delicious Facebook Digg Stumbleupon Favorites More